Last update : 28 march 2024
साइप्रसमा रहने नेपालीले अब सहजै राहदानी बनाउन सक्ने भएका छन्। नेपाली वाणिज्यदुतावास बाट नयाँ प्रविधिमा आधारित इ-पासपोर्ट बनाउन सम्पूर्ण व्यवस्था गरिएको छ।
सहज तरिकाबाट राहदानी बनाउन तपाइँलाई आवश्यक पर्ने कागजात र जानकारी बारे यहाँ उल्लेख गरेका छौ।
पासपोर्ट को म्याद गुज्रिएको छ वा म्याद सकिन बढीमा २ वर्ष बाकि छ भने नयाँ पासपोर्ट बनाउन सकिन्छ। साइप्रस इमिग्रेसनले भिसा रिन्यु गर्दा पासपोर्ट को म्याद कम्तिमा २ वर्ष को हुनु पर्ने बताए पछि नेपाली कन्सुलेट कार्यालय निकोसियाले सोहि अनुसार २ वर्ष को म्याद रहेका नेपाली नागरिकको पासपोर्ट रिन्यु गर्ने गरेको जानकारी दिएको छ।
नयाँ पासपोर्ट बनाउन यी कागजात लिएर निकोसिया स्थित नेपाली कन्सुलेट अफिस जानु पर्छ।
- अहिले तपाइँ संग रहेको सक्कल पासपोर्ट र त्यसको फोटोकपि
- सके सम्म सक्कल नागरिता, उपलब्ध नभएमा त्यसको फोटोकपि
- नेपाल को ठेगाना ( संघीय सरकार बने पछि परिवर्तन भएका ठेगाना)
- ठेगाना मा यी कुराहरु हुनु पर्छ।
- गाउँटोल को नाम
- वार्ड नम्बर
- गाउँपालिका/नगरपालिका को नाम
- जिल्ला को नाम
- प्रदेश को नाम
5. नेपाल को फोन नम्बर
पुरानोबाट नयाँ राहदानी बनाउन 210 युरो चार्ज लाग्छ भने करिब २ महिनामा पासपोर्ट तयार भै आइपुग्छ।
अब ,
पासपोर्ट हराएको/ पानी वा तेलले भिजेको / नासिएको/च्यातिएको/ बिग्रिएको वा चोरी भएको अवस्था छ भने नयाँ पासपोर्ट बनाउन अनिवार्य रुपमा यी कागजात लिएर नेपाली कन्सुलेट अफिस जानु पर्छ।
- सक्कल पासपोर्टको फोटोकपि (हराएको वा चोरी भएको भए फोटोकपी मात्र)
- सके सम्म सक्कल नागरिता, उपलब्ध नभएमा त्यसको फोटोकपि
- साइप्रस प्रहरी बाट जारी भएको सक्कली पुलिस रिपोर्ट (police report बनाउन पैसा लाग्दैन )
- नेपाल को ठेगाना ( संघीय सरकार बने पछि परिवर्तन भएका ठेगाना)
- ठेगाना मा यी कुराहरु हुनु पर्छ।
- गाउँटोल को नाम
- वार्ड नम्बर
- गाउँपालिका/नगरपालिका को नाम
- जिल्ला को नाम
- प्रदेश को नाम
5. नेपाल को फोन नम्बर
हराएको राहदानीबाट नयाँ बनाउनु परे 310 युरो चार्ज लाग्छ भने करिब ३ महिनामा पासपोर्ट तयार भै आइपुग्छ। पासपोर्ट तयार भए पछी सम्बन्धित ब्याक्ति नै पासपोर्ट लिन जानु पर्छ।
पासपोर्ट बनाउन तपाइँ को फोटो त्यहि नै खिचिने हुँदा फोटो लैजानु भने पर्दैन। तपाइँ को फोटो, फिंगर प्रिन्ट र डिजिटल हस्ताक्षर चाहिने हुँदा तपाइँ आफै नै जानु पर्ने हुन्छ।
साइप्रसमा बच्चा जन्मिएको अवस्थामा पासपोर्ट बनाउन के गर्ने ?
बुबा आमा नै नेपाली नागरिक भएका तर साइप्रस मै जन्म भएका बच्चा को पासपोर्ट बनाउन सकिने व्यवस्था छ। तर बाबु बिदेशी र आमा नेपाली भएको खण्ड मा भने सो बच्चाले बाबुको आफ्नो देशको पासपोर्ट को लागि प्रक्रिया गर्नु पर्छ।
बुबा आमा नै नेपाली नागरिक भएका तर साइप्रस मै जन्म भएका बच्चा को पासपोर्ट बनाउन भने निम्न कागजात तयार गरि कन्सुलर कार्यालय जानु पर्दछ।
१. बुबा आमा को पासपोर्ट को फोटो कपि
२. बुबा आमा दुवै जनाको नागरिकताको फोटोकपी
३. बच्चा को जन्मदर्ता
४. बच्चा को पासपोर्ट साइज को फोटो
५. नाबालिग को लागि राजश्व दस्तुर १७५ युरो
यी कागजात लाई नेपाली कन्सुलर कार्यालयले दर्ता को लागि नेपाली राजदुतावास इजरायल पठाउने गर्दछ।
एकल आमाले आफ्नो बच्चा को लागि पनि ट्राभल डकुमेन्ट बनाउन सकिने व्यवस्था कन्सुलर कार्यालयमा रहेको जानकारी दिएको छ।
यो पनि पढ्नुहोस् : साइप्रसबाट फर्किएका व्याक्तिलाई साइप्रसको पुलिस रिपोर्ट चाहिए के गर्ने ?
कन्सुलेट अफिस को कहाँ छ ?
गुगल म्याप लोकेसन