अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रसले भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। साइप्रसमा हालै गठन भएको सेफ सोसाइटीले गत अगस्ट ४ मा लिमासोल स्थित नुडल्स हाउस रेस्टुरेन्टमा कार्यक्रम आयोजना गरेको हो। साइप्रसमा स्थापित नेपाली संघसंस्था र नव गठित संस्था तथा संस्थाका पदाधिकारी बीच प्रत्यक्ष भेटघाट गराउने गरि सो कार्यक्रम भएको हो।
कार्यक्रममा संस्था स्थापनाको यात्रा, उद्देश्य साथै भावी योजना बारे संयोजक युवराज तामाङले प्रस्ट पारे। साथै उपाध्यक्ष सेफ रेशम पान्डेले सेफको व्याख्या गर्दै ,पाक कलाको महत्व बारे जानकारी दिए। विश्वभरी छरिएर रहेका नेपाली र ,कुक पेशामा साइप्रसमा रहेका नेपालीका लागि सेफ सोसाइटिको भूमिका लगायातका विषयमा उपाध्यक्ष पान्डेले जानकारी गराए। त्यस्तै, उपाध्यक्ष पियुस लामा नेगी ले कार्यक्रमको स्वागत मन्तव्य राखी उपस्थित सबैलाई स्वागत गरे।
संस्थाका अध्यक्ष रेशम बहादुर लामाको सभापतित्वमा संचालन भएको कार्यक्रममा गैर आवासीय नेपाली संघ साइप्रसका अध्यक्ष राधा पोखरेलको प्रमुख आतिथ्यता थियो।
कार्यक्रमका विशिष्ट अथितिमा अन्तर्राष्ट्रिय नेपालि सेफ सोसाइटि साइप्रसका संयोजक युवराज तामाङ, चितवन सेवा समाज साइप्रसका सल्लाहकार जशु पुन मगर,तमु सेवा समाज साइप्रसका अध्यक्ष बाला गुरुङ्ग , समाजसेवी बिना थापा को उपस्थिति थियो।
उक्त कार्यक्रममा साइप्रसमा स्थापित नेपाली संघसंस्था, समाजसेवीको उपस्थिति थियो। नेपाल मगर संघ साइप्रस ,किरांत राइ यायोख्खा साइप्रस ,नेपाल तामाङ घेदुङ साइप्रस ,किरांत याक्थुम चुम्लुङ साइप्रस ,चितवन सेवा समाज साइप्रस ,तमु सेवा समाज साइप्रस ,सुदुरपश्चिमेलि सेवा समाज साइप्रस ,शेर्पा किंदुक साइप्रस ,हेल्मो युनिटि साइप्रस लगायत विभिन्न संघ -संस्थाका प्रतिनिधिले कार्यक्रम बारे मन्तव्य राखे।
नेपालीपन झल्काउने नेपाली स्वादको खाना ”one bite snacks ” को रुपमा प्रस्तुत गरिएको सो कार्यक्रमलाई नबिन चौलागाइ र गोपाल प्रसाद तिमिल्सिनाले सहजीकरण गरेका थिए।