२०८३ असार ५ शुक्रबार
LATEST NEWS
२०८३ असार ५ शुक्रबार

०६ जनवरी २०२० / तमु समाज साइप्रसले गत आइतबार लिमासोल स्थित नेपाली भेटघाट रेस्टुरेन्टमा च्यु ल्होसार २०२० विशेष कार्यक्रम गरि भव्यताका साथ मनाएको छ।

उक्त कार्यक्रमका केहि तस्बिरहरु :

तस्बिर सबै : समिम मियाँ

द्विप प्रज्वलन
नयाँ कार्यसमिति , तमु समाज साइ

साइप्रस -नेपाल / लिमासोल

हामी अधिकांश समय मोबाइलका विभिन्न एप हरुमा व्यथित गरि रहेका हुन्छौ। प्ले स्टोर बाट सजिलै डाउनलोड गरेर विभिन्न सोसल मिडिया दखिका काम मोबाइल बाटै गरिरहेका हुन्छौ।

स्मार्ट फोन र इन्टरनेट हाम्रो जिवनको अभिन्न अंग जस्तै भै सकेको छ।

ब्युटी प्लस, टिकटक, फेसबुक, इमो , म्यासनेजर, इन्स्ताग्राम, मिडिया प्लेयर विभिन्न गेम लगायत चर्चित एप बाहेक तपाइँलाई साइप्रसमा बसुन्जेल उपयोगी हुने केहि एप बारे जानकारी दिदै छौ। जसले तपाइँको समय र पैसाको पनि बचत गर्ने छ।

५ काम लाग्ने एपहरु

2GIS : इन्टरनेट बिना पनि चल्ने अफलाइन म्याप ,डाइरेक्टरी र नेभिगेसन सेवा सहितको यो एप निकै उपयोगी छ। मोबाइलको जिपियस बाट यसले तपाइँ को घर, ठेगाना ,स्थान साथै साइप्रस भरिको नक्सा ‘थ्रीडी’ मा पनि देखाउने गर्छ। खोजेको बिल्डिङ्ग , कम्पनी, अफिस को प्रवेशद्वार, अफिस समय , सम्पर्क नम्बर तथा वेबसाइटको जानकारी साथै सो स्थानको फोटो पनि देखाउने गर्छ।

ड्राइभ गर्दै हुनु हुन्छ भने स्वाचालित भ्वाइस कमाण्डले छोटो तथा बैकल्पिक बाटो को समेत नेभिगेसन गर्ने गर्दछ। आफ्नो स्थान देखि गन्तब्य सम्म यात्रा गर्दा लाग्न सक्ने अनुमानित समय र दुरी को अनि जानकारी दिने यो एप लाई गुगल प्ले स्टोर बाट सजिलै नि:शुल्क डाउनलोड गर्न सकिन्छ।

Bazaraki : बजाराकी एपमा नि:शुल्क वर्गीकृत विज्ञापन प्रकाशन हुने एप हो। यस एप मार्फत साइप्रस भरि नयाँ तथा पुराना कम्प्युटर, मोबाइल, विभिन्न घरेलु सामाग्री, फर्निचर, सवारी साधन, पाटपुर्जा, घर जग्गा भाडामा वा खरिद /बिक्रि गर्न पाइन्छ।

कामको खोजीमा भौतारिएका विधार्थीहरुको लागि पनि यो एपमा “जब” खोज्न सकिन्छ भने काम आवस्यकता भनेर नि:शुल्क विज्ञापन गर्न सकिन्छ रजिस्ट्रेसनको लागि भने मोबाइल नम्बर आवश्यक पर्छ । यो एप लाई गुगल प्ले स्टोर बाट सजिलै डाउनलोड गर्न सकिन्छ।

Foody Cyprus : यो अनलाइन खाना डेलिभर सेवा दिने एप हो। आफ्नो एरियाको पोस्टल कोड हाने पछि त्यस एरियामा खाना डेलिभरि सुविधा दिने रेस्टुरेन्ट को विवरण सहित सम्पूर्ण मेन्यु र मुल्य सहित डेलिभरी हुन लाग्न समय पनि देखाउछ।

यस बाट अर्डर गर्दा क्रेडिट कार्ड वा नगदमा पनि बिल भुक्तानी गर्न सकिन्छ। डिस्काउण्ट र अफर चलिरहने हुँदा सस्तो तथा सुलभ रुपमा खाना घर मै आइपुग्छ। लिमासोल स्थित गुर्खाज किचन( Gurkha’s Kitchen) मा पनि यो सेवा सूचारु भएको छ ।

Bolt : अनलाइन बाट ट्याक्सी बोलाएर गन्तब्यमा पुग्न यो बोल्ट एप निकै उपयोगी छ। उद्गम स्थान देखि गन्तब्य सम्म को भाडा एप ले बुकिङ्ग गर्नु अघि नै देखाई दिने हुनाले ठगि हुने सम्भावना कम हुन्छ। भाडा चित्त बुझे मात्र बुकिङ्ग कन्फम गरि तपाइँ को आसपासमा रहेको बोल्ट ड्राइभरले तपाइँलाइ रिसिभ गर्न तपाइको स्थान मै आउछ।

ट्याक्सी बुक गरेर कन्फर्म भए पछि तपाइँलाई लिन आउने ट्याक्सी कहाँ र कति समयमा आइपुग्यो? ट्याक्सी नम्बर, ड्राइभरको मोबाइल नम्बर लाइभ हेर्न सकिन्छ। तपाइँले क्रेडिट कार्ड वा नगदमा पनि भाडा भुक्तानी गर्न सकिन्छ भने सामान छुटे पनि सम्बन्धित ड्राइभरलाई फोन वा म्यासेज गरेर जानकारी गराउन सकिन्छ। डाउनलोड

read also: साइप्रस प्रहरी सम्पर्क Cyprus Police Contact

Talk home : यो कलिंग एप हो। यस बाट विश्वभरि सस्तोमा कल गर्न सकिन्छ। नेपालमा कल गर्दा मोबाइलमा १० सेन्ट, ल्याण्डलाइनमा १० सेन्ट लाग्छ भने एसएमएस गर्दा १० सेन्ट लाग्छ। साइप्रसका टेलिफोन सेवा प्रदायक कम्पनि भन्दा रेट सस्तो पर्ने एप ले इन्टरनेट को पहुँच नभएका नेपालका परिवारलाई कल गर्न उपयोगी हुन्छ। डाउनलोड

तपाइँले प्रयोग गर्नु यी एप बाहेक अरु पनि एप छन् भने कमेन्ट मा लेख्नु होला।

सेफ हाउस नेपालीलाई सेल्टर

साइप्रस-नेपाल

१६ डिसेम्बर २०१९ / लिमासोल

२ वर्ष भन्दा बढीको प्रतीक्षा पछि नेपाली श्रमिकको लागि आश्रयस्थल को रुपमा ‘सेफ हाउस’ संचालनमा आएको छ।  निकोसियामा एक कार्यक्रम गरि महावाणिज्यदुत डा. रामजीवन पंजियारद्वारा रिबन काटेर सेफहाउस समुद्घाटन गरिएको हो।  

कार्यक्रममा बोल्दै महावाणिज्यदुत डा. रामजीवन पंजियारले सेफ हाउसको आवश्यकता र  सुरुवाती चरण सम्झदै यसको स्थापनाको लागि सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई धन्यवाद दिनु भयो।  सेफ हाउसको दिगो व्यवस्थापन/संचालनको लागि साइप्रसमा स्थापित सबै संघसंस्थालाई यसको जिम्मेवारी दिएको उद्घोस गर्दै संरक्षकको रुपमा आफु सहयोग गर्न तयार  रहको बताउनु भयो। “कुनै बेला कसैलाई अफ्ठ्यारो पर्दा सेफ हाउस मार्फत सहयोग गर्न सक्छौ, अब तपाइहरुलाइ मैले यो सेफ हाउस जिम्मा लगाउन चाहन्छु “ उहाले भन्नु भयो।  

कार्यक्रममा  बोल्दै एनआरएनए साइप्रस का पुर्व अध्यक्ष तथा संरक्षक  सुवास मल्लले यसको स्थापना गर्नु पर्ने अवाश्यकता देखिए पछि यसको आन्तरिक तयारी, कानुनी प्रक्रिया, आर्थिक श्रोत व्यस्थापन, दाताहरुको खोजि , घर व्यवस्थापन, कन्सुलेट तथा राजदुतावास संग बजेट बारे  छलफल,नेपाली संघसस्था संगको समन्वय र स्थानीय गैर सरकारी संस्थाको समन्वय लगायतका कार्यमा सिंगो टिमले गरेको मेहनतको नतिजा स्वरुप संचालनमा आएको सम्झिनु भयो। आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संरक्षक मल्लले कयौ महिना सम्म आफ्नो खल्ती बाट पनि घर भाडा तिरेको अनुभव सम्झीए । सेफ़हाउस संचालन  ढिलाई हुनु मा बजेट प्रमुख कारण रहेको बताउदै सेफ़हाउसमा १३,६७० युरो खर्च भएको जानकारी दिनु भयो।  

विभिन्न संस्थाका  प्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रममा वक्ताहरुले सेफ हाउसको दिगो व्यवस्थापन, संघसस्थाको जिम्मेवारी लगायतका विषयमा सुझाव दिए।  एनआरएनए साइप्रसले सेफ हाउसका  सहयोगी दाताहरुलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो।


साइप्रसमा पीडा झेल्दैछन् नेपाली विद्यार्थी

सेफ़हाउसमा १० ओटा बेड सहित  किचन, बाथरुम, वासिंग मेसिन, फ्रिज, भाडाकुडा लगायत आवश्यक पर्ने सम्पूर्ण घरायसी समान  राखिएको छ भने बस्नको लागि नियम र अनुशासन पालना गर्नु पर्ने हुन्छ। अहिले ३ जनाले आश्रय लिई रहेका छन्। दुख पाएका हाउसमेड तथा अन्य श्रमिकले सेफ़हाउसमा आउन चाहे निम्न नम्बर तथा व्यक्तिलाइ  सम्पर्क गर्न सकिने छ। निकोसियाको लिद्रा बाट ३/४ मिनेट को दुरीमा सेफ़हाउस अवस्थित छ।  

स्थान :- Leoforos Evagorou A. 3-7, Nicosia

सम्पर्क नम्बर :- 96598422, 97668827, 96570045, 96193868

नेपालीलाई सहभागी हुन आह्वान

साइप्रस-नेपाल

१२ डिसेम्बर २०१९ / लिमासोल

सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवाशी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसघंले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवाशी दिवस का रुपमा मनाउने निर्णय गरेको थियो । 

आप्रवाशी हरु जुन देशमा पुगेको हो त्यहि देशको कानुन अनुसारको पारिश्रमिक तथा अन्य सेवासुविधा, न्यूनतम मानवअधिकार, विदेशी नागरिक भएको कारण विभेद नहोस् भन्ने भन्ने उद्देश्य सहित सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाइदै आएको छ ।

साइप्रसमा पनि डिसेम्बर १५ मा ‘किसा’ नामक गैर सरकारी संस्थाले शान्तिपूर्ण विरोध र्याली आयोजना गर्ने भएको छ। अप्रवासीको समान अधिकारको माग गर्दै निकोसिया स्थित पापोस गेट बाट र्याली सुरु सोलोमौ स्क्वाएर पार्क मा समापन हुने साथै भिन्न संस्कृति,नृत्य, खाना लगायतको कार्यक्रम हुने बताइएको छ।

साइप्रसको श्रम बजारमा नि:शुल्क रुपमा सहज पहुँच हुनु पर्ने , सबैका लागि राष्ट्रिय स्वास्थ्य प्रणालीमा समान पहुँच हुनु पर्ने, सामाजिक बिमा योजनामा आप्रवाशी को योगदानमा दिएको असमान सुविधा सुधार गर्दै समनाता सुनिश्चित हुनु पर्ने , महिला हिँसा बन्द गर्नु पर्ने, प्रवासी बालबालिकाको हक अधिकार सुनिश्चित गर्नु पर्ने , सिप्रियोट समाज प्रति आप्रवासीको योगदानको मुल्यांकन र सम्मान हुनु पर्ने माग राख्दै प्रदर्शन हुने किसाले जनाएको छ।

विश्वका विभिन्न देश बाट साइप्रस आइपुगेका आप्रवाशी को विभिन्न समुदायको सहभागिता हुने उत्त र्यालीमा नेपाली समुदायको तर्फबाट प्रतिनिधित्व गर्दै घरेलु कामदार, विधार्थी, शरणार्थी र अन्य नेपाली श्रमिक र स्थापित नेपाली संघसंस्थाहरु सहभागी हुन र समान अधिकार माग गर्न संयोजक बिना थापाले आग्रह गर्नु भयो।

सामाजिक संजाल र गफगाफ मा मात्र सिमित नभएर सडक मै आए पक्कै पनि सरोकारवालाको ध्यान पुग्ने विश्वास उहाले गर्नु भयो। “हामि नबोले सम्म केहि हुदैन , बोल्नेको पिठो बिक्छ भने जस्तै हो , हजारौको सहभागिता भएको र्यालीले उठाएको मागलाई सरकारले सून्ने छ ” उहाँले भन्नु भयो।

आप्रवाशी कामदारको हकहित, अधिकार संरक्षणमा सरोकारवाला निकायलाई झक्झकाउने र कामदारको हितमा निर्णय गराउन दबाब दिन मौकाको रुपमा यो दिवस मनाउन लागिएको हो।

गैर सरकारी संस्था ‘किसा’ ले अप्रवासन, शरणार्थी ,जातिवाद, भेदभाव, तस्करी को क्षेत्रमा केन्द्रित भइ विभिन्न किसिमका क्रियाकलाप गर्दै आइरहेको छ। आप्रवासीको प्रभावकारी एकीकरण, भेदभाव विरुद्ध कार्यक्रम , शरणार्थीका लागि समानता र एकता जस्ता प्रभावकरी कार्यक्रमहरु संचालन गरिसकेको छ।

साइप्रस भासिएका नेपालीहरुमा ग्रिस भाषाको ज्ञान नहुनु, न्यायमा पहुँच नहुनु, तोकिएको तलब नपाउनु, समयमै ज्याला नपाउनु, श्रम शोषण, यौन शोषण, विभिन्न आरोपमा डिपोर्ट हुनु पर्ने , घरेलु हिंसा जस्ता समस्या नेपाली श्रमिकले भोग्दै आएका छन् । मुख्यतः साइप्रस र नेपाल बीच आप्रवाशी कामदारका सम्बन्धमा सम्झौता नहुनु मुख्य समस्याका रुपमा रहेको छ ।

समिम मियाँ
९ डिसेम्बर / लिमासोल
किरात याक्थुङ चुम्लुङ साइप्रसले याक्थुङ लिम्बुहरुको मौलिक पर्व चासोक तङ्नाम(उधौली)को अवसरमा साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । गत आइतबार डिसेम्बर ८ तारीखमा लिमासोल स्थित नियो फिस्टा हलमा ‘चासोक तङ्नाम २०७६’ आयोजना भएको हो।

कार्यक्रमका प्रमुख अतिथि सुभास मल्लले मौलिक कला र संस्कृति जगेर्ना गर्नु पर्ने हामि सबै को दायित्व भएको बताउदै प्रवासमा रहेर पनि यस किसिमको कार्यक्रमले साइप्रसका नेपालीलाइ एक सुत्रमा बाध्ने काम निकै सह्रानीय भएको बताउनु भयो।

Subash malla and Sabin singu lighting candle at celebration of Chasok Tangnam 2076 event

किरात याक्थुङ्ग चुम्लुङ्ग का अध्यक्ष तेजबहादुर सिंगुको सभापतित्वमा भएको कार्यक्रममा गैरआवासीय नेपाले संघ साइप्रस कि उपाध्यक्ष जसु पुन मगर , तमु समाज साइप्रस कि कोषाध्यक्ष प्रिया गुरुङ्ग , नेपाल मगर संघका अध्यक्ष खगेन मगर , पत्रकार दिनेश गौतम ,शेर्पा किदुक साइप्रस, नेपाल तामाङ बौद्ध महासंघ साइप्रस, चितवन सेवा समाज साइप्रस, नेपाली जनसम्पर्क समिति साइप्रस प्रवाशी एकता मन्च साइप्रस, नेपाल तामाङ घेदुङ साइप्रस, ह्याल्मो युनिटी साइप्रस लगायत संघसंस्थाका प्रतिनिधिको उस्पस्थिति थियो। कार्यक्रममा केलाङ र यालाङ लगायतका विभिन्न मौलिक सस्कृती झल्काउने नृत्यहरु प्रस्तुत गरिएको थियो। बेलायतबाट विशेष निमंत्रणामा आएका नव गायक सुरेन ताम्लिङले केलाङ र यालाङ नृत्यको नेतृत्वका गरेका थिए।

Performing kelang dance at chasok tangnam 2076 Cyprus

कार्यक्रमका मुख्य आकर्षण प्रथम नेपाली तारा तथा लोकप्रिय गायक दिपक लिम्बुको जोडदार साङ्गितिक प्रस्तुतिले माहोल तातिएको थियो। गायक लिम्बुले ‘बेनीको बजार’, ‘ मुटु माग्यौ तिमीले ‘, ‘ मैले माया गर्न जानिन होला ‘ , ‘नाइँ नभन्नु ल ‘, ‘ सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला ‘, ‘ ढल्क्यो ढल्क्यो ‘ , ‘माया गरिरहुँ ‘ बोलको गित गाएर दर्शक उफार्दै मंत्रमुक्त पारे। अर्का गायक सुरेन ताम्लिङ र स्थानीय गायिका मिजिरा सम्बाहाम्फे संग ‘भेट भयो सोल्टिनी ज्यु के छ नि समाचार’ बोलको गित गाएर मनोरंजन गराए। गायक ताम्लिङ्ग ले सालको पात टपरी लगायत बोलको गित गाएर दर्शक उफारे।

Singer Dipak Limbu Performing at Chasok Tangnaam 2076 in Cyprus
Singer Dipak Limbu Performing at Chasok Tangnaam 2076 in Cyprus
Singer Suren Tamling Performing at Chasok Tangnaam 2076 in Cyprus
Singer Suren Tamling Performing at Chasok Tangnaam 2076 in Cyprus
Singer Mijira sambaahamfe Performing at Chasok Tangnaam 2076 in Cyprus

स्थानीय कलाकारको दमदार प्रस्तुतीले माहोल झनै तातिएको थियो। खगेन राना मगर र पुस्पा पुन मगर को युगल नृत्य प्रस्तुत गरे। नृत्य मन पराएर दर्शकले “वान्स मोर” को “हुटिंग ” गरे। गायिका अमिसा लिम्बुले आफ्नो सांगतिक प्रस्तुति दिइन भने सुरज रानाभाट र सुस्मा राइले पनि युगल नृत्य बाट दर्शकको वाहवाही पाए। सम्योजक सरिता लिङ्ग्देनले संचालन गरेको कार्यक्रमलाइ सन्तोष कन्दङवाले पनि साथ दिए।

Khagen rana magar and Puspa Pun magar perform Dance at Chasok tangnam 2076 in Cyprus
Selfie at Chasok tangnam 2076 in Cyprus
Limbu Girls at Chasok tangnam 2076 in Cyprus
Limbu dress at Chasok tangnam 2076 in Cyprus

किरात याक्थुम चुम्लुङ्ग साइप्रसले आमन्त्रित कलाकारहरुलाई सम्मान पत्र सहित माया चिनो प्रदान गरेको थियो। साथै कार्यक्रम सफल बनाउन नैतिक भौतिक र आर्थिक रुपमा सहयोग गर्ने दाताहरुलाई सम्मान गर्दै धन्यवाद तथा प्रशंसा पत्र प्रदान गरिएको थियो।

happy Mode
happy mode
samman at Chasok tangnam 2076 in Cyprus
samman at Chasok tangnam 2076 in Cyprus

छ महिना मै आत्महत्या

cyprus nepal/ 9 Dec/ Limassol

पापोसमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। २३ वर्षीय धकराज कार्की हिजो आइतबार बिहान आफ्नो कोठामा झुन्डिएको अवस्थामा मृत पाइएको साइप्रस प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार मृतकले आत्महत्या गरेको बताइएको छ। ६ महिना अघि विद्यार्थी भिसामा आएका कार्की सिटि युनिटि कलेजमा अध्यनरत थिए।

परिवारको कमजोर आर्थिक स्थिति तनावको कारण हुन सक्ने अनुमान गरिएको भए पनि आत्महत्या गर्नुको कारण भने थाहा नभएको बताइएको छ। मृतकको पोस्ट मार्टम को रिपोर्ट आएको छैन।

( थप अपडेट हुदैछ …. )

 

cyprus-nepal 07 dec/ Limassol

लिमासोलमा आयोजना हुने चासोक तङ्नाम २०७६ को सास्कृतिक कार्यक्रमको लागि युवा दिलका ढुकढुकी दिपक लिम्बु साइप्रस आइपुग्नु भएको छ।

लार्नाका एयरपोर्टमा गायक दिपक लिम्बुलाइ स्वागत गरिदै

याक्थुङ लिम्बुहरुको मौलिक पर्व चासोक तङ्नाम(उधौली)को अवसरमा डिसेम्बर ८ मा आयोजना हुने साँस्कृतिक कार्यक्रमको लागि गायक लिम्बु आज आइपुग्नु भएको हो। स्वदेशमै भएको अनुभुती गराउन नेपाल बाट कलाकार बोलाएर मनोरंजन संगै लिम्बुहरुको मौलिक संस्कार,भेषभुषा, संस्कार र संस्कृती बारे  प्रचार गर्ने हेतुले कार्यक्रम आयोजना हुन लागेको आयोजक ले जनाएको छ। गायक दिपक लिम्बु  प्रथम नेपाली तारा  हुन्। उहाले विभिन्न चलचित्र तथा गितहरुमा आफ्नो सुमधुर आवाज भरिसक्नु भएको छ। अर्का गायक तथा नृत्यकार सुरेन ताम्लिङलाई  केलाङ र यालाङ नृत्य नेतृत्वका लागि युके बाट विशेष निमन्त्रणा गरिएको छ। केलाङ र यालाङ भनेको लिम्बूहरुको मौलिक नाच हो जसको अर्थ भनेको के (च्याब्रुङ) लाङ (नाच) र या(धान) लाङ (नाच) हुन्छ । केलाङ  विशेषगरी चाडपर्व , सभा तथा विवाह  इत्यादि अवसरमा सुरु र अन्त गर्दा या मनोरञ्जनको लागि पनि नाच्ने गरिन्छ ।

आमन्त्रित कलाकार संगै स्थानीय कलाकारको बेजोड सांगीतिक प्रस्तुति रहने कार्यक्रमलाइ नेपाल मगर संघ साइप्रस र तमु समाज साइप्रसले प्रायोजन गरेको  छ।  रेश्मा लिम्बुको सह-सम्योजनमा कार्यक्रमलाई गोर्खाज किचन लिमासोल र नेपाली भेटघाट रेस्टुरेन्ट लिमासोलले सहयोग गर्दैछन् भने मिडिया पार्टनर साइप्रस-नेपाल डट कम रहेको छ।

चासोक तङ्नाम उभौली पर्व भब्य गरि मनाउन र कार्यक्रम सफल बनाउन साइप्रसबासी सम्पुर्ण नेपालीहरुमा उपस्थितिको लागि अध्यक्ष तेजबहादुर सिगु ले अनुरोध गर्नुभएको छ । ‘भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण गरौं, लोपोन्मुख पहिचान र इतिहासको अस्तित्व जोगाऔं’ भन्ने मूल नाराका साथ सन् २०१८ मा  स्थापना भएको किरात याक्थुङ चुम्लुङ साइप्रसले गत वर्ष पनि चासोक तङ्नाम मनाएको थियो।

साइप्रस नेपाल

५ डिसेम्बर / लिमासोल

नेपाली सिनेमा क्षेत्रमा व्यवसायिक रुपमा सफल चलचित्र ‘छ माया छपक्कै’ ले राजधानी निकोसियामा भव्य सफलता हात पारे पछि अब लिमासोलमा पनि प्रदर्शनीको तयारी गरेको छ। यधपी जनवरी हुने भने पनि प्रदर्शनी मिति भने तय भै सकेको छैन। एस एम इभेन्ट एण्ड इन्टरटेनमेन्टले ओभरसिज राइट्स लिएर साइप्रसका नेपाली चलचित्र प्रेमी माझ ल्याएको हो। हिन्दि र अंग्रेजी चलचित्र हेर्ने बानि परेका हामी नेपाली दर्शकलाई नेपाली चलचित्र मनोरन्जनात्मक, उत्कृस्ट र सुपर हिट बन्छ भन्ने मानसिकता को विकास गर्न यी चलचित्र काफी देखिन्छन।

‘छ माया छपक्कै’ ले निकोसियामा दर्शकको भरपुर माया पाए पछि प्रफुल्ल हुदै एस एम इभेन्ट एण्ड इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक द्वय प्रदिप प्रजापति र सुभास मल्लले अर्को सुपरहिट चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ पनि आगामी डिसेम्बर १५ मा प्रदर्शन हुने पक्का भएको जानकारी दिए । पान्थियोन आर्ट सिनेमा हलमा दिउँसो २ बजे बाट प्रदर्शन हुने चलचित्र को टिकट दर ७ युरो राखिएको छ। ‘छ माया छपक्कै लाई जस्तै यस चलचित्रलाई पनि भरपुर माया दिनु हुने छ भन्ने मा विश्वस्त छु ‘ मल्लले भन्नु भयो। दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाउन सफल चलचित्रले भरपुर मनोरंजन दिने मल्लले दावी गर्नु भयो।

‘कबड्डी कबड्डी कबड्डी को ट्रेलर

भिजिट नेपाल २०२० लाई सफल बनाउन नेपाली चलचित्रको पनि ठुलो भूमिका रहने भन्दै नेपाली संगै युरोपियन दर्शकलाई हल सम्म लिएर आउँन सके नेपालमा युरोपेली पर्यटकको संख्यामा प्रत्यक्ष / अप्रत्यक्ष रुपमा राम्रो प्रभाव पर्न सक्ने अनुमान गरिएको इन्टरटेनमेन्टले बताएको छ। नयाँ चलचित्र रिलिज हुने बितिक्कै साइर्प्रसमा पनि प्रदर्शनीमा आउने सुभास मल्लले जानकारी दिनु भयो।

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिस्मा गुरुङ, बुद्धी तामाङ, बिजय बराल, कर्मा शाक्य, विल्सन विक्रम राई लगायत कलाकारको अभिनय छ ।

समिम मियाँ

डिसेम्बर १ / लिमासोल

किरात याक्थुङ चुम्लुङ साइप्रसले याक्थुङ लिम्बुहरुको मौलिक पर्व चासोक तङ्नाम(उधौली)को अवसरमा आयोजना हुने साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। डिसेम्बर ८ तारीख लिमासोल स्थित नियो फिस्टा हलमा ‘ चासोक तङ्नाम साँस्कृतिक कार्यक्रम २०७६ ‘ आयोजना हुदै छ।

स्वदेशमै भएको अनुभुती गराउन नेपाल बाट कलाकार बोलाएर कार्यक्रम गर्न लागेको सम्योजक सरिता लिङ्ग्देनले बताउनु भयो । याक्थुङ लिम्बुहरुको मौलिक संस्कार,भेषभुषा, संस्कार र संस्कृती बारे हेर्न,बुझ्न र परम्परा जान्ने अवसरको रुपमा कार्यक्रममा उपस्थित भएर चासोक तङ्नामको भब्य मनोरन्जन लिन अध्यक्ष तेजबहादुर सिगुले अनुरोध गर्नुभयो।

कार्यक्रममा केलाङ र यालाङ लगायतका विभिन्न मौलिक सस्कृती झल्काउने नृत्यहरु पनि देख्न पाइने आयोजकले जानकारी दिएको छ। केलाङ र यालाङ भनेको लिम्बूहरुको मौलिक नाच हो जसको अर्थ भनेको के (च्याब्रुङ) लाङ (नाच) र या(धान) लाङ (नाच) हुन्छ । केलाङ  विशेषगरी चाडपर्व , सभा तथा विवाह  इत्यादि अवसरमा सुरु र अन्त गर्दा या मनोरञ्जनको लागि पनि नाच्ने गरिन्छ । केलाङ र यालाङ नृत्य नेतृत्वका लागि युके बाट सुरेन ताम्लिङलाई विशेष निमन्त्रणा गरिएको छ।

कार्यक्रमका मुख्य आकर्षण प्रथम नेपाली तारा तथा लोकप्रिय गायक दिपक लिम्बुको जोडदार साङ्गितिक प्रस्तुतीहरु हुने छन् । गायक लिम्बुका गितहरु दर्शकश्रोता माझ लोकप्रिय छन् । उनले थुप्रै चर्चित गितमा आवाज दिएका छन् भने विभिन्न चलचित्रमा समेत गित गाइसकेका छन् । ‘मैले माया गर्न जानिन होला’, ‘मुटु माग्यौ तिमिले’, ‘नाइ न भन्नू ल’, ‘म बाच्नु को के अर्थ’ लगायत बोलका गित श्रोताको मुखमा ‘झुन्डिएका’ गित हुन् ।

बस छुट्ने समय,स्थान टिकट र सम्पर्क नम्बर

लुकेको प्रतिभा प्रस्फुटन गर्दै थप हौसला प्रदान गर्न संस्थाले स्थानीय कलाकारलाई प्राथमिकता दिएको छ । सुरज रानाभाट, सुस्मा राई, पुष्पा पुन मगर र खगेन राना मगरले विभिन्न नृत्य र अमिसा लिम्बुले गायन कलाले मन्त्रमुक्त पार्ने तयारी गर्दैछन् । नेपाल मगर संघ साइप्रस र तमु समाज साइप्रसले प्रायोजन गरेको कार्यक्रमलाई स्थानीय कलाकारले पनि भरपुर मनोरञ्जन प्रदान गर्नेछन् । रेश्मा लिम्बुको सह-सम्योजनमा कार्यक्रमलाई गोर्खाज किचन लिमासोल र नेपाली भेटघाट रेस्टुरेन्ट लिमासोलले सहयोग गर्दैछन् भने मिडिया पार्टनर साइप्रस-नेपाल डट कम रहेको छ। साइप्रसका विभिन्न विषयको जानकारी दिने उदेश्यले पहिलो पटक नेपाली भाषामा संचालनमा ल्याइएको अनलाइन म्यागजिन साइप्रस नेपाल डट कमले स्थानीय नेपाली समुदायको गतिविधि बारे खबर प्रकाशन गर्दै आएको छ।

श्रम सकिएकाले के गर्ने ?

साइप्रस को सुख दुखको बसाइमा तितो मीठो अनुभव संगालेर २ वर्ष पछि आफ्नो देश नेपाल मा घर परिवार सङ रमाइलो पल बिताउन छुट्टी जाने बेला सधै एउटा टेन्सन भै रहन्छ त्यो हो श्रम स्वीकृति । बेला बेलामा नेपाली अनलाइन न्युज पोर्टल मा पुन: श्रम स्वीकृति बारे आएका उदेक लाग्दा समाचार देखेर पुन: श्रम स्वीकृति(चलनचल्तीको भाषा मा श्रम) बन्छ त भन्ने पिर साइप्रस छोड्नु अघि देखि नै लाग्छ । छुट्टी गएका साथीहरुको अनुभव मा कहिले सजिलै श्रम बनेको तर कोहिलाई अत्यन्तै तनाब झेलेको भनी सुनेर दिक्क लाग्नु स्वभाविक हो । छुट्टी जांँदा नेपाली वाणिज्य दूतावास निकोसियाबाट कागजात नबनाइ जाँदा भने श्रम नविकरण हुँदैन । नेपाल सरकारले बिदामा घर गएर फर्किन नेपाली नियोग को सिफारिस अनिवार्य गरेको छ । जसका लागि अनुसुची ८ फारम भर्नु पर्ने हुन्छ । जसलाई चलनचल्तीमा होलिडे पेपर भनेर बुझिन्छ ।

के के कागजात चाहिन्छ त ?

यी तिन कागजात लिएर निकोसिया स्थित नेपाली कन्सुलेट अफिसमा पेश गरेर 25 युरो शुल्क बुझाउनु पर्छ । अनुसुची 8 को कागज सहित माथी उल्लेखित कागजातको फोटोकपीमा कन्सुलरले छाप लगाएर सिफारिस तयार गरि तपाईंलाई दिन्छ । साथै काठमाडौ स्थित श्रम विभाग र सातै प्रदेशका श्रम कार्यालयमा समेत इमेल गरिदिनेछ । यो कागजात लिएर अब श्रम बनाउन जाँदा तपाईलाइ कुनै समस्या हुदैन ।

नेपाल जानु पर्ने तर तपाई को पिङ्क कार्ड नआएको भए के गर्ने ? पुरा जानकारी को लागि यहाँ क्लिक गर्नुहोस्।

श्रम बनाउन नेपाल मा कुन कुन कागजात चाहिन्छ ?

श्रम स्वीकृति भयो कि भएन खोजी गर्न यहाँ क्लिक गर्नुहोस्

सात प्रदेश मा कहाँ कहाँ बाट पुनः श्रम स्वीकृति पाइन्छ ?

अनुसुचि ८

कहाँ छ नेपाली कन्सुलेट अफिस ? फोन नम्बर नक्सा सहित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट