३ विदेशी नागरिकलाई देशनिकाला गर्ने सरकारको निर्णय

Facebook
Twitter
LinkedIn

सरकारले गैरकानुनी रुपमा लामो समयसम्म नेपाल बसेका ३ विदेशी नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेटले बुझाउनुपर्ने विलम्ब शूल्क १२ हजार ७ सय ३० अमेरिकी डलर र अधिकतम जरिवाना रु ५० हजार समेत मिनाहा गरी नेपालबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

यस्तै गैरकानुनी रुपमा लामो समयसम्म नेपालमा बसोबास गरेका यमन गणराज्यका नागरिकहरु मोहम्मद इस्माइल अहमेद ओवादी र नासिम इस्माइल अहमेद ओवादीले बुझाउनुपर्ने भिसा शुल्क दस्तुर ३ हजार ६६ अमेरिकी डलर, विलम्ब शूल्क ५ हजार १ सय १० अमेरिकी डलर र अधिकतम जरिवाना रु. १ लाख समेत मिनाहा गरी देश निकाला गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो ।
स्रोत ः रातोपाटी डटकम

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.