खोप नलगाएका व्यक्तिलाई अनिवार्य खोप लगाउन आह्वान गर्दै जर्मनीले खोप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन घोषणा गरेको छ । जर्मनीले नयाँ नियमअनुसार खोप नलगाएका व्यक्तिलाई सुपरमार्केट, फार्मेसीलगायतका अतिआवश्यकीय सेवामा प्रतिबन्ध लगाएको हो ।
कोभिडबाट हालै निको भएका व्यक्तिलाई भने तत्कालका लागि यो प्रतिबन्ध लागू नहुने भएको छ । त्यस्तै, संसदबाट कानुन बनाएर नै खोपलाई अनिवार्य बनाइने भएको छ ।
सरकारको घोषाणासँगै खोप नलगाएका व्यक्तिले अर्को घरमा गएर दुई जनालाई मात्र भेट्न पाउनेछन् । बढी कोभिड संक्रमित भएका स्थानका बार तथा नाइट क्लब बन्द रहनेछन् । त्यस्तै, फुटबल खेल हेर्ने दर्शकको संख्या सीमित गरिने छ ।
कोभिडको नयाँ भेरियन्ट अोमिक्रोन फैलिएसँगै युरोप फेरि कोभिडको नयाँ केन्द्रविन्दु बन्न थालेको छ । युरोपका अधिकांश देशहरुले नयाँ भेरियन्ट रोक्न विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गरेका छन् ।
‘हामीलाई थाहा छ की अवस्था निकै गम्भीर छ । कोभिड नियन्त्रणका लागि सरकारले चालेका कदम पालना गर्न सर्वसाधारणलाई आह्वान गर्छुु’, जर्मन चान्सलर एंगिला मर्केलले भनिन् ।
जर्मनमा कोभिडको चौथो लहर आउने अनुमान गरिएको छ । ‘जर्मनीलाई कोभिडको चौथो लहरबाट जोगाउन बेलैमा सावधानी अप्नाउनुपर्छ’, उनले भनिन् ।
सरकारले आगामी फेब्रुवरीदेखि देशव्यापी अनिवार्य खोप अभियान सञ्चालन गर्ने भएको छ । अन्तिम पटक खोप लगाएको नौ महिनापछि खोप लगाएका व्यक्तिको पहिचान हराउने भएकोले उनीहरुलाई बुस्टर डोज आवश्यक भएको चान्सलर मर्केलले बताइन् ।
युरोपेली मुलुक अस्ट्रियमा पनि जनबरीदेखि खोप अनिवार्य गरिएको छ । त्यस्तै ग्रीसमा पनि ६० वर्षमाथिका सबैलाई बुस्टर डोज अनिवार्य गरिएको छ । एजेन्सी