
साइप्रस-नेपाल
१५ सेप्टेम्बर/ लिमासोल
गैर -आवासीय नेपाली संघ साइप्रसको आठौं अधिवेशनबाट २५ सदस्सिय नयाँ कार्यसमिती निर्विरोध चयन भएको छ ।
२०१९-२०२१ कार्यकालका लागि नव निर्वाचित अध्यक्ष दिल कुमारी तिलिजा पुन को कार्यसमितीमा अन्तेस राउत, जसु माया पुन र किस्मत पौडेल गरि तिन जना उपाध्यक्ष चयन भएका छन् । समितिमा महा-सचिव कृपा थापा, सचिव पुरन बहादुर थापा मगर,सह -सचिव दया सागर अर्याल, कोषाध्यक्ष दिनेश दकाल, सह-कोषाध्यक्ष अनिल भन्डारी , युवा प्रतिनिधि कुन्दन कार्की र महिला प्रतिनिधिमा सरिता कुमारी चौधरीको चयन भएको हो ।
संघको प्रवक्तामा दिनेश हरिजन गौतम मनोनीत भएका छन् ।
त्यसैगरी सदस्यहरुमा कालिका थापा, धिराजन कुमार खड्का, रन्जित सापकोटा ,दयाराम थापा, उजिर अन्सारी , संजय कुमार मन्डल, राजन श्रेष्ठ , नितेश कुमार सरदार, सुरज रानाभाट, सरस्वती खनाल, सरु नेपाल, कल्पना राई र राधा पोखेरल रहेका छन् ।

निकोसियामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अवैतनिक राजदुत डा. राम जीवन पंजियार ले नेपाली दाजुभाई दिदी बहिनीहरुले भोग्दै आइरहेको समस्यालाई समाधान गर्न आफु एनआरएनए संग हातेमालो गरि काम गर्ने बताउदै विदेशमा कमाएको धन खर्च गर्ने भन्दा पनि बचत गर्न आग्रह गर्नु भयो । साथै नेपाली कन्सुलेटले गर्दै आइरहेको सहयोग निरन्तर हुने पनि उद्धोष गर्नु भयो । आइसिसि सदस्य रंजित महतोले नव निर्वाचित कार्यसमितिलाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रमका सभापति सुबास मल्लले २०१७- १९ का कार्यसमिति विघटन गर्दै संघ प्रतिका लगाब, पदाधिकारी साथीहरूले दिएको महत्त्वपूर्ण योगदान र विश्वास प्रति कृतज्ञता व्यक्त गर्नु भयो । नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका प्रमुख सुरेश कुमार शाहले सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा महिला प्रवक्ता नानु गोम्जा तामांगले स्वागत मन्तब्य, महासचिव अन्तेस राउतले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सरिता कुमारी चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो । साइप्रसमा क्रियाशील रहेका विभिन्न संघसस्थाका प्रतिनिधिको पनि उपस्थिति थियो । साथै विभिन्न संघसस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
cyprus-nepal.com
Sep 14/Limassol
1. विश्वासिलो र भरपर्दो ट्राभल अफिस वा आधिकारिक एयरलाइन्सको अनलाइन बेब्साइट वा अफिस बाट मात्र टिकट लिनुहोस् ।
2. विभिन्न देशमा ट्राण्जिट हुँदै जाने फ्लाइट छ भने लार्नाका देखि काठमाडौ सम्म कति केजि लगेज र ह्यान्ड ब्याग लैजान पाइन्छ राम्रो सङ सोधपुछ गरेर कन्फर्म गर्नुहोस् ।
3. सस्तो टिकट पाए भनेर मख्ख नहुनु होस् , यदि तपाईं को फ्लाइट छुट्यो भने समान्य जरिवाना तिरेर रि-बुक गर्न मिल्छ मिल्दैन बुझ्नुस् नत्र पुरै पैसा तिरेर नयाँ टिकट काट्नु पर्ने बाध्यता हुन सक्छ । टिकटको मिति परिवर्तन गर्न मिल्छ मिल्दैन राम्रो सङ बुझ्नुहोस् ।
4. प्रायः नाम चलेका एयरलाइन्सले तपाईं को ब्यागेज को इन्स्योरेन्स गरेको हुन्छ यदि तपाइको ब्यागेज हराएमा तपाईं लाई क्षतिपूर्ति दिने ब्यवस्था गरिएको हुन्छ ।
5. यदि भारतको विभिन्न शहर बाट ट्रान्जिट हुँदै जाने र आउदै हुनु हुन्छ भने तपाईंले केही कुरा मा विशेष ध्यान दिनु पर्ने हुन्छ ।
A. लार्नाका देखि काठमाडौ पुग्दा वा काठमाडौ देखि लार्नाका आउदा सम्म भारत मा इमिग्रेसन चेन्ज गर्नु पर्छ कि पर्दैन ?
चेन्ज गर्नु पर्ने भए भारत हुँदै किन जान लागेको भनी सोधपुछ र दिल्ली स्थित नेपाली दूतावासको NOC लेटर र अन्य कागजात पनि माग हुन सक्छ । यो सोधपुछ हुनुको कारण भनेको भारत हुँदै अन्य देशमा मानव तस्करी को शंका हुने भएर हो ।
B. लगेज वजन मा फरक पर्न सक्छ । लार्नाका देखि लेबनान वा बहराइन हुदै दिल्ली वा मुम्बई सम्म जाने फ्लाइट मा लजेग वजन 30 वा 46 किलो सम्म हुने र दिल्ली देखि काठमाडौ को फ्लाइट मा जम्मा 20 किलो हुन सक्छ । टिकट काट्दा राम्रो सङ बुझ्नुपर्छ नत्र ब्यागेज को वजन को Extra Charge लाग्छ जुन निकै महङो हुन्छ ।
6. टिकट लिइ सक्नु भएमा आफ्नो फ्लाईट बारे बुझ्न ईन्टरनेट वा मोबाइल मा App मार्फत पनि हेर्न सक्नु हुन्छ । जसमा checkmytrip.com_ वा संबंधित एयरलाइन्सको वेबसाइटबाट पनि हेर्न सकिन्छ । टिकट निकाल्न सकिन्छ । जसको लागि इटिकट नम्बर वा बुकिङ रिफरेन्स नम्बर र तपाईं को थर हाल्नु पर्छ । Check for Qatar Airways , Check For Emirates Airlines , Check For Gulf Air , Check For MEA
7. टिकट काटी सकेपछी आफ्नो नाम मिलेको छ कि छैन हेर्नुस् , फ्लाइट को टाइम 24 घन्टे घडी अनुसार स्थानीय समय मा बनाइएको हुन्छ । यस्मा सजिलै झुकिन सक्छ । जस्तै 19:25 को फ्लाइट छ भने बेलुकि 7:25pm को हुन्छ ।
8. नेपालबाट आउँदा अरु को नासो लिएर आउँदा नासो खोलेर, हेरेर मात्र लिएर आउनुहोस् । तपाइको लगेजमा भएको सामान को जिम्मेवारी खुद तपाइ नै हो । निशेधित गरिएका सामान वा औषधि भेटिए सजायको भागिदार तपाईं आफै हो त्यसैले सतर्कता अपनाउनुस् । थप जानकारी को लागि यहाँ क्लिक गर्नुहोस ।
9.नेपाल बाट सामान मगायर साइप्रस मा बिक्री बितरण गर्ने हेतुले ल्याइने सामान तोकिएको आयात सिमा भन्दा धेरै माथी भए त्यसै अनुसारको आयात कर लाग्न सक्छ जुन एयरपोर्ट मै तिर्नु पर्ने हुन्छ । तिर्न नसकेमा समान जफत हुन सक्छ । नेपालमा पनि यहि नियम लागू हुन्छ । जानू पुर्व के के सामन लादा वा लिएर आउदा भन्सार वा आयात कर लाग्छ । यसबारे राम्रो सङ बुझ्नु पर्छ ।
10. Handbag मा toothpaste, spray, नङ्कटर, ब्याट्रीहरु क्रीम लगायत का सामानहरु लैजान मनाही हुन्छ जानू पुर्व संबंधित एयरलाइन्सको अफिस वा वेबसाईट मा सम्पुर्ण विवरण हेर्नुपर्छ ।
यी सामान्य जानकारी तपाईंलाई राम्रो लागे सेयर गर्नुहोस् ।
सरकारले वैदेशिक रोजगारमा जाने कामदारहरूलाई बैंक खाता अनिवार्य रूपमा खोल्नुपर्ने व्यवस्था लागू गरेको छ। वैदेशिक रोजगार विभागले सोमबारदेखि परीक्षणका रूपमा यो व्यवस्था लागू गरेको हो। वैदेशिक रोजगारमा रहेको नपालीहरूले कमाएर रेमिट्यान्स हुन्डीका रूपमा कारोबार हुने प्रवृत्तिलाई पूर्ण रूपमा नियन्त्रण गर्न बैंक खाता अनिवार्य गरेको हो। खाता अनिवार्य गरिएपछि अब नेपाली कामदारले कमाएको पैसा बैंकमार्फत पठाउनुपर्छ।

नेपाली कामदारले कमाएको पैसा बैंक खाता मार्फत नल्याएको खुलेमा उसलाई अर्कोपटक श्रम स्वीकृति नदिइने विभागले जनाएको छ। अब श्रम स्वीकृतिका लागि कामदारले आफ्नो वा आफ्नो हकवालाको नाममा बैंकमा खाता खोलेको प्रमाण अनिवार्य पेस गर्नुपर्नेछ ।
विभागको अनलाइन सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मा समेत बैंक खातासहितको विवरण अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने विभागले जनाएको छ।
श्रोत: इकान्तिपुर
पापोस परिवार साइप्रसले तीज कार्य्रक्रम आयोजना गर्ने भएको छ ।
आगामी सेप्टेम्वर १ तारिक आइतबार कातो पापोस स्थित बिंगो हलमा हरितालिका तिज मनाइने आयोजक ले जनाएको छ ।
भरपुर सांगीतिक मनोरन्जन संगै दर खाने व्यवस्था रहेको छ ।
कार्यक्रममा प्रवेश युरो लिमासोलबाट १४ युरो र निकोसिया बाट १५ युरो शुल्क तोकिएको छ । कार्यक्रम भब्य बनाउन सबैलाइ आयोजक समुहले अनुरोध गरेको छ ।
लिमासोलको लागि सम्पर्क आना राइ 96694859 र प्रेमा शेर्पा 96117798 निकोसियाको लागि सम्पर्क दैया राइ 96067475
सांगीतिक प्रस्तुति देखाउन चाहनु हुने कलाकारले आयोजक टिम संग सिधा सम्पर्क राख्न अनुरोध गरिएको छ । जानकारीको लागि निशा राई : 96538366
सुबास लामा : 95144330 राजन श्रेष्ठ : 99194307 Adrin Adrik : 96678749
साइप्रस-नेपाल
लिमासोल/२७ अगस्ट
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साइप्रसले २०१९-२०२१ को लागि नयाँ सदस्यता वितरण र नविकरण खुला गरेको छ। आगामी सेप्टेम्बर १५ मा निकोसियामा आठौं महाधिवेशनमा हुदैछ ।
प्रवाशी नेपालीका हकहितका बिषयमा पूर्ण रुपमा सम्बोधन नभएकाले अधिकार माग्न एकजुट भै संस्थामा आवाद्द हुनु पर्ने देखिएकोले सदस्यता लिन एनआरएनए साइप्रसले अनुरोध गरेको छ । सदस्यता लिन गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय परिषदको Global MIS (Management of Information System) मा गइ नयाँ सदस्यता आवेदन दिनुपर्ने बताइएको छ ।
सदस्यता फारम आगामी सेप्टेम्बर १० तारिक २०१९ सम्म मात्र खुल्ने यसमा भरिएको सम्पूर्ण जानकारी सुरक्षित रहने हुनाले गलत प्रयोग हुन नसक्ने बताइएको छ।
अनलाइन मार्फत फारम भरिने हुँदा नयाँ सदस्यतता लिनका लागि पासपोर्ट साइजको डिजिटल फोटो, पासपोर्टको कपि वा फोटो सहितको साइप्रस आईडी कार्ड , भिसा वा राहदानीमा डिपार्चर भएको पानाको फोटो साथै दुई वर्ष वा दुई वर्ष भन्दा वढी विदेशमा रहेको आधिकारीक कुनै प्रमाण (दक्षिण एसियाली मुलुक बाहेकको) नेपाल सरकार ले जारी गरेको एन आर एन एन कार्ड को प्रतिलिपी वा विदेश बाट जारी भएको सवारी चालक अनुमति पत्रको प्रतिलिपी सहित १० युरो सदस्यता शुल्क लाग्ने छ ।
अनलाइन फारम भर्न यहाँ क्लिक गर्नुहोस्
गैर आवासीय नेपाली संघ साइप्रसको सदस्यता किन लिने ?
नेपालमा विधिवत रुपमा दर्ता भएको गैर-आवाशिय नेपाली संघ हाल संसारको ८० देशमा फैलिएको छ । प्रवाशमा छरिएर रहेका नेपालीका आवाजलाई एकजुट गराउन सफल भएको सस्थाले साइप्रसमा बस्ने नेपालीको अधिकार सुरक्षित गराउन पहल गरिरहेको छ , नेपाल र नेपालीको दुःख सुखमा साथी बन्ने गरेको छ र प्रवासमै रहेर पनि मातृभूमिका लागि योगदान गर्न सकिन्छ भन्ने उदाहरण बन्न पनि यसको सदस्यता लिनु पर्छ ।
“नेपालीका लागि नेपाली” भन्ने नारा सहित अगाडी बढेको यो विशुद्ध सामाजिक तथा गैर-राजनीतिक संस्था हो सदैब प्रबासमा बस्ने नेपालीका हकहित तथा अधिकारका लागि लडिरहेको छ र प्रयत्नशील छ विभिन्न देशमा प्रवाशी नेपालीका मागलाई सरोकारवाला निकाय सम्म पुर्याउने माध्यम बनेको संस्थाले साइप्रसमा पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ । विधार्थी र घरेलु कामदारको दुख पिडा र समस्यालाई स्थानीय सरकार, नेपाली नियोग र नेपाल सरकार सम्म पुर्याउन, पीडितलाई उद्दार गर्न, जन्मभूमि र कर्म भुमि प्रतिको मायामा कोशे ढुंगाको काम गर्दै आएको छ । साइप्रसका नेपालीले महत्वपूर्ण रुपमा हेरेको र बहुप्रतिक्षित “सेफ हाउस” सेप्टेम्बर ८ बाट संचालन मा आउनेछ जसलाई संचालन गर्न गैर आवासीय नेपाली संघ साइप्रसको योगदान सम्मानयोग्य छ ।
अनलाईन फाराम भर्न आज बाट सुरू भएको छ फारम भर्दा कुनै समस्या परेमा तलका सदस्यता नवीकरण समितिका सदस्यहरु संग सम्पर्क गर्नु सकिनेछ
१) Antesh raut महासचिब – 97 646724
२) jasu pun magar – महिला प्रतिनिधि – 96 517955
३) Sita maya Tamang – ( Nanu Gomja ) – spokespersons-96 739953
४) Bikash Duwadi – युवा संयोजक -96 019931
५) Shanti Rai ( sen sham) महिला संयोजक – 96 634122
६) Kabita bhandari – 96471947
Honorary Consulate of Nepal
Cyprus
Honorary Consulate of Nepal in Cyprus
The Embassy of Nepal in Israel is also accredited to the Republic of Cyprus. However, in the absence of resident mission of Nepal in Nikosia, the Honorary Consul of Nepal in Cyprus is the representative of the Government of Nepal on various matters including issuance of visas and other commercial issues. Following is the contact details of the Hon. Consulate of Nepal in Cyprus:
Dr. Ram Jiwan Panjiyar
Honorary Consul of Nepal to the Republic of Cyprus
Stavrou Avenue -71, Strovolos-2035
Nicosia,Cyprus.
Office B001
Tel: +357-22-255511
Fax: +357-22-519903, Mobile: +357-99-666401
E-mail: panjiyar@cablenet.com.cy
- केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने र जान्ने कामका वारेमा, पाउने तलवका वारेमा राम्ररी जानी बुझी मात्र जानु पर्दछ ।
- लाग्ने खर्च, प्राप्त हुने आम्दानीका वारेमा तुलनागरि लाभ हुने काममा मात्र जानु पर्दछ।
- घर परिवारसँग सल्लाह, परामर्श गरी सहमतिमा मात्र जानु पर्दछ ।
- बैदेशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारमा जानु पर्दछ ।
- बैदेशिक रोजगारमा जाँदा दुर्घटनामा परी मृत्यू वा अंगभंग हुन सक्दछ।
- विमा गर्दा कामदारलाई र उस्को परिवारलाई आर्थिक सहयोग प्राप्त हुन्छ ।
- बैदेशिक रोजगारमा जाँदा विस्वासिलो र भरपर्दो मेनपावर कम्पनी मार्फ जानु पर्छ ।
- व्यवसायिक वा Visit भिसामा जानु हुदैन ।
- जानी जानी गलत कागजात बनाई जानु हुँदैन ।
- घर परिवारसँग सल्लाह गरि मानसिक रुपमा तयार हुनु पर्दछ ।
- बैदेशिक रोजगारमा जानका लागि पैसा बुझाएपछि व्यहोरा खुलाई भरपाई लिनु पर्दछ ।
- कति खर्च लाग्छ राम्ररी बुझनु पर्छ ।
- कुनै एजेन्ट वा कम्पनीले भरपाई दिन आनाकानी गरेमा ठगिकै नियत भएको बुझ्नु पर्छ ।
- स्वदेशी विमानस्थलवाट मात्र जानु पर्दछ ।
- अन्य छिमेकी देशको बाटो गरेर जानु हुँदैन ।
- बेचिन वा ठगीमा पर्न सकिन्छ ।
- आफू जाने देशको भौगोलिक स्थिति, हावापानी रहन, सहन, धर्म, कानून, काम गर्ने वातावरण आदि वारेमा सामान्य जानकारी लिनु पर्छ।
- यस्का लागि पूर्व प्रस्थान अभिमूखीकरण तालीम अनिवार्य रुपमा लिनु पर्दछ ।
- बैदेशिक रोजगारमा जाँदा आवश्यक सवै कागजातहरुको एक एक प्रति आफू र परिवारको साथमा राख्नु पर्छ ।
- बैदेशिक रोजगारको क्रममा ठगिमा परे बैदेशिक रोजगार बिभागमा उजुरी गर्नु पर्दछ ।
- बैदेशिक रोजगार सम्वन्धी कुनै पनि सूचना जानकारीका वारेमा बुझ्नु परेमा बैदेशिक रोजगार बिभाग र बैदेशिक रोजगार प्रवर्द्धन वोर्डको सचिवालयको ठेगानामा सर्म्पर्क गरी बुझ्न सकिन्छ ।
- आम संचार माध्यमले प्रकाशन गरेको बैदेशिक रोजगारको सूचना/ विज्ञापन सहि भए नभएको बुझ्नु पर्दछ । गलत विज्ञापन गरी पैसा उर्ठाई ठगि गर्न सक्दछन ।
- सरकारले निषेध गरेको देशमा र काममा जानु हुदैन ।
समिम मियाँ / साइप्रस-नेपाल डटकम
लिमासोल / १९ अगस्ट
चितवन सेवा समाज साइप्रसले तेस्रो बार्षिक उत्सब संगै तीज कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। गत आइतबार निकोसिया स्थित ट्रीकिस प्यालेसमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली वाणिज्यदूत डा. रामजीवन पंजियारले तीजको शुभकामना दिदै सेप्टेम्बर को पहिलो हप्ता देखि सेफ हाउस संचालनमा आउने जानकारी दिनु भयो । सेफ हाउसले दुख पिडा परेका नेपालीलाइ ठुलो टेवा पुग्ने विश्वास रहेको उहाले बताउनु भयो । कार्यक्रममा विशिस्ट अतिथि एनआरएन आइसीसीका प्रतिनिधि रञ्जित महतोले आउदै गरेको एनआरएन साइप्रसको चुनाव, स्थानीय नेपाली समुदायको भूमिका र नेपाल पर्यटन वर्ष २०२० बारे बोल्नु भएको थियो भने सँस्था कि संरक्षक जसुमाया पुन ले स्वागत मन्तब्य राख्नु भएको थियो ।

चितवन सेवा समाज कि अध्यक्ष कविता भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा एनआरएन साइप्रसका अध्यक्ष सुवास मल्ल, हातेमालो युवा समाज नेपालका अध्यक्ष बिनोद तिमिल्सिना, नेपाल तामांग घेदुंग साइप्रस महासचिव लक्ष्मी ब्लोन तामाग, रास्ट्रिय जनमुक्ति पार्टी, साइप्रस कि तारा राइ, प्रवाशी नेपाली एकता मंचका धता नन्द पाण्डेय, तमु समाज साइप्रस, शेर्पा केदुंग साइप्रस, नेपाल मगर संघ साइप्रस का प्रतिनिधि लगायत विभिन्न संघसस्था का प्रतिनिधि र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
“सेवा नै धर्म हो, चितवनको विकास र सामाजिक भावना, समाजको एकता र सम्वृद्धिको चाहना ” भन्ने मूल नाराका साथ सन् २०१६ मा स्थापित चितवन सेवा समाज साइप्रसले स्थापनाकाल देखि नै अनाथ , विपन्न, पिछडिएका,गरिव तथा जेहन्दार विधार्थीहरुलाई शिक्षा प्रदान गर्दै आइ रहेको छ। हाल ८ जना विधार्थीहरुको सम्पूर्ण शैक्षिक खर्च समाजले उपलब्ध गराईरहेको छ । कार्यक्रमबाट संकलित रकमबाट तत्काल नै नेपाल पठाइने अध्यक्ष भण्डारीले बताउनु भयो ।
संस्थाले थालनी गरेको सामाजिक कार्यमा सहयोग गर्ने सहयोगीहरुलाई मायाको चिनो र प्रशंसा पत्र प्रदान गरिएको थियो ।


साँस्कृतिक कार्यक्रम
कार्यक्रमका मुख्य आकर्षण चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको सांगीतिक प्रस्तुतीले माहोल निकै तातियो । ‘मेरो माया बसेको ठाउँमा, बत्ति बाल्नै पर्दैन त्यो गाँउमा ” , ‘टलटल टल्कने ऐना’ बोलको गीत गाउदै दर्शक मन्त्रमुक्त भए । गायक सपुतले चर्चित गित र्याप दोहोरि ब्याटल” गाएर दर्शक उफारे “वान्स मोर” को अनुरोधले कार्यक्रम हल गुन्जायमान भयो। तातिएको माहोलमा “गलबन्दी ” गुन्जिए पछी प्रकाश सपुत लेखिएको गलबन्दी एक दर्शकले उपहार स्वरूप प्रदान गरिन “गलबन्दी च्यातियो तिम्ले तानेर” बोलको गितमा दर्शकले निकै मनोरंजन लिए, यस पटक पनि “वान्स मोर” को अनुरोध आएपछि फेरी दर्शकलाई झुमाएर मन जित्न सफल भए ।


नव गायक सुरेन ताम्लिंग लिम्बुले पनि दर्शक नचाउन सफल भए । स्थानीय कलाकारहरुको प्रस्तुतिले सबैको वाहवाही पाए । सुस्मा राइ , पावी घिमिरे, सुस्मा कान्छी लगायत कलाकारले नृत्य प्रस्तुत गरे भने समिर भट्टराइ, सृजना कटुवाल लगायत कलाकारले गायन प्रस्तुत गरे । कार्यक्रमलाई शान्ती रिमालले संचालन गरेकी थिइन् ।



ch
चितवन सेवा समाजले आयोजना गरेको तिज धमाका कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ
आइतबार राजधानी निकोसिया स्थित ट्रीकिस प्यालेस मा सम्पन्न कार्यक्रममा खिचिएका केहि तस्विरहरु
















