
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको छ।
केहीबेरअघिको बोर्ड बैठकले आवश्यक प्राविधिक तयारीसँगै आजै नजिता सार्वजनिक गर्ने गरी गृहकार्य थाल्ने निर्णय गरेको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माले साँझ साढे ५ बजेपछि रिजल्ट आउट गरिने बताए।
‘आजै पहिलो चरणको बोर्ड बैठक सकिएको छ। अर्को बैठक अपराह्न चार बजे बसेर साढे ५ बजे नतिजा सार्वजनिक हुन्छ’, शर्माले नेपाल लाइभसँग भने।
योपटक शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण रोकिँदा नजितामा ढिलाइ भएको हो।
यसवर्षको एसइईमा ५ लाख १४ हजार ७१ परीक्षार्थी सामेल थिए। गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी भएका हुन्। गतवर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं – नेपाल मेडिकल कलेजमा स्नातकोत्तर (पिजी) अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले भर्ना भएका विद्यार्थीहरुलाई लगनशील र मेहनतका साथ अध्ययन गर्न सुल्झाए । पछिल्लो समय नेपालको चिकित्सा शिक्षाको गुणस्तरीय र प्रतिष्पर्धात्मक भएको बताउँदै विद्यार्थीहरुले स्नातकोत्तर तहमा झनै मेहनत गरेर अध्ययन गर्नुपर्ने उनले बताए । आफुले ५० वर्षअघि अध्ययन गर्दाको अवस्था र अहिलेको अवस्थामा धेरै नै सुधार र फरक भइसकेको जनाउँदै प्रा.डा. अन्सारीले त्यसबेला स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीहरु पनि कम हुने स्मरण गरे ।
‘हाम्रो पालामा पोस्ट ग्राजुएट गर्न इण्डिया जानु पर्दथ्यो । मुस्किलले १०, १५ जना हुन्थ्यौं । त्यसमा पनि सर्जरी र एनेस्थेसियामा महिला त हुँदै हुँदैनथे, धेरै महिला विद्यार्थीहरु रगत देख्ने वित्तिकै डरले बेहोस नै हुन्थे ।’ तर, विगत एक दशक यता नेपालमै मेडिकल शिक्षा सर्वसुलभ हुँदा हरेक मेडिकल शिक्षा लिने महिला विद्यार्थीहरुको संख्या बढ्दै गएको भन्दै उनले भने , ‘अहिले सर्जरी र एनेस्थेसिया अध्ययन गर्न महिला विद्यार्थीहरु बढिरहनु भएको छ, रातभर अप्रेसन कक्षमा बसेर काम गरिहनु भएको छ । यो गर्व गर्न लायक विषय हो ।’ नेपालमै चिकित्सा शिक्षा हासिल गर्ने वातावरण नहुँदो होत धेरै महिलाहरु डाक्टर बन्न सक्नुहुन्नथ्यो ।’
कार्यक्रममा बोल्दै कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यासमिनले स्वास्थ्य सेवामा काम गर्ने जनशक्तिहरुले मानवीयतालाई प्रमुखता दिएर काम गर्नुपर्ने बताईन् । ‘तपाईहरुले सोच्नुपर्यो कि बिरामी नै मेरो किताब हो, मानवीयता कहिल्लै विर्सनु हुँदैन, फेरी सबै बिरामीको एउटै लक्षण हुँदैन, सबैको एउटै टाइम्स हुँदैन तर, सबैको डायग्नोसिस हुनुपर्छ ।’ प्रबन्ध निर्देशक डा. साविहाले भनिन् ।
पछिल्लो समय नेपालको स्वास्थ्य सेवाको विषयहरु कडा बन्दै गइरहेको र कतिपय केसहरु अदालतमा समेत पुगिरहेकोले बिरामीहरुको उपचारमा कुनैपनि लापरवाही, हेलचेक्र्याई नगरी अगाडी बढ्न सुल्झाईन् । बिरामीको चेक जाँच, उपचार देखि डिस्चार्जसम्ममा रेजिडेण्ट डाक्टरहरुको महत्वपूर्ण भूमिका रहने भएकोले हरेक कुराहरु गहन रुपमा अध्ययन गर्न समेत उनले आग्रह गरिन् ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा प्रहरीले थालेको छानबिनबाट एक करोड ३१ लाख ६२ हजार रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार भएको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले पक्राउ परेका दुई जनामाथि छानबिन गर्दा यस्तो रहस्य खुलेको हो ।
केही समयअघि फेसबुक पेज तथा टेलिग्राम ग्रुपमार्फत समीर तामाङ नाम गरेको अकाउन्टबाट आफू ठगीमा परेको भन्दै परिसरमा उजुरी परेको थियो । जसअनुसार विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने तथा अनलाइन जब लगाइदिने जस्ता पोस्ट गरी प्रलोभनमा पारेर २३ लाख १५ हजार रुपैयाँ ठगी गरेको आरोप लगाइएको थियो ।
उक्त निवेदनका आधारमा प्रहरीले धादिङको थाक्रे गाउँपालिका ५ घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा ६ बस्ने १९ वर्षीय समीर तामाङ र काठमाडौँको गोकर्णेश्वर १ सुन्दरीजल बस्ने १९ वर्षकै क्रिस पोखरेललाई पक्रियो । काठमाडौँको माइतीघरबाट नियन्त्रणमा लिइएका उनीहरूमाथि अनुसन्धान गर्दा ठुलो परिमाणको अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबार गरेको समेत देखिएको प्रहरीले जनाएको छ ।
यस विषयमा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको थप म्याद अनुमति लिई बाँकी अनुसन्धानका भइरहेको उल्लेख छ ।
पछिल्लो अध्यावधिक: असार १३, २०८२ १३:४०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाडौं भ्यू टावर’ का ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भेटवाल १० करोड रूपैयाँको बैंकिङ कसुरसम्बन्धी एक मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका हुन् ।
इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालकसमेत रहेका भेटवाल यसअघि २०७९ फागुन १० गते पनि उनी ३ करोडको चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए ।
एपेक्स बैंक घोटालामा उनी तानिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
सानो उमेरका बालबालिकालाई भोक नलाग्ने समस्या आजको समयमा धेरैजसो नेपाली परिवारमा देखिने एक सामान्य तर गम्भीर चिन्ताको विषय बनिसकेको छ। विशेषगरी १ देखि ५ वर्ष उमेर समूहका बालबालिकामा यो समस्या बढी देखिन्छ। बच्चाले खाना देख्दा मुख बिगार्छ, दुई थुँगा खानासँगै टाढा भाग्छ वा कहिलेकाहीँ त खाली दूध वा चिप्समा मात्र रुचि देखाउँछ। यस्तो अवस्थामा अभिभावक असमञ्जसमा पर्छन्—आखिर के गरौं?
वास्तवमा, भोक नलाग्नु कुनै एक कारणको परिणाम होइन। यसको पछाडि धेरैजसो स्वास्थ्यसम्बन्धी र व्यवहारगत कारणहरू लुकेका हुन्छन्, जसलाई समयमै बुझ्न सकिएन भने बच्चाको पोषण अवस्था, वृद्धि र मानसिक विकासमा नकारात्मक असर पर्न सक्छ।
स्वास्थ्यसँग सम्बन्धित कारणहरू
सबैभन्दा पहिले, बच्चाको शरीरमा आइरनको कमी भएको छ कि छैन भन्ने बुझ्नु आवश्यक हुन्छ। आइरनको कमी हुँदा बच्चाको शरीरमा हेमोग्लोबिन बन्न सक्दैन, जसले गर्दा ऊ थकाइ महसुस गर्छ, चुपचाप बस्छ, र उसमा भोक लाग्ने प्रक्रिया स्वाभाविक रूपमा घट्छ। यो स्थिति विशेषगरी ती बच्चामा देखिन्छ, जसले मासु, सागसब्जी, चना वा दाल नियमित खाँदैनन्।
त्यस्तै बच्चाको मुखमा छाला (अल्सर) देखिनु पनि अर्को मुख्य कारण हो। जब बच्चाको मुखभित्र घाउ हुन्छ, ऊ बोल्न, निल्न वा चपाउन असहज महसुस गर्छ। खासगरी २ वर्षमुनिका बच्चाले यो कुरा व्यक्त गर्न सक्दैनन्। यस्तो अवस्थामा बच्चाको मुहारमा असहजता देखिन्छ, तर अभिभावकले बुझ्न सक्दैनन्। त्यसैले समय–समयमा मुखको निरीक्षण गर्न आवश्यक हुन्छ।
पेटमा किराको समस्या बालबालिकामा धेरै सामान्य छ। यदि पेट सफा छैन भने बच्चाले भोक महसुस गर्दैन। राष्ट्रिय स्वास्थ्य निर्देशिका अनुसार हरेक ६ महिनामा किरा हटाउने औषधि गरिनु आवश्यक हुन्छ।
किरा हटाउने औषधि दिएन भने बच्चा कुपोषणको उच्च जोखिममा पर्न सक्छ।
साथै, रुघा, खोकी, ज्वरो वा गला दुख्ने अवस्थाहरूमा पनि बच्चाले खाना खान रुचाउँदैन। यस्तो अवस्थामा खानाका लागि जबरजस्ती गर्नु बच्चाको मानसिकतामा नकारात्मक प्रभाव पार्न सक्छ। उसले ठीक भएपछि पनि त्यही खाना हेर्दा झस्किने अवस्था आउन सक्छ।
व्यवहारगत कारणहरू
आजकल धेरै अभिभावक मोबाइल वा टेलिभिजन देखाएर बच्चालाई खाना खुवाउने गर्छन्। देख्दा सजिलो लागे पनि यसले बच्चाको भोक महसुस गर्ने प्राकृतिक प्रणालीलाई विघटन गर्छ। बच्चालाई थाहा नै हुँदैन ऊ साँच्चिकै भोकाएको हो कि होइन। यस्तो आदतले दीर्घकालीन रूपमा उसको पाचन प्रणाली र खानप्रतिको दृष्टिकोण दुवैमा असर पार्न सक्छ।
अर्को व्यवहारगत समस्या हो—तीन वेला खाने समयबाहेक पनि बच्चालाई बारम्बार दूध, चिप्स, जुस वा चिनीजन्य खानेकुरा दिइरहनु। पेटभरि यी खानेकुरा पुगेपछि बच्चाले खाना नखानु स्वाभाविकै हो। बच्चाले असन्तुलित खाना खाइरहेको अवस्थामा उसले सन्तुलित भोजनप्रति रुचि गुमाउँछ।
धेरै पटक देखिन्छ, बच्चा भाइरल संक्रमणको कारण एन्टिबायोटिक औषधि लिइरहेको हुन्छ। अत्यधिक वा अनावश्यक एन्टिबायोटिकले पेटमा ग्यास, अपच र असहजता उत्पन्न गर्छ, जसको असर भोकमा पर्छ।
के गर्ने त?
बच्चालाई भोक लाग्न दिनुहोस्—खाली पेट भएपछिको भोक प्राकृतिक र गहिरो हुन्छ।
खाना विविध बनाउनुहोस्—रोजरोटीभन्दा बाहिर निस्किएर नयाँ स्वाद दिनुहोस्।
फलफूल, सागसब्जी, दाल र अनाजलाई नियमित रूपमा खानामा समावेश गर्नुहोस्।
मोबाइल वा टिभीबाट टाढा राखेर खानाको संस्कार विकास गराउनुहोस्।
बच्चाको नियमित रूपमा वजन र वृद्धि हेर्नुहोस्—पोषण अवस्था बुझ्न सहज हुन्छ।
बच्चाले खान छोड्न थालेको केही दिनमै बालरोग विशेषज्ञसँग सल्लाह लिनुहोस्।
भोक नलाग्नु बच्चाको शारीरिक वा मानसिक कमजोरीको संकेत हो। साना उमेरमा भोक नलाग्ने समस्या समाधान गर्न सकिएन भने त्यसले दीर्घकालीन असर पार्न सक्छ—कमजोर शारीरिक बनावट, सुस्त मस्तिष्क विकास, र रोगप्रतिको कम प्रतिरोध क्षमता।
अभिभावकले बच्चाको साना संकेत बुझ्न सक्नुपर्छ—उनीहरूको नबोलेको कुरालाई महसुस गर्न सक्नु पर्छ। सही समय, सही खानपान र सही दृष्टिकोण अपनाउन सके, तपाईंको बच्चा फेरि रमाइलो गरी खान थाल्नेछ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । कलाकार दीपक राज गिरीले सामाजिक सञ्जालमा सेलिब्रेटीहरूमाथि भइरहेको चरित्रहत्या र गालीगलौजको पछाडि प्रतिस्पर्धीहरूको समेत हात रहेको आरोप लगाएका छन् । शुक्रबार फेसबुकमा एक स्टाटस पोस्ट गर्दै गिरीले सामाजिक सञ्जाललाई अपमान र गालीको बजारजस्तो बनाइएको टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, “एउटै पेशामा रहेका प्रतिस्पर्धीहरूकै संलग्नतामा पनि यस्ता गाली किन्ने र बेच्ने काम भइरहेको अवस्था छ !”
उनले सामाजिक सञ्जालमा कलाकार, पेशाकर्मी र नाम कमाएका व्यक्तिहरूमाथि अन्धाधुन्ध लाञ्छना लगाउने प्रवृत्ति मौलाएको उल्लेख गरेका छन् । समाज र राष्ट्रका लागि कुनै योगदान नगर्ने मानिसहरू नै अरूलाई नैतिकताको पाठ पढाउने, चरित्रहत्या गर्ने र गाली गर्ने काममा सक्रिय देखिएको उनले टिप्पणी गरे ।
पछिल्लो समय चर्चामा रहेकी गायिका समीक्षा अधिकारीको उदाहरण दिँदै उनले लेखेका छन्, “सानो उमेरमा नै उनीमाथि जुन बज्रपात पर्यो, त्यो ठाउँमा जो भए पनि टिक्न सक्दैनथ्यो होला । तर, उनले परिस्थितिसँग घुँडा टेकिनन् र लड्दै आइन् र त्यसकै फलस्वरूप आज यहाँ पुगिन् ।”
उनले प्रतिस्पर्धीहरूले काम र क्षमताले जित्न नसकेपछि गाली गरेर भए पनि प्रतिद्वन्द्वीलाई हतोत्साहित बनाउन खोज्ने प्रवृत्ति रहेको बताएका छन् । “यो ठाउँमा जसले जति गाली गर्न सक्यो, त्यो हिरो । चुपचाप आफ्नो काम गरेर खाने पात्रहरू चाहिँ खलनायक,” उनले स्टाटसमा लेखेका छन् ।
साइबर अपराध नियन्त्रणमा कमजोर कानुन रहेको भन्दै उनले असन्तुष्टि पनि व्यक्त गरेका छन् । “ठुला नेतालाई गाली गर्यो भने समातेर तु कारबाही सुरु गरिहाल्ने, तर अन्य मानिसहरूलाई गरिएको गालीगलौजको त रिपोर्ट भए पनि कसले सुन्ने ? सुने पनि बर्षौँ लाग्ने, त्यसकै पछि लागिरहने फुर्सद कहाँ पाउनु फेरि ?” गिरीको गुनासो छ ।
सामाजिक सञ्जालमा गाली गर्ने र लाञ्छना लगाउनेहरूमाथि आफैं खनिएर प्रतिकार गर्ने अभियानलाई उनले प्रशंसा गर्दै त्यसलाई निरन्तरता दिन शुभकामना दिएका छन् ।
सम्बन्धित समाचार:
सामाजिक सञ्जालमा गाली गर्नेलाई सार्वजनिक गर्दै सेलेब्रेटीहरू
कारबाही नहुँदा गाली गर्नेलाई सार्वजनिक गर्दै कलाकार, नेताको उजुरीमा मात्रै ब्युरोको एक्सन ?
सुरक्षा पन्तलाई ढाडस दिँदा ऋचा शर्मालाई फेसबुकमा अभद्र गाली, सार्वजनिक गरिन् स्क्रिनशट
टिकटकका पुराना भिडिओ क्लिप प्रयोग गरी समाचार बनाइएपछि गायिका एलिना चौहानको आपत्ति
पछिल्लो अध्यावधिक: असार १३, २०८२ १२:४३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ– हास्य कलाकार दीपकराज गिरीले गायिका एलिना चौहान र समीक्षा अधिकारी लगायतले सामाजिक सञ्जालमा दुर्व्यवहारविरुद्ध सुरु गरेको ‘एक्सपोज’ अभियानको प्रशंसा गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले चौहान र अधिकारीले सुरु गरेको अभियानको प्रशंसा गरेका हुन्।
गाली सम्राटहरुको हर्कत सामाजिक सञ्जालमै उदांगो पार्ने काम प्रशंसनीय भएको बताएका छन्।
कलाकार गिरीले गायिका अधिकारीको कलाको मात्रै नभई साहसको समेत प्रशंसा गरेका छन्। उनले भनेका छन्- ‘यी दुइटै गायिका मलाइ मन पर्ने गायिका हुन् ! त्योमध्ये पनि समीक्षाको त म गायकीको मात्रै होइन सुरुदेखि उनको साहसको पनि प्रशंसक हुँ ! सानो उमेरमा नै उनीमाथि जुन बज्रपात पर्यो त्यो ठाउँमा जो कोही भए पनि टिक्न सक्दैनथ्यो होला तर उनले परिस्थितिसँग घुँडा टेकिनन् र लड्दै आइन्। त्यसकै फलस्वरूप आज यहाँ आइपुगिन्।’
उनीहरूले यस्तो जटिल परिस्थितिमा सामाजिक सञ्जालका फुर्सदिला गाली सम्राट्हरूलाई उदाङ्गो पार्ने अभियान चलाएको भन्दै भनेका छन् : ‘यस्तो जटिल परिस्थितिमा, आफूमाथि खनिने त्यस्ता सामाजिक सञ्जालका फुर्सदिला गाली सम्राट्हरूलाई तिमीहरूले सामाजिक सञ्जालमै उनीहरूका हर्कत उदाङ्गो पार्ने जुन अभियान चलायौ त्यो एकदमै प्रशंसनीय छ ! दुवै जनालाई शुभकामना ! जय नेपाल !
दुई दिन अघि चौहानले फेसबुकमा लेखेकी थिइन्, ‘कमेन्टको अत्याचार धेरै भयो। अब पालैपालो पोस्ट गर्छु।’
साथै एक भिडियो सन्देशमार्फत सञ्जालमा आएर नकारात्मक प्रतिक्रियाहरूलाई अब सहेर नबस्ने समेत बताएकी थिइन्। थप कानुनी उपचारको लागि जाने समेत बताएकी थिइन्।
अधिकारी र चौहानको यो हिम्मतको चौतर्फी प्रशंसा भइरहेको छ। यही क्रममा गिरीले पनि दुवै गायिकालाई सम्बोधन गर्दै ऐक्यबद्धता जनाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
सिरहा- गोलबजार नगरपालिका–१० ले स्थानीय स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ। वडा कार्यालयले आयोजना गरेको एक समारोहमा पाँच जना स्वयंसेविकालाई साइकल प्रदान गरिएको हो। यो पहलले समुदायमा स्वास्थ्य सेवा पुर्याउने कार्यमा गति र सहजता थप्ने अपेक्षा गरिएको छ।
जिल्ला समन्वय समितिका उपसभापति दिलीप लामाले कार्यक्रममा बोल्दै स्वास्थ्य स्वयंसेविकाको योगदान अमूल्य रहेको उल्लेख गरे। “स्वयंसेविकाले समुदायको स्वास्थ्यमा पुर्याएको योगदान अतुलनीय छ। यो साइकल वितरणको पहल अन्य वडाका लागि पनि उदाहरण बन्नेछ,” उनले भने।
वडाध्यक्ष उपेन्द्रकुमार मुखियाले साइकल वितरणको मुख्य उद्देश्य स्वयंसेविकाको कार्यक्षेत्रमा सहजता ल्याउनु रहेको बताए। ‘स्वयंसेविकाले टाढा–टाढासम्म पैदल हिँडेर सेवा दिनुपर्ने बाध्यता थियो। साइकलले उनीहरूको कामलाई तीव्र र प्रभावकारी बनाउनेछ,’ उनले थपे।
साइकल प्राप्त गर्ने स्वयंसेविकाहरूले यो सहयोगले आफूहरूको मनोबल र कार्यक्षमता बढेको बताएका छन्। स्वयंसेविका निमा लामाले भनिन्, ‘टाढाको बस्तीमा पुग्दा धेरै समय लाग्थ्यो। अब साइकलले हामीलाई छिटो र सहज रूपमा सेवा दिन सघाउनेछ।’
अर्की स्वयंसेविका पुजन थापाले वडाको यो कदमले आफूहरूलाई सम्मानित र प्रेरित बनाएको बताइन्। ‘यो साइकल हाम्रो कामको गति मात्र होइन, हाम्रो जिम्मेवारीप्रति वडाको विश्वास पनि हो,’ उनले भनिन्।
यो पहलले स्थानीय स्तरमा स्वास्थ्य सेवाको पहुँच र प्रभावकारिता बढ्ने विश्वास वडा कार्यालयले लिएको छ। यस्ता प्रयासले अन्य क्षेत्रमा पनि प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । गुगलले एउटा नयाँ परीक्षणात्मक एप ‘डपल’ (Doppl) सार्वजनिक गरेको छ । जसले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी तपाईँलाई विभिन्न पोसाकहरूमा कस्तो देखिन्छ भनेर हेर्न सघाउने छ ।
डपल एपमा प्रयोगकर्ताले सुरुमा आफ्नो पूर्ण-कदको फोटो अपलोड गर्नुपर्ने हुन्छ । त्यसपछि एपमा फोटो तथा स्क्रिनशट प्रयोग गरेर विभिन्न पोसाकहरू भर्चुअल रूपमा परीक्षण गर्न सकिन्छ । यी तस्बिरहरू कुनै थोक पसलमा देखिएको लुगा, साथीको लुगा वा सामाजिक सञ्जालमा देखिएको पोसाकका स्क्रिनशट पनि हुन सक्छ ।
एक पटक परीक्षण गर्न चाहेको पोसाक चयन गरेपछि डपलले प्रयोगकर्ताको भर्चुअल भर्सनमा त्यो पोसाक लगाएको तस्बिर बनाउँछ । यति मात्र होइन, डपलले तस्बिरलाई एआईबाट तयार पारिने भिडिओमा पनि रूपान्तरण गर्न सक्छ, जसले प्रयोगकर्तालाई वास्तविक जीवनमा पोसाक कस्तो देखिन्छ भन्ने राम्रो जानकारी दिन्छ ।
गुगलले यो डपल एप ‘गुगल ल्याब’को एक प्रयोगको रूपमा रहेको र हाल प्रारम्भिक चरणमा रहेको बताएको छ । कम्पनीले बिहीबार गरेको घोषणा अनुसार यो एप हाल अमेरिकामा रहेका आईओएस र एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध छ । परीक्षणात्मक रूपमा सार्वजनिक गरिएकाले यो एप अन्य क्षेत्रहरूमा कहिलेसम्म आउँछ वा आउँदैन भन्ने बारे कम्पनीले केही खुलाएको छैन ।
पछिल्लो अध्यावधिक: असार १३, २०८२ ११:३७
सामाग्री श्रोत :
टेक पाना
सिरहा – सिरहाको गोलबजार नगरपालिका–१० वडा कार्यालयले स्थानीयस्तरमा स्वास्थ्य सेवा प्रवाहमा सहयोग गर्दै आएका स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । वडा कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा पाँच स्वास्थ्य स्वयंसेविकालाई एक एक थान साइकल प्रदान गरिएको हो । जिल्ला समन्वय समितिका उपसभापति दिलीप लामाले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा गर्दै वडा कार्यालयले गरेको पहल अनुकरणीय रहेको बताए ।
“स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुन्छ”, उनले भने, “यस्तो कार्य अन्य वडाका लागि प्रेरणादायी बन्छ ।” गोलबजार–१० वडाध्यक्ष उपेन्द्रकुमार मुखियाले साइकल वितरणको उद्देश्यबारे भने, “स्वयंसेविकाले घरदैलोमै पुगेर सेवा दिनुपर्छ । उनीहरू टाढाटाढासम्म पैदल हिँड्न बाध्य थिए । अब साइकल पाउँदा उनीहरूको काम सहज र प्रभावकारी बन्ने विश्वास छ ।”
साइकल वितरणले आफूहरुमा कामप्रति अझ बढी उत्प्रेरित हुन सहयोग पुगेको महिला स्वास्थ्य स्वयंसेविकाहरुले बताएका छन् । स्वास्थ्य स्वयंसेविका निमा लामाले भने, “हामीलाई घरदैलोमै सेवा दिनुपर्छ । धेरैपटक टाढाटाढा हिँड्नुपथ्र्यो, समय बढी खर्च हुन्थ्यो । अब साइकल पाएपछि हामी सहज रूपमा समुदायमा पुग्न सक्छौँ ।”
अर्की स्वयंसेविका पुजन थापाले भने, “वडाले दिएको यो सहयोगले हाम्रो कामप्रति सम्मान महसुस गरायो । यसले हामीलाई अझ जिम्मेवार र प्रेरित बनाएको छ ।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ