फागुन २०, काठमाडौँ । संयुक्त अरब इमिरेट्स नेपालीहरुका लागि बैदेशिक रोजगारको आकर्षक गन्तव्य मानिएको छ । पछिल्लो समय रोजगारीको क्रममा युएई जाने श्रमिकहरुको संख्या पनि बढी नै रहेको छ ।
यसरी रोजगारीको खोजीमा विदेश गएका वा युएईमा रहेका नेपालीहरुलाई युएई स्थित दूतावासले विभिन्न सेवा प्रदान गर्दै आएको छ । दूतावासका अनुसार रोजगारीमा गएका श्रमिकहरुले श्रमसम्बन्धी गुनासाहरू राख्न सक्नेछन् ।
मृतकका कानूनी हकदारले क्षतिपूर्ति लगायतका रकमको लागि आवेदन,पुरानो राहदानीका आधारमा नयाँ राहदानीका लागि सेवाग्राहीहरुले आवेदन दिनसक्ने छन् ।
युएई स्थित दूतावासले प्रदान गर्ने सेवा र आवश्यक कागजातको बारेमा हेर्नुहोस तलको सूचिमा :
सेवा किसिमहरू (Types of Service) |
आवश्यक कागजातहरू (Required Documents) |
शुल्क (Fees in AED) |
सेवा प्रदान गर्दा लाग्ने समय (Time for service delivery) |
सम्बन्धित कर्मचारी (Concerned Official) |
कार्य समय (Working Hours) |
कैफियत (Remarks) |
|||
पुरानो राहदानीका आधारमा नयाँ राहदानीका लागि आवेदन |
|
२००
१०० |
आवेदन गरेको मितिले साधारणतया १ महिना | तृतीय सचिव
कोठा नं. ५ |
फाराम बुझाउने समय- बिहान ९:३० देखि दिउँसो १:३० सम्म ।
राहदानी वितरण गर्ने समय- दिउँसो २ देखि ४ सम्म । |
राहदानी फाराम
http://nepalpassport.gov.np बाट डाउनलोड गर्न सकिनेछ । निवेदक स्वयम् उपस्थित हुनुपर्नेछ नाबालकलाई लिएर अभिभावक स्वयं उपस्थित हुनुपर्नेछ । |
|||
नाबालकको नयाँ राहदानीका लागि आवेदन |
|
||||||||
हराएको, जलेको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले बिग्रिएको राहदानीको सट्टा नयाँ राहदानीको लागि आवेदन |
|
४०० | |||||||
राहदानीको म्याद समाप्त भएको वा हराएको तर तुरुन्तै नेपाल जानुपर्ने भएको अवस्थामा नेपाल जाने प्रयोजनका लागि एकतर्फी यात्रा अनुमतिपत्र (One-way Travel Document) |
|
आवेदन गरेकै दिन | तृतीय सचिव (कोठा/काउन्टर नं. ४) |
फाराम बुझाउने समय- बिहान ९:३० देखि दिउँसो १:३० सम्म ।
यात्रा अनुमतिपत्र वितरण गर्ने समय- दिउँसो २ देखि ४ सम्म । |
राजदूतावासमा फाराम नि:शुल्क उपलब्ध छ ।
युएइको जेल र राजदूतावासका सुरक्षित आवास गृहमा रहेका नेपालीहरूका लागि युएइको सम्बन्धित निकायबाट नेपाली नागरिक भएको पहिचान खुल्ने कागजातहरूको प्रतिलिपि प्राप्त भएपछि मात्र नेपाल फर्किने प्रयोजनका लागि नि:शुल्क यात्रा अनुमतिपत्र जारी गरिनेछ । |
||||
अधिकृत वारिसनामाको प्रमाणीकरण (Attestation of Power of Attorney) |
|
३७ ० | आवेदन गरेकै दिन | कोठा नं. ११ | पहिला नै लिएको समयबमोजिम | अधिकृत वारिसनामाको प्रमाणीकरण राजदूत वा निजको अनुपस्थितिमा कार्यवाहक राजदूतबाट मात्रै हुने भएकाले अनिवार्य रूपमा पहिला नै समय लिएर मात्रै सो सेवा लिन आउनुपर्नेछ ।
(Appointment basis) |
|||
शैक्षिक प्रमाणपत्र/लब्धाङ्क पत्र तथा सवारी चालक अनुमति पत्रको प्रमाणीकरण |
|
प्रतिपृष्ठ १५०
(विद्यार्थीहरूको हकमा प्रतिपृष्ठ २०) |
आवेदन गरेकै दिन |
कोठा नं. ४ |
फाराम बुझाउने समय- बिहान ९:३० देखि दिउँसो १:३० सम्म । प्रमाणित कागजात वितरण गर्ने समय- दिउँसो २ देखि ४ सम्म । |
राजदूतावासमा फाराम नि:शुल्क उपलब्ध छ ।
कागजात पेस गर्नुपूर्व नेपालमा जारी भएका कागजातहरूको हकमा नेपालको कन्सुलर सेवा विभाग, काठमाडौंबाट र युएइमा जारी भएका कागजातहरूको हकमा युएइको परराष्ट्र मन्त्रालयको कन्सुलर विभागबाट अनिवार्य रूपमा प्रमाणीकरण भएको हुनुपर्नेछ। |
|||
जन्म तथा विवाह दर्ता प्रमाणपत्रहरूको प्रमाणीकरण |
|
१५० | |||||||
प्रहरी प्रतिवेदन र मेडिकल रिपोर्ट |
|
१९० | |||||||
श्रमसम्बन्धी गुनासाहरू |
|
नि:शुल्क | कोठा नं. १० र १२ | दूतावासमै उपस्थित भएर वा टेलिफोनमार्फत गुनासो गर्दा कार्यालय समयमा गर्नुपर्नेछ। | दूतावासमै उपस्थित भएर वा टेलिफोन वा इमेल वा गुनासो पेटिकामार्फत समस्याबारे जानकारी गराउन वा गुनासो गर्न सकिनेछ। | ||||
मृतकका कानूनी हकदारले क्षतिपूर्ति लगायतका रकमको लागि आवेदन |
|
नि:शुल्क | कोठा नं. ११ | युएइको अदालतलगायतका निकायहरूको निर्णयका आधारमा क्षतिपूर्ति प्राप्त हुन लाग्ने समय यकिन हुनेछ। |
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया