
जुलाइ २, २०२०
नेपाल सरकारले झण्डै चार महिनापछि पुनः श्रम स्वीकृति खुला गरेको छ ।
नेपालीको श्रम गन्तव्य देशमा कोरोना महामारी सुरु भएपछि गएको फागुन अन्तिमदेखि रोकिएको पुनः श्रम स्वीकृति आजदेखि खुल्ला गरिएको वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो ।
भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको प्रमुख बस्नेतले बताउनुभयो । पुन: श्रम स्वीकृति खुले पनि नयाँकोबारेमा भने जानकारी नभएको उहाँले बताउनुभयो । पुन ः श्रम स्वीकृति भने सरकारले वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि दिनेछ ।

तर अहिले कार्यालयमा पुन: श्रम स्वीकृतिका लागि आउनेले कोरोना रोकथामको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उहाँले बताउनुभयो । त्यही अनुसार कार्यालयले तयारी पनि गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने निर्णय गरेसँगै श्रम स्वीकृतिको बाटो खुलेको हो । बैठकले श्रम मन्त्रालयको सिफारिसमा नयाँ रोजगारी खुल्ला गर्ने निर्णयसमेत गरेको छ ।
पुन : श्रम स्वीकृति पाए पनि अन्तर्राष्ट्रिय उडान भने साउन ७ गतेसम्म बन्द छ । कतिपय देशले अझै यात्रु प्रवेशमा रोक लगाएका छन् ।
श्रोत :उज्यालो नेटवर्क
यो पनि पढ्नुहोस् : एक मिनेटमा २८ पटक चट्याङ पर्ने ठाउँ
साईप्रस
साईप्रसमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ताका लागि जुलाई ३ तारिखलाई अवसरका रुपमा लिन रहेको नेपाली राजदुतावास ईजरायलका प्रवक्ता अर्जुन घिमिरेले जानकारी दिनु भएको छ ।
सोमवार साईप्रस नेपाल डटकमसगंको विशेष कुराकानीका क्रममा प्रवक्ता घिमिरेले यस अघि आफुहरुले आशा गरेको नेपाल एयरलाईन्सलाई महामारीको समयमा साईप्रस सरकार लगाएत युरोपियन युनियनले चार्टर गर्न नदिए पछि अत्यन्त दुखि भएको भन्दै फेरि नेपाल सरकारलाई साईप्रसका नेपालीहरुलाई जसरी पनि उद्दार गर्नु पर्ने आग्रह गरेको जानकारी दिनु भयो ।
उहाले भन्नु भयो आफु र साईप्रसका सघंसस्थाहरुकै आग्रहमा नेपाल सरकारले धेरै मिहनेत गरि विदेशी कम्पनी कतार एयरबेजसगं कुरा गरेर जुलाई ३ तारिखका लागि जहाज फिक्स गरेको हो यसलाई अवसरका रुपमा लिईदिनु हुन सम्पुर्ण साईप्रस र ईजरायलमा बसोबास गर्ने नेपालीहरुलाई आग्रह गर्दछु ।
प्रवक्ता घिमिरेले साईप्रसबाट नेपाल जानेहरु शुरुमा धेरैले नाम दर्ता गराएको तर टिकट काट्नेहरुको संख्या न्युन रहेको भन्दै जो साईप्रसमा समास्यामा रहेका छन उहाहरुलाई सारा साईप्रसमा रहेका सघंसस्थाहरु मिलेर स्वदेश फर्कान आग्रह गनु भयो ।
किनकी कतार एयरवेजले आफुहरुलाई सकभर धेरै भन्दा धेरै नेपालीहरु टिकट काटेमा फ्लाईट गर्न सहज हुने बताएकोले अब जो नेपाली समास्यामा छन उनिहरुका लागि यस्तो अवसर पछि नआउने भएको र नेपालमा पनि लकडाउन बढिरहेको अवस्थामा फेरि अर्को जहाज कहिले फ्लाईट गराउन सकिन्छ भन्ने टुगों नभएको घिमिरेको भनाई थियो ।
घिमिरेले अगाडी थप्दै भन्नु भयो .. नेपाल जानका लागि कुनै पनि समास्याहरु छन भने आफुहरुलाई यथासघ्रि सम्पर्क गर्न आग्रह गर्छु र नाम दर्ता छुटेकाहरुले राजदुतावासमा सिर्फ आफनो पासपोर्ट न. फोन न. लगाएत ब्यक्तिगत विवरण जुन १ तारिख सम्म टिपाउन आग्रह गर्नु भयो ।
नेपाली राजदुतावासले प्रायः हरेक दिन साईप्रस तथा ईजरायलमा रहेका नेपालीहरुलाई उद्दार गर्नका लागि आफनो समाजिक संजाल फेसबुक पेजबाट सुचनाहरु प्रवाह गरिरहेको र दुतावासमा आएका सबै ईमेल , फोनहरुको जवाफ दिनका लागि परेको घिमिरेले बताउनु भयो ।
घिमिरेले जुलाई ३ तारिख साईप्रसमा रहेका नेपालीहरुलाइक्षर्् उद्दार गर्नका लागि अन्तिम विकाल्प रहेकोले जो नेपाल जान चाहेका छन उहाहरु सक्दो छिटो टिकट काटेर सिट सुरक्षित गर्न सबैमा अनुरोध समेत गर्नु भयो ।
घिमिरेका अनुसार आफुहरु साईप्रसमा रहेका नेपालीहरुको समास्या प्रति अत्यन्त गम्भिर भएर काम गरिरहेको र कोही नेपालीहरु समास्यामा पर्न नदिनका लागि दिन रात नेपाल सरकार , साईप्रस सरकारलाई चिठि मार्फत वा फोन मार्फत आग्रह गर्दै काम गरिरहेको बताउनु भयो ।
युरोप ,साईप्रस
साईप्रसमा रहेका विभिन्न समाजिक सघंसस्थाहरुले यहा रहेका जो नेपाल जान चाहनेहरुलाई स्वदेश फर्काउनका लागि एकमत भएका छन । विहिवार साईप्रस नेपाल डटकमले आयोजना गरेको कोराना भाईरसले नेपालीहरुमा पारेको असर र स्वदेश फिर्ती भन्ने विषयमा गरेको छलफल कार्यक्रममा सस्थाहरु प्रतिनिधीहरुले सो कुरामा सहमत भएका हुन ।
छलफल कार्यक्रममा नेपाली कामदारहरुको तलब बढाउने , नेपाली विद्यार्थीहरुको समास्याका बारेमा नेपाल सरकारलाई सस्थागत रुपमै दबाव दिनुपर्ने बेला आएको तमु समाज साईप्रसकी अध्यक्ष धना गुरुगंले बताउनु भयो । छुट्टिमा गएका नेपालीहरुलाई साईप्रस ल्याउनका लागि नेपाल सरकारले यथासिघ्र पठाउने ब्यवस्था गर्नु पर्ने एन.आर.एन.ए साईप्रसका प्रमुख संरक्षक सुबास मल्लले बताउनु भयो ।
संरक्षक मल्लले भन्नु भयो नेपालमा छुट्टीमा गएकाहरुको भिषा सकिएको छ , यहा उहाहरुको मालिकहरुले आफना कामदारहरुलाई फोन मार्फत बोलाउने कार्य गरिहेको सुनेको छु त्यसकारण उहाहरुको भिषा प्रक्रियालाई सहज बनाएर साईप्रस फर्काउनका लागि नेपाली राजदुतावास र नेपाल सरकारको परराष्ट मन्त्रालयले समयमै पहल कदमी चाल्नुपर्ने भनाई थियो ।
साथै साईप्रसमा रहेका विद्यार्थीहरुको कलेजको शुल्क मिनाहा गर्नका लागि नेपाल सरकारले आफनो स्तरबाट पहल गरेर स्थिति सहज बनाउनु पर्ने मल्लले माग गर्नु भएको थियो ।
कोरोना भाईरसको कारणले लकडाउन कडा पारिए पछि नेपाली राजदुतावासले नेपाल फर्कनका लागि सुचना निकाले पछि धेरैले फारम भरे पनि अहिले लकडाउन खुकुलो भए पछि केहीले काम समेत पाएर नेपाल नफर्कने मुड बनाएको समाजिक अभियान्ता धतानन्द पाण्डेले बताउनु भयो । पाण्डेका अनुसार जुलाई ३ तारिख पश्चाप्त यहा रहेका सबै समाजिक एवमं राजनितिक सघंसस्थाहरु मिलेर एन.आर.ए.ए साईप्रसको नेतृत्वमा कोरोनाको असर र अगामी कार्यदिशाका बारेमा छलफल गर्ने जानकारी दिनु भयो ।
साईप्रस नेपाल डटकमका सह सम्पादक दिनेश गौतमको संचालनमा भएको छलफल कार्यक्रममा शेर्पा केदुक साईप्रसकी महासचिव निमदीकी शेर्पा , नेपाल मगर सघं साईप्रसका महासचिव दर्शन बराल मगर , राष्टिय जनमुक्ति मन्चकी अध्यक्ष तारा राई , किरात याकथुगं चुम्लुगं साईप्रसकी सचिव सरिता लिगंदेन , तमागं बौद्ध महासघंकी प्रतिनिधि हिरा तमागं लगाएतले बोल्दै जो नेपालीहरु साईप्रसबाट स्वदेश पर्कन चाहन्छन उनिहरुलाई सहि तरिकाले पठाउनका लागि नेपाल सरकार , नेपाली राजदुतावास र यहा रहेका सबै नेपाली समाजिक सघंसस्थाहरुको दायित्व रहेको बताउनु भएको थियो ।
गनेश पाण्डे
जिएनएन ,पोर्तुगल
कोरोना संक्रमणबाट पोर्चुगलमा पहिलो चिकित्सकको मृत्यु भएको छ। उनमा आफ्नै सहकर्मीबाट कोरोना संक्रमण भएको थियो।
लिस्बनको साउ जोजे अस्पतालमा उपचारका क्रममा उनी ४० दिनभन्दा पनि बढी सघन कक्षमा भेन्टिलेटरमा रहेका थिए।एण्डिपेण्डेण्ट डाक्टर्स युनियनले आज मात्रै पोर्चुगलमा कोरोना संक्रमणबाट पहिलो डाक्टरको मृत्यु भएको पुष्टि गरेको हो।
उनि ६८ बर्षका थिए।एएफपीका अनुसार कोभिड १९ बाट संसारका १९६ देशमा ८. ४ मिलियन मानिस संक्रमित भएका छन् भने ४ लाख ५० हजार बढीको ज्यान गईसकेको छ।पोर्चुगलको पछिल्लो तथ्यांक अनुसार ३८ हजार ८९ जना संक्रमित भएका छन् भने १ हजार ५२४ ले कोरोनाकै कारण ज्यान गुमाएका छन्। त्यस्तै पोर्चुगलमा उपचार पश्चात २४ हजार १० जना रिकभर भएको तथ्यांक स्वास्थ्य महानिर्देशनालायले सार्वजनिक गरेको छ।
गैरआवासीय नेपाली संघ महिला विभागको आकस्मिक बैठक बसिरे नेपालको कैलाली स्थित क्वारेण्टिन भित्रै भएको सामुहिक बलात्कार प्रति घोर आपत्ति प्रकट गरेको छ।
एनआरएनए आइसीसीको महिला फोरमको जुन १७, २०२० मा बसेको आकस्मि बैठकले सो घटनाको भत्सर्ना गर्दै घोर आपत्ति प्रकटको निर्णय गरेको हो। संघको महिला संयोजक भोमा लिम्बुको अध्यक्षतामा बसेको बैठकमा संघका ६ वटै क्षेत्रका क्षेत्रीय महिला संयोजकहरु उपस्थित थिए।
बैठकका सहभागीहरुमा संघकी उपाध्यक्ष रवीना थापा, संघकी महिला संयोजक भोमादेवी लिम्बु, एसिया प्यासिफिक क्षेत्रीय संयोजक अमृता थापा, अमेरिकाज क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, मध्यपूर्व क्षेत्रीय महिला संयोजक सुमित्रादेवी पौडेल, ओसियाना क्षेत्रीय महिला संयोजक जानकी पौडेल हुनुहुन्थ्यो।
बैठकले कोरोना भाइरस संक्रमण पछि जीवन र मरणको दोसाँधमा रहेको अवस्थामा पनि बलात्कार जस्तो घृणित कृयाकलापप्रति दु:ख ब्यक्त गर्दै घटनाको घोर भत्सर्ना गरेको छ।
साथै दोषीहरुलाई आवश्यक छानवीन गरि कडा भन्दा कडा कारबाही र पीडितको स्वतन्त्रपुर्वक बाँच्न पाउने अधिकारको ग्यारेण्टी गर्न माग समेत गरेको छ।
रोगबाट बँच्न बनाइएको क्वारेण्टिनमा महिलामाथि भएको पशुजन्य ब्यवहार सबैका लागि पनि लज्जाको बिषय हो ।
सरकारले पहरेदारी गरेर राखेको क्वारेण्टिनमा पनि असुरक्षित महिला कहाँ सुरक्षित होलान् ? भन्ने प्रश्न गर्दै यस्ता घटनाहरुमा संवेदनशील बन्न र आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ ।
यसका साथै विदेशमा रहेका कठिन अवस्थाका महिला तथा बालबालिकाहरुको उद्धारमा अझै पनि सरकारको ध्यान केन्द्रित हुन सकेको छैन।
खासगरी गर्भवती र सुत्केरी महिलाहरु तथा दुधे बालबालिकाहरु अहिले बढी समस्यामा परेका छन्। उनीहरुको सुरक्षित उद्धारका लागि नेपाल सरकार र मातहतका निकायसँग जोडदार माग गर्दछौं, भनी विज्ञप्तिमा उल्लेख गरेको छ।
साईप्रस
गिरिजा प्रसाद कोईराला फउण्डेसन साईप्रसको पहिलो बैठक राजधानि निकोसियामा गत आईतवार सम्पन्न भएको छ ।
फाउण्डेसनकी संयोजक रिता दुलालको अध्यक्षतामा बसेको बैठकले लकडाउनले गर्दा यहा रहेका विद्यार्थी , कामदारहरुको अवाज उठानका लागि सबै पदाधिकारीहरु लाग्नुपर्ने , फाउण्डेसन समाजिक कार्य गर्नका लागि गठन गरिएको र नेपालमा गरिब समुदायका लागि सक्दो सहयोग गर्ने निर्णय गरेका छ ।
फाउण्डेसनकी सचिव निर्मला सापकोटाको संचालनमा भएको बैठकमा सह सचिव लक्ष्मि पौडेल , कोषाध्यक्ष रिता थापा , सदस्यहरु नन्दन गौतम , रोशन थापा , शिवराम भट्टराई , निमछन्द्र लामा , गिता रासाईली , भोमी गुरुगं र रुविन महर्जन लगाएतको उपस्थिति रहेको थियो ।
फाउण्डेसनको पहिलो बैठक भएकोले संयोजक रिता दुलालले सबैलाई अबिर लगाएर स्वागत गर्नु भएको थियो ।
साथै संयोजक दुलालले नेपालमा कोरोनाबाट सबै भन्दा बढि पिडित गरिबहरु भोकमरीले गर्दा मृत्यु भईरहेको र राज्यले खाना समेत नदिएको आरोप लगाउदै गरिबहरुका लागि अब सबै मिलेर काम गर्नु पर्ने बताउनु भएको थियो ।
काठमाडौं, जेठ ३१ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रघाती महाकाली सन्धि गर्ने तत्कालिन सत्तारुढ दलका नेताहरू जनतासँग माफी माग्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको शनिबारको बैठकमा पेश भएको संविधान संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै यादवले महाकाली सन्धि गरेर राष्ट्रघात गर्ने तत्कालिन शासकहरूलाई जनतासँग माफी माग्न चेतावनी दिएका हुन्।
महाकाली सन्धि गर्दा महाकाली नदीको मुहानको टुंगो किन नलगाएको भन्दै यादवले प्रश्न गरे। नेपालको नक्सामा समावेश कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग कसको शासनका बेलामा गायव पारियो भन्ने विषयमा सदनमा जानकारी दिन यादवले माग गरे।‘सुगौली सन्धिले महाकाली पश्चिमको भूमि भारतको भने पनि महाकाली नदीको भूभाग नै सीमा भएको राष्ट्रघाती महाकाली सन्धिमा उल्लेख गरिएको छ,’ उनले भने, ‘त्यसैले यो सन्धि क–कसले गरेको हो, जनतासामु माफी माग्नुपर्छ।
नेपाल र इस्ट इण्डिया कम्पनीबीच भएको सुगौली सन्धि अत्यन्तै अपमानजनक रहेको बताउँदै यादवले त्यही सन्धिका कारण नेपालले ठूलो भूमि गुमाउनुपरेको बताए।अध्यक्ष यादवले नेपाल सरकारले कुनै पनि विषयमा युरोपेली देश र अमेरिकी वा कुनै विदेशीलाई इस्ट इण्डिया कम्पनीलाई सोध्नुपर्छ भन्ने शब्द अपमानकजनक रहेको बताए।
‘सन्धिमा काली नदी पश्चिम सीमाना भनेर स्पष्ट लेखिएको थियो,’ उनले भने, ‘तर, महाकाली सन्धि गर्दा सन्धिका हर्ताकर्ताहरू धेरै ठूला पार्टीका ठूला नेताहरु त्यो बेला हुनुहुन्थ्यो प्रधानमन्त्री पनि हुनुहुन्छ, महाकाली नदीबाट पश्चिमका भागको दाबी नेपालले छोडेको हो सुगौली सन्धिमा तर महाकाली नदीको सम्झौता गर्दा त्यसको प्रस्तावनामा लेखिएको छ।
महाकाली नदीको अधिकांश भाग दुई देशको सीमा भएको स्वीकार गर्दै भनेर लेखिएको यादवले बताए। सुगौली सन्धिले पाएको क्षेत्राधिकारलाई महाकाली सन्धिले पछाडि धकेल्ने कुरा उल्लेख रहेको उनले बताए।
कांग्रेस र कम्युनिष्ट पार्टीका नेताहरूले जवाफ दिनुपर्यो, यसका लागि हामी सबैले माफी किन नमाग्ने?,’ अध्यक्ष यादवले भने, ‘राष्ट्रवादीको नारा हामी दिन्छौं, मधेशीलाई गाली गर्छौं, यिनीहरू भारतीय हुन्, धोती हुन भनेर भन्छौं भनेर माफी माग्नुपर्यो।’नश्लवादी मानसिकता रहेसम्म राष्ट्रिय एकता बलियो हुन नसक्ने तर्क गर्दै यादवले आन्तरिक राष्ट्रियतालाई बलियो बनाउने तर्फ सरकारका अबका कदम अग्रसर हुनुपर्ने बताएका छन्।
साथै राष्ट्रियता र राष्ट्रवादको भावना टुटे सेना, सरकार र संविधानले पनि जनतालाई रोक्ने नसक्ने यादवले प्रष्ट पारेका छन्।
दिनेश गौतम
साईप्रस
आधुनिक समाजको मुल्य मान्यता र मानवता विरोधी जातिय हिसां एवमं रुकुम पश्चिममा सामुहिक हत्याको जनमुक्ति मन्च साईप्रसले विरोध जनाएको छ ।
मन्चकी अध्यक्ष तारा राईले गत जेठ २५ गते एक पे्रस विज्ञाप्ती जारी गर्दै घटना राष्टिय अन्र्तराष्टिय करण भएको अवस्थामा आफुहरु प्रवासमा बसे पनि अहिले आफनो देशमा जातकै कारणले दलित महिलाहरु न्याय नपाउनु , दलित भएकै कारणले समाजबाट बाहिस्कृत हुनु पर्ने , तल्लो जात भएकै कारण पानी छुन पनि नदिने जस्ता खालका घटना भैरहेको खबरले आफु लगाएत आफनो पार्टी अत्यन्त दुखि भएको उल्लेख गर्नु भएको छ ।
अध्यक्ष राईद्धारा जारी विज्ञाप्तीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोका रुपमा हेरिएको सोती घटनामा जाजरकोटका ६ युवाको अकल्पनीय मृत्यु भएको छ । भेरी नगरपालिका–४ का नवराज विक, सन्दीप विक गणेश बुढा, वडा–११ का गोविन्द शाही, लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका– १ पश्चिम रुकुमका टीकाराम सुनारको सोती घटनामा ज्यान गएको हो ।
नवराज विक र सोतीका मल्ल थरकी एक युवतीबीचको अन्तरजातीय प्रेम सम्बन्धका कारण उब्जिएको घटनाले उनीहरू सबैको ज्यान लिएको छ । सोती घटनामा मारिएका सबै युवाको शव क्षतविक्षत अवस्थामा भेटिनु र शवको प्रकृति हेर्दा उनीहरूलाई हत्या नै भएको जनमुक्ति मंच, साईप्रसको ठहर छ ।

निहत्था समूहमाथि स्थानीय व्यक्तिहरूले हातहतियार सहित जुन पाशविक ढंगले जाईं लागे र सामूहिक हत्याकाण्ड मच्चाए त्यसले समाजलाई बर्बरता तर्फ धकेल्ने काम गरेको छ । सामान्य, कर्मकाण्डीय ढंगको छानविन र सजायले मात्र यो घटनाक्रमको क्षतिपूर्ति सम्भव हुने छैन भन्ने जनमुक्ति मंच, साईप्रसको धारणा छ ।
यस्तो घटनाक्रम र जघन्य अपराधको हकमा थप ‘कठोर क़ानूनी कारवाही आवश्यक भएको छ। सयौ बर्षदेखि निरन्तर थिचोमिचोमा पारिदै आएको दलित समुदायको सामाजिक, राजनीतिक र आर्थिक हैसियत उकास्न राज्यले अझ पनि धेरै कदम चाल्न बाँकी नै रहेको यो ‘चौरजहारी प्रकरणले पुष्टि गरेको ठहर गर्दै दोषीहरुलाई यथासिघ्र कानुनी कटघरामा ल्याउन जोडदार माग गरेको उल्लेख गर्नु भएको छ । ।
द्रोण रिजाल, नेदरल्यान्ड्स
पत्रकार महासंघ युरोप शाखाले फ्रान्समा त्यहाका सामाजिक अभियन्ताहरुसँग १९औं श्रिँखला अन्तर्गत नेपाली समुदायहरुको जनजीवन र संघसस्थाहरुको कृयाकलापहरुको बारेमा छलफल गरेको छ ।
सहभगितामा सामाजिक अभियन्ताहरुले फ्रान्समा सबै संघसन्थाहरु एक आपसमा सहकार्य गर्दै बिपत्ती परेको अवस्थामा राष्ट्रिय मुद्दा बनाएर एकजुट हुँदै अगाडि बडेको अवस्था रहेको जानकारी गराएका थिए ।
कोरोना सन्क्रमण बाट लगभग १५ जना जती सन्क्रमित भएर पनि निको भैसकेको अपुस्ट खबर प्राप्त भए पनी अहिले सम्म कुनै नेपालीको कोरोनाको कारणबाट मृत्यु नभएको जानकारी गराईएको थियो ।
एन आर एन फ्रान्सका उपाध्यक्षलाई कारवाहीका विषयमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै संगठनको बिधी र बिधान बिपरित लेटरप्याड को दुरुपयोग् र गलत कृयाकलापहरुका बिषयमा स्पष्टिकरण माग्दा चित्तबुध्दो जवाफ नदिएको पटक पटक सुध्रिने मौका दिदापनी सन्था प्रती लन्छना लगाउने गतिबिधी गरेकाले वाध्य भएर ६ महिनाका लागि निलम्बन गरेको उपस्थित एन आर एन अध्यक्ष नगेन्द्र शाही र महासचिब मिन कुमार श्रेष्ठले जानकारी दिनुभएको थियो ।
यस्तै मिलेर जाने कुरामा केन्द्र देखी एन एस् सि सम्म पनि आफुले समन्वय भूमिका निर्वाह गर्ने कुरामा कुनै कसुर बाँकी नराख्ने आई सि सि सदस्य पान कुमारी मल्लले जानकारी गराएकी थिईन ।
यस्तै समाज मिलेर जाने कुरामा कुनै दुबिधा नरहेको र ३ वटा सस्था बाहेकका अरु १२ वटा सन्थाहरु निस्पक्ष ढंगले राहत सन्कलन र बितरणमा कुनै बिभेद नगरिएको सामाजिक अभियन्ताहरुको एक्बद्दता रहेको उल्लेख गरेका थिए ।
सहभागिहरुमा एन आर एन का सन्थापक हरिहर अर्याल, एन आर एन आई सि सि सदस्य पान कुमारी मल्ल, एन आर एन अध्यक्ष नरेन्द्र शाही, एन आर एन महासचिब मिन कुमार श्रेष्ठ, प्रवासि नेपाली एकता मंचका अध्यक्ष भक्त वाग्ले, जन सम्पर्क समिती का अध्यक्ष शुधिर राणा, मगर समाजका अध्यक्ष रमेश थापा मगर, तामाङ् समाजका कोअर्डिनेटर मिलन तामाङ् र तमु समाजका महासचीब कृष्ण गुरुङ को उपस्थिती थियो ।
कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईले गरेका थिए भने सन्चालन सचिब वाइ बि गुरुङले र सहजिकरण सचिब द्रोण रिजाल, महेश कुमार खाती, सदस्यहरु शेर बहादुर परियार , रबिचन्द्र भट्टराई, राज कुमार थापाले गरेका थिए ।
सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने उडान तालिका तय गरेको छ। पहिलो चरणको उद्धार उडानका लागि संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार पारेर कोभिड-१९ व्यवस्थापन केन्द्र (सिसीएमसी) लाई बुझाएको छ।
सिसीएमसी स्रोतले दिएको जानकारीअनुसार जेठ ३२ देखि असार ११ गतेसम्मको उडान तालिका बनेको छ। यसमा एकै दिनमा विभिन्न देशमा उडानहरू हुने छन्।
मन्त्रालयले उडान तालिका तथा भाडादर बुझाए पनि त्यसमा कति मान्छे ती उडानबाट नेपाल आउँछन् भनेर सिसीएमसीले हिसाब गर्नेछ।
उद्धार उडानका लागि मन्त्रालयले नेपालबाट सरकारी स्वामित्वको नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज पठाउने छ। पर्यटन मन्त्रालयले योसँगै केही विदेशी एयरलाइन्सलाई उडानमा प्रयोग गर्ने निर्णय गरेको छ।
विभिन्न देशमा रहेका ५६ हजारले नेपाल फर्किन चाहेका थिए भने परराष्ट्र मन्त्रालयले २४ हजारलाई सिफारिस गरेको छ। सरकारले ३० मुलुकबाट फर्किन स्वीकृत गरेकामध्ये सबभन्दा बढी मलेसियाबाट ६ हजार ४ सय छन् भने सबभन्दा कम लाओसबाट २ जना छन्।
यस्तो हुने छ उडान तालिकाः
सरकारको निर्णयअनुसार जेठ २९ गते कुवेतबाट दुई उडान हुने छन्। त्यस्तै जेठ ३२ मा बंगलादेश, असार १ मा माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट हुने छन्।
त्यस्तै, असार २ मा संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, श्रीलंका र माल्दिभ्समा उडान हुने छ। असार ३ मा अष्ट्रेलिया, थाइल्यान्ड, बहराइन, बंगलादेश, कतार र संयुक्त राज्य अमेरिकामा उडान हुने छ। असार ४ मा साउदी अरब, संयुक्त अरब इमिरेट्स, मलेसिया र ओमन उडान हुने छ। असार ५ मा जापान, कुवेत, साउदी अरब र नाइजेरिया उडान हुने छ।
असार ६ मा साइप्रस, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, बंगलादेश र युरोपियन युनियनबाट नेपालीको उद्धार उडान हुने छ। असार ७ मा दक्षिण कोरिया, ओमन, कुवेत र मलेसिया तथा असार ८ मा अष्ट्रेलिया, थाइल्यान्ड, पाकिस्तान र कतार हुनेछ।
असार ९ मा जापान, माल्दिभ्स, संयुक्त अरब इमिरेट्स र युगान्डा तथा असार १० मा साउदी अरब, कुवेत र असार ११ मा साइप्रस र इजरायल उडान गर्ने तालिका तय गरिएको छ।
भाडादर
सरकारले गन्तव्य हेरी भाडादर निर्धारण गरेको छ। एयरलाइन्सहरूले चार्टर्ड उडान गरे पनि सरकारले तोकेभन्दा बढी भाडा लिन पाइने छैन।
नेपाल एयरलाइन्सलाई २४, हिमालयलाई १९ र अन्य विदेशी एयरलाइन्सलाई २४ उडानको जिम्मा दिने तयारी गरेको सरकारले तोकेको भाडादर यस्तो छ:
- BANGLADESH : 165 USD
- NEW DELHI : 205 USD
- MUMBAI : 310 USD
- BANGLOR : 335 USD
- BANGKOK : 390 USD
- CAMBODIA: 400 USD
- SHARJAHA : 500 USD
- ABU DHABI : 500 USD
- DUBAI : 500 USD
- MALDIVES : 505 USD
- OMAN : 510 USD
- KUALA LAMPUR : 520 USD
- DOHA : 545 USD
- BAHRAIN : 545 USD
- HONGKONG : 550 USD
- KUWAIT : 570 USD
- DAMAM (SAUDI) 590 USD
- RIYADH : 630 USD
- JEDDHA : 770 USD
- JORDAN : 815 USD
- CYPRUS : 875 USD
- NARITA: 935 USD
- KHARTUM (SUDAN) : 940 USD
- FRANKFURT (GERMANY) : 1255 USD
- LONDON : 1340 USD
उडानका नियमहरू:
चार्टर्ड उडानको नाममा ट्राभल एजेन्सीले अकुत पैसा असुल गरेको भन्दै यात्रुले तिर्नुपर्ने भाडादर नै तोकेको सरकारले टिकेटिङको व्यवस्थापन एयरलाइन्सले नै गर्नुपर्ने निर्णय गरेको छ।
यात्रुको व्यवस्था भने नेपाल सरकारको कुटनीतिक नियोगले गर्नुपर्ने छ। कुनै पनि क्षेत्रमा न्यूनतम ८५ प्रतिशत यात्रु भएपछि मात्र एयरलाइन्सले चार्टर्ड उडान गर्ने छ।
नेपाल आउने यात्रुले पिसिआर तथा आरडिटी परीक्षणबाट कोरोना नेगेटिभ रिजल्ट रहेको प्रमाण पेस गर्नुपर्ने छ। त्यस्तै नेपाल आएपछि सरकारको नियमअनुसार क्वारेन्टिनमा बस्नुपर्ने छ।
setopati मा प्रकाशित





