२०८२ आश्विन २५ शनिबार
LATEST NEWS
२०८२ आश्विन २५ शनिबार

युरोपेली राष्ट्र साइप्रसमा  पछिल्लो केहि वर्ष  देखि नेपाली कामदारको माग बढेको छ। खास गरि नेपाली  घरेलु कामदारको लागि यो  प्रमुख गन्तव्य देश बन्न पुगेको छ । खाडिमा घरेलु कामदार पठाउन नेपाल सरकारले बन्द गरे संगै साइप्रस रोजाइमा पर्ने गरेको हो। साइप्रस सरकारले विभिन्न ९ क्षेत्रमा ६०% जनशक्तिमा  तेस्रो देशको कामदार ल्याउन पाउन अनुमति दिए पछि नेपालीको संख्या बढेको हो। 

होटेल, रेस्टुरेन्ट, विभिन्न पसल, सुपर मार्केट, बेकरी, निर्माण क्षेत्र लगायत विभिन्न पेशामा नेपाली आउने गरेका छन्।  

आर्थिक वर्ष  २०८०/८१ मा (2023/07/17 to 2024/07/15)  वैदेशिक रोजगार विभागको  रेकर्ड अनुसार ५,८९५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने १,०२० जनाले पुन: श्रम स्वीकृति लिएका छन्। नयाँ र पुन : श्रम लिने को संख्या हेर्दा ६९५० जना साइप्रस गएका छन्।  नयाँ श्रम स्वीकृति लिने ५,८९५ मध्य १६२४ जना पुरुष हुन् भने ४,२७१ जना महिला हुन्।  पुन: श्रम स्वीकृति लिने मा १९६ पुरुष र ८२४ जना महिला छन्। 

अर्को रेकर्ड हेर्ने हो भने २०२५ मार्च १४ देखि अप्रिल १३ सम्म को एक महिना को डाटा हेर्ने हो भने नयाँ श्रम लिने ३५० पुरुष र ५४० महिला छन् यहि समयमा पुन: श्रम लिनेमा २६ पुरुष र १२५ महिला रहेका छन्।  नयाँ र पुन: श्रम स्वीकृतिको संख्या एक महिनामा १,०४९ रहेको छ।  

साइप्रसमा घरेलु कामदार कति छन् भन्ने २०२५ सम्मको  डाटा उपलब्ध नभए पनि २०२३ जनवरी  अन्तिम सम्म २१ , ३१८   जना घरेलु कामदार रहेको तथ्यांकले देखाएको छ। जसमध्य सबै भन्दा धेरै नेपाली घरेलु कामदार ६,१४८ जना, फिलिपिन्सका ५४००, श्रीलंका ४६८९, भारत ३२५४ र भियतनामको ११९२ जना रहेको देखिएको छ।  

तर हाल सम्म नेपालीको जम्मा जनसख्या कति छ भन्ने यकिन तथ्याङ्क नेपाली दुतावास वा कन्सुलेट संग भने उपलब्ध छैन। 

साइप्रसमा रहेका किराती समुदायले उभौली पर्व मनाउने भएका छन्। आगामी मे ११ तारिखमा लिमासोल-निकोसिया हाइवेमा अवस्थित ट्रिकिस प्यालेस हलमा एक सांस्कृतिक कार्यक्रम गरि मनाइने बताइएको छ। 

किराँती समुदायको  राष्ट्रिय पर्व उभौलीको अवसरमा आयोजना हुन लागेको “साकेला बृहत सांस्कृतिक तथा सांगीतिक कार्यक्रम” को तयारी भै रहेको संस्थाका अध्यक्ष नविन राईले जानकारी दिए।  किरात राई यायोक्खा साइप्रसले आयोजना गर्न लागेको कार्यक्रममा  मौलिक र सांस्कृतिक झाँकी प्रस्तुत गरिने बताइएको छ। 

किराँती संस्कार, संस्कृति र मौलिक  खानाका परिकार समेत को अनुभव लिन सकिने गरि व्यवस्था गरिएको आयोजकले जनाएको छ।  किराँती  संस्कृति अनुसार ढोल झ्याम्टा बजाउदै साकेला शिली नाँच प्रस्तुत गरिने बताइएको छ। साथै, स्थापित  विभिन्न संघसंस्थाका कलाकारले पनि आफ्नो सांगीतिक प्रस्तुति दिने तयारी रहेको आयोजकले जनाएका छन्। 

कार्यक्रममा सहभागी हुन साइप्रसका सबै मुख्य सहरबाट बसको व्यवस्था गरिएको छ। 

सन् २०१७ मा स्थापित यस संस्थाले हरेक वर्ष कार्यक्रम गर्दै उभौली पर्व मनाउदै आएका छन्। 

 

घरेलु कामदारको लागि गरिने करार सम्झौताको पत्र तल उल्लेख गरिएको छ । साइप्रस सरकारले  अपडेट गरेको नयाँ कन्ट्रयाक यो हो । अहिले अंग्रेजी मा उपलब्ध छ भने नेपाली भाषा मा पनि छिटै अपलोड गर्नेछौ

तपाइँ लाई आवश्यक परे यहाँ बाट डाउनलोड गर्न सकिन्छ ।

Cyprus Domestic worker Contract paper

DW_CONTRACT_07.05.2019Download

 

 

 

लिमासोल (१७ मार्च)  — नेपाल तामाङ घेदुङ साइप्रसले आफ्नो आठौँ वार्षिकोत्सव तथा चौथो अधिवेशन आइतबार सम्पन्न गरेको छ। लिमासोलस्थित इन्डियन रेस्टुरेन्टमा  अधिवेशन समपन्न गर्दै  ५२ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।

लामो समयदेखि पुराना पदाधिकारीहरू कार्यव्यस्तताका कारण साइप्रस बाहिर रहेकाले अधिवेशन रोकिएको थियो। 

कार्यक्रमका प्रमुख अतिथि ब्रिटिश गोर्खामा कार्यरत अमृत मोक्तान तामाङ रहेका थिए। कार्यक्रममा सल्लाहकार माया लोप्चन तामाङले सभाध्यक्षता र सञ्चालन गरेकी थिइन्। त्यस्तै, संस्थापक सल्लाहकार अन्जु तामाङ र संस्थापक सदस्य हिरादेवी बोम्जन तामाङ पनि विशेष अतिथिका रूपमा उपस्थित थिए।

नेपाल तामाङ घेदुङ साइप्रसका अनुसार, यस अधिवेशनमा खुला सदस्यता अभियानमार्फत ४६ जना नयाँ सदस्य पनि चयन गरिएको छ।

नयाँ कार्यसमिति 

अध्यक्ष: प्रदिप तामाङ
वरिष्ठ उपाध्यक्ष: नानी माया मोक्तान
प्रथम उपाध्यक्ष: विजय स्याङ्बो तामाङ
द्वितीय उपाध्यक्ष: गंगा माया तामाङ
महासचिव: युवराज सिङ्तान तामाङ
सचिवहरू: अजय राज मोक्तान तामाङ, मौसमी तामाङ
कोषाध्यक्ष: कमला दोङ तामाङ
सह–कोषाध्यक्ष: अरुण दोङ तामाङ

 

सदस्यहरू

सुमि ग्लान तामाङ, सान्नानी तामाङ, मुनी माया तामाङ, विशाल योन्जन तामाङ, सुरेश तामाङ, मनिषा तामाङ, पासाङ तामाङ, उमा तामाङ, चिनी तामाङ, रबिन तामाङ, विजय कुमार लामा, मिङमार तामाङ, सुदर्शन नेगी तामाङ, सागर तामाङ, गंगा तामाङ, सुकु माया तामाङ, बिकास थोकर तामाङ, चमेली तामाङ, शान्ति तामाङ, सुरज तामाङ, दिपेश गोले तामाङ, मुना तामाङ, सुर्य माया मोक्तान, सुर्य बहादुर तामाङ, प्रबिन तामाङ, प्रकाश तामाङ, सरस्वती तामाङ, जितेन तामाङ, अजय लामा, सुरज तामाङ, तारा घले, माया तामाङ, सोम बहादुर तामाङ, रोजन तामाङ, मान बहादुर तामाङ, कविता तामाङ, तारा तामाङ, लक्ष्मी तामाङ, राम बहादुर तामाङ, अन्जु लामा तामाङ, पूजा तामाङ, टुल्कु तामाङ र विजय तामाङ।

 

गण्डकी। वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनलाई रु ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ।

‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ बागलुङद्वारा आज आयोजित पुरस्कार समर्पण समारोहमा गुठीका संस्थापक संरक्षक प्रेम छोटाले पुनको अनुपस्थितिमा केन्द्रका प्रतिनिधि इन्द्र वलीलाई नगदसहित, दोसल्ला र सम्मानपत्र प्रदान गरेका हुन्।

केन्द्रद्वारा प्रकाशित पुनको पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’का लागि पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ। राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले उनि परिचित छन्। त्यसैगरी यस वर्षको ‘धवलागिरि प्रतिभा पुरस्कार’ साहित्यकार जगन्नाथप्रसाद लम्साललाई प्रदान गरिएको छ। उहाँको काव्यकृति ‘सहधर्मिणी’का लागि उक्त पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ। उक्त पुरस्कारको राशि रु १५ हजार रहेको छ।

त्यसैगरी रु २५ हजार राशिको ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार–२०८१’ पाल्पाका साहित्यकार चोलेश्वर शर्मालाई प्रदान गरिएको छ। रत्न–श्रेष्ठ पुरस्कार गुठीको संरक्षकत्वमा सञ्चालित जगतचन्द्र स्मृतिकोषका तर्फबाट प्रदान गरिने उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ। शर्माको निबन्ध सङ्ग्रह ‘सगरमाथा एक पहाडको नाम होइन’लाई पुरस्कार प्रदान गरिएको गुठीका सदस्यसचिव महेशचन्द्र प्रधानले जानकारी दिए।

सोही समारोहमा बागलुङ नगरपालिका–४ कुँडेलस्थितस्थित मुक्तिनाथ वेद विद्याश्रम संस्कृत विद्यालयका छात्र रामकृष्ण सुवेदीलाई ‘गुरु गणेश स्मृति पुरस्कार’ प्रदान गरिएको थियो। बागलुङका गणेशप्रसाद र विष्णुकुमारी श्रेष्ठको स्मृतिमा गुठीमा स्थापित उक्त पुरस्कारको राशि रु दस हजार रहेको छ। गुठीले हरेक दुई वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ।

साहित्यकार एवं संस्कृतिकर्मी प्रेम छोटाले आफ्नी आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा विसं २०३४ मा पुरस्कार कोष स्थापना गरेका थिए। ‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’लाई देशकै जेठोमध्येको एक पुरस्कार संस्था मानिन्छ। भाषा, साहित्य र संस्कृतिको उत्थानमा समर्पित स्रष्टाको सम्मानका लागि पुरस्कार गुठी स्थापना गरिएको संस्थापक संरक्षक छोटाले बताए। दिवङ्गत रत्नकुमारी श्रेष्ठको ११७औँ पुण्यतिथि र ४८औँ स्मृति दिवसको अवसर पारेर पुरस्कार वितरण गरिएको गुठीले जनाएको छ।

श्रोत : www.dcnepal.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिइने जैविक विविधता संरक्षण र वित्तीय संघीयता सहयोग रोक्ने कारण खुलाएका छन्। उनले उक्त रकमलाई ‘ठगी’ भएको भन्दै सहयोग रोकेको बताएका छन्। २० जनवरी २०२५ मा दोस्रो पटक अमेरिकी सत्ता सम्हालेका ट्रम्पले ३९ मिलियन डलरको अनुदान स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। यसले नेपालमा जैविक विविधता संरक्षणका लागि १९ […]
श्रोत : www.janaboli.com

काठमाडौं। नेपालको पेन्ट र कोटिंग्स उद्योगको अग्रणी नाम बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.ले गुणस्तर व्यवस्थापनको लागि ISO ९००१:२०१५, वातावरणीय व्यवस्थापनको लागि ISO १४००१:२०१५ र समुदाय तथा कर्मचारीको स्वास्थ्य र कार्यस्थलको सुरक्षाको लागि ISO ४५००१:२०१८ प्रमाणपत्र प्राप्त गरेको छ।

TÜV NORD CERT GmbH द्वारा प्रमाणित यी प्रमाणपत्रहरूले उच्च-गुणस्तरका उत्पादन, दिगो अभ्यास र ग्राहक सन्तुष्टि प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई उजागर गर्दछन् । यी प्रमाणपत्रहरूले देकोरेतिभ पेन्टहरू, वातर प्रूफिङ र कन्स्त्रकसन केमिकल र पुट्टीहरूको उत्पादन, भण्डारण, वितरण, बिक्री र आपूर्तिलाई समेट्दै अन्तर्राष्ट्रिय मापदण्डहरूप्रति कम्पनीको प्रतिबद्धतालाई सुदृढ गर्दछन्।

बर्जर नेपालका कन्ट्री मेनेजरले भने, “हाम्रो गुणस्तर, दिगोपन र कार्यस्थलमा सुरक्षाप्रतिको प्रतिबद्धतालाई सुदृढ गर्ने यो उपलब्धिमा गर्व गर्दछौं । यी प्रमाणपत्रहरूले हामीले गर्ने व्यवसायका सबै क्षेत्रहरूमा उच्चतम मापदण्डहरू कायम राख्ने हाम्रा प्रयासहरूलाई प्रमाणित गर्दछन्।”

यी प्रमाणपत्रहरूसँगै बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.ले गुणस्तर, वातावरणीय जिम्मेवारी र समुदाय तथा कर्मचारीहरूको सुरक्षामा उत्कृष्टताको लागी समर्पित विश्वसनीय र अग्रणी उद्योगको रूपमा आफ्नो स्थितिलाई पुन: पुष्टि गर्न सफल भएको छ।


श्रोत : www.dcnepal.com

मोरङ – भारतको उडिसा राज्यस्थित भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा भएको घटनामा मृत्यु भएकी प्रकृति लम्सालको शव नेपाल पठाइएको छ ।

दिल्लीबाट घटना भएको विश्वविद्यालयमा पुगेका कन्सुलर तथा प्रहरी वरिष्ठ उपरीक्षक सञ्जीव शर्माका अनुसार भारतको गोरखपुरस्थित विमानस्थल हुँदै शव नेपालस्थित घर पठाइएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक शर्माले विद्यार्थीका सबै माग कलेजले स्वीकार गरेपछि अहिले त्यहाँको वातावरण सामान्य बनेको बताए ।

उनले भने, ‘अहिले अवस्था सामान्य भएको छ । नेपाली विद्यार्थी कलेज फर्कने क्रममा छन् । कति आइसकेका छन् । नेपाल पुगेका विद्यार्थीको हकमा केही दिन लाग्न सक्छ । तर कलेजले विद्यार्थीलाई सुरक्षित वातावरण दिने प्रतिवद्धता जनाएको छ ।’

कलेजले बुधबार नै सबै विद्यार्थीलाई जोडेर जुम मिटिङ गर्ने जनाएको प्रहरी वरिष्ठ उपरीक्षक शर्माले भने, ‘कलेजले पनि आजै विद्यार्थीहरुलाई सम्बोधन गर्ने गरी जुम मिटिङ गर्नेछ । त्यसले पनि वातावरणलाई थप सहज बनाउने अपेक्षा छ। कलेजले घटनमा संलग्नहरुलाई कारबाही गरिसकेको र नेपाली विद्यार्थीहरुको हकमा शान्ति सुरक्षाको प्रतिवद्धता जनाएको छ । यस विषयमा त्यहाँस्थित चिफ सेक्रेटरी, शिक्षा मन्त्री तथा स्वास्थ्य मन्त्रीसँग समेत वार्ता भएको छ ।’

नेपाली विद्यार्थी सौरभ यादव।

त्यसैगरी बुधबार बिहान जोगबनी नाका हुँदै १५ जना विद्यार्थी विराटनगर आएका छन् । महेन्द्र मोरङ कलेजमा भेला भएका उनीहरुमध्ये विराटनगर–१४ का विद्यार्थी सौरभ यादवका अनुसार मृतक विद्यार्थीलाई पटकपटक ब्याकमेल गरिएको थियो । सोही क्रममा उनले ह्यारेसमेन्ट भएर आत्महत्या गरेको हुनुपर्ने यादवको भनाइ छ ।

मृतक लम्सालले यसअघि पनि पटकपटक आफूमाथि दुर्व्यवहार हुँदै आएको गुनासो कलेजलाई गराउँदै आएको यादवको भनाइ छ। कलेजमा नेपाली १ हजार १ सय ८० जना विद्यार्थी अध्ययनरत छन् ।

 

भारतीय विद्यार्थी आद्विक श्रीवास्तवले गर्दै आएको लगातारको दुव्र्यवहार सहन नसकेपछि केआइआइटी बी–टेक तेस्रो वर्षमा अध्ययनरत लम्सालले आत्महत्या गरेकी बताइएको छ। दुव्र्यवहार गर्ने भारतीय विद्यार्थीमाथि कारबाहीे माग गरेपछि विश्वविद्यालय प्रशासनले सोमबार सबै नेपाली विद्यार्थीलाई कलेज छाड्न सूचना जारी गरेको थियो।

उडिसामा नेपाली अधिकारीहरुसँग भएको बैठकपछि तस्बिर खिचाउँदै भारतीय अधिकारीहरू।

उनीहरूलाई बसिरहेको छात्रावासबाट समेत निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा देखिएको छ। आइतबार बेलुका करिब ५ बजे आत्महत्याको खबर विश्वविद्यालयमा फैलिएको र घटनालगत्तै उनलाई किम्स अस्पताल लगिएको एक नेपाली विद्यार्थीले जानकारी दिएका छन्।

 

सोही क्रममा आइतबार राति १० बजेबाट होस्टेलमा प्रदर्शन सुरु भएको ती विद्यार्थीले जानकारी दिए। उनका अनुसार छात्रावासका सुरक्षागार्डले कुटपिट गर्दै नेपाली विद्यार्थीलाई घर फर्काइएको हो। सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ओडिसाको एक विश्वविद्यालयले नेपाली विद्यार्थीलाई निकालेकोबारे बुझ्ने काम भइरहेको बताएका छन्।

उनले सामाजिक सञ्जालमा केआइआइटी विश्वविद्यालयको छात्रावासमा एक जना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई छात्रावासबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको उल्लेख गरेका छन्।


श्रोत : deshsanchar.com

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कमलादीस्थित स्वाइवाक टावरको अवलोकन गरेका छन्। प्रजातन्त्र दिवसका अवसरमा उक्त टावरमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले टावर बालकदेखि वृद्धसम्म सबैका लागि सहज गन्तव्य भएको प्रतिक्रिया दिए।

पत्नी राधिका शाक्य र प्रधानमन्त्रीको सचिवालय सदस्यसहित प्रधानमन्त्रीले गरेको अवलोकनले पर्यटन व्यवसायको क्षेत्रमा हौसला मिलेको स्काइवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताए।

कूल ७८ दशमलव ५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा हिँड्ने गरिन्छ। दुई वटा लिफ्ट रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता छ।


श्रोत : www.dcnepal.com

भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा १२५ ग्राम सुन बरामद भएको छ। मंगलबार विमानस्थलको महिला शौचालयबाट सुन जस्तो देखिने दोहोरो सिक्री बरामद भएको हो। प्रहरीले जानकारी दिएको अनुसार सिक्री रियाज अहमद नाउको नाममा जारी गोल्डेन स्टोन ज्वेलरीको बिलसहित बरामद भएको हो।

यसअघि विमानस्थलमा कार्यरत प्रहरी र कर्मचारीले सुन तस्करीमा संलग्न रहेको पाइएपछि, क्यानका कर्मचारी, प्रहरी र अन्य संलग्नको विरुद्ध मुद्दा दायर गरिएको थियो। बरामद सिक्री भन्सार कार्यालयमा पठाइएको छ र यस विषयमा थप अनुसन्धान भइरहेको छ।

क्यानको कर्मचारी र सेटिङको संलग्नता भएकाले, यस घटनामा विमानस्थल सुरक्षा कडाइ गरिएको जानकारी दिइएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार


श्रोत : www.janaboli.com

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट