
काठमाडौँ । आफ्ना जिज्ञासाहरूको जवाफ गुगलमा त खोजिन्छ तर गुगलमा आउने लामा लामा विश्लेषण, लेखहरूले कहिलेकाही दिक्क नै लाग्छ । एउटा सानो जवाफको लागि पूरा लेख नै पढ्नुपर्ने बाध्यता हुन्छ । तर पछिल्लो समयमा विकास भएका विभिन्न एआई टुलहरूले भने यो कामालाई सहज बनाइदिएको छ ।
तपाईँले जान्न चाहेको कुरा कुनै पनि लामो लेखबाट सारांशमा थाहा पाउन सक्नुहुन्छ । यही कुरालाई मध्यनजर गर्दै गुगलले यो कामलाई अब सहज बनाएको छ ।
अब गुगलमा सर्च रिजल्ट अडियोमा नै सुन्न सकिने भएको छ । शुक्रबार ‘सर्च ल्याब्स’ अन्तर्गत सार्वजनिक गरिएको यो फिचरलाई अडियो ओभरभिउज (Audio Overviews) भनेर नाम दिइएको छ ।
यस फिचरले जेमिनाइको प्रयोग गरेर प्रयोगकर्ताले सर्च गर्दा आउने रिजल्टको ३० देखि ४५ सेकेन्डको छोटो सारांश अडियो तयार गर्छ । उक्त अडियोसँग सम्बन्धित अन्य लिंकहरू पनि देख्न सकिन्छ, ताकी प्रयोगकर्ताले अडियोमा दिएका कुराहरू पुन: भेरिफाइ गर्न सकियोस् ।
यो फिचर धेरै नोटबुक एलएममा प्रयोग भएको पाइन्छ । नोटबुक एलएममा लामा-लामा लेख तथा दस्तावेजहरूको सारांश बनाएर पोडकास्टको रुपमा सुन्न सकिन्छ । गुगलले पनि यस्तै सेवा सुरु गर्न लागेको हो ।
गुगलले यो फिचरले सर्च अनुभवलाई टेक्स्टबाट अडियोतर्फ लैजाने संकेत दिएको छ । यसले विशेष गरी दृष्टिविहीन वा कम दृष्टि भएका प्रयोगकर्ताका लागि सहजता ल्याउने अपेक्षा गरिएको छ । तर यसले प्रकाशकहरूका लागि भने चुनौती थप्न सक्छ, जसको आम्दानी प्रयोगकर्ताले लिंक क्लिक गर्दा हुनेगर्छ । हालसम्म यो सुविधा केवल अमेरिका भित्रका प्रयोगकर्ताका लागि उपलब्ध छ ।
अन्य प्रयोगकर्ताले भने गुगल ल्याब्समा गएर ‘सर्च ल्याब’ मा साइन इन गरी अडियो ओभरभिउज एक्टिभ गर्नुपर्नेछ ।
एकपटक इन्स्टल भएपछि ‘Generate Audio Overview’ भन्ने अप्सन आउँछ । यस ट्याप गरिसकेपछि अडियो क्लिप प्ले गर्न, भोल्युम बढाउन, म्यूट गर्न वा प्रतिक्रिया दिन सकिनेछ ।
गुगलले यो फिचर अझ परीक्षणकै चरणमा रहेको बताएको छ ।
पछिल्लो अध्यावधिक: असार ३, २०८२ २०:४७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० आई सिरिजको दोस्रो खेलमा आयोजक स्कटल्यान्डलाई ९७ रनमा रोकेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड निर्धारित १९ दशमलव ४ ओभरमा अलआउट हुँदै ९७ रनमा समेटियो । नेपालले विजयीका लागि ९८ रनको लक्ष्य पाएको छ ।
सुरुवातबाटै दबाबमा राखेको नेपालले स्कटल्यान्डलाई १ सय रनको आँकडा पूरा गर्न दिएन । नेपालका लागि सन्दीप लामिछानेले कसिलो बलिङ गरे । उनले चार ओभरमा मात्र ११ रन खर्चिँदै चार महत्वपूर्ण विकेट निकाले ।
यस्तै करण केसीले ४ ओभरमा २० रन खर्चिँदै २ विकेट निकाल्दा दीपेन्द्र सिंह ऐरीले पनि दुई र ललित राजवंशीले एक विकेट निकाले ।
सुरुको ओभरमै दीपेन्द्र सिंह ऐरीले पहिलो विकेट निकालेका थिए । त्यसपछि दोस्रो ओभरमा करण केसीले एक विकेट र सोही ओभरमा अर्को विकेट रनआउट मार्फत् गुमाएपछि स्कटल्यान्ड दबाबमा परेको थियो ।
स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४६ रन बनाए । उनले ४६ बल खेल्दै एक छक्का र ४ चौका प्रहार गरे । यस्तै माथ्यु क्रसले १५ र ब्रान्डन म्याकमुलेनले १० रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटर दोहोरो अंकमा रन बनाउन सकेनन् ।
टी–२० आईमा नेपालको यो सबैभन्दा दबाबमुलक प्रदर्शन हो । यस्तै नेपालका पेस बलर करण केसीले टी-२०आई क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आज भइरहेको स्कटल्याण्डसँगको खेलमा विकेट लिँदै उनले कोशेढुंगा पार गरेका हुन् ।
उनले स्कटल्याण्डका विस्फोटक ओपनर जर्ज मुन्सेको विकेट लिए । लगत्तै उनले एक अर्को विकेट लिएर १०१ विकेट पूरा गरेका छन् । टी-२०आईमा १०० भन्दा बढी विकेट हालसम्म सन्दीप लामिछानेको नाममा मात्र थियो । उनको १११ विकेट छ ।
अब करण पनि १०० विकेटको क्लबमा जोडिएका छन् । करणको उत्कृष्ट बलिङ प्रदर्शन ५-२१ छ जुन् पीएनजीविरुद्ध सन् २०२२ मा कीर्तिपुरमा गरेको प्रदर्शन हो ।
करणभन्दा पछाडि सोमपाल कामीको ७५ तथा अविनाश बोहराको ७४ विकेट छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । एडोबीले आफ्नो जेनेरेटिभ एआई प्लेटफर्म फायरफ्लाइ ‘Firefly’ को मोबाइल एप पनि तयार गरेको छ ।
फायरफ्लाइ मोबाइल एपमा एडोबी फोटोशपमा पाइने ‘Generative Fill’ र ‘Generative Expand’ जस्ता प्रमुख टुलहरू समावेश छन् । यस एपमार्फत टेक्स्ट–टु–इमेज, टेक्स्ट–टु–भिडिओ र इमेज–टु–भिडिओ जस्ता सुविधा पनि प्रयोग गर्न सकिने एडोबीले जनाएको छ ।
फायरफ्लाइमा एडोबीका आफ्नै मोडलहरूबाहेक थर्ड पार्टी जेनेरेटिभ एआई मोडल प्रयोग गर्ने सुविधा पनि उपलब्ध छ । यसमा गुगलको Imagen 3 र 4, Veo 2 र 3 भिडिओ मोडल तथा ओपनएआईको इमेज जेनेरेटर समावेश छन् ।
मोबाइल एपबाट तयार गरिएका सामग्रीहरू प्रयोगकर्ताको क्रियटिभ क्लाउड अकाउन्टसँग स्वत: सिंक हुने भएकाले वेब वा डेस्कटप एपमा पनि सजिलै निरन्तर काम गर्न सकिने कम्पनीले जनाएको छ । यो एप नि:शुल्क भएपनि केही फिचरहरू प्रयोग गर्नका लागि भने क्रियटिभ क्लाउडको पेड भर्सन प्रयोग गर्नुपर्ने बताइएको छ ।
यो एप आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छ ।
पछिल्लो अध्यावधिक: असार ३, २०८२ १९:३७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेपाल प्रहरीको साइबर ब्यूरोले कार्यालयमा उपस्थित हुन भन्दै पत्रकार दिलभूषण पाठकको नाममा सूचना जारी गरेको छ ।
पीडित ‘साइबर ब्यूरो ५९’को जाहेरीले सरकार प्रतिवादी भएको विद्युतीय कारोबार ऐन, २०६३ अन्तरगतको कसुरमा पक्राउ अनुमति प्राप्त भएको भन्दै उपस्थित हुन सूचनामा भनिएको छ ।
जिल्ला अदालत काठमाडौंले दिएको पक्राउ पूर्जीविरुद्ध पाठकका तर्फबाट उच्च अदालत, पाटनमा निवेदन परेको थियो ।
त्यसक्रममा अदालतले दुवै पक्षलाई ५ असारमा छलफलका लागि बोलाउँदै अल्पकालीन अन्तरिम आदेश दिएको थियो । त्यसअघि उनलाई पक्राउ नगर्न अदालतले भनेको थियो ।
मंगलबार ब्यूरोको वेवसाइटमा सूचना जारी गर्दै उनलाई ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भएर अनुसन्धानमा सहयोग गरिदिन भनिएको छ ।
प्रहरीले यसअघि पक्राउ अनुमति जारी भएका कोही पनि व्यक्तिलाई उपस्थित भइदिन भन्दै सार्वजनिक सूचना जारी गर्ने गरेको थिएन ।
हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जाडेको भन्दै उनीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो । त्यसपछि प्रहरीले विद्युतीय अपराध ऐनको दफा ४७ अन्तरगतको कसुरमा पाठकलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- फिल्म र म्युजिक भिडियोका दृष्यमा सुर्तीजन्य पदार्थ सेवनका दृष्यको विकल्प खोज्नुपर्नेमा सरोकारवाला एकमत भएका छन्। सोमबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा ‘अनिवार्य’ बाहेक त्यस्ता दृष्य नराख्ने कुरामा जोड दिइएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कर कोषको कार्यालय र चलचित्र विकास बोर्डको सहयोगमा स्वास्थ्यखबर फाउन्डसेनले आयोजना गरेको ‘दृष्यमा सुर्तीजन्य पदार्थको प्रयोग: कथाले माग्छ?’ कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, कलाकार शंकर बिसीलगायतले यस्तो धारणा राखेका हुन्।
हेर्नुहोस् भिडियो :
(भिडियो)
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । प्रयोगकर्तालाई नयाँ फिचर उपलब्ध गराउने दौडमा अझै पनि एप्पल एन्ड्रोइडभन्दा पछाडि नै छ । उदाहरणको लागि एप लक फिचर । एन्ड्रोइड प्रयोगकर्ताको लागि यो कुनै नौलो कुरा होइन । तर आईफोन प्रयोगकर्ताको लागि भने ‘बल्ल आयो यो फिचर’ भने जस्तै हो । एप्पलले आईओएस १८ मा नयाँ अपडेटसँगै यो फिचर उपलब्ध गराएको हो । अब आईफोन प्रयोगकर्ताले आफूले गोप्य राख्न चाहेका एपहरू लक गरेर राख्न सक्छन् वा होमपेजमा नै देख्न नसकिने गरी हाइड गरेर राख्न सक्छन् ।
यसरी लक गर्नुहोस् आईफोनमा एप
-
आफ्नो होमपेजमा गएर आफूले लग गर्न चाहेको एप छनोट गर्नुहोस् । उक्त एपमा लामो समयसम्म प्रेस गर्नुहोस् ।
-
अब स्क्रिनमा देखिने विभिन्न अप्सनमध्ये अन्त्यतिर भएको ‘Require Face ID’ अप्सनमा ट्याप गर्नुहोस् ।
-
यसलगत्तै ‘Face ID Required to open WhatsApp’ भन्ने पेज देखिन्छ र तपाईँको एप लगत्तै लक हुनेछ । यसपछि भने आफूले लक गरेको एप ओपन गर्नका लागि फेसआईडीको आवश्यकता पर्नेछ ।
अब यदि तपाईँ यसरी लक गरेको एपलाई अनलक गर्न चाहनुहुन्छ भने एपमा लामो समयसम्म प्रेस गरेर त्यहाँ देखिने ‘Don’t Require Face ID’ भन्ने अप्सनमा ट्याप गर्नुहोस् । यसपछि तपाईँको एप अनलक हुनेछ ।
एप लक गरेर हाइड गर्ने तरिका
-
यसपछि ‘Hide and Require Face ID’ मा ट्याप गर्नुहोस् । यहाँ याद गर्नुपर्ने यदि तपाईँको ह्वाट्सएपमा लोकेसन अन छ भने त्यसलाई अफ गर्नुहोस् । लोकेसन अन हुँदा एप हाइड गर्न मिल्दैन ।
-
अब अब एप हाइड गर्दा के के हुन्छ भनेर पूर्ण विवरण सहितको पेज खुल्छ । सो पेजको सबैभन्दा अन्त्यमा भएको ‘Hide App’ मा ट्याप गर्नुहोस् ।
-
यसरी लक गरेर हाइड गरिएका एपहरू तपाईँको एप लाइब्रेरीमा हुन्छ । होमपेजमा बायाँतिर स्वाइप गरेर सबैभन्दा अन्तिममा हुने एप लाइब्रेरीमा जानुहोस् । त्यहाँ थोरै तल स्क्रोल गरेर सबैभन्दा अन्तिममा भएको ‘Hidden’ भन्ने एल्बममा तपाईँले आफूले लुकाएका एपहरू देख्न सक्नुहुनेछ ।
यहाँ तपाईँले हाइड गरेका एपहरू त हुन्छन्, तर अरू कसैले कुन एप हाइड गर्नु भएको भन्ने थाहा पाउँदैन । यहाँ कुनै पनि एफको आइकन देखिदैँन । तपाईँले उक्त एपमा ट्याप गरेर तपाईँको फेसआईडी मिलेपछि मात्र हाइड गरिएको देखापर्छ । यसरी हाइड गरेको एप पुन: बाहिर ल्याउनको लागि भने हिडनभित्र भएको एपमा लामो समय प्रेस गर्नुहोस् र ‘Require Face ID’ मा ट्याप गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: असार ३, २०८२ १८:३६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– इजरायल र इरानबीचको द्वन्द्व पाँचौं दिन पनि जारी छ। इरानले मंगलबार तेल अभिभमा रहेको इजरायलको गुप्तचर एजेन्सी मोसादको मुख्यालयमा हवाई आक्रमण गरेको छ। यसबाहेक सैन्य गुप्तचरसँग सम्बन्धित गुप्तचर एजेन्सी एएमएएनको भवनलाई पनि निशाना बनाएको छ।
यता इजरायली हवाई आक्रमणमा इरानका उपकमाण्डर मेजर जनरल अली शादमानीको मृत्यु भएको छ। शादमान इरानको खातम-अल-अन्बिया मुख्यालय अर्थात् सैन्य आपतकालीन कमाण्डका प्रमुख थिए। उनले ४ दिन अघि मात्र यो पद सम्हालेका थिए।
जुन १३ मा इजरायली आक्रमणमा मारिएका मेजर जनरल गुलाम अली रशिदको सट्टा उनलाई यो जिम्मेवारी दिइएको थियो। रशिदको गत शुक्रबार मृत्यु भएको थियो। इजरायली आक्रमणमा हालसम्म २२४ इरानी मारिएका छन् भने १,४८१ जना घाइते भएका छन्। यसैबीच, इजरायलमा हालसम्म २४ जनाको मृत्यु भइसकेको छ भने ६०० भन्दा बढी घाइते भएका छन्।
इजरायलले भन्यो – फोर्डो आणविक स्थलमा आक्रमण गरेका छैनौं
इजरायलले इरानको फोर्डो आणविक स्थलमा अहिलेसम्म आक्रमण नगरेको बताएको छ। एक इजरायली सैन्य अधिकारीले नाम नबताउने सर्तमा इजरायली मिडियालाई यो जानकारी दिए।
ती अधिकारीले भने, ‘इजरायल आफ्नो आक्रमणका कारण कुनै पनि आणविक विपत्ति नआओस् भन्ने चाहन्छ। त्यसैले यो सतर्कता अपनाइरहेको छ।’ यद्यपि, उनले आक्रमणको सम्भावनालाई अस्वीकार गरेनन्।
सैन्य अधिकारीले भने, ‘इरानले अहिलेसम्म इजरायलमा लगभग ४०० ब्यालिस्टिक क्षेप्यास्त्र र सयौं ड्रोनहरू प्रहार गरिसकेको छ। यसमा नागरिक र सैन्य दुवै लक्ष्यहरू समावेश छन्।’
यसैबीच, इजरायली रक्षामन्त्री इजरायल कात्जले फोर्डोमा रहेको इरानको आणविक स्थल एउटा मुद्दा रहेको र त्यसमाथि निश्चित रूपमा छलफल गरिनेछ।’
इजरायलको रक्षा बल आइडीएफले सोमबार राति इरानको गोप्य सैन्य कमाण्ड केन्द्रमा बम विस्फोट गराएको दाबी गरेको छ। इरानी सेनाका वरिष्ठ अधिकारीहरूले यो कमाण्ड केन्द्र प्रयोग गरेका थिए।
आइडीएफ अपरेशन निर्देशनालयका प्रमुख मेजर जनरल ओडेड बासियुकले भने, ‘हामीले इरानको मुख्य सैन्य आपतकालीन मुख्यालय ध्वस्त पारेका छौं। आक्रमणका कारण इरानका सैन्य अधिकारीहरू भागे। यद्यपि, इजरायल इरानमा रहेका सैन्य प्रमुखहरूलाई एक-एक गरी हटाउन तयार छ।’
कमाण्ड सेन्टरमा भएको आक्रमणपछि, इजरायलले इरानका सबैभन्दा वरिष्ठ सैन्य कमाण्डर, मेजर जनरल अली शादमानीलाई हवाई आक्रमणमा मारिएका छन्। जुन १३ देखिको द्वन्द्वको क्रममा इजरायलले इरानको अधिकांश शीर्ष सैन्य कमाण्डलाई मारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूलाई अपशब्द प्रयोग गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सामाजिक सञ्जालमा ‘ड्राइभर रेशम’ भनेर चिनिने बागलुङको निसीखोला गाउँपालिका वडा नं. ४ का ३६ वर्षीय रेशमराज पौडेल छन् ।
ब्युरोको सहयोगमा जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई सोमबार नेपालगन्जको रुपैडियाबाट नियन्त्रणमा लिएको हो । पौडेलले आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट विभिन्न व्यक्तिहरूलाई अपशब्द प्रयोग गरेर गाली गर्ने गरेको प्रहरीको भनाइ छ ।
उनको युट्युब च्यानलमा १७ हजारभन्दा बढी सब्सक्राइबर छन् । आफूलाई राजावादी बताउने उनको युट्युब च्यानलबाट पछिल्लो पटक शनिबार चार ओटा भिडिओ सार्वजनिक भएका छन् । ती भिडिओमा पनि उनले रास्वपा तथा भिजिट भिसा प्रकरणका विषयलाई लिएर गृहमन्त्री रमेश लेखकलाई अपशब्द प्रयोग गरेका छन् ।
यस्तै उनले पुण्य प्रसाईँ, ज्ञानेन्द्र शाही, वकिल, शिक्षामन्त्री रघुजी पन्तलगायतलाई विभिन्न आरोप लगाउँदै अपशब्द बोलेर गाली गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका छन् ।
उनले नियमित रूपमा व्यक्तिहरू तथा संस्थालाई लक्षित गर्दै तथ्यहीन र आधारहीन विषयमा भ्रमपूर्ण तरिकाले अपशब्दहरूद्वारा कानूनले वर्जित गरेका शब्द र सामग्रीहरू प्रसारण गरेर नकारात्मक धारणा फैलाएको ब्युरोले जनाएको छ ।
पौडेलले सामाजिक सञ्जालमा अपलोड गरेका भिडिओहरूले समाजलाई निकै नकारात्मक सन्देश दिएको प्रहरी उपरीक्षक तथा ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले बताए । “उनको भिडिओमा प्रयोग भएको भाषाले धेरैलाई दुःखी बनाएकाले पक्राउ गरेका हौँ,” उनले भने ।
पौडेलविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: असार ३, २०८२ १७:३१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ– रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।
मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई तीन लाख धरौटीमा छाड्न आदेश गरेका हो।
तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको थियो।
तीनकुने घटनामा प्रतिवादी बनाइएका मिश्र मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए। गत जेठ ११ मा मिश्र विरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको हो।
यसअघि राप्रपाका महामन्त्री धवल शमशेर राणालाई पनि काठमाडौँ जिल्ला अदालतले तीन लाख धरौटीमा छाड्न आदेश गरेको थियो।
यसअघि राप्रपा महामन्त्री धवलशमशेर राणा पनि तीन लाख धरौटीमै रिहा भएका थिए। मिश्र र राणासहित ५० जनालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अदालतमा मुद्दा दायर गरिएको थियो।
कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा समेत प्रतिवादी बनाइएका दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। अरु धरौटीमा रिहा भएका छन्। मिश्र र राणाबाहेकलाई १० हजारदेखि एक लाख रुपैयाँसम्म धरौटी माग गरिएको थियो।
यसअघि अनुसन्धानको क्रममा मिश्रलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो। सर्वोच्चबाट बन्दीप्रत्येक्षीकरणको निवेदन दिएर रिहा भएका मिश्र अरुको थुनछेकपछि मात्रै अदालतमा उपस्थित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । आज (मंगलबार) राति नेपाल टेलिकमको सेवा एक घण्टासम्म अवरुद्ध हुनसक्ने भएको छ ।
एक सूचना जारी गर्दै कम्पनीले ग्राहक सेवा प्रणालीको नियमित मर्मतका लागि राति ११:४५ बजेदेखि करिब १ घण्टासम्म केही सेवा अवरुद्ध हुनसक्ने जानकारी दिएको हो ।
यस अवधिमा रिचार्ज, ब्यालेन्स क्वेरी र प्याकेज सब्सक्रिप्सन जस्ता सेवा बन्द हुनसक्ने टेलिकमले जनाएको छ ।
कम्पनीका अनुसार मर्मत अवधिभर भ्वाइस, एसएमएस, डेटा र आईपीटीभी सेवा भने सामान्य रूपमा सञ्चालन हुनेछ ।
पछिल्लो अध्यावधिक: असार ३, २०८२ १७:१
सामाग्री श्रोत :
टेक पाना