२०८३ कार्तिक १२ बुधबार
LATEST NEWS
२०८३ कार्तिक १२ बुधबार

समिम मियाँ / साइप्रस-नेपाल डटकम

लिमासोल / १९ अगस्ट

चितवन सेवा समाज साइप्रसले तेस्रो बार्षिक उत्सब संगै तीज कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। गत आइतबार निकोसिया स्थित ट्रीकिस प्यालेसमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली वाणिज्यदूत डा. रामजीवन पंजियारले तीजको शुभकामना दिदै सेप्टेम्बर को पहिलो हप्ता देखि सेफ हाउस संचालनमा आउने जानकारी दिनु भयो । सेफ हाउसले दुख पिडा परेका नेपालीलाइ ठुलो टेवा पुग्ने विश्वास रहेको उहाले बताउनु भयो । कार्यक्रममा विशिस्ट अतिथि एनआरएन आइसीसीका प्रतिनिधि रञ्‍जित महतोले आउदै गरेको एनआरएन साइप्रसको चुनाव, स्थानीय नेपाली समुदायको भूमिका र नेपाल पर्यटन वर्ष २०२० बारे बोल्नु भएको थियो भने सँस्था कि संरक्षक जसुमाया पुन ले स्वागत मन्तब्य राख्नु भएको थियो ।

नेपाली वाणिज्यदूत डा. रामजीवन पंजियार फोटो : समिम मियाँ

चितवन सेवा समाज कि अध्यक्ष कविता भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा एनआरएन साइप्रसका अध्यक्ष सुवास मल्ल, हातेमालो युवा समाज नेपालका अध्यक्ष बिनोद तिमिल्सिना, नेपाल तामांग घेदुंग साइप्रस महासचिव लक्ष्मी ब्लोन तामाग, रास्ट्रिय जनमुक्ति पार्टी, साइप्रस कि तारा राइ, प्रवाशी नेपाली एकता मंचका धता नन्द पाण्डेय, तमु समाज साइप्रस, शेर्पा केदुंग साइप्रस, नेपाल मगर संघ साइप्रस का प्रतिनिधि लगायत विभिन्न संघसस्था का प्रतिनिधि र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।


“सेवा नै धर्म हो, चितवनको विकास र सामाजिक भावना, समाजको एकता र सम्वृद्धिको चाहना ” भन्ने मूल नाराका साथ सन् २०१६ मा स्थापित चितवन सेवा समाज साइप्रसले स्थापनाकाल देखि नै अनाथ , विपन्न, पिछडिएका,गरिव तथा जेहन्दार विधार्थीहरुलाई शिक्षा प्रदान गर्दै आइ रहेको छ। हाल ८ जना विधार्थीहरुको सम्पूर्ण शैक्षिक खर्च समाजले उपलब्ध गराईरहेको छ । कार्यक्रमबाट संकलित रकमबाट तत्काल नै नेपाल पठाइने अध्यक्ष भण्डारीले बताउनु भयो ।
संस्थाले थालनी गरेको सामाजिक कार्यमा सहयोग गर्ने सहयोगीहरुलाई मायाको चिनो र प्रशंसा पत्र प्रदान गरिएको थियो ।

मायाको चिनो प्रदान गर्दै
प्रशंसा पत्र प्रदान गर्दै

साँस्कृतिक कार्यक्रम
कार्यक्रमका मुख्य आकर्षण चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको सांगीतिक प्रस्तुतीले माहोल निकै तातियो । ‘मेरो माया बसेको ठाउँमा, बत्ति बाल्नै पर्दैन त्यो गाँउमा ” , ‘टलटल टल्कने ऐना’ बोलको गीत गाउदै दर्शक मन्त्रमुक्त भए । गायक सपुतले चर्चित गित र्याप दोहोरि ब्याटल” गाएर दर्शक उफारे “वान्स मोर” को अनुरोधले कार्यक्रम हल गुन्जायमान भयो। तातिएको माहोलमा “गलबन्दी ” गुन्जिए पछी प्रकाश सपुत लेखिएको गलबन्दी एक दर्शकले उपहार स्वरूप प्रदान गरिन “गलबन्दी च्यातियो तिम्ले तानेर” बोलको गितमा दर्शकले निकै मनोरंजन लिए, यस पटक पनि “वान्स मोर” को अनुरोध आएपछि फेरी दर्शकलाई झुमाएर मन जित्न सफल भए ।

नव गायक सुरेन ताम्लिंग लिम्बुले पनि दर्शक नचाउन सफल भए । स्थानीय कलाकारहरुको प्रस्तुतिले सबैको वाहवाही पाए । सुस्मा राइ , पावी घिमिरे, सुस्मा कान्छी लगायत कलाकारले नृत्य प्रस्तुत गरे भने समिर भट्टराइ, सृजना कटुवाल लगायत कलाकारले गायन प्रस्तुत गरे । कार्यक्रमलाई शान्ती रिमालले संचालन गरेकी थिइन् ।

सुस्मा राइ
पावि घिमिरे
प्रकाश सपुत

ch

चितवन सेवा समाजले आयोजना गरेको तिज धमाका कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ
आइतबार राजधानी निकोसिया स्थित ट्रीकिस प्यालेस मा सम्पन्न कार्यक्रममा खिचिएका केहि तस्विरहरु

उपस्थित दर्शक
मोबाइल मा रेकर्ड हुदैँ गरेको
शुभकामना मन्तब्य दिदै विशेष अतिथि
अध्यक्ष कबिता भण्डारी
मायाको चिनो प्रदान गर्दै चितवन सेवा समाज का पदाधिकारी
अतिथि कलाकारहरु संग चितवन सेवा समाज साइप्रस कार्यसमिति

साइप्रस-नेपाल / 17 aug

चितवन सेवा समाज साइप्रसले आयोजना गरेको “तिज धमाका २०१९” कार्यक्रमका लागि चर्चित लोकदोहोरी गायक प्रकाश सपुत शनिवार साँझ साइप्रस आइपुग्नु भएको छ । नव गायक सुरेन ताम्लिंग भने बुधबार नै आइसक्नु भएको छ । तिजको कार्यक्रम संगै समाजले आफ्नो तेस्रो वार्षिकोत्सब मनाउनेछ ।

Photo : Bishant Jung sahi

अनाथ बिपन्न, पिछडिएका, गरिब तथा जेहन्दार बालबालिकाको सहयोगार्थ हुन लागेको उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भै सकेको छ । स्थापना काल देखिनै सामाजिक काम गर्दै आएको  समाजले हाल ८ जना विधार्थीहरुको सम्पूर्ण शैक्षिक खर्च उपलब्ध गराईरहेको छ ।

आइतबार निकोसिया स्थित ट्रीकिस प्यालेसमा हुने कार्यक्रममा नेपालका चर्चित गायक प्रकाश सपुत र नवोदित गायक सुरेन ताम्लिंग लिम्बुको सांगीतिक प्रस्तुति संगै स्थानीय कलाकारहरुको पनि जोडदार प्रस्तुति हुने बताइएको छ ।

Photo : Bishant Jung sahi

पछिल्लो समयमा गायक प्रकाश सपुतको दोहोरि ब्याटल, बोल माया र गलबन्दी गितले सर्वत्र चर्चा पाएको थियो भने धेरैको मनमुटुमा बस्न सफल भएको थियो ।

Photo : Bishant Jung sahi

कार्यक्रम बारे थप जानकारी र टिकटको लागि सम्पर्क
————( लिमासोल )————
1:- sen sham>>>96634122
2:- Kalika Thapa Sedhain>>96262821
3:- Manju Singh Thakuri >>96907284
4:- Pradip Poudel >>96164839

————( पाफोस )————
1:- Dipak Ghayal >>>96839761
2:- Lamkan Babu>>>96428114
3:- आसा छ्न्त्याल >>>96927082
————-( लार्नाका )————–
1:- Tamangni KT>>>96197072
2:- Dhata Nanda Pandey>>>96588161
————-( पारालिमिनी )———–
1:- Sabi Thapa>>>96294577
2:- Rubi Thapa>>>96859767
3:- Sita Nanu Gomjaa Tmg>>>96739953
4:- Chitwan Sewa Samaj Cyprus

————( निकोसिया )————–
1:- Kabita Bhandari—(अध्यक्ष )>>>>>96471974
2:- Naina Gurung>>>96979078
3:- Muna Gurung >>>96202531
4:- Saru Nepol>>>>> 96837098
5:- Bantawa di >>>>>96088572

१२ अगस्ट / लिमासोल

नेपाली जनसम्पर्क समिति साईप्रसको सभापतिमा सीता अर्याल निर्विरोध निर्वाचित भएकी छिन् । आईतबार साईप्रस स्थित लिमासोल नेपाली भेटघाट रेस्टुरेन्टमा आयोजित समितिको पहिलो अधिवेशनबाट अर्यालको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

अधिवेशनबाट उपसभापतिहरुमा पुष्पा मिश्र, कर्चुङ लामा ह्योल्मो, महामन्त्रीहरुमा कुमार सिंह मन्याल र सरस्वति तिमल्सिना, सहमहामन्त्रीहरुमा इन्दिरा उप्रेती, पेम्बा ओमु लामा, लक्ष्मी पौडेल, लक्ष्मी काफ्ले निर्वाचित भएका छन् । साईप्रसको कूल ४ क्षेत्रहरुको प्रतिनिधित्व यी ४ महामन्त्रीहरुले गर्नेछन् । अर्को तर्फ अधिवेशनबाट कोषाध्यक्षमा लक्ष्मिता गुरुङ निर्वाचित भएकी छिन् । त्यस्तै, सदस्यहरुमा सरस्वति भुसाल, कुशुम गुरुङ, चमेली धिताल, रुपक खतिवडा, कृष्ण आचार्य, राम सुन्दर यादव, श्रृटिना महर्जन विजयी भएका छन् ।

सामुहिक तस्बिर खिचाउदै नव निर्वाचित कार्यसमिति तस्बिर : बिशंत जंग शाही

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न देशका जनसम्पर्क समितिका सभापतिहरु र एनआरएनका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति एवं केन्द्रीय प्रतिनिधि बिरेन्द्र सिंह कार्की, साईप्रस स्थित नेपाली महावाणिज्यदूत डा. राम जीवन पञ्जियार, एनआरएनएका केन्द्रीय उपाध्यक्ष कूलप्रसाद आचार्य, नेपाली जनसम्पर्क समिति कतारका पूर्व सभापति तथा एनआरएनएका आईसीसी सदस्य विमल सुवेदी लगायतले विशेष अतिथिको रुपमा उपस्थिति जनाएका थिए । अतिथिमा यातायात व्यवस्था विभागका निर्देशक तीर्थराज खनाल र नेपाली काँग्रेसका काभ्रे जिल्लाका कार्यालय सचिव विनोद तिमल्सिना, एनआरएनएका आईसीसी सदस्य रञ्जीत महतो र एनआरएनए साईप्रसका अध्यक्ष सुवास मल्ल लगाएत उपस्थिति रहेको थियो ।

सामुहिक तस्बिर खिचाउदै नव निर्वाचित कार्यसमिति तस्बिर : बिशंत जंग शाही

विभिन्न समयमा समितिले साइप्रसका नेपालीले भोगनु परेका समस्या बारे जानकारी गराउदै नेपाल सरकारको ध्यानाकर्षण गराउने गरेको छ । समितिले सन् २०१७ मा नेपालका परराष्ट्रमन्त्री, परराष्ट्र सचिब र श्रम मन्त्रीलाई भेट गरि ज्ञापन पत्र बुझाउदै साइप्रसका समस्या समाधान बारेमा पहल गर्दै यथासिघ्र कदम चाल्न अनुरोध गरेको थियो ।
खास गरि घरेलु कामदारको रुप मा साइप्रस आउनेले मालिकबाट दुख पाउने गरेका छन् ।

साइप्रसनेपाल / ११ अगस्ट

साइप्रस मौसम विभागले अत्यन्तै गर्मि हुने जानकारी गराउदै सतर्कता अपनाउन सुचना जारि गरेको छ ।
शनिवार उच्च तापक्रम ४१ डिग्री सेल्सिएस निकोसियामा मापन गरिएको थियो भने ट्रोदोसमा ३२ मापन भएको थियो ।
आइतबार पनि उच्च तापक्रम रहने विभागले जनाएको छ अत्याधिक गर्मि हुने भएकाले सतर्कता अपनाउन पहेलो स्तर जारि गरिएको छ भने तापक्रम ४१ डिग्री सेल्सिएस सम्म पुग्न सक्ने जनाएको छ । सोमबार पनि अत्याधिक गर्मि रहने पूर्वानुमान विभागले गरेको छ ।

साइप्रसनेपाल डटकम

लिमासोल/ ०९ अगस्ट

हामीले धेरै सुनेका र देखेका पनि छौ फलानो त क्यानाडा उड्यो , अस्ति सम्म ielts गर्दै थियो , राम्रो कमाइ हुन्छ रे , पीआर पाउछ रे यस्तै यस्तै कुराहरु पार्क र रेस्टुरेन्टमा साथीहरु संग बस्दा गफ गर्ने बाहाना हुन्छन् फेसबुक वा मेसेन्जर मा यस्तो किसिमको पोस्टर वाला बिज्ञापन आएको पनि देखिन्छ

यस्तो देखे पछी तपाइँ लाइ पनि यस बारे बुज्न मन लाग्यो होला । यस किसिमका पेज मा गएर हेर्नु पनि भयो होला । मेसेज गरेर वा कमेन्ट गरेर पनि सोध्नु भंयो होला । डकुमेन्ट लिएर आउ रजिस्टर गर । कृषि क्षेत्रमा फ्याट्टै भिसा लाग्छ , कमाइ महिनाको 1500 -2200 डलर सम्म हुन्छ भनेर लोभ्याए पनि होलान् । सेवा शुल्क 3500-4500 युरो लाग्छ भनेर तपाइँ लाइ ठुलो सपना पनि देखाए होलान् । पैसा खोजेर भए पनि रजिस्टर पनि गराउनु भो कि ? तर के यति सजिलै छ त क्यानाडा जान ? किन मरिहत्ते गर्छन् त क्यानाडा जान ?

क्यानडा धेरै नेपालीको सपनाको देश पनि हो । क्यानडा जान चाहनेका लागी अब खुसीको खबर आएको छ । केही समय अघि मात्र क्यानडाको संसदले तीन वर्षभित्र १० लाख भन्दा बढी आप्रवासीलाई स्थायी आप्रवासन अनुमतिपत्र दिने प्रस्ताव पारित गरेको छ ।

सन् २०१८ मा मात्र पनि क्यानडाले २ लाख ८६ हजारलाई स्थायी आप्रवास गर्ने अनुमति प्रदान गरेको थियो । २०१९ मा यो संख्या साढे ३ लाख भन्दा बढी हुने अनुमान गरिएको छ । त्यस्तै २०२० मा ३ लाख ६० हजार र २०२१ मा ३ लाख ७० हजारलाई त्यस्तो अनुमतिपत्र प्रदान गरिनेछ ।

हालसम्म क्यानडाका कूल आप्रवासीको संख्या ६ करोड ८५ लाख नाघेको संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगको तथ्याङ्क छ ।क्यानडाका अन्य मित्रराष्ट्रहरुले सुरक्षा जोखिम बढेको भन्दै आप्रवासन नीतिमा कडाई गरिरहँदा उसले भने उदार नीति अपनाइरहेको छ । क्यानडाले यो कार्यलाई प्रमुख प्राथमिकतामा राखेको बताएको छ ।

साइप्रसबाट के के काम मा जान सकिन्छ त क्यानाडा ?

यदि इन्टरनेट को राम्रो ज्ञान छ भने तपाइँ आफैले अनलाइन बाट अप्लाई गरेर काम खोज्न सक्नु हुन्छ । सरकारको जब बैक (job bank) मा दैनिक कामदार आवस्यकताको सुचना प्रकाशन भै राखेको हुन्छ यदि तपाइँ को सिप अनुसार काम देख्नु हुन्छ भने दिएको ईमेल मा आफ्नो कागजपत्र पठाउँन सक्नु हुन्छ । साइप्रसमा भने धेरै नेपाली याया पापु हेर्ने वा बच्चा रेखदेख गर्ने काम मा आउने हुदा यस ब्लग मा भने हामि केयर गिभर र नानि बारे बताउने छौ ।

१८ जुन २०१९ बाट क्यानाडा सरकारले २ ओटा नयाँ पाइलट प्रोग्राम सुरु गरेको छ ।
पहिलो Home Child Care Provider Pilot र दोस्रो Home Support Worker Pilot.
यी काममा जादा तपाइँ ले २ वर्ष पछि पीआर को लागि आवेदन दिन सकिन्छ ।

के के कागजपत्र आवश्यक पर्छ त ?

तपाइँ केयर गिभर र नानि को रुपमा कार्यरत हुँनु हुन्छ भने तपाइँलाई निम्न कागजपत्रको आवश्यकता पर्छ ।

क्यानडा सरकार द्वारा मान्यता प्राप्त एजेन्सी कुन हो कसरी चिन्ने ?

हामि क्यानडा पठाउने एजेन्सी हौ भनेर कसैले भन्छ भने पहिला ICCRC मा affiliated agents of immigration consultant को रुपमा दर्ता भएको/ नभएको सोध्नुस् । दर्ता भएको भए iccrc number माग्नुस् । Number यस्तो प्रकारको हुन्छ R422287 । यो नम्बर iccrc को वेबसाइट मा हाले पछी सबै बिवरण देखाउनेछ ।

अब यहाँ क्लिक गर्नुस् , तपाइँ सिधै ICCRC को वेबसाइटमा पुग्नु हुनेछ । त्यहाँ Find an Immigration Professional (चित्र मा देखाइएको ) मा क्लिक गर्नुस् ।

iccrc website home page

अब तपाई यो यो पेज मा आइपुगे पछी पेज लाइ तल सार्नुस र त्यहा Advanced RCIC Search मा RCIC # देख्नु हुनेछ , त्यहा माग्नु भएको iccrc नम्बर भर्नुस र search मा क्लिक गर्नुस् ।

search गरे पछी तपाई लाइ यस्तो देखाउछ , Agent name , status, contact details.

contact मा क्लिक गरेर हेर्दा सो एजेन्सी को नाम, फोन नम्बर र ठेगाना देखाउछ

यसरि तपाइँ ले आफैले हेरेर सक्कली एजेन्सी हो कि होइन थाहा पाउनु हुनेछ र ठगिन बाट बच्नु हुनेछ ।

साइप्रस मा Swetsar Services Ltd कम्पनिले केयर गिभर र नानि लाइ क्यानाडा ब्राजिल पठाउदै आएको छ । सन् २००२ मा स्थापित कम्पनि iccrc मा दर्ता भएको छ । माथि देखाएको सर्च रिजल्ट र iccrc नम्बर यसै कम्पनि को हो । तपाइँलाइ क्यानडा जाने बारे थप जानकारी चाहिएमा यसको फेसबुक पेज वा हरेक आइतबार हुने ओरेन्टेसन क्लासमा जान सक्नु हुनेछ

किन टोक्नु हुँदैन नङ ?

बिबिसी– भनिन्छ हात सफा भए किटाणू फैलिँदैनन्। खानेकुरा बेच्नेहरूले अझ बढी हात सफा राख्नुपर्छ। सामान्यतया स्वस्थ रहन चिकित्सक देखि घरपरिवारका ठूलाबडाले हात सफा राख्ने सल्लाह दिन्छन्। सबै भन्छन्, ‘हात सफा राख। दिसा–पिसाब गरेपछि साबुनले हात धोऊ, खाना खानुअघि हात धोऊ।’

तर, यथार्थमा हुन्छ के भने हामीले जतिसुकै प्रयास गरे पनि हातबाट ब्याक्टेरिया÷कीटाणू पूर्णतया समाप्त हुँदैनन् वा भनौँ हाम्रो हात किटाणू मुक्त हुँदैन। त्यसैले बिरामीको जाँच वा उपचार गर्दा चिकित्सक र नर्सहरू पन्जा लगाउँछन्।

करिब सय वर्षअघि चिकित्सकले के पाए भने, बारम्बार हात धुँदा पनि हात पूर्ण रुपमा किटाणू मुक्त हुँदैन। तर, यसको कारण पत्ता लगाउन भने करिब ७० वर्षभन्दा बढी समय लाग्यो।

सन् १९७० तिर आएर मात्र हात पूर्णतया किटाणू मुक्त नहुने कारण पत्ता लाग्यो। वैज्ञानिकहरूले परीक्षणबाट के पत्ता लगाए भने हातका औंलाको टुप्पो सफा भए मात्र किटाणू फैलन घट्छ। हाम्रो नङमुनिको ठाउँमा यति धेरै किटाणू हुन्छन् कि यसलाई किटाणू को घर भने हुन्छ।

हात धुँदा नङ र औंलाको काप राम्ररी सफा हुँदैन। साथै हात धोएपछि पनि नङ र काप धेरै बेरसम्म सुक्दैन। सुख्खा नहुने र ओसिलो (भिजेको) ठाउँमा ब्याक्टेरियाको अत्यन्त छिटो वृद्धि हुन्छ।

सन् १९८८ मा अमेरिकाको पेन्सिलभानिया विश्वविद्यालयमा एउटा अनुसन्धान भयो। अनुसन्धानमा २६ जना स्वयंसेवक र केही कर्मचारीका हातको नमूना परीक्षण गरियो। परीक्षणमा नङ र औंलाका काप नै त्यस्ता ठाउँ प्रमाणित भए, जहाँ हातका अन्य भागभन्दा बढी ब्याक्टेरिया पाइयो। पूरै हातभरि हजारौं ब्याक्टेरिया भेटिए भने नङमुनि लाखौं ब्याक्टेरिया फेला परे।

हात धुँदा पनि साबुन नङमुनि मुस्किलले पुग्छ र त्यहाँ रगडेर सफा गर्न पनि कठिन छ। यसैकारण नङमुनि ब्याक्टेरिया मजाले वृद्धि भइरहन्छन्। यसमा हामीले पाल्ने लामा नङ र नक्कली नङको पनि ठूलो योगदान रहन्छ।

सन् १९८९ मा अमेरिकामा त्यहाँका केही नर्सले नङबाट बिरामीलाई हुने हानीबारे लेखेका थिए। यसपछि एउटा अनुसन्धान गरियो। अनुसन्धानमा ५६ जना नक्कली नङ लगाउने नर्स र ५६ जना प्राकृतिक रुपमा नै लामा नङ पालेका नर्सको हातका नमूना लिइयो। परीक्षणमा सक्कलीभन्दा नक्कली नङमुनि बढी ब्याक्टेरिया वृद्धि भइरहेको पाइयो। यसको कारण थियो, नक्कली नङयुक्त हातको सफाइ राम्रोसँग गर्न सकिँदैन।

साथै, नक्कली नङ भएका नर्सहरूले आफ्ना हातका कीटाणू बिरामीलाई सारिरहेका थिए। सन् २००० र २००२ मा गरिएका परीक्षणबाट पनि यस्तै परिणाम आए, जसमा नक्कली नङबाट हुने हानीबारे सचेत गराइएको थियो।

सुन्तला : स्वास्थका लागि फाइदाजनक

नक्कली नङका तुलनामा पालिस लगाएका प्राकृतिक नङमुनि ब्याक्टेरिया थोरै हुने अनुसन्धानहरूले देखाएका छन्। तर, नङमा लगाएको पालिसमा पर्ने चिरामा भने ब्याक्टेरियाको बास हुनसक्छ। सन् १९९३ मा अमेरिकी राज्य बाल्टिमोरस्थित जोन हप्किन्स इन्स्टिच्युटमा भएको एउटा अनुसन्धानले यस्तो परिणाम देखाएको थियो।

यी रिसर्च बाट के प्रस्ट हुन्छ भने स्वस्थ रहन लामो नङ नपाल्नु र सफा राख्नु अत्यन्त आवश्यक छ। यसो गरे हात पूर्णतया किटाणू मुक्त नभए पनि निकै न्यून हुन्छ। भर्खर पालिस लगाएको नङमुनि थोरै किटाणू हुन्छन्। तर चार–पाँच दिन वा त्यसभन्दा अघि पालिस लगाएको नङमुनि भने किटाणू को संख्यामा वृद्धि भइहाल्छ।

बर्सेनि विश्वभर करिब ३० लाख मानिसको मृत्यु डाइरियाबाट हुने गरेको छ। सरसफाइ विज्ञहरूका अनुसार हात राम्ररी धुने हो भने तीमध्ये १० लाखको जीवन बचाउन सकिन्छ। र, हामीले आफ्ना नङ नपाल्ने र हातगोडा सफा राखे अझै धेरै जीवन बचाउन सकिन्छ।

धेरै मानिसको नङ टोक्ने बानी हुन्छ। नङ किटाणू को भण्डार भन्ने थाहा पाइसकेपछि अझै पनि टोक्नु हुन्छ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट