२०८२ भाद्र १६ सोमबार
LATEST NEWS
२०८२ भाद्र १६ सोमबार

पोखरा– बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। 

बागलुङ ढोरपाटन नगरपालिका–५ बतासेडाँडास्थित ढोरपाटन सालझण्डी खण्डमा शुक्रबार लु.प्र.०१–००१ च १७७५ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

Ncell 2
Ncell 2

मृतकको पहिचान खुल्न नसकेको बागलुङ प्रहरीका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए। दुर्घटनामा परी १४ जना घाइते भएको प्रहरी निरीक्षक थापाले बताए। ३ जनाको अवस्थाको गम्भीर, १० जनाको मध्यम र एक जनाको अवस्था सामान्य रहेको छ।

घाइतेलाई थप उपचारका लागि पोखरा र पाल्पा लग्ने तयारी भइरहेको थापाले उल्लेख गरे। बुर्तिवाङबाट सहीखोला जाने क्रममा उक्त बस सडकबाट करिब ६० मिटर तल खेतमा खस्न पुगेको प्रहरीले जनाएको छ। अहिले उद्दारको काम भइराखेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं– नेपाल मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु भएको छ।

अस्पतालले पोखरा निवासी ५६ वर्षीय ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण गरेको छ। कार्कीलाई उनका २६ वर्षीय छोरा आयुषले कलेजो दान गरेका थिए। 

अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार यो प्रत्यारोपणमा दाताको शल्यक्रिया ९ घण्टा र प्राप्तकर्ताको १३ घण्टा चलेको थियो। 

भारतको अमृता अस्पतालसँगको सहकार्यमा नेपाल मेडिसिटीका चिकित्सकहरूको नेतृत्वमा यो शल्यक्रिया सम्पन्न भएको हो।

‘हामी दुईपटक भारत गएर उपचार गराउन खोज्यौं, तर डाक्टरको परामर्श चित्त बुझेन। बुबालाई मिर्गौला र कलेजो दुवै प्रत्यारोपण गर्नुपर्छ भनिएपछि हामी नेपाल फर्कियौं,” कलेजो दाता आयुष कार्कीले भने, ‘मेडिसिटीमा सेवा पाइने थाहा पाएपछि हामीले यहीँ प्रत्यारोपण गर्ने निर्णय गर्‍यौं। यदि पहिल्यै यहाँ परामर्श लिएको भए हाम्रो समय र पैसा दुवै जोगिन्थ्यो।’

अस्पतालका अध्यक्ष उपेन्द्र महतोले भने, “नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण सेवा सुरु भएको छ। हाम्रो मल्टिडिसिप्लिनरी टोलीका कारण यस्तो जटिल शल्यक्रिया सफल भएको हो।’

ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख प्रोफेसर डा. उमिद कुमार श्रेष्ठका अनुसार बिरामी कार्कीको कलेजो र मिर्गौला दुखाइको समस्या थियो। ‘पेटमा पानी जम्ने, होस हराउने, रगत वान्ता हुने र बेहोस हुने जस्ता लक्षण थिए। उनको अवस्था जटिल भए पनि सफल प्रत्यारोपण भएको छ,’ डा श्रेष्ठले भने। कलेजो प्रत्यारोपणपछि बिरामीको मिर्गौलामा पनि सुधार देखिएको छ।

कलेजो प्रत्यारोपण सर्जन डा रामबाबु साहले भने, ‘बिरामीको जटिल अवस्थाका कारण हामीले पहिले कलेजो प्रत्यारोपण गर्ने र मिर्गौलाको अवस्था जाँचेर मात्र थप उपचार गर्ने योजना बनाएका थियौं। यो चुनौतीपूर्ण शल्यक्रिया सफल भएको छ।’

नेपाल मेडिसिटीले अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा सुलभ शुल्कमा प्रदान गर्ने लक्ष्य राखेको छ। हालसम्म अस्पतालमा ४५ जनाको मिर्गौला प्रत्यारोपण र ५०० भन्दा बढीको हिप तथा जोर्नी प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेको छ। 
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरेको अभियोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हुनाले उक्त मुद्दाको किराना नहुँदासम्म सांसद पद स्वतः निलम्बन हुने सदनलाई गराए।

आयोगले पताञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा महेन्द्रज्योतिमा हदबन्दीभन्दा बढी जग्गा खरिदका सम्बन्धमा सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी भएको भन्ने अभियोग पूर्व प्रधानमन्त्री नेपालविरुद्ध दर्ता गरेकाले उहाँको सांसद पद स्वतः निलम्बन भएको सभामुख घिमिरे सदनलाई जानकारी गराए।

सभामुख घिमिरले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट २०६४ सालमा संविधानसभामा सभानुपातिक सदस्यमा निर्वाचित वीरेन्द्र ज्वारचनको ६९ वर्षको उमेरमा निधन भएकोप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको घोषणा गर्नुभयो । समाजसेवीसमेत रहनुभएका उहाँको जेठ २९ गते मुस्ताङस्थित आफ्नो निवासमा मृत्यु भएको थियो।

प्रतिनिधिसभाको अर्को बैठक आगामी असार १ गते आइतबार ११ बजे बस्ने छ।


सामाग्री श्रोत :

सांसद नेपालको सांसद पद निलम्बनसम्बन्धी जानकारी

 

काठमाडौँ । प्रविधि कम्पनी मेटाले हालै सार्वजनिक गरेको ‘मेटा एआई’ एप र यसको ‘डिस्कभर’ (Discover) फिडले प्रयोगकर्ताको गोपनीयतामाथि गम्भीर प्रश्नहरू खडा गरेको छ । यस फिचर मार्फत प्रयोगकर्ताले थाहै नपाईँ आफ्ना निजी तथा गोप्य जानकारी समेत सार्वजनिक गर्न थालेपछि साइबर सुरक्षाको चिन्ता बढेको हो ।

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामजस्ता चर्चित सामाजिक सञ्जालमा सहजै उपलब्ध यो एआईलाई ‘व्यक्तिगत भर्चुअल सहायक’ का रूपमा प्रचार गरिएको छ, जसले कस्टमर सपोर्ट, सामग्री निर्माण, डेटा विश्लेषण र प्रतिलिपि तयार पार्ने जस्ता कामहरूमा मद्दत गर्न सक्छ । यो ‘लामा’ (Llama) नामक शक्तिशाली ओपन-सोर्स लार्ज ल्याङ्ग्वेज मोडेलमा आधारित छ र यसले मानवजस्तै भाषा बुझ्न र उत्पन्न गर्न सक्छ । साथै यो एआईले तस्विरहरू पनि सिर्जना गर्न सक्छ ।

मेटा एआई एपमा रहेको ‘डिस्कभर’ फिडले प्रयोगकर्ताहरूलाई अन्य व्यक्तिले एआईसँग गरेका कुराकानीहरू तथा सिर्जना गरेका तस्विरहरू हेर्ने र शेयर गर्ने अनुमति दिन्छ । तर, धेरै प्रयोगकर्ताले आफ्ना निजी कुराकानीहरू सार्वजनिक भइरहेको बारेमा थाहै नपाई ‘शेयर’ बटन थिचिदिँदा समस्या उत्पन्न भएको हो ।

यस फिडमा कतिपय प्रयोगकर्ताका व्यक्तिगत, संवेदनशील र लज्जास्पद जानकारीहरू सार्वजनिक भएको पाइएको छ । रिपोर्टहरूका अनुसार, प्रयोगकर्ताहरूले स्वास्थ्यसम्बन्धी लक्षणहरू, कानुनी प्रश्नहरू, कर छलीको बारेमा सोधपुछ, सम्बन्धका समस्याहरू, र बच्चाको हिरासतसम्बन्धी कानुनी कागजातहरू जस्ता जानकारी एआईसँग शेयर गरेका छन्, जसमा उनीहरूको पूरा नाम, ठेगाना, र फोन नम्बरसमेत समावेश छ । टेकक्रञ्चले यस विषयलाई लिएर मेटा एपलाई प्राइभेसी डिजास्टर कै संज्ञा दिएको छ ।  

कतिपय अवस्थामा त प्रयोगकर्ताहरूले अडियो रेकर्डिङमार्फत गरेका निजी कुराकानीहरू पनि सार्वजनिक भएका छन् । साइबर सुरक्षा विशेषज्ञ र प्रविधि क्षेत्रका लगानीकर्ताहरूले यस मुद्दालाई सार्वजनिक रूपमा उठाएका छन्, जसले प्रयोगकर्ताहरूलाई यस्तो संवेदनशील जानकारी सार्वजनिक भइरहेको बारे सचेत गराइरहेका छन् ।

कतिपय प्रयोगकर्ताहरूले त मेटा एआईलाई ग्राहक सेवाको रूपमा वा प्राविधिक सहयोगका लागि प्रयोग गरिरहेका छन् । जसले गर्दा थप निजी जानकारी सार्वजनिक भइरहेको छ ।

उता मेटाले भने ‘डिस्कभर’ फिडमा कुराकानी सार्वजनिक गर्न प्रयोगकर्ताले ‘शेयर’ बटन थिचेर विभिन्न चरणको प्रक्रिया पूरा गर्नुपर्ने बताएको छ । कम्पनीले भनेको छ, “जबसम्म तपाईँले आफैँ पोस्ट गर्ने विकल्प रोज्नुहुन्न, त्यतिन्जेल तपाईँको फिडमा केही पनि शेयर हुँदैन ।”

तर, आलोचकहरूले मेटाको इन्टरफेस भ्रामक भएको र प्रयोगकर्ताहरूलाई स्पष्ट रूपमा जानकारी नदिई निजी कुराकानी सार्वजनिक गर्ने अवस्था सिर्जना गरेको आरोप लगाएका छन् । उनीहरूका अनुसार, गुगलले सर्च सम्बन्धी प्रश्नहरू गोप्य राखेजस्तो वा च्याटजीपीटीजस्ता अन्य च्याटबोटहरूले कुराकानी शेयर गर्न वैकल्पिक लिंकहरू दिए जस्तो नगरेर मेटाले सार्वजनिक शेयरिङलाई प्रोत्साहन दिएको देखिन्छ । जसले गोपनीयताको खतरा निम्त्याएको छ ।

यो गोपनीयताको चिन्ताका कारण मेटा एआई एपको डाउनलोड अपेक्षाकृत रूपमा कम रहेको पाइएको छ । अप्रिल २९ मा सार्वजनिक भएदेखि यस एपलाई ६५ लाख पटक मात्र डाउनलोड गरिएको छ, जुन यति ठुलो प्रविधि कम्पनीको उत्पादनका लागि निकै कम हो ।

मेटा एआईले लामा ४ मा आधारित भएर व्यक्तिगत अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । जसले प्रयोगकर्ताको प्राथमिकताहरू बुझ्ने र सन्दर्भ सम्झने क्षमता राख्छ । परीक्षणमा मेटा एआई दैनिक र रचनात्मक कार्यहरूका लागि छिटो र सहज रहेको पाइएको छ । यसले सारांश तयार पार्न, स्वास्थ्य सुझाव दिन र सिफारिस उपलब्ध गराउन राम्रो र सन्दर्भसहितका जवाफ दिएको छ ।

सामाजिक सञ्जाल-शैलीका कार्यहरू जस्तै इन्स्टाग्राम क्याप्सन तयार पार्न यो छिटो र सहज छ । तर, यसको तस्विर तयार पार्ने सुविधा (Imagine feature) ले सिर्जना गरेका सबै तस्विरहरूमा ‘वाटरमार्क’ आउने गरेको छ, जुन व्यावसायिक प्रयोजनका लागि असुविधाजनक हुन सक्छ । साथै, जटिल प्रश्नहरूको जवाफमा यसले गहिराइको कमी देखाउने गरेको र कहिलेकाहीँ पुरानो वा अप्रासङ्गिक जानकारी समेत दिने गरेको पाइएको छ ।

गोपनीयताको यो विषय मेटाका लागि नयाँ होइन, विगतमा पनि कम्पनीले प्रयोगकर्ताको डेटा ह्यान्डलिङमा आलोचना खेपेको थियो । विज्ञहरूले प्रयोगकर्ताहरूलाई एआईमा राखिने कुनै पनि जानकारी गोप्य नरहने र कम्तीमा मेटासम्म पुग्ने कुरा बुझाउन जरुरी रहेको कुरामा जोड दिएका छन् ।

मेटा एआईको डिस्कभर फिचर वेब भर्सनमा उपलब्ध भए पनि नेपाली मोबाइल प्रयोगकर्तामाझ भने अझै आइसकेको छैन । यदि तपाईँ मेटा एआई एपको डिस्कभर फिचर प्रयोग गर्दै हुनुहुन्छ भने, आफ्ना कुराकानीहरूको गोपनीयता सुनिश्चित गर्न निम्न कुराहरूमा ध्यान दिनु पर्ने हुन्छ ।

कसरी जोगाउने आफ्नो गोपनीयता ?

 

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८२ १९:१७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– आइतबारदेखि स्कटल्याण्डमा हुने टी-२० आई सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल के साह, भिम शर्की, बसिर अहमद, दिपेन्द्र सिंह ऐरी (उप(कप्तान), सन्दीप लामिछाने, करण केसी, ललित राजबंशी, नन्दन यादव, आरिफ शेख, लोकेश बम, रुपेश के सिंह, रिजन ढकाल र किरण ठगुन्ना रहेका छन् ।

Ncell 2
Ncell 2

चोटका कारण सोमपाल कामी र गुल्शन झा टिम बाहिर रहेका छन् । सिरिज १५–२० जुन २०२५ सम्म स्कटल्याण्ड (डन्डी र ग्लासगो) मा आयोजना हुनेछ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गत जनस्वास्थ्य विषयमा रोजिना दाहालले सर्वोत्कृष्ट (टप) अंक प्राप्त गरी उत्तीर्ण गरेकी छिन्।

आइओएम जनस्वास्थ्य केन्द्रीय विभाग महाराजगञ्जमा अध्ययनरत दाहालले मास्टर इन पब्लिक हेल्थ (एमपिएच)मा ८० दशमलव ०८ प्रतिशत अंक ल्याउँदै टप गरेकी हुन्।

आइओएम परीक्षा नियन्त्रक महाशाखाले दाहालले सर्वोत्कृष्ट अंक ल्याएको जानकारी जनस्वास्थ्य विभागलाई शुक्रबार गराइसकेको छ।

सर्वोत्कृष्ट अंक ल्याउने छात्रा दाहाल झापा भद्रपुरकी हुन्।
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा नक्कली पीडित खडा गरेर आफूविरुद्ध जालसाँजी गर्ने काम गरेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पार्टी कार्यालयमा नक्कली पीडितहरुलाई बोलाएर जाहेरी लेखेर आफ्ना दर्ता गर्ने प्रयत्न गरेको आरोप लगाउँदै यस्ता अपमानजनक र जालसाँजी गरेर नक्कली पीडित खडा गर्नेहरुको पत्ता लगाएर कारबाही गरिने चेतावनी दिए।

उनले भने,‘केही पार्टी कार्यालयहरुमा नक्कली पीडितहरुलाई बोलाएर पार्टी कार्यालयमा जाहेरीहरु लेखेर मेराविरुद्ध विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइरहेको छ। कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ। यस्ता जालछाँट र अमर्यादित काम गरेर आफ्नो राजनीति अभिष्ट पूरा गर्ने काममा नलाग्न म आग्रह गर्दछु। यस्ता अपमानजनक र जालसाँजी गरेर नक्कली पीडित खडा गर्नेहरुको पत्ता लगाएर कारबाही गरिने छ।’

त्यस्तै उनले रास्वपा सम्भावना बोकेको पार्टी भएको भन्दै यस्ता जालसाजीमा नलागी सचेत रहन सुझाव दिए। रास्वपाका सांसदहरुले तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग जोडेर अहिले आफूलाई त्यसको प्रतिशोध लिने काममा लागि परेको समेत बताए।

‘जालसाजी गरेर नक्कली पीडित खडा गर्ने पार्टी कार्यालयहरु बन्दैछन्। यसमा तपाईहरु सचेत हुनुहोस्। किनभने तपाइँहरु सम्भावना बोकेको पार्टी हुनुहुन्छ। हिजो मैंले श्रममन्त्री हुँदा वैदेशिक रोजगार ऐन बनाएर चारवटा देशसँग श्रम सम्झौता गरेको सम्झना गर्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले तत्कालीन गृहमन्त्रीज्यूलाई जोडेर मलाई अहिले त्यसको प्रतिशोध लिने काममा लाग्नुभएको छ,’ उनले भने।


सामाग्री श्रोत :

गृहमन्त्रीको चेतावनी: पार्टी कार्यालयमा नक्कली पीडित खडा गर्नेहरुलाई कारबाही गरिन्छ

काठमाडौँ । मोरङ प्रहरीले मोबाइल चोरीमा संलग्न तीन जनालाई ठुलो मात्रामा चोरी गरिएका मोबाइल तथा अन्य सामानसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. ११ बस्ने वर्ष २६ का रोशन कुमार मण्डल, मोरङको धनपालथान गाउँपालिका वडा नं. ७ बस्ने वर्ष २२ का विशाल कुमार सिंह र भारत अररिया जिल्ला घर भई हाल विराटनगर बस्दै आएका वर्ष १८ का कृष पासवान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, पछिल्लो समय जिल्लामा मोबाइल चोरीका घटनाहरू बढिरहेको सन्दर्भमा गत ११ वैशाखमा मोरङ कटहरी गाउँपालिका वडा नं. ४ नयाँ बजारस्थित ‘राज मोबाइल केयर’ नामक पसलबाट ल्यापटप, एन्ड्रोइड तथा सादा मोबाइलहरू र मर्मत गर्न राखिएका पुराना मोबाइलसेटहरू समेत चोरी भएको उजुरी प्रहरीमा परेको थियो ।

उक्त उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष टोलीले सूक्ष्म अनुसन्धान गर्दा सो चोरीमा संलग्न विशाल कुमार सिंहलाई २७ जेठमा पक्राउ गरेको थियो । सिंहको बयानका आधारमा प्रहरीले थप अनुसन्धान गर्दै २९ जेठमा विराटनगर महानगरपालिका वडा नं. ११ स्थित रोशन कुमार मण्डलको कोठामा छापा मारेको थियो ।

सो क्रममा प्रहरीले लुकाई छिपाई राखिएको अवस्थामा विभिन्न कम्पनीका नयाँ तथा पुराना मोबाइलसेटहरू, मोबाइलका पार्टपुर्जा र चोरीमा प्रयोग हुने औजारहरू समेत फेला पारेको थियो भने घटनास्थलबाट रोशन कुमार मण्डल र कृष पासवानलाई नियन्त्रणमा लिएको थियो । 

प्रहरीले उनीहरूको साथबाट ८ थान सादा मोबाइल सेट, २१ थान एन्ड्रोइड मोबाइल सेट, विभिन्न कम्पनीका ५१ थान बिग्रिएका वा टुटफुट भएका मोबाइल सेट, १ थान ल्यापटपको ब्याट्री, १३ थान मोबाइल डिस्प्ले र चोरीमा प्रयोग हुने औजारहरू (डिल मेसिन, हथौडा, रड, पेचकस, पिलास) को ९ थान बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनामाथि चोरी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिइन् ।

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८२ १८:०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध पार्टी कार्यालयहरूमा नक्कली पीडितहरूलाई बोलाएर विभिन्न ठाउँमा जाहेरी दर्ता गर्ने प्रयास भएको जिकिर गरेका छन् ।

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका बीच संसद्‍मा सम्बोधन गरेका गृहमन्त्री लेखकले भने, ‘मलाई थाहा छ, केही पार्टीका कार्यालयहरुमा नक्कली, तथाकथित पीडितहरुलाई बोलाएर पार्टी कार्यालयमा जाहेरीहरु लेखेर मेरा विरुद्धमा विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइराखेका छन् ।’

गृहमन्त्री लेखकले त्यो कुन पार्टी कार्यालयमा लेखिएको भन्ने विषयमा आफूलाई जानकारी भइसकेको भन्दै उनले नक्कली पीडित खडा गर्ने मानिस पत्ता लगाएर कारबाही गरिने समेत बताए ।

Ncell 2
Ncell 2

‘त्यस्ता कीर्ते, जालसाझी काम गरेर राजनीतिक अभिष्ट पूरा गर्ने काममा नलाग्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु’, उनले अगाडि भने, ‘यस्ता अपमानजनक कार्यहरू, यस्ता कीर्ते जालसाझ गरेर तथाकथित नक्कली पीडित खडा गर्ने मानिसहरुको पत्ता लगाएर कारबाही गरिनेछ ।’

उनले रास्वपालाई संकेत गर्दै थपे, ‘तपाईंका पार्टी कार्यालय कीर्ते, जालसाझीपूर्ण पीडितहरू तयार गर्ने पार्टी कार्यालय बन्दैछन् ।’

उनले भिजिट भिसा प्रकरणमा आफूविरुद्ध कुनै प्रमाण नभएको भन्दै जाहेरी वा उजुरी नै नभएको अवस्थामा राजीनामा माग गर्नु अनुचित भएको बताए । उनले आफूविरुद्ध राजनीतिक प्रतिशोध साँध्न खोजिएको समेत जिकिर गरे ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

उपचारमा लापरबाही मुद्दामा ॐ अस्पताललाई ५० लाख ७० हजार क्षतिपूर्ति भराउने फैसला (भिडियो)
सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट