साइप्रसमा प्रमोद खरेलको क्रेज, स्थानिय कलाकारको बजोड प्रस्तुती (फोटो फिचर)

Facebook
Twitter
LinkedIn

साइप्रसमा दिपावलीको अवसर पारेर आयोजना गरिएको “तिहार विशेष कार्यक्रम २०२३’ भव्य रुपमा सम्पन्न भएको छ। कोष ओभरसिज प्रा. लि. र एस एम इभेन्ट इन्टरटेनमेन्ट एण्ड ट्राभल सोलुशनको आयोजनामा गत आइतबार निकोसिया स्थित डाइमण्ड हल मा सांगीतिक  कार्यक्रम आयोजना गरि तिहार मनाइएको हो।

प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति तथा नेपाली गीत संगीतको संरक्षण प्रबर्धन र उत्थान गर्ने उद्देश्य अनुरुप कार्यक्रम आयोजना गरिएको हो।

कोष ओभरसिज प्रा.लि. का अध्यक्ष रोहन पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका  प्रमुख अतिथि  ‘संयुक्त राष्ट्र शान्ति सेना साइप्रस’ मा खटिनु भएका  प्रहरी वरिष्ठ उपनिरिक्षक मोहन मणि अधिकारीले दिपावली को शुभकामना व्यक्त गर्नु भएको थियो।

सभापति रोहन पौडेलले पनि दिपावलीको शुभकामना व्यक्त गर्दै कार्यक्रम सफल बनाउन उपस्थित दर्शकलाई धन्यवाद दिनुभयो ,  साथै नेपाली नयाँ वर्षमा पनि नेपाली कलाकारका साथमा अर्को कार्यक्रम गर्ने घोषणा गर्नु भयो।

‘संयुक्त राष्ट्र शान्ति सेना साइप्रस’ मा खटिनु भएका  कमल बेलबासे विशिष्ट अतिथि का रुपमा उपस्थित हुनु भएको थियो।

विभिन्न संघसंस्था तथा अतिथि को साथमा  दर्शकको बाक्लो उपस्थिति रहेको थियो।  कार्यक्रमका  विशेष  अतिथिमा  एस एम इभेन्ट्सका चेयरम्यान सुवास मल्ल साथै साल्मा एच.आर प्रालि का चेयरम्यान आर डि लामा को उपस्थिति थियो।  प्रवास बुलेटिन र साइप्रस नेपाल डट कम  मिडिया पार्टनर रहेको   कार्यक्रमलाई सुदूरपश्चिमेलि नेपाली समाज साइप्रस  र नेपाल मगर संघ साइप्रसले साथ  दिएको थियो ।

कार्यक्रममा उठेको रकम बाट केहि रकम जाजरकोट भुकम्प पिडितलाई पठाउने उद्घोष आयोजकले गरेका छन्।

कार्यक्रमलाई पुरन मगर ले संचालन गरेका थिए।

सांगीतिक कार्यक्रममा प्रमोद खरेलको क्रेज, स्थानिय कलाकारको बजोड प्रस्तुती

कार्यक्रम का मुख्य आकर्षण गायक प्रमोद खरेल प्रति  “क्रेज” देखियो। उपस्थित दर्शक लाई धन्यवाद दिदै ड्युटी को कारण कार्यक्रम आउन नसक्नु भएका दर्शकलाई पनि गायक खरेलले सम्झिए।

गायक खरेलले आफ्नो हिट गितहरु प्रस्तुत गर्दा दर्शकले “घोक्रो सुक्ने गरि ” गायर साथ दिए।  “चाइदैन तिमि बिना सुनै को दरबार ” बोलको गित मा दर्शकले आफ्नो मायालु सम्झिदै हात हल्लाएर साथ दिए भने ” म बिना कसै कसैलाई मुस्किल छ पोखरामा ” गाउँदा दर्शक झुमे।

‘रातो टिका निधारमा टलकै टल्कियो” , “ओइ झुमा झुम्के वाली ” लगायत बोलका  गित मा दर्शक उफ्री उफ्री नाचे। स्वयंसेवकलाई दर्शक सम्हाल्नै हम्मे हम्मे परेको थियो। टेबुल, कुर्सि माथी चढेर, भुइ मै बसेर पनि दर्शकले भरपुर मनोरंजन लिए।

स्थानिय कलाकारको सागीतिक प्रस्तुतीले पनि कार्यक्रमलाई थप मनोरन्जनात्मक बनायो।

अन्जली विश्वकर्माको टोलिले “तिहारै आयो लौ झिली मिली ” बोलको गित मा नृत्य प्रस्तुत गरेका थिए भने बसन्ती लामाले ” आखै मा सपना छ मुटु भरि चाहना ” बोलको गीतमा नृत्य प्रस्तुत गरिन।

त्यस्तै, अमृता मगरले पनि ” सपनी मै हो कि बिपनी मै हो कि ” बोलको गितमा,  नृत्यांगना गङ्गा लामाले “भो सपना नदेखाउ” बोलको गितमा , सपना गैरे ” पिरती बस्यो ” बोलको गितमा र बिनिता मगर ले “धरानको बजारमा ” बोलको गित मा आकर्षक नृत्य प्रस्तुत गरे। त्यस्तै,  चौधरी भेषभुषामा सजिएर  डोल्मा चौधरी र उमा कुमारी महतो ले चौधरी नृत्य प्रस्तुत गरि दर्शक को मन जित्न सफल भए।

 

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.