
काठमाडौं– मान्छेलाई जिउँदै इट्टा भट्टामा जलाएर हत्या गरेको आरोप लागेका आफ्तफ अलालमलाई उच्च अदालत जनकपुर वीरगञ्ज इजलसबाट सफाइ दिने न्यायाधीश खुसीप्रसाद थारुलाई मोसो दल्ने तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालकाअनुसार पक्राउ पर्नेमा गर्भु महतो, पदमबहादुर मगर र अविनाश भन्ने किशोर कुमार छन्। बिहीबार दिउँसो करिब ४ बजेतिर वीरगन्जमा इजलास बसिरहेको समयमा थारुमाथि उनीहरूले मोसो फालेका थिए।
उनीहरूले नेकपा बहुमत पार्टी जिन्दावाद, जनताको कर खाएर जनताविरुद्ध फैसला गर्न पाइँदैन भन्दै मोसो फालेका थिए।
जेठ १४ गते न्यायाधीश थारु र अर्का न्यायाधीश अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको थियो।
रौतहट जिल्ला अदालतका तत्कालीन न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान कसुरमा उनलाई दोषी ठहर गरेको थियो। त्यसलाई उट्याउँदै थारु र महर्जनको इजलासले सफाइ दिएपछि जनमानसमा असन्तुष्टि पैदा भएको थियो।
संविधान सभा निर्वाचनताका २०६४ चैत २७ गते रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको कांग्रेस उम्मेदवार मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको थियो। विष्फोटमा परी घाइते भएकालाई इट्टा भट्टामा लगेर जलाइएको दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बिग्रेको आर्थिक अवस्थालाई सुधारको बाटोमा लैजाँदै गरेको बताएका छन्।
सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले विगत ११ महिनायताको देशको आर्थिक सूचकांक राख्दै बिग्रेको आर्थिक अवस्थालाई सुधारको बाटोमा लैजाँदै गरेको बताएका हुन्। सरकारको खातामा रु तीन खर्ब ६० अर्ब मौज्दात, सोधनान्तर स्थिति रु ४३८ अर्ब ५२ करोड, आयात १३ प्रतिशत र निर्यात ७३ प्रतिशतले वृद्धि रहेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
यस्तै रेमिट्यान्स एक महिनामै रु एक खर्ब ६५ अर्ब, रेमिट्यान्स १३ दशमलव २ प्रतिशतले वृद्धि, विदेशी मुद्रा विनिमयको सञ्चिती रु १८ अर्ब ४० करोड, राजस्व परिचालन रु ९२२ अर्ब ४३ करोड र मूल्य वृद्धिकर २ दशमलव ७७ प्रतिशत रहेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
सामाग्री श्रोत :
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा काँग्रेस सभापति शेरबहादुर देउवा परिवार विरुद्ध स्टाटस स्टाटस लेखेकै भरमा राप्रपा युवा नेतामाथि अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले राप्रपा युवा सङ्गठनका संयोजक सुजित केसी विरुद्ध बिहीबार काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दर्ता गराएको हो ।
फेसबुक स्टाटस लेखी चरित्रहत्या गरेको आरोप उनीमाथि लगाइएको छ । अभियोग पत्र अनुसार केसीले आफ्नो फेसबुक पोस्टमा तस्विर सहित लेखेका थिए, “भ्रष्टाचारबाट आर्जन गरिएको कालो धनलाई सेतो बनाउन गरिएको प्रपञ्च ! नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आरजु देउवाका छोरा जयवीर सिंह देउवाले काठमाडौँ नक्सालस्थित हिल्टन होटेल खरिद गरेका छन् ।”
यही फेसबुक पोस्टबाट आफू विरुद्ध घृणा, द्वेष फैलाउने र चरित्रहत्या गर्ने काम भएको भन्दै ‘साइबर ब्युरो ५५’ को नामबाट उजुरी परेको थियो । बयानका क्रममा केसीले नेपालको राजनीतिक अस्थिरता, भ्रष्टाचार, आर्थिक सङ्कट र युवा पलायन जस्ता कुराले मन खिन्न भई यस्तो पोस्ट गरेको बताएको उल्लेख छ । यद्यपि, उक्त घटना सत्य नहुन पनि सक्छ भन्ने लागेपछि आफूले उक्त पोस्ट डिलिट समेत गरेको बयान उनले दिएका छन् ।
अभियोग पत्रमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर भएको पुष्टि भएको उल्लेख छ । उक्त दफामा कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरेमा एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
लाई सोही बमोजिम सजायको सजायसँगै घटनामा प्रयोग भएको मोबाइल आईफोन १५ प्रो म्याक्स समेत जफत गर्न माग गरिएको छ । साथै पीडितलाई मनासिब क्षतिपूर्ति भराई दिन समेत माग दाबी लिइएको छ ।
यसअघि यही आरोपमा साइबर ब्युरोले केसीलाई पक्राउ गरी ६ दिन हिरासतमा राखेको थियो । गैरकानुनी थुनामा राखेको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई ७ जेठमा रिहा गर्ने आदेश दिएको थियो ।
तर दायर गरिएको अभियोग पत्रमा उनी विरुद्ध पुनः पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ । यसका साथै ‘इश्वर रेग्मी (देशभक्त-राष्ट्रवादी)’ र सुजित केसी नामक फेसबुक प्रयोगकर्ताको विवरण मेटासँग माग गरिएको र विवरण खुली आएमा तथा अन्य कोही कसैको संलग्नता खुल्न आएमा मुलुकी फौजदारी कार्यविधि संहिता बमोजिम गरिने अभियोग पत्रमा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: जेठ २९, २०८२ २०:४४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा वास्तविक कम्युनिष्टहरु नरहेको बताएका छन्।
बिहीबार नेपाल शिक्षक संघको २४औँ संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरु विश्वमै सकिसकेको बताउँदै नेपालमा भने केही बढिरहेको बताए।
उनले अहिलेका कम्युनिष्टहरु विगतका कम्युनिष्टहरुजस्तो नरहेको जिकिर गरे। कम्युनिष्टहरु अहिले डेमोक्रेट भइसकेको बताउँदै आजका कम्युनिष्टहरुलाई कम्युनिष्ट भन्न नमिल्ने तर्क गरे।
उनले अहिलेको संविधानअनुसार मल्टी पार्टी डेमोक्रेटिक सिस्टममा आइसकेको हुनाले उनीहरुलाई कम्युनिष्ट भनिरहनु नपर्ने उल्लेख गरे।
‘संसारभर खत्तम भइसक्यो तर नेपालमा कम्युनिष्ट बढेको बढ्यै छ। हुन त कम्युनिष्टहरु हिजोको जस्तो कम्युनिष्ट छैनन्। उनीहरु डेमोक्रेट भइसकेको छ। आजको कम्युनिष्टलाई कम्युनिष्ट नै भन्न मिल्दैन,’ उनले भने।
उनले थपे,’तर, मल्टी पार्टी डेमोक्रेटिक सिस्टममा आइसकेको हुनाले उहाँहरुलाई कम्युनिष्ट भनिरहनु पनि पर्दैन तर उनीहरु मल्टीपार्टी डेमोक्रेटिकमा अडप्ट भइसकेका छन्। नाम मात्रै बदल्न बाँकी छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। नेपालमा १५ दिनअगावै भित्रिएर रोकिएको मनसुन आज थप चार प्रदेशमा फैलिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुन कोशी प्रदेशका बाँकी भू–भागसहित मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा फैलिएको छ। महाशाखाका मौसमविद् गोविन्द झाले मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही भू–भागमा र लुम्बिनी प्रदेशका थोरै भू–भागमा मनसुन फैलिएको जानकारी दिए।
यसअघि यही जेठ १५ गते राति नेपालमा मनसुन भित्रिएको थियो। त्यसपछि मनसुन सोहोरिएर पूर्वी एसिया गएको थियो। कोशीबाट फैलिन नपाएको मनसुन आज भित्रिएको १४ दिनपछि अन्य चार प्रदेशमा फैलिएको हो। अन्य प्रदेशमा फैलिन अझै केही दिन लाग्ने उनले बताए। मनसुन भित्रिने सरदर मिति जुन १३ अर्थात् भोली शुक्रबार हो।
सामाग्री श्रोत :
काठमाडौँ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्नातकोत्तर र विद्यावारिधि तहका लागि भर्ना आवेदन खुलाएको छ । आगामी नोभेम्बरको लागि विश्वविद्यालयले अप्लाइड साइन्स सङ्कायअन्तर्गत आवेदन माग गरेको हो ।
विद्यावारिधि (पीएचडी) तहका लागि आर्टिफिसिएल इन्टेलिजेन्स (एआई), अर्गानिक एग्रिकल्चर, फरेस्ट बायोमटेरियल साइन्स एन्ड इन्जिनियरिङ, सस्टिनेबल एन्ड रेजिलियन्स इन्फ्रास्ट्रक्चर गरी चार विधामा आवेदन खुलाइएको छ । यस्तै स्नातकोत्तर तहमा अर्गानिक एग्रिकल्चर, फरेस्ट बायोमटेरियल साइन्स एन्ड इन्जिनियरिङ, सस्टिनेबल एन्ड रेजिलियन्स इन्फ्रास्ट्रक्चर गरी तीन विधामा आवेदन खुलेको हो ।
विद्यावारिधि अन्तर्गत प्रत्येक विधामा २/२ जना र स्नातकोत्तरमा १६/१६ जनाको आरक्षणमा आवेदन माग गरिएको विश्वविद्यालयका उपप्राध्यापक एवम् जनसम्पर्क संयोजक डा राजिव सुब्बाले जानकारी दिए । विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीले ४ जुलाई (असार २०) गतेसम्ममा आवेदन दिन सक्नेछन् । आवेदन दिने विद्यार्थीहरू मध्येबाट लिखित परीक्षा, अनुसन्धान पत्र र अन्तर्वार्ताका आधारमा छनौट गरिने उनले जानकारी दिए ।
स्नातकोत्तर तहमा एक सेमेस्टरको ७५ हजार रुपैयाँ शुल्क तोकिएको छ भने विद्यार्थीहरूका लागि छात्रवृत्ति र शैक्षिक भत्ताको समेत व्यवस्था गरिएको उनले बताए । स्नातकोत्तर तहमा भर्ना हुने विद्यार्थीलाई भने २५ देखि सत् प्रतिशत छात्रवृत्ति प्रदान गरिने उनको भनाई छ । जसमध्ये प्रत्येक विधाका दुई/दुई जना विद्यार्थीले सत् प्रतिशत छात्रवृत्तिसहित दुई वर्षका लागि मासिक १२ हजार रुपैयाँ शैक्षिक भत्ता पनि पाउनेछन् ।
यस्तै विद्यावारिधि तहमा भर्ना हुने सबै विद्यार्थीलाई सत् प्रतिशत छात्रवृत्तिसहित तीन वर्षका लागि मासिक २० हजार रुपैयाँ शैक्षिक भत्ता प्रदान गर्ने विश्वविद्यालयले जनाएको छ । यहाँ क्लिक गरेर भर्ना आवेदन दिन सकिनेछ ।
पछिल्लो अध्यावधिक: जेठ २९, २०८२ २१:६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– एयर इन्डियाको जहाज दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको निधन भएको छ । बिहीबार अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको एआई-१७१ जहाज दुर्घटनामा पूर्वमुख्मयन्त्री रुपाणीको निधन भएको हो । रुपाणीको निधन केन्द्रीय मन्त्री सीआर पाटिलले पुष्टि गरेका छन् ।
रुपाणी पत्नी र छोरीलाई भेट्न लन्डन जाँदै थिए । भारतीय जनता पार्टी(भाजपा) का वरिष्ठ नेता सुनील जाखडले रुपाणीको निधनमा शोक व्यक्त गर्दै भनेका छन्, ‘रुपाणीजीले गुजरातका मुख्यमन्त्रीका रूपमा दिएको योगदान सधैं स्मरणीय हुनेछ । उहाँ विनम्र, संवेदनशील र डाउन टु अर्थ नेता हुनुहुन्थ्यो ।’ गुजरातले एक महान नेता गुमाएको पनि उनको भनाइ छ ।
रुपाणी २०१६ देखि २०२१ सम्म गुजरातका मुख्यमन्त्री भएका थिए । त्यसअघि उनी गुजरात सरकारमा क्याबिनेट मन्त्री थिए । त्यस्तै उनली २००६ देखि २०१२ सम्म राज्यसभा सदस्यसमेत बनेका थिए । रुपाणी पछिल्लो समय भाजपाका पञ्जाब इन्चार्जका रूपमा कार्यरत थिए ।
रुपाणीको जन्म १९५६ मा म्यानमारको यांगुनमा भएको थियो । १९६० मा म्यानमारको राजनीतिक उथलपुथलपछि उनको परिवार गुजरातको राजकोट आएको थियो ।
भारतीय समयअनुसार दिउँसो १:३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको हो । दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । जसमध्ये २ जना पाइलट, १० जना क्याबिन क्रु सदस्य र २३० यात्रु रहेका थिए । जसमध्ये १६९ जना भारतीय यात्रु रहेका छन् । त्यस्तै बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेको एयर इन्डियाले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- यस वर्ष काठमाडौं जिल्लामा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गर्ने कीर्तिपुर नगरपालिका पहिलो भएको छ। बिहिबार काठमाडौं क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो।
उक्त कार्यक्रममा जिल्ला खोप समितिको तर्फबाट जिल्ला समन्वय प्रमुख सन्तोष बुढाथोकी र जनस्वास्थ्य कार्यालय काठमाडौं प्रमुख बसन्त अधिकारीले पूर्णखोप सुनिश्चितता प्रमाणपत्र हस्तान्तरण गरे। बिहान ७ बजे नगरपालिका परिसरबाट सुरु भएको प्रभात फेरीमा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, स्वयंसेविका तथा स्थानीयको सहभागितामा नगर परिक्रमा गरी कीर्तिपुर पार्टी प्यालेसमा सभा आयोजना गरिएको थियो।
कीर्तिपुर नगरपालिकामा २०८१ फाल्गुन महिनामा घरधुरी सर्वेक्षण गरी खोप लगाउन छुट भएका २४ जना बालबलिकालाई खोप लगाइएपछि पूर्णखोप सुनिश्चित भएकोले नगर खोप समन्वय समितिको बैठक बसेको हो।
२०८२ जेठ ४ देखि ८ गतेसम्म नगरपालिकाका सबै वडा घोषणा गरिएको थियो भने जेठ ८ गते नै जिल्ला खोप समन्वय समितिबाट नगरपालिका भेरिफिकेशन भएकोले आज पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको ह। यसको दिगोपनाको लागि निरन्तर काम गरिने कीर्तिपुर नगरपालिकाका स्वास्थ्य शाखाका अमृतजंग बस्नेतले जानकारी गराए।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा मूर्त रुपमा छानबिन समिति गठन गर्ने सहमति भए संसदको गतिरोध अन्तय हुने बताएका छन्।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै परियारले भिजिट भिसा प्रकरणमा अध्ययन वा छानबिन समिति बनाउन सत्तापक्ष तयार भएको भन्दै मूर्त रुपमा छानबिन समिति गठन हुने अवस्था बने संसदको गतिरोध अन्त्य हुने बताएका हुन्। भिजिट भिसा प्रकरण सवै माथि छानबिन हुनुपर्ने र दोषी उपर कारवाही हुने परिस्थीति बन्नुपर्ने उनको भनाइ छ।
प्रतिपक्षीले राखेका विषयलाई न्याय गर्ने गरि सत्तापक्ष सहमत भए निकास निस्कने उनले बताए। उनले अहिलेसम्म विपक्षी दलहरु एकै ठाँउ रहेको धारणा राखे।
सामाग्री श्रोत :
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्ने सहमति भए संसदको गतिरोध हट्छ: रास्वपा
काठमाडौँ । नेपालका लागि एसरको आधिकारिक वितरक मर्कन्टाइल अफिस सिस्टम्सले ‘एसर स्विफ्ट गो १४’ ल्यापटपमा विशेष छुट योजना सार्वजनिक गरेको छ । प्रविधिमा रुचि राख्ने विद्यार्थी तथा व्यावसायिक प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यो अफर ल्याएको हो ।
भोलि अर्थात् ३० जेठदेखि ७ असारसम्म सञ्चालन हुने अफर अन्तर्गत ग्राहकले बजार मूल्य ८९,९९९ रुपैयाँ पर्ने एसर स्विफ्ट गो १४ ल्यापटप छुटसहित मात्र ७५,४९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । यो अफर काठमाडौंको दरबारमार्गस्थित मर्कन्टाइलको आधिकारिक शोरुममा मात्र उपलब्ध हुनेछ ।
छुट योजनासँगै कम्पनीले सुरुवाती २० जना ग्राहकका लागि थप आकर्षक उपहारको व्यवस्था समेत गरेको छ । स्विफ्ट गो १४ खरिद गर्ने ती २० जना ग्राहकले पातलेवन रिसोर्टमा एक रात दुई दिन निःशुल्क बसाइको लागि भौचर प्राप्त गर्नेछन् । करिब ८,५०० रुपैयाँ मूल्य बराबरको उक्त भौचरमा एक जोडीका लागि ब्रेकफास्ट र डिनरसहितको सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ । यो विशेष अफर स्विफ्ट गो १४ मोडेलमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।
नेपाली उपभोक्तालाई विश्वस्तरीय प्रविधि प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता अन्तर्गत यो सीमित अवधिको अफर ल्याएको कम्पनीको भनाइ छ ।
एसर स्विफ्ट गो १४ मा एएमडी राइजन ५ ७४३०यू प्रोसेसर, ८ जीबी र्याम र ५१२ जीबी एनभीएमई एसएसडी रहेको छ । यसमा १४ इन्चको फुल एचडी आईपीएस डिस्प्ले, ब्याकलिट किबोर्ड, फिङ्गरप्रिन्ट सेन्सर, एचडी क्यामेरा तथा आधिकारिक विन्डोज ११ अपरेटिङ सिस्टम छ ।
१.२५ केजी तौल भएको यो ल्यापटप पातलो र हलुका भएकाले विद्यार्थी, व्यवसायी तथा कन्टेन्ट क्रियटरका लागि चलाउन सहज र प्रिमियम अनुभव दिने कम्पनीले जनाएको छ । यसमा दुई वर्षको आधिकारिक ब्रान्ड वारेन्टी दिइएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २९, २०८२ १३:५३
सामाग्री श्रोत :
टेक पाना