लिमासोल जेनेरल हस्पिटल को हेलिप्याड रहेको स्थानमा लास फेला परेको छ। आज बिहान सफाइका क्रममा हेलिकप्टर पार्क गर्ने स्थान नजिकै कामदारहरुले अत्यन्तै सडिसकेको अवस्थाको लास फेला पारे पछि सि.आइ.डि. ले अनुसन्धान सुरु गरेको छ।
सन २०१९ मा पनि सोही क्षेत्रमा एक महिलाको लास फेला परेको थियो।