मार्च ५/ लिमासोल
कोरोना महामारीमा लगातार संक्रमण वृद्धि भएको आज पाचौं दिन ३८४ मा कोरोना देखिएको छ । बिहिवार दिनभरीमा ३९,८०७ जनामा गरिएको परिक्षणमा ३८४ मा संक्रमण पुष्टि भएको हो जसमध्य स्कुलका विधार्थीमा पनि संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत वर्ष मार्च देखि आज सम्म ३६हजार ४ जनामा कोभिड-१९ जना संक्रमणको चपेटामा परिसकेका छन् ।
आज को संक्रमणमा ७३ जना कन्ट्याक्ट् ट्रेसिङ मार्फत, ४ जना एयरपोर्ट बाट पनि भेटिएको हो।
कोरोना संक्रमण भएर अस्पताल भर्ना हुने क्रम पनि बड्दो छ। हाल १०१ जना भर्नारत छ्न् भने २२ जना को अवस्था गम्भीर रहेको बताइएको छ।