२०८२ श्रावण २५ शनिबार
LATEST NEWS
२०८२ श्रावण २५ शनिबार

काठमाडौँ । एसईईको ग्रेड सामाजिक सञ्जालमा सार्वजनिक नगर्न अभिभावकहरूलाई पूर्व शिक्षा मन्त्री तथा रास्वपा सांसद सुमना श्रेष्ठले अनुरोध गरेकी छिन् । बालबालिकाको ग्रेड सार्वजनिक गर्दा अस्वच्छ प्रतिस्पर्धा निम्त्याउने भन्दै यस्तो नगर्न उनले आग्रह गरेकी हुन् । 

सामाजिक सञ्जाल फेसबुकमा भिडिओ सन्देश जारी गर्दै सोचेजस्तो ग्रेड नआए पनि सन्तानलाई दोष नदिन अभिभावकलाई भनेकी छिन् । उनले भनिन्, “तपाईँका सन्तानले सोचेजस्तो ग्रेड ल्याए धेरै राम्रो । तर, ल्याएनन् भनेपनि यो अन्तिम परीक्षा होइन ।” 

 

 

यस्तै विद्यार्थीलाई पनि सोचे अनुसारको ग्रेड नआएमा  धेरै तनाव नलिन उनले आग्रह गरेकी छिन् । उनले भनिन्, “ कक्षा १२ सम्म विद्यालय शिक्षा नै हो । पुन: परीक्षा पनि दिन सकिन्छ ।” एसईई एउटा परीक्षा मात्र भएको र यसले विद्यार्थीमा भएका सबै खुबी र प्रतिभा नदर्साउने उनको भनाई छ ।  उनले थपिन्, “विद्यार्थीका धेरै खुबी परीक्षामा लेखेर देखाउन सकिँदैन ।” 

यस्तै कक्षा ११ र १२ मा कस्तो विषय बढ्ने भनेर निर्णय गर्न आफ्ना अग्रज र अनुभवी व्यक्तिसँग सल्लाह गर्न उनको सुझाव छ । तनाव भएमा परिवार, साथिभाई, आमाबुबा, दाजु दिदीसँग कुराकानी गर्न सकिने उनले बताइन् ।

उनले भनिन्, “तनाव कम गर्न एकछिन एकान्तमा बस्ने, डायरी लेख्ने, नजिकका विश्वासिलो व्यक्तिसँग कुराकानी गर्न सकिन्छ । कहिलेकाहीँ सिरानीमा मुख छोपेर चिच्याउँदा पनि तनाव कम हुन्छ ।” यस्तै धेरै तनाव भएमा लामो लामो सास लिने अभ्यास पनि गर्न सकिने उनले बताइन् । 

पछिल्लो अध्यावधिक: असार १३, २०८२ १९:१७





सामाग्री श्रोत :
टेक पाना

कायरो–इजिप्टको उत्तरी मेनुफिया गभर्नरेटमा शुक्रबार एउटा ट्रक (लोरी) र माइक्रोबस ठोक्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ र चार जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यम ‘डोस्टोर’ का अनुसार, मृतकहरू ५ देखि १८ वर्ष उमेरका थिए र अधिकांश काफर सनाबिसाह गाउँका बासिन्दा हुन्।

Ncell 2
Ncell 2

दुर्घटनापछि मेनुफियाको स्वास्थ्य निर्देशनालयले सबै सरकारी अस्पतालमा आपतकालीन स्थिति घोषणा गरेको छ।

प्रारम्भिक अनुसन्धान अनुसार, माइक्रोबस तीव्र गतिमा यु-टर्न लिँदै गर्दा ट्रकसँग ठोक्किएको हो।

हालै सरकारले सडकहरू सुधार गर्ने प्रयास गरे तापनि, लापरवाह ड्राइभिङ र कमजोर सडक अवस्थाका कारण इजिप्टमा यस्ता घातक दुर्घटनाहरू बारम्बार हुने गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

सम्भवत विश्वकै एक अग्लो उचाइमा, स्नातक र स्नातकोत्तर तहको फार्मेसी शिक्षा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विगत केही वर्षदेखि सञ्चालनमा ल्याएको छ। कर्णाली प्रदेशमा स्वास्थ्य सेवा सुधार र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनको एउटा नयाँ युग सुरु हुँदैछ। विगत चार वर्षदेखि सञ्चालनमा ल्याएको फार्मेसी कार्यक्रमबाट अब छिट्टै पहिलो ब्याचका योग्य र दक्ष फार्मासिस्टहरू स्वास्थ्य सेवा क्षेत्रमा प्रवेश गर्नेछन्। फार्मेसीसँगै प्रतिष्ठानमा चिकित्सक,  नर्स,  जनस्वास्थ्यसँग सम्बन्धित जनशक्ति उत्पादनका कार्यक्रमहरू पनि सञ्चालित छन्। यसले समग्र देशको स्वास्थ्य प्रणालीमा एक महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

फार्मासिस्ट: स्वास्थ्य सेवाको अदृश्य नायक
फार्मासिस्टहरू केवल चिकित्सकले लेखेको औषधि वितरण गर्ने व्यक्तिहरू होइनन्। उनीहरू चिकित्सक र बिरामीबीच ज्ञानको पुल हुन्। औषधिको प्रभावकारी र सुरक्षित प्रयोग सुनिश्चित गर्न फार्मासिस्टले चिकित्सकलाई औषधिका विशेषता, सम्भावित दुष्प्रभाव, र विकल्पहरूको बारेमा महत्वपूर्ण सल्लाह दिने हैसियत राख्दछन्।

औषधि उत्पादनदेखि बिक्री–वितरण, भण्डारण, गुणस्तर परीक्षण र औषधिका दुष्प्रभावको निगरानीसम्म- जहाँ-जहाँ औषधि सम्बन्धी कुनै क्रियाकलाप हुन्छ त्यहाँ फार्मासिस्टहरूको अनिवार्य भूमिका हुन्छ।

आजको आधुनिक चिकित्सा प्रणाली फार्मासिस्ट बिना कल्पना गर्न सकिँदैन। किनभने औषधि नै आधुनिक चिकित्सा प्रणालीको सबैभन्दा प्रभावकारी हतियार हो र त्यो हतियार तयार गर्ने, परीक्षण गर्ने, गुणस्तर नियन्त्रण गर्ने, र उपयुक्त प्रयोगका लागि मार्गदर्शन गर्ने जिम्मा फार्मासिस्टको हातमा छ।  विश्वभर लाखौं लाख फार्मासिस्टहरू औषधि आविष्कारमा पनि तल्लिन छन् विकसित राष्ट्रको तुलनामा नेपालमा भने फार्मासिस्टको भूमिका उजागर गर्न अझै केही समय लाग्ने देखिन्छ। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशिष्टता
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपालको अन्य फार्मेसी शिक्षण संस्थाभन्दा फरक र प्रभावकारी पाठ्यक्रम अपनाएको छ। यहाँको फार्मेसी पाठ्यक्रममा परम्परागत जडीबुटी सम्बन्धी अध्ययनलाई १७% पाठ्यभार छुट्याएको छ। नेपालका अन्य विश्वविद्यालय र प्रतिष्ठानमा सञ्चालित फार्मेसी कार्यक्रममा प्रयोगात्मक अंश १० देखि २०% हाराहारीमा छ। तर यहाँ प्रयोगात्मक शिक्षाका लागि ३०% छुट्याइएको छ।  यहाँका विद्यार्थीहरू नजिकैको सरकारी आयुर्वेद केन्द्रमा गएर आयुर्वेद चिकित्सा प्रणाली सिक्ने, आयुर्वेदिक औषधि उत्पादन गर्न सिक्ने कार्यहरू पनि गरिरहेका छन्। साथै विविध शैक्षिक भ्रमणमार्फत काठमाडौँमा अवस्थित वनस्पति विभाग तथा विभिन्न अनुसन्धान केन्द्रहरू अवलोकन गरी सिक्दै आइरहेका छन्।

विद्यार्थीहरू देशैभर सञ्चालित  विभिन्न औषधि कम्पनीहरूमा केही हप्ताका लागि औषधि बनाउने कार्य सिक्नका लागि जाने गरेका छन्। प्रतिष्ठानको आफ्नै ३०० सैयाको अस्पताल सञ्चालनमा रहेको हुँदा फार्मेसी विद्यार्थीहरूले विभिन्न चिकित्सा विभागहरू घुम्दै आधुनिक चिकित्सा प्रणालीको अभ्यास पनि सिकिरहेका छन्। साथै प्रतिष्ठानको आफ्नै अस्पताल फार्मेसी भएको हुँदा फार्मेसी विद्यार्थीहरूलाई औषधिसँग सम्बन्धित थप सिकाई पनि अत्यन्तै सहज छ। विद्यार्थीहरू भविष्यमा आफूलाई अनुसन्धानमा अग्रसर गराउन आफ्नो पढाइको उत्तरार्धतिरको सेमेस्टरमा आइपुग्दा विभिन्न अनुसन्धान कार्यहरूमा सरिक हुने गर्दछन्।

अनुसन्धान र नवप्रवर्तनमा थप लगानी बढाउन सके कर्णाली क्षेत्रको अतुलनीय प्राकृतिक स्रोतलाई सदुपयोग गरी औषधि उत्पादनमा नयाँ अवसरहरू खोल्ने तर्फ पनि आगामी दिनमा विद्यार्थी तथा प्राध्यापकहरूको भूमिका अतुलनीय हुनेछ। साथै, कर्णालीको सांस्कृतिक र प्राकृतिक विशेषतालाई ध्यानमा राखेर विद्यार्थीहरूलाई स्थानीय स्रोतहरूबाट औषधि विकास गर्ने ज्ञान प्रदान गर्ने हेतुले हिमालयन हर्बल मेडिसिन विषय पठनपाठन गरिँदै आइएको छ। 

पाठ्यक्रम र यी सबै प्रयत्नहरूले फार्मेसीका विद्यार्थीलाई वास्तविक औषधि उत्पादन, गुणस्तर परीक्षण, भण्डारण र वितरण जस्ता क्रियाकलापमा दक्ष बनाउने छ भन्नेमा कुनै दुई मत देखिँदैन।

४ वर्षको यात्रा, अब योग्य फार्मासिस्ट बजारमा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले झन्डै चार वर्ष अघि शुरु गरेको फार्मेसी कार्यक्रम अहिले अन्तिम सेमेस्टरमा प्रवेश गरेको छ। यस वर्षका विद्यार्थीहरू चाँडै बजारमा आएर स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति बन्ने छन्। यहाँ आउने अधिकांश विद्यार्थीहरू सरकारी छात्रवृत्ति लिएर आएका हुन्छन् उनीहरूले सरकारी योजनामा दुई वर्ष राष्ट्रलाई सेवा गर्नेछन्। सरकारले खटाएको ठाउँमा देशका कुना काप्चामा गएर सेवा दिनेछ। र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिकेको ज्ञान, सीप, अनुभव र विनम्रता समाजलाई आवश्यकता अनुसार समर्पित गर्नेछन्। केही हप्ता अगाडि फार्मेसी महाविद्यालयले कुशल फार्मेसी अभ्याससँग सम्बन्धित एक दिने कार्यशाला सञ्चालन गरेको थियो। यस्ता विविध कुराहरूले विद्यार्थीलाई थप अब्बल बनाइरहेको छ।

उत्कृष्ट र अनुभवी प्राध्यापकहरू
फार्मेसी स्कूलमा दुई जना कोरिया र अमेरिकामा फार्मेसीमा विद्यावारिधि र विद्यावारिधि पश्चात्को थप अध्ययन गरेका  शैक्षिक जनशक्ति पनि कार्यरत छन्। यस्ता अनुसन्धानमा समेत अब्बल प्राध्यापकहरूबाट विद्यार्थीहरूले केवल कोरा कागजी ज्ञान मात्र नभएर व्यवहारिक अनुसन्धानमुखी ज्ञान पनि ग्रहण गरिरहेका छन्। विद्यार्थीहरूले आधुनिक औषधि विज्ञानका नवीनतम प्रविधि र अनुसन्धान प्रविधिहरू सिक्ने अवसर पाइरहेका छन्, जसले तिनीहरूलाई स्वास्थ्य क्षेत्रमा अग्रणी र समर्पित व्यावसायी बन्न मद्दत गर्नेमा कुनै दुईमत देखिँदैन।

फार्मासिस्टको बहुआयामिक भूमिका 
औषधि उत्पादन, वितरण र परामर्श मात्र होइन, आजका फार्मासिस्टहरूले औषधि सुरक्षा, रोगीको नियमित निगरानी, डोजिङ सल्लाह, दुष्प्रभावको व्यवस्थापन, फार्माकोविजिलन्स, तथा स्वास्थ्य शिक्षामा पनि व्यापक भूमिका निर्वाह गर्छन्। विशेष गरी एण्टिबायोटिक प्रतिरोध, औषधि दुष्प्रभाव, र नक्कली औषधि नियन्त्रणका क्षेत्रमा फार्मासिस्टहरूले महत्वपूर्ण योगदान पुर्याइरहेका छन्।

नेपालमा भने फार्मासिस्टको संख्यात्मक र गुणात्मक अभाव छ। यसले औषधिको विवेकपूर्ण प्रयोगमा चुनौती ल्याउँछ। तर नेपालका झन्डै ३८ जिल्लाबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फार्मेसी पढ्न आएका झण्डै ७० बढी विद्यार्थीहरू निकट भविष्यमा योग्य फार्मासिस्ट बन्ने हेतुले अध्ययनरत छन्। यिनीहरूले थोरै भएपनि यस खाडललाई पूर्ति गर्नेछन्। 

चुनौती र सम्भावना
नेपालमा फार्मेसी पेशालाई अझै पूर्ण रुपमा स्वास्थ्य सेवाको अभिन्न अंगका रूपमा हेरिएको छैन। यद्यपि, स्वास्थ्य नीति र कानुनहरूले फार्मासिस्टको भूमिकालाई अनिवार्य बनाएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस खालको सोचलाई परिवर्तन गर्दै दक्ष जनशक्तिको अभाव पूर्ति गर्नेछ। यसले स्वास्थ्य संस्थाहरूमा गुणस्तरीय औषधि सेवा सुनिश्चित गर्नेछ र बिरामीहरूको जीवनस्तरमा सुधार ल्याउनेछ।

सरकारले पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यक स्रोत र नीतिमा सहयोग पुर्याउँदै यस व्यावहारिक र अनुसन्धानमुखी शिक्षालाई  थप प्रोत्साहित गर्न केन्द्रमा राखी कार्य गर्नुपर्ने देखिन्छ।

देशैभरका नागरिकहरूको करबाट भौगोलिक रूपमा थोरै विकट ठाउँमा सञ्चालित यस प्रतिष्ठानबाट उत्पादित जनशक्तिले देशका विभिन्न ठाउँमा आएर तपाईंहरुलाई आवश्यक सेवा दिनेछन्। आउनुहोस् तपाईँ हामी सबै प्रतिष्ठानका गतिविधिमा आआफ्नो ठाउँबाट सहभागी बनौं। 

(डा जोशी औषधीय रसायन विज्ञानमा विद्यावारिधि र औषधि आविष्कारमा  पोस्टडक्टरल फेलो हुन्, ‘औषधिको ज्ञान स्वस्थ ज्यान’ पुस्तकका लेखक पनि हुन्,  हाल उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी महाविद्यालयमा उपप्राध्यापकको रुपमा कार्यरत छन्।)

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । कनेक्ट आईपीएसबाट ५०० रुपैयाँसम्मको रकम ट्रान्सफरमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था छ । गत वर्षको चैत महिनादेखि नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले शुल्क परिमार्जन गर्दै यस किसिमको व्यवस्था लागु गरेको हो ।

यस व्यवस्था अनुसार मोबाइल बैंकिङ, कनेक्ट आईपीएसको मोबाइल एप तथा वेबसाइट र वालेटमा रकम राख्दा/झिक्दा ५०० रुपैयाँसम्मको रकम ट्रान्सफरमा कुनै पनि शुल्क लाग्दैन ।

यी माध्यमबाट ५०० रुपैयाँदेखि ५००० रुपैयाँसम्म ट्रान्सफर गर्दा ४ रुपैयाँ र ५००० माथिको हकमा ८ रुपैयाँ शुल्क लाग्नेछ । त्यस्तै क्रेडिटर तथा मर्चेन्ट भुक्तानीमा समेत शुल्क लाग्ने व्यवस्था गरिएको छ । जसअनुसार मर्चेन्ट भुक्तानीको हकमा ५०० रुपैयाँसम्म २ रुपैयाँ, ५०० देखि ५००० सम्मको भुक्तानीमा ४ रुपैयाँ र ५००० भन्दा माथिको भुक्तानीमा ८ रुपैयाँ शुल्क तोकिएको छ ।

तर सेवाप्रदायक तथा मर्चेन्टले शुल्क ब्यहोरेको कारोबारमा रकम पठाउन ग्राहकलाई कुनै शुल्क नलाग्ने एनसीएचएलले जनाएको छ । यस्तो शुल्कमा सरकारलाई तिर्नुपर्ने १३ प्रतिशत भ्याट समेत जोडिनेछ । 

पछिल्लो अध्यावधिक: असार १३, २०८२ १९:३८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ –राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार माध्यमिक शिक्षा परीक्षा(एसईई) नतिजा सार्वजनिक गरेको छ। 

यसैबिच उत्तीर्ण विद्यार्थीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन्। 

Ncell 2
Ncell 2

उनले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ग्रेड प्राप्त विद्यार्थीहरूलाई बधाई दिएका हुन्।

उनले लेखेका छन्,’एसईई परीक्षामा ग्रेड प्राप्त गर्नु भएका भाइबहिनीहरूलाई हार्दिक बधाई ! यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नु भएको छ। गत वर्ष  ४७.८६% प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नु भएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी नन ग्रेडेड रहनु परेको थियो। बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ। ग्रेड नपाउने विद्यार्थीहरूले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ। सबै भाइबहिनीहरूलाई बधाई !’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

She was only ten years old, sitting on the steps outside her school in a remote village, tears quietly rolling down her cheeks.

“My mother says the vaccine will make me sick. My teacher says I must take it. I don’t know who to believe.”

I knelt beside her and gently said, “Your mother loves you, and so do we. This vaccine will protect you from a disease you can’t see today but may one day fear. We’re all here to keep you safe together.”

Later that afternoon, the girl agreed to be vaccinated.

Who succeeded—the injection or the health worker?
The real success wasn’t the injection itself. It was the trust that was built—a quiet moment of connection where science met compassion.

This moment reminds us that public health is not only about policies, data, or programs. It is about people and the courage to listen, understand, and respond with empathy. In that sense, public health is, at its core, an act of diplomacy.

In today’s world, where pandemics, climate threats, and misinformation know no borders, Nepal faces a dual challenge—and a powerful opportunity:
– To practice diplomacy for public health by engaging internationally to advance national health goals; and
– To practice diplomacy within public health by building trust every day in classrooms, clinics, communities, and coordination forums.

Public Health Diplomacy: Navigating Global Health with National Interests
During the COVID-19 pandemic, Nepal had no vaccine manufacturing of its own. However, through timely diplomacy, it received vaccines from India, China, the United States, and COVAX.

These efforts reflected more than just having a health policy. They required coordinated engagement between the Ministry of Health, Ministry of Foreign Affairs, Nepalese embassies, and development partners. Health goals were advanced not just by science, but also by diplomatic outreach.

Nepal’s growing voice in global platforms signals our intent to shape not just receive—global health agenda. Be it on climate change, migration, or antimicrobial resistance, Nepal is learning to speak the language of public health diplomacy.

Diplomacy within Public Health: Building Trust from the Ground Up
Diplomacy also lives at home—in the quiet negotiations between health workers and hesitant parents, in the complex coordination among tiers of government, and in the gentle persuasion of community leaders.

The rollout of the HPV vaccine taught us that facts alone do not change minds—trust does. In addition, trust is built through listening, explaining, and standing alongside people in their uncertainty.

Federalization brought another form of diplomacy. As health roles were divided among federal, provincial, and local governments, it took time, patience, and negotiation to prevent confusion and ensure continuity. These were not confrontations, but they were acts of diplomacy within the system.

Time to Act: Building a Diplomatically Skilled Health Workforce
Nepal’s recent public health experience—from international vaccine diplomacy to local trust-building—proves that technical knowledge alone is no longer enough. We need a health workforce that is as skilled in compassion as it is in clinical competence and as fluent in negotiation as in numbers.

So how do we get there?
It begins with intentional investment in soft skills—through both education and practice.

– Public health schools must integrate training in communication, emotional intelligence, negotiation, and community engagement into core curricula—not as electives, but as foundational competencies.

– On-the-job training should equip frontline health workers, program managers, and even administrators with practical tools to manage misinformation, navigate conflict, and lead cross-sector coordination.

– Leadership development programs within the Ministry of Health and partner institutions should explicitly include modules on health diplomacy, systems thinking, and stakeholder engagement.

– Field-based learning and mentoring where future public health professionals shadow experienced practitioners in real-world decision-making spaces—can bridge the gap between classroom theory and the complexity of human interaction.

These skills are not “nice to have.” They are essential survival tools in an age of infodemics, contested health priorities, and deepening inequalities.

If Nepal is to lead on emerging public health issues such as pandemic preparedness, climate resilience, digital transformation, and health equity, we must cultivate a generation of health professionals who can lead not just with evidence, but also with empathy and diplomacy.

Because in public health, the most powerful interventions are not always those that go through a syringe or policy document. Sometimes, they begin with a trembling voice and tearful eyes.

With a child, alone on a school step, confused, afraid, and caught between fear and trust. And in that moment, what changes everything is not a medical degree or a government directive, but a quiet presence, a gentle voice, someone who kneels down and listens.

That is where healing begins.
That is where public health truly lives.

(Author Dr. K. Mahat is a Public Health Specialist.)

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गरेको छ । यो पटक एसइईमा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए । कुल परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत ग्रेडेड भएका छन्

यसरी हेर्न सकिन्छ एसईईको नतिजा 

एसएमएस र आईभीआर

एसईई २०८१ को नतिजा एसएमएस र आईभीआर सेवा प्रयोग गरी थाहा पाउन सकिन्छ । यूएसएसडी सेवा अन्तर्गत *1600# डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिन्छ ।​एसएमएसबाट थाहा पाउन: 

तरिका

-सबैभन्दा पहिले मोबाइलको मेसेज बक्समा जानुहोस् । 

-त्यसपछि पठाउनुपर्ने नम्बरमा 1600 वा 35001 वा 31003 वा 34455 वा 34949 राख्नुहोस् ।

-त्यसपछि एमएमएस बक्समा NEB टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बाेल नम्बर टाइप गरेर सेन्ड गर्नुहोस् । 

-त्यस लगत्तै तपाईंले कुन विषयमा कुन ग्रेड ल्याउनुभयो भन्ने नतिजा देख्न सक्नुहुनेछ ।

वेबसाइट/एपबाट नतिजा हेर्ने विकल्प

वेबसाइटमार्फत नतिजा हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्ड लगायत विभिन्न साझेदार संस्थाहरूको वेबसाइट प्रयोग गर्न सकिन्छ । नतिजा हेर्न सकिने वेबसाइटहरू यसप्रकार छन् :

पछिल्लो अध्यावधिक: असार १३, २०८२ १९:५०





सामाग्री श्रोत :
टेक पाना

बैंकक– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले व्यापारमा एक सम्झौतामा हस्ताक्षर गरेको बताएका छन् । उनले भारतसँग पनि चाँडै सम्झौता हुने अपेक्षा गरिएको बताए ।

वाणिज्यमन्त्री हावर्ड लुटनिकले ब्लुमबर्ग टिभीलाई यो साताको सुरुमा सम्झौतामा हस्ताक्षर भएको जानकारी दिए । लुटनिक वा ट्रम्पले सम्झौताका बारेमा विस्तृत विवरण भने दिएका छैनन् ।

‘हामीले भर्खरै चीनसँग हस्ताक्षर गर्‍यौँ’, ट्रम्पले बिहीबार राति भने । लुटनिकले यो सम्झौतामा दुई दिनअघि ‘हस्ताक्षर र छाप लगाइएको’ बताए ।

यो मे महिनाको सुरुमा जेनेभामा भएको प्रारम्भिक वार्ताको परिणाम हो । वार्ताले दुवै पक्षलाई ठूला भन्सार शुल्क वृद्धि स्थगित गर्न प्रेरित गरेको थियो । भन्सार शुल्क वृद्धिले दुई देशबीचको धेरैजसो व्यापार स्थगित गर्ने खतरा थियो ।

पछि लन्डनमा भएको वार्ताले वार्ताका लागि रूपरेखा तय गर्‍यो र ट्रम्पले उल्लेख गरेको सम्झौताले त्यो सम्झौतालाई औपचारिक रूप दिएको देखिन्छ । ‘राष्ट्रपतिले यी सम्झौताहरू आफैँ पूरा गर्न मन पराउनुहुन्छ । उहाँ सम्झौता निर्माता हुनुहुन्छ । हामी एकपछि अर्को सम्झौता गर्नेछौँ’, लुटनिकले भने ।

Ncell 2
Ncell 2

चीनले कुनै नयाँ सम्झौताको घोषणा गरेको छैन, तर यसले यस हप्ताको सुरुमा दुर्लभ खनिज तत्व, विद्युतीय सवारी जस्ता हाई–टेक उत्पादनहरूमा प्रयोग हुने सामग्रीहरूको निर्यात स्वीकृतिको गति बढाइरहेको घोषणा गरेको थियो । दुर्लभ खनिज तत्वको निर्यातमा बेइजिङको सीमाहरू विवादको मुख्य विन्दु भएको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयले बिहीबार बेइजिङले दुर्लभ खनिज तत्वहरूका लागि निर्यात इजाजतपत्र आवेदनहरूको समीक्षालाई गति दिइरहेको र ‘निश्चित संख्यामा अनुपालन आवेदनहरू’ स्वीकृत गरेको बताएको छ ।

चीनले अप्रिलमा सात दुर्लभ खनिज तत्वमा अनुमति आवश्यकताहरू लगाएपछि खनिजहरूको निर्यात नियन्त्रणले बेइजिङ र वासिङ्टनबीचको पछिल्लो व्यापारिक वार्तामा भन्सार शुल्कहरूलाई उछिनेको देखिन्छ । ती खनिजको निर्यात नियन्त्रणले अमेरिका र विश्वभरका कारहरू, रोबोटहरू, विन्ड टर्बाइनहरू र अन्य उच्च प्रविधिका उत्पादनहरूको उत्पादनमा बाधा पुर्‍याउने खतरा छ ।

मे महिनामा जेनेभामा भएको सम्झौताले दुवै पक्षलाई ट्रम्पले आफ्नो व्यापार युद्ध बढाएको र आयात शुल्क तीव्र रूपमा बढाएका कारण लगाइएको दण्डात्मक शुल्क वृद्धि कम गर्न आह्वान गरेको थियो । फेन्टानिलको व्यापार र एल्युमिनियम र स्टिलमा लगाइएको भन्सार शुल्कसँग सम्बन्धित वासिङ्टनले लगाएको केही उच्च भन्सार शुल्कहरू यथावत छन् ।

द्रुत रूपमा परिवर्तन हुने नीतिहरूले विश्वका दुई ठूला अर्थतन्त्रमा प्रभाव पारिरहेको छ । आंशिक रूपमा कम्पनीहरू र घरपरिवारहरूले विदेशी सामानहरू किन्न हतार गरेका कारण अमेरिकी अर्थतन्त्र जनवरीदेखि मार्चसम्म वार्षिक शून्य दशमलव पाँच प्रतिशत दरले संकुचित भयो ।

चीनमा कारखाना नाफा मे महिनामा एक वर्षअघिको तुलनामा नौ प्रतिशतभन्दा बढी घटेको छ । यसमा अटो निर्माताहरूले त्यो गिरावटको ठूलो हिस्सा भोगेका छन् । जनवरी–मे महिनामा तिनीहरू वार्षिक आधारमा एक प्रतिशतभन्दा बढी घटे । ट्रम्प र अन्य अमेरिकी अधिकारीहरूले भारत लगायत अन्य धेरै देशसँग व्यापारिक सम्झौतामा पुग्ने अपेक्षा गरेको संकेत दिएका छन् । ‘हामी एकपछि अर्को सम्झौता गर्नेछौँ’, लुटनिकले भने ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं – स्वास्थ्य अनुसन्धान र समाचार रिपोर्टिङ विषयक एक दिने कार्यशाला सम्पन्न भएको छ। स्वास्थ्य पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य पत्रकार मञ्च, नेपालको संयुक्त आयोजनामा उक्त कार्यशाला सम्पन्न भएको हो। 

कार्यशालामा डा. गणेश दंगाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का सदस्य सचिव डा. प्रमोद जोशी, एनएचआरसीका अध्यक्ष प्रा. डा. नारायण विक्रम थापा, वरिष्ठ पत्रकार शिव गाउँले, डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष प्रवेश सुवेदी र डा. युविन यादवले प्रस्तुती दिए। 

सो कार्यशालाको सत्रमा ‘नेपालमा स्वास्थ्य क्षेत्रको अनुसन्धानको निकाय’ विषयमा परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले प्रस्तुति दिए । उनले स्वास्थ्य अनुसन्धानमा पारदर्शिता, उत्तरदायित्व र नीति निर्माणमा जरुरत भएको बताउँदै नैतिकता र तथ्यमा आधारित अनुसन्धानमुलक पत्रकारिताको खाँचो रहेको बताए। 

 खोज पत्रकारिताका विज्ञ तथा वरिष्ठ पत्रकार शिव गाउँलले स्वास्थ्यमा क्षेत्रमा खोजी, अनुसन्धान र खबरदारी कमजोर रहेकोे बताउँदै यसतर्फ ध्यान दिन स्वास्थ्य पत्रकारहरूको ध्यानाकषर्ण गराए । गाउँलले स्वास्थ्यमा कैयौं खोजीका विषयवस्तु रहेको भन्दै सञ्चारमाध्यम र पत्रकारले त्यस्ता विषयलाई उजागर गरी जनस्वास्थ्य सुधारको लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । 

त्यस्तै, कार्यशालामा बोल्दै परिषद्का अध्यक्ष प्रा. डा. नारायण विक्रम थापाले अनुसन्धान र सञ्चारको सहकार्यबाट स्वास्थ्य प्रणाली सुधारको लागि सहजता हुने बताए। 

दोस्रो सत्रमा ‘जनस्वास्थ्यको अनुसन्धान पद्धति : सिद्धान्त र अभ्यास’ विषयमा प्रा. डा. गणेश दंगालले प्रस्तुति दिए। डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष प्रवेश सुवेदीले ‘कृत्रिम बौद्धिकता (एआइ) का आधारभूत विषय र मिडियाका नयाँ प्रविधिहरू’ र ‘स्वास्थ्य क्षेत्रको समाचार रिपोर्टिङमा एआई विधिको प्रयोग’को विषयमा प्रस्तुति दिए।अन्तिम सत्रमा डा. युविन यादवले ‘चिकित्सा विज्ञानमा अनुसन्धानको महत्व’ विषयमा प्रस्तुति दिएका थिए।

कार्यशालामा बोल्दै स्वास्थ्य पत्रकार मञ्च, नेपालका कार्यवाहक अध्यक्ष बुद्दि कटेलले पत्रकारहरुको क्षमता विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । सेरेस नेपालले “मनसुन एक्सचेन्ज क्याम्प” सुरु गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले यस अफरको विषयमा जानकारी दिएको हो । आज असार १२ गतेबाट सुरु भएर यो अफर असार १८ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।

यस अफर अन्तर्गत ग्राहकले आफूसँग भएको सवारी साधनको लागि अहिलेसम्मकै उत्कृष्ट मूल्याङ्कन पाउने कम्पनीको दाबी छ । योसँगै क्याम्पेनमा एक्सचेन्ज बोनस, अटोप्लस बीमा, प्रिमियम एक्सेसरिज र विशेष नगद छुट लगायतका अफरहरू समावेश छन् । 

यो योजना नेपालभरका सबैआधिकारिक सेरेस शोरूमहरूमा उपलब्ध हुनेछ।

“आफ्नो आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र भरपर्दो पर्फर्मेन्सका लागि परिचित सेरेसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवैस्तरमा आफ्नो क्षमता लगातार प्रमाणित गरिरहेको छ,” विज्ञप्तीमा लेखिएको छ, “नेपालमा यसको SERES 3 मोडलले आफ्नो शक्ती र इन्जिनियरिंग उत्कृष्टताको सशक्त उदाहरण पेश गर्दै ४,४६० मिटरउचाइको कठिन कोरलानाका पारगरेर इतिहास बनाएको छ।”

अन्तर्राष्ट्रिय रूपमा पनि यो मोडलले इन्डोनेसियाको “२०२५ पेरिक्लिन्डोइलेक्ट्रिक भेइकलशो (PEVS)” मा तीन वटा “बेस्टईभी” अवार्ड जितेर आफूलाई त्यसक्षेत्रकै अग्रणीईभीको रूपमा पुन: प्रमाणित गरेको कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असार १३, २०८२ १८:१३





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट