
कोरोना अपडेट २७ अगस्ट २०२०
साइप्रसको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देखिएका कोरोनाका नयाँ सन्क्रमित बारे जानकारी दिएको छ। जानकारी अनुसार २७५५ परिक्षणमा ११ जनामा कोभिड् १९ पोजेटिभ देखिएको छ । मन्त्रालयका अनुसार कन्ट्याक्ट ट्रेसिङ मार्फत १२५ जना मध्य ४ जनामा कोरोना पोजेटिभ देखिएको थियो । साथै एयरपोर्ट मा लिइएको १६१९ नमुनाको परिक्षणमा पाँच जनामा सो भाइरस देखिएको हो ।आफ्नो इच्छाले जाँच गराउने व्याक्तीहरु बाट ६२१ नमुना संकलन गरि परिक्षण गर्दा दुई मा कोरोना भेटिएको थियो । हिजो वुधवार पनि दस जना सन्क्रमित फेला परेका थिए ।आजको तथ्यांक सहित कोरोना सन्क्रमित को संख्या १४६७ पुगेको छ भने २० जना को मृत्यु भै सकेको छ।
पारिवारिक कलहले बाउको हत्या
लार्नाकामा एक व्याक्तिले आफ्नै बाउको हत्या गरेका छन्। लार्नाकाको लेफ्कारा गाउँमा गत अगस्ट ९ तारिखमा चक्कु घोपेर २४ वर्षिय छोराले ६४ वर्षका बाउको हत्या गरेको कबुल गरेका हुन् । मृतक पाँच छोराछोरीका बाउ फेड्रीक जोर्ज ब्रीटिस सिपृयोट हुन्। हत्याको कारण पारिवारिक कलह भएको प्रहरीले जनाएको छ । सन २०१३-१५ मा बाउले घरेलु हिंसा गरेको भनी आमा र छोराले लार्नका प्रहरीमा सन् २०१८ मा उजुरी दिएका थिए । तर बाउले भने छोराले नै आफुलाइ कुटपिट गरेको दाबी गरेका थिए । जिल्ला अदालत लार्नाकाबाट केश दर्ज गरिए पनि पछि केश फिर्ता लिइएको थियोे ।
मृतक ७ वर्ष देखि सोही घरमा बस्दै आएका थिए। पोस्टमार्टम रिपोर्ट का अनुसार शरीर को पछाडि धारिलो हतियारले ५ पटक प्रहार गरिएको थियो। रिपोर्ट अनुसार मृत्यु अगस्ट ९ मा भएको उल्लेख छ।
साईप्रस , आयानापा
तमु समाज साईप्रसले नेपालको बेसीसहरका एक मिर्गौला पिडितलाई २८ हजार भन्दा बढि आर्थिक सहयोग गरेको छ । तमु समाज साईप्रसकी अध्यक्ष धना गुरुगंका अनुसार बेसीसहर युल्सा हयोद गुम्बाका मेतर गुरुगं दारीलामको दुबै मिर्गौला फेल भएपछि आर्थिक सहयोग गरेको जानकारी दिएकी छिन ।
अध्यक्ष गुरुगंका अनुसार साईप्रसमा रहेका विभिन्न दिदीबहिनीहरुको सानो रकम संकलन गरेर मिर्गौला पिडितलाई सहयोग गरिएको र अगामी दिनमा पनि जुन सुकै समुदायका पिडितहरु भएमा आफनो समाज सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।

बेसिसहरका मिर्गौला पिडितको अवस्था अत्यन्तै नाजुक रहेकोले साईप्रसबाट प्रिया गुरुगं , सिम्रन गुरुगं , कृष्णा गुरुगं , उमा गुरुगं , सुनिता , आशा , लक्ष्मिता गुरुगं , अप्सरा गुरुगं , रिना गुरुगं लगाएतले आर्थिक सहयोग गर्नु भएकोमा सहयोगी मनहरु अध्यक्ष धाना गुरुगंले धन्यबाद समेत दिनुभएको छ ।
काठमाडौं । १ सेप्टेम्बरबाट सरकारले नियमित र चार्टर्ड दुबै प्रकारका अन्तर्राष्ट्रिय उडानको तालिका तय गरेको छ । वायुसेवा कम्पनीले समेत उडान अनुमति पाएका छन् ।तर, कोरोना भाइरसको महामारीका बीचमा हुन लागेको उडान भने शर्तैशर्तका बीचमा हुने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको उडान तालिका उल्लेख भएअनुसार नेपाल आउने नागरिक र नेपालसम्म ल्याउने वायुसेवा कम्पनीले करिब एक दर्जन शर्तको पालना गर्नुपर्छ ।
पीसीआर रिर्पोट नेगेटिभ अनिवार्य
अब नियमित उडानबाट नेपाल आउने हरेक यात्रुको पीसीआर नेगेटिभ आएको रिपोर्ट अनिवार्य बुझाउनुपर्छ । त्यो पनि ७२ घण्टा भित्रको । पीसीआर नेगेटिभ सुनिश्चित भएपछि मात्र सम्बन्धित वायुसेवाले यात्रुलाई बोर्डिंग पास दिनु पर्ने भएको छ । सबै यात्रु पीसीआर नेगेटिभ भए घर जान पाइने
अब एउटै उडानबाट आएको सबै यात्रुको साथमा पीसीआर परीक्षणको नेगेटिभ नतिजा रिर्पोट भएमा सबै यात्रु होम क्वारेन्टिनमा बस्ने गरी जान सक्नेछन् । घर गएपछि भने अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नु पर्नेछ ।यस्ता यात्रुको अनुगमन स्थानीय तह र स्थानीय तह कोभिड १९ व्यवस्थापन केन्द्रले गर्नेछ । यात्रुले आफ्नो स्वास्थ्य अवस्थाको जानकारी समेत सम्बन्धित स्थानीय तह र केन्द्रमा नियमित जानकारी गराउनु पर्ने गरी शर्त राखिएको छ ।
अनलाइन फारम अनिवार्य
अब नियमित उडानबाट आउने सबै यात्रुले जहाज चढ्नु भन्दा ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड १९ संकट व्यवस्थापन केन्द्र -सीसीएमसी)को वेवसाइटमा राखिएको फारम भरेर त्यसको बारकोड वा प्रिन्ट अनिवार्य साथ ल्याउनु पर्नेछ । कुनै यात्रुले यस्तो फारम भर्न छुटाएको भए सम्बन्धित वायुसेवा कम्पनीले अनबोर्ड गर्दाकै समयमा फारम यात्रुलाई उपलब्ध गराउनु पर्ने शर्तसमेत राखिएको छ ।पीसीआर भएको र नभएको यात्रु एउटैमा ल्याउन नपाइने
अब एउटै जहाजबाट पीसीआर नेगेटिभ आएको र परिक्षण नै नगरेका यात्रुलाई ल्याउन वायुसेवा कम्पनीले पाउने छैनन् । कुनै वायुसेवा कम्पनीले मिसाएर ल्याएमा उक्त वायुसेवाले आफ्नो खर्चमा उक्त उडानका सबै यात्रुलाई सात दिन होटेल क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नुपर्छ ।
नियमितमा परीक्षण नगरेका यात्रु ल्याए कारवाही
सरकारले पीसीआर परीक्षण सम्भव नहुने नेपाली रहेका स्थानमा चार्टर्ड उडान राखेको छ । तर, नियमित उडानमा भने अब पीसीआर नभएका, कोरोना पोजेटिभ देखिएका र सरकारले जारी गरेको शर्त पालना नगरी यात्रु ल्याएमा भने त्यसको सजाय वायुसेवा कम्पनीले पाउने भएका छन् । त्यसरी ल्याएमा एकातर्फ कानुन अनुसार कारवाही हुने र अर्कोतर्फ यात्रुको खर्चसमेत एयरलाइन्सले भर्नुर्ने गरी शर्त राखिएको छ ।नेपाली बाहेक विदेशीको हकमा परिचयपत्र अनिवार्य
सरकारले पहिलो चरणको नियमित उडानका दौरान विदेशबाट नेपाली नागरिक बाहेक कुटनीतिक नियोगमा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधि, संयुक्त राष्ट्रसंघका नियोगमा कार्यरत कर्मचारी र तीनका परिवारलाई मात्र आउन अनुमति दिएको छ । यस्ता व्यक्तिलाई बोर्डिङ पास दिने क्रममा परराष्ट्र मन्त्रालय, कन्सुलर विभागले जारी गरेको परिचयपत्र र पासपोर्ट हेर्नु पर्नेछ । कन्सुलर विभागले जारी गरेको परिचय पत्र नभएमा आफु कार्यरत संस्थाले जारी गरेको परिचय पत्रलाई आधार मानेर वायुसेवा कम्पनीले जहाज चढाउन सक्ने भएका छन् ।
भिसाको जिम्मा विभागलाई
कुटनीतिक नियोगमा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधि, संयुक्त राष्ट्रसंघका नियोगमा कार्यरत कर्मचारी र तीनका परिवारलाई दिने भिसाको सम्बन्धमा भने अध्यागमन विभागको निर्देशनअनुसार निर्णय हुने भएको छ ।विभागले अहिले अनअराइभल भिसा बन्द गरेका कारण भिसा लिन भने सम्बन्धित मुलुकस्थित नेपाली नियोगमा सम्पर्क गर्नुपर्छ ।
पहिलोपटक आउनेलाई नियुक्ति पत्रबाट छूट
कुनै पनि कुटनीकि वा पदीय जिम्मेवारी सम्हाल्न पहिलो पटक नेपाल आउने व्यक्तिको हकमा निजको नियुक्ति पत्र र पासपोर्टलाई आधार मानेर यात्राको अनुमित दिइने भएको छ । यस्ता व्यक्तिको पनि पीसीआर परीक्षणसहित अन्य प्रावधान भने नेपालीलाई सरह लागू हुनेछ ।
स्वास्थ्यको मापदण्ड अनिवार्य
नेपाल आउने सबै यात्रुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको अनिवार्य पालना गर्नुपर्ने भएको छ । उता, वायुसेवा र विमानस्थलका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले छुट्टै निर्देशन समेत जारी गरेका छन् ।वायुसेवा कम्पनीले ती निर्देशनको समेत पालना गर्दै यात्रु नेपाल ल्याउन पाउने छन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाट छनोट भएका होटेलको सूचि सार्वजनिक भइसकेको छ ।क्वारेन्टिनमा बस्नै पर्ने यात्रुले अग्रीम होटेल बुकिङ गर्नुपर्नेछ । सरकारले रोक्ने निर्देशन दिएको समयमा जुनसुकै बेला पनि चार्टर्ड तथा नियमित उडान बन्द हुन सक्ने समेत मन्त्रालयले राखेको शर्तमा उल्लेख छ ।
२५ अगस्ट २०२०
साइप्रसको स्वास्थ्य मन्त्रालयले आज थप १४ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २७६९ नमुना परिक्षण बाट १४ जनामा कोभिड १९ पोजेटिभ देखिएको हो । सरकारी र विभिन्न प्राइभेट प्रयोगशाला मा टेस्टहरु गरिएका थिए । एयरपोर्ट बाट १४१५ नमुना संकलन गरिएको मा दुई जनामा नतिजा पोजेटिभ देखियो भने जेनेरल हस्पिटलको माइक्रो बायोलोजी ल्याबबाट १११ नमुना लिइएको थियो जसबाट एक मा कोरोना भाइरस भएको पुष्टि भएको हो ।
त्यस्तै “कन्ट्याक्ट ट्रेसिङ” मार्फत १६४ जनामा टेस्ट गर्दा पाँच जनामा कोभिड १९ पोजेटिभ देखियो भने ८५९ जनाले स्वइच्छाले चेक गराउदा ५ जनामा कोरोना पोजेटिभ भेटिएको थियो । आज को तथ्यांक संगै सन्क्रमितको संख्या १४७४ पुगेको छ।
साईप्रस , आयानापा
युरोपियन देश साईप्रसमा नेपाली युवाहरुलाई खेलको माध्यमबाट एकता गर्ने र नेपाललाई चिनाउने उद्देश्यले एभरेष्ट क्रिकेट क्लब निकोसिया टिम गठन गरिएको छ । साइृप्रसमा लामो समय सम्म क्रियाशिल एवमं युवाहरुलई एकिकृत गरेर खेलकुदका माध्यमबाट एकताको सन्देश जगाईरहेका समाजसेबी सुरेश कुमार साहको अध्यक्षतामा सो क्लब गठन गरिएको हो ।
जसको उपाध्यक्षमा समाजसेबी सुबास मल्ल , सचिवमा भुवन अचार्य , कोषाध्यक्ष कृप थापालाई बनाईएको छ भने सदस्यमा किस्मत पौडेल रहनु भएको छ । त्यस्तै टिमको क्यप्टेनमा बिमल राना भाट ,टिम म्यानेजर भुवन अचार्य , सह क्याप्टेन जिवन लम्साल , र खेलाडीहरुमा राम कुमार जैसवाल , अजुर्न साह , आशिष बाम , श्याम पण्डित , भिमसेन बस्नेत , कमल शर्मा , नरेन्द्र झा , अजित गुप्ता , सचिन बोहरा , बिकास क्षेत्रिलाई चयन गरिएको छ साथै क्लबको पहिलो बैठकले नेपाली होनरी कन्सुलेट डा. रामजिवन पन्जियार , युवा उद्यामी रन्जित महतो र एन.आर.एन.साईप्रसकी अध्यक्ष दिल कुमारी तिलिजा पुनलाई सल्लाहकारमा मनोयन गरेको छ ।
साईप्रसमा विभिन्न पेशामा आएका नेपाली युवाहरु जो क्रिकेट मन पराउनेहरुलाई एकिकृत गरि नेपाललाई चिनाउन यो क्लबले महात्वपुर्ण भुमिका खेल्ने आपेक्ष लिएको गैरआवासीय नेपाली सघं साईप्रसकी अध्यक्ष दिलकुमारी तिलिजा पुनले बताउनु भयो ।
२४ अगस्ट २०२०
आज साइप्रसमा ३९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो चौबीस घन्टामा गरिएको टेस्ट मध्य ३० जना एयरपोर्टमा गरिएको परिक्षण बाट पोजेटिभ देखिएका थिए । स्वास्थ्य मन्त्रालयले देशै भरि ३५२२ टेस्ट गरेको जानकारी दिएको छ । आज को डाटा सहित सन्क्रमित को संख्या १४६० पुगेको छ।
गत शनिबार ग्रीस देखि पापोस सम्मको उडानमा आएका मा यात्रु मध्य सत्र जना पोजेटिभ देखिएको हो भने आइतबार ग्रीस बाट लार्नाका सम्मको उडानमा दुई जनामा कोरोना देखिएको हो।
त्यस्तै, आम्स्टाडाम बाट आएको उडानमा दस जना, लन्डनबाट आएको फ्लाइटमा तीन जना, रोमानियाबाट एक जनामा कोरोना पुष्टि भएको हो । अन्य २ जना भने लक्षण देखा परे पनि यात्रा गरेका थिए । सबै बिरामीको जाँच गराइ कन्ट्याक ट्रेसिङको काम सुरु गरि सकिएको मन्त्रालयले बताएको छ।
कन्ट्याक ट्रेसिङ बाट आज एकहत्तर जनाको टेस्टमा ३ जनामा कोरोना फेला पर्यो भने आफ्नै इच्छाले छ सय बार्ह जनाले टेस्ट गराउदाँ एक मा कोरोना पुष्टि भएको थियो । सो व्याक्ती हालै अर्जेन्टिनाबाट फर्केका थिए ।साथै थप २ जना भने सरकारी प्रयोगशाला बाट पोजेटिभ देखिए ।
“सी ” क्याटेगोरी मा भएका देश बाट आउने यात्रुले पिसिआर टेस्ट नेगेटिभ भएको रिपोर्ट र चौध दिन “सेल्फ आइसोलेसन” मा बस्नु पर्ने बताइएको छ। मन्त्रालयले हालै विदेश यात्रा गरेर साइप्रस आएका सबै नागरिकलाई फर्किएको सात दिन पछि पुन: पिसिआर टेस्ट गराउन अनुरोध गरेको छ।
कोरोना अपडेट २२ अगस्ट २०२०
साइप्रसको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देखिएका कोरोनाका नयाँ सन्क्रमित बारे जानकारी दिएको छ। जानकारी अनुसार ३४४६ परिक्षणमा ११ जनामा कोभिड् १९ पोजेटिभ देखिएको छ । मन्त्रालयका अनुसार कन्ट्याक्ट ट्रेसिङ मार्फत १६६ जना मध्य ४ जनामा कोरोना पोजेटिभ देखिएको थियो । साथै एयरपोर्ट मा लिइएको २०९८ नमुनाको परिक्षणमा तीन जनामा सो भाइरस देखिएको हो । सरकारले दिएको दश हजार टेस्ट कार्यक्रम मार्फत ४९१ नमुना लिईएको थियो जसमध्य दुइमा कोरोना पुष्टि भएको थियो। आफ्नो इच्छाले जाँच गराउने व्याक्तीहरु बाट ५४४ नमुना संकलन गरि परिक्षण गर्दा दुई मा कोरोना भेटिएको थियो जसमा एक व्याक्ती हालै विदेश यात्रा गरेको बताइएको छ। हिजो शुक्रवार पनि एघार जना सन्क्रमित फेला परेका थिए ।आजको तथ्यांक सहित कोरोना सन्क्रमित को संख्या १४१७ पुगेको छ भने २० जना को मृत्यु भै सकेको छ।
नियम मिच्नेलाई कारवाही
कोरोना संक्रमण रोक्ने प्रयास अन्तरगत सरकारले लागु गरेको निर्देशन पालना गरे/नगरेको बारे प्रहरीले विभिन्न जिल्ला र शहरमा अनुगमन गरिरहेको छ। साइप्रस प्रहरीले बितेको २४ घन्टामा छ सय त्रियासी चेकिङ गरेको छ। प्रहरीका अनुसार तेह्र व्यवसायिक प्रतिष्ठान र सात जना आम नागरिकलाई नियम उल्लघन गरेकोमा कारवाही गरेको हो । मास्क अनिवार्य प्रयोग गर्न सरकारले आग्रह गरिरहेको छ । सपिङ्ग सेन्टर, पसल तथा बेकरि , बैन्क र भिडभाड हुने स्थानमा मास्क अनिवार्य गरिएको छ। नियम मिच्नेलाई तीन सय युरो जरिवाना तिर्नु पर्ने छ। पछिल्लो केही हप्ता मा लिमासोल र निकोसियामा केही नेपालीलाई मास्क प्रयोग नगरेको भनि तीन सय युरो जरिवाना गरिएको जानकारी साइप्रसनेपाल डट्कमले पाएको छ ।
२१ अगस्ट २०२०
साइप्रस को स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस को पिसिआर टेस्ट गर्न लाग्ने अधिकतम शुल्क निर्धारण गरेको छ । २१ अगस्ट देखि लागू हुने गरी बढी मा 75 युरो शुल्क लाग्ने मन्त्रालयले जनाएको छ । सरकारी मान्यता प्राप्त तल दिएका प्राइभेट प्रयोगशालामा SARS-CoV-2 (Covid19) भाइरसको PCR परिक्षण गराउन सकिने बताइएको छ ।
- Cooperative of ACT-BIO Laboratories (Biomedical Laboratories Haris Charilaou, Andreas Adamou Chemist and BIOCHECK-Tiggiridis Clinical Laboratories)
- MEDIFOS Centre for Laboratory Medicine and Molecular Diagnosis
- Theocharidis Clinical Laboratories
- MyGene Molecular Diagnostics
- Diogenous Chemistry (C.D. DNA Biomedica Science Lab)
- Biomedical Group (Chemistry of Giannoukas)
- Bioanalysis Clinical Labs (Limassol) (Limassol), Tymbios Clinical Chemistry (Nicosia) and PZ Agapiou Diagnostics Laboratories
- NIPD Genetics
- Molecular Department of American Medical Center
- Clinical Laboratory of Iasis Private Hospital
- Clinical Laboratory of Evangelismos Private Hospital
- Clinical Laboratory of Private Hospital Polyclinic “Hygeia”
- Clinical Laboratory Mediterranean Hospital of Cyprus
- A. Evangelou Lab
- Synlab
- Aretaeio Hospital clinical Laboratory
२१ अगस्ट २०२०
पापोसमा बिहानै २ स्थानमा विस्फोट
पापोस प्रहरीले शुक्रबार बिहान पापोस को २ स्थानमा बिस्फोट भएको बताएकोछ। पहिलो बिस्फोट एक कारमा र केही मिनेट पछि नै घर को आगन बिस्फोट भएको हो । दुवै बिस्फोट बाट घर र कार मा क्षति पुगेको छ। कुनै पनि मानवीय क्षति नभएको बताइएको छ । घटना बारे सिआइडी ले अनुसन्धान गरिएको स्थानिय मिडियाले जनाएका छन्।
कोरोना रोक्न नयाँ निर्देशिका
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण रोक्न नयाँ निर्देशिका बारे बताएका छन् । नयाँ निर्देशिका आगामी २०२१ जनवरी सम्म लागू हुने छ। निर्देशिका अनुसार प्राइभेट जमघट मा पचास जना भन्दा बढी सामेल हुन पाइनेछैन । त्यस्तै कन्सर्ट, उत्सब र मेलाहरु आयोजनामा प्रतिबन्ध रहनेछ । त्यस्तै रेस्टुरेन्ट भित्र १५० र बहिर २५० ग्राहक मात्र राख्न पाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोना अपडेट
बिहिवार १० जनामा कोरोना भाइरस पुष्ठि भएको छ। स्वास्थ्य मन्त्रालय ले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ३२०२ टेस्ट गरिएको मध्य १० मा कोरोना देखिएको हो । बिहीवारको तथ्यांकअनुसार आज सम्म कोरोना बाट सन्क्रमित को संख्या १३९५ पुगेको छ ।
नियम मिच्नेलाई प्रहरीको कारवाही
साइप्रस प्रहरीले देश भरि २४ घन्टामा कोरोना भाइरस संबंधित नियमावली तोडेको भन्दै १० व्यवसायी र २७ व्यक्तिलाई कारवाही गरेको छ । खास गरि मास्क अनिवार्य गरिएको कानुनी प्रावधानलाई मध्य नजर गर्दै ८०८ चेकजाँच गरिएको थियो । निकोसिया जिल्ला भरी गरिएको १०९ चेकिङमा १ व्यवसायी र १० व्याक्तीलाई जरिवाना गरेको छ भने लिमासोल जिल्लामा १७६ चेक गरिएको थियो । जसमा ८ व्याक्ती र ३ व्यवसायीलाई कारवाही गरिएको थियो । यता, लार्नाकामा २१७ चेकजाँचमा १ व्यवसाय र ३ व्याक्ती र पापोस जिल्लामा ४५ चेकजाँचमा ५ व्यवसायिक प्रतिस्ठान र दुई ब्याक्तिलाइ कारवाही गरिएको सिएनए ले जनाएको छ । फामागुस्ता जिल्लामा १७७ चेकिङका दौरान ४ जनाले जरिवाना तिर्नु परेको थियो ।
अपहरण र कुटपिटको आरोपमा एक पक्राउ
५० वर्षिय महिलाको अपहरण र कुटपिट गरेको आरोपमा प्रहरीले ३० वर्षिय पुरुषलाई पक्राउ गरेको छ । पीडित महिला संग आरोपिको मैत्रीपुर्ण सम्बन्ध रहेको खुलेको छ। आरोपिले सो महिलालाई कुटपिट गरि जबर्जस्ति कारमा हालेर अपहरण गरि अन्जान स्थानमा लगेको सुराकी पाए पछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रम मा सो व्याक्तीको घरबाट लाइसेन्सवाला बन्दुक बराबद भएको थियो जसलाइ प्रहरीले आफ्नो कब्जामा लिइसकेको छ। आर्थिक लेनदेन को कारण सो घटना भएको बताइएको छ । प्रहरीले यसमा थप अनुसन्धान गरिरहेको छ।
१९ अगस्ट २०२०
साइप्रसको स्वास्थ्य मन्त्रालयले २६ जना नयाँ कोरोना संक्रमण भएको जानकारी दिएको छ । पछिल्लो २४ घन्टामा गरिएको ३३७२ परिक्षणमा २६ जनामा कोभिड १९ पुष्टि भएको हो ।
कहाँ कसरी भेटियो कोरोनाका बिरामी ?
कन्ट्याक ट्रेसिङ मार्फत १९० जनाको परिक्षणमा ७ जनामा कोरोना पोजिटिभ देखियो भने एयरपोर्टमा गरिएको १७०० परिक्षणबाट एक जनामा कोभिड १९ देखिएको हो । त्यस्तै, प्राइभेट ल्याब बाट ६८२ मध्य ६ जनामा, ब्याक्तिगत डाक्टरको सिफारिसबाट गरिएको १६६ टेस्टबाट एक जना, पुरनारा रेफ्युजी क्याम्प बाट १७८ मध्य ११ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
आजको नयाँ तथ्यांक सहित सन्क्रमितको जम्मा संख्या १३८५ पुगेको छ । आज सम्म २० जना संक्रमणबाट मृत्युु भै सकेका छन् । यता, टर्की शासित उत्तरी साइप्रसमा सन्क्रमित को संख्या २३० पुगेको छ । हिजो ९ जनामा कोरोना देखिएको थियो ।




