
काठमाडौं – अनेरास्ववियुको अध्यक्षमा डाक्टर सुजन कडरिया निर्वाचित भएका छन् । उनले प्रतिष्पर्धी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन् । कडरियाले ७३२ मत ल्याए भने पौडेलले ७२५ मत पाए ।
दुवै जना प्यानल सहित मैदानमा उत्रिएका थिए । महासचिवमा जनस्वास्थ्यकर्मी दिपक धामी निर्वाचित भएका छन् । उनी डा कडरियाकै प्यानलबाट महासचिवका उम्मेदवार थिए । धामीसँग आरके रोमसले प्रतिष्पर्धा गरेका थिए । त्यस्तै सचिवालय सदस्यमा डा पुष्पराज भाम निर्वाचित भएका छन् ।
यस्तो छ अनेरास्ववियुको नयाँ पदाधिकारी टिमः
अध्यक्षः डा.सुजन कडरिया
उपाध्यक्षः अञ्जना सिवाकोटी, विकास श्रेष्ठ
महासचिवः दिपक धामि
उपमहासचिवः कमल जोशी
सचिवः आकाश घर्ती
सचिवः रचना सापकोटा
सचिवः समिम बाबु
सचिवः गोपाल नेपाल
आयोग अध्यक्षः प्रकाश बिष्ट , सुमन घिमिरे , जित प्रसाद सिटौला
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- अनेरास्ववियुको अध्यक्षमा डाक्टर सुजन कडरिया निर्वाचित भएका छन्। उनले प्रतिष्पर्धी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन्। कडरियाले ७३२ मत ल्याए भने पौडेलले ७२५ मत पाए।
दुवै जना प्यानल सहित मैदानमा उत्रिएका थिए । महासचिवमा जनस्वास्थ्यकर्मी दिपक धामी निर्वाचित भएका छन्। उनी डा कडरियाकै प्यानलबाट महासचिवका उम्मेदवार थिए। धामीसँग आरके रोमसले प्रतिष्पर्धा गरेका थिए।
त्यस्तै सचिवालय सदस्यमा डा पुष्पराज भाम निर्वाचित भएका छन्।
यस्तो छ अनेरास्ववियुको नयाँ पदाधिकारी टिम
अध्यक्ष: सुजन कडरिया
उपाध्यक्ष : अञ्जना सिवाकोटी, विकास श्रेष्ठ
महासचिव : दिपक धामि
उपमहासचिव: कमल जोशी
सचिव : आकाश घर्ती
सचिव: रचना सापकोटा
सचिव : समिम बाबु
सचिव : गोपाल नेपाल
आयोग अध्यक्ष :प्रकाश बिष्ट , सुमन घिमिरे , जित प्रसाद सिटौला
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईँसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो ।
अदालतले सोही घटनामा संलग्न ३२ जनालाई रु १० हजारदेखि रु एक लाखसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ ।
सामाग्री श्रोत :
काठमाडौँ । नेपाल रिपब्लिक मिडियाले आफ्नी निर्देशक शोभा ज्ञवालीलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ह्वाट्सएपमार्फत धम्की दिएको दाबी गरेको छ । नागरिक तथा रिपब्लिका दैनिकमा बिहीबार प्रकाशित पत्रकार दिलभूषण पाठकसम्बन्धी समाचारलाई लिएर परराष्ट्रमन्त्री राणाले धम्की दिएको मिडियाले जनाएको छ ।
“राणाले स्वकीय सचिव कमल रावलको ह्वाट्सएप नम्बरबाट ज्ञवालीलाई दिउँसो १ः५३ बजे फोन गर्दै नेपाल रिपब्लिक मिडिया र यसका सञ्चालकहरूलाई धराशयी गराइदिने चेतावनी दिएकी हुन्,” नागरिक दैनिकले लेखेको छ ।
ज्ञवालीले समाचारबारे आफूलाई जानकारी नभएको बताउँदा पनि मन्त्री राणाले करिब चार मिनेटसम्म एकोहोरो गालीगलौज गरेको नागरिकले उल्लेख गरेको छ । “राणाले पाठकको दर्ता नभएको युट्युब च्यानलबाट समाचार सामग्री आएका कारण विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही चलाउनुपरेको खुलासासमेत गरेकी थिइन्” नागरिकको समाचारमा लेखिएको छ ।
परराष्ट्रमन्त्रीको व्यवहारप्रति आपत्ति जनाउँदै निर्देशक ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल, राष्ट्रिय मानव अधिकार आयोग, युएन वुमन, युनेस्को नेपाल तथा अन्तर्राष्ट्रिय संस्थाहरू फ्रिडम फोरम, कमिटी टु प्रोटेक्ट जर्नालिस्ट र रिपोटर्स विथआउट बोडर्समा जानकारी गराएकी छन् ।
नेपाल रिपब्लिक मिडियाले राज्य संयन्त्रको दुरुपयोग गरी सञ्चारगृहका प्रमुखलाई धम्की दिएको घटनालाई गम्भीर रूपमा लिएको भन्दै तत्काल छानबिनको माग समेत गरेको छ ।
पछिल्लो अध्यावधिक: जेठ ३०, २०८२ ७:५७
सामाग्री श्रोत :
टेक पाना
काजले आफ्नै देशमा पनि आपत्कालको घोषणा गरेका छन् । यो आक्रमणको लक्ष्य इरानको आणविक केन्द्र भएको जनाइएको छ ।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये ७ जनालाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको छ। गत चैत १५ गते भएको आन्दोलनका नेतृत्वकर्ता मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा पठाउने आदेश भएको हो।
प्रसाईं झापास्थित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक हुन्।
अदालतबाट प्रसाईंसहित ७ जना प्रतिवादीलाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति ढिलोगरी आदेश जारी गरेको थियो।
साँझ ५ बजे नै थुनछेक बहस सकिएको थियो। थुनामा पठाइएकामा दुर्गा प्रसाद प्रसाईं, तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपानी रेग्मी, शुसिल बराल, केशव बस्नेत र कुमार तामाङ रहेका छन्।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। पन्ध्रौं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोश्रो दिन एथलेटिक्समा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन्।
बिहीबार छात्र ज्याभ्लिन थ्रो, छात्रा ८ सय मिटर दौड र छात्र÷छात्राको ४ गुणा ४ सय मिटर रिलेमा कीर्तिमान बन्यो। बागमती प्रदेशका प्रवीण राना मगरले छात्र १ सय मिटर दौड तथा सुदूरपश्चिम प्रदेशकी संगीता विकले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान बनाएका थिए।
दोश्रो दिनको खेल सकिँदा एथलेटिक्समा कुल ६ कीर्तिमान बनिसकेका छन्। तेश्रो तथा अन्तिम दिन शुक्रबार ८ स्वर्णको टुंगो लाग्ने छ। पहिलो दिन १० र दोश्रो दिन ८ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनी प्रदेशका राहुल थारुले २७ वर्षअघिको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान रचे। उनले ५७।४० मिटर थ्रो गर्दै २०५५ साल धीरेन्द्रजंग शाहले बनाएको ५५।५० मिटरको कीर्तिमान भंग गरेका हुन्। कर्णाली प्रदशेका सुशान्त नेपाली दोश्रो तथा सुदूरपश्चिमका लोकेश एडी तेश्रो भए।
छात्रा ८ सय मिटर दौड २ मिनेट १७।९ सेकेन्डमा तय गर्दै गण्डकी प्रदेशकी नारायणी भण्डारीले कीर्तिमान बनाइन्। नारायणीले २०८१ सालमा सरिता खड्काले बनाएको २ मिनेट २८.५ सेकेन्डको कीर्तिमान तोडिन्। बागमती प्रदेशकी भगवती खड्का दोश्रो तथा सुदूरपश्चिमकी संगीता विक तेश्रो भए।
छात्र ४ गुणा ४ सय मिटर रिलेमा बागमतीका प्रवीन राना मगर, निरज थारु, हस्त सुनार र शन्तबहादुर दराईको टोलीले कीर्तिमानी स्वर्ण जिते। उक्त टोलीले निर्धारित दूरी ३ मिनेट ३०।९ सेकेन्डमा तय गरे।
यसअघि चन्द्र बोहरा, अमित, कविर विक र सुक्वीरको टोलीको नाममा ३ मिनेट ३१।० सेकेन्ड ९२०८० साल० को कीर्तिमान थियो। गण्डकी दोश्रो तथा लुम्बिनी तेश्रो बने।
सोही स्पर्धाको छात्रामा बागमतीकै दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेल सम्मिलित टोलीले कीर्तिमान स्थापित गरे। टोलीले निर्धारित दूरी तय गर्न ४ मिनेट १२.८ सेकेन्ड समय खर्चे। ४ मिनेट १७।२ सेकेन्डको कीर्तिमान भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राणाको नाममा रहेको थियो। उनीहरुले २०८१ सालमा कीर्तिमान बनाएका थिए। सुदूरपश्चिम दोश्रो तथा गण्डकी तेश्रो स्थानमा रहे।
छात्रा ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमकी पूजा साउदले स्वर्ण जितिन्। पूजाले ३०।३२ मिटर थ्रो गरिन्। कोशीकी उर्मिला राईले रजत तथा बागमतीकी सिर्जना श्रेष्ठले कांस्य जिते।
छात्र ८ सय मिटर दौडमा सुदूरपश्चिमका विक्रम विष्टले शीर्ष स्थान हात पारे। उनले २ मिनेट ०२।७ सेकेन्डमा निर्धारित दूरी पार गरे। कर्णालीका धीरेन्द्र विक दोश्रो तथा लुम्बिनीका आयुश थारु तेश्रो बने।
छात्र लङजम्पमा गण्डकीका प्रदीप महतोले ६।६९ मिटर जम्प गर्दै पहिलो भए। सुदूरपश्चिमका विवेक चौधरी दोश्रो तथा बागमतीका दीपेन्द्र गिरी तेश्रो भए। सो स्पर्धाको छात्रामा बागमतीकी अनिशा थारुले स्वर्ण जितिन्। अनिशाले ५।१८ मिटर जम्प गरिन्। सुदूरपश्चिमकी पवित्रा चौधरीले रजत तथा सुदूरपश्चिमकै रेनुका ऐरले कांस्य हात पारे।
सामाग्री श्रोत :
https://www.dcnepal.com/2025/06/666879/
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नयाँ पार्टी खोल्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहित २० जनाको सहमति भएको भन्दै फैलिएको खबर असत्य भएको बताएका छन् । शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक स्टाटस लेख्दै मेयर साम्पाङले उक्त खबर पूर्ण रूपमा असत्य रहेको र त्यस्तो कुनै पनि बैठक नभएको दाबी गरेका हुन् ।
सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा अमेरिकामा बस्दै आएका कलाकार भगवान् भण्डारीको फेसबुक पोस्टलाई आधार मान्दै हर्क, बालेन र सुमना श्रेष्ठलगायतका व्यक्तिहरूबीच नयाँ पार्टी गठनका लागि भर्चुअल बैठक बसेको र सहमति जुटेको खबर भाइरल भएको थियो । उक्त हल्लाले राजनीतिक वृत्त र आम सर्वसाधारणमाझ तरङ्ग पैदा गरेपछि मेयर साम्पाङले त्यसको औपचारिक रूपमा खण्डन गरेका हुन् ।
साम्पाङले लेखेका छन्, “हर्क बालेन सहित नयाँ पार्टी खोल्न २० जनाको सहमति भएको भन्ने असत्य खबरले बजार पिटेको रैछ ! त्यस्तो कुनै Virtual meeting नबसेको सबैलाई जानकारी गराउँदछु !”
यसअघि कलाकार भण्डारीले आफ्नो फेसबुकमा एक पोस्ट लेख्दै हर्क साम्पाङ, बालेन शाह र अन्य १८ जना युवाबिच करिब ६५ मिनेट लामो भर्चुअल बैठक बसेको र राजनीतिलाई नयाँ शिराबाट उठाउने विषयमा गम्भीर छलफल भएको दाबी गरेका थिए ।
उक्त पोस्टमा भण्डारीले हर्क साम्पाङको अडान केही जिद्दीपूर्ण रहेको तर बालेन शाह पूर्ण सहमत भएको र सुमना श्रेष्ठलाई संयोजक बनाउने विषयमा समेत लगभग सहमति जुटेको उल्लेख गरेका थिए ।
हाल भगवान् भण्डारीको फेसबुक प्रोफाइलमा उक्त पोस्ट देखिँदैन ।
हेर्नुहोस् भाइरल स्क्रिनशट
मेयर साम्पाङले आगामी २०८४ को निर्वाचनअघि नयाँ दल गठन गर्नसक्ने सङ्केत दिँदै आएको र मेयर बालेन शाहको राजनीतिक भविष्यबारे पनि निरन्तर चर्चा भइरहेको पृष्ठभूमिमा यो हल्ला तीव्र गतिमा फैलिएको थियो ।
पछिल्लो अध्यावधिक: जेठ ३०, २०८२ ७:१३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं – काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।
पुर्पक्षका लागि जेल पठाइएकामा प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङ रहेका छन् ।
अदालतले सोही घटनामा संलग्न रहेको भन्दै पक्राउ परेका अरू ३२ जनालाई भने धरौटीमा छोड्न आदेश दिएको छ । न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासमा बिहीबार दिउँसो थुनछेक बहस सकिएपछि १२ः०० बजेपछाडी मध्यरातमा सो आदेश आएको हो ।
चैत १५ गते प्रसाईंको नेतृत्वमा काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शन हुँदा २ जनाको ज्यान गएको थियो भने निजी घर, सरकारी गाडीसँगै जडिबुटी प्रशोधन केन्द्रमा आगजनी र भाटभटेनीमा लुटपाटसमेत भएको थियो । जसबाट नीजि तथा सरकारी सम्पत्तिमा ठूलो क्षति भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
वीर अस्पतालका ग्यास्ट्रोलोजी विभाग प्रमुख तथा प्रमुख कन्सल्टेन्ट ग्यास्ट्रो इन्टरलोजिष्ट डा मुकेश शर्मा पौडेल मुख्यतया कब्जियतको समस्या खानपानसँग सम्बन्धित भएको बताउँछन् । कब्जियत के हो? कब्जियतका कारण के –के हुन् ? दिनमा कतिपटकसम्म दिसा लाग्नुलाई सामान्य मानिन्छ ? कब्जियत भएका मानिसले के खाने, नखाने ? लगायतका विषयमा केन्द्रित भएर उनै डाक्टर पौडेलसँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी :
कब्जियत के हो ?
कतिपय बिरामीहरुले दिसा राम्रोसँग भएन भन्ने गुनासो बोकेर अस्पताल आइपुग्छन्, साह्रोे दिसा आउने, दिसाको समयमा बल गर्नुपर्ने तथा ३ दिनसम्म पनि दिसा नभएको अवस्थालाई कब्जियत भनिन्छ । दिसा नभएर औंला नै हालेर दिसा निकाल्नुपरेको अवस्थालाई कब्जियत भनिन्छ ।
कब्जियतका कारण के–के हुन् ?
यसको प्रमुख कारण नै खानपान हो । कब्जियतको समस्या हुन नदिनका लागि दिसा बन्ने खानेकुराको सेवन गर्नु आवश्यक छ । मानव शरीरले सजिलै पचाउन नसक्ने खालका फाइबरयुक्त खानेकुराको सेवनले कब्जियतको समस्यालाई हटाउन सकिन्छ ।
सागसब्जी, फलफुलको सेवन पश्चात् उक्त पदार्थमा रहेका शरीरले पचाउन नसक्ने खानेकुरा दिसाको माध्यमबाट बाहिर निस्कन्छ । दिसा बन्नका लागि पर्याप्त मात्रामा त्यस्ता खानेकुराको सेवन भएको हुन पनि आवश्यक छ ।
सजिलै पच्ने तथा धेरै मात्रामा झोलिलो पदार्थको सेवनले दिसा बन्दैन । त्यसकारण कब्जियत हुन नदिनका लागि खानपिनमा ध्यान दिनुपर्छ । शारीरिक अभ्यासको कमी भएका व्यक्तिमा आन्द्रा चलायमान नहुने कारण पनि कब्जियतको समस्या देखिन्छ ।
दिनमा कतिपटकसम्म दिसा लाग्नुलाई सामान्य मानिन्छ ?
३ दिनमा एकपटक दिसा हुनु तथा एक दिनमा ३ पटकसम्म पनि दिसा हुनुलाई सामान्य मानिन्छ । पातलो दिसा नभएको, दिसामा रगत नआएको तथा साह्रो दिसा नभएको अवस्थामा ३ दिनमा १ पटक दिसा हुनुलाई पनि सामान्य मानिन्छ ।
कब्जियत भएका मानिसले के खाने, नखाने ?
सामान्यतया धुम्रपान तथा मद्यपान पेट स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । खानेकुरामा फलफुल तथा तरकारीको मात्रा समावेश गर्नु स्वास्थ्यका लागि अनिवार्य छ । माछामासु खाँदा पनि यी खानेकुरालाई समेत समावेश गराउनुपर्छ ।
खानपान शैली परिवर्तन गरेमा कब्जियतको समस्या हल हुन्छ या औषधि सेवन आवश्यक पर्छ ?
यो कब्जियत कुन अवस्थामा छ र यसका के कस्ता लक्षणहरु देखिएका छन् भन्नेमा भर पर्छ । धेरै बिरामीहरुलाई खानपान र शारीरिक सक्रियता बढाउँदा कब्जियतको समस्या निको भएको पाइन्छ । यद्यपि कतिपयलाई भने हुँदैन।
कतिपयले कब्जियतको समस्यामा आफुखुसी औषधि सेवन गरिरहेका हुन्छन् । यसरी आफुखुसी औषधि सेवन गर्नेहरुलाई लामो समयपछि औषधिको मात्रा बढाउनुपर्ने तथा औषधिले नै काम नगर्ने अवस्थासमेत आउन सक्छ, तर कब्जियतको समस्या नहट्ने हुनसक्छ त्यसकारण आफुखुसी औषधि सेवन गर्नुहुँदैन।
कब्जियत भइसकेपछि के –कस्ता उपचार विधीहरुको प्रयोग गरिन्छ ?
कब्जियतको निश्चित कारण पत्ता लगाइसकेपछि मात्रै उपचार विधीको प्रयोग गरिन्छ । धेरै बिरामीहरु कब्जियतको समस्यामा चिकित्सकसँग आइपुग्दा उनीहरुमा थाइराइड,सुगर,तनाव,एन्जाइटी, डिप्रेसन लगायतका अन्य समस्या भएको पनि पाइन्छ।
त्यस्ता बिरामीहरुलाई ती रोगको उपचारपश्चात् कब्जियतको समस्या समाधान हुन्छ । कोही कोही बिरामीहरुमा आन्द्रामा मासु पलाएको,धाउ भएको हुनसक्छ । जसले दिसालाई ठुलो आन्द्राबाट बाहिर निस्कन दिँदैन।
यस्तो समस्यामा दिसा गर्ने ठाउँबाट पाइप हालेर कोलोनोस्कोपी गरिन्छ । त्यसबाट आन्द्राको बनोट तथा कारण समेत पत्ता लगाउन सकिन्छ । कतिपयमा आन्द्राको बनोट राम्रो भएपनि स्लो हुनसक्छ,त्यस्ता बिरामीलाई कोलोनिक ट्रान्जिट स्ट्रडी भन्ने परीक्षण गराइन्छ । यसले आन्द्राको चाल तथा आन्द्राले काम गरे नगरेको हेरिन्छ।
कतिपयलाई दिसा गर्ने प्वालसम्म दिसा आउँदा पनि उक्त प्वाल नखुल्ने समस्या हुन्छ । यसका लागि पनि अलग्गै प्रकारको परीक्षण र उपचार आवश्यक पर्छ । त्यसकारण कब्जियतमा खाना र शारीरिक व्यायाम बाहेक औषधि लगायतका अन्य उपचार पनि गरिन्छ।
के पानी कम खाँदा पनि कब्जियत हुन्छ ?
पानी कम खानु कब्जियतको एक कारण भएपनि पानी प्रशस्त खाँदैमा यो निको भइहाल्ने पनि होइन ।
शरीरलाई आवश्यक भन्दा धेरै पानी खाँदा पनि मिर्गाैलाबाट फिल्टर भएर दिसा गर्ने बाटो नभई पिसाबबाटै जान्छ । त्यसकारण आवश्यक मात्रामा पानी सेवन कब्जियतका हितकर मानिन्छ ।
कब्जियत नहुनका लागि दैनिक कति पानी पिउनुपर्छ ?
धेरै पानी खाएर कब्जियतको समस्या नआउने होइन । तर पनि शरीरको आवश्यकता अनुसार गर्मीमा केही बढी र जाडोमा ठीक मात्रामा पानी पिउनुपर्छ ।
कस्तो खालको पेट दुखाई कुन रोगको लक्षण हुनसक्छ?
दुख्दै छोड्दै ग¥यो भने वा दाइने भागमा दुखेमा पित्तथैलीमा ढुंगा भएको शंका गर्न सकिन्छ ।
नाइटो भन्दा माथि रहेको दुखाई सरेको अवस्थामा एपेन्डिसाइटिक्स भएको शंका गर्न सकिन्छ । पिसाब गर्ने स्थानतिर दुखाई भएमा मिर्र्गोलाको ढुंगा तलतिर सरेको शंका गरिन्छ। यद्यपि परीक्षण बिना नै पेट दुखेकै आधारमा यो रोग हो भन्न सक्ने स्थिति नहुनपनि सक्छ ।
कब्जियत हुन नदिन के गर्ने ?
कब्जियतबाट जोगिनका लागि सबैभन्दा पहिलो त शारीरिक कसरतमा ध्यान दिनुपर्छ । सकेसम्म बिहान नै दिसा गर्ने बानी बसाल्न आवश्यक छ । प्रशस्त मात्रामा खाना खानुपर्छ ।
सामाग्री श्रोत :
swasthyakhabar