
जिएनएन ,युरोप , नेकपा संसदीय दलका उपनेता एबम पूर्व सभामुख सुबास नेम्बाङले गैर आबासीय नेपालीलाई नेपाल सरकार र राजनितिक नेत्रित्वले कुनै भेदभाब नगरेको र देशको उन्नतीमा साझेदार र सहयात्रीको रुपमा स्वीकार गरी सकेको बताउनु भएको छ ।
गैर आबासीय नेपाली संघको युरोपियन बैठकको एनआरएन नागरिकता र मतदानको अधिकार सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नेम्बाङले गैर आबासीय नेपाली नागरिकता सम्बन्धि बिधेयक संसदमा पेश भैसकेको र आगामी संसद अधिबेशनले पारीत गर्ने र कार्यन्वयन हुने विश्वाश दिलाउनु भयो ।
एनआरएनहरुलाई अधिकार दिन र नेपालको बिकासमा सझेदार रहेका एनआरएनहरु सँग मातृभूमीको सम्बन्ध दिर्घ्काल सम्म कायम गर्ने कुरामा सबै राजनीतिक दलको सहमति रहेको पनि उहाले बताउनु भयो ।
ब्यक्तिगत रुपमा एनआरएनहरुलाई नागरिकता दिलाउन सुरुवाती दिनबाट आफुले एनआरएन नेत्रित्व सँग सहकार्य गर्न पाएकोमा आफुलाई खुशी लागेको बताउनु भयो । नेपाली काङ्रेशका नेता मिनेन्द्र रिजालले गैर आबासीय नेपालीहरुले भोगी रहेका समस्या , गरी रहेको प्रगती र प्राप्त ज्ञान सीप बारे आफुले नजिकबाट बुझेको र गैर आबासीय नेपाली अभियानले आफ्नो छुट्टै परोपकारी छबि र नेपालको दु:ख सुखको साथीको छबि बनाएको छ भन्दै मात्रीभुमी सँगको सम्बन्ध अझ दरिलो बनाउन एनआरएन नागरिकताले सहयोग गर्ने बताउनु भयो ।
संसारका धेरै देशमा दोहोरो नागरिकताको प्राबधान रहेको त्यस्ता देशले छीट्टो बिकास गरेको उदाहरण छन भन्दै अहिले सामाजिक सान्स्कृतिक अधिकार सहितको नागरिकता भएमा राजनीतिक अधिकार सहितको नागरिकता र मतदानको अधिकार कसरी दिन सकिन्छ भनी बहस चलाऊनु पर्ने बताउनु भयो ।
गैर आबासीय नेपाली अभियान सुरु भए देखि आज सम्म एनआरएन नागरिकताको लागि गरेको संघर्ष र प्रगती बारे चर्चा गर्दै संस्थापक अध्यक्ष उपेन्द्र महतो , रामप्रताप थापा, संघका अध्यक्ष कुमार पन्त , सल्लाहकार कुल आचार्य , सरोज दाहाल, सुरेन्द्र नेपाल श्रेष्ठ लगायतले एक पटकको नेपाली सधैंको नेपाली भन्ने एनआरएनको मुल नारा भएको त्यसलाई एनआरएन नागरिकता र मतदानको अधिकारले पुरा गर्ने हुँदा त्यस तर्फ छिट्टो काम भएमा देशको र एनआरएनहरुलाई फाईदा हुने भनाइ राख्नु भयो ।
पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले कार्यक्रमको समिक्षा गर्नु भएको थियो, बिरेन्द्र सिंह कार्कीले टिप्पणी गर्नु भएको थियो । गैर आबासिय नेपाली संघ बेल्जियमका अध्यक्ष चित्र सुबेदीले स्वागत गर्नु कार्यक्रममा सहभागीहरुलाई आईसिसी सदस्य बिनोद कार्कीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । गैर आबासीय संघका उपाध्यक्ष एबम नेपाली नागरिकता निरन्तरता समिती सन्योजक सोनाम लामाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन आईसिसी सदस्य सन्तोष जोशी सुबाशले गर्नु भएको थियो ।
१८ असोज
धादिङ जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं २ की कक्षा १० मा पढ्ने १४ वर्षिय बालिका सुर्यमुखी (नाम परिवर्तन) असोजको पहिलो साता गाउँमै काठको काम गर्न आएका उदयपुर तिरका एक पुरुषसंग विहे गर्ने भन्दै घरबाट भागिन् । बाबुले छोरी घरमा नरहेको जानकारी पाएपछि प्रहरीमा उजुरी गरे । केटा सहित उक्त बालिकालाइ प्रहरीले दक्षिणी धादिङको गल्छीबाट नियन्त्रणमा लियो ।
प्रहरीले बालिकालाइ नियन्त्रणमा लिएपछि नयाँ घटनाक्रम थाहा पाएर प्रहरी नै आश्चर्य चकित बन्यो । आफ्नै बाबुबाट पटक पटक बलात्कृृत भएको र सहनै नसक्ने भएपछि घर छाडेर भागेको कुरा बालिकाले बताएपछि प्रहरीहरु झस्किए । त्यसपछि बालिकालाइ परिवारको जिम्मा नलगाइ सेफ हाउसमा राखेर अनुसन्धान सुरु ग¥यो । पछिल्लो पटक गत असोज ८ गते आमा र भाइ मामाघर गएको बेलामा बाबुले फेरी बलात्कार गरेपछि भने उनले घर छाड्ने सोच बनाइन् ।
आमा र भाइ नै घरमा नहुने भएपछि उनले फेरी आज बाबुबाट बलात्कृत हुँदै छु भन्ने शंकाले मामाघर जान अड्डि लिइनन् तर आमाले बाबा काममा जाने र घर कुर्ने कोही नहुने भन्दै लगिनन् । सेफ हाउसमा रहेकी ती बालिकाले रुदै भनिन्, ‘म पनि मामाघर जान्छु भन्दा मलाइ लैजानु भएन, त्यस दिन पनि बुवाले मलाइ बलात्कार गरे ।’ ती बालिकाको बयान सुन्दा जो कोहीको पनि आङ सिरिङ्ग हुन्छ । उनलाइ आफ्नै जन्म दिने बाबुबाट कहिलेदेखि बलात्कृत भइन् भन्ने बारेमा ठयाक्कै मिति थाहा छैन, तर यत्ति थाहा छ कि उनी जान्ने बुझ्ने भएदेखि नै निरन्तर बाबुले बलात्कार गरिरहेका छन् ।
मलाई बुवाले बलात्कार गरेको कुरा मेरो आमालाइ पनि पहिलेदेखि नै थाहा थियो, तर आमाले कहिल्यै मेरो समस्या सुन्नुभएन । सधै लुकाइरहनुभयो थाहा नपाए झै गरिहनुभयो ।’ निक्कैबेर टोलाएर बालिकाले भनिन्, ‘घटना बाहिर आएपछि हामी सवैजनालाइ समस्या पर्छ भनेर आमाले कहिल्यै पनि मलाइ सहयोग गर्नुभएन, उल्टै चुप लाग्न भनिरहनुभयो ।
आफ्नै बाबुबाट पटक–पटक बलात्कृत भइरहेपछि बालिकामा मानसिक समस्या देखा पर्न थाल्यो । उनले धेरै पटक आत्महत्याको प्रयास गरिन । उनलाइ लाग्छ, ‘मेरो पिडा भगवानले पनि देखेन, मलाइ सजिलै मर्न पनि दिएनन्, मर्न पाएको भए यो पिडाबाट उन्मुक्ती पाउथे कि ।’ विद्यालयमा पनि टोलाउने, धेरै नवोल्ने एक्लै बस्ने गर्न थालेपछि शिक्षकहरुले पनि अभिभावकलाइ जानकारी गराए । जन्म दिने बाबुआमा नै आफ्नो नभएपछि उनले आफ्नो पिडा कतै भन्न सकिनन् ।
एकदिन बालिकाको आमाले घरको आँगनमा गर्भ निरोधक चक्की (आइपिल्स) को खोल फेला पारिन । घरमा सोधीखोजी भयो, कसरी आयो त्यो औषधी । त्यो औषधी बाबुले गर्भ बस्दैन भनेर छोरीलाइ खुवाएका रहेछन् । ‘मलाइ बुवाले थकाइ लाग्दैन, तागत दिन्छ भनेर पहिलेदेखि नै यो औषधी बेला बेलामा खान दिइरहनुहुन्थ्यो ।’ बालिकाले गम्भीर हुँदै भनिन्, ‘मलाइ के थाहा त्यो औषधी गर्भरोक्ने औषधी थियो भनेर ।’
जन्म दिने बाबु बलात्कार गर्ने, आमा चुपचाप सहन बाध्य गराउने भएपछि उनलाइ घर बस्न मन लागेन । त्यसैमा साथ दिन आइपुगे उदरपुर तिर घर भएका काठको काम गर्ने मिस्त्री । दुवैजना भागेर विहे गर्ने सल्लाह गरेर घरबाट हिडेपछि यो घटना बाहिरियो ।
उनको अहिले सुरक्षित आवास गृह (सेफ हाउस) मा राखेर उपचार भइरहेको छ । उनीमा पिसाव नरोकिने समस्या देखिएको छ । उनलाइ सेफ हाउसमा राखेर दैनिक मनोपरामर्श दिइरहेको छ ।
बाबुलाइ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यलय धादिङका अपराध अनुसन्धान शाखाका प्रमुख मणिराम भट्टले भने, ‘प्रारम्भिक अनुसन्धानको क्रममा विगत ५÷७ वर्ष अघिदेखि नै छोरीलाइ बलात्कार गरिरहेको कुरा खुल्न आएको छ । बच्चा नजन्मियोस भनेर औषधी खुवाएको, पटक पटक बलात्कार गरिरहेको जस्ता छोरीले लगाएको सवै आरोपहरु बाबुले स्वीकार गरिसकेको अवस्था छ । हामीले थप अनुसन्धान गरिरहेका छौँ ।’
बाबुलाइ जवरजस्ती करणी र हाडनाता करणी मुद्धामा अनुसन्धान गरिरहेको भट्टले बताए । तर आफ्नै श्रीमान विरुद्ध छोरी बलात्कार गरेको अभियोगमा आमाले जाहेरी दिन नचाहेपछि उद्धार गर्ने सस्था सहयात्री समाजको तर्फबाट जाहेरी दिइएको छ ।
प्रहरहरीकै निगरानीमा सहयात्रीकै सेफ हाउसमा रहेकी बालिकालाइ आमाले भेटेर पटक पटक मुद्धा फिर्ता लिन दवाव दिएकी छिन् । घरमा कमाउने मान्छेलाइ नै जेल पठाएपछि परिवारलाइ नै समस्या पर्ने भएकाले बुवालाइ नफसाउन र मुद्धा फिर्ता लिन दवाव दिइरहेको बालिकाले बताइन् ।
अव कहाँ जाने कता जाने उनी निराश छिन् । उनको घर आफनो कहिल्यै भएन, विकल्पमा पराइघर जान खोजेपछि घटना बाहिरियो । बाबुलाइ जेलमा हालेको भन्दै आमाले गाली गरिरहेकाले अव उनी फर्केर घर जान पनि सक्दिनन् । ‘बाबुलाइ अदालतले सजाय त दिलाउला, जेलभित्रै राखेर पालन पोषण पनि गर्ला ।’ लामो सास तान्दै भनिन्, ‘पढाइ पनि छुट्यो, अव म कहाँ जाउँ, कस्लाइ आफ्नो भनेर जाऊँ ।’
यो घटनालाइ नजिकबाट हेरिरहेकी अधिवक्ता सापकोटाले भनिन्, ‘हाम्रो कानुन नै पिडक मैत्री भयो, परिवारबाटै बलात्कृत घटनामा बालिकाहरु न त घर फर्किन सक्छन, न त राज्य लै नै उनीहरुको संरक्षण गर्ने दायित्व लिएको छ ।’
पराइबाट बलात्कृत बालिकाहरुलाइ घरको संरक्षण हुने भएपनि घरभित्रैको बलात्कारको केशमा सवैभन्दा समस्यामा बलात्कृतहरु नै परेका छन् । ‘अपराध गर्नेलाइ मानव अधिकारको प्रत्याभुति सहित दैनिक भत्ता दिएर जेलमा राख्छ ।’ सापकोटाले भनिन्, ‘यी पिडितहरुको अवस्था के छ भनेर कसैलाइ चासो हुदैन । एसिड पिडितलाइ जस्तो ऐन संसोधन हुनु अव जरुरी छ ।’
निकोसियामा भएको सडक दुर्घटनामा २४ वर्षीय बंगलादेशी नागरिको मृत्यु भएको छ। शुक्रबार साँझ जोन केनडि एभिन्युमा भएको सो घटनामा किङ्ग प्रेस्टली साहाको मृत्यु भएको हो। डेलिभरी गर्न जाने क्रममा बिपरित दिशाबाट आएको गाडीले टक्कर दिएको प्रहरीले बताएको छ। उपचारको लागि अस्पताल पुर्र्याउदा डाक्टरले मृत घोसना गरेका थिए। टक्कर दिएर फरार भएका चालकलाइ प्रहरिले पक्राउ गरेको छ। ३१ वर्षीय चालक नशामा धुत रहेको पाइएको छ। मपासे जाँच गर्दा लिमिट भन्दा करिब चार गुणा बढी रहेको पाइएको छ। निकोसिया ट्राफिक विभागले यस घटनामा जांच गरिरहेको बताइएको छ।
फामागुस्ता प्रहरीले ज्यान मर्ने प्रयास गरेको आरोपमा २ जनालाई गिरफ्तार गरेको छ। पक्राउ पर्नेमा २५ वर्षीय र २२ वर्षीय ब्रिटिस नागरिक रहेको बताइएको छ। हिजो शुक्रबार बिहान २७ वर्षीय व्याक्तिको आइनापामा चक्कु हानि मार्ने कोसिस गरिएको थियो जो गम्भीर अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार प्रारम्भिक जांच र प्राप्त प्रमाण अनुसार एक आरोपी ब्रिटिस बेस मा सेवारत भएको पाइएपछि वारेन्ट जारि गरेको थियो। ढेकेलिया ब्रिटिश वेशले आफ्नो कानुनी प्रक्रिया पुरा गरि आरोपीलाई फामागुस्ता प्रहरीमा सुम्पिएको हो। अर्का आरोपी भने घटनास्थल बाटै लागु पदार्थ कोकिन सहित पक्राउ परेका स्थानीय मिडियाले जनाएका छन्। २२ वर्षीय आरोपी बाट फलामे छड पनि फेला पारेको छ जुन घटनामा प्रयोग भएको हुन् सक्ने अनुमान गरिएको छ। उनीहरु दुवैलाइ आज अदालत मा पेश गरि अनुसन्धानको लागि थप समय लीने प्रहरीको तयारी छ। घाइते भएका २७ वर्षीय व्यक्ति पनि ब्रिटिस नागरिक हुन्। उपचार पश्चात उनि खतरामुक्त रहेको बताइएको छ। त्यस्तै, बिहिबार एक सय युरो को लागि मार्ने प्रयास मा घाइते भएका व्याक्ति भियतनामी नागरिक भएको खुलेको छ।
पापोस बाट ४ जना पक्राउ
पापोस प्रहरीले ४ जनालाई हतियार सहित झगडा गरेको भनि पक्राउ गरेको छ। बिहिबार राति मुताल्लोसको मेहमद पाशा एरियामा झगडा गरिएको पाइएको साइप्रस न्युज एजेन्सी ले जनाएको छ। यद्यपि ति चार ले भने आफु हरु यस मा सामेल नभएको बताएका छन्। कुन देश का नागरिक भनि खुलाइएको छैन तर अनुसन्धान भै रहेको बताइएको छ।
यो पनि पढ्नुहोस् : संक्रमण रोक्न सोमबारबाट लार्नाका र फामागुस्तामा थप नयाँ नियम लागु
समिम मियाँ
लिमासोल/ ०२ सेप्टेम्बर २०२०
साइप्रस सरकारले लार्नाका र फामागुस्ता जिल्लाहरुमा कोरोना संक्रमण फैलिन बाट रोक्न थप नयाँ कदम चालेको छ। केहि हप्ता देखि लगातार बढी रहेको कोरोना संक्रमणले स्वास्थ्य मन्त्रालय चिन्तित बनेको छ।पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना पोजेटिभ देखिएको छ भने आज सम्म कोरोना संक्रमित को जम्मा संख्या १७८९ पुगिसकेको छ। खास गरि लार्नाका जिल्लाका फुटबल क्लब का कर्मचारी तथा खेलाडीमा संक्रमण देखिए पछि यो संख्या दिन प्रतिदिन संक्रमण बढ्दै गएको देखिएको छ। अक्टोबर ५ तारिख सोमबार देखि दुइ हप्ताका लागि यो नियम लागु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ। लार्नाकामा सेप्टेम्बर २४ तारिख देखि नै विभिन्न गतिविधि गर्न नपाइने गरि २ हप्ताको लागि जारि नियम कायम नै छ जसमा २ हप्ता थप गरिएको हो। पछिल्लो पटक तिन हजार कोरोना परिक्षण निशुल्क गर्ने कार्यक्रम मा थप तिन हजार परिक्षण गर्ने घोसणा गरिएको छ।
नयाँ घोसणा गरिएको नियम अनुसार १८ वर्ष मुनिका एथलीटहरूको प्रशिक्षण र प्रतिस्पर्धा निषेध गरिएको छ। जसमा फुटबल, बास्केटबल, ह्यान्डबल, कराटे, आदि सबै खेलहरू र कार्यक्रमहरू समावेश छन्। त्यस्तै शिक्षा, संस्कृति, खेलकुद तथा युवा मन्त्रालयद्वारा आयोजना हुने दिउँसो खेलकूद सम्बन्धी सम्पूर्ण गतिविधिहरु बन्द रहनेछन्। सांस्कृतिक कार्यक्रम, इभेन्ट या थियटरका लागि तयारीको अभ्यासहरु मा नियम पालना गरिएको/नगरिएको कडा रुपमा निगरानी गरिने बताइएको छ। स्थानिय मिडियाका अनुसार यस सम्बन्धि थप घोसणा भोलि हुने छ। लार्नाका जील्लामा सेप्टेम्बर २४ देखी विभिन्न नियम लागु छन् जस अन्तर्गत घरमा हुने जमघटमा बालबालिका सहित दस जना भन्दा बढी जम्मा हुन निषेधित छ । त्यस्तै चर्च, मस्जिद, मन्दिर र अन्य धार्मिक स्थलमा ७५ जना भन्दा बढी सहभागी हुन पाइने छैन यधपी सुरक्षाका उपाय र मास्क भने अनिवार्य गरिएको छ।।साथै रेस्टुरेन्ट भित्र पचहत्तर र बाहिर एक सय पचास जना ग्राहक राख्न अनुमति दिएको छ।
ठाउँ अनुसार ‘सोसल डिस्टेन्सिङ्ग ‘ कायम गर्नु पर्ने छ इन्डोर का लागि ३ स्क्वायर मिटर र २ स्क्वायर मिटर कायम गरिएको छ। सिनेमा हलमा पचहत्तर जना, इन्डोर थियटरमा पचहत्तर जना र ओपेन थिएटरमा एक सय पचास जना दर्शक राखी संचालन गर्न सकिने बताइएको छ यद्यपि स्वास्थ्य मन्त्रालयको निर्देशन र प्रोटोकोल अनुसारको सतर्कता अपनाउनु पर्ने छ। कक्टेल पार्टी, बिवाहका ‘बप्तिस्मा’ र बधाई दिने कार्यक्रममा प्रतिवन्ध लगाइएको छ। विवाह भोजमा भने तिन सय पचास जना सहभागी हुन सकिने निर्देशिकामा बताइएको छ।
यो पनि पढ्नुहोस् : एक सय युरो फिर्ता नदिदा हत्याको प्रयास
लिमासोल / ०२ अक्टोबर
पापोसमा प्रहरीले २४ वर्षीय एक पुरुषलाई गिरफ्तार गरेको छ। हिजो बिहिबार साँझ पोलिस क्रैसोचोउसमा ४५ वर्षीय पुरुषलाई चक्कु प्रहार गरि मार्ने प्रयास गरेको आरोपमा पक्राउ परेका हुन्। आरोपीले छातीमा चक्कुले प्रहार गरेको बताइएको छ। पिडितले सापटी लिएको एक सय युरो फिर्ता नगरे पछि दिउसो उनि हरु बीच भानाभन भएको र साँझ पिडित को घर बाहिर आएर मार्ने प्रयास गरेको प्रहरीले जानकारी दिएको छ। पिडितलाइ प्रहरीले तत्काल पापोस जेनेरल हस्पिटलमा भर्ना गरि अपरेशन गरिएको थियो। पिडितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पोलिस प्रहरि र पापोस सीआइडि ले घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको छ भने पिडित र अपराधी कुन देश का नागरिक हुन् भनि खुलाइएको छैन।
यता, आइनापामा पनि शुक्रबार बिहान एक व्याक्ति गम्भीर घाइते अवस्थामा फेला परेका छन्। प्रहरीको प्रारम्भिक जानकारी अनुसार २७ वर्षीय एक पुरुषलाइ चक्कु वा अन्य धारिलो हतियारले आक्रमण गरि हत्याको प्रयास गरिएको हो। पिडितलाइ फामागुस्ता हस्पिटलमा उपचारको लागि लगिएको छ। पेट मा चोट लागेका कारण अवस्था गम्भीर रहेको बताइएको छ। ढेकेलिया ब्रिटिश वेशमा काम गर्ने व्याक्ति को रहेको अनुमान गरिएको छ। प्रहरीले पिडित कुन देश का नागरिक हुन् भनि खुलाइएको छैन भने घटना सम्बन्धी थप अनुसन्धान भैरहेको बताएको छ।
PCR टेष्ट गर्नका लागि निम्न ल्याब हरु ले स्वास्थ्य मन्त्रालयबाट मान्यता पाएका छन्। यदि तपाइँ टेष्ट गराउन चाहनु हुन्छ भने उल्लेखित ल्याबको फोन मा सम्पर्क गरि आपोइण्टमेन्ट लिनु पर्ने हुन्छ। टेस्ट को शुल्क ६० युरो देखि ७५ युरो सम्म लाग्नेछ।
In addition to the Cyprus Institute of Neurology and Genetics and the Microbiological Laboratories of SHSO hospitals, the private Clinical Laboratories that have completed the process of verifying the diagnostic methodology that detects the genetic material of the virus (RT-RCR) are:
- ACT-BIO Laboratories Cooperative (Haris Charilaou Biomedical Laboratories, Andreas Adamou Laboratory and BIOCHECK-Tiggiridis Clinical Laboratories)
Tel: 22762999, 22758858, 22762878
http://charilaoulab.com/index.php?pageid=2&lang=gr
http://www.biochecklab.com/ - MEDIFOS Center for Laboratory Medicine and Molecular Diagnosis
Tel: 22760943, 22751928
https://local.infobel.com.cy/CY100279426-22751928/medifos_center_of_laboratory_medicine_and_molecular_diagnosis_limited-egkomi.html - Theocharidis Clinical Laboratories
Tel: 22376534
www.theocharideslab.com - MyGene Molecular Diagnostics
Tel: 99539853
https://www.mygene-cy.com/ - Diogenous Laboratory (C.D. DNA Biomedica Science Lab)
Tel: 22451246
www.diogenouslab.com - Biomedical Group – Giannoukas Laboratories
Tel: 77771310, 22204900
https://labcy.com/ - Clinical Laboratory Collaboration – Bioanalysis Clinical Labs (Limassol), Tymvios Clinical Laboratories (Nicosia) and PZ Agapiou Diagnostics Laboratories
Tel: 25726252
http://www.bio-analysis.com/en/ - NIPD Genetics
Tel: 22266888
https://www.nipd.com/
Nicosia
Sunday-Friday, 8am-4pm (No collection on Saturdays)
Outside the main entrance of NIPD Genetics central laboratories
Neas Engomis 31,
Nicosia 2409
GSP Stadium Parking
Limassol
Sunday-Friday, 8am-4pm (No collection on Saturdays)
NIPD Genetics in collaboration with the German Oncology CENTER
1 Nikis Ave.,
Agios Athanasios,
4108 Limassol
German Oncology Center Parking (Level 1)
Larnaca
Sunday-Friday, 8am-4pm (No collection on Saturdays)New GSZ Stadium Parking
Famagusta
Sunday-Friday, 8am-4pm (No collection on Saturdays) Paralimni “Tasos Markou” Paralimni Stadium Parking
Paphos
Sunday-Friday, 8am-4pm (No collection on Saturdays) “Stelios Kyriakides” Stadium Parking (Old Pafiako Stadium)
- Laboratory Molecular Department of American Medical Centre
Tel: 22 476 777, 25 357 585
https://amc.com.cy/ - Iasis Private Hospital Clinical Laboratory
Tel: 26848484
https://www.iasishospital.com/ - Evaggelismos Private Hospital Clinical Laboratory
Tel: 26848000
http://www.evangelismos.com.cy/ - Ygia Polyclinic Private Hospital Clinical Laboratory
Tel: 25884600
https://www.ygiapolyclinic.com/ - A. Evangelou Lab
Tel: 24818183
info@biodiagnostiki.com - Synlab
Tel: 22751333/423/433
info.cyprus@synlab.com - Aretaeio Hospital Clinical Laboratory
Tel: 22200300
https://www.aretaeio.com/
२५ सेप्टेम्बर २०२०
साइप्रसमा कोरोना संक्रमण फेरी बढ्न थालेपछि लार्नाका अहिले ‘हट स्पट’ बनेको छ। बिहिबार सम्मको बिवरण अनुसार कोरोना संक्रमित को संख्या १६६३ पुगी सकेको छ। नागरिकको स्वास्थ्य सुरक्षाका लागि लार्नाकामा बिहिबार देखि आगामी २ हप्ताको लागि विभिन्न नया नियम लागु गरिएको छ भने भिडभाड हुने समुन्द्र तटीय र सार्वजनिक स्थानमा ‘ सेनिटाजर स्प्रे ‘ गर्न थालिएको स्थानिय मिडियाले समाचार प्रशारण गरेका छन् ।
लार्नाका नगरपालिकाले कोरोनाको सहि जानकारी पाउन विभिन्न स्थानमा नि:शुल्क कोरोना परिक्षण सुरु गरेको छ । बिहिबार देखि सुरु भएको नमुना संकलन आगमी ५ दिन सम्म चल्ने बताइएको छ। हालको लागि तिन हजार नमुना परिक्षण निशुल्क गरिने नगरपालिकाले बताएको छ। नगरपालिकाले निशुल्क कोभिड १९ टेस्ट गराउन घोसणा गरे संगै टेस्ट गराउन चाहने व्याक्तिको भिड लागेको छ। लार्नाकाबासि बिहानै देखि कोरोना परिक्षणका लागि नमुना संकलन सेन्टर मा पुगेका थिए फोटोमा हेर्नुहोस् : photo credit: Cyprus Times





युरोप , साईप्रस , ‘मातृभूमिको लागि सीप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान’ भन्ने प्रमुख उद्येश्य लिई गर्न लागिएको १३ औ यूरोपियन क्षेत्रिय भेला तथा ११ औँ महिला सम्मेलन लगायत दोश्रो यूरोपियन विज्ञ भेला’ यूरोप क्षेत्रीय संयोजक समूहको नेतृत्वमा पत्रकार सम्मेलन सम्पन्न भएको छ ।
सो भेला अक्टुवर ३ र ४ मा हुने र सोको कार्ययोजना सार्वजनिक गरेको छ । बिगतमा भएको सम्मेलन भन्दा फरक तरिकाले भर्चुवल मार्फत् हुनगईरहेको विशेष र यो बैठक निकै अर्थपूर्ण रहने क्षेत्रीय संयोजक नरायण अचार्यले जानकारी दिए ।
सम्मेलनबारे जानकारी गराउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले बैठकको उद्घाटन पर्यटन मन्त्री योगेश भट्टराईले गर्ने तय भएको जानकारी दिए ।

बैठकलाई नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले पनि सम्बोधन गर्ने छन्। कोरोना महामारीका कारण भर्चुअल रूपमा आयोजना हुने उक्त सम्मेलनको मूल नारा “मातृभूमिको लागि सिप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान” रहेको छ । सम्मेलन अन्तर्गत महिला सम्मेलनमा समाजसेवी अनुराधा कोइराला, चर्चित नायिका मनिषा कोइराला, नेकपा सांसद तथा महिला नेतृ रामकुमारी झांक्री सहभागी हुने युरोप क्षेत्रकी महिला संयोजक योगिता थापाले जानकारी दिइन् ।
दोश्रो यूरोपेली ज्ञान सम्मेलनका संयोजक राजु अर्यालले ज्ञान सम्मेलनमा स्वास्थ्य र चिकित्सा, उर्जा र वातावरण, पूर्वाधार लगायतका ५ ओटा सत्रमा विभिन्न वैज्ञानिक कार्यपत्रहरु प्रस्तुत गर्ने बताए। उनले ज्ञान सम्मेलनमा शिक्षा मंत्री गिरिराजमणि पोखरेल पनि सहभागी हुने बताए।
एनआरएनए युरोपका उपसंयोजक शुक्रराज न्यौपानेले संचारकर्मीहरुको निरन्तर साथ र सहयोगका कारण नै एनआरएन अभियान यो स्थानसम्म आइ पुगेको भन्दै आगामी दिनमा पनि मिडियाको यस्तै सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
उनले सम्मेलनमा मिडियासंग सम्बन्धित एउटा छलफल सत्र राखिएको जानकारी पनि दिए। उनकै संयोजनमा एनआरएन युरोपले एउटा मिडिया समिति पनि गठन गरेको छ। कार्यक्रममा एनआरएन युरोपका उपसंयोजकहरु मुक्त गुरुङ तथा कृष्ण तिमल्सेनाले पनि आफ्ना भनाइ हरु राखेका थिए।
सम्मेलनलाई नेपाली कांग्रेसका युवा नेता गगन थापा, नेकपा नेता गंगालाल तुलाधर लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि आयोजकहरुले जनाएका छन्।
पत्रकार सम्मेलनमा युरोपको साईप्रस , पोल्यण्ड , बेल्जीयम , पोर्तुगल , नर्बे , बेलायत लगाएत देशका पत्रकारहरुको सहभागिता रहेको थियो ।
२४ सेप्टेम्बर २०२० / लिमासोल
लार्नाकमा पछिल्लो केहि दिन देखि कोरोना संक्रमण तिव्र रुपमा फैलिदै गए पछि सरकारले यसको रोकथाम को लागी नयाँ नियम लागु गरेको छ। सरकारले देश भरिका सात हजार फुटबल खेलाडीको पनि कोरोना टेस्टको लागी नमुना लिइने बताइएको छफैलावट को अवस्थाको विवरण चित्रण सजिलो होस् भन्नका लागि लार्नाकामा तिन हजार कोरोना नमुना संकलन बिहिबार देखि सुरु गरिएको छ। सुरुका तीन हजार नमुना लिन बिभिन्न स्थानमा नमुना संकलन केन्द्र स्थापना गरिएको छ। नमुना दिन मास्क अनिवार्य लगाई सामाजिक दुरी कायम गरि निम्न स्थानमा जान सकिने छ।
- GSZ Stadium parking lot
- Municipal Parking on Tasos Mitsopoulos Avenue (Mackenzie area, opposite the ice cream parlours)
भोलि देखि आगामी ५ दिन सम्म बिहान ८ बजे देखि बेलुकी ५ बजे सम्म नमुना संकलन गरिने छ।





