यात्रुसँग बढी भाडा लिने चार जना पक्राउ

Facebook
Twitter
LinkedIn

काठमाडौं । यात्रुसँग बढी भाडा लिने यातायातका चार कर्मचारीलाई आज महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको छ । ट्राफिक प्रहरीले काठमाडौंको ढुङ्गेधाराबाट बझाङका २४ वर्षीय योगेन्द्र बोहोरा र ३० वर्षका आकाश विष्ट तथा नयाँ बसपार्कबाट मकवानपुर घर भइ बालाजु बस्ने ३२ वर्षीय अमृत विष्ट र गोर्खा घर भई मित्रनगर बस्ने वर्ष ४५ का सोमबहादुर गुरुङ्गलाई पक्राउ गरेको हो

उनीहरुले ना ८ख८४९४ नम्बरको शुभ बिहानी यातायातमार्फत धनगढी जाने यात्रुसँग प्रतिव्यक्ति चार हजारदेखि चार हजार ५०० सम्म भाडा लएको पाइएको महाशाखाले जनाएको छ । पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बालाजुमा बुझाएको छ । यसअघि बढी भाडा लिने १७ जनालाई महाशाखाले पक्राउ गरी कारवाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा बुझाइसकेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइले जानकारी दिए । अहिले प्रहरीले आफैँ यात्रु बनेर जाने, सादा पोशाकमा निगरानी गर्ने र विशेष सुराकी परिचालन गरेर यातायात क्षेत्रको अनुगमन गरिरहेको छ ।

उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट फर्किने र जरुरी काम परी उपत्यका बाहिरका जिल्ला जाने यात्रुलाई काउण्टरका कर्मचारीले छ गुणा बढीसम्म भाडा लिइ ठगी गर्ने गरेको पाइएको छ । यस्ता कार्यमा काउण्टरका कर्मचारी कै संलग्नता रहेको पाइएको छ । निषेधाज्ञापश्चात गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउण्टरका कर्मचारी र बुकिङ्ग स्टाफलाई पक्राउ गरेको हो ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/05/249639/

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.