
‘दैनिक एउटा स्याउको सेवनले डाक्टरलाई टाढा राख्छ’ स्वस्थ्य खानपानका विषयमा उदाहरण दिनुपर्दा सबैभन्दा बढी भनिँदै आइरहेको भनाइ हो यो।स्याउ पोषिलो खानेकुरा रहेको र यसले मानिसलाई स्वस्थ राख्न मद्दत गर्ने भएकाले बिरामी भएर डाक्टरकहाँ जानुपर्दैन अवस्था नआउनसक्छ भनेर नै यो भनिँदै आइरहेको हो।
तर अण्डा चाँही कति खाने त? अण्डाका विषयमा स्याउको जस्तो एक दिनमा एउटा भन्ने भनाइ पनि छैन। त्यसो भए एक दिनमा कति अण्डा खाँदा राम्रो होला त?
पोषणविदहरुका अनुसार व्यक्तिको उमेर, जीवनशैली, तौल, स्वास्थ्य अवस्था लगायतका कुरा अनुसार कति अण्डा खाने भन्ने कुरा निर्भर रहन्छ।
बच्चा, वयस्क र बृद्धावस्था अनुसार पनि अण्डाको सेवनमा फरक पर्न सक्छ। यसका साथै बिरामी वा स्वास्थ्य अवस्था अनुसार पनि अण्डाको सेवनमा फरक पर्न सक्छ।
सामान्यतय स्वस्थ वयस्क व्यक्तिले दिनमा २ अण्डा खान उपयुक्त मानिन्छ। अण्डामा कोलेस्टेरोल पनि हुने भएकाले स्वस्थ वयस्क व्यक्तिले कुनै दिन अन्य खानाको स्रोतबाट धेरै कोलेस्टरोल लिएको भएमा एउटा मात्र अण्डा खाँदा राम्रो मानिन्छ।
उच्च कोलेस्ट्रोल भएकाहरूले हप्तामा ४ देखि ५ वटा अण्डा भन्दा बढी नखान सुझाव दिइन्छ।
बच्चा र किशोरको हकमा पनि दिनमा १-२ अण्डा खान सुझाब दिइन्छ। यसका साथै उनीहरूको समग्र खानपान सन्तुलित हुनुपर्ने विषयमा पनि उत्तिकै ख्याल राख्नुपर्छ।
गर्भवती महिलाले चिकित्सक तथा पोषणविद्को सल्लाहमा दिनमा एक देखि दुई वटा अन्डा सेवन गर्न सक्छन्।
अण्डा प्रोटिनको राम्रो स्रोत हो र सन्तुलित खानाको लागि उपयुक्त छ।तर, अण्डाको पहेँलो भागमा कोलेस्ट्रोल धेरै हुन्छ, जुन प्रति अण्डा करिब २०० मिलिग्राम हुन्छ। सामान्यतया एक दिनमा खाना मार्फत ३०० मिलिग्रामभन्दा बढी कोलेस्ट्रोल लिनु हुँदैन।त्यसैले, धेरै अण्डा मात्र खाने बानी बसाल्नु राम्रो होइन। तर, धेरै खान नहुने भनेर अण्डा पूरै छोड्नु पनि पर्दैन।
अण्डामा प्रोटिन मात्र होइन, भिटामिन डी, आइरन र अन्य उपयोगी पोषक तत्वहरू पनि पाइन्छ।
धेरै परिश्रम गर्ने, जीम तथा भारी मात्रामा व्यायाम गर्नेहरुले पनि दिनमा दुई वा त्यो भन्दा बढी अण्डा खानुपर्ने भएमा पोषणविद वा चिकित्सकहरुको सल्लाह लिएर मात्र खानुपर्छ।
यदि तपाईं सामान्यभन्दा बढी अण्डा खान चाहनुहुन्छ भने, अण्डाको पहेँलो भाग नखानुहोस्। यसले कोलेस्ट्रोलको मात्रा कम गर्छ। यद्यपि, अण्डाको धेरैजसो पोषक तत्व पहेँलो भागमा हुन्छ, त्यसैले त्यो नखाँदा तपाईंले केही पोषण गुमाउन सक्नुहुन्छ। तर, कम्तीमा तपाईं बिहानको खानामा केही अतिरिक्त अण्डा खान सक्नुहुन्छ!
अण्डाको पोषक तत्व
पहेँलो भागमा पाइने पोषक तत्वहरू:
कोलेस्ट्रोल: प्रति अण्डामा करिब २०० मिलिग्राम कोलेस्ट्रोल हुन्छ। स्वस्थ व्यक्तिका लागि यो सामान्य भए पनि उच्च कोलेस्ट्रोल भएकाले कम खानुपर्छ।
भिटामिन डी: हड्डी र रोग प्रतिरोधी क्षमता बलियो बनाउन मद्दत गर्छ। यो सूर्यको किरणबाहेक कम खानेकुरामा पाइन्छ।
भिटामिन ए: आँखाको स्वास्थ्य र छालाका लागि महत्वपूर्ण।
भिटामिन बी१२: स्नायु प्रणाली र रक्तकोष निर्माणमा सहयोगी।
कोलिन: मस्तिष्कको विकास र सम्झने शक्तिका लागि आवश्यक। यो गर्भवती महिलाहरूका लागि विशेष लाभकारी छ।
आइरन: रक्तअल्पता (एनीमिया) बाट बचाउन मद्दत गर्छ।
स्वस्थ बोसो: पहेँलो भागमा मोनोअनसेचुरेटेड र सेचुरेटेड फ्याट हुन्छ, जुन ऊर्जाका लागि उपयोगी छ।
सेतो भागमा पाइने पोषक तत्वहरू:
प्रोटिन: उच्च गुणस्तरको प्रोटिन (लगभग ३.६ ग्राम प्रति अण्डा) मांसपेशी निर्माण र मर्मतका लागि महत्वपूर्ण।
कम क्यालोरी: सेतो भागमा कोलेस्ट्रोल र बोसो हुँदैन, त्यसैले तौल नियन्त्रण गर्न चाहनेहरूका लागि उपयुक्त हुन्छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमार्फत प्रतिष्ठित व्यक्ति तथा संस्थाको चरित्रहत्या गरेको आरोपमा पक्राउ परेकी रमा बस्नेतलाई थप तीन दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार बुधबार अदालतबाट थप अनुसन्धानका लागि तीन दिनको म्याद लिइएको हो । बस्नेतमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
खोटाङ स्थायी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया बस्नेतमाथि टिकटकमा नियोजित रूपमा जातीय तथा साम्प्रदायिक भावना भड्काउने खालका सामग्री पोस्ट गर्दै आएको आरोप लागेको छ । विशेषगरी, उनले सत्तारुढ दल र तिनका नेताहरूविरुद्ध भिडिओ बनाउँदै आएकी थिइन् ।
उनी असार १ गते पक्राउ परेकी थिइन् । त्यसपछिको प्रारम्भिक तीन दिनको म्याद सकिएपछि बुधबार पुनः तीन दिनको म्याद थपिएको हो । प्रहरीका अनुसार अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ ।
बस्नेत पक्राउ परेपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएका छन् । केहीले उनको पक्राउलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुशको रूपमा लिएका छन् भने केहीले सामाजिक सञ्जालको दुरुपयोग गरेर नेताहहरूको मानहानि गरेकाले कानुनी कठघरामा आएको टिप्पणी गरेका छन् ।
पछिल्लो अध्यावधिक: असार ५, २०८२ १२:०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– सभामुख देवराज घिमिरे र प्रमुख दलका सचेतकहरू छलफलमा जुटेपछि प्रतिनिधि सभाको बैठक आज पनि प्रभावित भएको छ।
बिहान ११ बजे बैठक आह्वान भए पनि अवरोध हटाउने विषयमा सभामुखले छलफल डाँकेपछि ढिला भएको हो।
अहिले सभामुखको कार्यकक्षमा सहज तरिकाले सदन कसरी चलाउन सकिन्छ भन्ने विषयमा वार्ता भइरहेको छ।
भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्रीको राजीनामा मागिरहको छ। संसदीय छानबिन समिति वा उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर वेल घेराउ र नारावाजी गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं– नेपाल फिजियोथेरापी संघले स्वास्थ्य सेवा समूहको संघीय दरबन्दीमा फिजियोथेरापी सेवाका लागि दरबन्दी नबढाइएकोप्रति गम्भीर आपत्ति र असन्तुष्टि जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताल र स्वास्थ्य संस्थाका लागि हालै बनाएको नयाँ दरबन्दी संरचनामा फिजियोथेरापी सेवाका लागि दरबन्दी नबढाइएको भन्दै संघले विज्ञप्ति मार्फत आपत्ति जनाएको हो।
संघका पदाधिकारीहरूले २०७५ असार ३ र ४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव र उच्च पदस्थ अधिकारीहरूसँग भेटघाट गरी फिजियोथेरापी सेवाको आवश्यकता, वर्तमान अवस्था र राष्ट्रिय महत्वबारे ध्यानाकर्षण गराएका थिए। तर, सरकारले दरबन्दी यथावत राख्ने निर्णय गरेकोमा संघले यो निर्णयलाई ‘दुर्भाग्यपूर्ण’ भनेको छ।
फिजियोथेरापी सेवा नेपालमा आधारभूत र अत्यावश्यक स्वास्थ्य सेवाका रूपमा स्थापित छ। बढ्दो जनसंख्या, दुर्घटना, र दीर्घकालीन रोगहरूको उपचारमा यसको माग तीव्र रूपमा बढिरहेको छ। यस्तो अवस्थामा दरबन्दी नबढाउनुले सेवा विस्तारमा बाधा पुगेको संघको ठहर छ।
संघले दक्ष फिजियोथेरापिस्टहरू वैदेशिक अवसर खोज्दै विदेशिन बाध्य भएको अवस्थालाई पनि चुनौतीपूर्ण भनेको छ। जनस्वास्थ्यमा प्रभावकारी पुनर्स्थापना सेवा सुनिश्चित गर्न दरबन्दी पुनरावलोकन र वृद्धि गर्नुपर्ने संघको माग छ।
संघले स्वास्थ्य नीतिमा फिजियोथेरापी सेवालाई संस्थागत गर्न, नीति निर्माणमा पेशागत सहभागिता सुनिश्चित गर्न र सेवा पहुँच वृद्धिका लागि सरकारसँग निरन्तर संवाद गर्दै आएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाका लागि रोकिएको अन्तर्वार्ता प्रक्रिया पुनः सुरु गर्ने भएको छ । तर अबका सबै आवेदकले आफ्ना सोसल मिडिया अकाउन्ट पब्लिक (सार्वजनिक) राख्नुपर्नेछ ।
अमेरिकी विदेश मन्त्रालयले कडा नियम ल्याएपछि यसबारे बहस सिर्जना भएको छ । मन्त्रालयका अधिकारीहरूलाई यस्तो भिसाका लागि आवेदन दिने व्यक्तिका सामाजिक सञ्जाल परीक्षण गर्न निर्देशन दिइएको छ । त्यसअन्तर्गत अमेरिकी नागरिक, संस्कृति, सरकार, संस्था वा राष्ट्रका मूलभूत सिद्धान्तप्रति घृणा वा दुस्मनी झल्किने कुनै संकेत भएमा विशेष निगरानी गरिने बताइएको छ ।
ट्रम्प प्रशासनले गत मे महिनाको अन्त्यतिर विद्यार्थी भिसा अपोइन्टमेन्ट प्रक्रिया स्थगित गरेको थियो । यसबिचमा अमेरिकी सुरक्षालाई खतरा हुने सम्भावना देखिएका आवेदकहरूलाई रोक्ने रणनीति तयार पारिएको थियो ।
यो नियम मुख्यतया विद्यार्थीहरूले प्रयोग गर्ने ‘एफ’ भिसा, व्यावसायिक तालिमका लागि प्रयोग हुने ‘एम’ भिसा र एक्सचेन्ज विद्यार्थीहरूले प्रयोग गर्ने ‘जे’ भिसाका सबै आवेदकहरूमाथि लागु हुनेछ ।
मन्त्रालयले सोसल मिडिया अकाउन्ट प्राइभेट (गोप्य) राख्ने आवेदकले आफ्नो गतिविधि लुकाउन खोजेको रूपमा बुझ्न सकिने चेतावनी समेत दिएको छ ।
ट्रम्प प्रशासनले गत मे महिनाको अन्त्यमा विद्यार्थी भिसाका अन्तर्वार्ताहरू रोकेको थियो । यो कदम ट्रम्प प्रशासनले अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयहरूमाथि गरिरहेको कडा नीतिको एक हिस्सा हो । राष्ट्रपति डोनल्ड ट्रम्पले यी संस्थाहरूलाई उग्रवामपन्थी भएको र प्यालेस्टाइन-समर्थक प्रदर्शनहरू नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै आएका छन् ।
‘ओपन डोर्स’ नामक संस्थाको तथ्याङ्क अनुसार, २०२३-२४ शैक्षिक सत्रमा २१० भन्दा बढी देशका ११ लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू अमेरिकी कलेज तथा विश्वविद्यालयहरूमा भर्ना भएका थिए । यो नयाँ नियमले अमेरिकामा उच्च शिक्षा हासिल गर्न चाहने लाखौं विद्यार्थीलाई प्रत्यक्ष असर पार्ने विश्लेषण गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार ५, २०८२ ११:१३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य अंकले घटेको छ । आज छापावाल सुन तोलामा ४ सयले घटेर एक लाख ९५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन तोलाको एक लाख ९५ हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले घटेर तोलाको २२०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं – सरकारले हाल अघि बढाएको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणप्रति प्राथमिक चिकित्सक तथा आकस्मिक चिकित्सा संघ नेपाल (जीपीईएमएएन) ले गम्भीर ध्यानाकर्षण गराएको छ। संघका अध्यक्ष डा. पुष्प मणि खरालले एक विज्ञप्ति जारी गर्दै नेपालका दुर्गम अस्पतालहरूमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न एमडीजीपी चिकित्सकको दरबन्दी न्यून राखिएकोप्रति चिन्ता व्यक्त गरेका हुन्।
संघले भनेको छ, ‘ एमडीजीपी बिशेषज्ञ चिकित्सकहरू स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड सरह हुन्, जसले आधारभूत, आकस्मिक र सर्जिकल सेवा समेत एकैसाथ प्रदान गर्न सक्ने क्षमता राख्छन्। तर सरकारले हालको ओएन्डएम प्रक्रियामा उक्त बर्गका चिकित्सकहरूको भूमिका र आवश्यकता न्यून आंकिएको देखिन्छ, जसले दुर्गम क्षेत्रका अस्पतालहरूमा सेवा प्रवाहमा प्रतिकूल असर पार्ने छ।’
एक स्थानीय तहमा कम्तीमा एक जना एमडीजीपी बिशेषज्ञ अनिवार्य गरिए मात्र दिगो विकास लक्ष्य (एसडीजी) प्राप्त गर्न सकिने संघको बुझाइ छ।
संघले स्वास्थ्य बिमा कार्यक्रमको सफल कार्यान्वयनका लागि पनि कन्सल्टेन्ट मेडिकल जनरलिस्ट वा एमडीजीपी चिकित्सकमा आधारित कार्ययोजना निर्माण गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ। यसरी मात्र जनताको पहिलो सम्पर्क बिन्दुका रूपमा रहेका अस्पतालहरूमा प्रभावकारी सेवा प्रवाह सम्भव हुने संघको धारणा छ।
संघले सरकारसँग ओएन्डएम सर्वेक्षण पुनः समीक्षा गरी एमडीजीपी विशेषज्ञ चिकित्सकहरूको दरबन्दी पर्याप्त मात्रामा कायम गर्न र उनीहरूको भूमिकालाई संस्थागत रूपमा मान्यता दिन जोडदार माग गरेको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । नेपालको डिजिटल भुक्तानी क्षेत्रमा एक महत्त्वपूर्ण घटनाक्रम अन्तर्गत दुई ठुला भुक्तानी सेवा प्रदायकहरू आइएमई पे र खल्ती एक-आपसमा गाभिने भएका छन् । नियामक नेपाल राष्ट्र बैंकले मर्जरका लागि बुधबार अन्तिम स्वीकृति प्रदान गरेसँगै यी कम्पनी एक हुने भएका हुन् ।
एकीकृत कम्पनी बनेपछि वालेटको आधिकारिक नाम ‘खल्ती’ रहनेछ भने कम्पनीको नाम ‘आइएमई खल्ती लिमिटेड’ हुनेछ । त्यस्तै रजिस्टर्ड कार्यालय काठमाडौंको पानीपोखरीमा रहनेछ । यो मर्जरसँगै खल्तीका प्रयोगकर्ताको संख्या ५० लाखभन्दा बढी पुग्नेछ । योसँगै चुक्ता पुँजी र प्रयोगकर्ता आधार दुवै हिसाबले नेपालको सबैभन्दा ठुलो र बलियो डिजिटल वालेटको रूपमा खल्ती स्थापित हुने बताइएको छ ।
यस अन्तर्गत आगामी तीन महिनाभित्र दुवै वालेटका प्रयोगकर्तालाई एकीकृत गर्ने कार्य सकाउने तयारी छ । यो अवधिभर आइएमई पे र खल्ती दुवै एपहरू यथावत् रूपमा सञ्चालनमा रहनेछन् । आइएमई पेका प्रयोगकर्ताहरूको वालेटमा रहेको ब्यालेन्स र रिवार्ड प्वाइन्टहरू स्वचालित रूपमा नयाँ खल्ती एपमा स्थानान्तरण हुने व्यवस्था मिलाइएको छ ।
“आइएमई पेमा मात्र रहेका प्रयोगकर्ताहरूलाई उनीहरूको स्वीकृतिमा खल्तीमा समावेश गरिनेछ,” आइएमईले पठाएको विज्ञप्तिमा भनिएको छ, “आइएमई पेमा उपलब्ध सबै सुविधाहरू अब एकीकृत खल्ती एपमा पनि उपलब्ध हुनेछन् ।”
भविष्यमा खल्ती एपमार्फत नै विश्वको कुनै पनि ठाउँबाट रेमिटेन्स प्राप्त गर्ने, बैंक खाता खोल्ने, भिसा कार्ड लिने तथा ऋण सुविधा समेत उपलब्ध गराउने योजना ल्याइएको छ ।
मर्जर प्रक्रिया सुरु भएदेखि नै आइएमई पे र खल्तीले एक-अर्काबिच सहकार्य सुरु गरिसकेका थिए । यसअन्तर्गत विभिन्न कार्यक्रममा संयुक्त टिकेटिङ साझेदार बन्नेदेखि विदेशबाट आइएमई मार्फत पठाइएको रकम सिधै खल्ती वालेटमा प्राप्त गर्न सकिने सुविधा ल्याइएको थियो ।
खल्तीका सह-संस्थापक अमित अग्रवालले राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको दिनलाई नेपाली फिनटेक उद्योगका लागि ऐतिहासिक भएको बताए । “नियामकबाट मर्जरको लागि आधिकारिक स्वीकृति पाउनु हाम्रो यात्राको एक ठुलो उपलब्धि हो । हामी हाम्रा प्रयोगकर्ता, टिम, साझेदार, लगानीकर्ता, साथीभाइ र परिवारप्रति पाएको विश्वास र सहयोगका लागि गहिरो धन्यवाद व्यक्त गर्न चाहन्छौं ।”
नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७७ संशोधन गरी मर्जर तथा प्राप्तिको मार्ग खुला गरेपछि डिजिटल वालेट कम्पनीहरूबिच गाभिने व्यवस्था बनेको हो । नेपालमा २५ डिजिटल वालेटहरूले लाइसेन्स प्राप्त गरेको अवस्थामा आइएमई पे र खल्तीको मर्जरले अन्य कम्पनीहरूलाई पनि यस्तै कदम चाल्न प्रेरित गर्ने विश्लेषण गरिएको छ ।
एकीकृत कारोबारपछिको कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ मा आइएमई समूहको ५५ प्रतिशत र खल्तीको ४५ प्रतिशत शेयर स्वामित्व रहने चर्चा छ । हाल खल्तीको बजार हिस्सा करिब २५ प्रतिशत र आइएमई पेको करिब १५ प्रतिशत छ । मर्जरसँगै कम्पनीले संयुक्त रूपमा ४० प्रतिशत बजार हिस्सा कायम गर्नेछ । यो बलियो बजार स्थितिले कम्पनीलाई इसेवाजस्ता अन्य प्रमुख डिजिटल वालेटहरूसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउन सक्नेछ ।
आइएमई पेले २०७४ असार ५ मा र खल्तीले २०७६ वैशाख २ मा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको लाइसेन्स प्राप्त गरेका थिए ।
पछिल्लो अध्यावधिक: असार ५, २०८२ १०:०
सामाग्री श्रोत :
टेक पाना
एजेन्सी –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत गरेका छन् । बीबीसीको अमेरिकास्थित साझेदार सीबीएस न्यूजका अनुसार आक्रमणको योजना स्वीकृत गरे पनि प्रत्यक्ष सहभागी हुने कि इजरायललाई सहयोग गर्ने भन्ने विषयमा भने निर्णय गर्न बाँकी छ ।
सीबीएस न्यूजले अमेरिकी गुप्तचर स्रोत र रक्षा मन्त्रालयका अधिकारीले यसबारे जानकार दिएको उल्लेख गरेको छ । स्रोतका अनुसार ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम अन्त्य गर्ने सन्दर्भमा सम्भावित कूटनीतिक वार्ताको अवसरका लागि हमलाको निर्णय तत्काल नगरेका हुन् । यसबारे दि वाल स्ट्रिट जर्नलले यसअघि नै समाचार प्रकाशित गरे पनि ह्वाइट हाउसले कुनै प्रतिक्रिया नजनाएको सीबीएस न्यूजले उल्लेख गरेको छ ।
ट्रम्पले हिजो पत्रकारहरुसँगको कुराकानीमा युद्धमा अवस्था परिवर्तन भइरहने भन्दै आफूले अन्तिम क्षणमै अन्तिम निर्णय लिने गरेको बताएका थिए । इरानले भने दबाबमा वार्ता नगर्ने स्पष्ट गर्दै अमेरिकी आक्रमणको प्रतिउत्तर दिने चेतावनी दिइसकेको छ । अमेरिकी गुप्तचर अधिकारीका अनुसार इरानले अमेरिकी सैन्य अड्डामा आक्रमणको तयारी गरिसकेको छ ।
इजरायलले गत हप्ताको शुक्रबारदेखि इरानी सैन्य र आणविक संरचनामाथि आक्रमण गरिरहेको छ । यो आक्रमणमा अमेरिका हालसम्म संलग्न भएको छैन । यद्यपि ट्रम्पले यसअघि इरानलाई विनाशर्त आत्मसर्मपण गर्न चेतावनी दिइसकेका छन् । ‘हामीलाई इरानी सर्वोच्च नेता आयोतुल्लाह अली खामेनीको ठेगाना थाहा छ, तर अहिले नै हत्या गर्ने योजना छैन’, ट्रम्पले सामाजिक सञ्जाल सोसल ट्रुथमा भनेका छन् । ट्रम्पको यो भनाइपछि इरानी नेता खामेनीले कडा शब्दमा प्रतिवाद गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
तस्विर एआईबाट निर्माण गरिएको हो
काठमाडौं- नेपाल सरकारले २० वर्षपछि प्रस्ताव गरेको संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षणमा अस्पताल व्यवस्थापक पदलाई समावेश नगरेकोप्रति नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले गम्भीर आपत्ति जनाएको छ। संघले स्वास्थ्य सेवा क्षेत्रमा गुणस्तर सुनिश्चित गर्न अत्यावश्यक मानिएको यो पदलाई नसमेट्नु नेपालको संविधानमा मौलिक हकका रूपमा सुनिश्चित गरिएको गुणस्तरीय स्वास्थ्य सेवाको लक्ष्य विपरित रहेको बताएको छ।
संघका अध्यक्ष महेन्द्र प्रसाद भुसाल र महासचिव होम प्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक वर्ष २०७४/७५ देखि सुरु भई हालसम्म करीव ५० वटा संघीय तथा प्रदेश अस्पतालहरूमा करार सेवामा अस्पताल व्यवस्थापकहरू कार्यरत रहेका छन्। अस्पताल सञ्चालन निर्देशिकाअनुसार ५० सैय्याभन्दा माथिका अस्पतालमा अस्पताल व्यवस्थापक अनिवार्य रूपमा राख्नुपर्ने प्रावधानसमेत रहेको अवस्थामा सरकारले त्यसको उल्लङ्घन गर्दै व्यवस्थापकीय पक्षलाई कमजोर बनाएको छ।’
संघले जारी गरेको विज्ञप्तिमा आठ वर्षअघि नै क्लिनिकल तथा प्रशासनिक पक्षबीच सेतुको रूपमा कार्य गर्न आवश्यक जनशक्ति अस्पताल व्यवस्थापनको अध्ययन गरेर तयार गरिएको उल्लेख छ। तर अहिलेपनि ती दक्ष जनशक्ति निरन्तर करार सेवामै सीमित रहेको बताएको छ।
हाल नेपालमा १५ वटा विश्वविद्यालयस्तरीय शैक्षिक संस्थाबाट वार्षिक ६५० जना हाराहारीमा स्नातक तथा स्नातकोत्तर तहमा दक्ष जनशक्ति उत्पादन भइरहेका छन्। सन् २००० देखि नै नेपालमा अस्पताल व्यवस्थापन शिक्षाको औपचारिक सुरुवात भइसकेको र हालसम्म स्वदेश तथा विदेशबाट करीव ४००० जना दक्ष जनशक्ति उत्पादन भइसकेको संघको भनाइ छ।
संघले भनेको छ, ‘देशमा प्रशस्त दक्ष जनशक्ति हुँदाहुँदै पनि सरकारी नीतिमा बेवास्ता हुनु अत्यन्त दुःखद र चिन्ताजनक हो। यसले जनशक्तिलाई पलायन हुने दिशातर्फ उन्मुख गराउने सम्भावना उच्च रहेको छ।’
संघले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा अस्पताल व्यवस्थापनको महत्वलाई गम्भीर रूपमा मूल्याङ्कन गरी ओ एन्ड एम सर्वेक्षणमा तत्काल अस्पताल व्यवस्थापक पदको समावेश गर्न र स्थायी संरचना सुनिश्चित गर्न जोडदार माग गरेको छ।
सामाग्री श्रोत :
swasthyakhabar