२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

लिमासोल — साइप्रसमा सक्रिय विभिन्न जातीय नेपाली संघ–संस्थाहरूले कुनै पनि सांस्कृतिक कार्यक्रम घोषणा  गर्नुअघि सम्बन्धित जातीय संस्थासँग सल्लाह–समन्वय गर्न समुदायका सबैलाई आग्रह गरेका छन्। संस्थाहरूले मौलिक पर्वको दिन वा त्यसको आसपास  प्रतिस्पर्धी कार्यक्रम नराख्न विशेष अनुरोध गर्दै समुदायको एकता र सांस्कृतिक समन्वयलाई कमजोर नपार्न सचेत गराएका छन्।

नेपाल तामाङ घेदुङ साइप्रससहित सात संस्थाले मङ्गलबार संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सोसल मिडियामा फैलिएका सोनाम ल्होछार विशेष कार्यक्रम स्थगित वा मिति परिवर्तन गरिएको भन्ने सूचनाहरू पूर्णतः भ्रामक रहेको उल्लेख छ। संस्थाहरूका अनुसार फेब्रुअरी ८ मा हुने सोनाम ल्होछार विशेष कार्यक्रम   तय गरिएको मितिमै भव्य रूपमा सम्पन्न हुने बताइएको छ। 

विज्ञप्तिमा साइप्रसमा करिब १५ हजार नेपाली बसोबास गरिरहेको र उनीहरूले आफ्नो भाषा, धर्म, परम्परा एवं सांस्कृतिक पहिचान संरक्षणका लागि विभिन्न संघ–संस्थाहरू मार्फत सक्रिय रहँदै आएको स्मरण गराइएको छ। विशेषगरी घरेलु क्षेत्रमा कार्यरत नेपाली महिलाहरू महिनामा एक दिन मात्र विदा पाउने भएकाले, विभिन्न जातीय संस्थाहरूले आफ्ना पर्व–उत्सव एक–अर्कासँग नजुध्ने गरी तालमेल गर्दै आएको उल्लेख गर्दै  यस समन्वयात्मक अभ्यासले समुदायमा आपसी सहयोग, सम्मान र व्यापक सहभागिता बढाएको संस्थाहरूको भनाइ छ।

विज्ञप्तिमा, पछिल्ला दिनमा केही व्यक्तिहरूले अनौपचारिक माध्यममार्फत भ्रम फैलाउने गतिविधि थालेकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। संस्थाहरूका अनुसार यस्ता क्रियाकलापले  संस्थागत उद्देश्य कमजोर पार्न सक्ने, समुदायमा सांस्कृतिक मूल्यप्रति नकारात्मक प्रभाव पर्ने बारे चिन्ता व्यक्त गरिएको छ। साथै  आपसी विश्वासमा आघात पुर्‍याउन र मौलिक पर्वबारे गलत धारणा बन्ने जोखिम समेत बढाउ सक्ने बताइएको छ। 

संयुक्त संस्थाहरूले विशेष रूपमा कार्यक्रम आयोजना गर्ने समूह तथा व्यक्तिगत आयोजकलाई समुदायको हितलाई प्राथमिकता दिँदै पारदर्शिता, सहकार्य र समन्वयका आधारमा अघि बढ्न आग्रह गरेका छन्।

नेपाल मगर संघ साइप्रस , NRNA साइप्रस, नेपाल तामाङ घेदुङ साइप्रस , तमु समाज साइप्रस, किराँत राई यायोख्खा साइप्रस , किराँत याक्थुङ चुम्लुङ साइप्रस तथा शेर्पा किदुग साइप्रसका अध्यक्षहरूद्वारा हस्ताक्षरित उक्त  विज्ञप्तिमा भनिएको छ, “समुदायको एकता, आपसी सम्मान र साँस्कृतिक गौरवको रक्षा हाम्रो साझा उत्तरदायित्व हो, जातिय पर्वलाई प्राथमिकता दिई सहकार्यको भावना प्रकट गर्नु नै सामुहिक प्रगतिको बाटो हो ।।”

संस्थाहरूले साइप्रसमा रहेका सबै नेपालीलाई सामूहिक हित र सांस्कृतिक गौरवलाई प्राथमिकता दिन, समुदायभित्र देखिने साना भ्रम वा विवादलाई संवाद र समझदारीबाट समाधान गर्दै अघि बढ्न आह्वान गरेका छन्। उनीहरूको भनाइमा, सहकार्य र एकतामा आधारित भावनाले साइप्रसमा रहेका नेपालीहरूको सामाजिक छवि र बन्धुत्व अझ मजबुत बनाउँदै आएको छ।

 

मौसम विभागले भारी वर्षा र असिना पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। बिहिबार बिहान ३ बजे देखि बेलुकी ५ बजे सम्म सतर्कता अपनाउन Yellow Warning जारी गरेको हो।  

पश्चिमी, उत्तरी र दक्षिणी समुन्द्र तटीय इलाकामा बिहान आँधीबेहरी संगै असिना र पानी पर्न  सक्ने बताइएको छ।  साथै यो क्रमस  दिउसोको समयमा देश को आन्तरिक भाग, पहाडि इलाका र पूर्वी भागमा बिस्तार हुने मौसम विभाग ले अनुमान गरेको छ।  

साइप्रसमा छ घण्टा भित्र २० भन्दा बढी पराकम्प  गए पछि भूगर्भविद्हरू सतर्क भएका छन्। युरो-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार बुधवार बिहान करिब ११ : ३० बजे ५ . ७ रेक्टर को भुकम्प र बेलुकी ४ : ३० बजे गएको ५ . ९ रेक्टर को भुकम्प संगै पराकम्प आउने क्रम जारी छ। 
तर भूगर्भ सर्वेक्षण विभाग साइप्रस का अनुसार बिहान गएको  भुकम्पको तीव्रता ५ . ३ र बेलुकी गएको भुकम्पको  सही विवरण  पुष्टि गर्न यसको अध्ययन भै  रहेको बताइको छ।   

साइप्रस न्युज एजेन्सीलाई दिएको अन्तर्वार्तामा विभागका निर्देशक ले भनेका छन् कि भूकम्प निरन्तर जाने अनुमान गरिएको छ र भूगर्भ सर्वेक्षण विभागको भूकम्पीय केन्द्रले घटनाको निगरानी गरिरहेको छ।

युरो-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार बिहान ११:३० देखि दिउँसो ५:१५ सम्म २० वटा भन्दा बढी परकम्पहरू रेकर्ड गरिएको थियो।  पराकम्प को तीव्रता  रेक्टर स्केलमा २.२ देखि ५.३ सम्मका थिए।

भुकम्प धक्का लेबनान र इजरायल सम्म महसुस गरिएको समाचार प्रकाशित भएका छन्।  भुकम्प पछि सुनामी को खतरा भने नभएको बताइएको छ।  देश भरि बाट कुनै पनि क्षति को खबर भने आएको छैन। 

साइप्रसमा फेरी अर्को ठुलो तीव्रताको भुकम्प गएको छ।  करिब ४ : ३० बजे फेरी भुकम्प गएको हो।  बुधबार बिहान गएको भुकम्प भन्दा बेलुका गएको भुकम्प को तिव्रता ज्यादा थियो।  

साइप्रसमा बसोबास गर्ने नेपालीहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। भर्खरै सार्वजनिक  सरकारी तथ्यांकअनुसार हाल साइप्रसमा कानुनी रूपमा  (Residency Permit) भिसा प्राप्त गर्ने नेपालीहरूको संख्या १५,६०७ पुगेको छ।यसरी  भिसा लिएर बस्ने मा विधार्थी, घरेलु कामदार लगायत  सबै किसिमका श्रमिक  रहेका छन्। 

यो तथ्यांक अनुसार, नेपालीहरू रुसी र बेलायतीपछि तेस्रो ठूलो समुदाय बनेका छन्। आप्रवासन उपमन्त्री निकोलस आयोन्निदेसले आफ्नो मन्त्रालयको बजेट प्रस्तुत गर्दै सार्वजनिक गरेका विवरण अनुसार २०२५ सेप्टेम्बर ३० सम्म साइप्रसमा एक  लाख ७५ हजार ६७७ जना तेस्रो देशको नागरिकहरु कानुनी रूपमा बसोबास गर्दै आएका छन्।

 

ती मध्य रुसी नागरिक ४०,७३५ जना, बेलायती १६,२७९ जना र त्यसपछि नेपालीहरू १५,६०७ जना रहेका छन्। अन्य प्रमुख समुदायमा भारत, सिरिया, चीन, श्रीलंका, फिलिपिन्स, युक्रेन र इजिप्टका नागरिकहरू छन्।

नेपालीहरू मुख्य रूपमा घरेलु काममा साइप्रसमा आउने गरेका छन् त्यस्तै होटल, रेस्टुरेन्ट, बेकरी, सुपरमार्केट लगायत निर्माण क्षेत्रसँग सम्बन्धित काममा पनि नेपाली आइरहेका छन् । पछिल्ला वर्षहरूमा विद्यार्थी, उच्च दक्षता भएका श्रमिक र व्यावसायिक क्षेत्रतर्फ पनि नेपालीहरूको उपस्थिती बढ्दै गएको देखिएको छ। 

एक अनुमानका अनुसार करिब ३ हजार नेपाली गैर-कानुनी रुपमा रहेको हुन सक्ने बताइएको छ। 

पापोस बाट लगभग 20 किलोमीटर उत्तर-पूर्व मा केन्द्र बिन्दु बनाइ  भुकम्प गएको छ।  बुधबार बिहान करिब ११ : ३० बजे 5.7 रेक्टर तीव्रता को भुकम्प गएको  यूरोपीय-भूमध्यसागरीय भुकम्प केन्द्रले जनाएको छ। 

भुकम्पको तिव्र धक्का पापोस, लिमासोल, लार्नाका  र निकोसियामा महसुस गरिएको छ।  भुकम्पका कारण हाल सम्म कुनै पनि भौतिक र मानविय क्षति नभएको बताइएको छ।  पापोसका केहि स्थान मा ढुंगाहरु सडकमा  खसेको छ।  ढुङ्गा पन्छ्याउँन  सडक विभागलाई खटाइ सकिएको छ।  

तिव्र भुकम्प पछि पापोस एयरपोर्टको  ‘रन वे ‘  निरीक्षण गरेर मात्र उडान कार्य  संचालन मा ल्याइएको छ।  ‘रन वे’ मा क्षति पुगेको हुन सक्ने अनुमान गर्दै प्रोटोकोल अनुसार  निरीक्षण गरिएको हो।  

त्यस्तै, भुकम्पको धक्का पछि सर्वसाधारण सडक मा निक्स्किएका थिए।  

भुकम्प गएको ३ मिनेट भित्र नै साना तीव्रताका ६ पराकंप गएको थियो।  

साइप्रसका विभिन्न सहरमा रहेका नेपालीले पनि भुकम्प को धक्का महसुस गरेको सामाजिक संजाल मा लेखेका छन्। 

साइप्रसमा एक नेपाली युवतीले आत्महत्या गरेको खबर बाहिरिएको छ। गत अक्टोबर २ तारिक  बिहिबारका दिन   नेपाली समुदायमा  दसैँ को टिका परेको दिन युवतीले प्राण त्याग गरेको खुलेको छ। 

पर्वत घर भै २ वर्ष अघि साइप्रस आइपुगेकी मृतक युवती लिमासोल मा कार्यरत रहेको बताइएको छ। प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार बिहिबार बेलुकी करिब ४ : १५ बजे घाँटीमा डोरी बाधेर झुण्डिएको अवस्थामा फेला परेको थियो।  सोहि दिन मुचुल्का उठाई पोस्ट मार्टम का लागि प्रहरीले पठाएको जनाएको छ। 

उक्त घटना भएको भनि नेपाली कन्सुलर कार्यालयले पनि पुस्टि गरेको छ।  यदपि पोस्टमार्टम रिपोर्ट र अन्य विवरण भने सार्वजनिक भएको छैन ।  आत्महत्या कारण पनि अहिले सम्म खुल्न सकेको छैन।  

लिमासोल (साइप्रस), अक्टोबर ५ — बडादशैंको अवसर पारेर साइप्रस मा आयोजित विशेष सांस्कृतिक कार्यक्रम ‘भान्से धमाका २’ उत्साहपूर्ण र भव्य वातावरणमा सम्पन्न भएको छ। कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटी साइप्रसको आयोजनामा लिमासोल–निकोसिया हाईवेमा अवस्थित ट्रिकिस प्यालेस हलमा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता सोसाइटीका अध्यक्ष रेशम बहादुर लामाले गरेका थिए। प्रमुख अतिथि गैर आवासीय नेपाली संघ (NRNA) साइप्रसका अध्यक्ष धाता नन्द पाण्डेले उपस्थित सबैलाई बडादशैंको शुभकामना व्यक्त गर्दै कार्यक्रममा साइप्रसमा रहेका नेपाली समुदायबीच एकता र सहकार्य सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका थिए।

कार्यक्रममा विशेष अतिथिका रूपमा स्मार्ट पे मनि ट्रान्सफरका डा. रञ्जित महतो र  चितवन सेवा समाज साइप्रसका अध्यक्ष लक्ष्मी रेग्मी, मगर समाज साइप्रसका बलाल मगर, र रुपन्देही सेवा समाजकी विबा विश्वकर्मालगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवीहरूको उपस्थिति उल्लेखनीय थियो।

कार्यक्रममा सहभागी दर्शकहरूले भरपूर मनोरञ्जनसँगै मातृभूमिको झल्को पाएका थिए। प्रवेशद्वारमै टिका–जमरा ग्रहण गर्ने व्यवस्था, नेपाली संगीत र सांस्कृतिक प्रस्तुति, साथै स्वादिष्ट नेपाली परिकारहरूको स्वादले कार्यक्रमलाई नेपालकै उत्सवको झल्को दिएको थियो।

स्थानीय नेपाली कलाकारहरूले आकर्षक नृत्य र गीतमार्फत दर्शकहरूको मन जिते। धनु गुरुङ, बिनिता मगर, गङ्गा गुरुङ, ममता थलाङ, रश्मु तामाङ, विमला लामिछाने राई, अनिता मगर, अपु लिम्बु, सविना गुरुङ, समार छेत्री, समीर लामा र सन्नी राई लगायतका कलाकारहरूले उत्कृष्ट प्रस्तुति दिए। उनीहरूको प्रस्तुति कुनै राष्ट्रिय कलाकारभन्दा कम नभएको दर्शकहरूले अनुभूति गरे।

कार्यक्रमको आकर्षण बनेका गायक तुलसी सिवाकोटीले जर्मनीबाट विशेष रूपमा उपस्थित भई ‘बेनीको बजार’, ‘चलेछ बतास सुस्तरी’, ‘पीरतीको मीठो तिर्सना’, ‘बामरी फुलको बोट’ लगायतका लोकप्रिय गीतहरू प्रस्तुत गर्दा हल उत्साहले गुञ्जिएको थियो। साइप्रसमा दर्जनौँ पटक प्रस्तुति दिइसकेका सिवाकोटीप्रति दर्शकहरूको उत्साह निकै उच्च देखिन्थ्यो।

कार्यक्रमको सफल सञ्चालन नविन चौलागाईंले गरेका थिए। आयोजक सोसाइटीका अनुसार, उक्त सांस्कृतिक कार्यक्रमको उद्देश्य गरिब, दीर्घ रोगी तथा क्यान्सर पीडितहरूलाई सहयोग गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपाली खाना र संस्कृतिको प्रवर्द्धन गर्नु रहेको थियो।

कार्यक्रममा सहयोग गर्ने व्यक्ति, संघ–संस्था, कलाकार र प्रायोजकहरूलाई सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो। सोसाइटीले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।

गत वर्ष पनि सोसाइटीले बडादशैंको अवसरमा यस्तै सफल कार्यक्रम आयोजना गरेको थियो, जसले साइप्रस स्थित नेपाली समुदायबीच सांस्कृतिक सम्बन्ध मजबुत बनाउन मदद पुगेको थियो।  

 

लिमासोल /०१ अक्टोबर 

हिन्दू नेपालीहरूको महान चाड बडादशैंको अवसरमा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी, साइप्रसले विशेष सांस्कृतिक कार्यक्रम ‘भान्से धमाका २’ आयोजना गर्ने भएको छ। आउँदो अक्टोबर ५ तारिख, आइतबारका दिन  लिमासोल निकोसिया हाइवे मा पर्ने  Trikis Palace Hall मा  भव्य कार्यक्रम हुन लागेको हो। 

स्थापना कालदेखि नै साइप्रसमा विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीले गत वर्षको ‘भान्से धमाका’ को उल्लेखनीय सफलतापछि यस वर्ष पनि निरन्तरताका साथ कार्यक्रम आयोजना गर्न लागेको हो।

गरिब, दीर्घ रोगी तथा क्यान्सर पीडितलाई सहयोग साथै अन्तराष्ट्रिय बजारमा नेपाली खानााको प्रवर्धन गर्ने हेतुले  सांस्कृतिक कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

 ‘भान्से धमाका २’ को मुख्य आकर्षणका रूपमा चर्चित लोक तथा आधुनिक गायक तुलसी शिवाकोटी रहनेछन्। सन् २०१३ मा स्पेनबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका शिवाकोटीले हालसम्म ४० भन्दा बढी गीत रेकर्ड गराइसकेका छन्। गायक सिवाकोटी धेरै पटक साइप्रसमा सांगीतिक प्रस्तुतिका लागि आइसकेका लोक प्रिय गायक हुन्। 

गायक शिवाकोटीको प्रस्तुतिसँगै साइप्रसमा रहेका स्थानीय कलाकारहरूले पनि आकर्षक नृत्य तथा गायन प्रस्तुत गर्नेछन्। साथै ,स्थानिय कलाकारहरूको भरपूर सांगीतिक प्रस्तुती रहने आयोजकले जानकारी दिएका छन्

आयोजकका अनुसार, कार्यक्रम केवल गीत–संगीतमा सीमित नहुने, बरु दशैंको पूर्ण अनुभव दिने खालको हुनेछ। कार्यक्रममा सहभागीहरूले टीका–जमरा ग्रहण गर्ने र स्वादिस्ट नेपाली खानाको व्यवस्था मिलाइएको आयोजकले  जानकारी दिएका छन्।  

साइप्रसमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई दशैंको उल्लास साट्न र यसलाई भव्य सफल बनाउन आयोजकले निमन्त्रणा गरेको छ। यस कार्यक्रमले प्रवासमा रहेर पनि आफ्नो संस्कृति र चाडपर्वप्रतिको माया र प्रतिबद्धतालाई अझ प्रगाढ बनाउने विश्वास गरिएको छ। प्रवेश शुल्क प्रति व्यक्ति २० युरो तोकिएको उक्त कार्यक्रम को लागि साइप्रस का विभिन्न सहर बाट बस को व्यवस्था गरिएको छ।  टिकट र अन्य जानकारी को लागि निम्न व्यक्ति लाई सम्पर्क गर्न सकिनेछ। 

गत सेप्टेम्बर २२ मा साइप्रसको लिमासोलमा घटेको एक घटनाले नेपाली समुदायलाई गहिरो प्रभाव पारेको छ। समाचार अनुसार

रिएको थियो। घटना आमाले छोरीको मोबाइल फोन जाँच्दा आपत्तिजनक फोटो र भिडियो फेला पारेपछि बाहिर आएको हो।

अस्पष्ट समाचार र समुदायमा प्रतिक्रिया

साइप्रसमा करिब १४ हजार नेपाली बस्छन्, जसमध्ये झण्डै १० हजार जना हाउस्मेड वा नानीको रूपमा काममा संलग्न छन्। यस्तो पृष्ठभूमिमा आएको समाचारले समुदायमा ठूलो हलचल ल्यायो।

मिडियाले आरोपितको लिङ्ग, कार्य भूमिका (नानी कि सामान्य घरेलु कामदार) स्पष्ट नगरेको कारण समुदायमा अन्यौल र शंका बढ्यो। धेरैले समाचारलाई अधुरो ठाने, कतिले झुठा आरोप हुन सक्ने अनुमान गरे। लामो अनुभव भएका कामदारले यस्तो अवस्थामा कामबाट निकाल्ने प्रपञ्च हुन सक्ने भनी सचेत गराए।

घटना विवरण

समाचार अनुसार, २१ तारिख आइतवार बालिकाको मालिक्नी विश्राम लिन गएको समयमा नेपाली मेडले बालिकाको हेरचाह सम्हालेको बेला दुर्व्यवहार भएको आरोप लाग्यो।

सोमबार बिहान, २२ तारिख, मेड पक्राउ परेकी थिइन् र लिमासोल जिल्ला अदालतले बन्द कोठामा सुनुवाइ गरी ८ दिनको हिरासत आदेश दिएको थियो। प्रारम्भिक बयानमा मेडले आफू “बच्चासँग खेलिरहेको मात्र” बताएकी थिइन्।

साइप्रस नेपाल डट कमका विश्वसनीय स्रोतअनुसार, अदालतले दिएको ८ दिनको छानबिन अवधिभित्र ठोस प्रमाण नपुग्दा रिहा गर्ने तयारी भइरहेको थियो। तर रिहाइ को पुष्टी हुन सकेको छैन।   विवादित भिडियोमा मेडले बालिकालाई क्रिम लगाउने क्रममा संवेदनशील अङ्ग छोएको देखिन्छ भन्ने विवरण आएका छन्। नाबालक संलग्न भएकाले आधिकारिक विवरण गोप्य राखिएको छ।

कानुनी पृष्ठभूमि

साइप्रस र युरोपियन युनियन (EU) मा बालबालिकाको यौन दुर्व्यवहार गम्भीर अपराध मानिन्छ।

साइप्रसमा बालबालिकासँग सम्बन्धित अपराधलाई शून्य सहनशीलताका साथ कारबाही गरिन्छ।

सामाजिक सन्दर्भ र चेतावनी

नेपाली हाउस्मेड र नानीहरूले बच्चालाई आफ्नै परिवारका सदस्यझैं हेरचाह गर्छन्। उनीहरूले खाना खुवाउने, नुहाउने, खेलाउने, सुताउने, रमाइलो गर्ने जिम्मेवारी सम्हाल्छन्।

नेपालीले बच्चा वा वृद्ध जहाँ काम गर्न सुरु गर्छन् उनीहरु संग भावनात्मक रुपमा जोडिने गर्छन्।  बच्चालाई आफ्नै सन्तान जस्तै गरि स्याहार सुसार गर्ने, उनीहरु संगै बच्चा भै खेल्ने, बिहान उठे देखि नुहाई धुवाई, खाना देखि सुत्ने संगै गराएर हेरचाह गर्ने नेपाली maid  र ‘Nanny’ को दैनिकी हो।  आफ्नो सन्तान छोडेर साइप्रस आएका आमा हुन् या सानै देखि भाइ बहिनिको जिम्मेवारी सम्हालेर आएका भर्खरैका युवती हुन् उनले विदेशीका बच्चा मा आफ्नो सन्तान, भाइ बहिनि देख्नु आफ्नो काम, भावना  र रोजगारदाता प्रति को वफादारिता हो।

यति कै पनि कलिला बिदेशी बच्चा  हेरी रहु लाग्ने र आफु संगै रमाउदा को स-साना खुसिका पल फोटो र भिडियो उतार्नु, सामाजिक संजालमा हाल्नु हामी नेपालीलाई सामान्य लाग्न सक्छ। पार्क जाँदा होस् या प्ले ग्राउण्ड, समुन्द्र किनारमा नुहाउन जाँदा होस् या सपिङ्ग गर्न जाँदा होस् , हरेक Nanny /housemaid ले फोटो निकाल्नु सामान्य हुन सक्छ तर त्यस्ता साना कुरा नै रोजगारदातालाई मन नपरेको हुन सक्छ त्यसैले  बच्चासँग फोटो वा भिडियो खिच्दा पनि अभिभावकको  अनिवार्य अनुमति लिनुहोस्। 

रमाइलो को लागि  टिकटक भिडियो र रिल्स बनाउदा  अत्यन्तै ध्यान दिनु होस्।  बच्चा संग वा याया पापु संग भिडियो बनाउदा अनिवार्य अनुमति लिएर मात्र गर्ने गर्नुहोस्।  रोजगारदाता को घर भित्र बसेर भिडियो/फोटो बनाउन तपाइलाई अनुमति चाहिन्छ, १५ – ३० सेकेण्ड को भिडियो ले के हुन्छ भन्ने सोच्दै हुनु हुन्छ भने सचेत हुनु होस्।  

यस क्रममा सामान्य लाग्ने फोटो वा भिडियो खिच्ने क्रियाकलाप पनि संवेदनशील समाजमा गलत बुझिन सक्छ। त्यसैले:

इतिहास र पूर्व अनुभव

साइप्रसमा यस्ता घटना पहिले पनि भएका छन्। कोरोना महामारीअघि निकोसियामा एक नेपाली कामदारलाई यस्तै आरोपमा पक्राउ गरिएको थियो, तर प्रमाण नपुग्दा सात दिनमै रिहा गरिएको थियो। फिलिपिनो र भारतीय कामदारहरूमाथि पनि यस्ता घटना भइसकेका छन्।

यस्ता घटनाहरू कतिपय अवस्थामा कामदार र रोजगारदाताबीचको असन्तुष्टि, अधिकार माग वा स-साना विवादका कारण झुठा आरोप लगाइने प्रकरण हुन्। सामाजिक सञ्जालमा भिडियो तथा टिप्पणीहरूले कामदारको पीडा बारम्बार देखाउँछन्।

नेपाली समुदायको दृष्टिकोण

समुदायमा बहस चलेको छ। केहीले आरोप असत्य भने, केहीले समाचार अपूरो र पूर्वाग्रही भएको ठाने। लामो अनुभव भएका कामदारले भने, कहिलेकाहीँ स–सानो विवाद वा असन्तुष्टिले झुठा आरोप उत्पन्न हुन सक्ने बताउँछन्।

निष्कर्ष र सुझाव

लिमासोलको घटना नेपाली समुदायका लागि चेतावनी हो।

साइप्रसमा बस्ने नेपालीहरूले यस्ता घटनाबाट शिक्षा लिएर आफ्नो जिम्मेवारी बुझ्नु अनिवार्य छ। कानुन, सामाजिक मर्यादा र व्यक्तिगत सतर्कतामा ध्यान दिएर मात्र सुरक्षित र सम्मानजनक पेशागत जीवन बिताउन सकिन्छ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट