कोरोना भाइरस नेपाल: थप एक जनाको मृत्यु, १७० जनालाई नयाँ सङ्क्रमण, कुल सङ्क्रमितको सङ्ख्या १,२१२ पुग्यो

Facebook
Twitter
LinkedIn

नेपालमा शुक्रवार १७० कोरोनाभाइरस सङ्क्रमित थपिएको र एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीवार अपराह्ण नेपालमा अब सङ्क्रमितको कुल सङ्ख्या १,२१२ पुगेको बताए।

यो एकै दिन बढेको अहिलेसम्मको सर्वाधिक सङ्ख्या हो। बुधवार ११४ जनामा र बिहीवार १५६ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

नेपालमा कोभिड(१९ )बाट मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ।

प्रवक्ता डा. देवकोटाका अनुसार बुधवार राति अर्घाखाँचीका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।

मृतक हालै भारतबाट नेपाल प्रवेश गरेको मन्त्रालयले जनाएको हो।

डा. देवकोटाका अनुसार अहिलेसम्म निको हुनेको सङ्ख्या २०६ छ।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभरि ९९,३३६ व्यक्ति क्वारन्टीन र १,००० जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन्।

अहिलेसम्म पीसीआर विधिबाट कुल ६४,१५४ वटा परीक्षण गरिएको छ।

अहिले प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्क्रमित छन्।

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.