
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले शहिद, वेपत्ता परिवार, घाइते योद्धाहरु आफ्नो पार्टीका लागि शक्तिको स्रोत रहेको बताएका छन्।
सोमबार शहिद रितबहादुर खड्का ‘प्रताप’ को १३औं स्मृति कार्यक्रममा बोल्दै उनले विभिन्न अभियानमा जाँदा शहिद, वेपत्ता परिवार, घाइते योद्धाहरुलाई उर्जाको रुपमा लिएको बताएका हुन्।
उनले भने, ‘फागुन १२ देखि हुलाकी मार्ग केन्द्रित अभियानमा गयौं र त्यसैगरी लोकमार्ग केन्द्रित अभियान पोखरामा समापना गरेका छौ। यी अभियानका लागि शक्तिको स्रोत जनता नै हुन्। त्यसमा पनि शीर्ष स्थानमा शहिद, वेपत्ता परिवार, घाइते योद्धाहरुलाई राख्यौं। उहाँहरुको वेदनाहरु सविस्तार सुन्यौ। उहाँहरुलाई सुन्दा हामी संवेदनशील भयौं।’
प्रवक्ता सापकोटाले अभियानका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वेपत्ता भएकालाई पनि शहिद घोषणा गरिने भनेर दिनुभएको अभिव्यक्तिले वेपत्ता परिवारका सदस्यमा चमक आएको बताए।
‘वेपत्ता परिवारमा महिलाहरुले व्यक्त्त गरेको कुरा सुन्दा मर्माहित भयाैं। आफ्नो श्रीमान साँझतिर आउनुहुन्छ की बिहान आउनुहुन्छ की भन्ने लागिरहेको अनुभव सुनाउनुहुन्छ। सोही क्रममा अध्यक्षले वेपत्ता भएका व्यक्तिलाई पनि शहिद नै हो भन्ने अभिव्यक्ति दिनुएकाले उहाँहरुमा चमक देखियो। त्यो नै सबैभन्दा ठुलो उर्जाको विषय हो,’ उनले भने।
त्यसैगरी नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अभियानले नागरिकमा उत्साह बढेको भन्दै अहिलेको सरकारले जनताका असन्तुष्टि पैदा गरेको बताए।
‘अहिलेको सरकार भ्रष्ट र निरङकुश छ। जसले देशमा आजको आवश्यकता पूरा गर्ने कुरा छाडौं देशलाई संकटको दिशातिर धकेलिरहेको छ। यसैको जगमा टेकेर गरेका गलन कामले जनताका असन्तुष्टि बढेको छ। त्यस कारणल प्रतिगामी शक्तिहरु सल्वलाइरहेका छन्,’ उनले भने।
सामाग्री श्रोत :
शहिद, वेपत्ता परिवार र घाइते योद्धाहरु पार्टीका लागि शक्तिका स्रोत हुन् : प्रवक्ता सापकोटा
काठमाडौँ । कर्णाली प्रदेश सरकारले ‘डिजिटल कर्णाली’ को अवधारणालाई कार्यान्वयमा ल्याउन आगामी आर्थिक वर्षमा प्रदेशबाटै सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छाप्नेदेखि घरदैलोमै स्वास्थ्य सेवा पुऱ्याउन टेलिमेडिसिन सेवा सञ्चालन गर्नेसम्मका महत्वाकांक्षी कार्यक्रम अघि सारेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपियाँको बजेट प्रस्तुत गर्दै शासन प्रणाली र सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउने घोषणा गरेका हुन् ।
बजेटले प्रदेशको समग्र डिजिटल रूपान्तरणका लागि मार्गचित्र तयार गर्न मध्यपश्चिम विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘डिजिटल कर्णाली फ्रेमवर्क’ निर्माण गर्ने रणनीतिक लक्ष्य राखेको छ । साथै, सूचना प्रविधिमा आधारित उद्यमशीलतालाई बढावा दिन युवा पुस्ता लक्षित इन्क्युवेसन सेन्टर स्थापना गर्ने र समग्र क्षेत्रलाई कानुनी आधार प्रदान गर्न ‘कर्णाली आमसञ्चार तथा सूचना प्रविधि विधेयक’ ल्याउने योजना पनि बजेटमा समेटिएको छ।
यातायात क्षेत्रमा स्मार्ट लाइसेन्स र विद्युतीय भुक्तानी, नागरिकका गुनासो सुन्न ‘हेल्लो मुख्यमन्त्री हटलाइन सेवा’ र सार्वजनिक सेवालाई पारदर्शी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गर्ने कार्यक्रमलाई बजेटले प्राथमिकता दिएको छ ।
यसका साथै, शिक्षा, स्वास्थ्य र पर्यटनजस्ता क्षेत्रलाई पनि डिजिटलाइजेसनमा जोडिएको छ । कक्षा १० का विद्यार्थीका लागि ‘एसईई डिजिटल शिक्षा सहयोग कार्यक्रम’, दुर्गम क्षेत्रमा ई-हेल्थ र टेलिमेडिसिन सेवा र पर्यटकलाई आकर्षित गर्न ‘गन्तव्य कर्णाली एप’ सञ्चालन गरिनेछ ।
मन्त्री शाहले प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा करिब पाँच प्रतिशतले बढी हो । कुल बजेटमध्ये पुँजीगततर्फ सबैभन्दा धेरै १९ अर्ब ९८ करोड २७ लाख १३ हजार (६०.५५ प्रतिशत) विनियोजन गरिएको छ । त्यस्तै, चालुतर्फ सात अर्ब ७९ करोड ९१ लाख एक हजार (२३.६४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ६१ करोड ५० लाख (१.८६ प्रतिशत) बजेट छुट्याइएको छ । प्रदेशले स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि चार अर्ब ५९ करोड ९८ लाख ४१ हजार (१३.९५ प्रतिशत) विनियोजन गरेको छ ।
पछिल्लो अध्यावधिक: असार २, २०८२ १०:३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सदन बहिस्कार गरेको दिनको बैठक भत्ता नलिने भएको छ । सोमबार राप्रपा संसदीय दलले एक निर्णय गर्दै आइतबार बसेको प्रतिनिधि सभा बैठक राप्रपाले बहिस्कार गरेकाले सो दिनको बैठक भत्ता उपलब्ध नगराइदिन संसद सचिवालयलाई अनुरोध गरेको छ ।
आइतबार बसेको बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर सदनमा राप्रपाले विरोध जनाएको थियो । विरोधकै बेला पनि सभामुख देवराज घिमिरेले पेलेरै सदन अघि बढाएका कारण राप्रपाका सांसदहरु बैठक बहिस्कार गरि हिँडेका थिए ।
उक्त दिनको बैठक भत्ता राजस्वमा फिर्ता हुने गरी व्यवस्था मिलाइदिन संसद सचिवालयलाई राप्रपाले अनुरोध गरेको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बहिस्कार गरेको दिनको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिक रुपमा उचित नहुने भएकाले उक्त निर्णय गरिएको बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
आज घरमा बसी रहेको थिएँ र बिहानै फोहोर संकलन गाडी आयो, र मनमा एउटा जिज्ञासा पनि जाग्यो- घर नजिकै स्वास्थ्य संस्था भएको हुनाले, संस्थाबाट निस्कने फोहोर कसरी संकलन र व्यवस्थापन हुन्छ भनेर! किनकि सबै स्वास्थ्य संस्थामा अजैविक फोहोर (जस्तै प्लास्टिक, काचका बोतल, औषधिको प्याकेज, मास्क, ग्लोभ्स आदि) मात्र हुँदैन, त्यहाँ जैविक फोहोर (जस्तै सुइ, सिरिंज, औषधिको अंश वा म्याद गुज्रेको औषधि, प्रयोगशालाको फोहोर आदि) पनि निस्कन्छ, जुन स्वास्थ्यमा जोखिम बढाउन सक्छ। यसैले, यो सामान्य फोहोरसँग मिसाउन मिल्दैन र उचित मापदण्ड अनुसार निस्क्रिय गर्न आवश्यक छ।
नेपाल सरकारले सन् २०१८ मा एक प्रतिवेदन निकालेको थियो जसमा नेपालमा ५६% जैविक फोहोर उत्पादन हुन्छ। सन् २०२० मा विश्व बैंकले निकालेको प्रतिवेदनमा भनिएको छ कि नेपालका २९३ स्थानीय तहमा दैनिक औसत ४,९०० टन फोहोर उत्पादन हुन्छ। सन् २०१९ मा नेपाल सरकारले प्रकाशित गरेको अर्को प्रतिवेदनमा स्वास्थ्य संस्थाहरूले लगभग १०१,५०७ मेट्रिक टन वार्षिक फोहोर उत्पादन गरेको जनाइएको छ, जसमा अस्पताल र अन्य स्वास्थ्य संस्थाहरू समावेश छन्।
हामीले जैविक फोहोर व्यवस्थापन कसरी गर्दै आएका छौँ भन्ने बारेमा धेरै छलफल भएका छन्, तर यसमा खासै ध्यान दिइएको छैन। स्वास्थ्य संस्थामा जैविक फोहोरको उचित व्यवस्थापन नगरेमा भविष्यमा धेरै स्वास्थ्य संकट उत्पन्न हुन सक्छ, जसले स्वास्थ्यकर्मी र बिरामीलाई पनि संक्रमणको जोखिम बढाउनेछ। साथै, यसले वातावरणमा प्रदूषण पनि बढाउँछ।
सरकारले यसको व्यवस्थापनको लागि नीति योजना बनाएको छ। नेपालको स्वास्थ्य सेवा नीति २०७१ मा स्पष्ट उल्लेख गरिएको छ कि स्वास्थ्य संस्थाहरूले सबै प्रकारका जैविक र अजैविक फोहोरको वर्गीकरण गर्नुपर्छ र सफाइका मापदण्ड अनुसार व्यवस्थापन गर्नुपर्छ। साथै, नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले बायोमेडिकल फोहोरको व्यवस्थापनका मापदण्ड पनि तयार पारेको छ। हाम्रो संविधानले पनि नागरिकलाई सफा वातावरणमा बस्ने हक दिएको छ। यद्यपि, हामी कहिँ न कहिँ यसमा चुकेका छौँ।
स्थानीय सरकारको भूमिका
२०७४ को स्थानीय सरकार सञ्चालन ऐन अनुसार, स्वास्थ्य संस्थाबाट निस्कने फोहोरको व्यवस्थापन स्थानीय सरकारको मातहतमा हुने व्यवस्था गरिएको छ। स्थानीय सरकारले आफ्नो नीति कार्यक्रम बनाइ फोहोर संकलन र व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी छ। फोहोर व्यवस्थापनका लागि आवश्यक ल्यान्डफिल साइट र फोहोर व्यवस्थापनमा सहयोग नगर्ने व्यक्तिहरू वा संस्थालाई जरिवाना गर्ने अधिकार पनि स्थानीय सरकारसँग छ।
अब स्वास्थ्य संस्थाबाट निस्कने फोहोर कसरी व्यवस्थापन गर्ने? कसरी फोहोर विशेष अनुसार व्यवस्थापन गर्ने? दक्ष जनशक्ति कसरी व्यवस्थापन गर्ने? यी सबै विषयमा स्थानीय सरकारले ध्यान दिनुपर्ने आवश्यकता छ। यसका साथै, फोहोर न्यूनिकरणका उपायहरू, एकल प्रयोग हुने वस्तुहरूको प्रयोग घटाउने नीति, औषधिको अनावश्यक प्रयोग र म्याद गुज्रिएका औषधिको उचित व्यवस्थापन, र फोहोर व्यवस्थापन सम्बन्धी समुदायमा स्वास्थ्य शिक्षा कार्यक्रमको आवश्यकता छ।
स्वास्थ्य संस्थाबाट निस्कने फोहोरको उचित व्यवस्थापन र स्रोतमा फोहोरको न्यूनिकरण गर्नु अत्यन्त आवश्यक छ। नेपाल सरकारले लागू गरेको नीति र योजनाको प्रभावकारी कार्यान्वयनका लागि सबै तहमा समन्वय र सक्रिय सहभागिता आवश्यक छ। फोहोर व्यवस्थापनमा आवश्यक तालिम र जनचेतना कार्यक्रमले ठूलो योगदान पुर्याउन सक्छ।
अन्त्यमा, फोहोर व्यवस्थापनमा जलाउने र सामान्य फोहोरसँग मिसाउने समस्याबारे हामी सबैले ध्यान दिन आवश्यक छ। स्थानीय सरकारको नीति नियम पनि बनिरहेको छ र आशा छ कि यस्ता संवेदनशील विषयहरूले पनि ध्यान पाउनेछन्।
सामाग्री श्रोत :
swasthyakhabar
कावासोती। राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयनको अनुभवलाई ध्यान दँदै यससँग सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरूमा सुधार, संगठनात्मक संरचनामा सबलिकरण तथा थप सेवा विस्तार गरी चुरे संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताएका छन्।
चुरे संरक्षण दिवस २०८२ को अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति गठनको उद्देश्य अनुरूपका उपलब्धि हाँसिल भएनभएको समिक्षा गरि यसतर्फ सम्बन्धित सबै पक्ष गम्ंभीर हुन जरुरी रहेको बताए।
सो अवसरमा नवलपरासीको कावासोती नगरपालिका-३ मा अवस्थित अठ्ठाइस विघा क्षेत्रको ज्योतीपुन्ज सामुदायिक बनमा राष्ट्रपति पौडेलले बर र प्रथम महिला सविता पौडेलले पिंपल रोपेर चुरे संरक्षण दिवस शुभारम्भ गरे।
उनले चुरे संरक्षणको यति ठूलो जिम्मेवारी पाएको संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै संस्थाको काम प्रभावकारी हुने भन्दै यसतर्फ पनि ध्यान जानुपर्ने उल्लेख गरे।
उनले भने, ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत गल्छी पहिरो तथा खहरे रोकथाम, तालतलैया तथा सीमसार व्यवस्थापन, पोखरी निर्माण, नदी उकास जग्गा संरक्षण तथा वृक्षारोपण, कृषि वन कार्यक्रम, संवेदनशील क्षेत्र संरक्षणलगायतमा केही काम भए पनि राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति जुन उदेश्यअनुसार गठन भएको थियो त्यसअनुसार अझै उपलब्धि हाँसिल गर्न सकिएको छैन।’
उनले चुरे क्षेत्रको प्राकृतिक श्रोतहरूको संरक्षण र सदुपयोग गरी चुरे क्षेत्रको वर्तमान अवस्थामा सुधार गर्ने, चुरे क्षेत्रमा भइरहेको वा हुनसक्ने सम्भावित क्षयीकरणलाई न्यूनीकरण गर्ने र स्थानीय जनताको जिवनस्तरमा सुधार गर्ने उद्देश्यका साथ चुरे पहाडको जलाधार क्षेत्रका १६४ नदी प्रणाली र तिनका जलाधार क्षेत्रलाई वातावरण संरक्षण क्षेत्र कायम गरी उक्त क्षेत्रको दिगो संरक्षण तथा व्यवस्थापन गर्न नेपाल सरकारले राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिको गठन गरेको स्मरण गराए।
उनले भने, ‘३७ जिल्लामा फैलिएको चुरे क्षेत्र नेपालका करिव ६० प्रतिशत मानिसको जीवन पद्धतिसँग जोडिएको छ। जनसंख्याको चाप, गरीबी, अवैज्ञानिक खेतिप्रणाली, वन अतिक्रमण, नदीजन्य पदार्थको दोहनजस्ता मानवीय कृयाकलापहरूको कारणले गर्दा यस क्षेत्रका प्राकृतिक श्रोतहरूको क्षयिकरण भइरहेको छ।’
राष्ट्रपति पौडेलले माथिबाट गेग्रान आउने, त्यसले खोला पुरिने र खोला गाउँ तथा खेततिर हिडेपछि ठूलो क्षय हुने गरेकाले खोला घर (बाटो) खोलेर गेग्रानको उपयोग गर्न सके तराई-मधेशलाई बचाउन सकिने धारणा व्यक्त गरे।
राष्ट्रपति पौडेलले चुरे संरक्षणमा नेपाली सेनाको सहभागिता उपलब्धिमूलक रहँदै आएको उल्लेख गर्दै क्षतिग्रस्त क्षेत्रलाई वृक्षारोपण र संरक्षण गरेर हराभरा बनाउने र पानीको संरक्षणको लागि ठूला-ठूला पोखरी निर्माण गरेर समुदायलाई हस्तान्तरण गर्ने जुन काम भएको छ, यसलाई अझै व्यापक बनाउनुपर्ने बताए।
उनले कमलो चट्टानबाट निर्मित चुरे क्षेत्र भौगर्भिक हिसावले कमजोर छ जसका कारण यो क्षेत्र भू-क्षय, बाढीपहिरो, नदी कटानलगायतका प्राकृतिक प्रकोपहरूबाट अति जोखिमयुक्त र संवेदनशील क्षेत्रको रूपमा रहेको भन्दै चुरे पहाडको भू-क्षय तथा पहिरोको कारणले उत्पन्न बाढीले तराईको उर्वराभूमि मरुभूमी बन्ने खतरा बढिरहेको बताए।
उनले भने, ‘चुरे क्षेत्र तराईको जल पुर्नभरण क्षेत्र हो। चुरे क्षेत्र जैविक विविधतामा धनी, दुर्लभ वन्यजन्तुहरूको बासस्थान र जैविक मार्ग भएकोले पारिस्थितिकीय प्रणाली संरक्षण तथा सन्तुलनमा महत्वपूर्ण भूमिका खेलेको छ।’
सामाग्री श्रोत :
संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल
काठमाडौँ । कोशी प्रदेश सरकारले आफ्नै विद्युतीय अभिलेख केन्द्र अर्थात् डेटा सेन्टर स्थापना गर्ने भएको छ । आइतबार आगामी आर्थिक वर्ष २०८२/०८३ का बजेट वक्तव्य प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशको आफ्नै डेटा सेन्टरको स्थापना गर्ने योजना अघि सारेका हुन् ।
प्रदेशका सूचना तथा तथ्याङ्कलाई सुरक्षित गर्न डेटा सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउन आवश्यक बजेट विनियोजन गरिएको उनले बताए । यस्तै, प्रदेशबाट प्रवाह हुने सेवालाई छिटो, छरितो एवं विश्वसनीय बनाउन विद्युतीय शासनको कार्यान्वयन गर्ने व्यवस्था मिलाइने छ ।
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कूल ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
पछिल्लो अध्यावधिक: असार २, २०८२ १०:२३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ – एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘सधैँ अन करोडपति’ योजना सञ्चालनमा ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहकहरुले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने सुनौलो मौका पाउनेछन् । १२ सातासम्म चल्ने ‘सधैँ अन करोडपति’ योजना आइतबारदेखि लागू भएको छ । यो योजना अन्तर्गत हरेक साता १० जना भाग्यशाली ग्राहकले जनही १ लाख रुपैयाँ नगर पुरस्कार जित्नेछन् । साप्ताहिक नगद पुरस्कार १२ हप्ता सम्म जारी रहनेछ ।
यो योजनामा सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनसस्वरुप प्राप्त गर्नेछन्, जसले गर्दा यो योजना सबैका लागि हात खालि नजाने योजना बनेको छ । यो योजनामा सहभागी हुन ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि एनसेल सेवा–जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनु पर्दछ ।
यो योजना आइतबारदेखि शनिबारसम्मको साप्ताहिक चक्रअनुसार सञ्चालन हुनेछ । ‘यो मनसुनमा, एक दशकभन्दा लामो समयपछि हामीले यो यति ठूलो योजना सञ्चालनमा ल्याएका छौं । सबैलाई सधैं सहज, सुलभ सेवामार्फत जोडी राख्ने हाम्रो प्रतिबद्धता बमोजिम, हामी हाम्रो ‘सधैं अन’ पहल अन्तर्गत यो योजना सञ्चालन गर्न पाएकोमा धेरै उत्साहित छौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने ।
१ करोड रुपैयाँको नगद बम्पर पुरस्कारदेखि सहभागी सबैलाई केही न केही बोनसको व्यवस्था रहेकोले योजना विशेष हुने कायुमोभले बताए । ग्राहकहरूले (१२३) डायल गरी, नजिकको आधिकारिक खुद्रा विक्रेता वा एनसेल सेन्टरमा गई, अथवा एनसेल एप, एनसेल वेबसाइटमार्फत एनसेल सेवाहरु लिन सक्छन् ।
एनसेल रिचार्ज तथा प्याक खरिद समर्थन गर्ने नेपालमा दर्ता भएका कुनै पनि डिजिटल वालेट वा बैंक प्लेटफर्ममार्फत एनसेल सेवा लिन सकिनेछ । हरेक ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा ग्राहकले योजनाको १ वटा टिकट प्राप्त गर्नेछन् ।
यदि ग्राहकहरुले ४९९ रुपैयाँ बराबरको सेवा खरिद गर्छन् भने, उनीहरूले ५ वटा टिकट प्राप्त गर्नेछन् । यसको मतलब प्याकको मूल्य जति बढी भयो जित्ने सम्भावना पनि त्यत्तिकै बढी हुन्छ । ग्राहकहरुलाई सेवा खरिद पश्चात उनीहरुले पाएको आफ्नो टिकट हेर्न सकिने लिंक तुरुन्तै एसएमएसमार्फत पठाइनेछ । एनसेल एपमार्फत (९९९९) डायल गरेर, वा चालु हप्ताका लागि १ र सम्पूर्ण योजना अवधिका लागि २ टाइप गरी ९९९९ मा एसएमएस पठाएर आफुले पाएका टिकटहरू हेर्न सक्ने व्यवस्था गरिएको छ ।
कुनैपनि नेपाली बैंकमा खाता र प्यान नम्बर भएका सबै प्रिपेड, पोस्टपेड र वायर–फ्री ग्राहकहरू यस योजनामा सहभागी हुन योग्य छन् । पोस्टपेड प्रयोगकर्ताहरूले मासिक रूपमा सक्रिय रहेर वा नयाँ पोस्टपेड सिम खरिद गरेर सहभागी हुन सक्नेछन् । हरेक रिन्यूअलमा टिकटहरू स्वचालित रूपमा जारी हुनेछ ।
यस योजना अवधिभर प्रत्येक आइतबार साँझ ६ः३० देखि ७ः०० बजेको समयामा एनसेल यूट्युव च्यानल, एनसेल एप र कान्तिपुर टिभीमार्फत प्रसारण हुने कार्यक्रममार्फत नगद पुरस्कार विजेताहरू घोषणा गरिनेछन् । नगद पुरस्कार हस्तान्तरण प्रक्रियाका लागि एनसेलले विजेताहरूलाई सिधैं सम्पर्क गर्नेछ । थप जानकारीका लागि ग्राहकहरूले ९९९९ डायल गर्न सक्छन् वा नजिकको एनसेल सेन्टरमा जान सक्छन् । एनसेलको वेबसाइट मा गई वा एनसेल एप डाउनलोड/लगइन गरी यस सम्बन्धी जानकारी लिन सकिनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- बागमती प्रदेशले स्वास्थ्यमा ३ अर्ब ९६ करोड ८८ लाख बजेट विनियोजन गरेको छ। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जम्मा ६७ अर्बको बजेट ल्याएको छ ।
आइतबार राति साढे ८ बजेदेखि सुरु प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बजेट विनियोजन गरेका हुन् ।
चालूतर्फ ३८ दशमलव ६ प्रतिशत अर्थात् २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ ६१ द्यशमलव ४ प्रतिशत अर्थात ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार विनियोजन भएको छ ।
यस्तो छ स्वास्थ्यको बजेट
सामाग्री श्रोत :
swasthyakhabar
हैदाराबाद । साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा आउनेबित्तिकै हलचल मच्चाएको थियो । खासगरी हिन्दी डब भर्जनले दर्शकमा फिल्मको फरक क्रेज नै देखा परेको थियो । यस फिल्मले कमाएको रकमले पुष्पा अब फिल्म मात्र नभई ठुलो ब्रान्ड बनेको स्पष्ट भइसकेको छ । सिनेमाघरमा मात्रै नभई सानो पर्दा अर्थात् टेलिभिजनमा पनि रिलिज […]
सामाग्री श्रोत :
ग्रिन्सबोरो (नर्थ क्यारोलाइना) – कन्सर्ट सकिएपछि नेपथ्यका सदस्यहरूले मञ्चमा लामबद्ध भई अभिवादन गरिरहँदा दर्शकदीर्घामा उथलपुथल चलिरहेकै थियो । हलभरिको जमातले एक स्वरमा आवाज निकालिरहेको थियो, ‘नेपथ्य, नेपथ्य…।’
चर्को आवाजकै बीच सहयोगी कलाकारहरू ध्रुव, सुविन, नीरज, शान्ति र दिनेश झुकेर नमस्ते गर्दै मञ्चबाट बाहिरिए । दर्शकको माया देखेर भावुक गायक अमृत भने केही बेर अडिएर मात्र बिदा लिए । दर्शकदीर्घामा भने नारा लागिरहेकै थियो । शनिबार मञ्च र दर्शकदीर्घा बीचको हार्दिकता उत्कर्षमा पुगेकै क्षण नेपथ्यले नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहर मात्र होइन, यस वर्षको महिनादिन लामो सिंगो अमेरिका यात्राबाट बिदा लिएको छ ।
‘बिसवर्षे अमेरिका बसाइका क्रममा मैले विशाल रंगशालामा आयोजित देखि लिएर रङ्गमञ्चहरूका अनेक विश्वप्रसिद्ध प्रस्तुति हेर्दै आएको छु,’ फ्लोरिडाको सेन्ट अगस्टिन सहरबाट सात घण्टा लामो मोटरयात्रा गर्दै सपरिवार आएका पंकजनाथ शर्मा भनिरहेका थिए, ‘आजको नेपथ्य प्रस्तुतिजस्तो कार्यक्रम मैले अमेरिकामा विरलै अनुभव गर्न पाएँ ।’
यस्तै मिल्दोजुल्दो प्रतिक्रिया सामाजिक सञ्जालमा पनि देख्न पाइन्थ्यो । दर्शकमध्येकै चन्द्र गिरी बारम्बार फेसबुकमा लाइभ गरिरहेका थिए । कन्सर्ट उत्कर्षमा पुग्नै लाग्दा उनलाई लाइभ गरिरहेर मात्र चित्त बुझेन र केही लाइन कोरेर पोस्ट गरे, ‘अमृत गुरुङ कवि, संगीतकार, गायक, फोटोग्राफर, फिल्म निर्माता र पैदलयात्री हुन् । नेपथ्यमार्फत उनको संगीतले शान्ति, न्याय र प्रकृतिका पक्षमा उनी भित्रको बलियो आस्थालाई पनि झल्काउँछ ।’ यति लेखिसकेपछि उनले फेरि कन्सर्टका लाइभ दृश्यहरू पोस्ट गर्न थाले ।
फ्लोरिडामै रहेर सूचना प्रविधिको क्षेत्रमा कार्यरत पंकजका अनुसार कन्सर्टले नेपथ्यसँग जोडिएका सम्झना, पहिचानका साझा सरोकार र स्वदेशको मायाजस्ता कुरा उजिल्याएको थियो भने अर्कातर्फ सिङ्गो प्रस्तुति अत्यन्त व्यवस्थित हुनाले दर्शक सन्तुष्ट बनेका थिए । ‘एकातिर श्यामश्वेत तस्बिरहरू देखाउँदै पुराना गीतहरू सुनाएर भावुक बनाउने क्रम चलिरहेको थियो भने अर्कातिर तीव्र गतिका गीतहरूको प्रस्तुतिलाई अझ प्रभावकारी बनाउन सुहाउँदो हिसाबको झिलिमिली इफेक्ट्सले ऊर्जा थपेको थियो,’ पंकजले भने, ‘यी सब गतिविधिले सांगीतिक माहोलको माधुर्यलाई पटक्कै छायामा नपारेर गीतको भावलाई अझ प्रभावशाली बनाइरहेको महसुस हुन्थ्यो ।’
गीतहरूका बीच(बीचमा गायक अमृतले दिने छोटा मन्तव्यमा पनि दर्शक उत्तिकै रमाएका देखिन्थे । ती शब्दहरूमा आफ्नो भावना मेल खाएको आनन्द उनीहरूको ताली र अनुहारको रङमा प्रतिविम्बित हुन्थ्यो । जस्तो कि ‘यो जिन्दगानी’ गीत गाइसकेपछि अमृतले आह्वान गरेका थिए, ‘महिनामा एक दिनको कमाइ कम्तीमा आफ्नै गाउँठाउँको यस्तो बच्चाको पढाइका लागि छुट्याइदिनुस्, जसले शिक्षाको उज्यालो देख्न पाएको छैन र जसले तपाईंको सानो योगदानबाट भविष्यमा देशका लागि केही गर्न सकोस् ।’
प्रतिक्रियामा हलभरिका दर्शक उत्साहसहित चिच्याएका थिए । यता अमृत पनि थामिँदैन थिए र थप्थे, ‘धन हुनेले थुपार्ने हो, मन हुनेले दिने हो ।’ दर्शक अझ उत्साहित बन्न पुगे ।
यस्ता मन्तव्यका क्रममा उनले बिदेसिएका आफन्तसँगको अनुभव पनि सुनाए । जस्तो कि शनिबार पनि उनले ‘रेश्शमु गीत सकिने बित्तिकै भने, ‘यहाँ आएको बेला अस्ति एक जना साथीकी छोरीको घर गएको थिएँ । छोरीको सानो बाबुले त अंग्रेजी मात्र बोल्दो रहेछ । छोरीज्वाइँ पनि अंग्रेजीमै कुरा गर्ने । स्कुल जान थालेपछि अलमल बढेर अंग्रेजी मात्र बोल्न लगाएका रे । जबकि बच्चाहरूले त एकैपटकमा धेरै भाषा सिक्न सक्छन् । सकेसम्म मातृभाषा पनि सिकाउनुस् । होइन भने कम्तीमा नेपाली त सिकाउनै पर्छ । हामीलाई एकताबद्ध र मजबुत राख्ने नै राष्ट्रिय भाषाले हो ।’
आफ्नो भनाइलाई थप सान्दर्भिक बनाउँदै अमृतले बसाइँ सरेर गएका नेपाली धेरै स्थानबाट धपाइएर स्वदेश फर्किनुपरेको दृष्टान्त सुनाए । ‘केही भवितव्य परेर लखेटिनुपर्यो भने पुग्नुपर्ने त्यही हिमालको काख नै हो । भाषा एउटा मात्र जानिरहे बच्चा उसको जरासँग जोडिइरहन्छ र भोलि आफ्नो पितापुर्खाको ठाउँ सम्झेर फर्किएछ भने पनि दुःख पाउँदैन ।’
यो सुनेर भावुक भई ताली पिट्नेमा ग्रिन्सबोरोकै होन्डा जेट म्यानुफ्याक्चरिङ प्लान्टमा इन्जिनियर रहेका दिलिप अर्याल पनि थिए । ‘नेपथ्यको कन्सर्टमा आउँदा मनोरञ्जन मात्र लिइँदैन, अमृत दाइले बीच-बीचमा दिने मन्तव्य पनि उत्तिकै आनन्ददायक हुन्छन्,’ युट्युबमा नेपथ्यका गीतहरू सुनेर रमाउने चार वर्षको छोरा दिभांशलाई साथै लिएर आएका उनी भन्दै थिए, ‘कन्सर्ट अझै लामो समय चलिदिए हुन्थ्यो भन्ने लाग्दो रहेछ ।’ छेउमै उभिएका दिभांश भने चन्द्रसूर्य अङ्कित झन्डा ओढेर रमाइरहेका थिए ।
दर्शकदीर्घामै रहेर ताली पिट्दै झुमिरहेकामा गायक मोहन भुसाल पनि थिए । ‘एउटा संगीतकर्मीका रूपमा मैले यस कार्यक्रमबाट धेरै सिक्न पाएँ । संगीत, मनोरञ्जन, सद्भाव र सन्देशको गज्जबको सम्मिश्रण । यो कार्यक्रम अन्तर्रास्ट्रिय स्तरको पाएँ । नेपाली कार्यक्रमको स्तरलाई यसले अर्कै उचाइमा पुर्याएको अनुभव भयो,’ उनी भन्दै थिए, ‘दुई घण्टा बितेको थाहै पाएनौँ ।’
उनी डेढ घण्टाको दूरीमा रहेको राली सहरबाट सपत्नी आएका थिए । उनीसँगै आएका सन्दीप केसी दम्पती नेपथ्यलाई बर्दियाको गुलेरियामा सन् २०१४ मा हेरेको सुनाउँदै थिए । ‘त्यो बेला गुलेरियामा घडी देखाएर ठीक समयमा सुरु गरेको याद छ, आज पनि समयमै पुग्नुपर्छ भनेर सबैलाई सचेत गरायौँ र समयमै आइपुग्यौँ,’ उनले भने, ‘ब्यान्डको अनुशासन र व्यवस्थापकीय पक्ष अनुसरणीय छ ।’
कन्सर्टको भव्यता देखेर ग्रिन्सबोरोका दर्शक मात्र होइन, आयोजनास्थल ‘पिडमोन्ट हल’ का व्यवस्थापक कारा टायरी पनि दङ्ग थिइन् । ‘हलभरिका दर्शकलाई त्यस्तरी रमाइलो पार्ने कन्सर्ट ठ्याक्कै भनेकै समयमा सुरु भएर भनेकै समयमा अन्त्य हुनु अझ गज्जब लाग्यो, जुन यहाँ हत्तपत्त देख्न पाइँदैन,’ उनले भनिन्, ‘फेरि आउनुस्, तपाईंहरूलाई स्वागत छ ।’
अमेरिकाको यस राज्यमा नेपथ्यलाई पहिलोपटक प्रस्तुत गराउने आयोजक टोलीका विक्रम श्रेष्ठ पनि शनिबारको भव्य कन्सर्टबाट हौसिएका देखिन्थे । ‘पूरै अनलाइन बुकिङबाट यति ठूलो नेपाली कार्यक्रम भएको यो नै हाम्रो पहिलो अनुभव हो । हाम्रो टिमले अपेक्षा गरेको भन्दा उत्कृष्ट प्रस्तुति भयो,’ उनी भन्दै थिए, ‘यति व्यवस्थित प्रोडक्सन दिन सक्ने नेपथ्यको व्यवस्थापक नेपालयको टिमसँग सहकार्य अनुभव मेरा लागि कार्यक्रम व्यवस्थापनको पाठशाला जस्तै भएको छ ।’
यो प्रस्तुतिसँगै नेपथ्यको सातौँ अमेरिका यात्रा सम्पन्न भएको छ । यो वर्ष महिनादिन लामो शृंखलाबद्ध यात्रामा ब्यान्ड अस्टिन, सियाटल, लस एन्जलस, पिट्सबर्ग, सिकागो, बोस्टन हुँदै ग्रिन्सबोरो आइपुगेको हो । यस यात्रालाई सफलताका साथ सम्पन्न गर्ने कलाकार, व्यवस्थापक, प्राविधिकसहितको १४ सदस्यीय टोली यसै साता स्वदेश फिर्नेछ ।
फोटोहरुः मनसून श्रेष्ठ/नेपालय
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ