
दिनेश गौतम
युरोप , साईप्रस , युरोपियन देश साईप्रसबाट कोरोना भार्इृरसको महामारीका विच पहिलो पटक कतार एयरबेजले नेपालीहरुको चार्टर्ड बिमान उडाएको छ । साईप्रसको लार्नाका अन्र्तराष्टिय एयरपोर्टबाट शुक्रवार दिउसो दुई बजे ८८ जना नेपाली बोकेर कतार एयरवेजको उडान क्युआर २६६ नम्बरको जहाज नेपालका लागि उडेको हो ।

यो उडान उद्धारको पहिलो चरण अन्तरर्गत अन्तिम उडान हो । शुक्रवार फर्किएका सबैजना नेपाली रादुतावास ईजरायल , होनरी कन्सुलेट साईप्रस र एनआरएन साईप्रसको प्राथमिकतामा परेकाहरु हुन् । फर्किनेमध्ये २२ महिला र ६६ जना पुरुष रहेका छन् ।
नेपाल फर्किएकाहरुले नेपाल सरकारले तोकेको ६ सय ४० युरो ( करिव ८५ हजार ९४८ रुपैया)का दरले टिकट लिनुभएको हो । नेपाल फर्किएका प्रायःको कोरोना परीक्षणको प्रमाणपत्र साथमा लिएर फर्किनुभएको हो ।
स्वदेश फर्किएका नेपालीहरुलाई होनरी कन्सुलेट डाक्टर रामजिवन पन्जियार , समाजसेबी एवमं एन.आर.एन.ए साईप्रसका संरक्षक सुबास मल्ल , गैरआवासीय नेपाली सघं साईप्रसका प्रवक्ता दिनेश गौतमले विमानस्थलमै पुगेर बिदा गर्नुभएको थियो ।
दूतावासको समन्वय ,नेपाल सरकारको सहयोगमा सबैले हातेमालो गरेका कारण कतार एयरलाईनस् मार्फत पहिलो र अन्तिम चरणको उडान सकिएको नेपाली दूतावास ईजरायलले जनाएको छ ।

दुतावासकी राजदुत डा.अन्जान शाक्यका अनुसार साईप्रसमा सुरुमा दुतावासमा नेपाल जानेहरु लगभग साढे चारसय भन्दा बिढले नाम टिपाएको कारण आफुहरु आफनै नेपाली विमानलाई चार्टर गराउन खोजे पनि युरोपियन देशहरुले नेपाली विमानलाई साईप्रसमा प्रवेश नदिएपछि केही दिनका लागि ढिला भएको बताउदै धेरै नेपालीहरु स्वदेश फर्कनका लागि टिकट नकाटेपछि अलि पछाडि फ्लाईट भएको जानकारी दिनु भयो ।
डाक्टर शाक्यले आफु राजदुत भएर ईजरायल आएपछि साईप्रस देश आफनो कार्यक्षेत्र भएको नाताले बसाई ईजरायल भएपनि संख्यात्मक रुपमा साईप्रसमा नेपालहरु बढि रहेकोले त्यहा रहेका नेपालीहरु लागि आफु सधै काम गर्न प्रतिबद्ध रहेको बताउदै साईप्रसमा रहेका कुनै पनि नेपालीहरुलाई समास्यामा पर्न नदिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो ।
साथै यस्तो महामारीको समयमा नेपाल सरकार , साईप्रस सरकार , साईप्रस स्थित विभिन्न समाजिक सघंसस्था , इजरायलमा रहेका सघंसस्थाहरुलाई विशेष धन्यबाद दिदै अगामी दिनमा नेपालीहरुका हरेक कार्यमा सहकार्य गरेकोमा धन्यबाद समेत दिनु भएको थियो ।
हत्या गरिएका अम्मगाईको शव पठाउन सकिएन ..
केही महिनाअघि चितवन जिल्लाको रत्ननगर न.पा. ११ का २१ बर्षिय विवेक अमगाईको हत्या पछि विलम्बका कारण अन्तरिक चोटपटक र अत्याधिक रक्तश्राव भएपछि मृत्यु भएको थियो ।
उहाको शरिरलाई अमगाईका परिवारहरुको आग्रहमा नेपाल पठाउनका लागि शुक्रवारकै जहाजमा पठाउनका लागि नेपाली रादुतावास ईजरायलकी राजदुत डा. आन्जन शाक्यले नेपाल सरकारका विभिन्न निकाय , साईप्रस सरकारको सरकारी स्तरका निकायहरुलाई पत्र लेखेपनि केही कागजी प्रक्रिया नपुगेको कारणले स्वदेश फर्काउन नसकिएको दुतावासका प्रवक्ता एवमं उपनियोक प्रमुख अर्जुन घिमिरले जानकारी दिनु भयो ।
मृतक अमगाईलाई नेपाल पठाउनका लागि साईप्रसमा रहेका होनरी कन्सुलेट डा. रामजिवन पन्जियार र एनआरएनए साईप्रसका संरक्षक निकोसिया शहरमा रहेको जनरल अस्पतालमा शुक्रवार विहानै देखि धेरै कोसिस गरेपनि अन्तिम अवस्थामा आएर शवलाई पठाउन नसकिएको र अब आउने दिनमा नेपाल जाने जुनसुकै कार्गोमा भएपनि शवलाई मृतकको परिवारको जिम्मा लगाएरै छोडने प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।
दिनेश गौतम
युरोप , साईप्रस , ईजरायलमा रहेका ३९ जना नेपालीहरुलाई शुक्रवार साईप्रस हुदै नेपाल फर्काइएको छ । केही दिन पहिला देखि नेपाली विमान रद्द भएपछि विभिन्न सरोकारवालाहरुसगंको निरन्तर छलफल पश्चाप्त ईजरायल र साईप्रसमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन सफल भएको नेपाली राजदुतवास ईजरायलकी राजदुत डा. अन्जान शाक्यले जानकारी दिनु भएको छ ।
राजदुत शाक्यका अनुसार शुक्रवार विहान १०ः१५ बजे ईजरायलमा रहेका ३९ जना नेपालीहरुलाई बेन गुरियन अन्र्तराष्टिय विमानस्थलबाट ईजरायली विमान ६ एच ५८१ नम्बरको जहाजबाट साईप्रस पठाएर फेरि साईप्रसमा रहेका नेपालीसगंै कतार एयरवेजबाट नेपाल फर्काईएको जानकारी दिनु भयो ।
डा. शाक्यले भन्नु भयो साईप्रसका लागि कतारी विमानको छमता बढि भएको र ईजरायलबाट थोरैले स्वदेश फर्कनका लागि भनेपछि सबैलाई एउटै जहाजमा मिलाएर एकै पटक पठाईएको हो , किनकी साईप्रसमा धेरै नेपालीहरु स्वदेश फर्कनका लागि फारम भरेपनि अन्तिम समयमा थारैले जहाजको टिकट काटेको कारणले गर्दा कतार एयरमा बढि सिट भएको र फेरि अर्को जहाज उडान गर्न नसक्ने भएकाले सबैलाई लार्नाकामै जम्मा गराएर स्वदेश फर्काएको जानकारी दिनु भयो ।
ईजरायलबाट स्वदेश फकर्नेहरुलाई राजदुत अन्जान शाक्य , द्धितिय सचिव एवमं प्रवक्ता अर्जुन घिमिरे , श्रमशहचारी प्रदिप सागर , ईजरायल स्थित विभिन्न समाजिक सघंसस्थाका प्रतिनिधिहरुले संयुक्त रुपमा बिदाई गर्नु भएको थियो ।
जुलाइ २, २०२०
नेपाल सरकारले झण्डै चार महिनापछि पुनः श्रम स्वीकृति खुला गरेको छ ।
नेपालीको श्रम गन्तव्य देशमा कोरोना महामारी सुरु भएपछि गएको फागुन अन्तिमदेखि रोकिएको पुनः श्रम स्वीकृति आजदेखि खुल्ला गरिएको वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो ।
भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको प्रमुख बस्नेतले बताउनुभयो । पुन: श्रम स्वीकृति खुले पनि नयाँकोबारेमा भने जानकारी नभएको उहाँले बताउनुभयो । पुन ः श्रम स्वीकृति भने सरकारले वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि दिनेछ ।

तर अहिले कार्यालयमा पुन: श्रम स्वीकृतिका लागि आउनेले कोरोना रोकथामको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उहाँले बताउनुभयो । त्यही अनुसार कार्यालयले तयारी पनि गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने निर्णय गरेसँगै श्रम स्वीकृतिको बाटो खुलेको हो । बैठकले श्रम मन्त्रालयको सिफारिसमा नयाँ रोजगारी खुल्ला गर्ने निर्णयसमेत गरेको छ ।
पुन : श्रम स्वीकृति पाए पनि अन्तर्राष्ट्रिय उडान भने साउन ७ गतेसम्म बन्द छ । कतिपय देशले अझै यात्रु प्रवेशमा रोक लगाएका छन् ।
श्रोत :उज्यालो नेटवर्क
यो पनि पढ्नुहोस् : एक मिनेटमा २८ पटक चट्याङ पर्ने ठाउँ
साईप्रस
साईप्रसमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ताका लागि जुलाई ३ तारिखलाई अवसरका रुपमा लिन रहेको नेपाली राजदुतावास ईजरायलका प्रवक्ता अर्जुन घिमिरेले जानकारी दिनु भएको छ ।
सोमवार साईप्रस नेपाल डटकमसगंको विशेष कुराकानीका क्रममा प्रवक्ता घिमिरेले यस अघि आफुहरुले आशा गरेको नेपाल एयरलाईन्सलाई महामारीको समयमा साईप्रस सरकार लगाएत युरोपियन युनियनले चार्टर गर्न नदिए पछि अत्यन्त दुखि भएको भन्दै फेरि नेपाल सरकारलाई साईप्रसका नेपालीहरुलाई जसरी पनि उद्दार गर्नु पर्ने आग्रह गरेको जानकारी दिनु भयो ।
उहाले भन्नु भयो आफु र साईप्रसका सघंसस्थाहरुकै आग्रहमा नेपाल सरकारले धेरै मिहनेत गरि विदेशी कम्पनी कतार एयरबेजसगं कुरा गरेर जुलाई ३ तारिखका लागि जहाज फिक्स गरेको हो यसलाई अवसरका रुपमा लिईदिनु हुन सम्पुर्ण साईप्रस र ईजरायलमा बसोबास गर्ने नेपालीहरुलाई आग्रह गर्दछु ।
प्रवक्ता घिमिरेले साईप्रसबाट नेपाल जानेहरु शुरुमा धेरैले नाम दर्ता गराएको तर टिकट काट्नेहरुको संख्या न्युन रहेको भन्दै जो साईप्रसमा समास्यामा रहेका छन उहाहरुलाई सारा साईप्रसमा रहेका सघंसस्थाहरु मिलेर स्वदेश फर्कान आग्रह गनु भयो ।
किनकी कतार एयरवेजले आफुहरुलाई सकभर धेरै भन्दा धेरै नेपालीहरु टिकट काटेमा फ्लाईट गर्न सहज हुने बताएकोले अब जो नेपाली समास्यामा छन उनिहरुका लागि यस्तो अवसर पछि नआउने भएको र नेपालमा पनि लकडाउन बढिरहेको अवस्थामा फेरि अर्को जहाज कहिले फ्लाईट गराउन सकिन्छ भन्ने टुगों नभएको घिमिरेको भनाई थियो ।
घिमिरेले अगाडी थप्दै भन्नु भयो .. नेपाल जानका लागि कुनै पनि समास्याहरु छन भने आफुहरुलाई यथासघ्रि सम्पर्क गर्न आग्रह गर्छु र नाम दर्ता छुटेकाहरुले राजदुतावासमा सिर्फ आफनो पासपोर्ट न. फोन न. लगाएत ब्यक्तिगत विवरण जुन १ तारिख सम्म टिपाउन आग्रह गर्नु भयो ।
नेपाली राजदुतावासले प्रायः हरेक दिन साईप्रस तथा ईजरायलमा रहेका नेपालीहरुलाई उद्दार गर्नका लागि आफनो समाजिक संजाल फेसबुक पेजबाट सुचनाहरु प्रवाह गरिरहेको र दुतावासमा आएका सबै ईमेल , फोनहरुको जवाफ दिनका लागि परेको घिमिरेले बताउनु भयो ।
घिमिरेले जुलाई ३ तारिख साईप्रसमा रहेका नेपालीहरुलाइक्षर्् उद्दार गर्नका लागि अन्तिम विकाल्प रहेकोले जो नेपाल जान चाहेका छन उहाहरु सक्दो छिटो टिकट काटेर सिट सुरक्षित गर्न सबैमा अनुरोध समेत गर्नु भयो ।
घिमिरेका अनुसार आफुहरु साईप्रसमा रहेका नेपालीहरुको समास्या प्रति अत्यन्त गम्भिर भएर काम गरिरहेको र कोही नेपालीहरु समास्यामा पर्न नदिनका लागि दिन रात नेपाल सरकार , साईप्रस सरकारलाई चिठि मार्फत वा फोन मार्फत आग्रह गर्दै काम गरिरहेको बताउनु भयो ।
युरोप ,साईप्रस
साईप्रसमा रहेका विभिन्न समाजिक सघंसस्थाहरुले यहा रहेका जो नेपाल जान चाहनेहरुलाई स्वदेश फर्काउनका लागि एकमत भएका छन । विहिवार साईप्रस नेपाल डटकमले आयोजना गरेको कोराना भाईरसले नेपालीहरुमा पारेको असर र स्वदेश फिर्ती भन्ने विषयमा गरेको छलफल कार्यक्रममा सस्थाहरु प्रतिनिधीहरुले सो कुरामा सहमत भएका हुन ।
छलफल कार्यक्रममा नेपाली कामदारहरुको तलब बढाउने , नेपाली विद्यार्थीहरुको समास्याका बारेमा नेपाल सरकारलाई सस्थागत रुपमै दबाव दिनुपर्ने बेला आएको तमु समाज साईप्रसकी अध्यक्ष धना गुरुगंले बताउनु भयो । छुट्टिमा गएका नेपालीहरुलाई साईप्रस ल्याउनका लागि नेपाल सरकारले यथासिघ्र पठाउने ब्यवस्था गर्नु पर्ने एन.आर.एन.ए साईप्रसका प्रमुख संरक्षक सुबास मल्लले बताउनु भयो ।
संरक्षक मल्लले भन्नु भयो नेपालमा छुट्टीमा गएकाहरुको भिषा सकिएको छ , यहा उहाहरुको मालिकहरुले आफना कामदारहरुलाई फोन मार्फत बोलाउने कार्य गरिहेको सुनेको छु त्यसकारण उहाहरुको भिषा प्रक्रियालाई सहज बनाएर साईप्रस फर्काउनका लागि नेपाली राजदुतावास र नेपाल सरकारको परराष्ट मन्त्रालयले समयमै पहल कदमी चाल्नुपर्ने भनाई थियो ।
साथै साईप्रसमा रहेका विद्यार्थीहरुको कलेजको शुल्क मिनाहा गर्नका लागि नेपाल सरकारले आफनो स्तरबाट पहल गरेर स्थिति सहज बनाउनु पर्ने मल्लले माग गर्नु भएको थियो ।
कोरोना भाईरसको कारणले लकडाउन कडा पारिए पछि नेपाली राजदुतावासले नेपाल फर्कनका लागि सुचना निकाले पछि धेरैले फारम भरे पनि अहिले लकडाउन खुकुलो भए पछि केहीले काम समेत पाएर नेपाल नफर्कने मुड बनाएको समाजिक अभियान्ता धतानन्द पाण्डेले बताउनु भयो । पाण्डेका अनुसार जुलाई ३ तारिख पश्चाप्त यहा रहेका सबै समाजिक एवमं राजनितिक सघंसस्थाहरु मिलेर एन.आर.ए.ए साईप्रसको नेतृत्वमा कोरोनाको असर र अगामी कार्यदिशाका बारेमा छलफल गर्ने जानकारी दिनु भयो ।
साईप्रस नेपाल डटकमका सह सम्पादक दिनेश गौतमको संचालनमा भएको छलफल कार्यक्रममा शेर्पा केदुक साईप्रसकी महासचिव निमदीकी शेर्पा , नेपाल मगर सघं साईप्रसका महासचिव दर्शन बराल मगर , राष्टिय जनमुक्ति मन्चकी अध्यक्ष तारा राई , किरात याकथुगं चुम्लुगं साईप्रसकी सचिव सरिता लिगंदेन , तमागं बौद्ध महासघंकी प्रतिनिधि हिरा तमागं लगाएतले बोल्दै जो नेपालीहरु साईप्रसबाट स्वदेश पर्कन चाहन्छन उनिहरुलाई सहि तरिकाले पठाउनका लागि नेपाल सरकार , नेपाली राजदुतावास र यहा रहेका सबै नेपाली समाजिक सघंसस्थाहरुको दायित्व रहेको बताउनु भएको थियो ।
गनेश पाण्डे
जिएनएन ,पोर्तुगल
कोरोना संक्रमणबाट पोर्चुगलमा पहिलो चिकित्सकको मृत्यु भएको छ। उनमा आफ्नै सहकर्मीबाट कोरोना संक्रमण भएको थियो।
लिस्बनको साउ जोजे अस्पतालमा उपचारका क्रममा उनी ४० दिनभन्दा पनि बढी सघन कक्षमा भेन्टिलेटरमा रहेका थिए।एण्डिपेण्डेण्ट डाक्टर्स युनियनले आज मात्रै पोर्चुगलमा कोरोना संक्रमणबाट पहिलो डाक्टरको मृत्यु भएको पुष्टि गरेको हो।
उनि ६८ बर्षका थिए।एएफपीका अनुसार कोभिड १९ बाट संसारका १९६ देशमा ८. ४ मिलियन मानिस संक्रमित भएका छन् भने ४ लाख ५० हजार बढीको ज्यान गईसकेको छ।पोर्चुगलको पछिल्लो तथ्यांक अनुसार ३८ हजार ८९ जना संक्रमित भएका छन् भने १ हजार ५२४ ले कोरोनाकै कारण ज्यान गुमाएका छन्। त्यस्तै पोर्चुगलमा उपचार पश्चात २४ हजार १० जना रिकभर भएको तथ्यांक स्वास्थ्य महानिर्देशनालायले सार्वजनिक गरेको छ।
गैरआवासीय नेपाली संघ महिला विभागको आकस्मिक बैठक बसिरे नेपालको कैलाली स्थित क्वारेण्टिन भित्रै भएको सामुहिक बलात्कार प्रति घोर आपत्ति प्रकट गरेको छ।
एनआरएनए आइसीसीको महिला फोरमको जुन १७, २०२० मा बसेको आकस्मि बैठकले सो घटनाको भत्सर्ना गर्दै घोर आपत्ति प्रकटको निर्णय गरेको हो। संघको महिला संयोजक भोमा लिम्बुको अध्यक्षतामा बसेको बैठकमा संघका ६ वटै क्षेत्रका क्षेत्रीय महिला संयोजकहरु उपस्थित थिए।
बैठकका सहभागीहरुमा संघकी उपाध्यक्ष रवीना थापा, संघकी महिला संयोजक भोमादेवी लिम्बु, एसिया प्यासिफिक क्षेत्रीय संयोजक अमृता थापा, अमेरिकाज क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, मध्यपूर्व क्षेत्रीय महिला संयोजक सुमित्रादेवी पौडेल, ओसियाना क्षेत्रीय महिला संयोजक जानकी पौडेल हुनुहुन्थ्यो।
बैठकले कोरोना भाइरस संक्रमण पछि जीवन र मरणको दोसाँधमा रहेको अवस्थामा पनि बलात्कार जस्तो घृणित कृयाकलापप्रति दु:ख ब्यक्त गर्दै घटनाको घोर भत्सर्ना गरेको छ।
साथै दोषीहरुलाई आवश्यक छानवीन गरि कडा भन्दा कडा कारबाही र पीडितको स्वतन्त्रपुर्वक बाँच्न पाउने अधिकारको ग्यारेण्टी गर्न माग समेत गरेको छ।
रोगबाट बँच्न बनाइएको क्वारेण्टिनमा महिलामाथि भएको पशुजन्य ब्यवहार सबैका लागि पनि लज्जाको बिषय हो ।
सरकारले पहरेदारी गरेर राखेको क्वारेण्टिनमा पनि असुरक्षित महिला कहाँ सुरक्षित होलान् ? भन्ने प्रश्न गर्दै यस्ता घटनाहरुमा संवेदनशील बन्न र आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ ।
यसका साथै विदेशमा रहेका कठिन अवस्थाका महिला तथा बालबालिकाहरुको उद्धारमा अझै पनि सरकारको ध्यान केन्द्रित हुन सकेको छैन।
खासगरी गर्भवती र सुत्केरी महिलाहरु तथा दुधे बालबालिकाहरु अहिले बढी समस्यामा परेका छन्। उनीहरुको सुरक्षित उद्धारका लागि नेपाल सरकार र मातहतका निकायसँग जोडदार माग गर्दछौं, भनी विज्ञप्तिमा उल्लेख गरेको छ।
साईप्रस
गिरिजा प्रसाद कोईराला फउण्डेसन साईप्रसको पहिलो बैठक राजधानि निकोसियामा गत आईतवार सम्पन्न भएको छ ।
फाउण्डेसनकी संयोजक रिता दुलालको अध्यक्षतामा बसेको बैठकले लकडाउनले गर्दा यहा रहेका विद्यार्थी , कामदारहरुको अवाज उठानका लागि सबै पदाधिकारीहरु लाग्नुपर्ने , फाउण्डेसन समाजिक कार्य गर्नका लागि गठन गरिएको र नेपालमा गरिब समुदायका लागि सक्दो सहयोग गर्ने निर्णय गरेका छ ।
फाउण्डेसनकी सचिव निर्मला सापकोटाको संचालनमा भएको बैठकमा सह सचिव लक्ष्मि पौडेल , कोषाध्यक्ष रिता थापा , सदस्यहरु नन्दन गौतम , रोशन थापा , शिवराम भट्टराई , निमछन्द्र लामा , गिता रासाईली , भोमी गुरुगं र रुविन महर्जन लगाएतको उपस्थिति रहेको थियो ।
फाउण्डेसनको पहिलो बैठक भएकोले संयोजक रिता दुलालले सबैलाई अबिर लगाएर स्वागत गर्नु भएको थियो ।
साथै संयोजक दुलालले नेपालमा कोरोनाबाट सबै भन्दा बढि पिडित गरिबहरु भोकमरीले गर्दा मृत्यु भईरहेको र राज्यले खाना समेत नदिएको आरोप लगाउदै गरिबहरुका लागि अब सबै मिलेर काम गर्नु पर्ने बताउनु भएको थियो ।
काठमाडौं, जेठ ३१ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रघाती महाकाली सन्धि गर्ने तत्कालिन सत्तारुढ दलका नेताहरू जनतासँग माफी माग्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको शनिबारको बैठकमा पेश भएको संविधान संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै यादवले महाकाली सन्धि गरेर राष्ट्रघात गर्ने तत्कालिन शासकहरूलाई जनतासँग माफी माग्न चेतावनी दिएका हुन्।
महाकाली सन्धि गर्दा महाकाली नदीको मुहानको टुंगो किन नलगाएको भन्दै यादवले प्रश्न गरे। नेपालको नक्सामा समावेश कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग कसको शासनका बेलामा गायव पारियो भन्ने विषयमा सदनमा जानकारी दिन यादवले माग गरे।‘सुगौली सन्धिले महाकाली पश्चिमको भूमि भारतको भने पनि महाकाली नदीको भूभाग नै सीमा भएको राष्ट्रघाती महाकाली सन्धिमा उल्लेख गरिएको छ,’ उनले भने, ‘त्यसैले यो सन्धि क–कसले गरेको हो, जनतासामु माफी माग्नुपर्छ।
नेपाल र इस्ट इण्डिया कम्पनीबीच भएको सुगौली सन्धि अत्यन्तै अपमानजनक रहेको बताउँदै यादवले त्यही सन्धिका कारण नेपालले ठूलो भूमि गुमाउनुपरेको बताए।अध्यक्ष यादवले नेपाल सरकारले कुनै पनि विषयमा युरोपेली देश र अमेरिकी वा कुनै विदेशीलाई इस्ट इण्डिया कम्पनीलाई सोध्नुपर्छ भन्ने शब्द अपमानकजनक रहेको बताए।
‘सन्धिमा काली नदी पश्चिम सीमाना भनेर स्पष्ट लेखिएको थियो,’ उनले भने, ‘तर, महाकाली सन्धि गर्दा सन्धिका हर्ताकर्ताहरू धेरै ठूला पार्टीका ठूला नेताहरु त्यो बेला हुनुहुन्थ्यो प्रधानमन्त्री पनि हुनुहुन्छ, महाकाली नदीबाट पश्चिमका भागको दाबी नेपालले छोडेको हो सुगौली सन्धिमा तर महाकाली नदीको सम्झौता गर्दा त्यसको प्रस्तावनामा लेखिएको छ।
महाकाली नदीको अधिकांश भाग दुई देशको सीमा भएको स्वीकार गर्दै भनेर लेखिएको यादवले बताए। सुगौली सन्धिले पाएको क्षेत्राधिकारलाई महाकाली सन्धिले पछाडि धकेल्ने कुरा उल्लेख रहेको उनले बताए।
कांग्रेस र कम्युनिष्ट पार्टीका नेताहरूले जवाफ दिनुपर्यो, यसका लागि हामी सबैले माफी किन नमाग्ने?,’ अध्यक्ष यादवले भने, ‘राष्ट्रवादीको नारा हामी दिन्छौं, मधेशीलाई गाली गर्छौं, यिनीहरू भारतीय हुन्, धोती हुन भनेर भन्छौं भनेर माफी माग्नुपर्यो।’नश्लवादी मानसिकता रहेसम्म राष्ट्रिय एकता बलियो हुन नसक्ने तर्क गर्दै यादवले आन्तरिक राष्ट्रियतालाई बलियो बनाउने तर्फ सरकारका अबका कदम अग्रसर हुनुपर्ने बताएका छन्।
साथै राष्ट्रियता र राष्ट्रवादको भावना टुटे सेना, सरकार र संविधानले पनि जनतालाई रोक्ने नसक्ने यादवले प्रष्ट पारेका छन्।
दिनेश गौतम
साईप्रस
आधुनिक समाजको मुल्य मान्यता र मानवता विरोधी जातिय हिसां एवमं रुकुम पश्चिममा सामुहिक हत्याको जनमुक्ति मन्च साईप्रसले विरोध जनाएको छ ।
मन्चकी अध्यक्ष तारा राईले गत जेठ २५ गते एक पे्रस विज्ञाप्ती जारी गर्दै घटना राष्टिय अन्र्तराष्टिय करण भएको अवस्थामा आफुहरु प्रवासमा बसे पनि अहिले आफनो देशमा जातकै कारणले दलित महिलाहरु न्याय नपाउनु , दलित भएकै कारणले समाजबाट बाहिस्कृत हुनु पर्ने , तल्लो जात भएकै कारण पानी छुन पनि नदिने जस्ता खालका घटना भैरहेको खबरले आफु लगाएत आफनो पार्टी अत्यन्त दुखि भएको उल्लेख गर्नु भएको छ ।
अध्यक्ष राईद्धारा जारी विज्ञाप्तीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोका रुपमा हेरिएको सोती घटनामा जाजरकोटका ६ युवाको अकल्पनीय मृत्यु भएको छ । भेरी नगरपालिका–४ का नवराज विक, सन्दीप विक गणेश बुढा, वडा–११ का गोविन्द शाही, लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका– १ पश्चिम रुकुमका टीकाराम सुनारको सोती घटनामा ज्यान गएको हो ।
नवराज विक र सोतीका मल्ल थरकी एक युवतीबीचको अन्तरजातीय प्रेम सम्बन्धका कारण उब्जिएको घटनाले उनीहरू सबैको ज्यान लिएको छ । सोती घटनामा मारिएका सबै युवाको शव क्षतविक्षत अवस्थामा भेटिनु र शवको प्रकृति हेर्दा उनीहरूलाई हत्या नै भएको जनमुक्ति मंच, साईप्रसको ठहर छ ।

निहत्था समूहमाथि स्थानीय व्यक्तिहरूले हातहतियार सहित जुन पाशविक ढंगले जाईं लागे र सामूहिक हत्याकाण्ड मच्चाए त्यसले समाजलाई बर्बरता तर्फ धकेल्ने काम गरेको छ । सामान्य, कर्मकाण्डीय ढंगको छानविन र सजायले मात्र यो घटनाक्रमको क्षतिपूर्ति सम्भव हुने छैन भन्ने जनमुक्ति मंच, साईप्रसको धारणा छ ।
यस्तो घटनाक्रम र जघन्य अपराधको हकमा थप ‘कठोर क़ानूनी कारवाही आवश्यक भएको छ। सयौ बर्षदेखि निरन्तर थिचोमिचोमा पारिदै आएको दलित समुदायको सामाजिक, राजनीतिक र आर्थिक हैसियत उकास्न राज्यले अझ पनि धेरै कदम चाल्न बाँकी नै रहेको यो ‘चौरजहारी प्रकरणले पुष्टि गरेको ठहर गर्दै दोषीहरुलाई यथासिघ्र कानुनी कटघरामा ल्याउन जोडदार माग गरेको उल्लेख गर्नु भएको छ । ।







