भारतीय मिडियालाई नेता रिजालको जवाफ : कोसँग सम्बन्ध राख्ने हामीलाई नसिकाउनू !

Facebook
Twitter
LinkedIn

काठमाडौँ : संघीय सांसद तथा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारसँग विभिन्न विमति भए पनि सिमानाको विषयमा हाल सरकारले लिएको अडानको पक्षमा आफूहरु पनि उभिएको बताएका छन् ।

नेता रिजालले भारतीय च्यानल ‘रिपब्लिक टेलिभिजन’मा ‘दि डिबेट’ कार्यक्रममा यस्तो प्रतिक्रिया दिएका हुन् । भारतमा संस्थापन पक्षधरको रुपमा चिनिएका पत्रकार अर्नव गोस्वामीसँगको अन्तर्वार्तामा रिजालसँगै नेपाली दुई पत्रकार प्रकास रिमाल र सुवास घिमिरे पनि थिए ।

अन्तर्वार्तामा नेता रिजालले पत्रकार गोस्वामीसँग कडा सवालजवाफ गरेको विषयले सामाजिक सञ्जालमा पनि महत्व पाएको छ । अर्नवले अन्तर्वार्तामा ह्यासट्यागको रुपमा ‘चीनले नेपाललाई प्रयोग गर्छ‘ भन्ने वाक्यलाई बहसको विषय बनाएका थिए ।

बहसमा चीन र नेपालको सम्बन्धलाई लिएर जसरी भारतीय पत्रकारले आरोप लगाए रिजालले त्यसलाई खारेज गरे । रिजालले नेपाल भारतसँग जस्तै चीनसँग पनि मित्रता राख्न चाहने बताएका थिए । साथै पत्रकारलाई जवाफ दिँदै उनले भने, ‘कोसँग मित्रता राख्ने र कोसँग नराख्ने भन्ने हामी निर्णय गर्छौँ, तपाईँले आफ्नो कुरा हामीलाई भन्न नलगाउनूस् ।’

भारतीय पत्रकार र वक्ताहरु भने बहसको क्रममा सीमा विवादको मुद्दा भन्दा पनि चीनसँग नेपालको सम्बन्धलाई लिएर दोषारोपणमा उत्रिएका थिए । उनीहरुले चीन कसैको मित्र हुन नसक्ने र अहिले नेपाललाई प्रयोग गरिरहेको आरोप लगाएका थिए ।

जब कि, नेता रिजालले सीमाको विषयलाई ‘डाइभर्ट‘ गर्न खोजिएको भन्दै नेपाल सरकारले नक्सा सार्वजनिक गरेको निर्णयलाई खुलेर प्रशंसा गरे । पत्रकार अर्नव, भारतीय नेता तथा वुद्धिजीवीले उठाएका प्रश्नको जवाफ दिँदै उनले भारत नै लामो समयदेखि वार्ताको लागि तयार नरहेकोमा प्रतिप्रश्न गरेका थिए । रिजालले भारतीय मिडियाको एकपक्षीय आरोपबाट आफुहरु निराश भएको पनि प्रतिक्रिया दिएका थिए ।

र यस्तो तरिकाबाट समस्या समाधान नहुने बरु संवादका लागि तयार रहनुपर्ने सुझाव पनि दिए । भारतीय टेलिभिजन प्रस्तोता अर्नव पछिल्लो समय त्यहाँ सत्तारुढ दल भारतीय जनता पार्टी निकट तथा हिन्दुत्वको नाराको पक्षमा वकालत गर्ने पत्रकारको रुपमा चिनिन्छन् ।

कतिपय अन्तर्वार्तामा उनले जातीय तथा धार्मिक हिंसा निम्त्याउने दोषारोपण समेत गर्ने गरेका छन् । यही विषयलाई लिएर उनी कतिपय सार्वजनिक स्थलमा अपमानित समेत हुनु परेको छ ।

यता रिजालको प्रस्तुतीलाई लिएर सामाजिक सञ्जालमा प्रशंसा भएको छ । उनले राष्ट्रियताको सवालमा जिम्मेवार विपक्षी दलको नेताको रुपमा देखाएको परिपक्वताको प्रशंसा गरिएको छ ।
सामाजिक सञ्जालमा उनले सीमा रक्षा र राष्ट्रियताबारे दिएको अभिव्यक्तिलाई लिएर फेसबुक तथा ट्वीटरमा शेयर गर्न थालेका छन् ।

पत्रकारहरु प्रकास रिमाल र सुवास घिमिरेले पनि बहसलाई प्रस्तोताले विषयान्तर गरेकोमा आपत्ति जनाएका थिए । उनीहरुले सीमाबारे बहस केन्द्रित गर्न आग्रह गरेका थिए । साथै कालापानी क्षेत्र नेपालको भएको विभिन्न ऐतिहासिक प्रमाण र तथयले पुष्टि गर्ने पत्रकार घिमिरेको भनाइ थियो ।

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.