२०८२ श्रावण २५ शनिबार
LATEST NEWS
२०८२ श्रावण २५ शनिबार

काठमाडौँ । ह्वाट्सएपले प्रयोगकर्तालाई च्याटमा नपढिएका (unread) मेसेजहरू सजिलै बुझ्न सकिने नयाँ सुविधा सार्वजनिक गरेको छ । ‘मेसेज समरी’ नामक यो फिचरमार्फत प्रयोगकर्ताले नपढिएको मेसेजलाई एआईको सहायतामा छोटकरीमा बुझ्न सक्नेछन् ।

ह्वाट्सएपका अनुसार यो फिचर मेटाको ‘प्राइभेट प्रोसेसिङ’ प्रविधिमा आधारित छ । जसले प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्दै च्याटको छोटो सारांश तयार गर्छ । यसमा कुनै तेस्रो पक्षले मात्रै होइन, मेटा र ह्वाट्सएपले समेत प्रयोगकर्ताको च्याट वा समरी पढ्न सक्दैनन् । च्याटमा सहभागी अन्य व्यक्त…
सामाग्री श्रोत :
टेक पाना

Ncell 2
Ncell 2

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज (शनिबार) बस्दैछ । प्रवक्ता मनिष झाका अनुसार बिहान ९ बजे बैठक सङ्घीय संसद् भवनस्थित संसदीय दल नेताको कार्यकक्षमा बैठक बस्नेछ ।

प्रतिनिधि सभा बैठक अघि रास्वपाले बैठक बोलाएर रणनीति बनाउन लागेको हो । रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध र बहिस्कार गर्दै आएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं –यति खेर देशभरको मौसममा आंशिक बदली आएको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । यस्तै, गण्डकी प्रदेशको कास्कीको लुम्ले र आसपासको क्षेत्रमा पनि राति ठूलो पानी परेको हो । नुवाकोट, सिन्धुपाल्चोक, दोलखा र आसपासका क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । अहिले भने सुदूरपश्चिमका विभिन्न ठाउँमा पानी परिरहेको छ । अन्य ठाउँमा कतै हल्का वर्षा त कतै घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज बेलुकीदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने सम्भावना छ । महाशाखाले मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै यी क्षेत्रमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Ncell 2
Ncell 2

महाशाखाका अनुसार आज बेलुकीदेखि पर्सि सोमवार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू–भाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका थोरै ठाउँमा तथा अरू प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । विभागका अनुसार बङ्गालको खाडी तथा अरबको सागरबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका साथै त्यस क्षेत्रहरूमा न्यूनचापीय प्रणालीको प्रभावको कारण भारी वर्षा हुन लागेको हो । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

 

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८८ रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ९० पैसा र बिक्रीदर १७१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।

 

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २०  पैसा र बिक्रीदर ८९ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०० रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

Ncell 2
Ncell 2

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १८ पैसा र बिक्रीदर चार रुपैयाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा  र बिक्रीदर १० रुपैयाँ ०८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४३ पैसा र बिक्रीदर २१ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

 

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ २२ पैसा र बिक्रीदर ४४८ रुपैयाँ १८ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ३४ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ४५ पैसा र विक्रीदर ३५६ रुपैयाँ ०१ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

म एउटा मेडिकल प्रतिनिधि हुँ। औषधि कम्पनी र स्वास्थ्य सेवा प्रदायक (जस्तै डाक्टर, फार्मासिस्ट) बीच सेतुको काम गर्ने जिम्मेवारी मेरो हो। मेरो काम केवल उत्पादन प्रवर्द्धन गर्ने मात्र होइन, स्वास्थ्य सेवामा गुणस्तर कायम गर्न सहयोग गर्नु पनि हो। यो पेशा चुनौतीपूर्ण त छ, तर यति नै प्रेरणादायी पनि छ। मैले यो पेशालाई रोजे किनभने म स्वास्थ्य क्षेत्रमा रहेर जनताको सेवा गर्न चाहन्थेँ र आफ्नो भविष्य पनि निर्माण गर्न चाहन्थेँ।


मेरो रोजाइ – किन मेडिकल प्रतिनिधि?

सुरुमा मैले मेडिकल प्रतिनिधिको काम बारे खासै धेरै जानकारी थिएन। तर जब मैले बुझ्न थालेँ कि यो पेशा विज्ञान, स्वास्थ्य सेवा, मार्केटिङ र मानिसहरू सँगको सम्बन्धलाई जोड्ने माध्यम हो – तब मलाई लाग्यो कि म यसमा रमाउन सक्छु।

मलाई मानिसहरूसँग बोल्न, बुझ्न, विश्वास बनाउने काम मन पर्छ। साथमा औषधि र विज्ञानको पनि चासो थियो। यसैले, मैले मेडिकल प्रतिनिधिको बाटो रोजे।

मेरो दैनिक कार्यशैली

प्रत्येक दिन म बिहानै आफ्नो भ्रमण तालिका हेर्छु। कुन-कुन डाक्टरलाई भेट्ने, कुन अस्पताल जाने, कुन उत्पादनको जानकारी दिनुपर्ने – म योजनाबद्ध रूपमा तयारी गर्छु।

मेरो दिनको कार्यमा निम्न कुरा समावेश हुन्छ:


डाक्टरहरूलाई नयाँ औषधिको जानकारी दिनु
कम्पनीका उत्पादनको नमुना वितरण गर्नु
औषधिको गुण, प्रभावकारिता, साइड इफेक्ट आदिबारे वैज्ञानिक कुरा गर्नु
फार्मेसी र डिस्ट्रिब्युटरको अनुगमन गर्नु
रिपोर्ट लेख्नु र कम्पनीलाई फिडब्याक पठाउनु
सेमिनार, ट्रेनिङ र प्रस्तुतीकरणमा भाग लिनु


यसरी, मेरो दिन निकै व्यस्त रहन्छ, तर योजनाबद्ध ढंगले काम गर्दा सन्तुष्टि पनि मिल्छ।

डाक्टरहरूसँगको सम्बन्ध

डाक्टरहरूसँगको राम्रो सम्बन्ध मेरो सफलता को मूलचाबी हो। मैले सधैं विनम्रता, इमानदारी र पेशेवर व्यवहारलाई प्राथमिकता दिएको छु। म बुझ्छु कि डाक्टरहरू व्यस्त हुन्छन्, त्यसैले सन्देश छोटो, स्पष्ट र प्रभावकारी रूपमा दिनुपर्छ। म उनीहरूको आवश्यकता बुझ्न प्रयास गर्छु – केवल औषधि बेच्न होइन, समाधान दिन आउँछु।

डाक्टरहरू मप्रति विश्वास गर्छन् भने त्यसले मेरो ब्रान्डमा पनि विश्वास बढ्छ।

स्मार्ट वर्क मेरो मूलमन्त्र

आजको प्रतिस्पर्धी बजारमा केवल मेहनतले मात्र पुग्दैन – स्मार्ट तरिकाले काम गर्नुपर्छ। म सधैं यी कुरामा ध्यान दिन्छु:


समय व्यवस्थापन
उत्पादनको स्पष्ट ज्ञान
डिजिटल टूलको प्रयोग
प्रभावकारी संवाद
सम्बन्ध विकास
बजारको विश्लेषण


स्मार्ट वर्क भनेको सस्तो उपाय होइन – यो कुशल र प्रभावकारी तरिकाले आफ्नो लक्ष्यमा पुग्ने उपाय हो।

चुनौतीहरू

यस क्षेत्रमा धेरै चुनौतीहरू छन्:


डाक्टरहरूसँग समय पाउन गाह्रो पर्छ
प्रतिस्पर्धी कम्पनीहरू धेरै छन्
सेल्स टार्गेटको दबाब रहन्छ
कहिलेकाहीँ मौसम, यात्रा र ट्राफिकले समस्या दिन्छ
नयाँ उत्पादनको स्वीकार्यता बढाउन धेरै परिश्रम गर्नुपर्छ


तर म यी सबै चुनौतीलाई अवसरका रूपमा हेर्छु। म विश्वास गर्छु – समस्या समाधान गर्ने सीप भएकै कारण म मेडिकल प्रतिनिधि भएको हुँ।

स्वास्थ्य क्षेत्रमा मेडिकल प्रतिनिधिको भूमिका निकै महत्त्वपूर्ण हुन्छ। औषधि उत्पादक कम्पनीहरू र डाक्टरहरूबीचको सम्बन्ध कायम राख्न, नयाँ औषधि डाक्टरसम्म पुर्यापउन र कम्पनीको ब्रान्ड प्रवर्द्धन गर्न मेडिकल प्रतिनिधिहरू खटिरहेका हुन्छन्। उनीहरूको कार्य केवल बिक्रीमा सीमित छैन; उनीहरूले स्वास्थ्य सम्बन्धी ज्ञानको आदान–प्रदान, सल्लाह र सेवा पनि प्रदान गर्छन्। आजको प्रतिस्पर्धी बजारमा स्मार्ट तरिकाले काम गर्न सक्ने प्रतिनिधिहरूले मात्र दीर्घकालीन सफलता हासिल गर्न सक्छन्।

डाक्टर वा ग्राहकसँग कुरा गर्दा स्पष्ट, वैज्ञानिक, र आत्मीय शैलीमा कुरा गर्ने बानी स्मार्ट कार्यशैलीको मूल तत्व हो। सन्देश बुझाउन सक्ने क्षमता स्मार्ट वर्कको संकेत हो।

घ) प्रविधिको प्रयोग 

आजको युग डिजिटल युग हो। स्मार्ट मेडिकल प्रतिनिधिहरू मोबाइल एप, प्रजेन्टेसन टूल, CRM सफ्टवेयर, ईमेल, Zoom आदि माध्यम प्रयोग गरेर आफ्ना कामलाई सजिलो र प्रभावकारी बनाउँछन्।

ङ) सम्बन्ध विकास

स्मार्ट प्रतिनिधिले केवल औषधि बेच्दैनन्, उनीहरू डाक्टर, फार्मासिस्ट र अस्पतालका कर्मचारीहरूसँग दीर्घकालीन विश्वासपूर्ण सम्बन्ध बनाउँछन्।

च) समयको सदुपयोग 

डाक्टरको समय निकै मूल्यवान हुन्छ। स्मार्ट प्रतिनिधिले छोटो समयमा सटीक जानकारी दिँदै प्रभाव जमाउने कला जान्दछन्।

छ) फिडब्याकको उपयोग

डाक्टरको प्रतिक्रिया सुन्ने, बजारको अवस्था बुझ्ने, र तदनुसार कार्यशैलीमा सुधार ल्याउनु स्मार्ट प्रतिनिधिको चिनारी हो।

२. मेडिकल प्रतिनिधिको उद्देश्य

क) कम्पनीको ब्रान्ड प्रवर्द्धन गर्नु

मुख्य उद्देश्य भनेको आफ्नो कम्पनीको उत्पादनलाई डाक्टरमार्फत जनतामा प्रवर्द्धन गर्नु हो। एक स्मार्ट प्रतिनिधिले आफ्नो ब्रान्डलाई प्रतिस्पर्धी औषधिभन्दा फरक र विशिष्ट बनाउने काम गर्छ।

ख) सेल्स लक्ष्य प्राप्त गर्नु

स्मार्ट प्रतिनिधिले सेल्स टार्गेटलाई दीर्घकालीन रणनीति, राम्रो सम्बन्ध, र गुणस्तरीय सेवा मार्फत पुरा गर्छन्। उनीहरूले दबाब होइन, विश्वासका माध्यमबाट बिक्री बढाउँछन्।

ग) डाक्टरसँग विश्वास निर्माण गर्नु

विश्वास एकपटक बसाल्न सकियो भने त्यो डाक्टर वर्षौंसम्म प्रतिनिधिको औषधि प्रयोग गर्न सक्छ। त्यसैले, एक स्मार्ट प्रतिनिधिको उद्देश्य सम्बन्ध निर्माण पनि हो।

घ) स्वास्थ्य प्रणालीमा योगदान

डाक्टरलाई सही औषधि छान्न सहयोग पुर्यानउने, रोगीलाई सुरक्षित औषधि उपलब्ध गराउने, र स्वास्थ्य सचेतना फैलाउने काम पनि मेडिकल प्रतिनिधिको उद्देश्य हो।

ङ) निरन्तर सुधार र सिकाइ

स्मार्ट प्रतिनिधिको उद्देश्य केवल आजको लक्ष्यमा सीमित हुँदैन, उनी सधैं नयाँ कुरा सिक्न, गल्ती सुधार्न र आफूलाई अपडेट राख्न चाहन्छ।

३. आवश्यक शैक्षिक योग्यता

क) न्यूनतम शैक्षिक योग्यता

मेडिकल प्रतिनिधि बन्नका लागि सामान्यतया बायोलोजी, फार्मेसी वा केमेस्ट्री सम्बन्धी विषयमा स्नातक (Bachelor’s Degree) आवश्यक हुन्छ। 

ख) उपयुक्त डिग्रीहरू:

B.Sc. in Biology / Chemistry

Bachelor in Pharmacy (B. Pharm)

Bachelor of Science (General)

Bachelor in Nursing or Public Health (कहिलेकाहीं)

ग) अन्य आवश्यक सीपहरू 

सञ्चार कौशल

अंग्रेजी र नेपाली भाषामा दक्षता

कम्प्युटर चलाउने ज्ञान 

बाइक/सवारी साधन चलाउन सक्ने

सेल्स र मार्केटिङमा रुचि


घ) तालिम र अनुभव

धेरै कम्पनीहरूले मेडिकल प्रतिनिधिलाई तालिम दिइरहेका हुन्छन्। स्मार्ट बन्ने प्रक्रिया तालिम र फिल्ड अनुभवबाट नै सुरु हुन्छ।

मेरा उपलब्धि र सन्तुष्टि

आज म जब कुनै डाक्टर मेरो औषधि प्रयोग गरेर रोगी निको भएको बताउनुहुन्छ, म अत्यन्तै सन्तुष्ट हुन्छु। केही डाक्टरहरूले त मेरो सल्लाहको कदर पनि गर्नुहुन्छ। यसले मलाई अझ प्रेरणा दिन्छ।

म पटक–पटक कम्पनीबाट पुरस्कार र प्रशंसा पनि पाउँछु – “बेस्ट परफर्मर”, “मोस्ट इन्फ्लुएन्सियल रिप”, “टप सेलर” जस्ता अवार्डहरू प्राप्त गरिसकेको छु।

तर सबैभन्दा ठूलो पुरस्कार भनेको – डाक्टरहरूको विश्वास र मेरो आत्मसन्तुष्टि हो।

मेरो लक्ष्य 

मेरो वर्तमान पेशा प्रति म पूर्ण रूपले समर्पित छु। भविष्यमा म चाहन्छु:


सिनियर मेनेजर बन्न
नयाँ मेडिकल प्रतिनिधिहरूलाई तालिम दिन सक्ने प्रशिक्षक बन्न
स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने व्यक्ति बन्न
आफ्नो कम्पनीलाई राष्ट्रिय स्तरमा अग्रणी बनाउन


मेरो लक्ष्य केवल सेल्स टार्गेट पुरा गर्नु होइन, विश्वास निर्माण गर्नु, स्वास्थ्य सेवा प्रवर्द्धन गर्नु र समाजमा योगदान दिनु हो।


मेरो सन्देश – नयाँ पुस्तालाई

यदि तपाईंलाई स्वास्थ्य, विज्ञान, मार्केटिङ, र जनसम्पर्कमा चासो छ भने मेडिकल प्रतिनिधिको पेशा उत्कृष्ट विकल्प हुन सक्छ। तर यो सजिलो छैन। यो पेशामा निरन्तर सिकाइ, अनुशासन, धैर्य, र समर्पण चाहिन्छ।

साँचो रूपमा हेर्दा, मेडिकल प्रतिनिधि भनेको केवल सेल्सम्यान होइन – ऊ डाक्टर र रोगीबीचको विश्वासयुक्त पुल हो। ऊ स्वास्थ्य सन्देशवाहक, म गर्वका साथ भन्छु – म मेडिकल प्रतिनिधि हुँ। मेरो काम केवल व्यवसाय होइन, सेवा पनि हो। म सधैं विश्वास र इमानदारीका साथ मेरो कर्तव्य पूरा गर्ने प्रयास गर्छु। हरेक दिन म सिक्दै छु, बढ्दै छु, र समाजमा केही सकारात्मक योगदान दिन खोज्दै छु।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ– २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा बढी विद्यार्थी बागमती प्रदेशबाट उत्तीर्ण भएका छन्। 

शुक्रबार साँझ सार्वजनिक गरिएको नतिजा अनुसार बागमती प्रदेशबाट एक लाख १९ हजार ५१७ जना विद्यार्थी पास भएका छन्। 

Ncell 2
Ncell 2

त्यसपछि लुम्बिनी प्रदेशबाट विद्यार्थी उत्तीर्ण भएका छन्। लुम्बिनीबाट ९७ हजार ६८७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। 

कोशी प्रदेशबाट ४७ हजार ८३५, मधेस प्रदेशबाट ५९,७४९, गण्डकी प्रदेशबाट ४७,८४९, कर्णाली प्रदेशबाट ४६ हजार ४५५ र सुदूरपश्चिम प्रदेशबाट ५९, ८०४ विद्यार्थी उत्तीर्ण भएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । साइबर अपराधको आरोपमा पक्राउ परेकी टिकटकर रमा बस्नेत १२ औँ दिनमा धरौटीमा रिहा भएकी छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको एकल इजलासले ३० हजार धरौटीमा बस्नेतलाई रिहा गर्न आदेश दिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गत कसुर गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँमा दायर भएको मुद्दामा बिहीबार उक्त आदेश आएको हो । 

टिकटकमा नियोजित रूपमा जातीय तथा साम्प्रदायिक भावना भड्काउने गरी विभिन्न नेता र दलविरुद्ध सामग्री पोस्ट गरेको आरोपमा उनी १ असारमा पक्राउ परेकी थिइन् । उनी विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अदालतमा अभियोगपत्र दायर भएको हो ।

पछिल्लो अध्यावधिक: असार १३, २०८२ ६:५६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – यस वर्षको एसईई दिएका १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ। 

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजा अनुसार कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जनामात्रै उत्तीर्ण भएका हुन्। 

Ncell 2
Ncell 2

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसईई दिएका १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको बताए। 

एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । आजको युगमा काम, अध्ययन, स्ट्रिमिङ र वेब ब्राउजिङका लागि छिटो र भरपर्दो इन्टरनेट अपरिहार्य बनिसकेको छ । तर, हामीलाई कति स्पिड चाहिन्छ वा इन्टरनेट स्पिडको अर्थ के हो भन्ने कुराले अलमलमा पारिरहेको हुन्छ । 

इन्टरनेट कनेक्टिभिटीका दुई महत्त्वपूर्ण पक्षहरू छन्, ब्यान्डविथ र लेटेन्सी । यी दुई प्रायः एक अर्कासँग जोडिने गर्छन्, तर अर्थ भने फरक छ । यद्यपि दुवैले हाम्रो इन्टरनेट अनुभवको स्पिड र गुणस्तरमा ठुलो प्रभाव पारिरहेका हुन्छन् ।

आज हामी तपाईँलाई ब्यान्डविथ र लेटेन्सीबिचको भिन्नतालाई सरल रूपमा बुझाउँदै छौँ । ब्यान्डविथले एकै पटकमा कति डेटा ट्रान्समिट गर्न सकिन्छ भनेर बुझाउँछ ।

अर्थात् ब्यान्डविथले निश्चित समयमा इन्टरनेट कनेक्सनमार्फत अधिकतम कति डेटा पठाउन वा प्राप्त गर्न सकिन्छ भन्ने जनाउँछ । यसलाई सामान्यतया मेगाबिट प्रति सेकेन्ड (एमबीपीएस) वा गिगाबिट प्रति सेकेन्ड (जीबीपीएस) ले जनाइन्छ ।

अर्कोतर्फ लेटेन्सीले भने तपाईँको कम्प्युटरबाट डेटा गन्तव्यमा पुग्न (फिर्ता आउन समेत) लाग्ने समय मापन गर्छ । यी दुई बिचको भिन्नतालाई कार र राजमार्गको उदाहरणको रूपमा समेत बुझ्न सकिन्छ ।

ब्यान्डविथ भनेको राजमार्गमा कति लेनहरू छन् भन्ने हो । अब यसैलाई इन्टरनेटको सन्दर्भमा हेर्दा धेरै लेन भनेको उच्च ब्यान्डविथको रूपमा लिन सकिन्छ । लेटेन्सी भनेको कारलाई गन्तव्यमा पुग्न लाग्ने अवधि हो, अर्थात् छिटोमा यात्रा पुरा गर्न लाग्ने समय ।

हामी इन्टरनेटको स्पिडलाई प्रायः इन्टरनेट प्याकेजका लागि विज्ञापन गरिएको डाउनलोड र अपलोड स्पिडको रूपमा बुझिरहेका हुन्छौँ । तर, ब्यान्डविथ तपाईँको इन्टरनेट पर्फर्मेन्सको एक अंश मात्र हो । तपाईँको इन्टरनेट प्याकेजले दैनिक रूपमा कति राम्रोसँग काम गर्छ भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन्छ ।

हाई-ब्यान्डविथ प्याकेजहरू फास्ट अनुभवसँग सम्बन्धित हुन सक्छन्, तर तपाईँले प्रयोग गरिरेको डिभाइस, इन्टरनेट कनेक्सनको प्रकार र त्यसको लेटेन्सी पनि यसमा छुटाउनै नहुने महत्त्वपूर्ण कारकको रूपमा रहेका हुन्छन् ।

इन्टरनेटको गति परीक्षण गरेर इन्टरनेट कनेक्सनको स्थिति पत्ता लगाउन सकिन्छ । यसका लागि ओकलाको स्पिड टेस्टको सहायता लिन सकिन्छ । जसले डाउनलोड स्पिड, अपलोड स्पिड र लेटेन्सीको जानकारी दिन्छ ।

लेटेन्सी इन्टरनेट पर्फर्मेन्समा प्रायः बेवास्ता गरिएको पाटो हो । तपाईँको डेटा एक ठाउँबाट अर्को ठाउँ पुग्न लाग्ने समयले इन्टरनेटको  अनुभव कति छिटो वा ढिलो महसुस हुन्छ भन्नेमा ठुलो प्रभाव पार्छ । यो विशेषगरी अनलाइन गेमरहरूका लागि महत्त्वपूर्ण हुन्छ ।

जहाँ गेमहरूका कमान्ड सर्भरमा जति छिटो रजिस्टर हुन्छन्, त्यति नै उनीहरूको प्रदर्शन पनि राम्रो हुन सक्छ । यद्यपि गेमरहरूले मात्र कम लेटेन्सीको इन्टरनेट केनेक्सनको ख्याल राख्नुपर्छ भन्ने होइन । 

उच्च ब्यान्डविथ वा कम लेटेन्सी: कुन बढी महत्त्वपूर्ण ? 

वेब ब्राउजिङलाई इन्टरनेटमा सबैले गर्ने कामको रूपमा लिने हो भने विभिन्न शैक्षिक अनुसन्धान र क्लाउडफ्लेयरका अनुसार २५ एमबीपीएस र त्यसभन्दा उच्च (मानौँ १ जीबीपीएस) इन्टरनेटमा वेब पेजहरू लोड हुने गतिमा खासै फरक हुँदैन । यस विपरीत कम लेटेन्सी भएको इन्टरनेट कनेक्सनले वेब पृष्ठहरूलाई छिटो लोड गर्न र समग्र अनुभव राम्रो बनाउन मद्दत गर्ने कुरामा धेरै फरक पार्न सक्छ । फाइबर इन्टरनेटमा प्रायः अन्य प्रकारका इन्टरनेट कनेक्सनभन्दा कम लेटेन्सी हुन्छ । यदि ब्यान्डविथ समस्या बनिरहेको छ भने, उच्च ब्यान्डविथ प्याकेजमा जान वा अर्को इन्टरनेट सेवा प्रदायक रोज्न सकिन्छ । 

अचेल एआई हाम्रो दैनिक जीवनको हिस्सा बन्दै गइरहेको छ । यस्तोमा चाहे टेक्स्ट च्याटबट होस् वा एआई बटसँग गरिने मौखिक कुराकानी नै किन नहोस्, सहज अन्तरक्रियाका लागि कम लेटेन्सी महत्त्वपूर्ण हुन्छ । मिलिसेकेन्डले मात्रै पनि यसको अनुभवमा निकै फरक पार्न सक्छ ।  

पिङ (Ping) को भूमिका 

गेमिङ कम्युनिटीमा विशेष गरी ‘पिङ’ र ‘लेटेन्सी’ एकअर्काको सट्टामा प्रयोग भएको सुन्न पाइन्छ । यी शब्दहरू एकअर्कासँग सम्बन्धित भए पनि ठ्याक्कै एउटै भने होइनन् । पिङ भनेको लेटेन्सीको मापन हो, जुन मिलिसेकेन्ड (ms) मा व्यक्त गरिन्छ । इन्टरनेटको स्पिड टेस्टले तपाईँको पिङ रेट बताउन सक्छ । गेमरका लागि सामान्यतया पिङ ५० एमएसभन्दा कम वा कम्तीमा १०० भन्दा कम हुनुपर्छ । पिङ धेरै हुँदा वेबसाइटहरू ढिलो लोड हुने वा जुम मिटिङमा भिडिओ अड्किने समस्या निम्त्याउन सक्छ ।

राम्रो लेटेन्सीका लागि आफ्नो घरको इन्टरनेट डिभाइसहरू अपग्रेड गर्न सक्नु हुन्छ । वाई-फाई र अन्य प्रविधिहरूमा पछिल्लो समय नाटकीय सुधारहरू भएका छन्, जसले लेटेन्सीलाई व्यवस्थापन गर्छन् । स्मार्ट टिभी र डेस्कटप कम्प्युटर जस्ता डिभाइसहरूलाई इथरनेट केबुल मार्फत जोड्न सक्नु हुन्छ । किन कि वाई-फाई आफै‍ँमा बढी लेटेन्सीको कारण बनिरहेको हुन सक्छ । 

यस्तोमा तारबाट जोड्दा छिटो र थप स्टेबल कनेक्सन बन्छ । यस बाहेक आफ्नो आईएसपीलाई सम्पर्क गर्न नहिचकिचाउनु होस्, किनकि उनीहरूको तर्फबाट पनि समाधान गर्न मिल्ने समस्या वा सुधारका ठाउँ हुन सक्छन् । यस हिसाबले अनलाइन आवश्यकताहरू पूरा गर्न कम लेटेन्सी र पर्याप्त ब्यान्डविथ दुवै जरुरी छन् ।

पछिल्लो अध्यावधिक: असार १३, २०८२ १५:५०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– कतिपय सरकारी स्वास्थ्य केन्द्रहरूमा केही महिनायता देखिँदै आएको फोलिक एसिड तथा आइरन चक्कीलगायतका नि:शुल्क औषधिहरूको अभावलाई सम्बोधन गर्न नयाँ आर्थिक वर्षको बजेटमा प्रस्तावित रकम नआइपुग्दै खरिद प्रक्रिया अघि बढाइएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन्।

सरकारी स्वास्थ्य संस्थाहरूमा यी औषधि उपलब्ध नहुँदा गर्भवती, सुत्केरी तथा किशोरीहरू मर्कामा पर्दै आएको बताइएको थियो।

यी औषधिलाई गर्भवती, सुत्केरी तथा किशोरीहरूका निम्ति महत्त्वपूर्ण पोषक तत्त्वका रूपमा लिइन्छ।

“यसअघि सङ्घले नै ती औषधि खरिद गरेर प्रदेश र स्थानीय तहमा पठाउने गरेको थियो,” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख डाक्टर पवनजङ्ग रायमाझीले बीबीसीसँग भने, “चालू आर्थिक वर्षमा बजेट नभएकाले त्यसो गर्न नसकिँदा कतिपय स्वास्थ्य संस्थामा केही महिनायता ती औषधिको अभाव देखिँदै आएको छ।”

सरकारले आगामी आर्थिक वर्षका निम्ति भने ‘आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालबाट नि:शुल्क उपलब्ध हुँदै आएका औषधिहरूको आपूर्ति सुनिश्चित गर्न २ अर्ब ६ करोड रुपैयाँ विनियोजन’ गरेको छ।

देशैभरका स्वास्थ्य संस्थालाई लक्षित गरेर खरिद प्रक्रिया अघि बढाइएकाले चाँडै नै सबै स्वास्थ्यसंस्थामा ती औषधिहरू उपलब्ध हुने रायमाझीले दाबी गरे।

अभाव हुनुको कारण

सुरक्षित मातृत्वसहित पोषणका कार्यक्रमहरू स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले हेर्छ।

Ncell 2
Ncell 2

उक्त शाखाले आन्तरिक आपूर्ति व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त सूचनाहरूलाई विश्लेषण गरेर निश्चित अवधिका निम्ति आवश्यक पर्ने अत्यावश्यक औषधिको अनुमान गर्ने र विभागले त्यसैका आधारमा खरिद गर्ने गरेको महाशाखाका निर्देशक डाक्टर विवेककुमार लाल बताउँछन्।

“यति औषधि खपत हुन सक्छ भन्ने अनुमानको आधारमा औषधिहरू खरिद गर्ने हो। त्यो हिसाबले दुई वर्षअघि विभागले खरिद गरेर प्रदेश र स्थानीय तहमा पठाएको थियो। त्यसले चालू असार महिनासम्म धान्ने ठानिएको थियो,” लालले भने, “तर बीचमै मौज्दात सकियो। हामीले बजेटको माग पनि गरेका थियौँ तर प्राप्त नभएपछि ती औषधिहरूको अभाव हुन पुग्यो।”

देशभरका सरकारी स्वास्थ्यसंस्थाबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न र उपचार तथा सेवामा एकरूपता ल्याउन सरकारले केही वर्षअघि ल्याएको आधारभुत स्वास्थ्य सेवामा आधारित स्तरीय उपचार पद्धति (स्ट्यान्डर्ड ट्रिट्मेन्ट प्रोटोकल) ले आधारभूत अस्पताल (प्राथमिक स्वास्थ्य केन्द्र) तथा आधारभूत स्वास्थ्य केन्द्र (स्वास्थ्य चौकी)बाट विभिन्न ९८ प्रकारका औषधिहरु निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ।

“फोलिक एसिड र आइरन चक्की पनि ती औषधिको सूचीमा पर्छन्,” डाक्टर लालले भने, “तर पोषण कार्यक्रमअन्तर्गत विभागले नै खरिद गरेर पठाउँदै आएकाले धेरैजसो प्रदेश र स्थानीय तह ती औषधिका निम्ति विभागमा निर्भर हुने गरेका थिए। त्यसले गर्दा अभाव हुन पुगेको हो।”

किन महत्त्वपूर्ण छन् यी औषधि?

चिकित्सकहरूले फोलिक एसिड र आइरन चक्की प्राय: सबैजसो गर्भवती र सुत्केरीलाई सेवन गर्न सुझाएको पाइन्छ।

भिटामिन र खनिजले भ्रूणको विकास र रक्तकोषिका निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुका साथै आमाको स्वास्थ्यमा समेत अनुकूल प्रभाव पार्ने चिकित्सकहरू बताउँछन्।

“गर्भवती भएको सुरुवाती तीन महिना फोलिक एसिड दिन्छौँ,” त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर प्रिज्मा श्रेष्ठले भनिन्, “यसले न्युरल ट्यूब डिफेक्ट (एनटीडीएस) भनिने मस्तिष्क, मेरुदण्ड र त्यसका स्नायु प्रणालीमा हुन सक्ने समस्याहरूबाट जोगाउँछ।”

गर्भधारणको तीन महिनापछि आउने महिलालाई भने आइरन र क्याल्सिअम दिइने उनले बताइन्।

“नेपालमा रक्तअल्पताको समस्या धेरैमा छ र गर्भवती अवस्थामा त्यो झन् बढ्ने भएकाले त्यस्तो अवस्थामा आइरन र क्याल्सिअम चलाउने गर्छौँ,” उनले भनिन्, “देशैभर यही प्रोटोकल हो।”

सन् २०२२ मा स्वास्थ्य मन्त्रालयले गरेको एउटा सर्वेक्षणमा नेपालमा ६–५९ महिनाका ४३ प्रतिशत शिशुमा र १५–४९ वर्षका ३४ प्रतिशत महिलामा रक्तअल्पताको समस्या देखिएको थियो।

“भ्रूणको विकासका निम्ति त दुवै महत्त्वपूर्ण हुने नै भए,” डाक्टर श्रेष्ठले भनिन्, “त्यसका साथै सुत्केरी हुने बेला धेरथोर रगत खेर जान सक्ने भएकाले आइरन चक्कीको सेवन जरुरी हुन्छ किनकि रगतको मात्रा धेरै हुने बिरामीको ५०० एमएल रगत खेर जानु र थोरै हुने बिरामीको ५०० एमएल खेर जानुबीच धेरै अन्तर हुन्छ।”

गर्भविकासको मानक अवधि नपुगी सुत्केरी हुने र नवजात शिशु मृत्युदरजस्ता जटिलता न्यूनीकरणमा पनि यी औषधिहरू प्रभावकारी देखिएको चिकित्सकहरू बताउँछन्।

निजी पसलबाट खरिद गर्दा धेरै महँगो नपर्ने भए पनि देशका आधारभूत स्वास्थ्य केन्द्रहरूमा यी औषधिको अभाव हुँदा न्यून आय भएका गर्भवती वा सुत्केरीलाई “लामो समयसम्म फोलिक एसिड, आइरन र क्याल्सिअमका चक्कीहरू किनेर खानुपरेमा अतिरिक्त भार पर्न सक्ने” डाक्टर श्रेष्ठ बताउँछिन्।

कहाँ कहाँ अभाव ?

यी औषधि अभावको देशव्यापी असर देखिएको अधिकारीहरू बताउँछन्।

“ठ्याक्कै यही ठाउँमा अधिक असर देखिएको भन्न सक्ने अवस्था छैन,” महाशाखा प्रमुख लालले भने, “अभाव हुन थालेपछि भने कतिपय स्रोतसम्पन्न प्रदेश र स्थानीय तह आफैँले खरिद गरेर वितरण गरेको देखिन्छ।”

पोखराको मातृशिशु मितेरी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर धर्मदेव खनालले अस्पतालमा नि:शुल्क आइरन चक्की र फोलिक एसिड उपलब्ध नभएको बताए।

पोखराकै प्रादेशिक जेनरल तथा सरुवा रोग अस्पतालमा पनि त्यस्तै स्थिति छ।

“हामीले गण्डकी प्रदेशको प्रादेशिक आपूर्ति व्यवस्थापन केन्द्रबाट ती औषधिहरू प्राप्त गर्ने हो,” अस्पतालकी कार्यकारी निर्देशक डाक्टर सरोजा पोखरेलले भनिन्, “त्यहाँ सम्पर्क गर्दा खरिद प्रक्रिया चलिराखेको बताइएको छ।”

गण्डकी प्रदेशको प्रादेशिक आपूर्ति व्यवस्थापन केन्द्रकी महानिर्देशक डाक्टर रेखा पौडेल स्वास्थ्य विभागबाट औषधि पठाउन नसकिने सूचना चैतमा मात्रै प्राप्त भएकोले व्यवस्थापन गर्न समस्या परेको बताउँछिन्। “आकस्मिक व्यवस्थापनका निम्ति दस लाख रुपैँया प्राप्त गरी खरिद प्रक्रिया अघि बढाएका छौँ,” उनले भनिन्, “तर त्यसले मुस्किलले एक महिना मात्रै धान्छ। त्यसपछि के गर्ने भन्नेबारे विभागसँग सोध्ने योजनामा छौँ।”

अन्य कतिपय स्थानीय तहका स्वास्थ्य संस्थाहरूले पनि ती औषधिको उपलब्धताबारे ताकेता गर्ने गरेको विभागका अधिकारीहरू बताउँछन्।

सङ्घअन्तर्गतका अस्पतालमा भने ती औषधिको अभाव नभएको अधिकारीहरूले बताएका छन्। चितवनस्थित भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्णप्रसाद पौडेलले आफूहरूसँग यस्ता औषधिको अभाव नभएको बताए।

कहिलेदेखि उपलब्ध हुन्छ?

महाशाखाका प्रमुख लालले खरिद प्रक्रिया अघि बढिसकेकाले छिट्टै अभाव हट्ने अपेक्षा गर्न सकिए पनि मिति तोक्न कठिन हुने बताए।

“सार्वजनिक खरिद ऐन र नियमावलीको परिधिमा रहेर उक्त प्रक्रिया अघि बढ्छ,” लालले भने, “हामीले तोकेका सबै मापदण्ड पुग्ने गरी प्रस्तावहरू आए भने समयमै खरिद हुन्छ तर कहिलेकाहीँ दोस्रोपटक पनि बोलपत्र आह्वान गर्नुपर्ने भएकाले ठ्याक्कै मिति तोक्न सकिँदैन।”

“हामीले प्रदेशहरूबाट गर्भवती र सुत्केरी महिलाहरूको अनुमानित सङ्ख्या प्राप्त गरेका हुन्छौँ, औषधि प्राप्त हुनासाथ त्यसैका आधारमा प्रदेश हुँदै स्थानीय तहमा पठाउँछौँ। उक्त प्रक्रिया टुङ्गो नलाग्दासम्म प्रदेश र स्थानीय तहले आफैँ खरिद गरेर पनि अभाव हल गर्न सक्छन् किनकि त्यहाँबाट नि:शुल्क औषधिका निम्ति विभागले ससर्त रूपमा भिन्दै रकम पठाएको हुन्छ।”बीबीसी नेपालीबाट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट