२०८२ भाद्र ५ बिहीबार
२०८२ भाद्र ५ बिहीबार

काठमाडौं-  सरकारको ओएन्डएम सर्वेलाई लिएर सरकारी प्रयोगशालाकर्मी संघ, नेपाल (गोलान)ले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ। उक्त ज्ञापनपत्रमा हाल प्रस्तावित संगठन संरचना तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम)मा मेडिलक ल्याब टेक्निसियन समूह अन्तर्गत निर्धारण गरिएका दरबन्दी संख्यालाई त्रुटिपूर्ण र वैज्ञानिक आधारविहीन भएको भन्दै आपत्ति जनाइएको छ।

ज्ञापनपत्रमा जनस्वास्थ्य नियमावली, २०७७ को अनुसूची–३ र अनुसूची–७, साथै स्वास्थ्य संस्था संचालन मापदण्ड, २०७७ को प्रावधानहरु उल्लेख गर्दै प्रयोगशाला सेवा अनिवार्य, भरपर्दो र गुणस्तरीय हुनुपर्ने कानुनी दायित्वमा जोड दिइएको छ। तर, वर्तमानमा अधिकांश प्रयोगशालाहरु करार, अस्थायी वा ज्यालादारी कर्मचारीहरूमार्फत सञ्चालन भइरहेका छन्, जुन दीर्घकालीन रूपमा विश्वसनीय सेवाको बाधक बन्ने संघको ठम्याइ छ।

‘हाल कायम गरिएका दरबन्दी संख्या अस्पतालमा बढ्दो बिरामी चाप र आवश्यक सेवाको दायरा अनुसार वैज्ञानिक ढंगबाट निर्धारण गरिएको छैन,’ ज्ञापनपत्र बुझाउँदै भनिएको छ,’ मे.ल्या.टे. समूह अन्तर्गतका उपसमूह र विभिन्न पदहरुमा माथिल्लो तहमा पदोन्नति हुने संरचनाको अभावले कर्मचारीहरुको पेशागत विकासमा समेत बाधा पुगिरहेको  छ।’

संघले मन्त्रालयलाई ज्ञापनमार्फत ध्यानाकर्षण गराउँदै  यस किसिमको त्रुटिपूर्ण संरचना प्रयोगशाला सेवा प्रणालीलाई कमजोर पार्नेमात्र  नभइ दीर्घकालीन रूपमा स्वास्थ्य प्रणालीकै गुणस्तर र जनविश्वासमा असर पार्ने बताइएको छ।

संघले बिरामी चाप, सेवा दायरा, प्रविधि र जनशक्ति आवश्यकताको वैज्ञानिक विश्लेषणका आधारमा दरबन्दी पुनःनिर्धारण गर्न माग गर्दै हालको प्रतिवेदनलाई यथास्थितिमा स्वीकृत नगर्न मन्त्रालयसँग आग्रह गरेको छ। हालको दरबन्दी संरचना परिमार्जन बिना गुणस्तरीय प्रयोगशाला सेवा सुनिश्चित गर्न नसकिने संघले जनाएको छ। 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । रक गायिका अभया सुब्बाले अन्तर्राष्ट्रिय सङ्गीत दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत एआईको प्रयोगबारे खुलेर टिप्पणी गरेकी छिन् । फेसबुकमा एक पोस्ट राख्दै उनले सामाजिक सञ्जालमा आफूले पनि दैनिक पोस्ट गर्नुपर्ने दबाबका कारण कहिलेकाहीँ च्याटजीपीटीको सहारा लिने गरेको उनको स्वीकारोक्ति छ । 

तर यसले शिक्षाको मूल्य र मानिसको दिमागको क्षमतालाई कमजोर बनाउने उनको बुझाई छ । “हाम्रा आमाबुबाले धेरै मेहनत गरेर दिलाएको शिक्षा केवल एआईलाई प्रम्प्ट दिनका लागि होइन,” उनले च्याटजीपीटी प्रयोगलाई लिएर पछुतो व्यक्त गरेकी छिन् । 

यस्तै एआई वातावरणका लागि पनि महँगो पर्ने उनको भनाइ छ । धेरै मानिसहरूले अहिले एआई प्रयोग गरिरहेका छन् । यसलाई सञ्चालन गर्ने मसिनहरूलाई चिसो बनाउनका लागि प्रशस्त मात्रामा पानी चाहिने उल्लेख गर्दै आफ्नो विश्वास नलागे वास्तविकता पत्ता लगाउन गुगल गर्न आग्रह गरेकी छिन् । 

सुब्बाले आफ्नो लागी आफैँले लेख्नुपर्ने कुरा च्याटजीपीटीलाई लेख्न दिन नहुने बताउँदै, निरन्तर एआईको भर पर्नाले मानसिक क्षमतामा असर पर्ने वैज्ञानिक अध्ययनहरूको दाबी पनि दिएकी छिन् । उनले लेखेकी छिन्, “यदि तपाईँले आफैँ लेख्न बन्द गर्नुभयो भने, तपाईँको दिमाग एक किसिमले ‘फ्राई’ हुन्छ रे ।”

एआईबाट लेखिएको सामग्री पत्ता लगाउन सकिने सङ्केतहरूबारे पनि उनले चासो व्यक्त गरेकी छिन् । “It’s important to note that…”, “From this to that…” जस्ता वाक्यांश र लामो ड्यास (—) को प्रयोग एआईले लेखेका सामग्री पहिचान गर्ने तरिका भएको उनले बताएकी छिन् ।

उनी अगाडि लेख्छिन्, “१२ वर्षअघिको त्यो अभया बन्ने प्रयास गरिरहेकी छु, जसले फेसबुकमा मनमा आएका कुराहरू खुला रूपमा लेख्ने गर्थिन् । २०१४ को सामाजिक सञ्जाल अहिलेको जस्तो टक्सिक र सुपरफिसियल थिएन ।”

पछिल्लो अध्यावधिक: असार ८, २०८२ १०:५९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नै कमजोरीले लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन्।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अहिले पनि संसद् जसरी चल्नुपर्ने हो, त्यसरी चल्न नसकेको बताए। उनले आफ्नो स्वाभिमान र इज्जतलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए। 

Ncell 2
Ncell 2

अध्यक्ष केसीले सत्ता र शक्तिमा भएकाहरूको इशारामा गोटी बनेर हिँड्दा दिनप्रतिदिन इज्जत क्षय भएर जाने बताए। उनले देशमा केही हुन्न भन्ने भाव नयाँ पिँढीमा भएको भन्दै चिन्ता व्यक्त गरे। 

वर्तमान शिक्षा प्रणालीले मुलुक नबन्ने उनको भनाइ छ।  सङ्घीय प्रणाली नेपालको प्रगति र उन्नतिको लागि नल्याइएको जिकिर गर्दै उनले सत्ता, शक्ति र सम्पत्तिको पछि लाग्दै जानु राष्ट्रको लागि दुर्दशा भएको बताए। 

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ। आजको युगलाई सूचना र सञ्चार प्रविधिको विकासले ‘डिजिटल युग’ का रूपमा परिभाषित गरिन्छ । नेपालजस्तो जटिल भौगोलिक बनावट भएको देशमा सरकारले अघि सारेको ‘डिजिटल नेपाल फ्रेमवर्क’ लाई साकार पार्न मोबाइल नेटवर्कको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । 

विगत दुई दशकमा नेपालको सञ्चार क्षेत्रले उल्लेख्य प्रगति हासिल गरेको छ, जहाँ अहिले जनसङ्ख्याभन्दा बढी मोबाइलको पहुँच पुगेको छ । तर, यो तथ्याङ्क आफैँमा उत्साहजनक भए पनि सेवाको गुणस्तरका विषयमा भने गम्भीर चुनौतीहरू कायमै छन् । समग्रमा, नेपालमा मोबाइल नेटवर्कको पहुँच विस्तार भए पनि गुणस्तरमा भने व्यापक सुधारको खाँचो रहेको देखिन्छ ।

पहुँचको विस्तार, गुणस्तरको सङ्कुचन

कुनै समय थियो, जब नेपालमा टेलिफोन लाइन जोड्न २ लाखसम्म खर्च गर्नु पर्थ्यो। आज मोबाइल सेवा हरेक व्यक्तिको हातमा पुगेको छ । विश्व फाइभजीबाट सिक्सजीको युगमा प्रवेश गर्ने तयारीमा हुँदा, नेपालमा एनटीसी र एनसेलले फोरजी सेवा विस्तार गरिसकेका छन् र फाइभजी परीक्षणको चरणमा छ । 

कुनै बेला दक्षिण एसियामै पहिलो थ्रीजी सेवा प्रदान गर्ने (नेपाल टेलिकम) र संसारको सबैभन्दा अग्लो ठाउँमा थ्रीजी सेवा उपलब्ध गराउने (एनसेल) भनेर गर्व गरिन्थ्यो । तथापि, सेवा प्रदायक, नीति निर्माता र नियमनकारी निकायको तत्परताले अपेक्षित नतिजा दिन नसकेको गुनासो छ । ग्राहकहरूले स्लो इन्टरनेट, बारम्बार कल ड्रप, र सिग्नलको नटिप्ने जस्ता समस्या भोगिरहेका छन् ।

गुणस्तरको परिभाषा र नेपालको अवस्था

मोबाइल नेटवर्कको गुणस्तर भन्नाले केवल पहुँच मात्र होइन, यसमा सेवाको स्थिरता (consistency), डेटा स्पिड, कल क्वालिटी, लेटेन्सी (latency), नेटवर्क कभरेज र स्थायित्व जस्ता महत्त्वपूर्ण पक्षहरू समावेश हुन्छन् । नेपाली उपभोक्ताहरूले युरोप वा अमेरिका जस्तो गुणस्तरको अपेक्षा नगरे पनि, छिमेकी देशहरू भारत, बङ्गलादेश वा भुटान जत्तिको गुणस्तरको अपेक्षा गर्नु स्वाभाविक नै हुन्छ । 

तर, संसारभरको इन्टरनेट गति मापन गर्ने संस्था ओकलाको तथ्याङ्कअनुसार नेपालमा औसत मोबाइल डाउनलोड स्पिड १५-२० एमबीपीएस मात्र छ । जबकि भारतमा ५० एमबीपीएसभन्दा बढी र बङ्गलादेशमा ३० एमबीपीएस हाराहारी छ । 

मासिक औसत डेटा प्रयोग सहरी क्षेत्रमा ७ जीबीमाथि पुगे पनि, इन्टरनेट नचल्ने वा अत्यन्तै ढिलो चल्ने, फेसबुक वा युट्युब चलाउँदा ‘बफरिङ’ हुने, र ह्वाट्सएप/जुम कलमा आवाज नसुनिने तथा नियमित कल गर्दा कल काटिने जस्ता समस्याहरू आम उपभोक्ताले भोगिरहेका छन् ।

सीमित सेवा प्रदायक र दाबीको यथार्थ

नेपालमा हाल नेपाल टेलिकम र एनसेल गरी दुई प्रमुख मोबाइल सेवा प्रदायक छन्, जसको बजार हिस्सा क्रमशः ५२% र ४८% रहेको देखिन्छ । टेलिकमको दाबीअनुसार फोरजी सेवा ७७ ओटै जिल्लामा पुगिसकेको छ भने एनसेल ९०% भन्दा धेरै जनसङ्ख्यामा आफ्नो फोरजी कभरेज पुगिसकेको बताउँछ । 

यद्यपि, प्रयोगकर्ताको अनुभवले ग्रामीण क्षेत्रमा फोरजी कहिलेकाहीँ मात्र चल्ने, थ्रीजी कहिलेकाहीँ चल्ने र टुजी धेरैजसो स्थानमा चल्ने देखाउँछ । दुवै सेवाप्रदायकको ध्यान ग्राहक सङ्ख्या बढाउनेमा मात्र केन्द्रित हुँदा गुणस्तरमा खासै काम नभएको अनुभव उपभोक्ताहरूमा छ । 

विशेषगरी सहरी क्षेत्रमा एनसेलको उपस्थिति बलियो भए पनि, हालका दिनमा त्यसको सेवा गुणस्तर पनि पहिलेभन्दा धेरै समस्या महसुस हुन थालेको छ ।

भौगोलिक चुनौती र ग्रामीण क्षेत्रको उपेक्षा

नेपालको विषम भौगोलिक बनावट (जस्तै तराई, पहाड र हिमाली क्षेत्र) नेटवर्क विस्तारका लागि ठुलो चुनौती हो । दुर्गम हिमाली र पहाडी भेगमा टावर स्थापना र उपकरण ढुवानीको उच्च लागत, सडक सञ्जाल र बिजुली आपूर्तिको अभाव (जेनरेटर वा सोलार प्रयोग गर्नुपर्ने बाध्यता), सरकारी जग्गा प्राप्ति र स्थानीय निकायको स्वीकृतिको झन्झट, तथा प्राकृतिक प्रकोप (हिमपात, बाढी, पहिरो) ले उपकरण नष्ट वा अवरुद्ध गर्ने सम्भावनाले सेवा प्रदायकहरू ती क्षेत्रमा लगानी गर्न हिचकिचाउँछन् । 

यसले गर्दा ग्रामीण क्षेत्रमा अझै पनि टुजी वा थ्रीजी नेटवर्कमा मात्र निर्भर हुनुपरेको छ । इन्टरनेटको सुस्त गति र कल ड्रपका कारण कोभिड महामारीका बेला बालबालिकाले अनलाइन पढाइमा पहुँच नपाएको, डिजिटल स्वास्थ्य सेवा (टेलिमेडिसिन) प्रभावकारी हुन नसकेको र सूचनाको पहुँच सीमित हुँदा कृषक, महिला तथा सीमान्तकृत समुदाय पछि परिरहेको अवस्था छ । कतिपय ठाउँमा त मान्छे बिरामी हुँदा एम्बुलेन्ससमेत बोलाउन नसकेर मृत्युवरण गर्न बाध्य हुनुपरेको दुःखद अवस्था पनि रहेको छ ।

नियमनकारी निकायको भूमिकामा प्रश्न चिन्ह

नेपाल दूरसञ्चार प्राधिकरणले सेवाको गुणस्तर (क्यू‌ओएस) मापन गर्ने गरेको दाबी गरे पनि, यसमा नियमितता र पारदर्शिताको कमीले गर्दा विश्वसनीयतामा शङ्का छ । प्राधिकरणले बनाएको ‘दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली २०७९’ कार्यान्वयनमा पनि संवेदनशीलता नदेखाएको आरोप छ ।

प्राधिकरण केवल सेवाप्रदायकबाट पैसा उठाउने निकाय मात्र बनेको हो कि भन्ने आशङ्का उपभोक्तामा छ । गाउँको त कुरै छाडौँ, काठमाडौँमै पनि विद्युत् जाँदा फोन नलाग्ने समस्या रहेको र जति पटक गुनासो गरे पनि न सेवा प्रदायक, न त नियामक निकाय, कसैले नसुन्ने अवस्था रहेको गुनासो छ ।

प्राधिकरण फाइभजी कुन ब्यान्डमा चलाउने भन्ने निर्णय गर्न समेत ढिलाइ गरिरहेको छ, जसले यसको कार्यक्षमतामाथि प्रश्न उठाउँछ ।

समाधानका उपाय र भावी रणनीति

नेपालमा मोबाइल नेटवर्कको गुणस्तर सुधारका लागि केही ठोस पहलहरू आवश्यक देखिन्छन् । त्यसका लागि केही महत्त्वपूर्ण रणनीतिहरू लिनु पर्ने हुन्छ ।

निष्कर्ष

नेपालमा मोबाइल सेवाको विस्तार उल्लेखनीय भए पनि, गुणस्तरको आवश्यकता अझै पनि गम्भीर रूपले देखिएको छ । ग्राहक सङ्ख्या र बजार हिस्सा प्राप्तिको प्रतिस्पर्धामा केन्द्रित रहेका नेपाल टेलिकम र एनसेलले गुणस्तरीय सेवाका लागि पर्याप्त काम नगरेको गुनासो छ । भौगोलिक कठिनाइ, लगानीको अभाव, कमजोर नियमन र स्पष्ट नीतिको कमीले गर्दा सेवा भरपर्दो र गुणस्तरीय बन्न सकेको छैन । जसले ‘डिजिटल असमानता’ लाई बढावा दिएको छ ।

‘डिजिटल नेपाल’ को सपना साकार पार्न अब केवल सस्तो नभई भरपर्दो नेटवर्क; फास्ट मात्र नभई स्थिर कनेक्टिभिटी र पहुँच मात्र नभई समावेशी सेवाको आवश्यकता छ । यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिँदै प्रभावकारी नियमन र कार्यान्वयनमा जोड दिनुपर्ने देखिन्छ । यदि प्राधिकरणले आफ्नो जिम्मेवारी पूरा नगर्ने हो भने नेपालको दूरसञ्चार क्षेत्र मात्र सकिने छैन, भोलि अन्तर्राष्ट्रिय क्षेत्रमा पनि ठुलो बेइज्जत हुने अवस्था पनि आउन सक्छ । 

पछिल्लो अध्यावधिक: असार ८, २०८२ १२:२३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालका ४/५ जिल्लामा मात्र बजेट परेको भन्दै बाँकी जिल्ला अर्को देशलाई लिजमा दिनुपर्ने अभिव्यक्ति राखेपछि सदनमा लफडा भएको छ।

बजेटमाथि मन्त्रालयगत छलफलको क्रममा सिंहले बजेट नजाने जिल्ला नेपालमा किन राख्ने ? प्रश्न गर्दै ७२ जिल्ला चीन, अमेरिका भारतलाई लिजमा दिनुपर्ने अभिव्यक्ति दिएका थिए।

Ncell 2
Ncell 2

सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाएका थिए। त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका थिए। 

सभामुख देवराज घिमिरेले सिंहले बोलेको कुरा राष्ट्रहित विपरीत रहेको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका थिए। त्यसपछि सिंहले सभामुख एमालेको मात्रै भन्दै बजेट नजाने बोल्न पनि नपाउने किन भन्दै आक्रोश व्यक्त गरेका थिए। 

उनले एमाले देशप्रति गद्दार तपाईँहरू हो भन्दै आक्रोश व्यक्त गरेका थिए। त्यसपछि सत्तापक्षका सांसद नै नाराबाजीमा उत्रेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

 

काठमाडौँ । गुगलको एआई टुल जेमनाईका एड्भान्स प्रयोगकर्ताका लागि मात्र उपलब्ध जेमनाई लाइभ फिचर सबै प्रयोगकर्ताका लागि नि: शुल्क उपलब्ध भएको छ ।  जेमनाई लाइभको मुख्य विशेषता भनेको नै क्यामेरा मार्फत स्क्रिन शेयर गर्न सकिने सुविधा हो । 

यही फिचर अब सबै प्रयोगकर्ताले नि:शुल्क प्रयोग गर्न पाउने भएका हुन् । यो फिचरले तपाईँको अगाडि भएका वस्तुहरू अथवा तपाईँको फोनको स्क्रिनमा देखिएका कुनै पनि वस्तुको विषयमा वास्तविक समयमा नै जानकारी लिन मद्दत गर्छ । साथै तपाईँले सो वस्तुतिर क्यामेरा तेर्स्याउदै आफ्नो प्रश्न पनि राख्न सक्नु हुन्छ । जसको जवाफ जेमनाईले तुरुन्तै दिनेछ । 

कसरी प्रयोग गर्ने ? 

– अब स्क्रिनको बायाँतिर भएको भिडिओ क्यामेराको आइकनमा ट्याप गर्नुहोस् ।

– आफूले थाहा पाउने चाहेको वस्तुतर्फ क्यामेरा तेर्साउनुहोस् र चाहेको कुरा सोध्नुहोस् ।

 

– आफ्नो कुराकानी सकिएपछि स्क्रिनको तलपट्टि दायाँतिर भएको क्रस आइकनमा ट्याप गर्नुहोस् । 

जेमनाई लाइभमा स्क्रिन शेयर गर्ने तरिका 

जेमनाईमार्फत तपाईँले आफ्नो मोबाइलमा पहिले नै भएका चिजवस्तुको तस्विरको विषयमा पनि जानकारी लिन सक्नुहुन्छ । यसका लागि यसमा स्क्रिन शेयर भन्ने अप्सन दिइएको छ । 

– अब भिडिओ क्यामेरासँगै भएको माथितिर फर्किएको एरो आइकनमा ट्याप गर्नुहोस् । 

– अब स्टार्ट ब्रोडकास्टमा थिच्नु होस् । 

– यति गरिसकेपछि ब्याक गरेर आफ्नो मोबाइलमा भएका कुनै पनि सामग्रीलाई स्क्रिनमा ल्याएर चाहेको प्रश्न सोध्न सक्नु हुन्छ । काम सकिएपछि तपाईँले उक्त स्क्रिनशेयर बन्द गर्न पुन: रातो क्रस चिन्हमा ट्याप गर्नुपर्ने हुन्छ । 

 

यसरी गरिएको लाइभ कुराकानी पछि रेकर्डको रूपमा तपाईँले आफ्नो च्याटबक्समा पनि पाउन सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असार ८, २०८२ ११:२८





सामाग्री श्रोत :
टेक पाना

दाङ –गढवा गाउँपालिका–१ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क) पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ हरेक दिनजसो मानिस घुम्न जाने गर्छन् । सिमसार क्षेत्रलाई संरक्षण गर्दै कुलपानी सामुदायिक वन समूहले पर्यटन प्रवर्द्धनका लागि हरित पार्क, जलासयसँगै काठको भ्यूटावर निर्माण गरेपछि आन्तरिक पर्यटनको गन्तव्य बनेको हो । 

वन समूहका अध्यक्ष नवराज शर्माका अनुसार वन समूहले कृत्रिम जलासयसँगै पार्क निर्माण गरेर बाघ, गैँडा, जरायो, घोडा, मयुरलगायत विभिन्न प्रजातिका चराको प्रतिमा बनाएपछि पार्कमा घुम्न र वनभोजका लागि आउने मानिसको सङ्ख्यामा वृद्धि भएको छ । कुलपानीमा पर्यटकलाई आकर्षण गर्नेगरी पार्कसँगै पोखरीमा काठको पुल, भ्यूटार निर्माणले थप आकर्षण बढाउने काम गरेको छ । 

पार्कमा घुम्न आउनेसँग रु २० देखि ३० सम्म लिने गरिएको छ । पर्यटन प्रवर्द्धनका माध्यमबाट राम्रो आयआर्जन हुन थालेपछि वन समूहले १२ हेक्टरमा फैलिएको पार्कलाई २० हेक्टर क्षेत्रमा वृद्धि गर्ने योजनाका साथ अघि बढेको छ । 

Ncell 2
Ncell 2

अध्यक्ष शर्माका अनुसार हालसम्म ५१ हजार बढीले अवलोकन गरेका छन् । वातावरणीय रूपमा उपयुक्त र मानिसले दैनिक जीवनयापनका क्रममा प्रयोग गर्ने गरिएका र अहिले लोप हुने अवस्थामा पुगेका काठका सामग्रीलाई सङ्कलन गरेर काठको सङ्ग्राहलय स्थापनाका लागि काम भइरहेको छ । 

काठबाट बनेका र देउखुरी क्षेत्रमा मानिसले प्रयोग गरेका लडिया, डुङ्गा,  कोल, ढिकी, हलो, जुवाँ, ठेकीलगायत परम्परागत सामग्री सङ्कलन गरे पनि राख्ने उपयुक्त ठाउँ नपाउँदा समस्या भइरहेको भन्दै काठको सङ्ग्रालय स्थापना गर्नेगरी वन समुहले विभिन्न सामग्री सङ्कलन गरेको छ, तर ठाउँको अभावमा सञ्चालन गर्न सकिएको छैन । 

अध्यक्ष शर्माले कुलपानीलाई धार्मिक एवं सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्नेगरी हरित पार्क निर्माण गर्नुका साथै जलविहारका लागि मानिस आउने गरेको बताउनुभयो । प्राकृतिक स्रोत र साधनको संरक्षणसँगै आन्तरिक पर्यटनको विकास गर्न कुलपानीमा पूर्वाधार विकासका लागि लगानी गर्न आवश्यक रहे पनि त्यसअनुसारको सहयोग प्राप्त हुन नसकेको बताए । 

गर्मीयाममा जङ्गल क्षेत्रमा रहेको पार्कमा शीतलतासँगै पार्कमा रहेका विभिन्न मूर्ति हेर्नदेखि फोेटो, भिडियो खिच्नका लागि धेरै मानिस आउने गरेका स्थानीय सीता गिरीले बताइन् । वन समूहले पार्क निर्माणसँगै विभिन्न वन्यजन्तुका मूर्ति तथा पोखरीमा निर्माण गरेर डुङ्गा सञ्चालन गरेपछि शनिबार र सार्वजनिक बिदाका दिन धेरै मानिस आउने गरेको उनले बताए । लगानी अभावमा बाल उद्यान, जङ्गली पशुपन्छीका लागि खोरसँगै तारबार गर्ने काम गर्न नसकिएको बताए । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

गुल्मी – गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकमा अझै खुलेको छैन । लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा परेका छन् ।

कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडकअन्तर्गत गरगरेमा शुक्रबार अपराह्नदेखि सडकमा सुक्खा पहिराले उक्त सडक तीन  दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ । सडक अवरुद्ध बनेपछि गाउँपालिका केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटबाट बुटवलसम्म जाने सवारीसाधन बीच बाटोमा अलपत्र परेका छन् । सडक सञ्चालन गर्न पहिरोग्रस्त क्षेत्रमा तीनवटा डोजर तयारी अवस्थामा राखिएका भए पनि पहिरो खसिरहेको हुँदा सडक सञ्चालन गर्न समस्या परको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले बताए । 

Ncell 2
Ncell 2

“सडकभन्दा धेरै माथिबाट लगातार सुक्खा पहिरो खसिरहेको छ, हामीले यात्रीको सुरक्षालाई ध्यानमा राखेर प्रहरी टोलीलाई पहिरोग्रस्त क्षेत्रमा खटाएका छौँ, यात्रीलाई हर्मिचौर माथिबाट देउरालीहुँदै अर्बेनीकोटको वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौँ”, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले भने । 

 

पहिरो झर्ने क्रम नरोकिएका कारण उनले आज केलुकीसम्म पनि उक्त सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको बताए । लामो समयसम्म मुख्य सडक बन्द हुँदा त्यस क्षेत्रका नागरिकलाई समस्या परेको गाउँपालिका अध्यक्ष थापाले बताए । “सडक कतिबेला खुल्छ भनेर नागरिकले बारम्बार सोधिरहनुहुन्छ, तीन दिन भयो सडक पूर्ण रूपमा बन्द छ, के भनेर नागरिकलाई जवाफ दिने अवस्था यस्तो छ”, उनले भने ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

विपद् कहिले आउँछ भनेर कसैले पूर्वानुमान गर्न सक्दैन। भूकम्प, आगलागी, महामारीजस्ता संकटहरू कुनै सूचना दिएर आउँदैनन्। तर जब यस्तो विपद् आउँछ, सबैको आशा अस्पतालतिरै हुन्छ — अस्पतालले बिरामीको ज्यान जोगाउने, चोटपटकको उपचार गर्ने, र डरमा रहेका मानिसलाई हिम्मत दिने आशा गरिन्छ।

तर प्रश्न उठ्छ — के हाम्रा अस्पतालहरू यस्तो संकट सामना गर्न तयार छन्?

धेरै अस्पतालहरूले भन्छन् – ‘हामीसँग डिजास्टर म्यानेजमेन्ट प्लान छ।’ तर त्यो योजना फाइलमा मात्र सीमित रहन्छ। अस्पतालमा ‘आपतकालीन निस्कने बाटो’ लेखिएको साइन बोर्ड हुन्छ, तर त्यो बाटो साँच्चिकै प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने सुनिश्चित छैन।

२०७२ सालको भूकम्प समयमा धेरै अस्पतालहरूमा: बिजुली थिएन, अक्सिजन आपूर्ति रोकिएको थियो, मोबाइल/फोन सेवा चलेन, धेरै बिरामी एकैपटक आए, तर व्यवस्थापन गर्न गाह्रो भयो। यसबाट सिक्नुपर्ने कुरा के हो भने हामीले सतर्क हुनुपर्छ, नत्र संकटमा हाम्रो प्रणाली नै फेल हुन्छ।

तयारी हुनु भनेको केवल योजना बनाउनु होइन। साँचो तयारी भन्नाले यी कुराहरू बुझिन्छ:

१. आवश्यक सेवा सञ्चालनको ब्याकअप — बिजुली, पानी, अक्सिजन, इन्टरनेट – यी सेवा संकटमा पनि नरोकिनु पर्छ।

२. सबै कर्मचारी तालिमप्राप्त हुनुपर्छ — डाक्टर मात्र होइन – नर्स, वार्डब्वाइ, सुरक्षा गार्ड, सरसफाइ कर्मचारी – सबैलाई के गर्ने थाहा हुनुपर्छ।

३. धेरै बिरामीको व्यवस्थापन (Surge Capacity) — एकैपटक धेरै बिरामी आए भने कहाँ राख्ने? कसरी सेवा दिने?

४. सुरक्षित निस्कने बाटो- आइसीयु , एनआईसीयु, ओटीबाट कसरी बिरामीलाई निकाल्ने?

५. औषधि र सामग्रीको तयारी — पीपी, मास्क, औषधि, सलाइन आदि पर्याप्त मात्रामा भण्डारणमा हुनु पर्छ।
स-साना कुराले पनि ठूलो दुर्घटना गराउँछ। उदाहरण — अस्पतालमा झुण्डिएको पंखा, थाम नभएको अलमारी, वा सास फेर्न नसकिने कोठा। यस्ता कुराले विपद् बढाउन सक्छ।

अब के गर्नुपर्छ?

– वर्षमा कम्तिमा दुईपटक मोक ड्रिल गरौं
– आपतकालीन व्यवस्थापन समिति सक्रिय होस्
– स्थानीय प्रशासन, प्रहरी, दमकलसँग समन्वय गरौं
– अभ्यासपछि समीक्षा गरौं – के कमजोरी देखियो?
– स्टाफ मात्र नभई बिरामी र आगन्तुकलाई समेत सुरक्षा तालिम दिऊँ

विपद् आउँदा तयारी गर्न समय हुँदैन। त्यसैले अस्पतालले पहिले नै योजना, अभ्यास र सामर्थ्य बनाइसक्नुपर्छ। अस्पताल केवल उपचारको ठाउँ होइन — संकटमा समाजलाई सुरक्षा दिने केन्द्र पनि हो।
हामी सबैले आजैदेखि सोध्नुपर्छ — के हाम्रो अस्पताल साँच्चै विपद् सामना गर्न तयार छ?

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,  एमडी (अस्पताल प्रशासन)

 


 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । इलेक्ट्रिक युटिलिटी प्रोभाइडर कम्पनी अटो पार्लर प्रालि काठमाडौँको कालोपुलमा सञ्चालनमा आएको छ । विभिन्न ब्रान्डका विद्युतीय गाडी (ईभी) हरूका प्रिमियम एसेसरिजहरू एउटै छानामुनिबाट उपलब्ध गराउने उद्देश्य सहित अटो पार्लर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । 

एक विज्ञप्ति जारी गर्दै पार्लरमा ईभी गाडीहरूका लागि आवश्यक पर्ने सम्पूर्ण एसेसरिजहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप गुणस्तरमा उपलब्ध गराउने कम्पनीका प्रबन्ध निर्देशक राजिब केसीले जानकारी दिए । वातावरणमैत्री यातायात प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने गरी सञ्चालनमा ल्याइएको अटो पार्लरले ईभीका प्रिमियिम एसेसरिजहरू उपलब्ध गराउनुका साथै फिटिङ र बिक्रीपछिको सेवासमेत उपलब्ध गराउने उनको भनाइ थियो । 

अटो पार्लरले तत्कालका लागि विभिन्न ब्रान्ड र मोडल अनुसारको एसेसरिजहरू उपलब्ध गराएको छ । हाल बीवाईडी डल्फिन, बीवाईडी एट्टो–थ्री, एमजी फोर, दीपल, आयोन–वाई, नामी, एक्सपेङ जी–सिक्स, लिप मोटर, ओमोडा र ओरा गुड क्याटलगायत गाडीका सम्पूर्ण एसेसरिजहरू प्रिमियम क्वालिटीमा उपलब्ध छ । हाल नेपाली बजारमा धेरै चलेका चिनियाँ कारहरूको एसेसरिज उपलब्ध गराए पनि भविष्यमा जुन–जुन ब्रान्डले नेपाली बजारमा प्रभुत्व जमाउँदै जान्छ तिनै गाडीका एसेसरिजहरूको उपलब्धता बढाउने कम्पनीको दाबी छ । 

अटो पार्लरमा मिरर कभर, डोल ह्याण्डिल, कभर, ह्याण्डिल वाउल, सिट कभर, स्टेरिङ कभर, नेभिगेसन ग्लास प्रोटेक्टर, डोर सिल गार्ड, मोटर एन्ड ब्याट्री प्रोटेक्शन प्लेट, रनिङ बोर्ड, जेन्युयुन ३६० क्यामेरालगायत एसेसरिजहरू उपलब्ध छन् । साथै यहाँ आईसीई गाडीका एसेसरिजसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असार ८, २०८२ ८:३७





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट