गर्मीमा शरीरलाई शितल राख्न के-के खाँदा राम्रो हुन्छ ?

Facebook
Twitter
LinkedIn

गर्मीले आजित बनाएपछि मानिसलाई के गर्ने र कसो गर्ने भन्ने हुन्छ। कहाँ शितल होला, के खाँदा शितल होला भन्ने पिरलो सबैलाई हुन्छ। त्यसैले गर्मीका बेला तल उल्लेखित खाने कुरामा ध्यान दिनोस्। 

गर्मीमा पसिना बढी आउँछ। त्यसैले शरीरमा पानीको मात्रा कम नहोस् भन्नका लागि झोल पदार्थ प्रशस्त खानुपर्छ।

पानी पर्याप्त खाइएन भने स्वास्थ्य खराब त हुन्छ नै, छाला पनि फुस्रो र फुङ्ग उडेजस्तो हुन्छ।

पानीको ‘इन्टेक’ बढाउने अनेक तरिका छन्। पानी खाइरहन मन लाग्दैन भने जुस, दही, लसी, कागतीपानी, सर्बत, नरिवलको पानी, तरकारी तथा गेडागुडीको सुप, फलफूल आदि खाएर शरीरमा पानीको आपूर्ति बढाउन सकिन्छ।

गर्मीमा चिया, कफी सकेसम्म कम खानुपर्छ। ग्रिन टी खाने बानी बसाल्नु गर्मीमा बढी लाभदायक हुन्छ।

गर्मीमा चिसो पानी प्रशस्त खाने गर्नाले पाचन प्रणालीमा सुधार आउँछ भने शरीर शीतल हुन्छ।

गाँजर, गोलभेँडा, पालक, काँक्रो, खरबुजा, मेवा, आँपजस्ता फलफूलमा क्यालोरी कम हुन्छ।

गर्मीमा यस्ता मौसमी फल खानु ज्यादै राम्रो हो। यसले एसिडिटीको समस्याबाट पनि छुटकारा दिलाउँछ। यस्ता मौसमी तरकारी र फलफूल खाने गर्नाले शरीर शीतल रहन्छ।

गर्मी मौसममा दिउँसोतिर भोक लाग्यो भने फलफूल, सलाद र सुप खान जोड दिनुहोस्।

यस्तो हलुका खानाले पेट पनि भरिन्छ र शरीरमा अनावश्यक बोसो पनि लाग्दैन। साथै, शरीरलाई गर्मी हुन दिँदैन।

गर्मीमा मोटा मानिसले बिहानको खाजामा केरा खानु राम्रो हुन्छ। यसो गर्दा वजन बढ्दैन।

साथै, केरामा पाइने पोटासियम र आइरनले गर्मीमा मानिसलाई दिनभरि फुर्तिलो राख्न मद्दत गर्छ।

व्यायाम गर्ने बानी छैन भने बिहान–बेलुका फटाफट हिँड्ने गर्नाले गर्मीमा ज्यादै राम्रो गर्छ यसो गर्दा शरीरमा अक्सिजनको मात्रा बढ्छ।

रातको खाना खाएपछि १५–२० मिनेट टहल्नु लाभदायक हुन्छ। जाडोमा भन्दा गर्मीमा बाहिर हिँड्न सहज हुन्छ र शितल पनि हुन्छ।

यो पनि पढ्नुहोस : शरीरमा पानी कम हुँदा देखापर्ने ११ लक्षणहरू

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.