२०८३ असार ४ बिहीबार
LATEST NEWS
२०८३ असार ४ बिहीबार

२१ अक्टोबर २०२० /लिमासोल

नेपाली जनसम्पर्क समिति साइप्रसले कविता प्रतियोगिता आयोजना गर्न लागेको छ। हिन्दु धर्मावलम्बीहरुको महान चाड शुभ दिपावलीको अवसर परेर समितिले कविता प्रतियोगिता गर्न लागेको हो।

साइप्रसमा रहेका नेपालीले मात्र सहभागी हुन पाइने यो प्रतियोगितामा “प्रवासमा राष्ट्रियता ” शिर्षकमा आगामी नोभेम्बर ९ तारिख मध्यरात सम्ममा प्रतियोगीले कविता पठाइसक्नु पर्नेछ। प्रतियोगितामा प्रथम पुरस्कार एक सय युरो,द्वितिय पुरस्कार ५० युरो तृतीय पुरस्कार २५ युरो राखिएको छ भने साथमा प्रमाण पत्र पनि प्रदान गरिने समितिले जनाएको छ। साथै उत्कृस्ट पाँच कवितालाई विभिन्न अनलाइन मिडियामा प्रकाशन गरिने बताइएको छ।

प्रतियोगीले गद्य वा पद्य दुबैमा कविता लेख्न सक्नेछन् । पद्यमा लेख्दा कम्तिमा ४ अनुच्छेद र बढिमा ६ अनुच्छेद सम्म हुनु पर्ने छ भने गद्यमा १५० शब्द नबढाई लेख्नु पर्ने छ। प्रतियोगीतामा ३ जना निर्णायक मण्डलले उत्कृस्ट ५ कविता चयन गर्ने छन्।  प्रतियोगिताको नतिजा आगामी १५ नोभेम्बरमा अनलाइन “जुम मिटिंग” मार्फत सार्वजिक गरिनेछ।

प्रतियोगितामा सहभागी हुन जनसम्पर्क समिति साईप्रसको फेसबुक पेज वा इमेल [ cyprusnepal017@gmail.com ] मा आफ्नो कविता पठाउन सकिने छ। सहभागीले आफ्नो पुरा नाम, साइप्रसको ठेगाना, सम्पर्क फोन नम्बर र इमेल ठेगाना अनिवार्य उल्लेख गर्नु पर्ने छ।

https://www.facebook.com/photo/?fbid=741281499798293&set=a.110105382915911&tn=%3C
image credit : Npcc Cyprus

२१ अक्टोबर २०२०

साइप्रसको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा १२७ मा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको छ। बुधबार साँझ पत्रकारहरुलाइ जानकारी दिंदै मन्त्रालयले ३३०९ नमुना परिक्षण गर्दा एक सय सत्ताईसमा कोरोना भाइरस पोजेटिभ भएको बताएको हो। गत मार्च महिना देखि आज सम्मको आंकडा अनुसार कोरोना संक्रमित को संख्या २९६६ पुगेको छ।

कहाँ कति नमुना परिक्षण भए कति संक्रमित भेटीए ?
व्यक्तिगत रुपमा परिक्षण गर्ने १३५७ मध्य ७४ जना, पोजेटिभ भएकाको निकट सम्पर्कमा आएका व्याक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ्गमा ३१५ टेस्ट मध्य ३१ जनामा कोरोना देखिएको थियो। एयरपोर्टबाट संकलित ६९० नमुना मध्य ४ जना, व्याक्तिगत डाक्टर र जनस्वास्थ्य क्लिनिकको सिफारिस अनुसार २४४ नमुनामा १२ जना, विभिन्न हस्पिटल ल्याब मा संकलित २६७ नमुनाबाट ६ जना मा कोभिड १९ पोजेटिभ देखिएको थियो।

हाल फामागुस्ता हस्पिटलमा १९ जानले कोभिडको उपचार गराई रहेका छन् जसमध्य तिन जना एचडियु मा छन्। त्यस्तै निकोसिया जेनेरल हस्पिटलमा २ जना आइसीयु उपचार गराई रहका छन् भने अन्य २ कोभिड वाडमा छन्।

read also : मृत भेटिएको शिशुको पोस्टमार्टम, को हो दोषी ?

२० अक्टोबर २०२०/लिमासोल

पछिल्लो २४ घन्टामा कोरोना संक्रमण फेरी बढेको देखिएको छ। स्वास्थ्य मन्त्रालयले मंगलबार साँझ दिएको जानकारी अनुसार १५२ मा कोरोना पुष्टि भएको हो। इपिडिमियोलिजिकल युनिट संग सम्वद्ध ल्याबले ४४१० नमुनाको परिक्षण गरेको मन्त्रालयले बताएको हो। आजको डाटा सहित कोरोना संक्रमित को संख्या २८३९ पुगेको छ। कोरोना बाट आज सम्म २५ जनाले ज्यान गुमाई सकेका छन्।

कहाँ कति नमुना परिक्षण भए कति संक्रमित भेटीए ?

पोजेटिभ भएकाको निकट सम्पर्कमा आएका व्याक्तिहरुको ३०५ टेस्ट मध्य २३ जनामा , व्यक्तिगत रुपमा चेक गराउन गएका २३६० मध्य ९९ जना, एयरपोर्टबाट संकलित ९२९ नमुना मध्य २ जना, माइक्रोबायोलोजिकल ल्याब मा २१२ नमुनाबाट १० जना, व्याक्तिगत डाक्टर र जनस्वास्थ्य क्लिनिकको सिफारिस अनुसार २२२ नमुनामा १ जना, लार्नाका र फामागुस्ता जिल्लाका गाउँहरुमा खटाइएको टोलि बाट संकलित ३४१ नमुना बाट १८ जना मा कोभिड १९ पोजेटिभ देखिएको थियो।

हाल फामागुस्ता हस्पिटलमा कोभिड १९ पोजेटिभ भएका २० जानले उपचार गराई रहेका छन् जसमध्य एक आइसीयु मा छन्। त्यस्तै निकोसिया जेनेरल हस्पिटलमा २ जना आइसीयु उपचार गराई रहका छन् भने अन्य २ अस्पताल भर्ना भएका छन्।

READ ALSO यी कम्पनी र व्यवसाय मा भेटियो कोरोना संक्रमण (नाम सहित )

२० अक्तोबर २०२०

मौसम परिवर्तन हुदै छ , आकाशमा बादल देखिन थालेका छन्। आज निकोसियाको लिम्पिया एरियामा करिब आधा घण्टा वर्षा भयो। असिना सहित को वर्षा का फोटो स्थानीयबासि ले सोसल मिडियामा सेयर गरेका छन्। हेरौ केहि फोटो र भिडियो

फोटो फेसबुक
फोटो फेसबुक

१९ अक्टोबर २०२०/लिमासोल

पछिल्लो २४ घन्टामा कोरोनाको संक्रमण ४३ भएको छ। सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २५५८ नमुना परिक्षण गर्दा ४३ जनामा कोभिड १९ पोजेटिभ देखिएको हो। ताजा तथ्यांक सहित आज सम्म को संक्रमित को संख्या २६८७ पुगेको छ।

१९ अक्टोबर २०२० /लिमासोल

साइप्रस प्रहरीले मास्क प्रयोग नगर्ने ४० जना व्याक्ति तथा व्यवसायलाई कारवाही गरेको छ। पछिल्लो २४ घन्टामा कोभिड १९ को महामारी सम्बन्धी नियम उल्लङ्घन गर्ने १२ व्यवासाय र २८ व्याक्तिलाई प्रहरीले जरिवाना लगाएको हो। देशभरी गरिएको ९६३ अनुगमनमा अधिकांस ले मास्क प्रयोग नगर्नाले जरिवाना गरिएको प्रहरीले जनाएको छ।

निकोसियामा २ जना , लिमासोलामा २ जना, पापोसमा २ जना , फामागुस्तामा २ , मोर्फु एरियामा १ जना र लार्नाकामा १८ जना कारवाहीमा परेका हुन् त्यस्तै व्यवसाय संचालन गर्ने मध्य निकोसियामा २ , लिमासोलामा ४ , पापोसमा ३ जना , फामागुस्तामा २ र लार्नाकामा १ व्यवासायी लाइ जरिवाना गरिएको हो।

(तपाइँ ले पनि जरिवाना तिर्नु भएको छ कि ? छ भने आफ्नो अनुभव लेखेर हामीलाई पठाउनुहोस )

१९ अक्टोबर २०२०/लिमासोल

गत शुक्रबार दिउसो आएको एउटा समाचार साइप्रसका नागरिकका लागि हृदयविदारक थियो। लिमासोला जिल्लामा पर्ने पेण्टागोमो को फोहोर प्रसोधन केन्द्रमा घरेलु फोहोर छटाई गर्ने क्रममा गारबेज प्लास्टिक मा पोको पारिएको अवस्थामा फेला परेको मृत शिशु । फोहोर छटाइ गर्ने महिला कर्मचारीले देखेको त्यो कारुणिक द्रिश्य सायदै कसैले हेर्न सक्थ्यो। घटनाको जानकारी पाउने बितिकै सो स्थानमा पुगेको प्रहरी र मेडिकल फोरेन्सिक टिमले यस्तो द्रिश्य परिकल्पना पनि गरेका थिएनन् होला।

फोरेन्सिक टिमले जांच सुरु गर्यो। पोस्टमार्टम गर्न नवजात शव उठायो । प्रहरीले नवजात शिशु केटा रहेको झोलमा सलनाल पनि रहेको जानकारी दियो। कसले यस्तो निर्दयिता देखायो ? कसको बच्चा होला ? किन यस्तो गरेको होला ? प्रश्न धेरै थिए उत्तर थिएन। जवाफ अब पोस्टमार्टम बाट मात्र आउने सम्भावना थियो तर पोस्टमार्टम सोमबार मात्र हुने भयो । यता प्रहरीले फोहोर उठाउने ट्रक र रुट बारे अनुसन्धान सुरु गर्यो। ‘कन्भेयर बेल्ट’ मा सो समयमा २० ट्रकले घरेलु फोहोर एकै समयमा अनलोड गरेका थिए। प्रहरी रुट खोजि गर्न ट्रक र उसका कर्मचारी संग सोधपुछ गरिरहेको छ तर कुनै नतिजा मा पुगेको छैन।

२ जना सरकारी डाक्टर सोमबार पोस्ट्मार्तम गरे पछि रिपोर्ट जारि गरेका छन्। यो बच्चा जिउदो वा मृत नै जन्मिएको हो या फोहोर उठाउने ट्रकमा हुने प्रेशरले थिचिएर मरेको हो भन्न नसकिने बताएका छन्। शिशु केटा भएको र ९ महिना पुरा भएर जन्मिएको पुस्टि गरेका छन्। प्रारम्भिक जानकारी अनुसार बच्चा काउकासियन मुलको भएको बताइए पनि तत्काल पोस्टमार्टम बाट कुनै निष्कर्ष मा पुग्न नसकिने बताउदै बिभिन्न टेस्ट संगै डिएनए टेस्ट गरि धेरै प्रश्नको जवाफ पाइन सक्ने डाक्टरहरुले आशा गरेका छन् । जर्जिया, अजर्बाइजान, अर्मेनिया र दक्षिण रसियाका केहि भाग मा बस्ने मान्छेलाइ काउकासियन भनिन्छ। सबै टेस्ट लागि नमुना सुरक्षित राखी सकिएको छ।

यो पनि पढ्नुहोस् :युराेपमा काेराेना सङ्क्रमण तीव्र गतिमा फैलिँदै, फेरि कडाइ गरिँदै

१९ अक्टोबर २०२० /लिमासोल

देशभरीका विभिन्न कम्पनि, व्यवसायिक स्थानमा कोरोना संक्रमण देखिए पछि बन्द गराई “डिइन्फेक्सन ” गर्न सुरु गरिएको छ। कोरोना देखिएको २४ घण्टा भित्र सो स्थान महामारी सम्बन्धि कानुन अन्तरगत पर्न आउने हुदा जनस्वास्थ्यलाइ मध्य नजर गरि सो कम्पनि वा व्यवसायको नाम र ठेगाना सार्वजनिक गरिएको छ।

स्वास्थ्य मन्त्रालयलाई ईपिडि मियोलिजिकल युनिट ले जानकारी गराई ति व्यवसाय मा संलग्न सबै स्टाफ को कोभिड टेस्ट गरि “डिइन्फेक्सन ” कार्य सुरु गरिएको बताइएको छ। निम्न कम्पनि र व्यवसायको नाम र ठेगाना :

१८ अक्टोबर २०२०/ लिमासोल

शनिवार २०२ जनामा संक्रमण देखिए पछिको २४ घण्टामा कोरोना को संक्रमण मा उल्लेखनिय कमि आएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार जम्मा ६२ जनामा कोरोना संक्रमण भएको पुस्टि भएको हो।

शनिवार र आइतबार खुल्ला रहेका ल्याब बाट ३६८८ टेस्ट गरिएको थियो। जसमध्य एयरपोर्ट बाट ५ जनामा र अन्य ५७ जना विभिन्न ल्याब बाट आएको नतिजामा पुस्टि भएको हो।

शनिवार तुलनामा आइतबार भाइरसको संक्रमणमा कम आउनुमा मुख्य कारण नमुना संकलन र परिक्षण नहुनु हो। लिमासोलामा रहेका २ ठुला ल्याबहरु शनिवार र आइतबार संचालनमा नरहेकोले परिक्षण हुन नसकेको स्वास्थ्य मन्त्रालयले बताएको छ।

मन्त्रालयका अनुसार एक तिहाइ ल्याब र नमुना संकलन केन्द्र मात्र यी २ दिन संचालन मा रहेका थिए। आजको तथ्यांक सहित कोभिड संक्रमित को संख्या २६४४ पुगेको छ। मन्त्रालयले आगामी दिन मा कोरोना संक्रमितको संख्यामा उल्लेखनीय वृद्धी हुने अनुमान गरेको छ।

कहाँ कति नमुना परिक्षण भए कति संक्रमित भेटीए ?

पोजेटिभ भएकाको निकट सम्पर्कमा आएका व्याक्तिहरुको ३८० टेस्ट मध्य २२ जनामा , व्यक्तिगत रुपमा चेक गराउन गएका ९३२ मध्य २७ जना, एयरपोर्टबाट संकलित १२४९ नमुना मध्य ५ जना, माइक्रोबायोलोजिकल ल्याब मा २२० नमुनाबाट ४ जना, व्याक्तिगत डाक्टर र जनस्वास्थ्य क्लिनिकको सिफारिस अनुसार २२२ नमुनामा १ जना, लार्नाका र फामागुस्ता जिल्लाका गाउँहरुमा खटाइएको टोलि बाट संकलित ३१८ नमुना बाट १ जना र साइप्रस फुटबल एसोसियसनको कार्यक्रममा लिएको २५३ नमुना मध्य १ मा कोभिड १९ पोजेटिभ देखिएको थियो।

यो पनि पढ्नुहोस् : साइप्रसमा नयाँ नियम लागु, विशेष नियम लिमासोलमा

१७ अक्टोबर २०२०/लिमासोल

पछिल्लो २४ घन्टामा हाल सम्म कै उच्च सख्यामा कोरोना संक्रमण देखा परेको छ।स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४९६६ जनामा परिक्षण गरिदा २०२ जनामा कोरोना पुस्टि भएको हो। यो संख्या अझै बढ्न सक्ने अनुमान मन्त्रालयले गरेको छ। आजको आंकडा सहित कोरोना संक्रमित को संख्या २५८१ पुगेको छ। ट्राकिङ्ग तथा ट्रेसिङ्ग युनिटले छिटो छरितो रुपमा संक्रमितको निटक सम्पर्कमा व्याक्तिको पहिचान गरि परिक्षण गर्न नसक्ने अवस्था देखिएको छ। एक्कासी बडेको संक्रमण र संक्रमितको निकट को संख्या निकै ठुलो रहेकोले उनीहरुलाई आइसोलेसन राख्नु ठुलो चुनौती हो भने भाइरस कसरि सर्यो भनेर पत्ता लगाउनु अर्को चुनौती हो।

दैनिक बढिरहेको संक्रमण एकातिर उच्च छ भने अर्को तिर हस्पिटल भर्ना हुने क्रम पनि बढ्दो छ। बिहिबार पांच, शुक्रबार दश र शनिवार १६ जना अस्पतालमा भर्ना भै सकेका छन्। भर्ना हुनेको संख्या बढ्ने अनुमान गरिएको छ। मन्त्रालयका अनुसार थप ८ जना शनिवार साँझ सम्म भर्ना हुने छन्।

“माहामारीको निकै कठिन मोडमा हामि आइपुगेका छौ , यदि हस्पिटलमा भर्ना हुने क्रम यसरि नै बढ्दै गयो भने परिस्थित निकै गम्भीर हुने छ तब हामीहरु बिरामीको संख्या गनेर मात्र बस्नेछौ जुन निकै दुर्भाग्यपूर्ण हुनेछ ” मन्त्रालयले बतायो।

स्वास्थ्य मन्त्रालयले आज मात्र विभिन्न नियम लागु गर्ने घोसना गरेको थियो। शनिवार भएको घोसनामा केके छ यहाँ क्लिक गरि पढ्नुहोस्।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट