
अनलाइनखबर / मङ्सिर ८
झट्ट हेर्दा साइप्रस अध्ययनको लागि नेपालीहरुको आकर्षक देश हो । त्यहाँ झण्डै चार हजारभन्दा धेरै विद्यार्थीहरु अध्ययन पनि गरिरहेका छन् । युरोपका अरु देशमा जान भन्दा स्वीकृतिको हिसाबले साइप्रस जान अलिक सहज हुने भएकोले विभिन्न प्रलोभनमा पर्नेहरु पनि साइप्रसको जानको लागि नै धेरै ठगिने गरेका छन् ।
विभिन्न प्रलोभनमा परेर साइप्रस गएकाहरुको लाखौं रुपैयाँ डुबिसकेको हुनाले झट्ट फर्किहाल्न पनि सकिरहेका हुँदैनन् र कलेजबाट निस्कासित हुने डरले सिधै कन्सल्टेन्सी बिरुद्ध बोल्न पनि सक्दैनन् । साइप्रस मा आउने अधिकांश विद्यार्थीहरु यसैको शिकार हुने गरेका छन् ।
कञ्चनपुरका कुमार सिंह मन्त्याल दुई वर्षअघि अध्ययनको सिलसिलामा साइप्रस आएका थिए । विद्यार्थी भिसामा साइप्रस आउनुपूर्व उनको नेपालमा पनि काम राम्रै थियो । सहकारीमा काम थियो । घरखर्च कटाएर अलिकति पैसा जोगाएका पनि थिए । तर, त्यहीँ काम गर्दागर्दै उनलाई साइप्रस आउने भूत चढ्यो र उनको सहकारीको काममा समेत असर पर्न थाल्यो ।
युरोप जाने सपना पूरा गर्नको लागि उनले क्याम्पसको खर्च ४५ सय युरो (नेपाली ६ लाख) रुपैयाँ बुझाए । साइप्रस आउनकै लागि उनले दुईहजार युरो र टिकटको ५५ हजार नेपाली रुपैयाँ सहित गर्दा कूल १० लाख रुपैयाँ तिरेर साइप्रस पुगे । उनको युरोप घुम्ने सपना त्यतिबेला चकनाचुर भयो जतिबेला उनी साइप्रस पुगेर पनि युरोपका अरु मुलुकमा पुग्न सकेनन् ।
विभिन्न प्रलोभनमा परेर साइप्रस गएकाहरुको लाखौं रुपैयाँ डुबिसकेको हुनाले झट्ट फर्किहाल्न पनि सकिरहेका हुँदैनन् र कलेजबाट निस्कासित हुने डरले सिधै कन्सल्टेन्सी बिरुद्ध बोल्न पनि सक्दैनन् । साइप्रस मा आउने अधिकांश विद्यार्थीहरु यसैको शिकार हुने गरेका छन् ।
पूरै युरोपमा जतापनि जान पाइन्छ भनेर सुरुमा उनलाई पनि धेरैले सपना देखाएका थिए । उनले पनि सोचे १० लाख रुपैयाँ तिरेर युरोप जान पाइन्छ भने त्यतै सेटल हुनु पर्ला । तर, उनलाई देखाइएको सपना केवल मिथ्या थिए । साइप्रस पुगेपछि मात्रै उनलाई थाहा भयो म त ठगिएछु भन्ने ।
त्यस्तै, नुवाकोटका मीन ब. थापाको पनि सपना यसरी नै तुहियो । उनलाई युरोपको अरु देशको लोभ थिएन । दुई/ चार वर्ष पैसा कमाएर यतै आएर केही गर्ने सोच बनाएर उनी साइप्रस आएका थिए । उनलाई कलेज कहिलेकाहीँ गए हुने र बाँकी समय टन्न पैसा कमाउने पाउने भनेर कन्सल्टेन्सीहरुले उनलाई साइप्रस पठाए पनि सोचेजस्तो र भनेजस्तो भएन । उनी साइप्रस आएपछि थाहा भयो जाडो मौसममा हप्ताको २० घण्टा र गर्मीमा हप्ताको ३८ घण्टा मात्रै काम गर्न पाउने कानूनी प्रावधान रहेछ । त्यो पैसाले त्यहाँ बसेर खान र क्याम्पसमा पैसा तिरेपछि विदेश आएको ऋण तिर्नै समस्या हुनेभएपछि उनी अहिले धर्मसंकटमा छन् ।
यो समस्या केवल सिंह र थापाको मात्रै होइन । विद्यार्थी भिसामा साइप्रस आउने सबैको समस्या हो यो । लाखौं रुपैयाँ तिरेर साइप्रस पुगेकाहरु झट्टै फर्किन पनि ऋण सम्झिएर सक्दैनन् । त्यहाँ बस्न पनि भनेको समयमा काम नपाईने वा पाइएको काममा पनि धेरै कमाई गर्न नसक्ने अवस्था उनीहरुको छ ।
प्रलोभन अनेकथरी
साइप्रस लैजानको लागि विभिन्न किसिमका प्रलोभन देखाउने गरिन्छ । त्यसमा कसैले साइप्रस छिरेपछि युरोपका अरु सबै मुलुकहरुमा सहजै प्रवेश पाउने भएकोले साइप्रस गएपछि युरोपियन युनियनभित्र रहेका सबै देशमा पुग्न सकिने प्रलोभन देखाइन्छ ।
युरोपियन युनियन भरी जतापनि सहजै जान सकिने कानून सोही देशका नागरिकहरुको लागि मात्रै हो न कि पर्यटक र कामदारहरुको लागि । यसरी प्रलोभन दिनेहरुले पहिले नै मिथ्या कुरा गरेर ठगिसकेका हुन्छन् ।
दोस्रो हो त्यहाँ धेरै आम्दानी हुन्छ भन्ने प्रलोभन । त्यहाँ महिनाको एक हजार युरोदेखि ११ सय युरोसम्म कमाइहुने बताइन्छ । त्यो नेपाली डेढलाख रुपैयाँ भन्दा धेरै हुन्छ । १० लाख रुपैयाँ खर्च गरेर सहजै डेढ लाख रुपैयाँ पाइन्छ भने किन खर्च नगर्ने भन्ने सम्भिmएर उनीहरु त्यसैको सपना बोकेर साइप्रस जान्छन् ।
तर, त्यहाँ पुगेपछि त्यो सपना नै साबित भइदिन्छ । त्यहाँ गएको ६ महिनासम्म काम गर्ने अनुमती नै छैन । विद्यार्थी भिसामा गएकाहरु ६ महिनासम्म आफ्नै खर्चमा बाँच्नुपर्ने हुन्छ । त्यसपछि पनि काम पाउनै मुस्किल हुने गर्छ ।
कन्सल्टेन्सीबाट साईप्रसमा पुगेकाहरुको जीवनशैली
विद्यार्थी भिसामा साइप्रस आइपुगेका विद्यार्थीहरुको जीवनशैली अत्यन्त मार्मिक हुने गरेको छ । पैसा कमाइ नहुँदा धेरै विद्यार्थीहरु जागिरकै सिलसिलामा भौतारिने गरेका छन् । सुरुको छ महिना त पैसा अभाव हुँदा धेरै नेपालीहरु चिया र पाउरोटीको भरमा पनि दिन काट्न बाध्य हुन्छन् ।
यसको कारण हो विद्यार्थी भिसामा साइप्रस गएकाहरुले ६ महिनासम्म जागिर खान पाउँदैनन् । यो विषयमा बोल्न पनि धेरैको आँट आउँदैन । कन्सल्टेन्सीको विरुद्ध बोल्दा उसले क्याम्पसमा कुनै गुनासो गरिदियो भने क्याम्पसबाट नै बाहिरिनुपर्ने बाध्यताका कारण आफ्नो नाम उल्लेख गर्न नचाहेको त्यहाँ दुई वर्षअघि पुगेका एक विद्यार्थीले बताए । ‘बरु बिस्तारै भएपनि यतैबाट ऋण तिर्छु । समय नपुगी फर्किनुपर्यो भने नेपालमा त्यो कमाउन निकै कठिन छ ।’ उनले भने ।
साइप्रस पुगेपछि आफू ठगिएको थाहा पाएका मन्त्यालले आफ्नो पीडा यसरी सुनाए ।
‘नेपालमा हुँदा म सहकारीमा काम गर्थे । काम र कमाई पनि राम्रै थियो । विवाह भएको थिएन । विवाह गर्दा धेरै ऋण लाग्छ भन्ने सम्भिmएर केही समय युरोपको देशमा गएर कमाउने सोच बनाएँ । त्यही बेलामा क-कसले युरोपियन युनियन भित्रको देश हो साइप्रस । अरु देशमा जान सजिलो छैन । सोही देशमा गएर अरु देशमा भाग्ने गरेका छन् धेरै । भन्ने काल्पनिक कुरा मलाई पनि सुनाइदियो । मैले पनि साइप्रसको भिसाबाट बेलायततिर हानिने सोच बनाएर कन्सल्टेन्सीलाई १० लाख रुपैयाँ बुझाएँ ।
तर, त्यो सपना पूरा हुन सकेन । यहाँ आएपछि थाहा भयो कि विद्यार्थी भिसामा साइप्रस आएकाहरुले ६ महिनासम्म कामै गर्न नपाउँदा रहेछन् । त्यसपछि नै मलाई झनै समस्या हुन थालेको थियो । घरबाट केही पैसा पनि मगाएँ । थप ऋण लाग्यो । पार्टटाईम काम गर्न पाइन्छ । त्यसको लागि काम पाउनु पर्यो । काम पाएदेखि त पार्टटाइममा घन्टाको १५ देखि २० युरो पाइने भनिन्थ्यो । त्यसमा भनेजस्तो काम नै पाइएन । विद्यार्थीलाई जाडो मौसममा हप्ताको २० घन्टा र गर्मीमा हप्ताको ३८ घन्टा मात्र काम गर्न पाईँदो रहेछ । आक्कल झुक्कल बाहेक धेरैले काममा राख्नै पाइँदैन ।
सुरुको ५/६ महिना त मेरो पनि समय राम्रैसँग बितेको थियो । मैले सोचेँ कि सुरु सुरुमा अलिक अफ्टेरो हो । बिस्तारै माहोल सहज हुँदै जान्छ । नेपालबाट आउँदा नै मैले व्यक्तिगत खर्चको लागि दुई लाख साथमा ल्याएको थिएँ । जब पैसा सकिँदै गयो । त्यसपछि छटपटी पनि सुरु हुन थाल्यो । कोठा भाडा र खाना खर्च जुटाउनै धौ-धौ हुन थाल्यो ।
यो देश पर्यटकहरुले धानेको देश हो । यहाँ गर्मी समयमा धेरै पर्यटकहरु आउने भएकोेले सो समयमा होटलहरुमा काम पाइन्छ । काम पाएको बेलामा महिनामा ६५० देखि ९०० युरोसम्म कमाइन्छ । सोही पैसाले कलेजको एक वर्षको २५०० देखि ३००० युरो सम्मको शुल्क तिर्नुपर्छ । यहाँ बस्नेहरुको कोठा भाडा मासिक ८० देखि १२० युरोसम्म लाग्छ । खानाको लागि ५० देखि ७० युरोसम्म तिर्नुपर्छ । यी सबै पीडाहरु सहेपछि मेरो अनुभव भनेको विद्यार्थी भिसामा दुनियाँ सपना देखेर साइप्रस आउनुको फाइदा छैन ।’
दिनेश गौतम
साईप्रस मसिंर ५ गते
विश्वमा रहेका हरेक नागरिकहरुलाई अहिलेको आधुनिक गित संिगतहरुले सबै समुदायलाई एकता बद्ध बनाउन महात्वपुर्ण भुमिका खेलिरहेको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन ।
स्थानिय समुदायमा तेस्रो मुलुकको एकिकरणका लागि नया च्यानल , युरोपियन युनियन तथा निकोसिया नगरपालिका ,ई कोषको सहयोग र लोसादेईल लिमिटेडको सहकार्यमा गत आईतवार साईप्रसको निकोसियामा भएको एक दिने कार्यशाला गोष्टिमा सहभागिहरुले सो कुरामा जोड दिएका हुन । विश्वमा नाम कमाएकी बरिष्ठ गितकार तथा कम्पोजर अलेक्सिया भासेलीयुको सहजिकरणमा भएको कार्यक्रममा युरोपमा हरेक दिने् तेस्रो मुलुकहरुबाट मानिसहरुको भित्रिने क्रम जारी रहेकोले गित सगींतले संसारका सारा नागरिकहरुको भावनालाई एकताबद्ध बनाएको बताएका थिए ।
निकोसिया नगरपालिकाकी समाजिक सहजकर्ता मार्गरिताले तेस्रो देशबाट आएका नागरिकहरुका लागि पुनः समाजिक समाबेसिकरण तथा एकिकृत गर्ने मनसायले कार्यक्रम आयोजना गरिएको बताएकी थिईन । कार्यक्रममा बरिष्ठ सगींतकार अलेक्सियाले सांगितले सारा संसारलाई एकतामा जोडने प्रयास गरेको र यसका लागि जाहाको नागरिक भएपनि आफु सहकार्य गरेर यो क्षेत्रलाई सहयोग गर्ने बताएकी थिईन साथै सागींतिक क्षेत्रले सबै बर्गका भावनालाई जोडने प्रयासरत रहने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

सो कार्यक्रममा साईप्रसको निकोसिया नगरपालिकाकी मरिया माभ्रोउन , नेपालको तर्फबाट गैरअवसिया नेपाली सघं साईप्रसकी महिला प्रतिनिधि सिरता चौधरी , कोषाध्यक्ष दिनेश ढकाल , सदस्यहरु सरु नेपाल र राधा थापा तथा नाईजेरियाकी भिक्की मोतेति , फिलीपिन्स , सिरिया , भियतनाम , रसिया , साईप्रस लगाएत बिभिन्न देशका २५ जना भन्दा बढिले प्रतिनिधित्व गरेका थिए ।

साइप्रस-नेपाल
२० नोभेम्बर / लिमासोल
साईप्रसमा स्थापित नेपाली सामाजिक संघ संस्थाहरुलाई अवैतनिक वाणिज्य दूतावासमा सूचिकृत हुन नेपाली राजदूतावास इजरायलले सूचना जारी गरेको छ ।
आगामी २० डिसेम्बर २० १९ सम्मको समय सिमा भित्र नेपाली संघसंस्थाहरुको विवरण सहित निकोसिया स्थित अवैतनिक वाणिज्य दूतावास मार्फत नेपाली दूतावासमा इजरायल सूचिकृत हुनु पर्ने बताइएको छ । सूचिकृत संस्थालाई मात्र दूतावास तथा अवैतनिक वाणिज्य दूतावासबाट मान्यता प्रदान गरी सोहि अनुसार अभिलेख राखिने दुतावास द्वारा जारी सुचनामा भनिएको छ ।
सुचिकृत हुन संघसंस्थाले आफ्नो साधारण सभाबाट पारित भएको संस्थाको विधान र वर्तमान पदाधिकारीहरुको पूर्ण विवरण सहित संस्थाले विधानको उद्देश्यसँग मेल खाने कार्यक्रमहरु संचालन गरेको सो को विवरण पेश गर्नु पर्ने छ । साथै संस्थाको नाममा कुनै बैंक खाता भए या नभएको जानकारी तथा बैंक विवरण भएको भए आर्थिक कारोबारको लागि जिम्मेवार व्यक्तिको विवरण र संस्थाको हालसम्मको मौज्दात बारे जानकारी पनि दिनु पर्ने बताइएको छ ।
संस्थाबाट कार्यक्रम तर्जुमा गर्दा राष्ट्रहित तथा समुन्नतिमा सहयोग पुग्ने, नेपाल र साईप्रसबीचको सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग पुग्ने, नेपालको पर्यटन प्रवर्द्धन हुने, नेपालको भाषा, संस्कृति र परम्परा संरक्षण र प्रवर्द्धन हुने खालका कार्यक्रम बनाउन अनुरोध गर्दै सन् २०२० मा संस्थाबाट सन्चालन गरिने कम्तिमा २ वटा प्रस्तावित कार्यक्रमको विवरण उपलब्ध गराउन भनिएको छ ।
साइप्रसमा सामाजिक, वैचारिक र जातीय गरि १५ भन्दा बढी संघसस्था भए पनि आंसिक मात्र सक्रिय छन् ।

साइप्रसमा जाडो मौसम सुरु भईसकेको छ । यो मौसममा बाटो भरि जताततै सुन्तला फलेको देखिन्छ। पाकेको भए पनि कोहि अति अमिलो र केहि स्वादिलो र गुलियो भेटिन्छ । हामीले सानो देखि नै सुन्तला खादै आएका छौ तर यसले शरीरमा के कस्तो प्रभाव पार्छ थाहा नहुन सक्छ । आउनुस, आज यस बारे जानौ । जाडो मौसममा सुन्तला, मौसम जस्ता फलफूलहरु सर्वत्र पाउन सकिन्छ । यद्यपि, भिटामिन सी पर्याप्त मात्रामा समावेश भएको सुन्तला जाडो याममा तपाईंका लागि लाभदायक हुन्छ । यदि तपाईंलाई ब्लडप्रेसरको समस्या छ भने सुन्तलालाई आफ्नो खानपानमा समावेश गर्नुपर्छ । किनभने, सुन्तलाले सोडियमको मात्रालाई सामान्य बनाएर ब्लडप्रेसरलाई ठीक राख्छ । यति मात्र नभएर दिनहुँ सुन्तलाको सेवनले मृगौलामा हुने पत्थरीको खतरालाई पनि कम गर्छ । यदि मृगौलामा पत्थरी छ भने सुन्तलाको जुस यसको लागि लाभदायक हुन्छ ।

भिटामिन-सी युक्त सुन्तलाको सेवनले शरीरलाई नोक्सान पुर्याउने फ्रि रेडिक्लसबाट पनि सुरक्षित राख्छ । साथै यसमा भएको लाइमोनिनले क्यान्सरको सेल्सहरु बढ्न पनि रोक्छ । सुन्तलामा फाइबरको मात्रा राम्रो हुन्छ । जसले कोलेस्ट्रोलका स्तरलाई नियन्त्रित गर्न सहायता पुर्याउँछ । यसले मुटुसँग जोडिएका समस्याहरुलाई पनि कम गर्छ ।
जाडो मौसमा रुघा-खोकीले सताउने गर्छ । त्यस्तो अवस्थामा पनि सुन्तलाको सेवन फाइदाजनक हुन्छ । त्यसो त जाडोयाममा पाइने सबै फलफुलहरु भिटामिन-सी युक्त हुने भएकाले यो मौसममा लाग्ने रोगहरुलाई कम गर्न सहयोग पुुर्याउँछ ।
प्रायः मानिसहरु सुन्तला चिसो हुने भएकाले यसलाई जाडो मौसममा सेवन गर्नु हुँदैन भन्ने सोच्छन् । तर, त्यस्तो सोचाई ठिक होइन ।
सुन्तलाका फाइदाहरु
जाडो मौसममा सुन्तलाको सेवन अत्यन्त फाइदाजनक हुन्छ । यसको नियमित सेवनले हामी विभिन्न मौसमी रोगहरुबाट मुक्त हुन सक्छौं । सुन्तला चिसो भएता पनि गर्मी मौसममाभन्दा यसले जाडो मौसममा धेरै फाइदा पुर्याउँछ । सुन्तलामा भिटामिन-सी पर्याप्त मात्रामा पाइन्छ । जसले हाम्रो छालालाई चाउरिनबाट बचाउँछ साथै सुख्खा हुन दिँदैन ।
सुन्तलाको जुसका फाइदाहरु
सुन्तलाको जुस पिउनाले स्वास्थ्य र छाला दुबैलाई फाइदा हुन्छ । यसले शरीरमा भिटामिन-सीको कमीलाई पूरा गर्छ र विभिन्न रोगहरुबाट बचाउँछ ।
सुन्तलामा सबैभन्दा धेरै भिटामिन-सी हुन्छ । तर, यसको साथै यसमा भिटामिन-ए ,पोटासियम, फाइबर आदि पोषक तत्व पनि समावेश हुन्छ । सुन्तला ठूला व्यक्तिदेखि बच्चासम्मको लागि धेरै फाइदाजनक हुन्छ । यसलाई पिउँदा निम्न फाइदाहरु हुन्छन्
-वजन कम गर्न चाहनुहुन्छ भने एउटा सुन्तला दिनहुँ खानुपर्छ ।
-सुन्तलाको जुसले शरीरमा रोगहरुसँग लड्ने क्षमता बढाउँछ ।
-यसलाई नियमित रुपमा पिउनाले रुघाखोकी जस्ता स-साना रोगहरुबाट मुक्ति मिल्छ ।
-सुन्तलाको जुस पिउनाले शरीरमा क्यान्सर उत्पन्न गराउने सेल्सहरु नष्ट हुन्छन् ।
-सुन्तलाको जुस पिउनाले शरीरको पाचनक्रिया सही हुन्छ, साथै पेटको विभिन्न समस्याहरु पनि यसको सेवनले कम हुन्छ ।
-यसको सेवन गर्नाले शरीरमा रक्तसञ्चार पनि राम्रो हुन्छ ।
-यसले ब्लडप्रेसर र कोलेस्ट्रोललाई नियन्त्रित गर्न सहयोग पुर्याउँछ ।
-सुन्तलाको सेवन गर्नाले शरीरमा रोग प्रतिरोधक क्षमता अर्थात् इम्युनिटी सिस्टमलाई पनि बलियो बनाउँछ ।
-यसको सेवनले तपाईं रुघाखोकी र भाइरल संक्रमणहरुबाट छिट्टै प्रभावित हुनुहुन्न ।
-सुन्तलामा फाइबर धेरै मात्रामा हुन्छ । जसले कोलेस्ट्रोलको स्तरलाई नियन्त्रित गर्न सहयोग गर्छ ।
-यसको सेवन गर्नाले मुटुसँग सम्बन्धित समस्याहरुलाई पनि कम गर्छ ।
त्यसैले यो मौसममा सुन्तलाको सेवन अत्यधिक मात्रामा गर्नुपर्छ र नियमित रुपले यसको जुस पनि पिउनुपर्छ । यदि तपाईंलाई सुगरको समस्या छ भने सुन्तलाको सेवन तपाईंको लागि उपयुक्त हुन्छ । सुन्तलाले ब्लड सुगरलाई नियन्त्रण गर्छ । साथै यसमा समावेश भएको भिटामिन-एले आँखालाई पनि धेरै फाइदा पुर्याउँछ ।
साइप्रस-नेपाल
१३ नोभेम्बर / लिमासोल
किरात याक्थुङ चुम्लुङ साइप्रसले याक्थुङ लिम्बुहरुको मौलिक पर्व चासोक तङ्नाम(उधौली)को अवसरमा साँस्कृतिक कार्यक्रम गरि मनाउने भएको छ । आगामी डिसेम्बर ८ तारीख लिमासोल स्थित नियो फिस्टा हलमा ‘ चासोक तङ्नाम २०७६ ‘ आयोजना हुने बताइएको छ ।
‘भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण गरौं, लोपोन्मुख पहिचान र इतिहासको अस्तित्व जोगाऔं’ भन्ने मूल नाराका साथ सन् २०१८ मा स्थापना भएको किरात याक्थुङ चुम्लुङ साइप्रसले स्वदेशमै भएको अनुभुती गराउन नेपाल बाट कलाकार बोलाएर कार्यक्रम गर्न लागेको सम्योजक सरिता लिङ्ग्देनले बताउनु भयो । कार्यक्रममा लिम्बू भेषभुषा, संस्कार र सस्कृती झल्काउने केलाङ र यालाङ लगायतका मनोरञ्जनात्मक साङितिक प्रस्तुती पनि रहने उहाँले जानकारी दिनु भयो ।
केलाङ र यालाङ भनेको लिम्बूहरुको मौलिक नाच हो जसको अर्थ भनेको के (च्याब्रुङ) लाङ (नाच) र या(धान) लाङ (नाच) हुन्छ । केलाङ विशेषगरी चाडपर्व , सभा तथा विवाह इत्यादि अवसरमा सुरु र अन्त गर्दा या मनोरञ्जनको लागि पनि नाच्ने गरिन्छ ।

कार्यक्रमका मुख्य आकर्षण प्रथम नेपाली तारा तथा लोकप्रिय गायक दिपक लिम्बुको जोडदार साङ्गितिक प्रस्तुतीहरु हुने छन् । गायक लिम्बुका गितहरु दर्शकश्रोता माझ लोकप्रिय छन् । उनले थुप्रै चर्चित गितमा आवाज दिएका छन् भने विभिन्न चलचित्रमा समेत गित गाइसकेका छन् । ‘मैले माया गर्न जानिन होला’, ‘मुटु माग्यौ तिमिले’, ‘नाइ न भन्नू ल’, ‘म बाच्नु को के अर्थ’ लगायत बोलका गित श्रोताको मुखमा ‘झुन्डिएका’ गित हुन । अमेरिका, युके, जापान लगायतका देशमा साङ्गितिक यात्रा गरिसकेका लिम्बुको साइप्रस यात्रा भने पहिलो पटक हो । साथै नवगायक सुरेन ताम्लिङको केही साङ्गितिक प्रस्तुती संगै यालाङ र केलाङ नाच मा नेतृत्व गर्नेछन् ।
नेपाल मगर संघ साइप्रस र तमु समाज साइप्रसले प्रायोजन गरेको कार्यक्रमलाई स्थानीय कलाकारले पनि भरपुर मनोरञ्जन प्रदान गर्नेछन् । सुरज रानाभाट, सुस्मा राई, पुष्पा पुन मगर र खगेन राना मगरले विभिन्न नृत्य र अमिसा लिम्बुले गायन कलाले मन्त्रमुक्त पार्ने तयारी गर्दैछन् । लुकेको प्रतिभा प्रस्फुटन गर्दै थप हौसला प्रदान गर्न संस्थाले स्थानीय कलाकारलाई प्राथमिकता दिएको छ ।
चासोक तङ्नाम सांस्कृतिक कार्यक्रम २०७६ भव्यताका साथ सम्पन्न (फोटोफिचर)
रेश्मा लिम्बुको सह-सम्योजनमा कार्यक्रमलाई गोर्खाज किचन लिमासोल र नेपाली भेटघाट रेस्टुरेन्ट लिमासोलले सहयोग गर्दैछन् । चासोक तङ्नाम उभौली पर्व भब्य गरि मनाउन र कार्यक्रम सफल बनाउन साइप्रसबासी सम्पुर्ण नेपालीहरुमा उपस्थितिको लागि अध्यक्ष तेजबहादुर सिगु ले अनुरोध गर्नुभएको छ ।
२५ कात्तिक, काठमाडौं । अब वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिँदा पासपोर्टमा भौतिक ‘स्टिकर’ नटाँसिने भएको छ । वैदेशिक रोजगार विभागले मंगलबारदेखि नै पासपोर्टमा टाँस्ने स्टिकरको सट्टा ई-स्टिकर दिन सुरुआत गर्दैछ ।
यसबाट दलालहरुले नक्कली स्टिकर बनाएर भारतको बाटो सोझासाझा व्यक्तिलाई विदेश पुर्याउने क्रम निरुत्साहित हुने विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए ।
अब श्रम स्वीकृतिका लागि आवेदन गर्नेहरुले आफ्नो मोबाइल नम्बर सही भर्नुपर्ने र इमेल ठेगाना तथा पासवर्ड याद गर्नुपर्ने उनको भनाइ छ ।
ई-स्टिकरबाट पासपोर्ट फोहोर पनि नहुने भएको छ । अहिले श्रम इजाजतका स्टिकरले कामदरको पासपोर्ट फोहोर हुने गरेको छ ।
‘वषौर्ंअघि जनरल साधारण श्रमिकमा विदेश गएर अहिले म्यानेजर भएकाहरुले पनि जमानाको स्टिकर देखाएर हिड्नुपर्ने बाध्यता हट्नेछ,’ उनले भने,’स्टिकर छपाइमा सरकारको लाखौं रुपैयाँ खर्च हुने अवस्था पनि अन्य हुनेछ ।’
अब कामदारले जतिबेला चाह्यो, उतिबेला नै आफ्नो इमेलबाट स्टिकरको पि्रन्ट निकाल्न सक्ने विभागले जनाएको छ ।
श्रम स्वीकृतिका लागि एकपटक पासपोर्ट देखाएपछि आफ्नै मोबाइलमा श्रम स्वीकृतिको जानकारी र इमेलमा श्रम स्वीकृतिको स्टिकर आउनेछ । पछिल्लो समयमा विभागले मानव तस्करी रोक्न र वैदेशिक रोजगारीमा हुने ठगीलाई निरुत्साहित गर्न प्रविधिको ब्यापक प्रयोग गरिरहेको जनाएको छ ।
श्रोत : अनलाइन खबर
साइप्रस-नेपाल
१२ नोभेम्बर / लिमासोल
राष्ट्रिय जनमुक्ति पार्टीको प्रवास समिति साइप्रसको पहिलो अधिवेशन सम्पन्न भएको छ । पार्टीको प्रवास समिति राष्ट्रिय जनमुक्ति मंच साइप्रसले गत आइतबार लिमासोल स्थित नेपाली भेटघाट रेस्टुरेन्टमा पहिलो अधिवेशन गरेको हो ।
अधिवेशनबाट अध्यक्षमा तारा राइ, वरिस्ट उपाध्यक्षमा गुडिया गुरुङ र उपाध्यक्षमा नविन राई निर्वाचित हुनु भएको हो । त्यसै गरि महासचिवमा खम माया पुन, सचिवमा अम्बिका राई र सह सचिवमा मनिला राई निर्वाचित हुनु भएको छ भने कोषाध्यक्षमा सविता राई र सह कोषाध्यक्षमा खुसि राई निर्वाचित हुनु भएको छ । साथै सक्रिय सदस्य विमला राई र सदस्यहरुमा सवि श्रेष्ठ, अचिता तामांग, तारा देवी राई र रमेश गुरुङ चयन हुनु भएको छ । संस्थाको सल्लाहकारमा सन्तोष मगर चयन हुनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एनआएनए साइप्रस कि महिला प्रतिनिधि सरिता चौधरीले विधार्थी र हाउसमेडको समस्या बारे आफ्नो सस्थाले नेपाल सरकारको सम्बन्धित निकायमा जनाकारी गराई समस्या प्रति गम्भीर हुन आग्रह गरेको बताउदै हाउसमेडको लागि सेल्टरको रुपमा ‘सेफ हाउस’ संचालनमा आइसकेकोले समस्यामा हुनु भएका हाउसमेडले सम्पर्क गर्न सक्ने जानकारी दिनु भयो। प्रवाशी नेपाली एकता मंच साइप्रसका नवराज अविजितले विधार्थीका आम समस्या प्रति स्थानीय नेपाली संघसंस्थाले ध्यान दिनु पर्ने बताउदै सहकार्य गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा जनसम्पर्क समिति साइप्रसका प्रतिनिधि कुसुम गुरुङ , संघीय लिम्बुवान सामाजिक मंच साइप्रस का प्रतिनिधि बाल कुमार लिम्बु , नेपाली संघीय समाज साइप्रसका प्रतिनिधि विष्णु लिम्बु , चितवन सेवा समाज साइप्रसका प्रतिनिधि नैना गुरुङ, नेपाल मगर संघ का प्रतिनिधि अमृता मगर, किरात याक्थुङ्ग चुम्लुङ्ग साइप्रसका अध्यक्ष सबिन सिगु, तमु समाज साइप्रसका प्रतिनिधि अंशु गुरुङ लगायतका संघसस्थाको उपस्थिथि थियो । कार्यक्रमलाई खम माया पुनले संचालन गर्नु भएको थियो भने गुडिया गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो ।
साइप्रस-नेपाल
नोभेम्बर १ / लिमासोल
प्रदर्शनीमा आएको चौथो हप्तासम्म पनि उत्साहजनक व्यापार गरि रहेको नेपाली चलचित्र ‘छ माया छपक्कै ‘ अब साइप्रसका दर्सकले पनि हेर्न पाउने भएका छन् । आउँदो १० नोभेम्बरमा निकोसिया स्थित पानाथिओन सिनेमा हलमा बिहान ११ बजे प्रदर्शन हुन लागेको हो । मनोरंजनले भरपुर चलचित्र हेर्न भने ७ युरो टिकट दर तोकिएको छ ।
देशको वर्तमान राजनैतिक बिषयलाई व्यङ्गात्मक ढंगले प्रस्तुत गरेर निर्माण गरिएको फिल्म ‘छ माया छपक्कै’लाई सञ्चारकर्मी दीपेन्द्र लामाले निर्देशन गरेका हुन्। फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतको अभिनय रहेको छ भने कथा दीपेन्द्र लामाको हो भने पटकथा दीपकराजले तयार गरेका हुन्।

‘आमा सरस्वती मुभिज्’, ‘रोहित अधिकारी फिल्मस्’ र ‘आईएमई’को संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता रोहित अधिकारी हुन्। फिल्मलाई हरि हुमागाइँले खिचेका हुन् भने विपिन मल्लले सम्पादन गरेका छन्। यसैगरी फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ।
विभिन्न समयमा साइप्रसमा पनि नेपाली चलचित्र प्रदर्शन हुदै आएका छन् । छक्का पन्जा , ब्लाइण्ड रक्स, दुई रुपैया , क्याप्टेन, छक्का पन्जा दुई लगायतका चलचित्र प्रदर्शन भए पनि व्यवसायिक सफलता हासिल गर्न हाम्मे हामे परेको थियो । उत्कृस्ट नेपाली सिनेमा प्रति साइप्रसवासी नेपालीहरु सिनेमा हल सम्म तानिन सकिरहेका छैनन् तर ‘छ माया छपक्कै’ ले साइप्रसका दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।
सो फिल्म अमेरिकामा पनि नोभेम्बरको पहिलो सातादेखि प्रदर्शन हुने भएको छ।
टिकटको लागी सम्पर्क –
96578420, 96 751378
96 889259, 96 193868
96 872086, 96 043853
साइप्रस–नेपाल
२८ अक्टोवर /लिमासोल
नेपाल तामाङ्ग घेदुङ साईप्रसले तेस्रो वार्षिक उत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । गत आइतबार लिमासोल स्थित गोर्खा किचन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा अध्यक्ष साङमो थोकर तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । प्रमुख अतिथि गैर आवासीय नेपाली संघ, साईप्रसका महासचिव कृपा थापाले शुभकामना मन्तव्य राख्दै नेपालीका समस्याहरु समाधान गर्न एनआरएनए साइप्रस सधै तत्पर रहेको बताए । साथै हाउसमेडका लागी सेफहाउस सञ्चालनमा आइसकेको जानकारी दिए ।

संस्थापक अध्यक्ष नानू गोन्जाले संस्थाको प्रगतीमा योगदान पु¥याउने सम्पुर्णलाई धन्यवाद दिइन् भने घेदुङकी सचिव सुनिला दोङ तामाङले स्वागत मन्तव्य राखिन् भने महासचिव लक्ष्मी ब्लोन तामाङले वार्षिक कार्य विधिहरु प्रस्तुत गर्नु भयो ।

कार्यक्रममा चितवन सेवा समाज साईप्रस, शेर्पा किदुक साईप्रस, ह्योल्मो समाज साइप्रस, तमु सेवा समाज, तामाङ बौद्ध महासंघ साईप्रस र जनसम्पर्क समिति साईप्रस लगायतका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो । प्रमुख अतिथि र सभापतिले संयुक्त रुपमा छ्योमेमा नाङसल बालेर कार्यक्रम उद्घाटन गरेका थिए । निर्मला थीङ तामाङ, सुनिला दोङ तामाङ, मिना लामाले स्वागत गीत र सुनी तामाङ, सोनम घलेले स्वागत नृत्य प्रस्तुत गर्र्दै मनोरञ्जन प्रदान गरे ।
तामाङ जातिको उत्थान, भाषा, धर्म र संकृतिको सम्वद्घन भन्ने मुल नाराका साथ २०१६ मा स्थापना भएको घेदुङले स्थापनाकाल देखि नै साइप्रसमा विविध कारण पीडित भएका तामाङहरुको उद्धार, आर्थिक स्थिती कमजोर भएका रोगी तथा बिरामीहरूलाई सहयोग गर्दै आएका छन् ।
दिनेश गौतम
साईप्रस / ८ अक्टोबर
युरोपको साईप्रस देशमा गैर-आवासिय नेपाली संघ र स्थानीय संघसस्थाको सहयोगमा दशै उत्सव कार्यक्रम सम्पन्न भएको छ । एन.आर.एन.ए. साईप्रसकी अध्यक्ष दिल कुमारी पुनको अध्यक्षता तथा अबैतानिक महावाणिज्य दुतावासका प्रमुख डा. राम जिवन पन्जियरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा साईप्रसमा रहेका नेपालीहरुले यहाँको कानुन विपरित कुनै पनि काम कसैले नगर्न र नेपाली समुदायलाई दुःखका बेला सकभर सहयोग गर्नुपर्ने सहभागिहरुले बताएका थिए ।

एन.आर.एन.ए. साईप्रसकी महिला प्रतिनिधि सरिता चौधरीको स्वागत तथा सचिव पुर्ण मगरको सचांलनमा भएको कार्यक्रमको उद्घाटन गर्दै होनरी कन्सुलेट डा. पन्जियारले साईप्रसमा दिनहुँ नेपालीहरुको संख्या बढ्दै गैरहेको र अब आउने दिनहरुमा नोपलीबाट नेपाली नै ठगीमा पर्ने बढि रहेका सम्भावना रहेकोले यस विषयमा यहाँ रहेका सबै नेपालीहरु सचेत भएर यस्ता विकृतिलाई अन्त्य गर्नुपर्ने बताएका थिए । त्यस्तै कार्यक्रममा बोल्दै एन.आर.एन.(आई.सि.सि.) सदस्य रन्जित महतोले साईप्रसमा निर्माण भैरहेको सुरिक्षत अवास गृह सबै नेपालीहरुको भएकोले अब यसलाई निरन्तरता दिनका लागि सबै नेपालीहरु लाग्नुपर्ने बताएका थिए ।

साथै नेपाल भ्रमण बर्ष २०२०लाई भब्यताका साथ सम्पन्न गर्नका लागि सबै नेपालीहरु आ -आफनो ठाउँबाट लागेर सफल बनाउन आग्रह गरेका थिए। कार्यक्रमलाई सफल बनाउनका लागि नेपाल आईडल सिजन एक का रनर अप प्रताप दासले विभिन्न सांगीतिक प्रस्तुती दर्शहरुलाई मनोरन्जन दिलाएका थिए भने स्थानीय कलाकारको बेजोड प्रस्तुतिले दर्शक मन्त्रमुक्त भए। यता साईप्रसमा सुरक्षित अवासको एकदम खाँचो रहेकोले यसलाई निरन्तरता दिनका लागि सहयोग गर्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिहेको एन.आर.एन.ए साईप्रसका वरिष्ठ उपाध्यक्ष अन्तेश राउतले जानकारी दिए ।

सुरक्षित गृहका प्रमुख संरक्षक तथा एन.आर.एन.ए साईप्रसका पुर्व अध्यक्ष सुवास मल्लले यहाँ रहेका नेपाली चेलीहरुको पहिचान गरि वास्तविक नेपाली पिडितहरुलाई बास दिने जानकारी गराएका थिए । कार्यक्रममा किरात याक्थुगं साईप्रसका अध्यक्ष सविन सिबु, नेपाल मगर सघं साईप्रसका अध्यक्ष खगेन मगर लगाएत विभिन्न संघसंस्थाका प्रनिनिधिहरुको उपस्थीति थियो ।





