समिम मियाँ
२३ जुलाई २०२१/लिमासोल
पछिल्लो २४ घन्टामा साइप्रस भरि थप ८९५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देश भर ७६२७३ टेस्ट गरिएको छ जस अनुसार पोजेटिभिटि रेट घटेर १.१७ प्रतिशत भएको छ।
पछिल्लो ३ दिन मा संक्रमण कम भएको हो। यस अघि दैनिक एक हजार माथि संक्रमण देखीरहेको थियो भने कोभिड का कारण दैनिक ज्यान गइरहेको थियो। आज भने कोहि ले कोरोना संक्रमण का कारण ज्यान गुमाउन परेन।
यता, देश भरिका हस्पिटल मा कोरोना,का बिरामी दैनिक बढ्दो अवस्थामा छ। ८८ प्रतिशत बिरामीहरु कोभिड खोप नलगाएका व्याक्ति हुन्। स्वास्थ्य मन्त्रालयले कोभिडका बिरामी बढेको मा चिन्ता व्यक्त गरेको छ। आज को ताजा विवरण अनुसार २५४ जना हस्पिटलमा भर्ना भएका छन् जसमध्य ६३ को अवस्था गम्भीर रहेको छ। ६३ मध्य केहि आइसियु , एचडियु र भेन्टिलेटर मा रहेका छन्।
सरकारले कोभिड खोप लगाउन सबै संग अनुरोध गरेको छ। नागरिक को सहजता को लागि गेसी मा दर्ता भएका व्याक्तिका लागि ‘वाक इन ” भ्याक्सिन सेन्टर पनि खुल्ला गरेको छ जहाँ कुनै अपोइन्त्मेत बिना सिधै गएर खोप लगाउन पाइन्छ। केहि समय पछि गेसी मा दर्ता नभएका व्याक्तिका लागि पनि ‘वाक इन ” भ्याक्सिन सेन्टर खुल्ला गरिने बताइएको छ।
अहिले सम्म ६२ % नागरिक लाई पुर्ण खोप लगाई सकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कन्ट्याक्ट ट्रेसिंगमा परेका ४५ जना , पापोस र लार्नाका एयरपोर्ट बाट २ जना, व्यक्तिगत रुपमा चेक गराउने मध्य १९२ जना र १५ जना जनस्वास्थ्य ल्याबबाट कोभिड पोजेटिभ देखिएको हो।
प्राइभेट ल्याब र फार्मेसीमा गराइएका मध्य ८५ जनार सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ५५३ जना मा कोरोना पुस्टी भएको हो।
देश भरका विभिन्न जिल्ला मा गरिएको सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ५५३ जना बिरामी फेला परेका मध्य निकोसियामा १६८ जना, लार्नकामा ९१ जना, लिमासोलामा १६३ जना, पापोसमा ६९ जना , फामागुस्तामा ४८ जनामा संक्रमण पुष्टी भएको हो।
जिल्ला अनुसार धेरै संक्रमण निकोसियामा रहेको देखिएको छ।