२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

१० अगस्ट २०२०
पछिल्लो २४ घन्टामा गरिएको २६१९ टेस्ट मध्य १० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । साइप्रसको स्वास्थ्य मन्त्रालयले जानकारी दिए अनुसार १० मध्य ५ अस्पतालमा उपचाररत छन् तर कोहि पनि आइसियु मा भने भर्ना भएका छैनन् ।
आजको डाटा सहित कोरोना सन्क्रमित को जम्मा संख्या १२५२ पुगेको छ । वोल्डोमिटरका अनुसार कोरोना भाइरस सक्रिय बिरामी को संख्या ३६३ छ । यो संख्या भनेको हस्पिटल मा उपचाररत र क्वारेन्टाइनमा बसेको बिरामीको संख्या हो ।
कोरोना बाट हाल सम्म साइप्रस मा १९ जनाको मृत्युु भै सकेको छ भने ८७० पुर्ण निको भै सकेका छन् ।
पछिल्लो केही हप्तामा कोरोन धमाधम देखिन थाले पछि सरकारले मास्क लगाउन अनिवार्य गरेको छ । नियम पालन नगर्नेलाई प्रहरीले ३०० युरो जरिवाना तिर्नु पर्ने छ । यसरी लाग्ने जरिवाना १५ दिन भित्र नतिरे यसको ५०% थपेर १ महिना भित्र तिरिसक्नु पर्ने हुन्छ यदि महिना दिन भित्र पनि नतिरेमा अदालतमा केश खुल्ने नियम छ ।

१० अगस्ट २०२०

लिमासोलमा बिहान एक भ्यानमा विस्फोट भएको छ । सोमबार बिहान निकोउ र डेस्पिना पत्ती स्ट्रीट मा ज्वलनशील रासायनिक सामग्री ट्रान्स्पोट गर्ने भ्यानमा बिस्फोट भएको हो ।भ्यानमा फस्फिन नामक पदार्थ ले भरिएको ब्यारेल राखिएको थियो । फस्फिन एक किसिमको ज्वलनशिल रङहिन बिस्फोटक ग्यास हो जुन सामान्य तापमान मा लसुन वा सडेको माछाको गन्ध जस्तै हुन्छ ।

बिस्फोट को खबर पाउना साथ प्रहरी, दमकल र एम्बुलेन्स सेवा घटनास्थलमा पुगेको थियो । भ्यानमा क्षति पुगे पनि स्थिति सामान्य र सुरक्षित बनाउन प्रहरीले आसपासका पसल बन्द गराइ र स्थानीय बासिन्दाको घर खाली गराएको थियोे । बिस्फोट बाट अन्य केही क्षति नभएको स्थानीय मिडियाले बताएका छन् ।

रोमानिया बाट आएको पानी जहाजमा अन्न संगै सो केमिकल ल्याइएको जानकारी स्थानीय प्रशासनले दिएको छ । नस्ट गर्न भनेर स्थानिय कम्पनीले सो पानी जहाज मार्फत सो केमिकल मगाएको बताइएको छ ।

युरोप , साईप्रस
विश्वभरमा रहेका नेपाली आदीबासीहरुले आफनो देश चिनाउनका लागि महात्वपुर्ण योगदान दिएको ईजरायल तथा साईप्रसका नेपाली राजदुत डा. आन्जान शाक्यले बताउनु भएको छ ।

२६ औ विश्व आदीबासी दिवसको अवसर पारेर राजदुत डा. शाक्यले साईप्रस नेपाल डटकमसगंको टेलिफोनमा कुराकानी गर्दै ईजरायल तथा साईप्रसमा रहेका नेपाली एवमं अन्य देशका आदीबासीहरु संयुक्त रुपमा मिलेर कार्यक्रम गर्नु नै सारा आदीबासीहरु एक भएको बुझिएका बताईन ।

डा. शाक्यका अनुसार नेपाली आदीबासी जनजातिहरु देशका गहना भएकोले राज्यले उहाहरुको भाषा , संस्कृतिलाई जगेर्न गर्न कुनै कसुर बाकी राख्न नहुने तर्क गर्नु भयो । नेपालमा रहेका आदीबासीहरुको जायज मागलाई नेपाल सरकारले केही हद सम्म पुरा गरे पनि बाकी रहेका मागहरुलाई सरकारले यथासिघ्र सम्बोधन गर्नुपर्ने नेपाली राजदुतावास ईजरायलका प्रवक्ता एवमं उपनियोक प्रमुख अर्जुन घिमिरेले बताउनु भयो ।

प्रवक्ता घिमिरेले प्रवासमा रहेका आदीबासीहरुलाई सारा नेपालीहरुले सम्मान गर्दै उहाहरुको संस्कृतिलाई जोगाउन सबै लाग्नुपर्ने बताउनु भयो ।

यता २६ औ आदीबासी दिवसको अवसरमा गैरआवासीय नेपाली सघं साईप्रसका प्रवक्ता दिनेश गौतमले शुभकामना दिदै नेपाली आदिबासी जनजातिहरु सारा नेपालीहरुको गहन भएको बताउनु भएको छ ।

प्रवक्ता गौतमले जनजातिहरुको अधिकारका सवालमा नेपाल सरकार गम्भिर भएर उहाहरुको भाषा , सस्कृतिलाई जगेर्न गर्नुपर्ने माग गरेका छन ।

यस्तै साईप्रसमा रहेको किरात याकथुगं चुम्लुगं साईप्रसकी सचिव रेश्मा लिम्बुले पनि शुभकामना दिर्दै सबै आदिबासीहरु एक हुनुपर्ने बताईन । सचिव लिम्बुले आज साईप्रस नेपाल डटकमसगंको टेलिफोनमा कुराकानी गर्दै सो कुरा बताउनु भएको हो । यस्तै साईप्रसमा रहेका तमु समाज साईप्रस , नेपाल तमागं घेदुगं साईप्रस , तमागं बौद्ध महासघं , नेपाल मगर सघं , किरात राई यायोख्खा साईप्रस , गिरिजा प्रसाद कोईराला फाउण्डेशन , लगाएतका विभिन्न समाजिक सघंसस्थाहरु ,लगाएतले शुभकामना दिदै सबै आदीबासी जनजातिहरु एक भएर सस्कृतिलाई जगेर्न गर्नुपर्ने बताएका छन ।

९ अगस्ट २०२०

लिमासोल जिल्लाको प्राटिसो अभ्डिमु गाउँ नजिकै डढेलो लागेको छ । आइतबार दिउँसो करिब २ बजे आगो आगेको जानकारी आए पछि दमकल सेवा तुरुन्तै सो स्थानमा पठाइएको थियो । सुख्खा घास भएका इलाकामा ढडेलो लागेको र नियन्त्रण को प्रयास भैरहेको फायर सर्भिस का प्रवक्ता ले बताएका छन् ।

आगो नियन्त्रण गर्न ८ दमकल र अग्नि नियन्त्रक कर्मचारी तैनाथ गरिएको छ । तिव्र हावा चलेका कारण ढडेलो नियन्त्रण मा मुस्किल भैरहेको बताइएको छ ।

हेलिकप्टर र दमकल निरन्तर प्रयासमा रहेको जानकारी छ ।

८ अगस्ट २०२०

पछिल्लो २४ घन्टामा गरिएको टेस्ट मा कोरोना संक्रमण भएका ११ बिरामी फेला परेका छन् । साइप्रस को स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार 3314 ल्याब टेस्ट गरिएको थियो । जसमध्य ११ जना पोजेटिभ भेटिएको हो । यो संगै कोरोना सन्क्रमित को संख्या १२३३ पुगेको छ ।

फामागुस्त जेनेरल हस्पिटल मा अहिले ५ जना कोभिड १९ का बिरामी उपचाररत छन् उनिहरुको अवस्था सामान्य रहेको छ ।

लक्डाउन खुलुको भए संगै कोरोना संक्रमण फैलिन थाले पछि सरकारले देश भर मास्क को प्रयोगलाई अनिवार्य गरेको थियो । लिमासोल मा १० जना भन्दा बढी एकै स्थान मा जम्मा हुन प्रतिवन्ध गरिएको छ । भिडभाड हुने स्थानमा अनावश्यक नजान र जानै परे व्याक्तिगत सुरक्षा को उपाय संगै सामाजिक दुरि कायम गर्न सरकारले अनुरोध गरेको छ ।

८अगस्ट २०२०/ लिमसोल

शनिबार बिहान २ बजे देखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । पापोस र लिमासोल को बीचमा पर्ने माउसेरे, अर्चिमान्ड्रिटा, र डोरा क्षेत्रहरूमा आगलागी भएको हो । करिब २० किलोमीटर क्षेत्र मा लागेको आगो निभाउन ३० भन्दा बढी दमकल, ठुलो संख्या मा अग्नि नियन्त्रक स्टाफ र हवाइ मद्द्त लिएको छ ।

९ बटा अग्नि नियन्त्रक हवाइ सेवा प्रयोगमा ल्याइएको छ । अतिरिक्त अग्नि नियन्त्रण बल लाई सो स्थानमा तैनाथ गरिएको छ । यद्यपि कतै पनि जनधनको क्षति नभएको बताइएको छ । सुरक्षाका लागि डोरा गाउलाई प्रहरि र सिभिल डिफेन्स को सहयोगमा खाली गराइएको छ ।
तेज हावा चलेका कारण आगलागि नियन्त्रणमा आउन सकिरहेको छैन ।

८ अगस्ट २०२०/लिमासोल

पापोस र लिमासोल को बीचमा पर्ने माउसेरे, अर्चिमान्ड्रिटा, र डोरा क्षेत्रहरूमा शानिवार बिहान २ बजे आगलागी भएको छ। आगो नियन्त्रण गर्न अग्नि नियन्त्रक सेवा परिचालन गरिएको छ । ठूलो संख्यामा अग्नि नियन्त्रक ,दमकल संगै पाँच हेलिकप्टर पनि आगलागि नियन्त्रण मा लिन प्रयोग भै रहेको फायर सर्भिसका प्रवक्ताले बताएका छन्
सिभिल डिफेन्स र प्रहरीको सहयोगमा लिमासोल जिल्ला को डोरा गाउँलाई सुरक्षित खाली गराएका छन् । हावा चलेेेका कारण आगो नियन्त्रण गर्न नसकिएको बताइएको छ

थप विवरण आउन बाकी ।
श्रोत :- साइप्रस मेल

साइप्रस / ७ अगस्ट २०२०

शुक्रवार १४ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ । साइप्रसको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार ३५३९ टेस्ट गरिएको थियो । यी मध्य 4 जना “कन्ट्याक ट्रेसिङ “बाट, 5 जनाको” ट्राभल हिस्ट्री” र विभिन्न ल्याब बाट गरिएका टेस्ट बाट आएका नतिजा हुन् ।

आजको डाटा सङै सन्क्रमीत को संख्या 1,222 पुगेको छ

एयर इन्डियाको जहाज IX-1344 दुर्घटनामा परेको छ । भारत को केरेला राज्य मा क्यालिकट विमानस्थल मा ल्यान्ड गर्दा चिल्पिएर दुर्घटना भएको भारतीय सन्चारमाध्यमले जनाएका छन् । बिमानमा १९१ यात्रु थिए । एम्बुलेन्स र दमकल सेवा घटनास्थल मा पुगि सकेका छन् । प्रारम्भिक जानकारी अनुसार एक पाइलट र २ यात्रु को मृत्युु भएको सिएनएन ले बताएको छ तर पुष्टि भएको छैन । विमान दुबई बाट क्यालिकट आउदै थियो ।

दुई टुक्रा भएको भयानक दृश्य

विमान को अघिल्लो भाग २ टुक्रा भएको बताइएको छ ।

थप विवरण आउदै (अपडेट हुदै छ )

साइप्रस /५ अगस्ट २०२०
पछिल्लो २४ घन्टामा १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३१३२ टेस्ट मध्य १५ मा संक्रमण देखिए संगै महामारी सुरु भए देखि आज सम्म सन्क्रमित को संख्या १,१९५ पुगेको छ । वोल्डोमिटर का अनुसार हाल साइप्रसमा कोरोना संक्रमण  सक्रिय भएका बिरामीको संख्या भने ३२० मात्र छ ।
आज स्वास्थ्य मन्त्री कोन्स्टाटिनुस अयान्नु ले पत्रकार सम्मेलन गर्दै  ल्याब टेस्टका नतिजाले कोरोना भाइरस फैलिरहेको बताउनु भयो ।

“यो परिस्थिति हाम्रो लागि विशेष चिन्ताको विषय हो किनकि यदि यसको प्रकोप नियन्त्रणमा हेलचेक्राइ गरिने हो भने भाइरसको फैलावट खतरनाक अनुपातमा पुग्न सक्छ,” उनले भने।
उनले यो अवस्थामा सहयोग गर्न र सतर्क रहन सर्वसाधारणलाई आग्रह गरे किनकि यो भाइरस खास गरि युवा वर्गमा कुनै पनि लक्षण नदेखाइ फैलिरहेको विभिन्न डाटाले देखाएको छ । कुनै व्याक्तिमा लक्षण नदेखिए सम्म सामाजिक क्रियाकलाप मा सक्रिय रहिरहने हुँदा अन्जानैमा संक्रमण फैलाउन मद्दत पुग्न सक्ने र संक्रमण भएमा ट्रेसिङ गर्न गाह्रो हुने हुँदा यो विसय गम्भीर भएको मन्त्री अयान्नुले बताए ।

अहिले सम्म महामारिको अवस्था संतोषजनक भएको बताउदै सामाजिक दुरि , आवश्यकता अनुसारको मास्क प्रयोग र बारम्बार हात धुन अनुरोध गर्दै खास गरि मानिस धेरै जम्मा हुने स्थान मा सतर्कता अपनाउन आग्रह गरे ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट