आलमलाई छुटाउन पहल गरिरहेको छुः सभापति देउवा

Facebook
Twitter
LinkedIn

फागुन १९, रौतहट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् ।

गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिए ।

अर्को प्रसङ्गमा उनले देशबाट अहिले कोरोना पूर्णरुपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह गरे । पूर्वप्रधानमन्त्री देउवालाई नगर प्रमुख श्यामबाबु यादवलगायतले स्वागत गरेका थिए । महायज्ञ एक सातासम्म चल्ने जनाइएको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.