२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

काठमाडौं  । आजदेखि नयाँ वर्ष २०८२ सुरु भएको छ । यसै अवसरमा यदि तपाईं नयाँ ल्यापटप किन्ने सोचमा हुनुहुन्छ भने यो लेख उपयोगी हुन सक्छ । अहिले नेपाली बजारमा ल्यापटपका विभिन्न विकल्प छन् । यीमध्ये आफ्नो आवश्यकता अनुसार सही ल्यापटप चयन गर्न पक्कै अलमलमा पर्नु भएको होला । यस्तो अवस्थामा तपाईंलाई कुनै पनि भ्रममा नपार्न र सही निर्णय लिन मद्दत गर्न हामीले ल्यापटप किन्ने बेला ध्यान दिनुपर्ने प्रमुख कुरा उल्लेख गरेका छौं:

केका लागि ल्यापटप किन्दै हुनुहुन्छ ?

सबैभन्दा पहिले तपाईं ल्यापटप किन्न चाहनुहुन्छ भने त्यसको उद्देश्य स्पष्ट गर्न अत्यन्त महत्त्वपूर्ण छ । यदि तपाईं अफिसको काम, अनलाइन क्लास वा सामान्य प्रयोगका लागि ल्यापटप खोज्दै हुनुहुन्छ भने महँगो ल्यापटपको आवश्यकता पर्दैन । नेपाली बजारमा ३४ हजार रुपैयाँ हारहारीका ल्यापटपदेखि ७० हजार रुपैयाँको रेञ्जमा पर्याप्त ल्यापटप पाइन्छ । यदि गेमिङ, एडिटिङ वा अन्य प्रोफेसनल कामका लागि ल्यापटप खोज्दै हुनुहुन्छ भने उच्च स्टोरेज र प्रोसेसर भएका महँगो मोडलहरू उत्तम विकल्प हुन् । 

कति खर्च गर्ने ?

ल्यापटप खरिद गर्दा सस्तोको पछाडि नलाग्नुहोस् । माथि पनि हामीले उल्लेख गरिसकेका छाैँ, तपाईँको आवश्यकता अनुसार बजेट पनि तय हुन्छ । २०८२ मा पछिल्लो प्रविधि र स्मार्ट फिचरहरूले सुसज्जित ल्यापटपहरू अझ बढी प्रभावकारी र दीर्घकालीन हुने भएकाले लेटेस्ट एडिसनका लागि पैसा खर्चिने हो । प्राय सस्तो रेन्जका ल्यापटपमा पनि यी फिचर पाउन सकिन्छ । तर प्रोफेसनल कामका लागि उच्च फिचर भएको ल्यापटप खोज्दै हुनुहुन्छ भने करिब एक लाख रुपैयाँ वा त्यसमाथिको बजेट तपाईँसग हुनुपर्छ । 

प्रोसेसर र र्‍याम

यसपालि ल्यापटप किन्दा कमसेकम इन्टेल आईफाइभ प्रोसेसरको थर्टिन्थ जेनेरेसन वा कुनै लेटेस्ट प्रोसेसर रोज्नुहोस् । साथमा, कमसेकम ८ जीबी र्‍यामको सुविधा हुनु अत्यन्त महत्त्वपूर्ण छ । उच्च प्रोसेसर र र्‍यामले तपाईंको ल्यापटपलाई फास्ट र प्रभावकारी बनाउन मद्दत गर्छ ।

ल्यापटपको लुक्स र साइज

आजकल हलुका र स्लिक डिजाइनका ल्यापटपहरू फेसनको रूपमा परिणत भएका छन् । १४ इन्चको ल्यापटपहरू धेरै लोकप्रिय छन् जसले तपाईँलाई पोर्टेबल र आकर्षक अनुभव दिन्छ । यदि तपाईंलाई लामो समयसम्म ल्यापटपमा काम गर्नु पर्छ भने १५.६ इन्चको ल्यापटप पनि एक उत्तम विकल्प हो । यद्यपि, तपाईंको आवश्यकताको आधारमा यसको तौल र साइजको ध्यान दिनुहोस् ।

डिस्प्ले र कनेक्टिभिटी

स्मार्ट डिस्प्ले पनि ल्यापटपको महत्त्वपूर्ण पक्ष हो । कम्तीमा ७२०पी रेजोलुसनसँगको नन-रिफ्लेक्टिभ स्क्रिन ल्यापटप चयन गर्नुहोस् । यसले तपाईंको आँखा थाक्दैन र सफा दृश्य दिन्छ । कनेक्टिभिटी पोर्टहरूको बारेमा सोच्दा कमसेकम यूएसबी टाइप-ए, यूएसबी टाइप-सी, हेडफोन ज्याक, ल्यान पोर्ट र एचडीएमआई पोर्ट जस्ता आधारभूत पोर्टहरू त हुनैपर्यो ।

सस्तो र महँगोबिच सन्तुलन

ल्यापटप खरिद गर्दा सस्तो र महँगो बिचको सन्तुलन मिलाउनु महत्त्वपूर्ण छ । सस्तो ल्यापटपले तपाईंलाई तत्काल समाधान दिन सक्छ, तर त्यसको कार्यक्षमता र दीर्घकालीन उपयोगिता सीमित हुन सक्छ । महँगो ल्यापटपले तपाईंको आगामी वर्षको काम र अध्ययनमा थप सुविधा र पर्फर्मेनेन्स दिन सक्छ ।

नयाँ वर्षको अवसरमा ल्यापटप खरिद गर्दा प्रविधिको स्पेसिफिकेशन ध्यान त दिनु नै पर्छ, सँगै आफ्नो बजेट र आवश्यकता पनि ख्याल गर्नुहोस् । साथै कम्पनीहरूले पनि नयाँ वर्षको अवसरमा आकर्षक स्किम र अफर ल्याएका हुन सक्छन् । यी अफरहरू अध्ययन गरेर विभिन्न ब्रान्डहरूको मूल्य, वारन्टी र विशेष छुटको बारेमा जानकारी लिनुहोस्।  यसरी, तपाईं आफ्ना लागि उत्तम निर्णय लिन सक्नुहुन्छ र नयाँ वर्ष २०८२ को सुरुवातसँगै राम्रो ल्यापटप खरिद गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ १८:७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नेपाल शिक्षक महासंघको आन्दोलनका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज खुल्लापत्र लेख्दै उनले शिक्षकका माग सम्बोधन गर्न आग्रह गरेका हुन्।

‘सरकार किन गम्भीर हुँदैन, के शिक्षकको शालिनतालाई कमजोरीका रूपमा त हेरिएको होइन ?’ सहमहामन्त्री परियारले प्रश्न गर्दै खुल्लापत्रमा लेखेका छन्, ‘यदि सरकारले १-२ दिनभित्र आन्दोलनका माग समाधान नभएमा कांग्रेसले पनि यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ भनेर मेरो पार्टीसंँग समेत जोडदार माग रहनेछ।’

महासंघले विगत वर्षदेखि चरणबद्ध आन्दोलन गर्ने क्रममा गत चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेको छ। विगतमा महासंघसँग सरकारले पटक–पटक सम्झौता गरेको विषय स्मरण गराउँदै प्रतिनिधिसभा सदस्य परियारले जायज मागमा कांग्रेसको समर्थन रहेकोसमेत खुल्लापत्रमा उल्लेख गरेका छन्।

‘पार्टीको तर्फबाट अनौपचारिक रूपमा सरोकार भएका मन्त्रीसँग बारम्बार छलफल भएको छ। तथापि आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद् पक्ष हो’, उनले भनेका छन्।


सामाग्री श्रोत :

शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई परियारको खुल्लापत्र

काठमाडौँ । गुगलको पछिल्लो ह्वाइटपेपर जेमिनाई जस्ता लार्ज ल्याङ्वेज मोडेल-एलएलएम (LLM) का लागि प्रभावकारी प्रम्प्टहरू कसरी लेख्ने भन्ने विषयमा प्रयोगकर्ताहरूलाई मार्गदर्शन गर्न तयार पारिएको हो । ओपनएआईको च्याटजीपीटीले अत्यधिक सफलता पाएसँगै  जेनेरेटिभ एआई टुलहरूका लागि राम्रो प्रम्प्ट तयार पार्नु आफैमा एक विशेष सीप बनेको छ । यसले प्रम्प्ट इन्जिनियरिङ भनेर चिनिने एउटा नयाँ सीपको जग बसालेको छ।

प्रविधि अत्यधिक विकसित र व्यापक रूपमा अपनाउँदै जाँदा एआईबाट प्राप्त हुने नतिजाहरूको गुणस्तर प्रयोगकर्ताहरूले कसरी एलएलएमलाई स्पष्ट र प्रभावकारी रूपमा निर्देशन दिन्छन् भन्ने कुरामा निर्भर हुन्छ । “एलएलएम निर्देशन (instructions) पालना गर्न भारी मात्रामा रहेका डेटामा प्रशिक्षित गरिएका हुन्छन् । त्यसैले तिनीहरू प्रम्प्ट बुझ्न र जवाफ तयार पार्न सक्छन् । 

तर एलएलएम पर्फेक्ट छैनन्; तपाईँको प्रम्प्ट टेक्स्ट जति स्पष्ट हुन्छ, एलएलएमले त्यति नै राम्रोसँग सम्भावित अनुमान गर्न सक्छ । 

के हो प्रम्प्ट इन्जिनियरिङ ? 

सरल शब्दमा एआई मोडेलले आउटपुट अनुमान गर्न प्रयोग गर्ने टेक्स्ट इनपुटलाई प्रम्टको रूपमा बुझ्न सकिन्छ । तपाईँले प्रयोग गर्ने मोडेल, मोडेललाई प्रशिक्षण दिन प्रयोग गरिएको डेटा, मोडेल कन्फिगरेसन, तपाईँको शब्द चयन, शैली तथा टोन, संरचना, र सन्दर्भ जस्ता प्रम्प्टका विभिन्न पक्षहरूले यसको प्रभावकारितामा असर पार्न सक्छन् ।  

जब प्रयोगकर्ताले एलएलएममा टेक्स्ट प्रम्ट सब्मिट गर्छ, यसले चरणबद्ध ढङ्गले टेक्स्टलाई इनपुटको रूपमा विश्लेषण गर्छ र मोडेललाई प्रशिक्षित गरिएको डेटाको आधारमा कुन टोकन फलो गर्ने भनेर अनुमान गर्छ ।

प्रम्प्ट इन्जिनियरिङले उच्च-गुणस्तरका प्रम्प्टहरू डिजाइन गर्ने प्रक्रियालाई जनाउँछ । जसले एलएलएमलाई सटीक आउटपुट तयार पार्न मार्गदर्शन गर्छ । यो एक अत्यधिक दोहोरिरहने प्रक्रिया पनि हो ।

यसमा जनरल प्रम्प्टिङ तथा जेरो शट, वन शट, फ्यु शट, सिस्टम प्रम्प्टिङ, कन्टेक्चुअल प्रम्प्टिङ, रोल प्रम्प्टिङ, स्टेप-ब्याक प्रम्प्टिङ, चेन अफ थट (CoT), ट्री अफ थट्स (ToT), र रिएक्ट (कारण र कार्य) लगायतका प्रमुख प्रम्प्टिङ प्रविधि समावेश छन् । 

प्रम्ट दिँदा ख्याल राख्नुपर्ने कुरा


१. उदाहरणहरू दिने: गुगलले टेक्स्ट प्रम्प्टभित्र कम्तीमा एक वा एकभन्दा बढी उदाहरणहरू समावेश गर्न सुझाएको छ । ताकि एआई मोडेलले दिइएको काम सम्पन्न गर्नका लागि आवश्यक प्याटर्न बुझ्न वा उदाहरणको नक्कल गर्न सकोस् । यो भनेको एआई मोडेललाई रेफ्रेन्स पोइन्ट वा लक्ष्य निर्धारण गर्ने कुरा जस्तै हो, जसले तपाईँले दिएको काम पुरा गर्ने क्रममा शुद्धताका साथै शैली अनि टोनमा सुधार गर्छ । 

२. सरल बनाउने: टेक्स्ट प्रम्प्ट भित्र एलएलएमसँग जटिल भाषा प्रयोग गर्ने र अनावश्यक जानकारी दिने कुरामा सावधानी अपनाउन गुगलले सचेत गराएको छ । बरु त्यसको साटो कामलाई व्याख्या वा वर्णन गर्ने भर्ब तथा क्रियापद प्रयोग गर्न सुझाइएको छ । 

३. स्पष्ट हुने: सिस्टम वा कन्टेक्स्ट प्रम्प्टिङ मार्फत प्रम्प्टमा स्पेसिफिक वा स्पष्ट रूपमा विवरण दिँदा मोडेललाई सान्दर्भिक कुराहरूमा ध्यान केन्द्रित गर्न मद्दत पुग्छ । जसले समग्र शुद्धतामा सुधार ल्याउँछ । जबकि सिस्टम प्रम्प्टिङले एलएलएमलाई ‘बिग पिक्चर’ प्रदान गर्दछ । कन्टेक्स्ट प्रम्प्टिङले भने तत्कालको कुराकानी वा कार्यसँग सम्बन्धित स्पेसिफिक विवरण वा पृष्ठभूमि प्रदान गर्दछ ।

४. सीमितता तोक्नेभन्दा निर्देशनमा ध्यान दिने: एआई मोडेललाई के नगर्ने भनेर बताउनुको साटो के गर्ने भनेर अह्राउनु होस् । यसले दुबिधाबाट बच्न र आउटपुटको शुद्धतामा सुधार गर्न सक्छ ।

५. टोकनको सीमा तोक्ने: यसको मतलब एआईबाट तयार हुने आउटपुटलाई एक निश्चित लम्बाइ वा अधिकतम टोकन सीमा राखेर कन्फिगर गर्नु हो । उदाहरणका लागि: “Explain quantum physics in a tweet length message.” 

६. प्रम्प्टहरूमा भेरियबल राख्ने: यदि तपाईँले विभिन्न प्रम्प्टहरूमा जानकारीको एउटै भाग प्रयोग गर्नुपर्ने छ भने यसलाई भेरियबलमा स्टोर गर्न सक्नुहुन्छ । त्यसपछि प्रत्येक प्रम्प्टमा उक्त भेरियबललाई रेफ्रेन्समा राखे पुग्छ । यसले दोहोर्‍याइ रहनु पर्ने झन्झट कम गरेर तपाईँको समय र मेहेनत बचाउँछ । 

७. लेखन शैलीमा प्रयोग: एआईले दिने जवाफ वा नतिजा त्यसको मोडेल कन्फिगरेसन, प्रम्प्ट फर्म्याट, शब्द चयन आदि जस्ता धेरै पक्षमा निर्भर हुन्छ । शैली, शब्द चयन र प्रम्प्टको प्रकार जस्ता प्रम्प्टका विशेषता प्रयोग गर्दा फरक अनि चाहे जस्तो नतिजा पाउन सक्नु हुन्छ । त्यसैले लेखन शैलीमा खेल्नु राम्रो हुन्छ । 

८. मोडेल अनुसार अपडेट हुने: गुगलले प्रयोगकर्ताहरूलाई एआई मोडेलको आर्किटेक्चरमा हुने परिवर्तनका साथै घोषित फिचर तथा क्षमताको बारेमा जानकारी राख्न सल्लाह दिएको छ । नयाँ मोडेल भर्सनहरू ट्राई गर्नुहोस् र नयाँ मोडेल फिचरलाई अझ राम्रोसँग उपयोग गर्न आफ्नो प्रम्प्ट एडजस्ट गर्नुहोस् । 

१०. आउटपुट फर्म्याट परीक्षण गर्ने: गुगलले एलएलएमलाई जेसन (JSON) फर्म्याटमा आउटपुट आउनेगरी प्रम्प्ट इन्जिनियरिङ गर्न सुझाएको छ । जाभास्क्रिप्ट अब्जेक्ट नोटिफिकेसन (JSON) एउटा स्टक्चर्ड डेटा फर्म्याट हो, जुन प्रम्प्ट इन्जिनियरिङमा प्रयोग गर्न सकिन्छ । खास गरी डेटा एक्ट्राक्सन, सेलेक्टिङ, पार्सिङ, अडरिङ, र्‍याङ्किङ तथा क्याटेगोराइजिङ जस्ता कार्यहरूका लागि यो उपयोगी हुन सक्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ १७:९





सामाग्री श्रोत :
टेक पाना

ढोरपाटन–बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। तमानखोला गाउँपालिकाका कर्मचारी सवार पिकअप जीप दुर्घटना भएको हो।

तमानखोलाको केन्द्र बोङ्गादोभान बजारदेखि पर्यटकीय क्षेत्र बराहतालतर्फ जाँदै गरेको ग. १ ५७०५ नम्बरको पिकअप जीप उकालोमा ब्रेक फेल भई दुर्घटनामा परेको जनाइएको छ।

Ncell 2
Ncell 2

दुर्घटनामा तमानखोला गाउँपालिकाकी सहायक प्रशासकीय अधिकृत गलकोट नगरपालिका-१ की ३० वर्षीया मुना विक, नायब पशु शाखा प्राविधि जुम्ला कन्कासुन्दरी गाउँपालिका-२ का २६ वर्षीय प्रेम रावल, सहायक लेखा अधिकृत रुकुम पश्चिम बाँफिकोट गाउँपालिका-६ का ३२ वर्षीय सुदर्शन कुसारी, कार्यालय सहयोगी तमानखोला गाउँपालिका-२ का २९ वर्षीय सचिन विक, प्राविधिक साहयक रुकुम पश्चिम चौरजहारी नगरपालिका-१३ का २३ वर्षीयको नवीन मल्ल घाइते भएका छन्।

shivam cement
shivam cement

त्यस्तै गाउँपालिकाकी पूर्वउपाध्यक्ष तमानखोला गाउँपालिका-१ की ५२ वर्षीया मनसरी शेरचन, सोही स्थानकी ६३ वर्षीया इन्द्राकुमारी गिरी, २५ वर्षीया वसन्ती मगर, सोही स्थानका गाडी चालक २७ वर्षीय सुशील रसाइली, १२ वर्षीया मनी मगर र तमानखोला गाउँपालिका–२ की २० वर्षीया झरना गिरी घाइते भएको बागलुङका डीएसपी विजय यादवले बताए।

घाइतेमध्ये सहायक प्रशासकीय अधिकृत मुना विक र प्राविधिक सहायक नवीन मल्लको अवस्था गम्भीर छ। उनीहरूलाई धौलागिरी प्रादेशिक अस्पताल बागलुङ पठाइएको छ। अन्य घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। वसन्तकालीन यामा सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले आरोहण अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार बिहीबारसम्म २२ आरोही समूहका ३८ महिला र एकसय ७८ पुरुष गरी कूल २१४ जनाले अनुमति पाएका हुन्। आरोहण अनुमति लिएर विभिन्न मुलुकका आरोहीहरु धमाधम गन्तव्यतर्फ लागिरहेका छन्।

विभागले चैतको तेस्रो सातादेखि सगरमाथा आरोहण अनुमति दिन सुरु गरेको थियो। विभागका निर्देशक आरती न्यौपानेका अनुसार सगरमाथा आरोहणका लागि धमाधम आरोही गन्तव्यतर्फ गइरहेका छन्।

नेपालसहित ३१ मुलुकका नागरिक सगरमाथा आरोहणका लागि भएका छन्। विभागले हालसम्म सगरमाथासहित विभिन्न १७ हिमाल आरोहणका लागि ‘एक्सपीडिसन पर्मिट’ जारी गरेको छ। पछिल्लो विवरणमा हिमाल आरोहणमार्फत ३६ करोड ५८ लाख १५ हजार २७ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ।

सगरमाथाबाट मात्रै ३१ लाख ६९ लाख ८६ हजार २८ रकम उठेको छ। हालसम्म विभिन्न हिमाल तथा पिक आरोहण गर्न ५४ आरोही समूहका ९९ महिला र तीनसय ९८ गरी कूल चार सय ९७ जनाले विभागबाट अनुमति लिएका छन्।

आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न भएको छ। आइसफलका डाक्टरहरुले खुम्बु आइसफल हुँदै रुट फिक्सिङ पूरा गरेको विभागले जनाएको छ। असाधारण प्रयासका लागि एसपिसिसीका आइसफल डाक्टरलाई विभागले प्रसंशा व्यक्त गरेको छ।

सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म बाटो निर्माणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपिसिसी० ले खुम्बु आइसफलमा बाटो बनाउने ‘आइसफल डाक्टर’ खटाएको थियो। यो सिजनका लागि १० जनाको टोली खटाइएको एसपिसिसीले जनाएको छ।

पर्वतारोहण सञ्चालक सङ्घले सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउनेअर्थात् ‘रोप फिक्सिङ’ ९डोरी टाँग्ने० काम गर्ने छ। सङ्घले यो सिजनको सगरमाथा आरोहणका लागि बाटो बनाउने तथा रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपीडिसन कम्पनीलाई दिएको छ।

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ। यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन्।


सामाग्री श्रोत :

सगरमाथा आरोहणका लागि खुम्बु आइसफलको बाटो तयार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले परीक्षा भएकै दिन नतिजा प्रकाशित गरेको छ ।

संस्थानले स्नातकोत्तर तहको कम्युटर विज्ञान तथा सूचना प्रविधि (सीएसआईटी) विषयको चौथो सेमेस्टरको बोर्ड परीक्षा सकिएकै दिन (३१ चैत) नतिजा प्रकाशन गरेको हो ।

यसअघि यही संस्थानले छिटो परीक्षा गरेर त्रिवि अन्तर्गत रेकर्ड कायम राखेको थियो । 

सीएसआईटी कार्यक्रम कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग (सीडीसीएसआईटी) अन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रम हो ।

पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ १६:२५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। नेकपा एमाले पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रामक देखिएको छ।

साेमबार बसेकाे सचिवालयको बैठकमा पूर्वराजा शाहले ‘नेपाली जनतामा जागरण आएको’ भन्ने सन्देश र प्रचण्डले ‘नयाँ बर्षमा सरकार परिवर्तन हुने’ भन्ने अभिब्यक्तिप्रति आपत्ति जनाएको हो।

‘उहाँ (शाह)ले नेपाली जनतामा जागरण आएको छ भनेर भन्नु भयो, के सरकारी कार्यालय माथी भएको आक्रामणलाइ जागरण भन्न मिल्छ? कुनै पनि अर्थमा  अब लोकतान्त्रिक गणतन्त्रको बिकल्प स्वीकार्य हुन सक्दैन, यो गति अघि बढी सक्यो,’ एमाले नेता प्रदिप ज्ञवालीले भने।

उता, माओवादी अध्यक्ष प्रचण्डले नयाँ बर्षमा सरकार परिवर्तन हुने भन्दै दिएको अभिब्यक्तिप्रति पनि आपत्ति जनाएको छ।

‘केही दिन अघि प्रचण्डले फेरी सरकार फेरिने कुरा गर्नुभयो, यो उहाँको सरकार बाहिर रहँदाको पीडा हो, उहाँमा सत्ता प्राप्तिको आशक्ति देखाउँछ तर यो सरकार कुनै हालतमा परिवर्तन हुने छैन, सरकार परिवर्तन गरेर अस्थिरता निम्ताउने प्रयास सफल हुने छैन’ उनले भने।

यसैबीच एमालेले कम्युनिष्ट पार्टी स्थापनाको ७६ औं वर्षगाँठ मनाउने भएको छ। सोमबार बसेको नेकपा एमाले सचिवालय बैठकले वैशाख ९ गते स्थापना दिवस मनाउने र ७ जना नेताहरुलाई कम्युनिष्ट योद्धाका रुपमा सम्मान गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जनाकारी दिए।

सम्मानित हुनेहरुमा कञ्चनपुरका लालाबहादु विश्वकर्मा, जारकोटका रत्न शार्मा न्यौपाने, दाङका सोभाराम बस्नेत दाङ, गोरखाका वासस्पति देवकोटा, काठमाडौँकी शान्ता मानवी, सप्तरीका सत्यनारायण मण्डल र झापाका हरिचरण शिवाकोटी रहेका छन्। त्यस्तै पूरा कम्युनिष्ट नेताहरुको स्मरण पुस्तक समेत सर्वाजनिक गरिने ज्ञवालीले जानकारी दिए।


सामाग्री श्रोत :

एमाले सचिवालय बैठक ज्ञानेन्द्र शाह र प्रचण्डप्रति आक्रामक

काठमाडौं । गुगल क्रोम धेरैको मनपर्ने ब्राउजर हो । संसारभर सबैभन्दा धेरै प्रयोग हुने ब्राउजरमध्ये क्रोम अग्रस्थानमा पर्छ । तर, जति धेरै लोकप्रियता, त्यति नै गोपनीयता र सुरक्षासम्बन्धी जोखिम पनि त्यसमा देखिन्छ ।

त्यसैले अहिले क्रोमको विकल्पका रूपमा बजारमा विभिन्न उत्कृष्ट ब्राउजरहरू उपलब्ध छन् । यी ब्राउजर गोपनीयता, सुरक्षा र विशेष फिचरका हिसाबले क्रोमभन्दा अझ प्रभावकारी मानिन्छन् । यसमध्ये आज हामी पाँच उत्कृष्ट एन्ड्रोइड ब्राउजरबारे चर्चा गर्दैछौँः

१. ओपेरा (Opera)

ओपेराको मुख्य विशेषता कस्टमाइजेसन र बिल्ट-इन एआई फिचर हो । यसको यूजर इन्टरफेस सहज र एक हातले चलाउन मिल्ने खालको छ । तपाईंले सर्च बारलाई स्क्रिनको तल सार्न सक्नुहुन्छ, जसले ब्राउजिङ थप सजिलो बनाउँछ । साथै, ‘Aria’ नामक शक्तिशाली एआई असिस्टेन्टले तपाईंको वेब ब्राउजिङ अनुभवलाई अझ स्मार्ट बनाउँछ । यसमा एड ब्लकर, अफलाइन पेज सपोर्ट, डेस्कटप र मोबाइलबीच सजिलै ब्राउजर सिङ्क गर्न सकिने सुविधा पनि छ ।

२. ब्रेभ (Brave)

ब्रेभ प्राइभेसी र सुरक्षाको मामिलामा अत्यन्त शक्तिशाली ब्राउजर हो । Tor ब्राउजरपछि सबैभन्दा सुरक्षित ब्राउजरको रूपमा लिइन्छ । यसमा ‘Leo’ नामक एआई असिस्टेन्ट छ, जसले वेबसाइटको सारांश बनाउने, च्याटमार्फत प्रश्नको जवाफ दिने सुविधा दिन्छ । साथै, बिल्ट-इन भीपीएन, ट्र्याकर र एड ब्लकर, ट्र्याकिङ यूआरएल रिडाइरेक्ट, HTTPS अपग्रेड, स्क्रिप्ट ब्लकिङ, फिङ्गरप्रिन्ट प्रोटेक्सन, स्वतः डेटा क्लियर हुनेजस्ता फिचरहरू पनि उपलब्ध छन् ।

३. डकडकगो (DuckDuckGo)

गोपनीयता र ट्र्याकर ब्लकिङमा केन्द्रित डकडकगो पछिल्लो अपडेटसँगै एआई असिस्टेन्ट फिचरको राम्रो विकल्प बनेको छ । यसले कुन वेबसाइटले कति ट्र्याकर प्रयोग गरिरहेको छ भन्ने जानकारी दिन्छ र ट्र्याकिङ प्रयास गरिएमा सूचित पनि गर्छ । साथै, ‘duck.ai’ नामक फिचरले तपाईँको समस्या समाधान गर्न उपयुक्त एआई छनोट गर्न सहयोग गर्छ । भीपीएन सुविधा पनि छ, तर यसको प्रिमियम अपग्रेड चाहिने हुन्छ ।

४. आर्क सर्च (Arc Search) अनलाइन सामग्री खोज्नको लागि उपयुक्त ब्राउजर हो । यो ब्राउजर अरू जस्तो अत्याधुनिक प्रविधिमा आधारित नभए पनि, उपयुक्त सर्च इञ्जिन छान्न र प्रयोगकर्तालाई मनपर्ने सर्च टुल जस्तै Perplexity जडान गर्न सकिने सुविधा दिन्छ ।

५. फायरफक्स (Firefox) पुरानादेखि प्रयोग हुँदै आएको फायरफक्स अहिले पनि सुरक्षामा भरोसायोग्य छ । एक्सटेन्सन समर्थन गर्ने पहिलो एन्ड्रोइड ब्राउजरमध्ये एक हो । तपाईं यसमा uBlock Origin, Ghostery, NoScript जस्ता एक्सटेन्सन थपेर अझ सुरक्षित ब्राउजिङ गर्न सक्नुहुन्छ । यो ओपन सोर्स प्रविधिमा आधारित भएकाले थप सुरक्षित र प्रयोगकर्तामैत्री मानिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ १५:५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको भिडियो सन्देशप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । पार्टी सचिवालयको बैठकले ज्ञानेन्द्र शाहको अभिव्यक्ति आपत्तिजनक रहेको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

‘पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति आएको छ । उहाँको मनमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि अहिलेका उपलब्धिहरुलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र त्यस सम्बन्धी सक्रियता जीवितै रहेको पायौं, जुन गलत भयो,’ ज्ञवालीले भने ।

Ncell 2
Ncell 2

तिनकुने घटनालाई जनतामा आएको जागरण भनेर पूर्वराजाले भनेकोमा पनि एमालेले आपत्ति जनाएको छ । ‘१५ गतेको आपराधिक घटनालाई जनतामा आएको जागरण रुपमा व्यक्त गर्नुभयो । सर्वसाधरणको घरमा लुटपाट, तोडफोड, सरकारी कार्यालयमा विध्वंश …’ बैठकपछि ज्ञवालीले भने, ‘उहाँले खोजेको जागरण त्यस्तै हो भने देखिन त्यो त धेरै आपत्तिजनक कुरा हो । त्यसो भएको हुनाले यस्ता खाले कुनैपनि क्रियाकलाप नगर्नका निम्ति हामीले उहाँलाई भनेका छौं ।’

shivam cement
shivam cement

एमाले बैठकले व्यवस्था उल्ट्याउने प्रयासलाई अबाञ्छित र असफल भनेको छ । ‘मुलुकले लोकतान्त्रिक गणतन्त्रको कोर्स लिइसकेको छ, यसलाई उल्ट्याउने कुनै पनि प्रयास अबाञ्छित हुन् र ती असफल हुनु अनिवार्य छन् । त्यस्तो कुरा नहोस् भन्ने प्रष्ट पार्ने काम बैठकले गरेको छ’ उपमहासचिव ज्ञवालीले भने ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं-  नयाँ दिल्लीमा सम्पन्न ४० औं एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी तथा ८३औं अल इन्डिया अफ्थाल्मोलोजिकल सोसाइटीको वार्षिक सम्मेलनमा नेपाली नेत्र विशेषज्ञहरू डा. चन्दन बनर्जी र डा. सल्मा केसीले सम्मानित भएका छन्।नेपाल अफ्थाल्मिक सोसाइटीको सिफारिसमा डा. बनर्जीलाई एपिएपिओ विशिष्ट सेवा सम्मान  र डा. केसीलाई एपिएपिओ अन्धोपन रोकथाममा विशिष्ट सेवा सम्मान  प्रदान गरिएको हो ।एपिएपिओ विशिष्ट सेवा सम्मान हरेक वर्ष आफ्ना देश तथा एशिया–प्यासिफिक क्षेत्रको नेत्र उपचार सेवामा विशिष्ट योगदान पुर्‍याउने नेत्र विशेषज्ञहरूलाई प्रदान गरिन्छ । यसअघि यो सम्मान डा. सन्दुक रुइत, डा. रीता गुरुङ, डा. अनु मानन्धर, डा. मीनु चौधरी, डा. लीलाराज पुरी, डा. सगुन नारायण जोशी, डा। सुरेशराज पन्त, डा. चेतराज पन्त, डा. रोहित साईजु, डा. सुमन थापा, डा. मोहन बज्राचार्यजस्ता विशिष्ट चिकित्सकहरूले प्राप्त गरिसकेका छन् ।त्यसैगरी, एपिएपिओ अन्धोपन रोकथाममा विशिष्ट सेवा सम्मान एशिया–प्यासिफिक क्षेत्रमा अन्धोपन रोकथाममा उल्लेखनीय योगदान दिने व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ । यसअघि नेपाल आँखा अस्पताल, बिपी कोइराला लायन्स केन्द्र जस्ता संस्थाहरूले यो सम्मान प्राप्त गरिसकेका छन् भने व्यक्तिगत रूपमा हुकुम प्रसाद पोखरेल, अनिल गोर्खाली, शैलेश कुमार मिश्र, बिमल कुमार पौडेल, युद्धधोज सापकोटाले पनि यो पुरस्कार पाइसकेका छन् । ती  पुरस्कारहरूका लागि पनि नेपाल अफ्थाल्मिक सोसाइटीको सिफारिस गरेकाे थियाे ।डा. चन्दन बनर्जी विगत २७ वर्षदेखि  नेत्र विशेषज्ञको रूपमा कार्यरत छन् । हाल उनी वीरगञ्जस्थित आँखा तथा दाँत अस्पतालका मेडिकल डाइरेक्टर छन् भने नेशनल मेडिकल कलेज, वीरगञ्जमा एसोसिएट प्रोफेसरको रूपमा पनि कार्यरत छन् ।प्रोफेसर डा. सल्मा केसी विगत २५ वर्षदेखि नेत्र सेवामा सक्रिय रहँदै आएकी छिन् । २०१२ मा लुम्बिनी आई इन्स्टिच्युटमा मेडिकल डाइरेक्टरको रूपमा कार्यभार सम्हालिसकेकी डा। केसी हाल श्रीकृष्ण नेत्रालयकी मेडिकल डाइरेक्टर हुन् ।१५ हजारभन्दा बढी सहभागी रहेको यस सम्मेलनमा एक हजार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वक्ताहरूको सहभागिता रहेको थियो।नेपाल अफ्थाल्मिक सोसाइटीका महासचिव डा. तेजसु सिंह मल्लका अनुसार सम्मेलनमा तिलगङ्गा आँखा अस्पतालकी डा. पूर्णिमा राजकर्णिकर स्थापितले उपलब्धी सम्मान  प्राप्त गरेकी थिइन् । सोही अस्पतालका डा. होम बहादुर गुरुङले प्रोफेसर यासुओ टानो यात्रा अनुदान सम्मान  र डा. दीक्षा बिष्टले युवा नेत्र चिकित्सक यात्रा अनुदान सम्मान प्राप्त गर्न सफल भएकाे समेत उनले बताए।सम्मेलनमा नेत्र उपचार सेवाका नवीनतम प्रविधि, उदाउँदो प्रवृत्तिहरू, नविनतम अनुसन्धान तथा सहकार्यका अवसरहरूबारे व्यापक छलफल भएको थियो । सहभागीहरू कार्यशाला, नेटवर्किङ, तथा नवीनतम अनुसन्धानमा प्रत्यक्ष पहुँचबाट विशेष रूपमा लाभान्वित भएका थिए।
सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट