समिम मियाँ
8 जुलाई २०२१/लिमासोल
संसार भरिका विभिन्न देशमा तापक्रम उच्च भएको खबर आइरहेका छन्। उसो त गल्फ का देश मा तापक्रम बढ्नु कुनै नौलो होइन तर यस पटक को गर्मि सिजन को सुरुवातमै तातो ले अत्याई सकेको छ।
साइप्रसमा पनि केहि दिन देखि गर्मि बढ्ने र घट्ने गरिरहेको छ। साइप्रस मौसम विभागका अनुसार तापक्रम अझै बढ्ने पुर्वानुमान गर्दै सतर्कता अपनाउन भनेको छ।
मौसम विभागले तापक्रम अनुसार सतर्कता संकेत , एल्लो ,ओरेन्ज, रेड गरि वर्गीकरण गरेको छ। ३ दिन सम्म लगातार तापक्रम उच्च रही रहे त्यसलाई ‘हिट वेभ ‘ भन्ने गरिएको छ।
मौसम विभागले शुक्रबार पनि तापक्रम ४० डिग्री सेल्सियस सम्म पुग्ने अनुमान गर्दै सतर्कता संकेत एल्लो जारी गरेको छ।
शुक्रबार दिउँसो १ बजे देखि ५ बजे सम्म को लागि सतर्कता अपनाउन भनिएको हो।
भोलि पहाडि इलाकामा बादल लाग्नेछ भने दक्षिण समुन्द्र तटीय इलाकामा भने तापक्रम ३४ डिग्री सेल्सियस, उत्तरी समुन्द्र तटीय इलाकामा ३१ डिग्री सेल्सियस र पहाडि इलाक्मा ३० डिग्री सेल्सियस सम्म पुग्ने अनुमान छ।
शनिवार र आइतबार भने मौसम शितल रहने छ भने पहाडि इलाकामा वर्षा हुने पूर्वानुमान गरिएको छ।