
स्वास्थ्य मन्त्रालयले बिहीबार १८८ जनामा कोरोना भएको पुष्टि गरेको छ। बितेको २४ घन्टामा ४३०४ नमुना संकलन गरि परिक्षण गरिएको थियो। आज को ताजा आँकडा सहित हाल सम्म कोरोना संक्रमीत को संख्या ३१५४ पुगेको छ।
२२ अक्टोबर २०२० /लिमासोल
साइप्रस सरकारले कोरोनामा आएको तिव्र वृद्धि प्रति गम्भीर हुदै नयाँ नियम तथा प्रतिबन्ध घोषणा गरेको छ। शुक्रबार देखि लागु हुने गरि सरकारले प्रतिबन्ध घोसणा गरेको हो। केहि दिन यता कोरोना संक्रमितको संख्या एक सय भन्दा माथि रहे पछि साइप्रसमा महामारीको अवस्था प्रति चितिंत हुदै आज मन्त्रीपरिषद मा प्रतिबन्ध गरिनु पर्ने भन्ने प्रस्ताव लगिएको थियो। गत हप्ता पनि कोरोना को संख्यामा हाल सम्म कै उच्च २०० भन्दा बढी मा कोरोना देखिए पछि गत शनिवार देखि विभिन्न नियम लागु गरिएको थियो।
आगामी नोभेम्बर ९ तारिख सम्म लागु हुने गरि घोषणा गरिएको नियममा भोलि शुक्रबार देखि देश भरि नै घरमा हुने जमघटमा १० जना सम्म मात्र जम्मा हुन पाइने छ साथै खुल्ला स्थानमा पनि मास्क अनिवार्य लगाउनु पर्नेछ। रेस्टुरेन्ट,क्याफे भित्र ७५ र बाहिर १५० जना सम्म ग्राहक राख्न पाइने छ भने एक टेबुलमा ६ जना भन्दा बढी बस्न मनाही गरिएको छ।
त्यस्तै, दर्शक बिना खेलकुद संचालन गर्न सकिने छ भने चर्च मा पनि ६०+९ जना जम्मा हुन् सकिने घोसण गरिएको छ।
यता लिमासोल र पापोस को लागि विशेष नियम घोषणा गरिएको छ। रेस्टुरेन्ट, क्याफे, बार हरु राति १०:३० बजे सम्म मात्र खुल्ला हुनेछन भने आम नागरिक राति ११ बजे पछि बाहिर निश्कन वा हिंडडुल गर्न निषेध गरिएको छ। कुनै विशेष कारण जस्तै : अस्पताल वा फार्मेसी जान, वा अत्यावश्यक काम को शिलशिलामा बाहिर निस्किने व्याक्ति भने अनुमति दिइएको छ। १८ वर्ष मुनिका बालबालिकाका लागि आयोजना हुने खेलकुद तथा सामाजिक कार्यक्रम सबै निषेध गरिएको छ।
हाल सम्म कोरोना संक्रमित को सख्या २९६६ पुगीसकेको छ। वुधवार १२७ जनामा कोरोना पुष्टि भएको थियो
अनुरोध : दशैँ मनाउन बाहिर निस्कने योजना बनाउनु भएका नेपाली दाजुभाइ दिदिबहिनिहरुमा सके सम्म बाहिर ननिस्कन घर मै दशैँ मनाउन अनुरोध गर्दछौ। निस्कनै परे पनि मास्क, सेनेटाइजर प्रयोग गरि सामाजिक दुरी कायम राखेर सावधानी अपनाउन विनम्र अनुरोध गर्दछौ।
READ ALSO : जनसम्पर्क समिति साइप्रसले कविता प्रतियोगिता गर्दै
२१ अक्टोबर २०२० /लिमासोल
नेपाली जनसम्पर्क समिति साइप्रसले कविता प्रतियोगिता आयोजना गर्न लागेको छ। हिन्दु धर्मावलम्बीहरुको महान चाड शुभ दिपावलीको अवसर परेर समितिले कविता प्रतियोगिता गर्न लागेको हो।
साइप्रसमा रहेका नेपालीले मात्र सहभागी हुन पाइने यो प्रतियोगितामा “प्रवासमा राष्ट्रियता ” शिर्षकमा आगामी नोभेम्बर ९ तारिख मध्यरात सम्ममा प्रतियोगीले कविता पठाइसक्नु पर्नेछ। प्रतियोगितामा प्रथम पुरस्कार एक सय युरो,द्वितिय पुरस्कार ५० युरो तृतीय पुरस्कार २५ युरो राखिएको छ भने साथमा प्रमाण पत्र पनि प्रदान गरिने समितिले जनाएको छ। साथै उत्कृस्ट पाँच कवितालाई विभिन्न अनलाइन मिडियामा प्रकाशन गरिने बताइएको छ।
प्रतियोगीले गद्य वा पद्य दुबैमा कविता लेख्न सक्नेछन् । पद्यमा लेख्दा कम्तिमा ४ अनुच्छेद र बढिमा ६ अनुच्छेद सम्म हुनु पर्ने छ भने गद्यमा १५० शब्द नबढाई लेख्नु पर्ने छ। प्रतियोगीतामा ३ जना निर्णायक मण्डलले उत्कृस्ट ५ कविता चयन गर्ने छन्। प्रतियोगिताको नतिजा आगामी १५ नोभेम्बरमा अनलाइन “जुम मिटिंग” मार्फत सार्वजिक गरिनेछ।
प्रतियोगितामा सहभागी हुन जनसम्पर्क समिति साईप्रसको फेसबुक पेज वा इमेल [ cyprusnepal017@gmail.com ] मा आफ्नो कविता पठाउन सकिने छ। सहभागीले आफ्नो पुरा नाम, साइप्रसको ठेगाना, सम्पर्क फोन नम्बर र इमेल ठेगाना अनिवार्य उल्लेख गर्नु पर्ने छ।

२१ अक्टोबर २०२०
साइप्रसको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा १२७ मा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको छ। बुधबार साँझ पत्रकारहरुलाइ जानकारी दिंदै मन्त्रालयले ३३०९ नमुना परिक्षण गर्दा एक सय सत्ताईसमा कोरोना भाइरस पोजेटिभ भएको बताएको हो। गत मार्च महिना देखि आज सम्मको आंकडा अनुसार कोरोना संक्रमित को संख्या २९६६ पुगेको छ।
कहाँ कति नमुना परिक्षण भए कति संक्रमित भेटीए ?
व्यक्तिगत रुपमा परिक्षण गर्ने १३५७ मध्य ७४ जना, पोजेटिभ भएकाको निकट सम्पर्कमा आएका व्याक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ्गमा ३१५ टेस्ट मध्य ३१ जनामा कोरोना देखिएको थियो। एयरपोर्टबाट संकलित ६९० नमुना मध्य ४ जना, व्याक्तिगत डाक्टर र जनस्वास्थ्य क्लिनिकको सिफारिस अनुसार २४४ नमुनामा १२ जना, विभिन्न हस्पिटल ल्याब मा संकलित २६७ नमुनाबाट ६ जना मा कोभिड १९ पोजेटिभ देखिएको थियो।
हाल फामागुस्ता हस्पिटलमा १९ जानले कोभिडको उपचार गराई रहेका छन् जसमध्य तिन जना एचडियु मा छन्। त्यस्तै निकोसिया जेनेरल हस्पिटलमा २ जना आइसीयु उपचार गराई रहका छन् भने अन्य २ कोभिड वाडमा छन्।
read also : मृत भेटिएको शिशुको पोस्टमार्टम, को हो दोषी ?
२० अक्टोबर २०२०/लिमासोल
पछिल्लो २४ घन्टामा कोरोना संक्रमण फेरी बढेको देखिएको छ। स्वास्थ्य मन्त्रालयले मंगलबार साँझ दिएको जानकारी अनुसार १५२ मा कोरोना पुष्टि भएको हो। इपिडिमियोलिजिकल युनिट संग सम्वद्ध ल्याबले ४४१० नमुनाको परिक्षण गरेको मन्त्रालयले बताएको हो। आजको डाटा सहित कोरोना संक्रमित को संख्या २८३९ पुगेको छ। कोरोना बाट आज सम्म २५ जनाले ज्यान गुमाई सकेका छन्।
कहाँ कति नमुना परिक्षण भए कति संक्रमित भेटीए ?
पोजेटिभ भएकाको निकट सम्पर्कमा आएका व्याक्तिहरुको ३०५ टेस्ट मध्य २३ जनामा , व्यक्तिगत रुपमा चेक गराउन गएका २३६० मध्य ९९ जना, एयरपोर्टबाट संकलित ९२९ नमुना मध्य २ जना, माइक्रोबायोलोजिकल ल्याब मा २१२ नमुनाबाट १० जना, व्याक्तिगत डाक्टर र जनस्वास्थ्य क्लिनिकको सिफारिस अनुसार २२२ नमुनामा १ जना, लार्नाका र फामागुस्ता जिल्लाका गाउँहरुमा खटाइएको टोलि बाट संकलित ३४१ नमुना बाट १८ जना मा कोभिड १९ पोजेटिभ देखिएको थियो।
हाल फामागुस्ता हस्पिटलमा कोभिड १९ पोजेटिभ भएका २० जानले उपचार गराई रहेका छन् जसमध्य एक आइसीयु मा छन्। त्यस्तै निकोसिया जेनेरल हस्पिटलमा २ जना आइसीयु उपचार गराई रहका छन् भने अन्य २ अस्पताल भर्ना भएका छन्।
READ ALSO यी कम्पनी र व्यवसाय मा भेटियो कोरोना संक्रमण (नाम सहित )
२० अक्तोबर २०२०
मौसम परिवर्तन हुदै छ , आकाशमा बादल देखिन थालेका छन्। आज निकोसियाको लिम्पिया एरियामा करिब आधा घण्टा वर्षा भयो। असिना सहित को वर्षा का फोटो स्थानीयबासि ले सोसल मिडियामा सेयर गरेका छन्। हेरौ केहि फोटो र भिडियो


१९ अक्टोबर २०२०/लिमासोल
पछिल्लो २४ घन्टामा कोरोनाको संक्रमण ४३ भएको छ। सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २५५८ नमुना परिक्षण गर्दा ४३ जनामा कोभिड १९ पोजेटिभ देखिएको हो। ताजा तथ्यांक सहित आज सम्म को संक्रमित को संख्या २६८७ पुगेको छ।
१९ अक्टोबर २०२० /लिमासोल
साइप्रस प्रहरीले मास्क प्रयोग नगर्ने ४० जना व्याक्ति तथा व्यवसायलाई कारवाही गरेको छ। पछिल्लो २४ घन्टामा कोभिड १९ को महामारी सम्बन्धी नियम उल्लङ्घन गर्ने १२ व्यवासाय र २८ व्याक्तिलाई प्रहरीले जरिवाना लगाएको हो। देशभरी गरिएको ९६३ अनुगमनमा अधिकांस ले मास्क प्रयोग नगर्नाले जरिवाना गरिएको प्रहरीले जनाएको छ।
निकोसियामा २ जना , लिमासोलामा २ जना, पापोसमा २ जना , फामागुस्तामा २ , मोर्फु एरियामा १ जना र लार्नाकामा १८ जना कारवाहीमा परेका हुन् त्यस्तै व्यवसाय संचालन गर्ने मध्य निकोसियामा २ , लिमासोलामा ४ , पापोसमा ३ जना , फामागुस्तामा २ र लार्नाकामा १ व्यवासायी लाइ जरिवाना गरिएको हो।
(तपाइँ ले पनि जरिवाना तिर्नु भएको छ कि ? छ भने आफ्नो अनुभव लेखेर हामीलाई पठाउनुहोस )
१९ अक्टोबर २०२०/लिमासोल
गत शुक्रबार दिउसो आएको एउटा समाचार साइप्रसका नागरिकका लागि हृदयविदारक थियो। लिमासोला जिल्लामा पर्ने पेण्टागोमो को फोहोर प्रसोधन केन्द्रमा घरेलु फोहोर छटाई गर्ने क्रममा गारबेज प्लास्टिक मा पोको पारिएको अवस्थामा फेला परेको मृत शिशु । फोहोर छटाइ गर्ने महिला कर्मचारीले देखेको त्यो कारुणिक द्रिश्य सायदै कसैले हेर्न सक्थ्यो। घटनाको जानकारी पाउने बितिकै सो स्थानमा पुगेको प्रहरी र मेडिकल फोरेन्सिक टिमले यस्तो द्रिश्य परिकल्पना पनि गरेका थिएनन् होला।
फोरेन्सिक टिमले जांच सुरु गर्यो। पोस्टमार्टम गर्न नवजात शव उठायो । प्रहरीले नवजात शिशु केटा रहेको झोलमा सलनाल पनि रहेको जानकारी दियो। कसले यस्तो निर्दयिता देखायो ? कसको बच्चा होला ? किन यस्तो गरेको होला ? प्रश्न धेरै थिए उत्तर थिएन। जवाफ अब पोस्टमार्टम बाट मात्र आउने सम्भावना थियो तर पोस्टमार्टम सोमबार मात्र हुने भयो । यता प्रहरीले फोहोर उठाउने ट्रक र रुट बारे अनुसन्धान सुरु गर्यो। ‘कन्भेयर बेल्ट’ मा सो समयमा २० ट्रकले घरेलु फोहोर एकै समयमा अनलोड गरेका थिए। प्रहरी रुट खोजि गर्न ट्रक र उसका कर्मचारी संग सोधपुछ गरिरहेको छ तर कुनै नतिजा मा पुगेको छैन।
२ जना सरकारी डाक्टर सोमबार पोस्ट्मार्तम गरे पछि रिपोर्ट जारि गरेका छन्। यो बच्चा जिउदो वा मृत नै जन्मिएको हो या फोहोर उठाउने ट्रकमा हुने प्रेशरले थिचिएर मरेको हो भन्न नसकिने बताएका छन्। शिशु केटा भएको र ९ महिना पुरा भएर जन्मिएको पुस्टि गरेका छन्। प्रारम्भिक जानकारी अनुसार बच्चा काउकासियन मुलको भएको बताइए पनि तत्काल पोस्टमार्टम बाट कुनै निष्कर्ष मा पुग्न नसकिने बताउदै बिभिन्न टेस्ट संगै डिएनए टेस्ट गरि धेरै प्रश्नको जवाफ पाइन सक्ने डाक्टरहरुले आशा गरेका छन् । जर्जिया, अजर्बाइजान, अर्मेनिया र दक्षिण रसियाका केहि भाग मा बस्ने मान्छेलाइ काउकासियन भनिन्छ। सबै टेस्ट लागि नमुना सुरक्षित राखी सकिएको छ।
यो पनि पढ्नुहोस् :युराेपमा काेराेना सङ्क्रमण तीव्र गतिमा फैलिँदै, फेरि कडाइ गरिँदै
१९ अक्टोबर २०२० /लिमासोल
देशभरीका विभिन्न कम्पनि, व्यवसायिक स्थानमा कोरोना संक्रमण देखिए पछि बन्द गराई “डिइन्फेक्सन ” गर्न सुरु गरिएको छ। कोरोना देखिएको २४ घण्टा भित्र सो स्थान महामारी सम्बन्धि कानुन अन्तरगत पर्न आउने हुदा जनस्वास्थ्यलाइ मध्य नजर गरि सो कम्पनि वा व्यवसायको नाम र ठेगाना सार्वजनिक गरिएको छ।
स्वास्थ्य मन्त्रालयलाई ईपिडि मियोलिजिकल युनिट ले जानकारी गराई ति व्यवसाय मा संलग्न सबै स्टाफ को कोभिड टेस्ट गरि “डिइन्फेक्सन ” कार्य सुरु गरिएको बताइएको छ। निम्न कम्पनि र व्यवसायको नाम र ठेगाना :
- “Athlokinisi” Store, Limassol
- Zenios Ignatiou Barber Shop, Limassol
- Cafe “Mallon Glykis”, Saripolou, Limassol
- “Sunfresh” Bakery, Agia Fyla, Limassol
- Aldiana Hotel, Alaminos, Larnaca
- RCB Bank, Limassol
- Valentina Hair Salon, Limassol
- Land Registry, Limassol
- Jumbo Store, Polemidia, Limassol
- Tavern “Salomi”, Limassol
- Bank of Cyprus Branch, Coral Bay, Paphos





