२०८२ श्रावण २५ शनिबार
LATEST NEWS
२०८२ श्रावण २५ शनिबार

डाक्टरहरू पनि मानिस हुन्, देवता होइनन्
डाक्टरहरू चिकित्सा विज्ञान पढेका, बिरामीको उपचार गर्ने सीपयुक्त पेशाकर्मी हुन्, तर उनीहरू पनि मानिस नै हुन्। उनीहरूमा भावना हुन्छ, थकाइ लाग्छ। उनीहरूसँग कुनै अलौकिक शक्ति हुँदैन, न त उनीहरूले जीवन-मरणमा पूर्ण नियन्त्रण गर्न सक्छन्।

चिकित्सा विज्ञान हो, जादू होइन
चिकित्सा उपचार वैज्ञानिक आधारमा हुन्छ – अनुसन्धान, अनुभव र प्रमाणमा आधारित हुन्छ। हरेक रोगको पहिचान, उपचार, र शल्यक्रिया वैज्ञानिक नियम, विधि र दिशानिर्देश अनुसार गरिन्छ, चमत्कारबाट होइन।

डाक्टर बन्न धेरै वर्षसम्म पढ्नुपर्छ – शरीर र अंगहरूको अध्ययन, रोगहरूको जानकारी, औषधिहरूको प्रयोग र शल्यक्रिया सम्बन्धी तालिम। त्यसपछि इन्टर्नसीप र विशेषज्ञता हासिल गर्नुपर्छ। डाक्टर उनीहरूको शिक्षाले बनाएको हो, दैवी शक्तिले होइन।

आधुनिक चिकित्सा प्रविधिमा भर पर्छ – जस्तै एमआरआई, सीटी स्क्यान, ल्याब परीक्षण, जीवन-समर्थन उपकरण आदि। यी सबै प्रविधिको प्रयोग गरेर डाक्टरहरूले उपचार गर्छन्। यो विज्ञान र इन्जिनियरिङ्गको उपलब्धि हो, चमत्कार होइन।

सबै नतिजा डाक्टरको हातमा हुँदैन
डाक्टरले धेरै मेहनत गरेपनि सबै रोग निको हुन्छ भन्ने ग्यारेन्टी छैन। रोगको अवस्था, बिरामीको रोगसँग लड्ने क्षमता, उपचारप्रतिको प्रतिक्रिया, जीवनशैली आदि कुराले नतिजा प्रभावित गर्छ। यसले दर्शाउँछ- डाक्टर सर्वशक्तिमान होइनन्।

स्वास्थ्य सेवा टोलीको सामूहिक प्रयास
एक बिरामीको सफल उपचारमा धेरै जनाको भूमिका हुन्छ – नर्स, ल्याब टेक्निसियन, फार्मासिस्ट, फिजियोथेरापिस्ट आदि। डाक्टरलाई मात्र ‘भगवान्’ भन्नुले अरू सम्पूर्ण स्वास्थ्यकर्मीको योगदानलाई नजरअन्दाज गरेको ठहरिएको हुन्छ।

डाक्टरलाई पूजा होइन, सम्मान गर्नु पर्छ
डाक्टरहरू उच्च दबाबमा काम गर्छन्, रातदिन बिरामीको सेवा गर्छन्। उनीहरूले सम्मान, कदर र समर्थन पाउनुपर्छ – तर पूजा होइन। डाक्टरलाई भगवान् मान्दा असम्भव आशा गरिन्छ र रोग निको नभएमा उनीहरूलाई अन्यायपूर्वक दोषी ठहर्‍याइन्छ।

सिधा शब्दमा भन्नुपर्दा, डाक्टर उपचार गर्ने सीपयुक्त मानिस हुन्, जो विज्ञान, प्रविधि र दक्षता प्रयोग गरेर बिरामीलाई निको पार्न कोशिस गर्छन्। उनीहरू भगवान् होइनन् – सीमितता भित्र काम गर्ने मानिस हुन्।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । किया गाडीको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले विराटनगरमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । पूर्वी नेपालमा आफ्नो बजार विस्तार गर्ने उद्देश्यले कम्पनीले ‘किया सीआई २.०’ मापदण्डअनुसारको आधुनिक शोरुम खोलेको हो ।

शोरुम सञ्चालनको अवसरमा कम्पनीले असार १४ देखि १६ गतेसम्म तीनदिने ‘किया फ्ल्यास एक्सचेन्ज क्याम्प’ आयोजना गर्ने घोषणा गरेको छ । क्याम्पमा ग्राहकले कुनै पनि पुरानो गाडीसँग कियाका नयाँ गाडी साट्न सक्नेछन् ।

कम्पनीका अनुसार एक्सचेन्जमा पुरानो गाडीको आकर्षक मूल्यांकन गरिनेछ । साथै, नयाँ गाडी खरिद गर्ने ग्राहकलाई एक वर्षको सडक कर र बीमा निःशुल्क उपलब्ध गराइनेछ भने गाडी खरिदका लागि सहज फाइनान्सको सुविधा पनि रहनेछ ।

शोरुममा कियाका पेट्रोल र विद्युतीय सबै मोडलका सवारीसाधन उपलब्ध छन् । एक्सचेन्ज क्याम्प अवधिभर ग्राहकले कियाका नयाँ फेसलिफ्टेड सेल्टोस, सोनेट र कारेन्सको २०२५ मोडलको टेस्ट ड्राइभ समेत गर्न पाउने कम्पनीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: असार १४, २०८२ १२:५३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे संसद्लाई जानकारी दिएका छन् । शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले स्पेन भ्रमणका सबन्धमा जानकारी गराएका हुन् ।

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन उनी साँझ औपचारिक भ्रमणमा जान लागेका हुन् ।

स्पेनको सेभिया शहरमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको एक दशकमा आयोजना गरिन्छ । संयुक्त राष्ट्रसंघको महासभामा जस्तै यस सम्मेलनमा पनि सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरूको समेत सहभागिता हुन्छ ।

Ncell 2
Ncell 2

आज साँझ ६ बजे कत्तार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्रीको यात्रा सुरु हुन्छ, स्पेनको राजधानी म्याड्रिडमा असार १५ गते बिहान पुग्ने कार्यक्रम तालिका छ । आफ्नो नेतृत्वमा जाने भ्रमण टोलीमा २१ जना सहभागी हुनेछन् ।

भ्रमणमा स्पेन स्थित नेपाली राजदूत र न्युयोर्क स्थित आवासीय प्रतिनिधि समेत हुनेछन् । परराष्ट्र मन्त्रालयका सचिव सहित सम्बन्धित क्षेत्रको नेतृत्व गर्ने अधिकारी सहितको टीमका अतिरिक्त अर्थ सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव पनि भ्रमण दलमा छन् ।

प्रधानमन्त्रीको मुख्य सल्लाहकार सहित स्वकीय सचिवालयका आवस्यक व्यक्तिहरुको संलग्नता छ । भ्रमणको दोस्रो दिन असार १५ गते भ्रमण टोली स्पेनको सहर सेभियामा पुग्नेछ ।

लगत्तै प्रधानमन्त्रीले नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । जहाँ स्पेनका मन्त्रिपरिषद्का महामहिम अध्यक्ष सहित विभिन्न व्यक्तित्वहरुको सहभागिता रहनेछ ।

हप्ता दिन पछि असार २० गते प्रधानमन्त्री काठमाडौंमा अवतरण गर्ने कार्य तालिका छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा एकैपटक ६२ जना चिकित्सक प्रवेश गरेका छन्। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उनीहरूलाई औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्।

प्रचण्डले चिकित्सकहरूको पार्टी प्रवेशलाई अर्थपूर्ण भएको बताउँदै, यसले मधेशसहित देशभर सकारात्मक सन्देश गएको उल्लेख गरे। ‘मधेशका जनताका लागि यो एउटा राम्रो सन्देश हो,’ उनले भने, ‘तपाईंहरूले आँट गर्नुभयो, त्यो पनि सही ठाउँमा। तपाईंहरूको निर्णयप्रति म सम्मान प्रकट गर्छु।’

पार्टी प्रवेश गरेका अधिकांश चिकित्सकहरू मधेश क्षेत्रबाट आएका हुन्। कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले स्वास्थ्य सेवा र समाज रूपान्तरणमा संलग्न रहेका चिकित्सकहरूको योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। उनले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीको नीति, दृष्टिकोण र कार्यक्रमबारे उपयुक्त जानकारी दिन पार्टी पंक्तिलाई निर्देशनसमेत दिए।

डाक्टरहरूको यो सामूहिक प्रवेश माओवादी केन्द्रका लागि शक्ति विस्तार र सामाजिक रूपान्तरणमा प्रगतिशील सोच बोकेका पेशेवरहरूको आकर्षणको रूपमा पनि हेरिएको उनले बताए। 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।

तर संसद सुरु हुनेवित्तिकै विपक्षी दलले अवरोध गरेका हुन्।

Ncell 2
Ncell 2

आजको बैठकमा  प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने  छन् ।

प्रधानमन्त्री ओलीले आजै साँझबाट सुरु हुने आफ्नो स्पेन भ्रमणका बारेमा संसदलाई जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उनी संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्पेन प्रस्थान गर्दैछन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

नेपालको सन्दर्भमा वृद्धावस्थामा यौनिकता केवल व्यक्तिगत चाहना वा शारीरिक सम्बन्धको विषय होइन, आत्म-सम्मान, सामाजिक स्वीकृति, मानसिक स्वास्थ्य र जीवन सन्तुष्टिसँग गहिरो रूपमा जोडिएको जटिल सामाजिक–मानसिक पक्ष हो। परम्परागत समाजमा उमेरसँगै यौनिकता निष्क्रिय हुन्छ भन्ने गलत मान्यता बलियो छ, जसले वृद्ध व्यक्तिको यौन अधिकार, स्वास्थ्य र समग्र जीवनमा नकारात्मक असर पार्छ। नेपाल लागायत दक्षिण एसियामा वृद्ध व्यक्तिको यौनिकता सार्वजनिक रूपमा छलफल गर्न असहज मानिन्छ, जसको कारण सामाजिक संरचना, धार्मिक मान्यता, लाज–शर्म र सांस्कृतिक मूल्यहरू हुन्। 

पछिल्लो अनुसन्धानले देखाएको छ कि यौन जीवनको गुणस्तर वृद्ध व्यक्तिको आत्म-सम्मान, मानसिक स्वास्थ्य, सम्बन्ध सन्तुष्टि र जीवनको समग्र खुसीसँग प्रत्यक्ष सम्बन्धित छ । यद्यपि, नेपालमा वृद्ध व्यक्तिको स्वास्थ्य अधिकारको चर्चा भए पनि यौन स्वास्थ्य र जीवन गुणस्तरबारे स्पष्ट नीति र कार्यक्रमको अभाव छ। यसले वृद्धहरूलाई आत्म-अस्वीकृति, मानसिक तनाव, सामाजिक बहिष्करण र सम्बन्ध विघटन जस्ता समस्यामा पार्दछ। हाम्रो समाजमा वृद्धहरूमा यौनिकता र स्वास्थ्यबारे जानकारीको कमी, सेवामा पहुँचको अभाव, पारिवारिक दबाब र पूर्वाग्रही व्यवहार अझ बढी देखिन्छ भने त्यसमा पनि अझधेरै रुपमा वृद्ध महिलाको यौनिकता झन् बढी दिविएको  छ, जहाँ एक महिलाले यौन इच्छाबारे कुरा गर्नु नै निषेधित मानिन्छ।

यद्यपि, पछिल्लो समय शहर केन्द्रित वृद्ध सञ्जाल, स्वास्थ्य क्याम्प र केही गैरसरकारी संस्थाको पहलले वृद्धको यौनिकता र स्वास्थ्यबारे छलफल सुरु गरेका छन्। तर, यी प्रयास अझै प्रारम्भिक चरणमा छन् र व्यापक नीति, सामाजिक चेतना र संरचनागत परिवर्तन आवश्यक छ। नेपालमा वृद्धावस्थामा यौनिकता बुझ्न बहुस्तरीय संयन्त्रहरूको भूमिका अवलोकन गर्नु आवश्यक छ

आन्तरिक संयन्त्रहरू:

वृद्धावस्थामा यौनिकता केवल जैविक परिवर्तनले निर्देशित हुँदैन; व्यक्ति भित्रको धारणा, दृष्टिकोण, इच्छा, कल्पना र व्यक्तिगत क्षमताजस्ता पक्षहरू अत्यन्त महत्त्वपूर्ण हुन्छन् । नेपालमा उमेरप्रतिको नकारात्मक सोच, आन्तरिकीकृत उमेरवाद र यौनिक कलंकले वृद्ध व्यक्तिमा आत्म–मूल्यांकन र यौन जीवन सन्तुष्टिमा गिरावट ल्याउँछ । विशेष गरी महिलामा वैवाहिक सम्बन्ध टुट्नु, पति वा पत्नीको मृत्यु वा सामाजिक भूमिकामा परिवर्तन आउनुले यौनिकता निषेधित हुन्छ। ‘विधवा महिलाले यौन इच्छा राख्न हुँदैन भन्ने सांस्कृतिक धारणा व्यापक छ, जसले आत्म-सम्मानमा चोट पुर्याउँछ। पुरुषमा पनि उमेरसँगै यौन इच्छा घट्नुपर्ने सोच हावी छ, जसले समस्या भए पनि छलफल गर्न नचाहने प्रवृत्ति बढाउँछ ।

पारस्परिक संयन्त्रहरू:
सम्बन्धको उपस्थिति वृद्धको सामाजिक स्थिति, मानसिक स्वास्थ्य र यौनिकता बुझाइसँग गहिरो रूपमा जोडिएको हुन्छ। पार्टनरको साथ उपलब्ध हुनु वृद्ध पुरुष र महिलामा यौन इच्छा र व्यवहारको सबल भविष्यवक्ता हो। नेपालमा विवाहपछिको सम्बन्धलाई मात्र यौनिकताको आधार ठानिन्छ, विवाहबाहेक यौन गतिविधि वा चर्चा सामाजिक रूपमा अस्वीकार्य मानिन्छ।

सम्बन्धमा असन्तुष्टि, घरेलु हिंसा वा यौन दुर्व्यवहारले वृद्धको आत्मसम्मान, मानसिक स्वास्थ्य र जीवन सन्तुष्टिमा दीर्घकालीन असर पार्छ। नेपालमा वृद्ध व्यक्तिमा यौन दुर्व्यवहारबारे ठोस तथ्यांक सीमित छ, तर केही अनुसन्धान र मिडिया रिपोर्टले वृद्ध महिलामा यौन हिंसा, विशेषतः पारिवारिक वा संस्थागत सेटिङमा हुने शोषण उजागर गरेका छन् । मानसिक स्वास्थ्य समस्या, शारीरिक अशक्तता वा आर्थिक निर्भरता भएका वृद्धहरू उच्च जोखिममा छन्।

सामाजिक-सांस्कृतिक संयन्त्रहरू:
वृद्धावस्थालाई केवल रोग, निर्बलता र आध्यात्मिक जीवनको तयारीको चरणका रूपमा चित्रण गरिन्छ। मिडियामा वृद्धलाई यौनहीन वा हास्यास्पद रूपमा देखाइन्छ ।
तर, सामाजिक संरचनाले परिवर्तनको अवसर पनि दिन सक्छ। परिवार, समुदाय र संस्थाहरूले नयाँ मान्यता निर्माण गर्न सके वृद्धमा आत्म-स्वीकृति, जुझारुपन र सामाजिक समावेशिता बढ्छ 
NHAS अनुसन्धानले देखाएको छ कि सामाजिक बहिष्करण, पूर्वाग्रह र मिथकले वृद्धको यौन व्यवहार, पहिचान र जीवनको गुणस्तरमा प्रत्यक्ष असर पार्छ  डिजिटल युगले नयाँ सम्भावना ल्याएको भए पनि सामाजिक पूर्वाग्रह अझै बलियो छ।

यौन स्वास्थ्य जोखिम वृद्धमा पनि उत्तिकै महत्त्वपूर्ण छ, तर स्वास्थ्य शिक्षा, रोकथाम कार्यक्रम, परामर्श सेवा र परीक्षणमा पहुँच न्यून छ । यस्ता मिथक तोड्न समुदायस्तरमा सचेतना, समावेशी कार्यक्रम र खुला संवाद आवश्यक छ।

संरचनात्मक संयन्त्रहरू:
नेपालमा धेरै हेरचाह केन्द्र, वृद्ध सेवा संस्थान वा आश्रमहरूले वृद्धको यौन आवश्यकता र चाहनालाई बेवास्ता गर्छन्। अधिकांश संरचना आधारभूत सेवा र संरक्षणमा केन्द्रित छन्, यौनिकता, आत्म-स्वीकृति र सम्बन्ध विकासजस्ता पक्ष उपेक्षित छन् ।
स्वास्थ्यकर्मीहरूमा वृद्धावस्थाको यौनिकता सम्बन्धी तालिमको कमी छ। नियमित स्वास्थ्य जाँचमा यौन स्वास्थ्यको पाटो बेवास्ता हुन्छ, जसको असर वृद्धको समग्र स्वास्थ्य र जीवन सन्तुष्टिमा पर्छ 
अन्तर्राष्ट्रिय अभ्यासले देखाएको छ कि समावेशी र स्पष्ट नीति बनाएर वृद्धको यौन आवश्यकता सम्बोधन गर्न सकिन्छ । नेपाल सरकारको राष्ट्रिय वृद्धव्यक्तिहरूका लागि यौनिकता र यौन स्वास्थ्य सम्बन्धी स्पष्ट नीति छैन, संरचनागत रूपमा यौन अधिकार, सेवा पहुँच, गोपनीयता प्रवर्द्धन र संवेदनशील वातावरण निर्माणमा सुधार आवश्यक छ।

नीति तथा अभ्यास सुधारका सिफारिसहरू:
कतिपय वृद्धले वृद्धावस्थालाई नयाँ तरिकाले यौनिकता अभिव्यक्त गर्ने अवसरको रूपमा लिन्छन्। यौन पहिचानको पुष्टि र आत्म–नियन्त्रणको भावना बलियो भएमा यौन जीवनको गुणस्तर उच्च पाइन्छ । ज्येष्ठ नागरिक राष्ट्रिय कार्ययोजना, २०६२, नस्वास्थ्य ऐन, २०७५,ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा संचालन मार्गदर्शन आ.व २०८०/८१ तथा  बागमती प्रदेशस्तरीय ज्येष्ठ नागरिक नीति, २०८० र  नेपाल सरकारले तयार पारेको राष्ट्रिय वृद्ध नीति, २०८० मा वृद्धको समग्र स्वास्थ्य अधिकारको चर्चा भए पनि यौन स्वास्थ्यलाई प्राथमिकतामा नराखिएको देखिन्छ।


•    वृद्ध सेवा संस्थामा यौन अधिकार र गोपनीयता संरक्षण गर्ने स्पष्ट नीति लागू गर्नुपर्छ।
•    स्वास्थ्यकर्मी र सेवा प्रदायकलाई वृद्धावस्थाको यौनिकता, समावेशीता र सहमतिको विषयमा तालिम दिनुपर्छ।
•    समुदायस्तरमा यौन स्वास्थ्य जोखिम, मिथक तोड्ने, र वृद्धको यौन सक्रियतालाई स्वीकार गर्ने कार्यक्रम आवश्यक छ।
•    परिवार, प्रहरी र सेवा प्रदायकलाई यौन दुर्व्यवहार चिन्न, रोक्न र रिपोर्ट गर्न तालिम दिनुपर्छ।
•    संज्ञानात्मक समस्या भएका वृद्धमा सहमतिको स्पष्ट परिभाषा र कानुनी मापदण्ड आवश्यक छ।
•    भवन डिजाइन, हेरचाह प्रणाली र सामाजिक कार्यक्रमले वृद्धको स्वतन्त्रता, गोपनीयता र यौनिकताको सम्मान गर्नुपर्छ।

वृद्धावस्थामा यौनिकता बुझ्न बहुस्तरीय संयन्त्रहरूको जटिल अन्तरक्रिया अवलोकन आवश्यक छ। आन्तरिक विश्वास, पारस्परिक सम्बन्ध, सामाजिक-सांस्कृतिक मान्यता र संरचनात्मक वातावरण सबैले वृद्धको यौन जीवनको गुणस्तर निर्धारण गर्छ। पूर्वाग्रह र मिथक तोड्दै, समावेशी नीति, संवेदनशील सेवा र सकारात्मक सामाजिक दृष्टिकोण विकास गर्न सके मात्र वृद्ध व्यक्तिको यौनिकता सुरक्षित, सम्मानित र समृद्ध बन्न सक्छ। यसले वृद्धको समग्र जीवन सन्तुष्टि, मानसिक स्वास्थ्य र मानव अधिकार प्रवर्द्धनमा योगदान पुर्यासउँछ
अध्ययन अनुशन्धानमा संलग्न लेखक अधिकारी नेसनल इन्स्टिच्युट अन एजिङ एण्ड हेल्थका सहसंस्थापक समेत हुन् भने सुरुवातमा अध्ययन संयोजक छन् 

स्रोत सामाग्रीहरू
•    DeLamater, J. (2012). Sexual expression in later life: A review and synthesis. Journal of Sex Research, 49(2–3), 125–141. doi:10.1080/00224499.2011.603168
•    Kasif, T., & Band-Winterstein, T. (2017). Older widows’ perspectives on sexuality: A life course perspective. Journal of Aging Studies, 41, 1–9. doi:10.1016/j.jaging.2017.01.002
•    Estill, A., Mock, S. E., Schryer, E., & Eibach, R. P. (2018). The effects of subjective age and aging attitudes on mid-to late-life sexuality. Journal of Sex Research, 55(2), 146–151. doi:10.1080/00224499. 2017.1293603
•    Myhre, J., Saga, S., Malmedal, W., Ostaszkiewicz, J., & Nakrem, S. (2020). Elder abuse and neglect: An overlooked patient safety issue. A focus group study of nursing home leaders’ perceptions of elder abuse and neglect. BMC Health Services Research, 20, 199. doi:10.1186/s12913-020-5047-4
•    A qualitative analysis of homepage advertisements of dating sites for older adults. Computers in Human Behavior, 75, 876–882. doi:10.1016/j.chb.2017.06.033 
•    Fredriksen-Goldsen, K. I., Jen, S., Clark, T., Kim, H.-J., Jung, H., & Goldsen, J. (2020). Historical and generational forces in the Iridescent Life Course of bisexual women, men, and gender diverse older adults. Sexualities, 25(1–2), 132–156. doi:10.1177/1363460720947313
•    Gewirtz-Meydan A., Hafford-Letchfield T., Benyamini Y., Phelan A., Jackson J., & Ayalon L. (2018). Ageism and sexuality. In L. Ayalon & C. Tesch-Römer (Eds.), Contemporary perspectives on ageism. International perspectives on aging (Vol. 19). Springer. doi:10.1007/978-3-319-73820-8_10
•    Gott, M., Hinchliff, S., & Galena, E. (2004). General practitioner attitudes to discussing sexual health issues with older people. Social Science and Medicine, 58(11), 2093–2103. doi:10.1016/j. socscimed.2003.08.025

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले आफ्नो वेबसाइटमा रहेको सुरक्षा कमजोरी पत्ता लगाइदिने दुई नेपाली इथिकल ह्याकरलाई सम्मान गरेको छ । सुनसरीका १७ वर्षीय अक्सर ओझा र विराटनगरका २३ वर्षीय आयुष पोखरेललाई नासाले बिहीबार ईमेलमार्फत कदर पत्र पठाएर उनीहरूको योगदानको प्रशंसा गरेको हो ।

उनीहरूले नासाको ‘बगक्राउड भल्नरेबिलिटी डिस्क्लोजर प्रोग्राम’ मार्फत गत मे १४ मा नासाको वेबसाइटमा रहेको ‘पी-थ्री’ लेभलको मध्यम स्तरको कमजोरी पत्ता लगाएर रिपोर्ट गरेका थिए । अक्सरले भने, “पहिला पत्ता लगाउँदा पी-फाइभ लेभलको कमजोरीको रूपमा राखिएको थियो । चार/पाँच महिनापछि मात्र यो बग पी-थ्री मा गएर बस्यो ।”

रिपोर्टपछि नासाले उक्त कमजोरीलाई समाधान गर्दै ओझा र पोखरेललाई सम्मानस्वरुप कदर पत्र पठाएको हो । यसअघि उनीहरूको नाम दुई हप्ताका लागि नासाको ‘हल अफ फेम’ मा राखिएको थियो ।

उनीहरूले पत्ता लगाएको कमजोरीमा ‘रिफ्लेक्टेड एक्सएसएस’ तथा ‘​रिडाइरेक्सन’ जस्ता जोखिम समावेश थिए । रिफ्लेक्टेड एक्सएसएसमार्फत आक्रमणकारीले वेबसाइटमा कोड घुसाएर प्रयोगकर्ताको पासवर्ड चोर्ने वा ब्राउजर नियन्त्रण गर्ने जोखिम हुन्छ भने रिडाइरेक्सनले प्रयोगकर्तालाई आधिकारिक वेबसाइटको सट्टा झुक्याएर अन्य गलत साइटमा पुर्‍याउने खतरा रहन्छ ।

अक्सर र आयुषको भेट गत वर्ष साइबर सुरक्षा सम्बन्धी ६ महिने तालिम लिँदा भेट भएको थियो । त्यसपछि इथिकल ह्याकरको लाइसेन्स पनि लिएको अक्सरले सुनाए । उनले भने, “क्लास सक्किने बेलाबाट नै आयुष दाई र म मिलेर बग बाउन्टी गर्न थालेका हौँ । बग बाउन्टीको केही समयमा नै नासाबाट कदर पत्र पाउँदा हौसला मिलेको छ ।”

कक्षा १२ उत्तीर्ण गरेका अक्सर स्नातक तहमा साइबर सुरक्षा पढ्न बेलायत जाने तयारीमा छन् भने आयुष केही दिनअघि मात्रै अध्ययनका लागि बेलायत पुगिसकेका छन् । उनीहरूले भविष्यमा साइबर सुरक्षाको क्षेत्रमा विज्ञता हासिल गरी विश्व बजारमा नेपालको नाम चिनाउने लक्ष्य राखेका छन् ।

पछिल्लो अध्यावधिक: असार १४, २०८२ ११:६





सामाग्री श्रोत :
टेक पाना

Ncell 2
Ncell 2

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि काठमाडौं गुर्खाजले ६ खेलाडी रिटेन गरेको छ । गुर्खाजले सामाजिक संजालमार्फत कप्तान करण केसीसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको छ ।

रिटेन हुने खेलाडीमा केसीसहित भीम सार्की, शाहव आलम, दीपेश कंडेल, रसिद खान र प्रतीक श्रेष्ठ छन् । काठमाडौंबाट कृष्ण कार्की, सुमित महर्जन, शंकर राना, राजु रिजाल र विवेक केसी रिलिज भएका छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्नेहरूलाई सार्वजनिक गर्ने गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानको अभियानलाई समर्थन गरेका छन् । शनिबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उनले ‘परपीडक प्रवृत्ति’बाट समाजलाई बचाउन गायिकाद्वयले अपनाएको तरिका सही भएको बताएका हुन् ।

पछिल्लो समय गायिकाद्वय अधिकारी र चौहानले सामाजिक सञ्जालमा आफूहरूमाथि अभद्र र अपमानजनक भाषा प्रयोग गर्ने व्यक्तिहरूको नाम, फोटो र प्रोफाइलसहितको टिप्पणी सार्वजनिक गर्ने अभियान चलाइरहेका छन् । उनीहरूको यो कदमले सामाजिक सञ्जालमा हुने गालीगलौज र अभद्रतालाई निरुत्साहित गर्ने चर्चा चलिरहेको बेला प्रधानमन्त्रीको समर्थन आएको हो ।

प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, “आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ । समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो ।”

प्रधानमन्त्री ओलीले उनीहरूलाई ‘साहसी छोरीहरू’ को संज्ञा दिँदै सकारात्मक काम गर्नेहरूले गालीगलौजबाट हतोत्साहित हुन नहुनेमा जोड दिए । “समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो। राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन,” ओलीले थपे ।

गायिकाद्वयको व्यक्तिगतस्तरको अभियानमा देशको कार्यकारी प्रमुखले नै खुलेर समर्थन जनाएका हुन् । रोचक त के छ भने प्रधानमन्त्री ओली स्वयं सामाजिक सञ्जालमा सबैभन्दा बढी आलोचना र व्यङ्ग्यको सिकार हुने राजनीतिक व्यक्तित्वमध्ये पर्छन् । यस्तो पृष्ठभूमिमा उनले सामाजिक सञ्जालको अभद्रता विरुद्ध उठेको आवाजलाई समर्थन गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सम्बन्धित समाचार:

सामाजिक सञ्जालमा गाली गर्नेलाई सार्वजनिक गर्दै सेलेब्रेटीहरू

कारबाही नहुँदा गाली गर्नेलाई सार्वजनिक गर्दै कलाकार, नेताको उजुरीमा मात्रै ब्युरोको एक्सन ?

सुरक्षा पन्तलाई ढाडस दिँदा ऋचा शर्मालाई फेसबुकमा अभद्र गाली, सार्वजनिक गरिन् स्क्रिनशट

​टिकटकका पुराना भिडिओ क्लिप प्रयोग गरी समाचार बनाइएपछि गायिका एलिना चौहानको आपत्ति

पछिल्लो अध्यावधिक: असार १४, २०८२ ९:४८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्ती शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेकपा एमाले र यसमा आवद्ध विभिन्न संघसंगठनले देशभर कार्यक्रम गर्दै छन् ।

जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे विशेष कार्यक्रमको आयोजना गर्दैछ ।

Ncell 2
Ncell 2

कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

मार्क्सवादको नवीन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्तका प्रवर्तक मानिने मदन भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो ।

२०५० जेठ ३ गते पार्टी कामको सिलसिलामा पोखराबाट चितवन जानेक्रममा दासढुङ्गा दुर्घटनामा भएको जिप दुर्घटनामा भण्डारीसहित एमाले सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट