२४ सेप्टेम्बर २०२१/ निकोसिया
साइप्रसमा रहेका नेपालीहरुको समस्याहरु, नेपालमा लगानी लगाएतका विषयमा आफुले सक्दो प्रयास गरेको साइप्रसका लागि नेपाली राजदुत डा.अन्जान शाक्यले बताउनु भएको छ ।
डा. शाक्यले साइप्रस र नेपाल देशको सम्बन्धलाई अझै मजबुद बनाउनका लागि आफु र आफ्नो टिमले अत्यन्त मेहनेत समेत गरेको जानकारी दिनुभयो ।
संविधान दिवसको अवसरमा नेपाली राजदुतावास एवमं अवैतनिक बाणिज्य दुतावास साइप्रसको आयोजनामा बिहिबार भएको कार्यक्रममा राजदुत डा. शाक्यले सो कुरा बताउनु भएको हो ।
राजदुत डा. शाक्यले आफु भौतिक हिसाबले टाढा भएपनि साइप्रसमा रहेका नेपालीहरुको समस्याको सवालमा आफु सधै नेपाल सरकार , साइप्रस सरकार एवमं यहाँ रहेका सामाजिक संघसंस्थासगं नजिक रहेर नियालेको बताउनु भयो ।
साइप्रस र नेपाल सरकार विच श्रमिक एवमं विद्यार्थीहरुको बारेमा जिटुजी मार्फत नेपाली श्रमिक एवमं विद्यर्थाीहरु ल्याउनका लागि पहल थालि सकेको र नेपाल सरकारले सम्झौता गर्ने वित्तिकै लागु हुने डा. शाक्यले जानकारी दिनुभयो ।
उहाँले जि टु जि मार्फत श्रमिक एवमं विद्यार्थीहरु साईप्रस आउने भएपछि त्यत्ति धेरै समस्या नपर्ने, तलब वृद्धि हुने , सामाजिक सुरक्षा भत्ता समेत फिर्ता हुने भएकोले यो कार्य जरुरी रहेको बताउनु भयो ।
जि टु जी ईजरायल देशमा भए झै साईप्रसमा पनि लागु गर्नका लागि आफु नेपाल सरकार , परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय सबै तिर पत्र काटिसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रश्चाप्त नेपाली नेपाली समुदायहरु संग अन्तरक्रिया कार्यक्रम गर्दै आफ्नो कार्यकालमा सके जति साईप्रसमा रहेका विद्यर्थाी एवमं श्रमिकहरुको बारेमा पहल गरेको जानकारी दिनुभयो ।
सोही अवसर पारेर गैर-आवासीय नेपाली सघं साईप्रसका अध्यक्ष कुन्दन कार्कीले साईप्रसको विभिन्न १५ भन्दा बढि बुँदाहरु समेटेर राजदुत शाक्यलाई ज्ञापन पत्र समेत बुझाउनु भएको थियो ।
ज्ञापनपत्र बुझ्दै नेपाल सरकारले राजदुत फिर्ता गर्ने भएकोले आफनो कार्यकालको अन्तिम भ्रमण भएपनि साईप्रसमा रहेका नेपालीहरुको सवालमा साईप्रस सरकार उच्च अधिकारीहरु मार्फत राखेर जाने बताउनु भयो ।
शुक्रवार साईप्रस सरकारका विभिन्न मंत्री, सभामुख , राष्ट्रपती लगाएतहरु संग राजदुत शाक्य छलफल गर्दै हुनुहुन्छ ।