फेसबुक, ह्वाट्एप, भाइबर, टेलिग्राम लगायतका इन्स्ट्यान्ट म्यासेजिङ एपहरु हाम्रो दैनिक जीवनकाअभिन्न अंग भइसके ।
यी एपहरु हाम्रो मोबाइलमा इन्स्टल गरेपछि हाम्रा के कस्ता सूचना र जानकारीहरु एपले सुटुक्क लिइरहेका हुन्छन भन्नेबारे हामी धेरैजसो अनविज्ञ नै हुन्छौं ।
एप इन्स्टल गर्नेबेला स्वीकार्न लगाइने प्रयोगका सर्तहरु अधिकांश प्रयोगकर्ताले पढ्दैनन् ।
जसका कारण आफ्ना कुन कुन ब्यक्तिगत सूचना ती एपहरुले संकलन गरेका हुन्छन र त्यस्ता सूचना तेस्रो पक्षलाई बिक्रि हुन्छन वाहुँदैनन् भन्ने बिषयमा जानकार हुँदैनन् ।
हालै ह्वाट्सएपले गरेको नीतिगत संसोधनसँगै प्रयोगकर्ताका सूचनाको संकलन र बिक्रिमा आम प्रयोगकर्ताको चासो बढेको छ । ह्वाटसएपको नयाँनीति पढेपछि थाहा हुन्छ कि यो एपले तपाइ हाम्रा निकै धेरै सूचनाहरु संकलन गर्ने रहेछ ।
फेसबुक म्यासेन्जर, ह्वाट्सएप जस्ता म्यासेजिङ एपहरुले प्रयोगकर्ताका निजी सूचना संकलन गरेको खुलेपछि सिग्नल लगायतका एपहरुको प्रयोग बढ्न थालेको छ जसले निकै कममात्र प्रयोगकर्ताका सूचना लिन्छन् ।
एप स्टोरमा उपलब्ध सूचनाहरुको बिश्लेषण गर्दा प्रयोगकर्ताका निजी सूचना संकलनमा ह्वाट्सएप सवैभन्दा अगाडी देखिएको छ ।
त्यसपछि फेसबुक म्यासेन्जर छ । सिग्नल एपले प्रयोगकर्ताको मोबाइलनम्बर बाहेक कुनै पनि सूचनालिने नगरेको पाइएकोछ ।
एपहरुले कुन कुन विवरण संकलन गर्छन भन्ने कुरा तीएपको गोपनीयता सम्बन्धी नीतिमाउल्लेख गरिएको हुन्छ तर निकै लामालामा यस्ता नीतिलाई अधिकांश प्रयोगकर्ताले पढ्दै नपढी एसेप्ट गरिदिन्छन ।
यहाँ फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइबर र टेलिग्रामले तपाइँको के के व्यक्तिगत विवरणहरु लिइरहेका छन् भन्ने जानकारी दिइएको छ.
ह्वाट्सएपले तपाइका यी विवरण संकलन गर्छ
- डिभाइस आईडी
- प्रयोगकर्ताको आईडी
- एडभर्जाइजिङ डेटा
- पर्चेज हिस्ट्री
- लोकेसन
- फोन नम्बर
- इमेल
- कन्ट्क्याक्टमा सेभ गरिएकाफोन नम्बरहरु
- भुक्तानीको विवरण
- क्र्यास डेटा
- ग्राहक सेवा
- प्रयोगकर्ताले प्रयोग गरेको अन्य जानकारी
फेसबुक म्यासेन्जरले तपाइको मोबाइलबाट यी विवरण संकलन गर्छ
- किनमेलको इतिहास
- अन्य वित्तिय विवरण
- लोकेसन
- ठेगाना
- इमेल
- नाम
- फोन नम्बर
- कन्ट्याक्टमा सेभ गरिएकाअन्य प्रयोगकर्ताका विवरण
- फोटो वा भिडियोहरु
- गेमहरुको विवरण
- प्रयोगकर्ताकाअन्य विवरण
- खोजीको इतिहास
- ब्राउजिङ हिस्टि्र
- युजर आईडी
- डिभाइस आईडी
- एड्भार्टाइजिङ डेटा
- प्रयोग गरिएको अन्य डेटा
- क्र्यास डेटा
- स्वास्थ्य
- फिटनेस
- भुक्तानीको विवरण
- अडियो डेटा
- गेम एपहरुको विवरण
- आइम्यासेज
- फोन नम्बर सर्च हिस्टि्र
- डिभाइस आइडी
टेलिग्राम
- कन्ट्याक्ट विवरण
- व्यक्तिगतविवरण
- युजर आईडी
सिग्नल
सिग्नलएपले तपाइका कुनै पनि ब्यक्तिगत विवरण हरु लिँदैन । उसले लिने भनेकै तपाइको फोन नम्बर मात्र हो, तर त्यसलाई तपाइको पहिचानका रुपमा स्टोर गर्दैन ।
यहीकारण पछिल्ला दिन मागो पनियतामा संवेदनशील प्रयोगकर्ताहरुले ह्वाट्सएप छाड्दै सिग्नलएपप्रयोग गर्न थालेका छन् ।
भाइबर
भाइबरले पनि तपाइको मोबाइलको डिभाइस आइडी, लोकेशन, फोन नम्बर, युजर आईडी, इमेल आईडी, नाम र मोबाइलमा सेभ गरिएकाफोन नम्बरहरु तपाइको मोबाइलबाट तानेर सर्भरमा सेभ गरेको हुन्छ ।
यस्ता डाटाहरु बिभिन्न बिज्ञापनदातालाई दिई सोहीअनुसार तपाइको भाइबर एपमा बिज्ञापन देखाउने गर्छ ।