१२ वटा आँपको २ लाख रुपैयाँमा बिक्री, पढाइ खर्च जुटाउन आँप बेचिरहेकी थिइन् बालिका

Facebook
Twitter
LinkedIn

कोरोनाभाइरस महामारीका कारण विद्यालय बन्द भयो । त्यसपछि ५ कक्षाकी विद्यार्थी तुलसी घरमै बस्न बाध्य भइन् । विद्यालयले पढाइ सुरु गरेको तुलसीले जानकारी पाइन् तर उनी कक्षामा उपस्थित हुन सक्दिनथिन् ।

कक्षा अनलाइनबाट चलिरहेको थियो र यसका लागि तुलसीसँग स्मार्टफोन थिएन । त्यसैले स्मार्टफोन किन्ने पैसा जम्मा गर्न उनले सडक किनारामा आँप बेच्न थालिन् ।

यी बालिकाको कथा समाजिक संजालमा यसरी भाइरल भयो कि उनको सपनाले उडान भर्न पाउने भएको छ । बाटोमा आँप बेच्न बसेकी तुलसीसँग १२ वटा आँप थिए ।

एक व्यक्तिले उनलाई ती प्रत्येक आँपको १० हजार भारतीय रुपैयाँका दरले १२ वटा आँपको १ लाख २० हजार रुपैयाँ (नेपाली रुपैयाँ झण्डै २ लाख) दिएर सबै आँप किनिदिए । यी आँप खास आँप पनि थिएनन् । तर, पढाइको लागि ती बालिकाको संघर्ष देखेर ती व्यक्तिले यति महंगोमा आँप किनिदिएका थिए ।

भारतीय मिडियाका अनुसार भारतको झारखण्ड राज्यको जमशेदपुरमा स्ट्रेट माइल्स रोडमा बंगला नम्बर ४७ को आउटहाउसमा बस्ने ११ वर्षकी तुलसी ५ कक्षाकी छात्रा हुन् ।

उनको परिवारको आर्थिक अवस्था कमजोर छ । उनको परिवारले उनलाई पढाइरहेका त थिए तर कोरोनाकालमा स्कुल बन्द भए । स्कुल बन्द भएपछि अनलाइन कक्षा सुरु भयो तर तुलसीको पढाइ भने ठप्प भयो किनकि उनीसँग स्मार्टफोन थिएन ।

तुलसीले पैसा जुटाउन आँप बेच्न थालिन् । उनले आफू बस्ने बंगलाको बगैंचामा फलेका पाकेका आँप टिपेर ल्याएर सडकमा बेचिरहेकी थिइन् । यस क्रममा तुलसीको यो कहानी सामाजिक संजालमा भाइरल भयो ।

सामाजिक संजालमा भाइरल भइरहेको यो कहानी मुम्बइको भ्यालुएबल एडुटेनमेन्ट कम्पनीमा उपाध्यक्ष अमेया हेतेसम्म पुग्यो । त्यसपछि उनले तुलसीलाई सहयोग गर्न अगाडि आए ।

उनले तुलसीका १२ वटा आँप प्रतिआँप १० हजारका दरले १ लाख २० हजारमा किनिदिए । अब अमेया हेतेले तुलसीको सपनालाई नयाँ उडान दिएका छन्, तुलसी कहाँसम्म पुग्छिन् त्यो भने हेर्न बाँकी नै छ ।

यो पैसाबाट लुतसीले १३ हजार रुपैयाँमा स्मार्टफोन किनेकी छिन् । बाँकी रकम उनले अगाडिको पढाइको लागि राखेकी छिन् । अब भने उनी सडक किनारामा आँप बेचिरहेकी देखिन्नन ।

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.