समिम मियाँ
१० जुलाई २०२१/लिमासोल
साइप्रसमा पनि केहि दिन देखि गर्मि बढ्ने र घट्ने गरिरहेको छ। साइप्रस मौसम विभागका अनुसार तापक्रम अझै बढ्ने पुर्वानुमान गर्दै सतर्कता अपनाउन भनेको छ।
मौसम विभागले तापक्रम अनुसार सतर्कता संकेत , एल्लो ,ओरेन्ज, रेड गरि वर्गीकरण गरेको छ। ३ दिन सम्म लगातार तापक्रम उच्च रही रहे त्यसलाई ‘हिट वेभ ‘ भन्ने गरिएको छ।
मौसम विभागले आज लगातार दोस्रो दिन पनि तापक्रम ४० डिग्री सेल्सियस सम्म पुग्ने अनुमान गर्दै सतर्कता संकेत एल्लो जारी गरेको छ।
शनिवार दिउँसो १ बजे देखि ५ बजे सम्म को लागि सतर्कता अपनाउन भनिएको हो।
आइताबार पहाडि इलाकामा दिउँसो बादल लाग्नेछ भने वर्षा हुन सकेन अनुमान छ। यता , सबै समुन्द्र तटीय इलाकामा भने तापक्रम ३४ डिग्री सेल्सियस पहाडि इलाक्मा ३१ डिग्री सेल्सियस सम्म पुग्ने अनुमान छ।
हिजो दिउसो निकोसिया को तापक्रम ४०, लिमासोल ३३ , लार्नाका ३५, पापोस ३१ पुगेको थियो।
बिरामी , बालबालिका र वृद्धलाई अत्यावस्यक काम बिना घर बाहिर नजान अनुरोध गरिएको छ।
यो समाचार पनि पढ्नुहोस् :
साइप्रसमा रिलिज लिनको लागि इम्प्लोयरलाइ दिने 30 Days Notice Period लेटर कसरी लेख्ने ?
शरीरमा पानी कम हुँदा देखापर्ने ११ लक्षणहरू