२०८२ भाद्र ५ बिहीबार
२०८२ भाद्र ५ बिहीबार

काठमाडौं— नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) विमान परिचारिका (क्याविन क्रु) लाई काममा लगाउन श्रम अदालतले आदेश दिएको छ । श्रम अदालतका न्यायाधीशत्रय जनकराज पाण्डे, निशा बानिया र शैलेन्द्र कुमार चौरसियाको इजलासले उक्त आदेश दिएको हो ।

अन्तरिम आदेशमार्फत सर्वोच्चले सेवाबाट अवकाश नदिनू भन्दाभन्दै निगमले अवकाश दिए उपर श्रम अदालतमा दायर भएको मुद्दाको सुनुवाइपश्चात् आज वरिष्ठ विमान परिचारिका प्रजिता कार्कीलाई काममा लगाउन श्रम अदाललते उक्त आदेश दिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा एक सय ३५ जना परिचारक र परिचारिकाको सेवा सुविधा र उमेर हदको विभेद उपरको मुद्दा विचाराधीन अवस्थामा छ । कार्कीलाई असोज १८ देखिकै खण्डित अवधिको सेवा सुविधा उपलब्ध गराउन श्रम अदालतको आदेशमा भनिएको छ ।

अधिवक्ताहरू अनन्तराज लुईंटेल, विकास भट्टराई र विशाल थापाले कार्कीको तर्फबाट बहस गर्दै सर्वोच्च अदालतको आदेश विपरीत सेवाबाट हटाउन नमिल्ने जिकिर गरेका थिए । श्रम अदालतले काममा लगाएर असार १८ मा अन्तरिम आदेशको निरन्तरताका सम्बन्धमा छलफलमा उपस्थित हुन निगमलाई आदेश दिएको कार्कीका कानुन व्यवसायी अधिवक्ता लुईंटेलले जानकारी दिए ।

नेपाल वायुसेवा निगम कर्मचारी प्रशासन विनियमावली २०५८ को नियम ६३ (१) (ख) मा ५० वर्षसम्म सेवामा रहन पाउने प्रावधानको बर्खिलाफ मुद्दा दायर गरेकै प्रतिसोध सांधेर कार्कीलाई ४५ वर्ष पुग्ने वित्तिकै अवकाश दिएको थियो । जबरजस्ती हटाए उपर सर्वोच्च अदालतमा निगम सञ्चालक समिति विरूद्ध अवहेलनाको मुद्दा परेको छ ।

Ncell 2
Ncell 2

सर्वोच्च अदालतलका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको संयुक्त इललासले गम्भीर संवैधानिक विषयको व्याख्याको प्रश्न रहेको उल्लेख गर्दै उक्त मुद्दा जेठ १३ मा संवैधानिक इजलासमा सुनुवाइको लागि पठाइसकेको छ । उक्त इजलासले निवेदकहरूको पक्षमा एक वर्षअघि नै जारी अन्तरिम आदेशलाई निरन्तरता दिइसकेको छ ।

रिट निवेदनमा नेपाल वायुसेवा निगमका कर्मचारीको सेवा, शर्तसम्बन्धी कानुनमा भएको व्यवस्थाले विमान परिचारक र विमान परिचारिकालाई अन्य कर्मचारीभन्दा विभेदपूर्ण व्यवहार गरी दोस्रो दर्जाको कर्मचारीको व्यवहार गरिएको उल्लेख छ । कर्मचारीको अवकाश उमेर ५८ वर्ष कायम गरेकामा विमान परिचारक र परिचारिकाको हकमा ४० वर्षमा अवकाश दिने, एक महिनाको तलब दिएर जहिल्यसुकै हटाउनसक्ने, सेवा अवधिभर करारको करार नै राखी अवकाश गराउने र उपदान नदिनेलगायत प्रावधानको बदर माग गरिएको छ ।

रिटमा जिन्दगीभर एउटै पदमा काम लगाएरविना कुनै सुविधा जहिल्यै सुकै हटाउने तथा सामाजिक सुरक्षाको समेत कुनै व्यवहार नगरिएको उनीहरूको दाबी छ । सामान्य कम्पनीले सामाजिक सेवा सुरक्षाको सुनिश्चितता गर्नुपर्नेमा नेपाल सरकार स्वामित्वको वायुसेवा निगम जस्तो निकायले आफ्ना क्याविन क्रुमाथि गभ्मीर विभेद गरेको उनीहरूको गुनासो छ। आफूहरूले पटकपटक व्यवस्थापनसमक्ष कुरा राख्दा सुधारको प्रक्रिया अघि नसारहेकाले सर्वोच्च अदालतमा रिट निवेदन दिनुपरेको रिट निवेदनमा उल्लेख छ ।

श्रम अदालतको आदेश पश्चात् परिचारिका कार्कीले न्याय पाएको प्रतिक्रिया दिइन् । उनले विनियमावलीमा भएको विभादास्पद प्रावाधान हटाएर समान व्यवहार गर्न व्यवस्थापसमक्ष पटकपटक आग्रह गर्दा सुनुवाई नभएकोमा अदालतबाट न्याया पाउने विश्वास व्यक्त गरिन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । मेटाले फेसबुक र मेसेन्जर प्रयोगकर्ताका लागि पासवर्डविना अकाउन्ट खोल्न सकिने ‘पासकी’ सुविधा ल्याएको छ । कम्पनीले यसलाई सुरक्षित र सहज लगइन प्रणालीका रूपमा अघि सारेको छ ।

एक ब्लग लेख्दै कम्पनीले पासकी सुविधा सुरुमा आईओएस र एन्ड्रोइड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ भने मेसेन्जरमा केही महिनाभित्र सुरु हुनेछ ।

योसँगै प्रयोगकर्ताले पासवर्ड टाइप नगरी बायोमेट्रिक प्रमाणजस्तै फिङ्गरप्रिन्ट वा फेसियल रिकग्निसनको माध्यमबाट अकाउन्ट खोल्न सक्नेछन् । 

पासकी प्रणाली फिसिङ आक्रमणबाट सुरक्षित मानिन्छ । प्रयोगकर्ताको डिभाइसमै सीमित रहने भएकाले पासवर्डभन्दा भरपर्दो पनि हुन्छ ।

यो सुविधा सेटअप गर्न फेसबुकको ‘Account Center’ मा गएर Settings > Password and Security > Passkey मा ट्याप गर्नुपर्छ । त्यसपछि प्रयोगकर्ताले आफ्नो मोबाइलको स्क्रिन लक प्रयोग गरेर पासकी सक्रिय गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असार ६, २०८२ २०:३७





सामाग्री श्रोत :
टेक पाना

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले सुनकोशी किनार आसपास बसोबास गर्नेहरूलाई सतर्क रहन आह्वान गरेको छ।

चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्ष हुने सम्भावना भएकाले सुनकोसी आसपासमा पनि बाढीको जोखिम भएको हुँदा सतर्क रहन आग्रह गरेको हो।

Ncell 2
Ncell 2

जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी सागर शाहले शुक्रबार सूचना जारी गरी शनिबारसम्म सतर्क रहन आग्रह गरेका हुन्।

‘चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावना भएकाले खोटाङ जिल्लासँग जोडिएको सुनकोशी किनार आसपासमा बाढी आउने सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ’–सूचनामा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- महिनावारी व्यवस्थापन र महिलाको स्वास्थ्य अधिकारका पक्षमा महिलाको निम्ति महिला मञ्च नेपाल (वफोवन), निवेदकद्वय श्रीना नेपाल र अभ्युदय भेटवालको रिटमा सुनुवाइ गर्दै सरकारलाई सबै महिलाहरूका लागि स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउने तथा कर छुटको व्यवस्था मिलाउने गरि परमादेशको आदेश जारी गरेको छ।

चार वर्षअघि वफोवन संस्थाका कार्यकारी निर्देशक गोमावती पुन (सृजना), कार्यक्रम अधिकृत पूजा चौधरी, तथा सल्लाहकार अधिवक्ता दल बहादुर धामीले नि:शुल्कका लागि सर्वोच्चमा निवेदन दर्ता गरेका थिए।

त्यस्तै सेनेटरी प्याडमा सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउँदै आएको विषयलाई लिएर नेपाल र भेटवालले रिट दायर गरेका थिए। नेपाल र भेटवालले स्यानेटरी प्याडमा कर लगाउनु  २०७८ मा नेपालको संविधान २०७२ को, धारा १६, धारा १८, धारा ३८ को उल्लङ्घन भएको दाबी सहित कर हटाउन सरकारको नाममा परमादेश माग गरेका थिए।

दुवै रिट एक साथ राखेर  न्यायाधीशद्वय मनोज कुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले   २०८२ आषाढ ४ गते फैसला  गरेको हो। 

न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले कर हटाउन परमादेश जारी गरेको हो ।  उक्त रिट दायर भएको करिब ४ वर्षपछि सर्वोच्च अदालतले परमादेश जारी गरेको हो।​​​

रिट निवेदकहरूले १८ प्रतिशतसम्म कर लगाइएकादले हटाउनुका साथै छाउपडी प्रथा न्यूनीकरण गर्न विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशबाट सुरु गर्दै क्रमशः देशभरका किशोरी र महिलाहरूलाई मासिक रूपमा स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउने माग गरेका थिए।

त्यस्तै स्यानिटरी प्याडमा लाग्ने भ्याट र अन्य करहरू हटाउने र बजारमा सहुलियत दरमा उपलब्ध हुने व्यवस्था गर्न भनिएको छ। महिनावारी सम्बन्धी अधिकारलाई सुनिश्चित गर्ने नीति निर्माण, कानुन संशोधन तथा बजेट व्यवस्थापन गर्न माग गरिएको थियो।

 सर्वोच्च अदालतले रिट निवेदकहरूको तर्कको पुष्टि गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संसद सचिवालय, कानुन मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलगायत सरोकारवाला निकायहरूको नाममा परमादेश जारी गरेको हो।

 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । मौसम सम्बन्धी आधिकारिक सूचना समयमै प्राप्त गर्न जल तथा मौसम विज्ञान विभागले भाइबर कम्युनिटीमा सहभागी हुन सर्वसाधारणलाई अनुरोध गरेको छ । मनसुन सुरु भएसँगै बाढी, पहिरोजस्ता प्राकृतिक विपद्को जोखिम बढेकाले सतर्कता अपनाउन विभागले नागरिकलाई मौसमको पूर्वानुमान तथा जानकारी लिन भाइबरमार्फत सम्पर्कमा रहन आग्रह गरेको हो ।

विभागले भाइबर कम्युनिटी ग्रुपमार्फत मौसम पूर्वानुमान, सतर्कता सन्देश, तथा अन्य सम्बन्धित सूचनाहरू नियमित रूपमा सार्वजनिक गर्दै आएको छ । उक्त कम्युनिटी ग्रुपमा तल दिइएको क्यूआर कोड स्क्यान गरेर वा यहाँ क्लिक गरेर सहभागी हुन सकिने छ ।

यसैबिच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि नागरिकलाई बाढी, पहिरो र अन्य सम्भावित विपद्का बेला तत्काल सम्पर्क गर्न सकिने आपतकालीन नम्बरहरू सुरक्षित राख्न अनुरोध गरेको छ । प्राधिकरणका अनुसार यी नम्बरहरू नि:शुल्क कल गर्न सकिने र आपतकालीन समयमा उपयोगी हुने भएकाले कण्ठ पारेर वा सुरक्षित स्थानमा टिपोट गर्नुपर्ने उल्लेख गरिएको छ ।

यस्ता छन् नि:शुल्क आपतकालीन नम्बरहरू:

  • विपद् आकस्मिक हेल्पलाइन – ११४९

  • बाढी तथा पहिरो हेल्पलाइन – ११४१

  • बाढी तथा पहिरो इन्फोलाइन – ११५५

  • नेपाल विद्युत् प्राधिकरण हेल्पलाइन – ११५०

  • नेपाल प्रहरी – १००

  • अग्नि सेवा – १०१

  • एम्बुलेन्स सेवा – १०२

  • ट्राफिक प्रहरी – १०३

  • बालबालिका हराएको खबर गर्न – १०४ वा १०९८

  • महिला हेल्पलाइन – ११४५

  • नेपाल रेडक्रस हटलाइन – ११३०

प्राधिकरणले विपद् जोखिम न्यूनीकरणका लागि नागरिक सतर्क र तयार रहनुपर्नेमा जोड दिएको छ । साथै, प्राधिकरणले विपद्का बेला सहायताका लागि यी नम्बरहरूमा सम्पर्क गर्न सकिने जानकारी दिएको छ ।


पछिल्लो अध्यावधिक: असार ६, २०८२ १९:७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा आज अन्तिम तथा चौथो खेलमा नेपालले टस हारेर पहिले फल्डिङ गर्ने भएको छ ।

घरेलु टोली स्कटल्यान्डले टस जित्दै पहिले ब्याटिङ रोजेको हो । दुवै टोलीको लागि अन्तिम खेल हो ।  स्कटल्यान्डले तीन खेलमा एक जित र दुईमा हार व्यहोरेको छ । नेपालले तीनमा दुई जित र एक हार निकालेको छ । उपाधिका लागि दुवै टोलीलाई एक अर्का विरुद्ध जित निकाल्नै पर्ने दबाब छ । 

स्कटल्यान्डले एक खेल मात्र जिते पनि आज जित दर्ता गर्दा दुवैको अंक चार/चार हुने र नेटरनरेटमा उपाधि स्कटल्यान्डले जित्नेछ । तर नेपालले जितेमा उपाधि नेपालको हुनेछ । 

Ncell 2
Ncell 2

स्कटल्यान्डविरुद्ध पहिलो खेलमा नेपालले एक विकेटको जित निकालेको थियो । नेदरल्यान्डसँग दुई खेलमध्ये नेपालले एकमा जित र एकमा हार व्यहोरेको छ । यस्तै स्कटल्यान्डले एक खेल नेपाल र एक नेदरल्यान्डसँग हारे पनि एक खेल भने नेदरल्यान्डलाई हरायो । 

सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हरायो । 

तेस्रो खेलमा नेपालले आयोजक स्कटल्यान्डलाई दुई विकेटले हरायो भने चौथो खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई १७ रनले पराजित गर्यो । पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल तालिकाको शीर्ष स्थानमा पुगेको हो ।

आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । करण केसीको स्थानमा रिजन ढकाललाई राखिएको छ । 

नेपालको प्लेइङ ११ 

रोहितकुमार पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, लोकेश बम, आरिफ शेख, रुपेशकुमार सिंह, सन्दीप लामिछाने, ललित राजवंशी  र रिजन ढकाल । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- न्यूरो केयर फाउन्डेशन नेपालको आयोजनामा राजधानीमा एक दिने निशुल्क न्यूरो स्वास्थ्य शिविर आयोजना हुने भएको छ।

गोकर्णेश्वर नगरपालिकाको संयोजनमा हुन लागेको शिविर यही असार ७ गते शनिवार विहान ८ बजेदेखि दिउँसो १ गोकर्णेश्वर नगर अस्पतालमा संचालन हुनेछ।

शिविरमा वरिष्ठ न्यूरो सर्जन डाक्टर गोपालरमण शर्माबाट पनि बिरामीहरूको चेक जाँच गरिने वीर अस्पतालमा कार्यरत चीफ कन्सलट्यान्ट न्यूरो सर्जन डाक्टर विनोद राज भण्डारीले जानकारी दिए।

न्यूरो तथा स्पाइन जाँच सहित शिविरमा काठमाडौं न्यूरो बागबजारको प्राविधिक सहयोग रहनेछ।

डाक्टर राजभण्डारीका अनुसार ब्रेन ट्यूमर, मस्तिष्कघात, टाउको तथा ढाड दुखाई लगायतका समस्याबाट पीडितहरूले पनि शिविरबाट निुशल्क सेवा लिन सक्नेछन्। शिविरमा डाक्टर शर्मा र राजभण्डारी सहित, डाक्टर अनिशमान सिंह र डाक्टर प्रसन्न कार्की पनि संलग्न हुनुहुनेछ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । अब आकस्मिक बाहेकका सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइको काम सुरक्षा मुद्रण केन्द्रबाट हुने भएको छ । गत जेठमा यातायात व्यवस्था विभाग र केन्द्रबिच भएको सम्झौता अनुसार लाइसेन्स छपाइको काम केन्द्रबाट पनि हुने भएको हो ।

आकस्मिक लाइसेन्स छपाइको काम भने यातायात व्यवस्था विभागबाट नै हुने विभागका सूचना अधिकारी गणेशमान सिंह राईले बताए । “अहिले दैनिक ४०० देखि ५०० सम्म आकस्मिक लाइसेन्स छापिरहेका छौँ । तर, विभागले करिब ३० लाख जति लाइसेन्स छाप्न बाँकी नै छ,” उनले भने । बाँकी लाइसेन्स छपाइका लागि केन्द्रसँग सैद्धान्तिक सहमति भएको उनले जानकारी दिए ।

उनका अनुसार सुरक्षा मुद्रण केन्द्रबाट लाइसेन्स छपाइका लागि तयारी भइरहेको छ । लाइसेन्स छपाइका लागि केन्द्रलाई यातायात विभागले डेटा पठाउन बाँकी रहेको बताउँदै उनले भने, “हामीले उपलब्ध गराएको डेटा अनुसार उहाँहरूले छाप्नुहुन्छ । अहिलेसम्म डेटा माइग्रेट गरिएको छैन ।” असार मसान्तसम्म केन्द्रबाट केही प्रति लाइसेन्स छापेर विभागलाई उपलब्ध गराउने गरी काम भइरहेको उनले बताए ।

यस्तै, केन्द्रबाट छापिने लाइसेन्समा चिप्सको सट्टा क्यूआर कोड राखिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत जेठमा ‘सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४’ संशोधन गर्दै स्मार्ट सवारी चालक अनुमतिपत्रमा चिप्सको सट्टा क्यूआर कोड पनि राख्न सकिने व्यवस्था गरेको छ । त्यसपछि लाइसेन्समा चिप्स वा क्यूआर कोड दुवै राख्न सकिने कानुनी बाटो खुलेको थियो । सोही संशोधन अनुसार केन्द्रले छाप्ने लाइसेन्समा क्यूआर कोडको प्रयोग गर्न लागिएको उनले जानकारी दिए ।

चिप्सभन्दा क्यूआर कोड बढी उपयोगी हुने भन्दै उनले भने, “विभागले छाप्ने लाइसेन्समा चिप्स राखिएको छ, तर यो टेक्नोलोजी फ्रेन्ड्ली भएन । हामीले यसको अधिकतम सदुपयोग गर्न सकेनौँ ।”

चिप्स राखिएका लाइसेन्स छपाइका लागि लागत पनि धेरै पर्ने भएकाले प्रदेशबाट छापिने लाइसेन्समा पनि क्यूआर कोड राख्न लागिएको उनले बताए । तर, यातायात विभागबाट छापिने लाइसेन्स भने चिप्ससहित नै छापिने छन् ।

अब आउने नयाँ लाइसेन्सहरू प्रदेश सरकारले नै छाप्ने गरी काम समेत भइरहेको उनको भनाइ छ । उनले भने, “आफैँले छाप्ने गरी सातै प्रदेशले लाइसेन्स छपाइको तयारी गरिरहेका छन् ।”

पछिल्लो अध्यावधिक: असार ६, २०८२ १६:४५





सामाग्री श्रोत :
टेक पाना

धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ ।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरुलाई संघीय अस्पताल तथा प्रतिष्ठानहरुमा उपचार सुविधा दिन स्वास्थ्य मन्त्रालय र त्रिविबीच समझदारी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र त्रिविका उपकुलपति डा खड्ग केसीको उपस्थितिमा मन्त्रालयमा भएको समझदारीअनुसार सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुमा त्रिविको उपचार कोषमार्फत ९० प्रतिशत तथा १० प्रतिशत योगदानमा आधारित उपचार सुविधा उपलब्ध हुनेछ।

समझदारीमा त्रिविले प्राध्यापक तथा विद्यार्थीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन प्रोत्साहन गर्ने समेत उल्लेख छ।

कार्यक्रममा मन्त्री पौडेलले सरकारले संगठित क्षेत्रमा आवद्ध सबैलाई स्वास्थ्य बीमा कोषमा आबद्ध गराउने निर्णय गरिसकेकाले त्रिविले समेत आगामी दिनमा सबैलाई आबद्ध गराएर स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउन आग्रह गरे। यसका लागि आवश्यक गृहकार्य त्रिविले चाँडै सक्ने उनले विश्वास गरे।

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन श्रोत थप्नुका साथै नीतिगत सुधार भैरहेको बताउँदै मन्त्री पौडेलले त्रिविका प्राध्यापक विद्यार्थी आबद्ध हुँदा सकारात्मक सन्देश जाने बताए।

मन्त्रालयका सचिव डिल्लीराम शर्माले समझदारीको प्रभावकारी कार्यान्वयन हुने विश्वास गरे।

त्रिविका उपकुलपति डा. केसीले स्वास्थ्य बीमामा आबद्धताका लागि प्रक्रिया थालिएको भन्दै कार्यदल बनाउने बताए। उनले त्रिवि र मन्त्रालयबीच शिक्षा र स्वास्थ्यमा थप सहकार्य गर्ने बताए।

सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट