
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले युवाहरुले देशभित्रै गर्न सक्छु भन्ने दृढ आत्मविश्वास जगाउनु पर्ने बताएका छन ।
सोमवार राष्ट्रिय युवा परिषदद्धारा आयोजित युवा उद्यमशीलता प्रर्वद्धन सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले उर्जावान युवा देशको प्रमुख शक्तिश्रोतको रुपमा रहेको बताउँदै उनीहरुले स्वदेशमै उद्यमशीलता गर्नु पर्ने बताएका हुन ।
मन्त्री भण्डारीले बाध्यात्मक वैदेशिक रोजगारलाई अगामी दश बर्ष भित्र अन्त्य गर्नका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा कार्यक्रम घोषणा गरेको बताए । उनले भने, ‘वैदेशिक रोजगार स्वेच्छिक हुनुपर्छ, बाध्यमात्मक हुनुहुँदैन । स्वेच्छाले जानेहरुलाई रोक्न सकिँदैन । तर, रोजगारी नपाएर बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारमा जानेहरुलाई देश भित्रै रोजगारको अवसरा सृजना गर्न श्रम मन्त्रालय संरचना र नीति निर्माण सहित कार्य गरिरहेको छ ।’
उनले रोजगारी सृजना गर्ने कार्य निजी क्षेत्रको भएको हुनाले उत्पादन र उत्पादकत्व बढे स्वतः रोजगारी सृजना हुने जिकिर गरे । संसारको जुनसुकै देशमा सरकारले सिमित संख्यामा मात्रै रोजगारी सृजना गर्ने गरेको बताउँदै निजी क्षेत्रसँगको समन्वय, सहकार्य गरी रोजागरीको विभिन्न अवसरहरु सृजना गर्न सरकारले आवश्यक निती नियम सुधार गरेर जानुर्पेमा जोड दिए ।
मन्त्री भण्डारीले देशभित्रै रहेका रोजगारीका सम्भवानाहरुलाई सही तरिकाले सदुपयोग गर्न नसकेको अवस्था गम्भीर चिन्ताको बिषय भएको बताए । उनले नेपालीहरु थोरै पैसाका लागि विदेशिनु भन्दा स्वदेश मै स्वरोजगार गरेर बस्न सुझाए ।
अगाडि उनले थपे, नेपालीहरु केवल बैदेशिक रोजगारमा जाने मात्रैहरुको लर्काे मात्रै छैन, वैदेशिक रोजगारमा गएकाहरु सीप, ज्ञान, थोरै भएपनि पुँजी लिएर फर्केर आउनेहरुको संख्यामा पनि उत्तिकै रहेको बताए ।
मन्त्री भण्डारीले नेपाली श्रमबजारमा प्रत्येक बर्ष पाँच लाख श्रमशक्ति आउने गरेको जिकिर गर्दै ति श्रमशक्तिहरुलाई सीप र क्षमता अभिवृद्धि विकास गर्न सके देश भित्रै रोजगारीको अवसरलाई सदुपयोग गर्न सकिने बताए ।
सामाग्री श्रोत :
deshparadesh
काठमाडौँ । नेपालमा ८५ प्रतिशत अभिभावकले आफ्ना सन्तानसँग अनलाइनमा हुने यौन शोषण र दुर्व्यवहार जस्ता संवेदनशील विषयमा कहिल्यै कुराकानी नगर्ने एक अध्ययनले देखाएको छ । अनलाइन बाल सुरक्षाको क्षेत्रमा कार्यरत संस्था ‘चाइल्डसेफनेट’ले शुक्रबार ललितपुरमा सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो तथ्य उजागर गरेको हो ।
उक्त अनुसन्धान प्रतिवेदनलाई ‘नेपालमा अनलाइन यौन शोषण र दुर्व्यवहारबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न अभिभावकको भूमिकाको अभिवृद्धि’ शीर्षक दिइएको थियो । यसलाई राष्ट्रिय बालअधिकार परिषद्की सदस्य-सचिव इन्द्रादेवी ढकाल र चाइल्डसेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीले संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।
कार्यक्रममा बोल्दै सदस्य सचिव ढकालले प्रविधिको विकाससँगै बालबालिकामाथि अनलाइन हिंसाको जोखिम बढेको उल्लेख गर्दै यस्तो संवेदनशील विषयमा चाइल्डसेफनेटले गरेको अध्ययन सराहनीय रहेको बताइन् ।
सेफ अनलाइन फण्ड र टेक कोअलिसनको सहयोगमा काठमाडौँ र ललितपुरका ९०० अभिभावकमाझ गरिएको सर्वेक्षणमा आधारित अध्ययनले अनलाइन जोखिमबारे अभिभावक चिन्तित भएपनि उनीहरूमा बालबालिकालाई जोगाउन आवश्यक ज्ञान र सहयोगको अभाव रहेको देखाएको छ ।
अध्ययनका प्रमुख अनुसन्धानकर्ता अनिल रघुवंशीका अनुसार अभिभावकले आफ्ना बच्चासँग यस्ता विषयमा कुरा गर्न असहज मान्ने, जानकारीको अभाव हुने तथा विषयवस्तु उमेर अनुकूल नभएको ठान्ने गरेका छन् ।
प्रतिवेदनले ४५ प्रतिशत बालबालिकाको आफ्नै स्मार्टफोन र ३४ प्रतिशतको आफ्नै सामाजिक सञ्जाल अकाउन्ट रहेको देखाएको छ । अधिकांश बालबालिकाले अभिभावकको निगरानीबिना नै इन्टरनेट चलाउने गरेका छन् । यसले गर्दा उनीहरूलाई वयस्क सामग्री र अनलाइन ग्रुमिङको जोखिममा पारेको अध्ययनले देखाएको छ ।
अध्ययनअनुसार ७३ प्रतिशत अभिभावकले अहिलेसम्म कुनै पनि प्यारेन्टल कन्ट्रोल (अभिभावकीय नियन्त्रण) संयन्त्र प्रयोग गरेका छैनन् । बालबालिकाको अनलाइन सुरक्षाका लागि अभिभावक नै प्रत्यक्ष सचेतनामूलक कार्यक्रम चाहने अध्ययनले देखाएको छ । ७० प्रतिशत अभिभावकले बाल साइबर सुरक्षा विज्ञद्वारा सञ्चालन गरिने कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा अभिभावकीय शिक्षा प्रशिक्षक डिसु भण्डारी मानन्धर र बाल शल्यचिकित्सक डा. नृपेश राजभण्डारीले बालबालिकालाई अनलाइन दुर्व्यवहारबाट जोगाउन अभिभावकको भूमिकाबारे छलफल गरेका थिए । यहाँ क्लिक गरेर अनुसन्धान प्रतिवेदन डाउनलोड गर्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: असार १६, २०८२ १६:११
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ– शिक्षामन्त्री रघुजी पन्त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन्।
सोमबार दिउँसो शिक्षा मन्त्री पन्त देउवालाई भेट्न सानेपा पुगेका हुन्।
ललितपुरको सानेपास्थित देउवाको कार्यकक्षमा उनीहरूबीच छलफल जारी छ।छलफलमा कांग्रेसका श्याम घिमिरे पनि सहभागी छन्।
शिक्षा विधेयकमा मिल्न नसकेका विषयमा सहमति जुटाउने प्रयास स्वरूप शिक्षामन्त्री पन्त देउवा भेट्न सानेपा पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । उच्च शिक्षाको सपना बोकेर सात महिनाअघि अस्ट्रेलिया पुगेका नेपाली विद्यार्थी दिपेश त्रिपाठीले दुःखले कमाएको करिब १२ लाख रुपैयाँ (९,००० अस्ट्रेलियन डलर) क्रिप्टोकरेन्सी स्क्याममा गुमाएका छन् । विश्वविद्यालयको शुल्क तिर्न नसकेर भिसा नै रद्द हुने अवस्थामा पुगेका दिपेशको जीवनमा एक अस्ट्रेलियन कन्टेन्ट क्रियटर ‘सहयोगी’ बनेर आएपछि उनलाई राहत मिलेको छ ।
गार्डेनरको काम गरेर जम्मा गरेको उक्त रकम उनले आफ्नो एकल आमालाई आर्थिक भार कम होस् भन्ने उद्देश्यले क्रिप्टोकरेन्सीमा लगानी गर्ने निर्णय गरेका थिए । तर पियर-टु-पियर (व्यक्तिबाट व्यक्तिसम्म) विधिबाट आफ्नो डिजिटल मुद्रा बेच्ने क्रममा उनी एक ठगको फन्दामा परे । ठगले प्लेटफर्मको आधिकारिक मेसेज जस्तै देखिने नक्कली इमेल पठाएर भुक्तानी भइसकेको भ्रम सिर्जना गर्यो । त्यही झुटो सूचनालाई विश्वास गर्दा दिपेशले आफ्नो सबै सम्पत्ति गुमाउन पुगे ।
“मसँग जम्मा ५ डलर बाँकी थियो । विश्वविद्यालयमा शुल्क बुझाउने म्याद सकिन एक दिन मात्र बाँकी थियो । शुल्क तिर्न नसके मेरो भिसा रद्द हुन्थ्यो,” आफ्नो पीडा सुनाउँदै दिपेश भन्छन्, “म यति धेरै रोएँ कि, आँखामा आँसु नै सकियो । म पूरै निराश भइसकेको थिएँ ।”
दिपेशलाई उनका बुबाले सानैमा छाडेका थिए भने आमाले सामान्य जागिरको भरमा उनलाई हुर्काएर अस्ट्रेलिया पठाएकी थिइन् । अस्ट्रेलियामा दुःखमा परेकालाई सहयोग गर्ने कन्टेन्ट क्रियटर सामुएल वेडेनहोफरले विभिन्न किसिमका भिडिओ र पोस्ट राख्दै आइरहेका छन् । उनले सहयोग आवश्यक पर्नेले मेसेज गर्नु भन्दै पोस्ट पनि राखिरहेका हुन्थे । सम्भवतः दिपेशले सामुएलको कुनै पोस्ट देखे र आफ्नो कथा पठाए । (यद्यपि यो विषय भने खुल्न सकेको छैन ।)
दिपेशको कथा सुनेपछि सामुएलले उनको कथा बाहिर ल्याउन एउटा भिडिओ शुट गरे । त्यसमा सामुएल एउटा क्याफेमा दिपेश पढिरहेको ठाउँमा अपरिचित बनेर पुग्छन् । र, आफ्नो वालेट हराएका कुरा सुनाउँछन् । र, केही खानेकुरा भए सहयोग गर्नुहोस् भन्छन् । आफ्नो खल्तीमा जम्मा पाँच डलर मात्र हुँदा पनि दिपेशले उनलाई केही किनिदिने प्रस्ताव गर्छन् । र, भेन्डिङ मसिनबाट खानेकुरा किनेर ल्याइदिन्छन् ।
त्यसपछि सामुएलले तपाईंले मलाई किन सहयोग गर्नुभयो भन्ने प्रश्न राख्छन् । जवाफमा दिपेशले आफूलाई पनि सहयोग चाहिएकाले सहयोग गरेको सुनाउँछन् । र, आफ्नो कथा सामुएलसामु राख्छन् । दिपेशले आफ्नो सम्पूर्ण पीडा सुनाएपछि सामुएलले तत्काल उनलाई ५०० डलर दिन्छन् । र, अरूलाई निःस्वार्थ सहयोग गर्ने दिपेशलाई सहयोगको खाँचो परेकाले सबै मिलेर सहयोग गर्न आह्वान गर्छन् ।
अनि उक्त भिडिओको क्याप्सनमा ‘गो फन्ड मि’को लिङ्क राखिदिन्छन् । उक्त भिडिओले फेसबुक, इन्स्टाग्राम र टिकटकमा व्यापक चर्चा पायो । २४ हजार डलरको लक्ष्य राखिएको उक्त अभियानमा केही दिनमै २१ हजार डलरभन्दा बढी रकम संकलन भइसकेको छ ।
सामुएलले राखेको पोस्टपछि उनको सामाजिक सञ्जालका अकाउन्टमा आएको दिपेशको कथाले भिडिओ स्क्रिप्टेड भएको सङ्केत गर्छ । साथै दिपेशले आफूले तीन दिनदेखि केही नखाएको समेत बताउँछन् । तीन दिनदेखि केही नखाएको व्यक्तिले कसरी अर्कोलाई खानाकै लागि सहयोग गर्न खोज्छ भन्ने आशंका उक्त पोस्टको कमेन्टमा धेरैले गरेका छन् । त्यसबाहेक त्यसमा देखिएका अन्य गतिविधिले पनि भिडिओ स्क्रिप्टेड भएको सङ्केत गर्छ ।
केहीले भिडिओ स्क्रिप्टेड भए पनि सामुएलले नेपालीको पीडादायी कथा बाहिर ल्याएको भन्दै प्रशंसा गरिरहेका छन् । केहीले भने सामाजिक सञ्जालको सही सदुपयोग भन्दै अभियानलाई साथ दिएका छन् । यस विषयमा विस्तृत जानकारी लिन टेकपानाले दिपेशलाई सम्पर्क गर्ने प्रयास गरिरहेको छ ।
पछिल्लो अध्यावधिक: असार १६, २०८२ १५:१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले हाल इजरायल–इरानबीच उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावलाई गम्भीरताका साथ लिँदै ती क्षेत्रहरूमा रहेका नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताएकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयकअन्तर्गतको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले भनिन्, ‘मन्त्रालयले जुन १५ मा विस्तृत सम्पर्क विवरणसहितको यात्रासम्बन्धी जानकारी जारी गरी हाल इजरायल तथा इरानमा रहनुभएका नेपालीलाई सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन अनुरोध गरिएको छ ।’
मन्त्री राणाले सम्बन्धमा समृद्ध मुलुकमा रहेका नेपाली राजदूतहरूलाई नेपाली नागरिकको सुरक्षाका लागि समन्वय गर्न निर्देशन दिइएको बताइन् । यही जुन १७ तारिखमा ‘अनलाइन पोर्टल’ खोलेर नेपालीहरूको विवरण लिन सुरू गरिएको उल्लेख गर्दै उनले उक्त पोर्टलमा हालसम्म ८८५ जनाले विवरण दर्ता गरेको र विवरण दर्ता गर्ने क्रम बढ्दै गएको जानकारी गराइन् ।
मन्त्री राणाले भनिन्, ‘यही जुन १८ तारिखमा ती मुलुकहरूमा हाल हवाई मार्ग बन्द रहेको अवस्थामा सुरक्षित स्थान वा सीमावर्ती मुलुकमा जान चाहने नेपालीलाई अनलाइन भिषा उपलब्ध गराउनेलगायता काममा सहजीकरण गरिदिनका लागि खाडीस्थित सबै नेपाली नियोगहरूलाई निर्देशन दिइएको छ ।’
यस सन्दर्भमा जोर्डन सरकारले १९ जुन २०२५ मा एक नोट लेखी इजरायलबाट आफ्नो सीमामा आउने विदेशी नागरिकहरूलाई आवश्यक सहयोग गर्ने व्यहोरा उल्लेख गरेको उनले बताइन् । साथै आएएलओ र आएओएमसँग पनि यस विषयमा सहजीकरणका लागि नेपाली राजदूतावासद्वारा पत्राचार भएको उनले जानकारी दिइन् ।
मन्त्री राणाले इरानमा रहेका १६ जना नेपालीलाई उद्धार गरिदिन भारत सरकारलाई अनुरोध गरिएकामा इरानस्थित भारतीय राजदूतावासको सहयोगमा ११ जनालाई नेपाल फर्काउने प्रक्रिया सुरू भएको जानकारी गराइन् । बाँकी पाँचजना अध्यागमन कानुनका कारण थुनामा रहेकाले कागजी प्रक्रिया पूरा गरी स्वदेश फर्काउन मन्त्रालयले नेपाली राजदूतावास, दोहामार्फत पहल गरिरहेको जनाएको छ । साथै उनले सरोकारवाला निकायहरूसँग समन्वय एवं द्रूत सुनुवाइ समूहको गठनमार्फत इजरायल र इरानबाट शीघ्र उद्धार तथा स्वदेश फिर्तीको पहल भइरहेको बताइन् ।
मन्त्री राणाले विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले सुरूदेखि नै उच्च तहमा द्विपक्षीय र बहुपक्षीयस्तरमा कूटनीतिक पहललाई निरन्तरता दिइआएको बताइन् । यस सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपतिसँग टेलिफोनमार्फत अपिल गरेका थिए । त्यस्तै, सभामुख देवराज घिमिरेले अरब संसद्का अध्यक्षलाई अनुरोध गर्दै पत्र लेखेका थिए । मन्त्री राणाले कतार र संयुक्त अरब इमिरेटसका परराष्ट्र राज्यमन्त्रीहरू तथा इजिप्ट, टर्की र इरानका परराष्ट्रमन्त्रीहरूलाई पत्र लेखी अनुरोध गरेका थिए ।
सामाग्री श्रोत :
deshparadesh
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट आइतबार पारित भएको छ।अब उक्त विधेयक थप छलफलका लागि राष्ट्रिय सभामा जाने छ।
प्रतिनिधि सभाबाट पारित भएको विधेयक हुबहु पारित भएर आयो भने यसले स्वास्थ्य बीमा कार्यक्रमलाई भने थप कमजोर बनाउने देखिएको छ। विधेयकमा स्वास्थ्य बीमाका विषयमा रहेको व्यवस्थाले हालको स्वास्थ्य बीमा ऐन अनुसार स्वास्थ्य बीमा बोर्डबाट अगाडि बढीरहेका कार्यक्रमहरुलाई नै चिनेको छैन।
विधेयकको दफा ५२ मा स्वास्थ्य बीमा सम्बन्धी योजना लागु गर्ने व्यवस्था रहेको छ। तर उक्त व्यवस्थामा स्वास्थ्य बीमा बोर्ड अन्तर्गतको कार्यक्रमलाई ‘आउट’ गर्दै निजामती कर्मचारीको स्वास्थ्य बीमा सामाजिक सुरक्षा कोषसँग आबद्ध गरी गर्ने भनिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य बीमा बोर्ड स्वास्थ्य बीमा ऐन र नियमावली अनुसार निजामती कर्मचारीसहित औपचारिक क्षेत्रका कर्मचारीलाई बीमामा ल्याउने प्रक्रिया अगाडि बढाइरहेको समयमा संसदबाट पारित विधेयकले स्वास्थ्य बीमा बोर्डलाई कानुनी रुपमा नै ‘आउट’ गर्दै सामाजिक सुरक्षा कोषलाई ‘इन’ गरेको छ। विधेयकमा गरिएको उक्त प्रस्ताव हालको बीमा ऐन विपरित रहेको र यसले स्वास्थ्य बीमा कार्यक्रमलाई थप कमजोर बनाउने भन्दै स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य मन्त्रालयले उक्त व्यवस्था संशोधनका लागि सांसदहरुसँग छलफल अगाडि बढाउने तयारी गरेको छ।
‘नेपाल सरकारले निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारका सदस्यको औषधि उपचारको लागि प्रचलित कानूनबमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बीमा योजना लागु गर्नेछ,’ विधेयकको दफा ५२ मा भनिएको छ।
विधेयकमा गरिएको उक्त व्यवस्था हालको स्वास्थ्य बीमा ऐनसँग बाझिने गरी आएकाले उक्त व्यवस्था संशोधन गर्न आवश्यक रहेको बताउँछन् स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्र थापा। ‘स्वास्थ्य बीमा ऐनमा सबै नागरिकलाई स्वास्थ्य बीमा ऐनमा आबद्ध गराउने व्यवस्था रहेको छ। त्यसै अनुसार बीमा बोर्डले काम अगाडि बढाइरहेको समयमा संसदबाट नै स्वास्थ्य बीमा ऐनको कार्यान्वयनमा नै असर गर्ने गरी र बाझिने गरी नयाँ व्यवस्था ल्याउनु हुँदैन भन्ने हाम्रो बुझाइ हो,’ उनले भने, ‘हामी उक्त व्यवस्था संशोधनका लागि सांसदहरुसँग आग्रह गर्छौं।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण पौडेलले पनि निजामती विधेयकमा गरिएको प्रस्तावले स्वास्थ्य बीमा कार्यक्रमलाई थप कमजोर बनाउने डर बढेको बताए। ‘विधेयकमा रहेको उक्त व्यवस्था संशोधन गरेर स्वास्थ्य बीमा बोर्ड अन्तर्गत नै हुनुपर्छ भन्ने विषयमा स्वास्थ्य मन्त्रालयमा छलफल भइसकेको छ,’ उनले भने, ‘छरिएर रहेका सामाजिक सुरक्षाका कार्यक्रम समेत स्वास्थ्य बीमामा ल्याउनुपर्छ भन्ने सरकारको नीति तथा कार्यक्रममा आइरहेको अवस्थामा विधेयकमा रहेको उक्त व्यवस्थाले स्वास्थ्य बीमा कार्यक्रमलाई नै थप असर गर्ने देखिएकाले मन्त्रालयले संशोधनका लागि सांसदहरुसँग पनि यस विषयमा छलफल गर्नुपर्ने देखिएको छ।’
के छ स्वास्थ्य बीमा ऐनमा?
स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ३ मा प्रत्येक नेपाली नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनुपर्ने छ भनिएको छ। सोही दफाको उपदफा ४ मा सरकारी कर्मचारी पनि आवद्ध हुनुपर्छ भनिएको छ।
‘प्रचलित कानून बमोजिम राष्ट्र सेवक मानिने व्यक्ति तथा वैदेशिक रोजगारीमा जाने कामदारको परिवारले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुपर्नेछ,’ दफा ३ को उपदफा ४ मा भनिएको छ।
सोही व्यवस्था कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले दुई साता अघि मात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत देशभरका स्थानीय तहमा रहेका कार्यालयका कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन पत्राचार गरेको छ। तर निजामती विधेयकमा गरिएको प्रस्तावले बीमा ऐन अनुसार कार्यान्वयनमा अगाडि बढेको उक्त प्रक्रिया समेत अवरुद्ध हुने खतरा बढेको छ।
स्वास्थ्य बीमा नियमावली अनुसार निजामती कर्मचारीसहित संगठित क्षेत्रले स्वास्थ्य बीमामा आबद्ध हुन वार्षिक योगदान रकम दश हजार रुपैयाँ भन्दा बढी नहुने गरी तलबको एक प्रतिशत रकम र सरकारले त्यसमा थप एक प्रतिशत रकम थप गरेर दुई प्रतिशत योगदान गर्ने व्यवस्था रहेको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । देश तथा विदेशमा रहेका नेपाली महिलालाई आर्थिक प्रलोभनमा पारेर अश्लील भिडिओ बनाउने र सामाजिक सञ्जालमार्फत बिक्री गर्ने गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ घर भई हाल काठमाडौँको टोखा बस्ने २९ वर्षीय रमेश थापालाई शुक्रबार पक्राउ गरेको हो ।
आरोपी थापाले टिकटक, टेलिग्रामजस्ता सामाजिक सञ्जाल प्रयोग गरी ‘नेपाली काण्ड’ नामका समूह बनाएर यस्तो धन्दा चलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार थापाले टिकटक लाइभमा ‘क्वाइन’ (भर्चुअल मुद्रा) दिने बहानामा महिलालाई अश्लील क्रियाकलापमा संलग्न गराउने गरेका थिए । टिकटकमा बढी क्वाइन दिने प्रयोगकर्तालाई ती महिलाहरूसँग छुट्टै भर्चुअल माध्यममा जोडिदिने र त्यसबापत आफूले कमिसन लिने गरेको अनुसन्धानबाट खुलेको छ ।
“उनले महिला र ग्राहकबिच सेटिङ मिलाइदिने र आफूले बीचमा कमिसन खाने गरेको देखिन्छ,” अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, “यसरी बनाइएका भिडिओलाई विभिन्न टेलिग्राम समूहमा राखेर बिक्री समेत गर्ने गरेको पाइयो ।”
प्रहरीका अनुसार यो घटनामा महिलालाई करकापमा भन्दा पनि आर्थिक प्रलोभन देखाएर सहमतिमै यस्तो कार्यमा लगाइएको देखिन्छ । अनुसन्धान अधिकृतका अनुसार थापाले करिब ६-७ महिनादेखि यो धन्दा सञ्चालन गर्दै आएका थिए ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले थापालाई टोखाबाट पक्राउ गरेको हो । यो घटनामा कुनै पीडितको उजुरी नभई प्रहरीले आफ्नै अनुसन्धान र ‘रेन्डम टेस्ट’का आधारमा कारबाही अघि बढाएको जनाएको छ ।
पक्राउ परेका थापालाई जिल्ला अदालत, काठमाडौंबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको परिसरले जनाएको छ । आरोपी थापामाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १२१ (अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने) बमोजिमको कसुरमा अनुसन्धान अगाडि बढाइएको छ ।
पछिल्लो अध्यावधिक: असार १६, २०८२ १३:५७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ– मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक भएका छन्।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गरेका हुन्।
सार्वजनिक निर्णय अनुसार सरुवा, बढुवा, नियुक्ति र प्रत्येक वर्ष असोज १५ गते राष्ट्रिय चलचित्र दिवस मनाउनेलगायत रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमश सुधार आइरहेको वीर अस्पतालले जानकारी दिएको छ।
स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वीर अस्पतालमा शनिबार भर्ना भएका मन्त्री पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै अस्पतालले सोमबार विज्ञप्ति निकालेको हो।
अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार मन्त्री पौडेलको उपचारमा अस्पतालका निर्देशक डा दिलीप शर्मा नेतृत्वको विशेषज्ञ चिकित्सकहरू संलग्न छन्।
‘माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलज्यू स्वास्थ्य उपचारको लागि मिति २०८२/०३/१४ गते यस चि.वि.रा.प्र., वीर अस्पतालमा ज्वरो आई भर्ना हुनुभएकोमा अस्पतालका निर्देशक प्राडा दिलीप शर्माको नेतृत्वमा विषेशज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको र हाल स्वास्थ्यमा क्रमिक सुधार भइरहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ,’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
अस्पतालका अनुसार ज्वरो आएपछि उनी शनिबार बेलुका वीर अस्पताल भर्ना भएका हुन्।
उनी यसअघि पनि बिरामी परेका थिए। केही दिन घरमा आराम गरेर निको भएपछि उनी नियमित काममा हिँडेका थिए।
सामाग्री श्रोत :
swasthyakhabar