हामी भन्छौ कि तराई मधेशका मानिस दुनियाको जुन सकै कुनामा भएपनि आफनो सस्कृतिलाई जहिले जोगाउने काम गरेका छन । जसरी नेपालमा मधेशका मानिसहरुलाईै राज्य तथा राज्य सचांलनकर्ताले कु दृष्टिले हेर्छन र हेप्छन त्यसलाई गलत सावित गर्दे नेपाल देशलाई मधेशीहले दुनियामा चिनाएका धेरै उदाहरण छन । ठिक त्यस्तै नेपालको तराई देखि केही पहाड सम्म मिथिलाबासीहरुको महान पर्ब छठको रौनकतालाई युरोपको अष्टिया भन्ने देशमा एक परिवारलाई धुमधामसगं मनाएको छ ।
तराई मधेशको सुनसरीको इनरुवा घर भई हाल प्रवासमा रहेका एउटा धनन्जय मेहताका जम्म ३ जनाको परिवारको सहभागितामा छठ मनाएका छन । युरोप स्थित अष्ट्रीयामा रहेका भजनलाल मेहता, उनकी श्रीमती र छोराले त्यहीँ छठ मनाएका हुन् ।