उसो त पत्रकारहरूलाई डेट गर्न सहज छैन । सटिक, विश्लेषणात्मक, सीधा हुने भएकोले उनीहरू सीतिमिति कसैसँग प्रभावित भइहाल्दैनन् । त्यस्तै, उनीहरू ‘वर्कहोलिक’ प्रकृतिका समेत हुने हुनाले समय नदिएको महसुस पनि हुनसक्छ ।
यस्तोमा पत्रकारलाई डेट गर्न पक्कै पनि सहज नहुने निश्चितजस्तै छ तर, यदि तपाईं उनीहरूसँग सम्बन्धमा हुनुहुन्छ भने यस्ता कतिपय कुरा छन्, जसले पत्रकारसँग डेट वा सम्बन्धमा हुनु तपाईंका लागि निकै रमणीय ठहरिनसक्छ ।
१। उनीहरूलाई राम्रा ठाउँहरूबारे ज्ञात हुन्छ
पप कल्चरअनुसार पत्रकार असामाजिक र आत्मवादी एवं पूर्वाग्रही देखिन सक्छन् तर वास्तवमा भने पत्रकारहरूलाई विभिन्न कार्यक्रम तथा समारोहमा गइरहनुपर्ने भएकाले उनीहरूलाई त्यस्ता अनेक ठाउँहरूबारे ज्ञात हुन्छ र उनीहरू घुम्न जान राम्रो ठाउँ रोज्न सहयोग गर्न सक्छन् ।
२। उनीहरू सिर्जनशील हुन्छन्
लेखनी पेसा भएका कारण सिर्जनशीलता उनीहरूको अर्को गुण हो । यद्यपि, उक्त सिर्जनशीलता समाचार, फिचर लेखनीमात्र नभई कतै तपाईंलाई सुन्दर प्रेम पत्र वा भावानुव्यक्तिमा समेत आउन सक्छ ।
३। गफिनका लागि उपयुक्त व्यक्ति
वाककलामा पोख्त पत्रकारहरूसँगको कुराकानी तथा गफगाफ निकै रोचक र अन्त्यहीन हुनसक्छ ।
४। पैसा दोस्रो प्राथमकितामा
पैसा कमाउने पेसाको रूपमा पत्रकारितालाई बुझ्नु गलत हुन्छ । पैसामुखी व्यक्तित्वहरू पत्रकारितामा लाग्दैलाग्दैनन् । यसकारण पनि उनीहरूको लागि पैसा प्राथमिकताको दोस्रो श्रेणीमा आउँछ । जसकारण तपाईंलाई उनीहरूले प्राथमिकताको लिस्टमा पैसाभन्दा माथि नै राख्ने छन् ।
५। भरोसायोग्य
विश्वास अनि भरोसा पत्रकारको प्रमुख गुण हुन् । महत्वपूर्ण जानकारी रेकर्ड राख्नेदेखि स्रोतको विश्वास उनीहरूले जितेका हुन्छन् । पत्रकारसँग डेट गर्नुहुन्छ भने उनीहरू तपाईंका रहस्यहरू गोप्य राख्न भरोसायोग्य पात्र हुनसक्छन् ।
६। ‘मल्टिटास्क’मा पोख्त
कहिले नसकिने डेडलाइन, फोन कलमार्फत अनवरत कुराकानीसँगै जानकारी टाइप गर्नेदेखि प्रेसरयुक्त वातावरणमा पनि पत्रकार काम गर्न सक्छन् । जसको कारण उनीहरूमा मल्टिटास्कको क्षमता विकास भएको हुन्छ । उक्त प्रवृतिकै कारण उनीहरू आफ्ना काम अनि सम्बन्धलाई पनि उचित समय व्यवस्थापन गर्न सक्छन् । दिनभरको थकित कामपश्चात पनि उनी आफ्ना प्रियलाई माया प्रकट गर्न बिर्सिंदैनन् ।
७। उनीहरू तपाईंलाई ‘स्पेस’ दिन्छन्
पत्रकारहरूलाई स–साना विषयमा झगडा, तर्क गर्ने समय हुँदैन । दैनिकचर्याको लेखाजोखा पनि उनीहरूले तपाईंबाट लिँदैनन् । जसकारण तपाईंलाई आफ्नो ‘स्पेस’ दिन्छन् । र, सोही प्रकारको व्यवहार आफ्नो लागि पनि अपेक्षा गर्छन् ।
८। उनीहरू मेहेनती हुन्छन्
पत्रकार हुनु सजिलो छैन । उनीहरू मेहेनती र सहनशील हुन्छन् । पब्लिक रेलिसन बनाउनेदेखि समाचारको लागि स्रोतसँगको समय बिहान, दिउँसो, साँझ जुनसुकै समय पनि उनीहरू तयार रहन्छन् । अल्छीपना उनीहरूमा हुन्न । सही समयमा सही जानकारी र कामको हेक्का उनीहरूलाई हुन्छ । सोही नियम उनीहरूको दैनिक जीवन तथा सम्बन्धमा पनि लागू हुन्छ । सम्बन्ध सुमधुर बनाउन पनि उनीहरू उत्तिकै मेहेनत गर्छन् ।
९। राम्रो वाचकमात्र नभई कुशल श्रोता पनि
पत्रकारसँग सुनाउन र बताउनको लागि निकै रोचक किस्साहरू हुन्छन् । गफिनेसँगै उनीहरू कुशल श्रोता पनि हुन्छन् । उनीहरू ध्यान दिएर तपाईंहरूलाई सुन्छन्, जुन एउटा सम्बन्धका लागि अत्यन्त आवश्यक हुन्छ । यसका साथै, उनीहरूले स–सानो हिन्टबाट पनि तपाईका धेरै कुरा बुझिहाल्छन् ।
१०ं। उनीहरू सहयोगी हुन्छन्
उनीहरू सहयोगी स्वभावका हुन्छन् । चाहे त्यो कम चिनजान वा थोरै मात्र सामिप्यता भएकै किन नहोस् । उनीहरूले चिनेजानेको स्रोत तथा समुदायबाट तपाईंलाई सहयोग गर्न कुनै कसर छोड्दैनन् ।
११। ‘फ्रि टिकट’को सुविधा
पत्रकारहरूलाई कम्पिलिमेन्टरी टिकट मिल्ने गर्दछ । यदि तपाईंलाई कतै जानु छ, नाटक हेर्नु छ, घुम्नु छ भने ‘फ्रि टिकट’ को व्यवस्था उनीहरूले गर्न सक्छन् ।
स्टोरीपिकबाट अनूदित