
काठमाडौँ– ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ चलचित्र ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन्।
निर्माण पक्षले आज एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री खड्काको सो चलचित्रमा अभिनय रहने बताएको हो।
अभिनेत्री खड्काले आफू देखिएको पात्रभन्दा भिन्न रहेकाले चलचित्रमा अभिनय गर्न लागेको बताइन्। उनले भनिन्, “अघिल्ला चलचित्रको तुलनामा यसपटक फरक स्वस्तिमा देख्नुहुनेछ। अभिनेत्रीका रुपमा हामीलाई फरक काम गर्ने इच्छा हुन्छ तर, त्यस्तो भूमिका र विश्वसनीय निर्माण समूह कमै पाइन्छ। यसपटक कथावस्तुसहित समग्र विषय उपयुक्त भएकाले काम गर्न लागेकी हुँ।”
सार्वजनिक पहिलो झलकमा उनि गर्भवतीको चरित्रमा देखिएकी छन्। कलाकार तथा निर्माता रवीन्द्रसिंह बानियाँले मनोरञ्जनसँगै सामाजिक विषयलाई चलचित्रमा देखाइने जानकारी दिए। उनले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शकको विश्वास जितिसकेका छन्। यस चलचित्र ‘लालीबजार’ का निर्देशक तथा यम थापाले आइरहेकाभन्दा भिन्न विषयलाई पर्दामा ल्याउन लागिएको बताए। “यो विषय भिन्न छ, हामीले अहिले सबै कुरा खुलाउन सक्दैनौँ। तर, स–परिवार हेर्न मिल्ने हाम्रो समाजकै एउटा महत्वपूर्ण विषयलाई समेटेर चलचित्रको कथा तयार गरिएको छ। यसअघिका भन्दा यो चलचित्र अलि भिन्न बनाउन सक्दो प्रयास हुनेछ,” निर्देशक थापाले भने।
निर्माता बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्नुहुने सो चलचित्रमा प्रदीप भट्टराईले कार्यकारी निर्माताको भूमिका निर्वाह गर्नेछन्। उक्त चलचित्र आगामी फागुन १ गते प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । काठमाडौँको कमलादीस्थित नियोस्टोरमा सोमबारदेखि विशेष सेल सुरु भएको छ । ‘एक्सक्लुसिभ सेल, क्लोजिङको बेला, नियो कमलादीमा मेला’ नाम दिइएको उक्त सेलमा आकर्षक अफरहरू उपलब्ध छन् ।
मेला अवधिभर एसुस ब्रान्डको ल्यापटप ४० प्रतिशत छुटमा खरिद गर्न सकिनेछ । अफिस, कलेजदेखि एडिटिङ र गेमिङका लागि उपयुक्त एसुस ल्यापटप स्टोरमा रहेका छन् । जसमा भिभोबुक १४ तथा १५ सिरिज, टीयूएफ गेमिङ, रग स्ट्रिक्स लगायतका मोडेल उपलब्ध छन् ।
स्टक क्लियरेन्स सेलका क्रममा पाँच लाख ५५ हजार ५५५ रुपैयाँ पर्ने प्रिमियम ल्यापटप एसुस जेनबुक फोल्ड १७ केवल तीन लाख ५० हजार रुपैयाँमै खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
यतिमात्र नभएर हरेक ल्यापटपको खरिदमा ४० हजार रुपैयाँसम्मका फ्रिबड्स पनि अफरमा राखिएका छन् । २५ भन्दा बढी मोडेलमा उपलब्ध यो छुट अफर सीमित अवधिसम्म मात्र प्राप्त गर्न सकिनेछ ।
यस क्रममा ल्यापटप खरिद गर्दा दुई वर्षको वारेन्टी तथा एक वर्षको बीमा सुविधा पनि पाउन सकिनेछ । साथै नियो स्टोरले शून्य प्रतिशत ईएमआईमा ल्यापटप खरिद गर्ने विकल्प समेत दिइरहेको छ ।
पछिल्लो अध्यावधिक: असार १०, २०८२ १४:४८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ– सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा ५ हजार घरेलु श्रमिक पठाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८२ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री सरतसिंह भण्डारीले यस्तो बताएका हुन्।
घरेलु श्रमिकमाथिको प्रतिबन्धले महिलाहरू अवैध र असुरक्षित बाटोबाट बिदेसिन बाध्य भएको र त्यसले थप समस्या निम्त्याएको भन्दै सुरक्षित र व्यवस्थित माध्यम अपनाउन खोजिएको मन्त्री भण्डारीले बताए।
यसअघि घरेलु श्रमिक पठाउन रोक लगाउने निर्देशन दिएको संसदीय समितिले नै हालै ओमान र युएईको अध्ययन भ्रमणपछि नयाँ निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार नेपालसँग श्रम सम्झौता भएका र तुलनात्मक रूपमा राम्रो व्यवस्था भएका मुलुकमा पाइलट प्रोजेक्ट सञ्चालन गर्न लागिएको हो।
‘द्विपक्षीय श्रम सम्झौता भएको र तुलनात्मक हिसाबले राम्रो व्यवस्था समेत रहेको युएईमा पाइलट प्रोजेक्टका रूपमा करिब ५ हजार महिला कामदार पठाउन प्रस्ताव डिजाइन गरिएको छ,’ मन्त्री भण्डारीले भने, ‘यो प्रस्ताव स्वीकृतिका लागि संसदीय समितिमा पठाइसकिएको छ।’
पाइलट प्रोजेक्टअन्तर्गत श्रमिकलाई शून्य लागतमा पठाइने र सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने समेत मन्त्री भण्डारीको भनाइ छ। श्रमिकलाई युएई पठाउनुअघि नेपालमै डेढ महिनाको आवासीय तालिम दिइने छ भने कामदारहरू रोजगारदाताको घरमा नभई होस्टेलमा बस्ने र त्यहाँबाट दैनिक ८ घण्टा काम गर्न पाउने छन्। बताए।
लामो समयदेखि बन्द रहेको घरेलु कामदारको रोजगारीलाई सुरक्षित माध्यमबाट पुनः सञ्चालन गर्न पाइलट प्रोजेक्ट महत्त्वपूर्ण हुने सरकारको विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । ओपनएआईले केही समय अघिदेखि ह्वाट्सएप मार्फत च्याटजीपीटीसँग च्याट गर्न सकिने सुविधा दिँदै आएको छ । अझ अमेरिकामा हुनुहुन्छ भने त झन् सोझै 1-800-CHATGPT मा कल गर्न पनि सकिन्छ ।
यसका लागि ओपनएआईको रियलटाइम एपीआई र जीपीटी-फोरओ मिनी (GPT-4o mini) प्रयोग गरिएको छ । यो सुविधा वेबमा आधारित च्याटजीपीटीको सरलीकृत भर्सन हो । खासगरी यसले नवआगन्तुकहरूका लागि एआईको पहुँच अझ सहज बनाउने अपेक्षा राखेको छ । थप फिचर चाहने प्रयोगकर्ताहरूले भने च्याटजीपीटीकै एप वा वेबसाइटमा जानुपर्ने हुन्छ ।
के हो 1-800-ChatGPT ?
ओपनएआईले परीक्षणको रूपमा सञ्चालनमा ल्याएको सेवा हो, 1-800-ChatGPT । यसले प्रयोगकर्तालाई बिना अकाउन्ट ह्वाट्सएपमार्फत च्याटजीपीटी प्रयोग गर्ने सुविधा प्रदान गर्छ । तपाईँ अमेरिका वा क्यानडामा हुनुहुन्छ भने 1-800-CHATGPT (1-800-242-8478) मा फोन गर्न पनि सक्नुहुन्छ । ह्वाट्सएपबाट च्याटजीपीटीलाई मेसेज गर्न सकिने सुविधा भने विश्वभरका प्रयोगकर्ताका लागि उपलब्ध छ ।
ह्वाट्सएप प्रयोगकर्ताले च्याटजीपीटीमा च्याट गर्ने, तस्बिर बनाउने वा सम्पादन गर्ने, भोइस नोट पठाउने र वेबबाट ताजा जानकारी प्राप्त गर्ने सुविधाहरू पाउन सक्छन् । ह्वाट्सएपमा च्याटजीपीटीका लागि हरियो टिकमार्क भएको भेरिफाइड ब्याज राखिएको छ ।
ह्वाट्सएपबाट कसरी प्रयोग गर्ने च्याटजीपीटी ?
तपाईँ ह्वाट्सएपबाट 1-800-242-8478 नम्बरमा मेसेज पठाएर च्याटजीपीटीसँग च्याट गर्न सक्नुहुन्छ । अझ सजिलो उपाय चाहनु हुन्छ भने यहाँ क्लिक गर्न वा यो तलको क्यूआर कोड स्क्यान गर्न पनि सकिन्छ ।
यदि तपाईँले पहिलेदेखि नै च्याटजीपीटी चलाइरहनु भएको छ र उक्त अकाउन्ट (निःशुल्क, प्लस वा प्रो) लाई ह्वाट्सएपमा जोड्न चाहनुहुन्छ भने त्यो विकल्प पनि ओपनएआईले दिएको छ । एक पटक लिमिट पूरा भएपछि तपाईँलाई च्याटजीपीटीले नै अकाउन्ट लिङ्क गर्न प्रोत्साहित गर्छ । यसबाहेक तपाईँले 1-800-ChatGPT को कन्ट्याक्ट प्रोफाइलमा गएर वा यहाँ क्लिक गरेर पनि ह्वाट्सएपमा आफ्नो च्याटजीपीटी अकाउन्ट लिङ्क गर्न सक्नुहुन्छ । अकाउन्ट लिङ्क हुने बित्तिकै तपाईँको ह्वाट्सएप नम्बर र च्याट हिस्ट्री तपाईँको च्याटजीपीटी अकाउन्टमा अकाउन्टमा समावेश हुनेछ ।
याद राख्नुहोस्, एकपल्ट आफ्नो च्याटजीपीटी अकाउन्ट ह्वाट्सएपमा लिंक गरिसकेपछि हाललाई अनलिंक गर्न भने सक्नुहुन्न । यस्तोमा तपाईँले ह्वाट्सएपको कन्ट्याक्टबाट च्याटजीपीटीलाई ब्लक गर्न वा डिलिट गर्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: असार १०, २०८२ १४:२७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ– नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णयप्रति धन्यवाद दिएको छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा माओवादी उपमहासचिव वर्षमान पुनले जेठ ३० गते माओवादीसँग भएको दुई बुँदे सहमति अनुसार सरकारले छानबिन समिति बनाएको भन्दै धन्यवाद दिएका हुन्।
उनले लोकतन्त्र गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था रहेको भन्दै लोकतन्त्रलाई सुदृढ र दिगो बनाउन यसमा देखिएका समस्याहरूलाई समाधान गर्दै जानुपर्ने उल्लेख गरे।
उनले भने, ‘भिजिट भिसासम्बन्धी देखिएका समस्याहरूलाई अध्ययन गर्न, छानबिन गर्न एकातिर संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ, त्यो निष्पक्ष, पारदर्शीरुपले प्रमाण र तथ्य सङ्गत होस् भन्ने हाम्रो दलको अपेक्षा रहेको छ। अर्को कुरा, त्यसको कार्यक्षेत्र भन्दा बाहिर पनि कैयौँ विषयहरू छन्। यस्ता प्रकरणहरूमा ट्राभल एजेन्सी, म्यानपावर, एयरलाइन्सहरू कैयौँ सन्दर्भमा राष्ट्रिय, अन्तर्राष्ट्रिय नियोग त्यसमा रहेका पदाधिकारीहरू पनि संलग्न छन् भन्ने मिडियाहरूमा आएको छ। यी सबै कुराहरूको उच्चस्तरीय छानबिन समिति अध्ययन र छानबिन गर्नेछ। साथै, राज्यका निकायहरूमा देखिएका समस्या, विगतदेखि वर्तमानसम्म के हुन ? कसरी हुन ? कहाँनिर यो ग्रे एरिया छ, जसले गर्दा विभिन्न अपराधहरू हुने गरेका छन्, यो कुरामा सत्य तथ्य ढङ्गले अध्ययन गरोस्, छानबिन गरोस्, जनताको भावनाअनुसार सुझाव तथा प्रतिवेदन प्रस्तुत गरोस्। हाम्रो अपेक्षा छ। यसमा गम्भीर ढङ्गले छानबिन भएन र अविश्वासहरू पैदा भए निश्चय पनि सार्वजनिक रूपमा जनताले निगरानी गरिरहेको छ। आलोचना हुन्छ। प्रमुख प्रतिपक्षी दलको तर्फबाट पनि निगरानी, खबरदारी गरिराख्नेछौँ।’
सरकारले भिजिट भिसाको समस्या दीर्घकालीन रूपमा नै समाधान गर्ने गरि छानबिन समिति गठन गरिएको जनाएको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले गठन गरेको छानबिन समितिका विषयमा जानकारी गराउँदै गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको समस्या अब दीर्घकालीन रूपमै समाधान गर्ने गरि समिति गठन गरिएको जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अचेल ‘ध्यानाकर्षण’ पत्र बुझाउनेको लाइन लागेको छ। कतिले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसम्म पुगेर बुझाउन पाउँछन्। कति सचिवद्वय मध्ये एकलाई भेटेर फर्किन्छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समयपछि संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेको प्रस्ताव अर्थ मनत्रालय पठाएको छ। जसअनुसार दुई हजार भन्दा बढी स्वास्थ्यका जनशक्ति थपिनेछन्।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाहरुमा जनशक्ति कम भएको भन्दै थप २ हजार १०२ दरबन्दी प्रस्ताव अर्थ मन्त्रालयसमक्ष पेश गरेको छ। लामो समयको अन्तरालमा आएको उक्त प्रस्तावमा स्वास्थ्यकर्मीहरुको असन्तुष्टि चरम छ। उक्त असन्तुष्टि उनीहरुले अहिले ध्यानाकर्षण पत्रमार्फत् पोखिरहेका छन्। पत्रको सुनुवाइ नभए आन्दोलनमै जाने घोषणा समेत कतिले गर्न थालेका छन्।
ध्यानाकर्षण पत्रमध्ये अधिकांसको भाषा समान छ। त्यहाँ उल्लेख छ- परामर्श नगरी आउँदा आफ्नो भावना समेटिएन। विशिष्टिकृत भइसकेको अवस्थालामा त्यसलाई सम्बोधन गरिएन। जसले स्वास्थ्य सेवा अझै गुणस्तरीय बन्नुपर्ने आमजनको अपेक्षा सम्बोधन गर्न मुश्किल पर्ने उनीहरुको भनाइ छ।
नेपाल जनस्वास्थ्य संघको असन्तुष्टि
ओएनएम सर्भेले जनस्वास्थ्य क्षेत्रको उपेक्षा गरेको भन्दै नेपाल जनस्वास्थ्य संघले आपत्ति जनाएको छ। संघका कार्यवाहक अध्यक्ष तेज प्रसाद दुलाल नेतृत्वको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई भेट गरी मन्त्रालय र विभाग अन्तर्गतका दरबन्दी प्रस्तावमा आपत्ति जनाएका हुन् ।
दृष्टि विशेषज्ञ संघ र नेत्र सहायकको ध्यानाकर्षण
दृष्टि विशेषज्ञ संघ र नेत्र सहायक परिवारद्वारा नयाँ दरबन्दी संरचनाप्रति असन्तुष्ट रहेको जनाएको छ। संघले मन्त्रालयका सचिवलाई सम्बोधन गरिएको पत्रमा हाल सरकारी अस्पतालहरूमा १५ शैय्याको अस्पतालमा नेत्र सहायक र ५० शैय्याको अस्पतालमा आप्टोमेट्रिस्ट अधिकृतको दरबन्दी रहने व्यवस्था भएपनि मन्त्रालयले तयार पारेको नयाँ प्रस्तावमा थप दरबन्दी नहुँदा आँखा स्वास्थ्य सेवामा गम्भीर असर गरेको जनाइएको छ।
अस्पताल व्यवस्थापकको आन्दोलन
नेपाल सरकारले करिब २० वर्षपछि ल्याएको संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणमा अस्पताल व्यवस्थापक पदलाई समावेश नगरेको भन्दै नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले दबाब र्याली समेत निकाल्यो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र सचिवलाई भेटेर सच्याउन माग गरेको छ। अस्पताल व्यवस्थापक पद सृजना गरेर स्थायी प्रक्रियामा लैजान आग्रह गरिएको छ।
सरकारी प्रयोगशालाकर्मीको ज्ञापनपत्र
दरबन्दी संरचना त्रुटिपूर्ण र वैज्ञानिक आधारविहीन भएको भन्दै सरकारी प्रयोगशालाकर्मी संघले स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमा हाल प्रस्तावित संगठन संरचना तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम)मा मेडिकल ल्याब टेक्नोलोजी समूह अन्तर्गत निर्धारण गरिएका दरबन्दी संख्यालाई त्रुटिपूर्ण र वैज्ञानिक आधारविहीन भएको भन्दै आपत्ति जनाइएको छ।
मेलानको आपत्ति
मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले हाल स्वास्थ्य मन्त्रालयबाट प्रस्तावित दरबन्दी संरचनामा प्रयोगशाला सेवाको दरबन्दी घटाइएकोप्रति गम्भीर आपत्ति जनाउँदै मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको हो।
फिजियोथेरापी संघको ध्यानाकर्षण
नेपाल फिजियोथेरापी संघले स्वास्थ्य सेवा समूहको संघीय दरबन्दीमा फिजियोथेरापी सेवाका लागि दरबन्दी नबढाइएकोप्रति गम्भीर आपत्ति र असन्तुष्टि जनाएको छ।
प्राथमिक तथा आकस्मिक चिकित्सा संघ नेपाल असन्तुष्ट
एमडीजीपीको दरबन्दी न्यून राखिएकोमा प्राथमिक चिकित्सक तथा आकस्मिक चिकित्सा संघ नेपालले ध्यानाकर्षण गराएको छ ।
संघका अध्यक्ष डा पुष्प मणि खरालले एक विज्ञप्ति जारी गर्दै नेपालका दुर्गम अस्पतालहरूमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न एमडीजीपी चिकित्सकको दरबन्दी न्यून राखिएकोप्रति चिन्ता व्यक्त गरेका हुन्।
डेन्टल एशोसिएसनको आपत्ति
डेन्टल सर्जनलाई दरबन्दीमा समावेश नगरिएकोमा नेपाल डेन्टल एशोसिएसनको आपत्ति जनाएको छ। मन्त्रालयले हालै अर्थ मन्त्रालय पठाएको दरबन्दी प्रस्तावमा दन्त सर्जनलाई प समावेश नगरिएकोप्रति नेपाल डेन्टल एशोसिएसन (एनडीए)ले ध्यानाकर्षण पत्र बुझाएको हो।
रेडियोलोजिकल सोसाइटी पनि असहमत
रेडियोग्राफी सेवाको दरवन्दी व्यवस्थापनको मागसहित रेडियोलोजिकल सोसाइटीले बुझायो ज्ञापनपत्र बुझाएको छ । नेपाल रेडियोलोजिकल सोसाइटीले रेडियोग्राफी सेवाको संरचना सुदृढीकरण, व्यवसायीक सुरक्षा तथा दरवन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।
एनेस्थेसिया अधिकृत समावेश नसमेटिदा असन्तोष
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको संघीय अस्पताल तथा स्वास्थ्य संस्थाका लागि प्रस्तावित दरबन्दीमा एनेस्थेसिया अधिकृत (पाँचौंदेखि नवौं तहसम्म) को दरबन्दी समावेश नगरेकोप्रति नेप्लिज एशोसिएसन अफ एनेस्थेसिया टेक्नोलोजिस्टले गम्भीर आपत्ति जनाएको छ।
संस्थाका अध्यक्ष शैलेन्द्र कुमार यादवद्वारा जारी गरिएको ध्यानाकर्षण पत्रमा स्वास्थ्य सेवा जनमुखी बनाउन, संविधानले प्रत्याभूत गरेको मौलिक हक सुनिश्चित गर्न तथा जनस्वास्थ्य ऐन, २०६५ का प्रावधान कार्यान्वयन गर्न स्वीकृत दरबन्दी पुनरावलोकन अपरिहार्य भएको उल्लेख गरिएको छ।
दबाब र ध्यानाकर्षणलाई स्वभाविक रुपमा लिएका छौं : डा प्रकाश बुढाथोकी (प्रवक्ता)
लामो समयमा ओएनएम सर्वे भएका बताउँदै आगाामी दिनमा थपिनेमा पनि शंकाको रहेको स्थितिमा विभिन्न संघ संस्थाहरुले दबाब दिनुलाई स्वभाविक लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी बताउँछन्।
स्वास्थ्य क्षेत्रमा कार्यरत्त जनशक्तिमा करिअर,सीप सबै बन्नुपर्ने जोड दिँदै संघ संस्थाहरुले ध्यानाकर्षण गराउनु स्वभाविक भएको उनको तर्क छ।
दरबन्दी बढेको संघ संस्थाहरुमा पनि त्यसभित्रका सबै उपसमुहको नबढेका कारण त्यस्ता संस्थाले आपत्ति जनाइरहेका छन्। स्वास्थ्यमन्त्रालयले आगामी ५ वर्षमा २५ सयको दरले १२ हजार ५ सयका दरले स्वास्थ्य जनशक्तिको दरबन्दी थप्ने योजनासहित अगाडि बढेको प्रवक्ता डा बुढाथोकी बताउँछन्।
‘यो पटक १७ अस्पतालहरुमा मात्रै बढाइएको छ,‘यसमा मन्त्रालय, विभागमा कार्यरत्त जनशक्तिलाई समावेश गरिएको छैन। अर्काे पटक अन्य निकायको सम्बोधन हुन्छ’, डा बुढाथोकीले भने ‘उहाँहरुको माग अनुरुपको सम्बोधन गर्न सक्ने आर्थिक हैसियत राज्यसँग छैन’,‘दबाब र जिज्ञासालाई मन्त्रालयले सामान्य रुपमा लिएको छ।’
अझै पनि दरबन्दी संख्या यकिन गर्नका लागि अर्थ मन्त्रालय स्वास्थ्यका प्रतिनिधी बोलाउने र त्यसमा घटबढ हुने डा बुढाथोकी बताउँछन् । ध्यानाकर्षण दिएका संस्थाहरुको माग सम्बोधन गराउनका स्वास्थ्य मन्त्रालयले अझै पनि प्रयास गर्ने उनी बताउँछन्।
पाँच वर्षमा १२ हजार थप्ने लक्ष्य छ : स्वास्थ्य तथा जनसंख्या मन्त्री
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लामो समय पछि स्वास्थ्य क्षेत्रमा पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने बताएका छन्।
हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया शुरु भएको बताएका छन्। यसलाई त्यसैको प्रक्रियाका रुपमा उल्लेख गरे।
यसवर्ष झन्डै २५ सय जनशक्ति थप्ने प्रस्ताव चाँडै नै मन्त्री परिषद् पुग्ने बताए। ७ सय डाक्टर र ९ सय नर्सको लोकसेवाले विज्ञापन खोल्ने र बाँकी अन्य विभिन्न विधा रहेको उनको भनाइ छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशस्थित नेपाली दूतावासहरूमा फोन गर्दा नउठ्ने गुनासोलाई सम्बोधन गर्न नयाँ प्रविधि प्रयोग गर्न लागेको बताएका छन् । निश्चित समयसम्म दूतावासमा फोन नउठे उक्त कल स्वतः नेपालमा रहेको कल सेन्टरमा ‘आईपी बेस्ड फोन’ मार्फत फरवार्ड हुने व्यवस्था मिलाउन लागिएको उनले जानकारी दिए ।
मंगलबार संसदमा आफ्नो मन्त्रालयमा विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री भण्डारीले यो व्यवस्थाले विदेशमा समस्यामा परेका नेपालीलाई ठुलो राहत मिल्ने विश्वास व्यक्त गरे ।
“कैयौँ बाहिर रहेका नेपालीहरुको गुनासो छ, त्यहाँका एम्बेसीहरुमा फोन उठ्दैनन्,” भण्डारीले भने, “त्यसको लागि हामीले एआई र इन्टेलिजेन्सलाई युज गर्दैछौं ।” उनले दूतावासमा फोन नउठ्दा विदेशमा रहेका नेपालीले भोग्नुपरेको समस्यालाई अन्त्य गर्न यो प्रणाली प्रभावकारी हुने बताए ।
यो नयाँ व्यवस्था राष्ट्रिय श्रम बजार सूचना प्रणाली (लेबर मार्केट इन्फर्मेसन सिस्टम) अन्तर्गत लागु गर्न लागिएको हो । यस प्रणालीमा एआई, मसिन लर्निङ जस्ता नयाँ प्रविधि प्रयोग गरी स्वदेश तथा विदेशमा रहेका नेपालीलाई एकीकृत श्रम तथा रोजगार सेवा प्रदान गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे ।
“दूतावासमा फोन उठेन भने निश्चित समयपश्चात त्यो कल नेपालस्थित कल सेन्टरमा आईपी बेस्ड फोन मार्फत फरवार्ड हुने व्यवस्था मिलाउन लागेको जानकारी म सम्मानित संसदलाई दिन चाहन्छु,” उनले भने ।
श्रमसम्बन्धी जानकारी प्रवाहका लागि ‘श्रम सञ्चार’ पोर्टललाई मोबाइल एपको रूपमा विकास गरिएको बताउँदै उनले सीपयुक्त श्रमिक उत्पादन गर्न मागअनुसारको तालिम सञ्चालन गरिने बताए ।
पछिल्लो अध्यावधिक: असार १०, २०८२ १३:२२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ– खाडी मुलुकका उडान रद्द भएपछि सोमबार रातिदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु उडान सञ्चालन भएसँगै गन्तव्यतर्फ उड्न थालेका छन्।
सोमबार राति ११ः३० बजे कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमान कतारको विकसित परिस्थितिका कारण उडान रद्द भएपछि यात्रु विमानस्थलमा नै अलपत्र परेका थिए।
यस्तै, हिमालय एयरलाइन्सको विमानको कतार उडान पनि रद्द हुँदा धेरै सङ्ख्यामा यात्रु अलपत्र परेका थिए। इरानले कतारमा आक्रमण गरेपछि खाडी मुलुकका उडान रद्द भएका थिए। कतारको ‘एयरस्पेस ओपन’ भइसकेकाले गएराति रद्द भएका उडानका यात्रु आज गन्तव्यतर्फ जान थालेको विमानस्थल कार्यालयले जनाएको छ। गएराति रोकिएका उडान आज मध्याह्न १२ बजेका लागि तय गरिएको छ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार गएराति नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको कतार गन्तव्यको उडान रद्द भएको थियो। जसका कारण गन्तव्यमा हिँडेका सयौँ यात्रु विमानस्थलमै अलपत्र परेका थिए। कतारबाट काठमाडौँ आउने विमानको उडान पनि आज रद्द भएको छ। बिहान ८ बजेका लागि काठमाडौँ आइपुग्नुपर्ने विमान कतारले रद्द गरेको बताइएको छ।
महाप्रबन्धक निरौलाले कतारले आफ्नो आकाश खुला गरिसकेकाले अब नियमित रुपमै उडान हुने विश्वास व्यक्त गर्नुभयो। निगमका प्रवक्ता सुवास डाँगीका अनुसार निगमको सोमबार दोहा उडानमा २६९ यात्रु थिए। उनीहरुलाई आज गन्तव्यतर्फ पठाउन विमानस्थलको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ। कतारको परिस्थितिका कारण खाडी मुलुकका नियमित उडानमा केही बिलम्ब हुने बताइएको छ।
सोमबार राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सूचना आएपछि उडान रद्द गरिएको थियो। वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरु अलमलमा परेका थिए। नेपालका तीनसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- आयुर्वेद चिकित्सा परिषद (काउन्सिल) नेपालको अध्यक्षमा डा श्याममणि अधिकारीलाई नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै अधिकारीलाई अध्यक्षमा नियुक्त गरेका हुन्।
डा अधिकारी आयुर्वेद क्षेत्रका विज्ञका रुपमा चिनिन्छन्। उनले नेपालको स्वास्थ्य सेवामा ३३ वर्षभन्दा बढी समय काम गरेर अवकाश पाएका हुन्। अधिकारीले २०३५ सालदेखि २०६९ सालसम्म काम गरेका थिए।
आयुर्वेद र जडिबुटीका विषयमा अधिकारीका दर्जभन्दा बढी पुस्तकहरु प्रकाशनमा छन्।
यसैगरी, काउन्सिलको सदस्यहरुमा नरदेवी अस्पतालमा कार्यरत डा ऐश्वर्य श्रेष्ठ, दाङको विजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा कार्यरत डा प्रवेश श्रीवास्ताव र क्याम्पस प्राचार्यबाट कीर्तिपुर आयुर्वेद क्याम्पसमा कार्यरत डा शिवमंगल प्रसाद नियुक्त भएको मन्त्रालय स्रोतले जानकारी दियो।
काउन्सिलमा निर्वाचनबाट तीन जना सदस्य नियुक्त हुने व्यवस्था रहेको छ।हाल निर्वाचन नभएका कारण ती सदस्यहरु भने रिक्त रहेका छन्। यस्तै मनोनयन तर्फ पनि एक जना नियुक्त हुन बाँकी रहेको छ।
केही नेपाल ऐनमा भएको संशोधन अनुसार काउन्सिलका अध्यक्ष तथा सदस्यहरु मन्त्रिस्तरीय निर्णयबाट नै नियुक्त हुन थालेको हो।
रजिष्ट्रार पद भने मन्त्रिपरिषदबाट नियुक्त हुनु पर्ने भएकाले काउन्सिलमा हाल रजिष्ट्रार नियुक्त हुन बाँकी छ। मन्त्रिपरिषदबाट नियुक्त नभएसम्मका लागि मन्त्रालयले निमित्त रजिष्ट्रारको जिम्मेवारी काउन्सिलमा नै रहेका दिपक भण्डारीलाई दिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । युट्युबमा भिडिओ राखी एक महिलाको चरित्र हत्या गरेको आरोपमा ५६ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, महाराष्ट्र प्रदेश, थाने कश्मीरी रोड घर भएका गोपालप्रसाद खडानन्द गौली रहेका छन् ।
ब्युरोका अनुसार कामको सिलसिलामा गौली र पीडित भनिएकी महिलाको चिनजान भएपछि सामाजिक सञ्जाल फेसबुकमा साथी बनेका थिए । त्यसपछि मेसेन्जरमा कुराकानी हुने गरेका उनीहरूले प्रत्यक्ष भेटघाटका क्रममा फोटो समेत खिचेका थिए । तर तिनै फोटोलाई भिडिओ बनाएर युट्युबमा राखेर चरित्र हत्या गरेको आरोप गौलीमाथि लागेको छ ।
ब्युरोको टोलीले आइतबार काठमाडौँको तिलगङ्गाबाट पक्राउ गरी साइबर अपराधको कसुरमा अदालतको आदेशले म्याद थप गरी आवश्यक अनुसन्धान थालेको छ ।
पछिल्लो अध्यावधिक: असार १०, २०८२ १२:२१
सामाग्री श्रोत :
टेक पाना