२०८२ भाद्र २ सोमबार
LATEST NEWS
२०८२ भाद्र २ सोमबार

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । नगरवासीहरूले घरमै बसेर विभिन्न सेवा सहज रूपमा प्राप्त गर्न सक्नेगरी एप ल्याइएको उल्लेख छ।

नगरपालिकाका अनुसार, ‘Gokarneshwor Municipality App’मा गुनासो र सुझाव पठाउने, विकास योजना सम्बन्धी विचार राख्ने, , सूचना र समाचार पाउने, आपत्कालीन सेवामा सम्पर्क गर्ने तथा धार्मिक–पर्यटकीय स्थलहरूको जानकारी प्राप्त गर्ने सुविधा समावेश गरिएका छन् ।

यस बाहेक एपमा डिजिटल नागरिक बडापत्र, नगर क्षेत्रभित्र सञ्चालनमा रहेका स्वास्थ्य सेवाहरूको विवरण, स्वास्थ्य संस्थाहरूको सम्पर्क तथा स्वास्थ्यसम्बन्धी सूचना समेत एपमा राखिएका छन् । एपमार्फत् नगरवासीले निकट भविष्यमा सिफारिस, स्वास्थ्य कार्ड लगायतका सेवा घरमै बसेर माग गर्न सक्ने बताइएको छ ।

एप गभर्नेन्स अटोमेसन सोलुसन प्रालिले डेभलप गरेको हो । एप गुगल प्ले स्टोर आईओएस एप स्टोर दुवैमा उपलब्ध छ । यसअघि सूचना प्रविधि विभागले सबै स्थानीय तहका लागि हुने गरी तयार पारेको एकीकृत एप भने बन्द भइसकेको छ ।

पछिल्लो अध्यावधिक: असार १०, २०८२ १९:२२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौ– सुरक्षासम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूह (आईएनबिसिजिएसआई) को सोह्रौँ बैठक असार ९–१० गते भारतको पुणेमा सम्पन्न भएको छ।

भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकार विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरले गरेका थिए भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया) गेहेन्द्र राजभण्डारीले गरेका थिए।

Ncell 2
Ncell 2

प्रतिनिधिमण्डलमा सम्बन्धित परराष्ट्र तथा रक्षा मन्त्रालयका अधिकारीहरूका साथै भारतीय सेना र नेपाली सेनाका निर्देशनालयका पदाधिकारीहरू सहभागी रहेका नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

बैठकमा दुवै पक्षले सुरक्षा र रक्षा सहकार्यसँग सम्बन्धित विविध विषयहरू उपकरण आपूर्ति, तालिम, संयुक्त सैन्य अभ्यास, विपद् राहत कार्य र सैन्य आदानप्रदानबारे फलदायी छलफल गरेका थियो। यसका साथै प्रतिनिधिमण्डलले पारस्परिक रूपमा लाभदायक सहकार्यका सम्भावनाहरू खोज्न प्रमुख सार्वजनिक र निजी रक्षा क्षेत्रका उत्पादन स्थलहरूको पनि भ्रमण गरेको थियो।

सन् २००३ मा स्थापित आईएनबिसिजिएसआई भारत र नेपालबीच द्विपक्षीय रक्षा र सुरक्षा सहकार्यलाई समन्वय गर्ने एक छाता संस्थागत संयन्त्र हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र आयुर्वेद चिकित्सालय नरदेविको प्रमुखको जिम्मेवारी हेरफेर गरिएको छ।  

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा डा सन्तोष कुमार ठाकुर नियुक्त भएका हुन्।  डा राम आधार यादव प्रमुख थिए। उनलाई सरुवा गरेर मन्त्रालयमा ल्याइएको छ । 

आयुर्वेद चिकित्सालय नरदेविको निर्देशकमा डा. वासुदेव उपाध्याय नियुक्त भएका हुन्। उनी प्रमुख हुनुअघि डा रामदेव यादव निमित्त निर्देशक थिए। डा उपाध्याय ११ औं तहका हुन्।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुको जिम्मेवारी दिएका हुन्।
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । सशस्त्र प्रहरीमा प्रहरी सहायक निरीक्षक (असई) पदमा नाम निकालि दिने भन्दै पीडितबाट रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितलाई आफ्नो ईसेवा तथा विभिन्न बैँक खातामा ४ लाख ९१ हजार रुपैयाँ जम्मा गर्न लगाई ठगी गरी फरार रहेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले ४७ वर्षीय सोम कौशिक क्षत्रीलाई पक्राउ गरेको हो ।

कार्यालयका अनुसार आइतबार काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा उनलाई काठमाडौँकै नागार्जुन रामकोटबाट पक्राउ गरिएको हो । सोमबार पक्राउ परेका क्षत्रीमाथि ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ । 

पछिल्लो अध्यावधिक: असार १०, २०८२ १८:२४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मिथेन ग्यासको परीक्षण उत्पादनपछि आगामी आर्थिक वर्षभित्र व्यवसायिक उत्पादन भइसक्ने बताएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

अहिलेको सरकारले सबै ठाउँमा आवश्यक बाटा घाटा र निर्माणमा ध्यान दिने उल्लेख गर्दै उनले राष्ट्रिय हितलाई ध्यानमा राखेर सबै विषयमा सरकारले आवश्यक र उचित काम गर्ने स्पष्ट गरे।

Ncell 2
Ncell 2

उनले भने, ‘राष्ट्रिय हितका सन्दर्भमा सजग रहेर विश्व शान्ति र न्यायका पक्षमा सदैव हामी छौँ। हाम्रो असंलग्न परराष्ट्र नीतिप्रति हामी प्रतिबद्ध छौँ। प्रविधि र पुँजी ल्याउँदा साम्राज्यवाद आउँछ भनिनु हुँदैन। हामीले साम्राज्यवाद नपस्ने गरी विदेशी पुँजीको लगानी गर्छौँ। कुनै पनि विकासका लागि लगानी र ऋण ल्याउँदा राष्ट्रको आवश्यकता र औचित्यताका आधारमा सम्झौता गरिनेछ तर यसमा सङ्कीर्ण सोचमा हामी हुन्नौँ।’

प्रधानमन्त्री ओलीले सरोकारवाला पक्षले आवाज उठाए पनि वन नउठाए पनि निजामती विधेयक र विद्यालय शिक्षा विधेयक तुरुन्तै ल्याउने विश्वास व्यक्त गरे। उनले दैलेखमा उत्खनन भएको मिथेन ग्यासको आगामी आर्थिक वर्षभित्र उत्पादन र सदुपयोग हुने गरी काम गरिने प्रतिबद्धता व्यक्त गरे।

‘हामीलाई छिटो र धेरै ठाउँमा विकास चाहिएको छ तर बजेट कम छ। त्यसकारण बजेटमा सबै सांसद् सन्तुष्ट हुन नसक्ने स्थिति हुन सक्छ। माग र आपूर्तिको असन्तुलन मिलाउन आगामी दिनमा ध्यान दिइनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई लगानीको आवश्यकता रहेको छ। यसका लागि निजी क्षेत्र र वैदेशिक लगानी ल्याउनु परेको छ। लगानीको आवश्यकता विश्लेषण र योजनाका लागि लगानी बोर्डबाट प्रभावकारी काम गरिनेछ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- सरकार र निजी मेडिकल कलेजबीच आवासीय चिकित्सकलाई ४८ हजार ७ सय ३७ रुपैयाँ निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोग निर्णय कार्यान्वयन गर्ने सहमति भएपनि केही मेडिकल कलेजले नदिएको भन्दै नेपाल चिकित्सक संघ (एनएमए)ले ध्यानाकर्षण पत्र बुझाएको छ। 

हालसम्म उक्त निर्वाह भत्ता नदिनेमा दुईटा कलेज संघीय सांसद समेत रहेका डा सुनिल शर्माले सञ्चालन गरेका रहेका छन्। नोबेल मेडिकल कलेज, विराटनगर र काठमाडौँ मेडिकल कलेज, काठमाडौँ उनले सञ्चालन गरिरहेका छन्। त्यहाँ कार्यरत आवासीय चिकित्सकले तोकिएको भत्ता नपाएको एनएमएको ध्यानाकर्षण पत्रमा उल्लेख छ। 

अर्को चितवन मेडिकल कलेज रहेको छ। त्यसैगरी कान्तिपुर डेन्टल कलेज, काठमाडौँ र पिपल्स डेन्टल कलेज, काठमाडौँले पनि उक्त भत्ता दिएका छन्। 

चिकित्सा शिक्षा आयोगका सह-अध्यक्ष समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई पत्र लेख्दै आवश्यक कारबाही गर्ने आग्रह गरिएको छ। 

अध्यक्ष डा अनिलबिक्रम कार्की र महासचिव डा सञ्जीव तिवारी हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,  ‘ उपरोक्त सम्बन्धमा चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकमा नेपालका आवासीय चिकित्सक (एमडी/एमएस/एमडीएस) हरूको निर्वाह भत्ता नेपाल सरकारको आठौँ तह सरह रु ४८,७३७/- उपलब्ध गराउने निर्णय भएको र कार्यान्वयनको लागि परिपत्र गरिएको  माननीय मन्त्रीज्यूलाई विदितै छ ।
उक्त निर्णय कार्यान्वयन गर्नका लागि सम्पूर्ण निजि मेडिकल तथा डेन्टल कलेजहरूलाई परिपत्र गरिएको भएपनि उल्लेखित संस्थाहरुद्वारा आयोगको निर्णयको अवहेलना गरीएकोले आयोगद्वारा उक्त संस्थाहरूमा एमबीबीएस/बीडीएस तथा डीएम /एमसीएचलगायतका कार्यक्रमहरूको अनुगमन र सिट निर्धारण प्रकृया रद्द गरी आवश्यक कारवाही गर्न हार्दिक आग्रह गर्दछौं।’


 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । स्मार्टफोन निर्माता कम्पनी सामसङले आगामी ९ जुलाईमा आफ्नो ‘ग्यालेक्सी अनप्याक्ड’ कार्यक्रम आयोजना गर्ने भएको छ । अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनमा नेपाली समय अनुसार राति राति ७ः४५ बजे सुरु हुनेछ ।

कम्पनीको भनाइअनुसार, एआई तीव्र रूपमा नयाँ युजर इन्टरफेसमा परिणत हुँदैछ, जसले प्रविधिसँगको हाम्रो सम्बन्धलाई पुनः परिभाषित गर्नेछ । यसको अर्थ अबका स्मार्टफोन केवल एप र डिभाइस मात्र नभई प्रयोगकर्ताको मनसाय बुझ्ने र वास्तविक समयमा प्रतिक्रिया दिने ‘स्मार्ट साथी’ मा विकसित भइरहेका छन् ।

सामसङले औपचारिक रूपमा सार्वजनिक गर्ने डिभाइसहरूको नाम भने खुलाएको छैन । तर बजार चर्चा अनुसार अनप्याक्ड इभेन्टमार्फत ग्यालेक्सी जेड फोल्ड ७, ग्यालेक्सी जेड फ्लिप ७, ग्यालेक्सी जेड फ्लिप ७ एफई, ग्यालेक्सी वाच ८ सिरिज र नयाँ ग्यालेक्सी वाच अल्ट्रा आउने अपेक्षा गरिएको छ ।

सामसङले जारी गरेको टिजर भिडिओको अन्त्यमा ‘अल्ट्रा अनफोल्ड’ (Ultra Unfolds) भन्ने वाक्यांश देखाइएको छ । जसले फोल्डिङ अल्ट्रा फोनको सम्भावनातर्फ समेत सङ्केत गरेको छ । सामसङले आफ्नो घोषणामा ‘ग्यालेक्सी इकोसिस्टममा थपिएका नयाँ भर्सन’लाई लिएर समेत सङ्केत दिएको छ । जसले बहु प्रतीक्षित ‘ट्राइ-फोल्ड’ अर्थात् तीन पटक पट्याउन मिल्ने फोनको बारेमा पनि कुरा हुन सक्ने सम्भावनालाई जोड दिन्छ । यद्यपि, तत्काल यो फोन सार्वजनिक हुने सम्भावना भने न्यून रहेको आँकलन गरिएको छ ।

ब्रुकलिनलाई ‘दूरदर्शी सोच र बोल्ड आइडियामार्फत भविष्यलाई आकार दिने’ स्थानको रूपमा वर्णन गरिएको छ । त्यसै अनुरूप सामसङले यसै स्थानमा आफ्ना नयाँ ग्यालेक्सी उत्पादनहरू सार्वजनिक गर्न लागेको हो । यो कार्यक्रम सामसङको आधिकारिक वेबसाइट, सामसङ न्युज रुम र सामसङको युट्युब च्यानल मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।

नयाँ डिभाइसका लागि प्रि-अर्डर रिजर्भ गर्ने प्रयोगकर्ताहरूलाई ५० अमेरिकी डलरको क्रेडिट उपलब्ध गराइनेछ, जुन सामसङ डट कममा प्रयोग गर्न सकिनेछ । यसले ग्राहकहरूलाई नयाँ फोल्डेबल डिभाइस खरिद गर्न प्रोत्साहन गर्ने देखिन्छ । 

पछिल्लो अध्यावधिक: असार १०, २०८२ १७:१३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने युवा शक्तिलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न कृषि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएका छन्।

राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहान गर्नुपर्ने उल्लेख गरेका हुन्। 

उनले विदेशबाट फर्केका युवाहरूलाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने पनि वातावरणको निर्माणमा हाम्रा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने बताए। 

Ncell 2
Ncell 2

राष्ट्रपति पौडेलले भने–‘कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै विउविजन र मलको आपूर्ति, नवीनतम औजार÷उपकरण÷यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्ने विषयहरू हुन्। यसतर्फ म सबैको ध्यानाकर्षण गराउन चाहन्छु।’ 

राष्ट्रपति पौडेलले नेपालको कृषि क्षेत्रले उपभोगमुखी उत्पादन र न्यून निर्यात क्षमता र उच्च व्यापार घाटाको प्रतिविम्व गर्ने गरेको उल्लेख गर्दै अशिक्षित, गरिबी र न्युन आय हुने परिवारको पेशाको रुपमा रहेको कृषि व्यवसायले अहिले परिचय फेरेको बताए। 

उनले भने–‘शिक्षित युवावर्ग तथा उच्च आय हुने परिवारले पनि अहिले कृषिलाई मुख्य पेशा बनाई यसैबाट लाखौ आम्दानी गरिरहेका उदाहरणहरू छन् र कृषिमा नविनतम प्रविधि भित्रिएको छ। कृषि क्षेत्रमा प्रशस्त सम्भावना देखिएका छन्। अहिले नेपालले कतिपय कृषिजन्य उत्पादनरू निर्यात गरी आम्दानी गरिरहेको छ भने दूग्ध उत्पादन, माछा मासु र अण्डामा आत्मनिर्भर भएको छ। यसरी कृषिले गति लिनुमा तपाईंहरूजस्तै पौरखी कृषकहरूको मेहनत र लगनको कारण हो।’

 

सो अवसरमा राष्ट्रपति पौडेलले कोशी प्रदेशबाट आर्य कृषि फर्मका सुरेश कुमार मेहता, कोशी प्रदेशकै रमेश कृषि फर्मका रमेश साह, मधेश प्रदेशबाट शम्भुनाथ माछा फार्मका भरत कुमार यादव, मधेश प्रदेशबाट निजगढ केरा एग्रिकल्चर फार्मका हिरा बहादुर थापा मगर, बागमतिबाट श्री कालिका पशु विकास केन्द्रका चेत प्रसाद ढकाल, बागमतिबाटै श्री ग्रिनलाइन एग्रो प्रालिका दयाराम मचामसी, गण्डकीबाट श्री ङवाङहिसी कृषि तथा पशुपन्छी अर्गानिक फर्मका छिरिङ गुरुङ, गण्डकीबाटै श्री मित्र बाटिका कृषि फर्मका बाटुली तिवारी, लुम्बीनीबाट श्री जयपाल मौर्य, लुम्बिनीबाट श्री शान्ति उन्नत पशुपालन तथा माछा फर्म प्रालिका सुवास कुर्मी, कर्णालीबाट श्री गोविन्द ओली र भरतनाथ योगी, सुदुरपश्चिमबाट खप्तड पशुपन्छी तथा कृषि फर्मका प्रेम प्रसाद जोशी र कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्रालिका लोकबहादुर थापालाई सम्मान गरेका थिए।

download-1750761791.jpg

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- अछाम जिल्लाको साँफेबगर नगरपालिकामा अवस्थित बयालपाटा अस्पतालमा जापान सरकारले प्रदान गरेको मेडिकल उपकरणको हस्तान्तरण कार्यक्रम जुन २४ मा सम्पन्न भयो। उक्त कार्यक्रममा नेपालका लागि कार्यवाहक जापानी राजदूत श्री तमुरा ताकाहिरोको उपस्थिति रहेको थियो।

जापान सरकारको ग्रासरुट मानव सुरक्षा परियोजना  अन्तर्गत, बयालपाटा अस्पतालमा ट्रमा तथा हाडजोर्नी  उपचार सेवा प्रवाहका लागि आवश्यक मेडिकल उपकरण स्थापनाको लागि ६६,२६३ अमेरिकी डलर (झण्डै ८९ लाख नेपाली रुपैयाँ) बराबरको अनुदान प्रदान गरिएको हो। बयालपाटा अस्पताल न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा अछाम, बाजुरा, डोटी (सुदूरपश्चिम प्रदेश) तथा कालीकोट र दैलेख (कर्णाली प्रदेश) जिल्लाका लागि प्रमुख स्वास्थ्य संस्थाका रूपमा सञ्चालन गर्दै आएको छ।


 

सो अवसरमा जापानी कार्यवाहक राजदूत तमुराले परियोजनाको सफल कार्यान्वयनमा संलग्न सबै पक्षको प्रयासप्रति प्रशंसा व्यक्त गर्दै, उक्त सहयोगले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच वृद्धि हुनुका साथै जापान र नेपालको जनस्तरीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे।

उक्त परियोजना जनस्तरमा प्रत्यक्ष लाभ पुग्ने परियोजना कार्यान्वयन गरी देशको सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना गरिएको हो। सन् १९९१ देखि हालसम्म नेपालमा २०० भन्दा बढी उक्त परियोजना परियोजनाहरू कार्यान्वयन भइसकेका छन्।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल कम्पनी मेटा (फेसबुक) लगायतका कम्पनीले नेपाललाई हेपेको र देशको सार्वभौमसत्तामाथि नै प्रश्न उठाएको आरोप लगाएका छन् । मंगलबार संसदमा आफ्नो मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले पटक-पटकको आग्रहपछि पनि ठुला सामाजिक सञ्जाल सञ्चालक कम्पनी दर्ता प्रक्रियामा आउन अटेर गरेको सुनाए ।

मन्त्रालयले  तीन पटकसम्म दर्ताका लागि आह्वान गर्दा पनि ती कम्पनीहरूले बेवास्ता गरेको उनको भनाइ थियो । मेटाका प्रतिनिधिहरूले ‘तिमीहरूको देशमा सामाजिक सञ्जाल नियमन गर्ने विधेयक नै छैन’ भन्दै आलोचना गर्ने गरेको उनले सुनाए ।

“म दुःखका साथ के भन्न चाहन्छु भने, तिनीहरूले हाम्रो देशलाई एउटा सोभरेन कन्ट्रीको रुपमा पनि नमान्ने, हामीलाई हेपेर बोल्ने, तिमीहरूको देशमा सोसल मिडियालाई नियमन गर्ने विधेयक पनि नभएको जस्ता आलोचनाहरू गरेर बसिरहेको कारणले गर्दा खेरि अहिले हामी त्यसको अध्ययन गर्दैछौं,” उनले भने । 

विद्यमान कानुनी कमजोरीको फाइदा उठाउँदै मेटासहितका कम्पनीहरू दर्ता प्रक्रियाबाट पन्छिन खोजेको मन्त्री गुरुङको आरोप थियो ।

हाल नेपालमा ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८०’ मात्रै कार्यान्वयनमा छ । यसैको आधारमा सरकारले टिकटकलाई बन्द गरेको र पछि दर्ता प्रक्रियामा आएपछि पुनः सञ्चालन अनुमति दिएको थियो । तर, अन्य ठुला प्लेटफर्मले निर्देशिकालाई पर्याप्त नठानेको मन्त्रीको गुनासो छ । यही समस्या समाधान गर्न सरकारले सामाजिक सञ्जाल विधेयक संसदमा पेस गरिसकेको उनले जानकारी दिए ।

मन्त्री गुरुङले दर्ता नहुँदा ती प्लेटफर्ममा आउने सामग्रीको अनुगमन, मोडेरेसन र फिल्टरेसन गर्न नसकिएको बताए । दर्ता भएर ‘पोइन्ट अफ कन्ट्याक्ट’ तोकिएको भए आपत्तिजनक सामग्री हटाउन र नियमन गर्न सहज हुने उनको भनाइ थियो ।

मन्त्री गुरुङले नेपालको कानुन नमान्ने र नियममा नआउने सामाजिक सञ्जाललाई सरकारले कारबाही गर्ने चेतावनी दिए । “नेपालको कानुन नमान्नेहरू, नियम नमान्नेहरू, सरकारसँग कम्प्लाई नगर्नेहरूलाई सधैँ माया गरिराख्नुपर्छ भन्ने छैन, त्यसलाई हामी व्यवस्थापन गर्छौं,” उनले भने ।

पछिल्लो अध्यावधिक: असार १०, २०८२ १६:२३





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट