२५ लाखको लट्री परेको भन्दै अनलाइनबाट ठगी गर्ने एक जना पक्राउ

Facebook
Twitter
LinkedIn

काठमाडौं । सामाजिक सञ्जाल ह्वाट्सएप र इमोमार्फत लट्री परेको भन्दै पीडितहरुबाट २ लाख १० हजार रुपैयाँ रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पर्सा वीरगञ्ज महानगरपालिका-१८ बस्ने निरजकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हाे ।

सामाजिक सञ्जालमा २५ लाखको लट्री परेको भन्दै उनले लट्री प्राप्त गर्न लागि ट्याक्स दिनुपर्छ भनी झुक्याई प्रलोभनमा पारी पीडितहरुलाई विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाता, आइएमई, ई-सेवामा नगद जम्मा गर्न लगाई ठगी गर्ने सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर ठगी कसूरमा आवश्यक कारवाही गर्नका लागि महानगरीय अपराध महाशाखमा दर्ता भएको जाहेरी दरखास्त/निवेदन लगायतका कागजातहरु जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.