२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

लेबनान को बेरुत शहर मा ठुलो बिस्फोट भएको छ । बेलुकी 6:30 बजे तिर भएको बिस्फोट को धक्का साइप्रस सम्म पनि महसुस गरिएको स्थानीय मिडिया ले जनाएको छ ।

लेबनान को स्वास्थय मन्त्रालयका अनुसार ठुलो संख्या मा घाइते भएको र क्षति भएको छ ।

घर का सिसा फुटेका छन् भने कयौ मान्छे पुरिएको आशन्का छ ।

सोमबार, ३ अगस्ट २०२०
पछिल्लो २४ घण्टा मा साइप्रसमा ५ नंया बिरामी फेला परेका छन् । २५८१ टेस्ट मध्य ५ मा कोभिड १९ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज को डाटा सहित सन्क्रमित को जम्मा संख्या ११५५ पुगेको छ ।
पहिलो पटक कोरोना पुष्टि भए देखि आज सम्म १९ को मृत्यु भै सकेको छ भने ८५६ जना निको भै सकेका छन् । आइतबार सम्म को विवरण अनुसार २७५ जनामा अझै पनि  संक्रमण सक्रिय छ जो क्वारेन्टाइन वा उपचाररत छन् ।

क्वारेन्टाइन कानुन तोड्नेलाई १ वर्ष जेल हुन सक्ने

पछिल्लो हप्ता लिमासोलमा संक्रमण ह्वात्तै बढ्यो । लकडाउन मा लगाइएका ४ नियम पुन: लागू गरियो । संक्रमण रोक्न देशै भरी मास्क लगाउन अनिवार्य गरियो । संक्रमण बढ्नुको पछाडि क्वारेन्टाइन बसाइ तोडेर बाहिर घुम्ने  कारण पनि एक रहेको छ ।
लिमासोलको घटना :-
शुक्रबार राती लिमासोल स्थित मोलोस पार्क मा सरकार द्वारा संचालित घुम्ती कोरोना परिक्षण कार्यक्रम अन्तरगत नमुना लिइदै थियो । जसमा केही दिन अघि मात्र एकै परिवारका ४ जनामा संक्रमण पुष्टि भए पछि होम क्वारेन्टाइन बस्न निर्देशन दिएको थियो । तर शुक्रबार साँझ फ्री कोरोना परिक्षण हुदै छ भन्ने थाहा पाएर परिवार का २ सन्क्रमित टेस्ट गराउन लाइन मा लागे र टेस्ट पनि गराए । जबकी उनिहरुको आइतबार को लागि रि-टेस्ट गराउने समय ल्याब बाट लिइ सकेको थियो । त्यहाँ बाट कति संक्रमण फैलियो यकिन छैन ।

लार्नाका घटना :- अमेरिका बाट फर्किएकि महिलामा कोरोना पोजेटिभ देखियो। सेल्फ आइसोलेसन मा बस्न दिएको निर्देशन तोडेर केहि दिन पछि उनि विभिन्न क्याफे, रेस्टुरेन्ट पुगिन्। साथी र आफन्त संग भेटघाट गरिन्। यति मात्र होइन उनीले ले छोरी जन्मदिन को पार्टी पनि आयोजना गरिन् । जसको परिणाम मा शनिवार सम्म मा उनको सम्पर्क मा आएका मध्य ९ जना कोरोना पोजेटिभ रहेको पुस्टि भएको छ । सोहि पार्टी मा सहभागी १३ वर्षिया बालिका लाइ पनि पोजिटिभ देखियो जसको उपचार अहिले निकोसिया स्थीत् मकारियु हस्पिटल मा भै रहेको छ। बाकि को कन्ट्याक ट्रेसिंग को काम जारि छ।

यी केहि घटना मात्र हुन् , आफ्नो ज्यान फालेर सर्वसाधारण को ज्यान जोखिम मा पार्ने गरेका छन्। यो परिस्थिति देखिए पछि साइप्रस सरकार कडा रुपमा प्रस्तुत भएको छ। एयरपोर्ट बाट गरिएको टेस्ट मा कोरोना पोजेटिभ पाइए १४ दिन आफ्नो घर मा क्वारेन्टाइन मा बस्न्नु पर्दछ जसको निरीक्षण गर्न दैनिक रुपमा प्रहरी घर मा आउनेछ। निरीक्षण मा आउदा घर मा नभेटिए सोहि समयमा ३०० युरो जरिवाना वा एक वर्ष को जेल सजाय हुने न्याय मन्त्रालयले बताएको छ। साथै क्वारेन्टाइन नियम तोडेको पुस्टि भएमा दफा १९० अनुसार ज्यान जाने रोगको संक्रमण फैलाएको आरोप मा पचास हजार युरो वा १ वर्ष जेल सजाय हुने स्पस्ट गरेको छ।

Read also : साइप्रस मा मास्क अनिवार्य , ३०० युरो जरिवाना

एजेन्सी । अहिले मानिसहरुको मुख्य समस्या भनेको रोजगारी,कमाई हो । मानिसलाई कमाइले जति सताइरहेको छ त्योभन्दा बढि उनीहरुले त्यसलाई बचाउन नसकेर समस्यामा परेका छन्।
त्यसैले कतिपय मान्छेले भन्ने गर्छन ‘मेरो हातमा त पैसा नै बच्दैन के गर्ने होला, यदि तपाई पनि पैसा बचाउन नसकेर हैरान हुनुहुन्छ भने अपनाउनुहोस् यी उपाय :

१) खर्चलाई टिप्ने बानी बसालौं
तपाईले पैसा बचाउन चाहानुहुन्छ भने सबैभन्दा पहिला जागर चलाएर हरेक दिन गर्ने खर्चलाई टिप्ने बानि बसाल्नुहोस् । ‘एक हजारको नोट जब साटिन्छ, त्यो कहाँ जान्छ थाहा नै हुँदैन ।’ मानिसहरुले धेरै गर्ने गुनासोमा यो पनि पर्छ । मानिसहरुको हातमा पैसा भएपछि त्यो कतिबेला खर्च भयो भन्ने नै मानिसले थाहा पाउँदैनन्। दुध, चिया, पत्रिका, तरकारी, आदिमा दैनिक रुपमा खर्चका शिर्षकहरु हुन् । यस्ता सानासाना आवश्यकतामा खर्च भइरहेपनि मानिसहरुलाई यसको बारेमा थाहा भइरहेको हुँदैन ।

त्यसैले दिनभरिमा गरेको खर्चलाई बेलुका घरमा पुगेर त्यसलाई डायरीमा टिप्ने बानी गर्नुभयो भने तपाईले दिनभरिमा गरेका खर्चको जानकारी हुन्छ । यसले भोलिपल्ट हुने खर्चलाई बचाउँछ अथवा भोलिपल्ट पैसा खर्च गर्नु अघि एक पटक अघिल्लो दिनको खर्च याद हुन्छ ।

२) खर्चको योजना बनाउनुहोस्

तपाईले मासिक रुपमा गर्ने खर्चको पहिले नै योजना बनाउनु आवश्यक छ । यदि पैसा बचाउने हो भने, यो महिना कति खर्च गर्ने भन्ने पहिले नै योजना बनाउनु पर्छ । यसले तपाईको आवश्यकता के र त्यसमा पनि प्राथमिकीकरण गर्न सहयोग गर्छ । यसरी महिनामा गर्ने खर्चलाई पहिले नै योजना बनाएको हुनाले विशेष परिस्थिति बाहेक अन्य अवस्थामा त्यो भन्दा धेरै खर्च हुने छैन ।

३) पैसा बचाउने योजना


तपाईसँग हरेक महिनाको आम्दानीको विवरण आएपछि त्यसलाई कसरी बचाउन सकिन्छ भन्ने बारेमा पनि योजना बनाउनु पर्छ । मानिसका आवश्यकता धेरै हुन्छन् तर आम्दानी सिमित हुने भएकोले त्यसलाई योजनाबद्ध रुपमा खर्च व्यवस्थापन गर्नुपर्छ । खर्चको विषयमा योजना बनाउँदै सँगसँगै बचतको विषयमा पनि योजना बनाउनु पर्छ । हरेक महिना हुने आम्दानीको २० देखि ३० प्रतिशत सम्म बचत गर्ने बानी गर्दा राम्रो हुने विज्ञहरु बताउछन् ।

हामीले महिनाको अन्त्यमा तलव पाउने वित्तिकै, बैंकमा अर्को छुट्टै खाता बनाएर त्यसमा पैसा जम्मा गर्न सकिन्छ । जुन पैसा अत्यावश्यक बाहेक अन्य बेलामा प्रयोग नगर्ने विषयमा आफुलाई दह्रो बनाउनु पर्छ ।

४) उद्देश्य निधारण गर्ने


हामीले कुनै उद्देश्य नराख्नाले पनि पैसा बचत गर्न सकिरहेका छैनौं । पैसा बचत गर्दैगर्दा यति महिना पछि यति पैसा जम्मा गरेर यो कुरामा खर्च गर्छु भन्ने योजना बनाउनु पर्छ । यसरी खर्चको उद्देश्य निर्धारण गर्दा बचत गर्नमा प्रोत्साहन मिल्छ । मानौं यो दशैमा मोटरसाइकल किन्ने वा ल्यापटप किन्ने उद्देश्य राखियो भने दशै सम्ममा गर्ने विभिन्न खर्चलाई बचाएर आफ्नो उद्देश्य पुरा गर्नमा निकै मेहनत गरिन्छ ।

यस्तै घर किन्ने वा गाडि किन्ने बेलामा पनि यसको सबै मुल्य यति महिना भित्र तिर्नेछु भन्ने उद्देश्य निर्धारण गर्दा अन्य फजुल खर्च बचाउन सकिन्छ। यसरी खर्चको उद्देश्य बनाउँदा अल्पकालिन, मध्यकालिन र दिर्घकालिन बनाउनु पर्छ । छोटो समयमा पुरा गर्ने उद्देश्यलाई अल्पकालिन उद्देश्यमा राख्ने, यस्तै केही लामो लाई मध्यकालिन र निकै लामो खालको उद्देश्यलाई दिर्घकालिन बनाउने जस्तै छोराछोरिको शिक्षा । यसको लागि अहिले देखिनै बचत गर्ने ।

५) प्राथमिकता छनोट गर्ने


हामीले अत्यावश्यक वस्तु वा आवश्यक आवश्यकताका रुपमा कहिल्यै पनि छुट्याएका हुँदैनौं । त्यसैले गर्दा हामीसँग पैसा भएको बेलामा अगाडि जे देखिन्छ त्यसैमा खर्च गछौं । यसैले गर्दा हामी हामीलाई अत्यावश्यक आवश्यकतामा थप पैसा खर्च हुने संभावना हुन्छ । यसैले बेलैमा प्राथमिकता छनोट गर्दा पैसा बचत गर्न सहयोग मिल्छ ।

६) बढिरहेको बचतको बारेमा जानकारी लिइरहने


बैंकमा भएको बचतलाई बेलाबेलामा गएर हेरिरहने बानि गर्नाले पनि बचतलाई प्रोत्साहन गर्न सहयोग मिल्छ । यसरी बचत हेरिरहँदा अघिल्लो महिनाको बचत भन्दा कम भएमा त्यसले झस्काउँछ । यदि अघिल्लो महिनाको भन्दा धेरै बचत देखिएमा त्यसले अर्को महिना त्यो भन्दा धेरै बचत गर्न पनि प्रोत्साहन गरिरहेको हुन्छ । यदि यसरी बचत हेरिरहँदा अघिल्लो महिना भन्दा कम भएमा कारणको खोजि गरि अर्को महिना देखि त्यसलाई समाधान गरि पुनः बचत बढाउन सकिन्छ ।

७) साप्ताहिक रुपमा खर्च गर्ने


हामीले कुनै पनि वस्तुको आवश्यकता परेमा जति वेला आवश्यकता पर्यो । त्यति बेला नै किन्ने बानी हुन्छ । तर, यो निकै नराम्रो बानी हो। हप्ताभरि आवश्यक पर्ने वस्तुलाई पहिले नै टिपोट गरेर हप्तामा एक पटक मात्रै खर्च गर्दा अनावश्यक खर्च कम हुन्छ । यस्तै, एकै पटक एउटै पसलमा गएर सामान खरिद गर्दा पसलबाट छुट पनि पाइने संभावना हुन्छ।

८) घरमा खाने बानी बसाल्ने


हामी बिहानै उठेपछि चिया खानको लागि बाहिर निस्कन्छौ। यसले गर्दा अस्वभाविक रुपमा हाम्रो खर्च बढिरहेको हुन्छ । सकेसम्म घरमा नै बनाउन सकिने खानेकुरा घरमा नै खाने बानीले पनि बचत बढाउन सकिन्छ । हामी अल्छीले गर्दा खाना पनि बाहिर खाने वा खानाको सट्टा रेडिमेट वस्तु खाने गर्छौं । यस्ता खानेकुराले स्वास्थ्यमा असर पर्नुको साथै बचतमा पनि सहयोग मिल्छ ।

स्वास्थ्य मन्त्रालयले थप 11 जनामा कोरोना पुष्टि भएको बताएको छ । आइतबार बिहान 15 र बेलुकी 11 जना मा गरि 26 जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

यो संगै सन्क्रमित को संख्या 1150 पुगेको छ ।

बिहान को समाचार पढ्न यहाँ क्लिक गर्नुहोस् ।

साइप्रसको स्वास्थ्य मन्त्रालयले आइतबार 15 जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार शनिबार अबेला सम्म गरिएको 947 टेस्ट गरिएको थियो ।

लिमासोल जिल्ला भरि भिन्न भिन्न स्थान मा टेस्ट गरिएको थियो । सरकारले कोरोना संक्रमण रोक्न हरेक जिल्ला को लागि ३,००० टेस्ट निशुल्क उपलब्ध गराएको छ ।

साइप्रस मा जम्मा संख्या 1139 पुगेको छ ।

१ अगस्ट  २०२०
शनिबार कोभिड १९ का थप 10 बिरामी फेला परेका छन् । शुक्रबार राती र शनिबार गरिएको 990 टेस्ट मध्य ५ जना लिमासोलबाट हुन् ।यो संगै संक्रमीत को संख्या 1124 पुगेको छ।लिमासोल को स्थिति लाई ध्यान मा राख्दै लक्डाउन को बेलामा लगाइएको केही नियम पुन: लागू गरिएको छ ।
केही दिन यता कोरोना को हट स्पट बनेको लिमासोलमा संक्रमण रोक्न  लिमासोल भरी एकै स्थानमा १० जना भन्दा बढी जम्मा हुन प्रतिबन्ध गरिको छ । यस्तै चर्च तथा धार्मिक स्थल मा 75 जना भन्दा बढी जम्मा हुन पाइनेछैन । त्यस्तै  सार्वजनिक सवारीसाधनमा सिट क्षमताको  50% मात्र यात्रु चढाउन पाइने छ । रेस्टुरेन्ट र बार  भित्र 75 र  बाहिर 150 सिट मा मात्र बस्ने  अनुमती दिएको छ । यी नियम हरु लिमासोलमा ३ हप्ताको लागि लागू हुने छन् ।

सर्वसाधारणको लागि सरकारले मास्क लगाउन अनिवार्य गरेको छ । भिडभाड हुने इनडोर एरियामा  मास्क लगाएर हिड्न अनिवार्य गरेको छ । अन्यथा ३०० युरो जरिवाना तिर्नु पर्ने बताइएको छ । 
यता रास्ट्रपति निकोस अनास्टसियादेश ले लिखित बयान जारी गर्दै संक्रमण फैलिरहेको अवस्थामा लगाइएको नियम नमाने कडा प्रतिवन्ध लगाउने  सकिने छ जसको परिणाममा गम्भीर आर्थिक असर पुर्याउने छ ।

31 जुलाइ २०२०/ साइप्रस

पछिल्लो २४ घन्टा मा 1850 टेस्ट मध्य 25 मा कोरोना संक्रमण देखिएको छ। यी मध्य २० जना सन्क्रमित को सम्पर्कमा आएको “कन्ट्याक ट्रेसिङ ” ले देखाएको स्वास्थ्य मन्त्रालय ले जनाएको छ । आज बताइका मध्य 15 जना लिमासोलबाट रहेका छन् । यो सङै संक्रमीत को जम्मा संख्या 1114 पुगेको छ ।
स्वास्थ्य मन्त्रालय ले शनिबार बिहान 12 बजे देखि लागू हुने गरि अनिवार्य रुपमा मास्क लगाउनु पर्ने बताएको छ ।
यो सम्बन्धी समाचार पढ्न यहाँ क्लिक गर्नुहोस

स्वास्थ्य मन्त्रालयले आज राती (शुक्रबार ) राती 12 बजे बाट लागू हुने गरि सबै ले अनिवार्य मास्क लगाउनु पर्ने बताएको छ । पत्रकार सम्मेलन मा बोल्दै स्वास्थ्य मन्त्रीले सार्वजनिक स्थल भित्र पनि अनिवार्य मास्क लगाउन पर्ने अन्यथा ३०० युरो जरिवाना तिर्नु पर्ने बताउनु भएको हो ।

साथै लिमासोल मा धेरै जना जम्मा भएर बस्न पनि प्रतिबन्ध लगाइएको छ ।

कोरोना भाइरस को संक्रमण लिमासोल मा बड्दो देखिए पछि केही दिन पहिले स्वास्थ्य मन्त्रीले लक्डाउन हुन सक्ने सन्केत गरेका थिए । तर आज को पत्रकार सम्मेलनमा बोल्दै न्याय मन्त्री र स्वास्थ्य मन्त्रीले सबै निकायलाई नयाँ नियम कडा रुपमा पालना गराउन निर्देशन दिइसकेको जानकारी गराउनु भयो ।

कोरोना भाइरस कम गर्न लगाइको लक्डाउन विभिन्न चरण मा खुल्दै गए पछि सर्वसाधारणले व्याक्तिगत सुरक्षा र सामाजिक दुरि कायम मा लापरबाही गरेको बताउनु भयो ।

पछिल्लो केही दिन देखि लिमासोल मा संक्रमण बड्दो छ । पछिल्लो शुक्रवार देखि बड्दो भाइरस संक्रमण मङल्बार 10, बुधबार 13 र बिहिवार 6 जनामा देखिएको थियो । यी मध्य अधिकांश लिमासोल मा देखिएको थियो ।

निम्न स्थान मा मास्क अनिवार्य :

बैक, सुपरमार्केट, सपिङ मल, हस्पिटल , चर्च र अन्य सार्वजनिक स्थल हरु

थप विवरण आउदै ( अपडेट हुँदैछ )

जाजरकोट- च्याउको तरकारी खाँदा ग’म्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीका एकै घरका तीन जनाको आज मृ’त्यु भएको छ । यसअघि सोमबार गाउँमै एक जनाको मृ’त्यु भएको थियो ।

गत साउन ९ गते जङ्गलबाट च्याउ टिपेर घरमा ल्याई पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका आठ जना बि’रा’मी परेका थिए । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुता चलाउनेको उपचारको क्र’ममा मृ’त्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले बताउनुभयो ।

चलाउनेकी ३ वर्षीया छोरी अञ्जनाको सोमबार गाउँमै मृ’त्यु भएको थियो । विषालु च्याउ खाएर गम्भीर बिरामी भएका सात जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि सोमबार नै सुर्खेत लगिएको थियो । बिरामी परेका एकजनाको अवस्था ग”म्भीर रहेको र तीनजनाको अवस्था सामान्य रहेको डा पौडेलले बताउनुभयो ।

“ढिलो गरी अस्पताल ल्याएको हुँदा च्याउको विषले धेरै असर गरिसकेको रहेछ जति कोसिस गर्दा पनि बचाउन सकिएन”, डा पौडेलले भन्नुभयो, “विषले शरीर वि’षाक्त बनाइसकेको थियो ।” उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा अञ्जनाको मृत्यु भएको हो ।

घरमूली ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय छोरा ललित, ३० वर्षीय बुहारी कल्पना, छोरी पशुपतिको सुर्खेतमै उपचार भइरहेको छ । गाउँपालिकाले निजी खर्चमा हेलिकप्टर चार्टर गरेर बिरामीको उद्धार गरेर सुर्खेत पु¥याएको हो । वडा नं १ मा स्वास्थ्यचौकी नहुँदा निजी औषधि पसलमा लिएर उपचार गर्दा बिरामीले उपचार पाएका थिएनन् । बिरामी भएको तीन दिनपछि मात्र उपचारका लागि हेलिकप्टरमा उ’द्धा’र गरिएको थियो ।

पछिल्लो केहि दिन मा लिमासोलमा कोरोना संक्रमण देखिए पछि स्वास्थ्य  मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । स्थानीय समुदायमा रहेको भाइरस अझै पनि सक्रिय रहेकाले सर्वसाधारणले भिडभाड र ठुलो संख्या मा जमघट हुने स्थल मा जाँदा सावधानी अपनाउन स्वास्थ्य  मन्त्रालयले अनुरोध गरेको छ । 

लिमासोल  मारिना स्थित वागामामा रेस्टुरेन्टका स्टाफ ५ जनामा कोरोना संक्रमण देखिएको थियो। लिमासोल कै कोस्ता कफी सपका एक स्टाफ मा पनि कोरोना पोजेटिभ देखिए पछि सो स्टोर बन्द गरि निर्जलीकरण गरिएको छ भने सबै स्टाफ लाइ कोरोना टेस्ट गर्न पठाईएको सो स्टोर ले बताएको छ ।

महामारीको अवस्था राम्रो बनाउन र जनस्वास्थ्य को सुरक्षा गर्नु सबै नागरिकको व्याक्तिगत र सामाजिक जिम्मेवारी भएको स्वास्थ्य मन्त्रालयले दोहोर्याउदै भाइरसको संक्रमण फैलिनबाट रोक्न फेरि लकडाउन गर्नु नै अन्तिम विकल्प हुन सक्ने र यो हुनबाट रोक्न सबैको दायित्व भएको मन्त्रालयले बताएको स्थानीय मिडियाले जनाएका छन्।

आइतबार गरिएको ९१२ टेस्ट मध्य ४ जनामा कोरोना संक्रमण देखिएको छ। यो संगै संक्रमित को संख्या १०५७ पुगेको छ। निको हुने को संख्या ८५२ छन् भने १९ जनाको मृत्यु भै सकेको छ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट