२०८२ भाद्र १२ बिहीबार
२०८२ भाद्र १२ बिहीबार

काठमाडौँ । नेपालमा प्रतिबन्ध फुकुवा भएपछि टिकटकले पहिलो पटक आफ्नो प्रगति विवरण सरकारलाई बुझाएको छ । टिकटकले २१ मे (७ जेठ) मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आफ्नो प्रगति रिपोर्ट बुझाएको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार टिकटकले नेपाली प्रयोगकर्तालाई सुरक्षित प्रयोगको अनुभव दिन आफ्नो टोलीमा नेपाली भाषी सदस्यहरू थपेको छ । यस्तै अक्टोबर २०२४ मा नेपालमा दर्ता हुनुका साथै नेपालका लागि सम्पर्क विन्दु समेत तोकेको रिपोर्टमा उल्लेख छ । 

रिपोर्ट अनुसार आफ्नो कार्यसम्पादन क्षमता बढाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय र साइबर ब्युरोसँग संयुक्त ज्ञान आदानप्रदान सत्रहरू सञ्चालन गर्नुका साथै नेपाल प्रहरीको साइबर ब्युरोलाई टिकटकको सरकारी प्रतिवेदन च्यानलमा पहुँच उपलब्ध गराएको छ । 

यस्तै सयभन्दा धेरै साना तथा मझौला व्यवसायीहरूलाई आफ्नो व्यवसायलाई टिकटकमार्फत कसरी बढाउन सकिन्छ भन्नेमा टिकटकका फिचर र विज्ञापन टुलहरूको बारेमा जानकारी दिइएको छ । टिकटकले गत डिसेम्बरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग मिलेर नेपाल डिजिटल सेफ्टी समिट-२०२४  आयोजना गरेको थियो । 

उक्त समिटमा सरकार, सञ्चार माध्यम, गैरसरकारी संस्था तथा कन्टेन्ट क्रियटरहरूलाई एक ठाउँमा ल्याएर डिजिटल सुरक्षाको बारेमा जानकारी दिइएको थियो । इन्टरनेट सुरक्षाको बारेमा विद्यार्थी, शिक्षक र अभिभावकमा सचेतना बढाउन “चाइल्ड सेफ नेट” नामक नेपाली गैरसरकारी संस्थासँग मिलेर काम गरेको बताइएको छ । उक्त सहकार्यले एक हजार ९६० विद्यार्थी, ४२० अभिभावक र ४२० शिक्षक लाभान्वित भएका छन् । 

अनलाइन दुर्व्यवहार, भ्रामक सूचना, डिजिटल ठगी जस्ता सुरक्षा चुनौतीको समाधानका लागि डिसेम्बर २०२४ मा ‘सेफ्टी एम्बास्डर प्रोग्राम’ समेत सुरु गरिएको टिकटकले जनाएको छ । यसका लागि फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा), अभिनेत्री प्रियङ्का कार्कीसहित १६ जना इन्फ्लुयन्सरसँग मिलेर डिजिटल सुरक्षाका विषयमा सचेतना फैलाउने काम गरिएको उल्लेख छ । 

टिकटकको कन्टेन्ट नियन्त्रण, एल्गोरिदम, पारदर्शिता, गोपनीयता, डेटा सुरक्षा, नाबालकका लागि सुरक्षाका भौतिक सेवाहरू समेत उपलब्ध गराउन पारदर्शी तथा जवाफदेही केन्द्र  (Transparency & Accountability Center -TAC) रहेको टिकटकले जानकारी दिएको छ । यस्ता केन्द्र लस एन्जल्स, वासिङ्टन डीसी, डुब्लिन र सिङ्गापुरमा रहेका छन् । 

टिकटकका अनुसार नेपाल सरकारका प्रतिनिधि, सुरक्षा निकाय र सञ्चारकर्मीलाई फेब्रुअरी २०२५ मा सिङ्गापुरस्थित केन्द्र भ्रमण गराइएको थियो । यस्तै अप्रिल २०२५ मा नेपाल सुपर लिग (एनएसएल) सँग समेत सहकार्य गरेको प्रतिवेदनमा उल्लेख छ । 

सुरक्षित अनलाइन वातावरण निर्माणका लागि मे २०२५ मा ‘फेमिलि पेयरिङ’ फिचरसमेत ल्याएको टिकटकले टेलिभिजन, अनलाइनका साथै बाह्य विज्ञापन गरेर तथा २५ जना नेपाली इन्फ्लुयन्सरसँग मिलेर नेपालीमा जिम्मेवार डिजिटल बानी र डिजिटल सन्तुलनको प्रवर्धन गरेको जनाएको छ । 

यस्तै टिकटकले भ्रामक सूचना कसरी पहिचान गर्छ र हटाउँछ भनेर पत्रकारिताका विद्यार्थीका लागि कार्यशाला सञ्चालन गरेको समेत उल्लेख छ । कार्यशालामा जिम्मेवारपूर्ण तरिकाले समाचार कसरी तयार गर्ने भन्ने बारेमा जानकारी दिइएको थियो । 

प्रतिबन्ध फुकुवापछि नेपाल सरकारसँग भएको सम्झौता अनुरूप कम्पनीले नेपाली टिकटक प्रयोगकर्ताहरूको सुरक्षित टिकटक अनुभवलाई सुनिश्चित गरेको रिपोर्टमा उल्लेख छ ।

सामाजिक सद्‍भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै कात्तिक २०८० मा नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो । त्यसको करिब १० महिनासम्म प्रतिबन्धित रहन पुगेको टिकटक ६ भदौ २०८१ को मन्त्रीपरिषद् बैठकको निर्णयअनुसार फुकुवा भएको थियो । 

टिकटक फुकुवा गर्दा सरकारले टिकटक सूचीकृत हुनुपर्ने, सम्पर्क विन्दु तोक्नु पर्ने, नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा र साक्षरताका लागि सघाउनु पर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन र प्रविधिमैत्री बनाउन सहयोग गर्नुपर्ने, नेपाली र नेपालमा बोलिने अन्य भाषा फिल्टर गर्नुपर्ने लगायतका सर्त राखिएको थियो ।

पछिल्लो अध्यावधिक: असार २, २०८२ १८:५१





सामाग्री श्रोत :
टेक पाना

तेहरान। इरानको सरकारी टेलिभिजनले सोमबार इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को भवनमा आक्रमण गरेको छ। आईआरआईबीले आफ्नो केन्द्रीय कार्यालयमा आक्रमण भएको केही छिन पछि नै पुनः प्रत्यक्ष प्रसारणमार्फत् सेवा सुरू गरेको छ।

सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भने, ‘इरानी राष्ट्रको शत्रु यहुदी शासनले केही मिनेट अघि इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कविरुद्ध सैन्य आक्रमण गरेको छ।’

प्रत्यक्ष प्रशारणबाट उनले भने, ‘इस्लामी क्रान्ति र महान् इरानको आवाजलाई सैन्य कारबाहीबाट दबाउन सकिँदैन भन्ने तथ्यबारे इजरायल अनभिज्ञ देखियो।’ यसअघि, इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानको सरकारी टेलिभिजन र रेडियोलाई लक्षित आक्रमण गरी ‘तिनीहरूलाई ध्वस्त पारिदिने’ बताएका थिए।

‘इरानी प्रोपोगान्डा र उक्साउने ‘मेगाफोन’ ध्वस्त हुन लागेको छ,’ उहाँले एक विज्ञप्ति जारी गरी बताएका थिए। उनले आसपासका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण हुन उर्दी जारी गरेका थिए।

त्यसैगरी इजरायली सेनाले पनि सोमबार नै राजधानीको उत्तरी ‘डिस्ट्रिक्ट थ्री’ को एक भागका बासिन्दालाई ‘तत्काल’ त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको थियो।


सामाग्री श्रोत :

इजरायलद्वारा इरानी सरकारी टेलिभिजन कार्यालयमा आक्रमण

काठमाडौँ । सञ्चारकर्मी दिलभूषण पाठकले उच्च अदालत पाटनमा दिएको निषेधाज्ञा रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । सोमबार उच्च अदालतमा भएको न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले विपक्षीलाई ५ असारमा उपस्थित हुन र पाठकलाई कुनै प्रकारको धरपकड नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

उक्त आदेशमा भनिएको छ, “२०८२/०३/०५ गतेलाई छलफलको मिति तोकी सो अवधिसम्म निवेदनको गम्भीरतालाई विचार गरि निवेदक दिलभूषण पाठकलाई कानुन बमोजिम बाहेक धरपकड नगर्न/नगराउन उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम विपक्षीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।”

पाठकले सञ्चालन गर्दै आएको युट्युब कार्यक्रम ‘टफ टक’ को ‘टफ एक्स्प्लेनर’ शृङ्खलामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यावसायिक संलग्नताबारे एक रिपोर्ट सार्वजनिक गरिएको थियो ।

उक्त सामग्रीमा देउवा पुत्रले व्यापारी शाहिल अग्रवाल र दीपक भट्टसँग मिलेर नक्सालस्थित हिल्टन होटल खरिद गरेको दाबी गरिएको छ । रिपोर्ट ‘कपोलकल्पित, भ्रामक र चरित्रहत्या गर्ने उद्देश्यले तयार पारिएको’ भन्दै साइबर अपराध अन्तर्गत उजुरी परेको थियो । उक्त उजुरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाउन काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

त्यसपछि सञ्चारकर्मी पाठकले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाएर आइतबार निषेधाज्ञा निवेदन दर्ता गराउँदै उनले आफूलाई पक्राउ नगर्न आदेशको माग गरेका थिए । उक्त आदेशमा अल्पकालीन अन्तरिम आदेश दिँदै न्यायाधीश राजभण्डारीले बिहीबार दुबै पक्षलाई अदालतमा उपस्थित हुने आदेश दिएका हुन् ।

पछिल्लो अध्यावधिक: असार २, २०८२ १९:१५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवल शमशेर जबरालाई ३ लाख धरौटीमा छाड्न आदेश भएको छ ।

सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

Ncell 2
Ncell 2

राणा सोमबार बिहानै अदालतमा उपस्थित भएपछि आजै उनको बयान गरिएको थियो । २०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको थियो ।

राणालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजायको मागदावी लिइएको थियो । यसअघि प्रहरीले अनुसन्धान पूरा गरेर उनलाई हाजिर जमानीमा रिहा गरेको थियो । उपचारका लागि रिहा भएका राणा मुद्दा दायर भएपछि सम्पर्कबिहीन थिए ।

राणा आज आफैँ अदालतमा उपस्थित भएकोमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र अझै सम्पर्कबाहिर छन् । यसअघि तीनकुने घटनामा अदालतले ३२ जनालाई धरौटीमा छाड्दै दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाएको थियो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। फिल्म र म्युजिक भिडियोका दृष्यमा सुर्तीजन्य पदार्थ सेवनका दृष्यको विकल्प खोज्नुपर्नेमा सरोकारवाला एकमत भएका छन्। सोमबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा ‘अनिवार्य’ बाहेक त्यस्ता दृष्य नराख्ने कुरामा जोड दिइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कर कोषको कार्यालय र चलचित्र विकास बोर्डको सहयोगमा स्वास्थ्यखबर फाउन्डसेनले आयोजना गरेको ‘दृष्यमा सुर्तीजन्य पदार्थको प्रयोगः कथाले माग्छ ?’ कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, कलाकार शंकर बिसी लगायतले यस्तो धारणा राखेका हुन्।

डा. देवकोटाले कला क्षेत्रको प्रत्यक्ष प्रभाव पर्ने बताउँदै सुर्तीजन्य पदार्थ सेवनका दृष्यको विकल्प खोज्न आग्रह गरे। उनले भने, ‘हामी अहिले पनि टोपी मिलाउँदा राजेश हमाल (हिरोजस्तो) देखिएँ कि देखिइनँ भनेर सोच्ने गर्छौं । महिलाले कसैलाई सोच्नुहुन्छ होला। त्यो सिनेमाको प्रत्यक्ष प्रभाव हो। त्यहाँका गतिविधिले आम मान्छेको जीवनमा प्रभाव छाड्छन्।’

सर्जकलाई सृजनाका विषयमा सुझाव दिन भन्दा पनि आफैंले त्यस्ता दृष्यका विकल्पमा संसारमै मानक बनाउने दृष्य सृजना गर्नतर्फ लाग्नुपर्नेमा उनले जोड दिए। कलाकारिता सबै क्षेत्र, वर्ग र उमेर समूहसँग जोडिने बताउँदै उनले थपे, ‘तपाईंहरु चुरोट,सुर्तीको सहारा बिना नै अब्बल चरित्र निर्माण गर्न सक्नुहुन्छ।’

विकास बोर्डका अध्यक्ष डिसीले सुर्तीजन्य पदार्थको प्रयोगलाई सृजनशीलताका उच्चतम प्रयोगबाट न्यूनिकरण गर्न सकिने बताए। फिल्ममा देखाइएको दृष्यबाट बालबालिकामा प्रभाव पर्ने कुरामा आफू केही हदसम्म सहमत रहेको बताए।

उनले थपे, ‘बालबालिकाले सुर्तीजन्य पदार्थको प्रयोग चलचित्रबाट सिक्ने गरेका छन् भन्ने तर्कलाई केही हदसम्म मान्न सकिन्छ। यसै तर्कसँग जोडेर म मेरो विगतलाई स्मरण गर्न चाहन्छु। जतिबेला म विद्यालय तहको अध्ययन गरिरहेको थिएँ। त्यतिबेला भारतीय अभिनेता रजनीकान्तले हातले फ्याट्ट फ्याट्ट पारेको देख्दा मलाई पनि चुरोट घुमाउने रहर जागेको थियो।’

चलचित्रका विषयवस्तुले धुम्रपान तथा लागू औषधको प्रयोगलाई बढावा मात्रै दिने नभई त्यस्ता पदार्थको प्रयोग गर्ने तरिका समेत सिकाइरहेका हुन सक्ने भन्दै सचेत रहन कला क्षेत्रलाई आग्रह गरे।

फिल्म निर्देशक जनकदीप पराजुलीले प्रहरी, स्वास्थ्य, निजामती लगायत विभिन्न क्षेत्रले आग्रह गरेअनुसार फिल्म बनाउदा फिल्म नै नबन्ने चिन्ता व्यक्त गरे। तर, फिल्म बनाउनुअघि गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ थियो। उनले थपे, ‘हामी जति फिल्म बनाउनेहरु छौं। यसको असर थाहा छ। तरपनि हामी प्रयोग गरिरहेका हुन्छौं। त्यसमा भने ध्यान दिनुपर्छ।’ सामान्यतया सिनेमाभित्र कथाले मागेर नै यस्तो दृष्य राख्ने गरिएको पनि उनको तर्क थियो।

यसैगरी एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले कला क्षेत्र समाजको ऐना भएकाले विशेष सचेतना जरुरी भएको उल्लेख गरे। अध्ययनरअनुसन्धानलाई अघि सार्दै फिल्ममा चुरोट सेवन गरेको दृष्य देखेर सिकेको बताउनेहरुको संख्या उल्लेख्य रहेको बताए। उनले थपे, ‘जसरी अहिले फिल्म र गीतका म्युजिक भिडियोमा त्यस्ता दृष्य देखिइरहेका छन्, अप्रत्यक्ष रुपमा सुर्तीजन्य पदार्थ उत्पादकले सहयोग गरिरहेको जस्तो देखिन्छ। सर्जकहरुले सचेत हुनुपर्छ।’

म्युजिक भिडियो कलाकार संघका पूर्वअध्यक्ष तथा कलाकार शंकर बिसीले पहिले भन्दा अहिले दृष्यहरु कटौती गर्दै लगिएको बताए। देखासिकीमा त्यस्ता दृष्य निर्माण भइरहेको बताउँदै कलाकारमा बढ्दो सचेतनाले दृष्यमा कटौती भइरहेको उनको भनाइ थियो।

स्वास्थ्य मन्त्रालयका कामु उपसचिव गोपीकृष्ण रेग्मीले फिल्म हेर्ने क्रममा यस्ता दृष्य निकै नै देखिएपछि कार्यक्रमको अवधारणा आएको बताए। उनले कलाकर्मीलाई कानुन र जनस्वास्थ्य जानकारी दिएर थप जिम्मेवार बनाउन कार्यक्रम गरिएको बताए। साथै सुर्तीजन्य पदार्थका विषयमा रहेका कानुनी प्रावधान समेत उल्लेख गरे।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीले सुर्तीजन्य पदार्थले जनस्वास्थ्यमा पुर्‍याइरहेको हानीबारे जानकारी दिएका थिए। कला क्षेत्रले जनस्वास्थ्यका पक्षमा काम गर्नुपर्नेमा उनको जोड थियो।

कार्यक्रममा फिल्म, म्युजिक भिडियो क्षेत्रमा कार्यरतहरु, स्वास्थ्य मन्त्रालयका अधिकारी, फिल्म र म्युजिक भिडियोका र स्वास्थ्य बिटमा सक्रिय पत्रकारहरु सहभागी थिए।


सामाग्री श्रोत :

फिल्ममा सुर्तीजन्य पदार्थको सेवनका दृष्यको विकल्प खोज्नुपर्नेमा सरोकारवालाको जोड

काठमाडौँ । मधेस प्रदेश सरकारले आफ्नै खर्चमा विद्युतीय सवारी (ईभी) चार्जिङ स्टेसन बनाउने भएको छ । आइतबार चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले यस्तो कार्यक्रम अघि सारेका हुन् ।

उनका अनुसार विद्युतीय सवारी साधन खरिद गरी प्रयोग गर्न प्रोत्साहन दिन प्रदेशका विभिन्न स्थानमा ईभी चार्जिङ स्टेसन निर्माण गरिनेछ । त्यस्तै प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरूको कार्य सम्पादन, सेवा प्रवाहमा उच्चतम रूपमा डिजिटाइज टोकन सिस्टम, नगदरहित, कागजरहित, एसएमएस, एमएमएस, भ्वाइस मेसेज, भेहिकल रजिस्ट्रेसन सिस्टम लागु गर्ने घोषणा समेत प्रदेश सरकारले गरेको छ ।

त्यस्तै प्रदेशबाटै सवारी चालक अनुमतिपत्र छपाई, अटोमेटिक ट्रायल सेन्टर आदि योजना समेत अघि सारिएका छन् ।

पछिल्लो अध्यावधिक: असार २, २०८२ १९:२३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– जिल्ला अदालत काठमाडौंले परराष्ट्रमन्त्री डा.आरजु राणालाई सांसद डा.अमरेशकुमार सिंहले गाली बेइज्जती गरेको अडियो-भिडियो मगाउने आदेश दिएको छ । 

जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेको एकल इजलासले सोमबार राणाले सिंहविरुद्ध गत फागुनमा हालेको मुद्दामा यस्तो आदेश दिएको हो ।

Ncell 2
Ncell 2

यस अघि जिल्ला अदालत काठमाडौंले सिंहले गाली बेइज्जती गरेको अडियो र भिडियो एक पटक सुनेर स्पष्टिकरण पेश गर्न आदेश दिएकोमा सिंहले स्पष्टिकरण पेश गरिसकेका छन् ।

सिंहले स्पष्टिकरण पेश गरेपछि न्यायाधीश वाग्लेले सोमबार उक्त अडियो भिडियो अदालतमा पेश गर्न र सुनेर थप निर्णय गर्ने आदेश दिएका हुन् ।

सिंहविरुद्ध राणाले गाली बेज्जतीको मुद्दा गत फागुन १५ मा जिल्ला अदालत काठमाडौंमा दर्ता गरेकी थिईन ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- फिल्म र म्युजिक भिडियोका दृष्यमा सुर्तीजन्य पदार्थ सेवनका दृष्यको विकल्प खोज्नुपर्नेमा सरोकारवाला एकमत भएका छन्। सोमबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा ‘अनिवार्य’ बाहेक त्यस्ता दृष्य नराख्ने कुरामा जोड दिइएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कर कोषको कार्यालय र चलचित्र विकास बोर्डको सहयोगमा स्वास्थ्यखबर फाउन्डसेनले आयोजना गरेको ‘दृष्यमा सुर्तीजन्य पदार्थको प्रयोग: कथाले माग्छ?’ कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली,  कलाकार शंकर बिसीलगायतले यस्तो धारणा राखेका हुन्। 

डा देवकोटाले कला क्षेत्रको प्रत्यक्ष प्रभाव पर्ने बताउँदै सुर्तीजन्य पदार्थ सेवनका दृष्यको विकल्प खोज्न आग्रह गरे। उनले भने,  ‘हामी अहिले पनि टोपी मिलाउँदा राजेश हमाल (हिरोजस्तो) देखिएँ कि देखिइनँ भनेर सोच्ने गर्छौं । महिलाले कसैलाई सोच्नुहुन्छ होला। त्यो सिनेमाको प्रत्यक्ष प्रभाव हो। त्यहाँका गतिविधिले आम मान्छेको जीवनमा प्रभाव छाड्छन्।’


 

सर्जकलाई सृजनाका विषयमा सुझाव दिन भन्दा पनि आफैंले त्यस्ता दृष्यका विकल्पमा संसारमै मानक बनाउने दृष्य सृजना गर्नतर्फ लाग्नुपर्नेमा उनले जोड दिए। कलाकारिता सबै क्षेत्र, वर्ग र उमेर समूहसँग जोडिने बताउँदै उनले थपे,  ‘तपाईंहरु चुरोट,सुर्तीको सहारा बिना नै अब्बल चरित्र निर्माण गर्न सक्नुहुन्छ।’

विकास बोर्डका अध्यक्ष डिसीले सुर्तीजन्य पदार्थको प्रयोगलाई सृजनशीलताका उच्चतम प्रयोगबाट न्यूनिकरण गर्न सकिने बताए। फिल्ममा देखाइएको दृष्यबाट बालबालिकामा प्रभाव पर्ने कुरामा आफू केही हदसम्म सहमत रहेको बताए। उनले थपे,  ‘बालबालिकाले सुर्तीजन्य पदार्थको प्रयोग चलचित्रबाट सिक्ने गरेका छन् भन्ने तर्कलाई केही हदसम्म मान्न सकिन्छ। यसै तर्कसँग जोडेर म मेरो विगतलाई स्मरण गर्न चाहन्छु।  जतिबेला म विद्यालय तहको अध्ययन गरिरहेको थिएँ। त्यतिबेला भारतीय अभिनेता रजनीकान्तले हातले फ्याट्ट फ्याट्ट पारेको देख्दा मलाई पनि चुरोट घुमाउने रहर जागेको थियो।’


 

चलचित्रका विषयवस्तुले धुम्रपान तथा लागू औषधको प्रयोगलाई बढावा मात्रै दिने नभई त्यस्ता पदार्थको प्रयोग गर्ने तरिका समेत सिकाइरहेका हुन सक्ने भन्दै सचेत रहन कला क्षेत्रलाई आग्रह गरे। 

फिल्म निर्देशक जनकदीप पराजुलीले प्रहरी, स्वास्थ्य, निजामती लगायत विभिन्न क्षेत्रले आग्रह गरेअनुसार फिल्म बनाउँदै फिल्म नै नबन्ने चिन्ता व्यक्त गरे। तर, फिल्म बनाउनुअघि बनाउनुअघि गम्भीर भएर  सोच्नुपर्ने उनको भनाइ थियो। उनले थपे,  ‘हामी जति फिल्म बनाउनेहरु छौं। यसको असर थाहा छ। तरपनि हामी प्रयोग गरिरहेका हुन्छौं। त्यसमा भने ध्यान दिनुपर्छ।’ सामान्यतया सिनेमाभित्र कथाले मागेर नै यस्तो दृष्य राख्ने गरिएको पनि उनको तर्क थियो।

यसैगरी एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले कला क्षेत्र समाजको ऐना भएकाले विशेष सचेतना जरुरी भएको उल्लेख गरे। अध्ययन/अनुसन्धानलाई अघि सार्दै फिल्ममा चुरोट सेवन गरेको दृष्य देखेर सिकेको बताउनेहरुको संख्या उल्लेख्य रहेको बताए। उनले थपे,  ‘जसरी अहिले फिल्म र गीतका म्युजिक भिडियोमा त्यस्ता दृष्य देखिइरहेका छन्, अप्रत्यक्ष रुपमा सुर्तीजन्य पदार्थ उत्पादकले सहयोग गरिरहेको जस्तो देखिन्छ। सर्जकहरुले सचेत हुनुपर्छ।’


 

म्युजिक भिडियो कलाकार संघका पूर्वअध्यक्ष तथा कलाकार शंकर बिसीले पहिले भन्दा अहिले दृष्यहरु कटौती गर्दै लगिएको बताए। देखासिकीमा त्यस्ता दृष्य निर्माण भइरहेको बताउँदै कलाकारमा बढ्दो सचेतनाले दृष्यमा कटौती भइरहेको उनको भनाइ थियो। 

स्वास्थ्य मन्त्रालयका कानु उपसचिव गोपीकृष्ण रेग्मीले फिल्म हेर्ने क्रममा यस्ता दृष्य निकै नै देखिएपछि कार्यक्रमको अवधारणा आएको बताए। उनले कलाकर्मीलाई कानुन र जनस्वास्थ्य जानकारी दिएर थप जिम्मेवार बनाउन कार्यक्रम गरिएको बताए। साथै सुर्तीजन्य पदार्थका विषयमा रहेका कानुनी प्रावधान समेत उल्लेख गरे। 


 

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले सुर्तीजन्य पदार्थले जनस्वास्थ्यमा पुर्या्इरहेको हानीबारे जानकारी दिएका थिए। कला क्षेत्रले जनस्वास्थ्यका पक्षमा काम गर्नुपर्नेमा उनको जोड थियो।

कार्यक्रममा फिल्म, म्युजिक भिडियो क्षेत्रमा कार्यरतहरु, स्वास्थ्य मन्त्रालयका अधिकारी, फिल्म र म्युजिक भिडियोका र स्वास्थ्य बिटमा सक्रिय पत्रकारहरु सहभागी थिए। 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई एक सय ५३ रनको लक्ष्य दिएको छ। स्कटल्यान्डमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ५२ रन बनाएकाे हाे।

नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रन बनाए। यस्तै शाकिब जुल्फिकरले ११ बलमा २४ रन बनाए भने विक्रमजित सिंहले ३० रन बनाए। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। यस्तै नन्दन यादवले दुई तथा ललित राजवंशी र कुशल भुर्तेलले एक एक विकेट लिए।

सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो।


सामाग्री श्रोत :

नेदरल्यान्ड्सले नेपाललाई दियो एक सय ५३ रनको लक्ष्य, सन्दीपले लिए ३ विकेट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रमको कम्पनी ट्रम्प अर्गनाइजेसनले ‘टी१ मोबाइल’ नामक मोबाइल सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको छ । कम्पनीले मासिक अनलिमिटेड प्लानसहिको प्याकेज र छुट्टै स्मार्टफोन आगामी सेप्टेम्बरमा सार्वजनिक गर्ने बताएको हो ।

कम्पनीका अनुसार ग्राहकले मासिक ४७.४५ डलर शुल्कमा असीमित कल, टेक्स्ट र डेटा सुविधा प्राप्त गर्नसक्ने सीएनएनमा उल्लेख छ । यो योजनालाई ‘४७ प्लान’ नाम दिइएको छ, जुन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपति बनेको कुरालाई सङ्केत गर्दछ । त्यस्तै दशमलव पछिको अङ्क ४५ ले उनको अघिल्लो कार्यकाललाई प्रतिबिम्बित गर्न खोजेको छ ।

यसबाहेक, यसमा १०० भन्दा बढी देशहरूमा निःशुल्क कल सुविधा पनि समावेश हुनेछ । कम्पनीको वेबसाइटका अनुसार, यो योजनाले सडक सहायता र ‘टेलिहेल्थ एन्ड फार्मेसी बेनिफिट’ समेत प्रदान गर्नेछ ।

मोबाइल सेवाका साथै ट्रम्प अर्गनाइजेसनले ‘टी१’ नामक स्मार्टफोन पनि बजारमा ल्याउने घोषणा गरेको छ, जसको मूल्य ४९९ डलर तोकिएको छ । सार्वजनिक गरिएको फोनको तस्विरमा एउटा सुनौलो रङ्गको उपकरण देखाइएको छ, जसमा ‘मेक अमेरिका ग्रेट अगेन’ वाक्यांश कुँदिएको छ । अर्को विवरणमा भने फोनको सुनौलो रङ्गको धातुको खोलमा अमेरिकी झण्डा कुँदिएको देखाइएको छ ।

यो घोषणासँगै विभिन्न प्लेटफर्ममा तीव्र आलोचना र टीकाटिप्पणी पनि सुरु भएका छन्, विशेषगरी यसको मूल्य र सम्भावित गोपनीयताका विषयमा ।

धेरै प्रयोगकर्ताहरूले ४७.४५ डलरको मासिक शुल्कलाई अत्यधिक महँगो बताएका छन् । केहीले आफूहरूले हाल अनलिमिटेड प्लानका लागि लगभग त्यसभन्दा आधा मूल्य तिर्ने गरेको टिप्पणी गरेका छन् ।

फोनमा ‘मेक अमेरिका ग्रेट अगेन’ अङ्कित भए पनि धेरैले यो चीनमा बनेको हुने अनुमान गरेका छन् । किन कि कम्पनीको वेबसाइटको पुछारमा यस्तो लेखिएको छ: “ट्रम्प मोबाइल, यसको उत्पादन र सेवाहरू ट्रम्प अर्गनाइजेसन वा त्यससँग सम्बन्धित कुनै पनि सहायक संस्था वा पदाधिकारीहरूद्वारा डिजाइन, विकास, निर्माण, वितरण वा बिक्री गरिएको होइन।”

यद्यपि यो नयाँ मोबाइल सेवा र स्मार्टफोनको घोषणाले प्रविधि बजारमा नयाँ तरङ्ग भने ल्याएको छ । तर यसको व्यावसायिक सफलता र यसमाथिका विवादहरू आगामी दिनमा थप स्पष्ट हुँदै जानेछन् ।

ट्रम्पसँग सम्बन्धित लाइसेन्स सम्झौता र ब्रान्डेड सामग्री बेच्ने अन्य सम्झौताहरूले नैतिकताको प्रश्न समेत उब्जिने गरेका छन् । तर यस्ता सम्झौताहरूले राष्ट्रपति ट्रम्प र उनको परिवारलाई थोरै आर्थिक जोखिममा आफ्नो सम्पत्ति विस्तार गर्ने फाइदाजनक अवसर प्राप्त भइरहेको छ । 

पछिल्लो अध्यावधिक: असार २, २०८२ २०:१३





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट