
काठमाडौँ । सोमबार फेसबुकमा ‘सुसाइड नोट‘ लेखेर बेपत्ता भएका डा. केशव श्रेष्ठ बालाजुमा सकुशल भेटिएका छन् ।
प्रहरीले काठमाडौँको बालाजुबाट उनलाई सकुशल उद्धार गरेको हो ।
जिल्ला प्रहरी परिसरको टोलीले डा. श्रेष्ठलाई बालाजुबाट सकुशल फेला पारेको काठमाडौँ प्रहरीका प्रवक्ता एसपी अपीलराज बोहोराले टेकपानालाई जानकारी दिए । बोहोराका अनुसार उनलाई बालाजुबाट जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइँदै छ ।
पछिल्लो अध्यावधिक: असार २, २०८२ १४:१०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही स्कुलको भ्यानले ठक्कर दिँदा आज एक छात्राको मृत्यु भएको छ।
काठमाडौं कुलेश्वर बस्ने सर्लाही घर भएकी ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराले जानकारी दिए।
ठक्करबाट गम्भीर घाइते भएकी उनको सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त भ्यानको ठक्करबाट घाइते भएका छ जनामध्ये पाँच जनाको नेपाल नेशनल अस्पतालमा र एक जनाको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ।
दुर्घटनामा घाइते भएका भ्यान चालकको पनि बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
सामाग्री श्रोत :
कलंकीमा स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु, ६ जना घाइते
काठमाडौँ । अमेरिकी सञ्चारमाध्यम द वाशिङ्टन पोस्टले आफ्ना केही पत्रकारको ईमेल अकाउन्टमा साइबर आक्रमण भएको पुष्टि गरेको छ । बिहीबार राति ह्याकरले पत्रकारको ईमेलमा अनधिकृत पहुँच बनाएको थाहा भएपछि यो घटना सार्वजनिक भएको हो ।
यसपछि अनलाइन सुरक्षालाई थप कडा बनाइएको र सबै कर्मचारीको लगइन विवरण ‘रिसेट’ गरिएको वाशिङ्टन पोस्टले जनाएको छ ।
द वाशिङ्टन पोस्टका कार्यकारी सम्पादक म्याट मोरेले आइतबार प्रभावित कर्मचारीलाई पठाएको मेमोमा केही सीमित पत्रकारको मात्र ईमेल अकाउन्ट प्रभावित भएको र घटनाको अनुसन्धानका लागि फरेन्सिक टोली खटाइएको जानकारी दिएका छन् ।
यो घटनाबारे पहिलो खबर द वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको थियो । जर्नलले अज्ञात स्रोतलाई उद्धृत गर्दै आक्रमणमा कुनै विदेशी सरकारको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेको छ । रिपोर्ट अनुसार राष्ट्रिय सुरक्षा, आर्थिक नीति र चीनसम्बन्धी विषयमा रिपोर्टिङ गर्ने पत्रकारहरूलाई लक्षित गरिएको थियो ।
ह्याकरले माइक्रोसफ्ट अकाउन्टमार्फत ईमेलमा पहुँच बनाएको बताइएको छ । वाशिङ्टन पोस्ट विगतमा पनि साइबर आक्रमणको निशानामा परेको थियो । सन् २०११ यता पटक-पटक हुने यस्ता हमलामा कतिपयमा चिनियाँ समूहको संलग्नतामाथि आरोप लाग्दै आएको छ ।
संवेदनशील सूचना र बृहत् सम्पर्क सञ्जालका कारण पत्रकारहरू साइबर आक्रमणको सम्भावित निशाना बन्ने गर्छन् । वाल स्ट्रिट जर्नलका अनुसार हालसम्मको हमला ईमेलमा मात्र सीमित देखिएको छ । साथै वाशिङ्टन पोस्टका पत्रकारहरूले संवेदनशील संवादका लागि इन्क्रिप्टेड प्लाटफर्म प्रयोग गर्ने गरेको बताइएको छ ।
पछिल्लो अध्यावधिक: असार २, २०८२ १४:५७
सामाग्री श्रोत :
टेक पाना
इस्तानबुल। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान इजरायलले मध्यपूर्वको सुरक्षामा खतरा निम्त्याएको बताएका छन्। एर्दोगानले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग सोमबार भएको टेलिफोन वार्तामा उक्त कुरा बताएका हुन्। एर्दोगानले नेता पुटिनसँगको वार्तामा भने, ‘इरानमाथि इजरायलको आक्रमणबाट सुरु भएको हिंसाको चक्रले सम्पूर्ण क्षेत्रको सुरक्षालाई जोखिममा पारेको छ।’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारको ‘अराजक रवैया’ले अन्तर्राष्ट्रिय प्रणालीका लागि […]
सामाग्री श्रोत :
इजरायलले मध्यपूर्वको सुरक्षामा खतरा निम्त्याएको टर्कीका राष्ट्रपतिको भनाइ
काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा प्रविधि सिकाइ केन्द्र स्थापनाको तयार अघि बढेको छ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत यस किसिमको केन्द्र स्थापनाको अध्ययनका लागि बजेट छुट्याएको हो ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले यसका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै निजी क्षेत्रको सहकार्यमा उक्त केन्द्र स्थापनाको अध्ययन गरिने बताए ।
विज्ञान तथा प्रविधिको विकासलाई जोड दिँदै बागमती प्रदेशका प्रतिभाहरूको पहिचान तथा क्षमता विकासका लागि प्रदर्शनी एवं विज्ञान मेलाहरू आयोजना गर्न तथा बागमती प्रदेशलाई सूचना प्रविधि हबको रूपमा विकास गर्न समेत उक्त विनियोजित बजेट खर्च गरिनेछ ।
पछिल्लो अध्यावधिक: असार २, २०८२ १५:०
सामाग्री श्रोत :
टेक पाना
तानसेन (पाल्पा)। यहाँको पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जिप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
आज साँझ आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा बोकेको लु१च ६७५६ नम्बरको बोलेरो जिप वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा दुर्घटना भएको हो।
दुर्घटनामा परी सवारी धनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका–११ मझुवा बस्दै आएका ४६ वर्षीय विनोद ढुङ्गाना र अर्का नाम थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।
उनका अनुसार ढुङ्गानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा र अर्का एक जनाको मिसन अस्पताल पाल्पामा मृत्यु भएको हो।
दुर्घटनामा चालक बुटवल उपमहानगरपालिका–११ का ३० वर्षीय राजु खड्का गम्भीर घाइते भएका छन्। खड्काको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। गाडी सडकदेखि ३०० मिटर तल खसेको छ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सामाग्री श्रोत :
पाल्पामा बोलेरो दुर्घटनामा दुईको मृत्यु, एक जना गम्भीर घाइते
काठमाडौँ । दीपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपाली बजारमा ‘ड्राइभ नाउ, पे लेटर’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । सीमित अवधिका लागि ल्याइएको यस योजनाअन्तर्गत दीपलको प्रिमियम ईभी खरिद गर्ने ग्राहकले पहिलो ६ महिनासम्म मासिक किस्ता तिर्नुपर्ने छैन ।
कम्पनीका अनुसार ‘ड्राइभ नाउ, पे लेटर’ अभियानमा पुरानो कारमा बजारकै उत्कृष्ट रिकन्डिसन मूल्य, नि:शुल्क अटो प्लस इन्स्योरेन्स, नि:शुल्क ७ किलोवाट वाल चार्जर, नि:शुल्क ३ किलोवाट ट्राभल चार्जर र आर्थिक वर्ष २०८२/८३ को नि:शुल्क सडक कर उपलब्ध गराइने छ ।
यो योजना दीपल एस०७, दीपल एस०७ एल र दीपल एल०७ मोडेलहरूमा लागु हुनेछ ।
एक वर्षअघि नेपाली बजारमा प्रवेश गरेको दीपल ईभी हालसम्म ९०० युनिटभन्दा बढी विक्री भइसकेको छ । जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन, एआर हेड्स-अप डिस्प्ले लगायतका १० बढी इन्डस्ट्री फर्स्ट फिचरहरू सहित दीपल नेपालमा सबैभन्दा बढी रुचाइएको लक्जरी ईभी ब्रान्ड बनेको कम्पनीको दाबी छ ।
पछिल्लो अध्यावधिक: असार २, २०८२ १६:८
सामाग्री श्रोत :
टेक पाना
दैलेख। मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल खड्काको डुबेर मृत्यु भएको छ। रतिखोला घाटमा पौडी खेल्ने क्रममा उनको मृत्यु भएको हो। डुबेर बेहोस भएका उनलाई प्रहरी र स्थानीयले उद्धार गरेर दैलेख अस्पताल पुर्याएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए। घाँस काट्न गएकी गुराँस गाउँपालिका–४ मैलारीकी महिला […]
सामाग्री श्रोत :
काठमाडौँ । कर्णाली प्रदेश सरकारले प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य मार्फत प्रदेश सरकारले यसका लागि आवश्यक रकम छुट्याएको हो ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीब विक्रम शाह आइतबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा प्रदेशभित्र दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्न तथा सबैलाई शिक्षाको अवसर दिलाउन प्राविधिक शिक्षामा उच्च शिक्षा अध्ययनरत प्रदेशका गरिब तथा जेहेनदार विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गर्ने योजना समावेश गरिएको छ ।
जसमा इन्जिनियरिङ, सूचना प्रविधि, स्वास्थ्य, कृषि, भेटेनरी, पर्यटन विषय समावेश छन् । त्यस्तै मध्य पश्चिम विश्वविद्यालयको इन्जिनियरिङ सङ्कायमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूको सिकाइ उपलब्धि बढाउन र प्रदेशमा प्रयोग हुने निर्माण सामग्री तथा निर्माण संरचनाको गुणस्तर परीक्षण गर्न प्रयोगशाला सुदृढीकरणको लागि यन्त्र उपकरण खरिद कार्यमा सहयोग गर्न ४ करोड बजेट छुट्याइएको छ ।
पछिल्लो अध्यावधिक: असार २, २०८२ १६:५१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं। त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ। स्कटल्यान्डको ग्लास्गोमा भएको खेलमा नेपाल सुपरओभरमा नेदरल्यान्ड्ससँग पराजित भएको हो। नेपाल तेस्रो सुपरओभरमा पराजित भएको हो।
निर्धारित २० ओभरको खेल बराबरीमा सकिएपछि खेल सुपर ओभरमा पुगेको थियो। पहिलो सुपर ओभरमा नेपालले २० रनको लक्ष्य दिएको थियो। तर नेदरल्यान्ड्सले १९ रन बनाएपछि खेल दोस्रो सुपर ओभरमा गएको थियो। दोस्रो सुपरओभरमा नेदरल्यान्ड्सले नेपाललाई १८ रनको लक्ष्य दिएपनि नेपालले १७ रन जोडेपछि खेल तेस्रो सुपर ओभरमा गएको थियो।
तेस्रो सुपर ओभरमा भने पहिला ब्याटिङ गरेको नेपालले एक रन पनि बनाउन सकेन। एक रनको लक्ष्य पाएको नेदरल्यान्ड्सले पहिलो बलमै नेपाललाई हरायो।
निर्धारित २० ओभरको खेलमा नेदरल्यान्ड्सले दिएको एक सय ५३ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर एक सय ५२ रन बनाएपछि खेल सुपरओभरमा गएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४८ रन बनाए भने कुशल भुर्तेलले ३४ तथा रुपेश सिंहले १९ रन जोडे। नेदरल्यान्ड्सका डेनियल डोरमले तीन विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ५२ रन बनाएको थियो।
नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रन बनाए। यस्तै शाकिब जुल्फिकरले ११ बलमा २४ रन बनाए भने विक्रमजित सिंहले ३० रन बनाए। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। यस्तै नन्दन यादवले दुई तथा ललित राजवंशी र कुशल भुर्तेलले एक एक विकेट लिए।
सामाग्री श्रोत :